Archive for July 12th, 2010
अक्कल लामा, आन्सान / एचकेनेपाल डट कम-
आपतकालीन नेपाली सेवा समितिको आयोजना तथा आन्सान सिटीको प्रायोजनमा आन्सान शहरमा “नेपाल डे-२” कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।

विदेशमा रहेर पनि स्वदेशप्रतिको मायाबाट विचलित नहोस्, विदेशमा एक्लोपनले निराश नहोस र नेपाल सम्बन्धि कोरियनहरुलाई विशेष जानकारी दिदै नेपाल घुम्न जान प्रोत्साहन दिने उद्धेश्यका साथ आपतकालिन नेपाली सेवा समितिले गत वर्षदेखि आन्सान सिटस्मा “नेपाल डे” कार्यक्रम मनाउन थालेको हो।

यसैलाई निरन्तर दिने क्रममा जुलाई ११ तारिखका दिन ‘नेपाल डे’ मनाइएको हो । कार्यक्रमको उद्घाटन कोरियाका लागि नेपाली दूतावासका उपनियोग यादव खनाल, आन्सान सिटी विदेश विभागको प्रमुख किम छाङ्मो तथा कोरियाको विभिन्न नेपाली सघं सस्थाका प्रतिनीधिहरुले संयुक्तरूपमा रिवन काटेर तथा मैन बत्ती बालेर गरेको थियो।

कार्यक्रममा नेपाली कला र संस्कृति झल्काउने नृत्य तथा अन्य विभिन्न प्रस्तुतीहरु प्रस्तुत गरिएको थियो। साथै नेपाल पर्यटन वर्ष २०११ लाई मध्यनजर गरी नेपाल पर्यटन बोर्ड कोरियाका लागि प्रतिनीधि केपी सिटौलाले नेपालको डकुमेन्ट्री देखाउनु भएको थियो। कार्यक्रम संस्थाका अध्यक्ष जीवन थापाको सभपतित्वमा सम्पन्न भएको थियो।

Popularity: 9%
July 12th, 2010
हुम तमु, पोखरा/ एचकेनेपाल डट कम-
संविधानसभामा तेश्रोलिंगीको एकमात्र प्रतिनिधी सभासद सुनिल बाबु पन्तले राज्यबाट तेश्रोलिंगीको पहिचान नगरिकै कारण पछाडि परेको बताउनु भएको छ।
निल हिरा समाज तथा परिवर्तन नेपालले आज पोखरामा आयोजना गरेको यौनिक तथा लैङ्गकि अल्पसंख्यक अधिकार र नयाँ संविधान विषयक अर्न्तक्रिया कार्यक्रममा बोल्नुहुदै सभासद पन्तले अल्पसंख्यकको नयाँ संविधानमा समान अवसर एवं अधिकार सुनिश्चित गरिनुपर्ने बताउनु भयो।
कार्यक्रमका प्रमुख अतिथि सभासद पन्तले ठूला तीन दल र तिनका नेताहरुको विश्वास गर्नाले मुलुकले दुर्भाग्य व्यहोर्नु परेकोले अव युवा नेताहरुले मुलुकको नेतृत्व गर्ने दावी गर्नुभयो । उहाँले ६५ वर्षपुगेका नेताहरुलाई विश्रामको व्यवस्था नगरेसम्म राजनितीक संस्कृतिमा सुधार नआउने जिकिर गर्नुहुदै खराव नेता र राजनितीलाई प्राथमिकता नदिन आग्रह गर्नुभयो।
नौलो विहानी पोखराका राजु थकालीको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज अधिकारकर्मी टेकनाथ बराल, सहायक प्रमुख जिल्ला अधिकारी देवराज ढकाल, शान्तिका लागि नागरिक समाज सञ्जालको अध्यक्ष रामप्रसाद घिमिरे, इन्सेक पश्चिमाञ्चल प्रमुख शिव खकुरेल, राष्ट्रिय मानवअधिकार आयोगकी यशोदा बञ्जाडे, जिविसका अधिकृत गुरुप्रसाद पौडेल, एकल महिला दुर्गा न्यौपाने, अंशु गुरुङ, केशु भुजेल, लिना गुरुङ, विष्णु अधिकारीलगायतले यौनिक तथा लैङ्गिक अल्पसंख्यकको अधिकार नयाँ संविधानमा सुनिश्चित हुनु पर्नेमा जोड दिएका थिए।
Popularity: 9%
July 12th, 2010
एचकेनेपाल डट कम संवाददाता, जुलाई १२-
राष्ट्रपति रामवरण यादवले बहुमतको सरकार गठन गर्न सोमबार दलहरूलाई आहृवान गरेका छन्।
यसअघि, राष्ट्रपतिले सहमतिको सरकार गठन गर्न दिएको १२ दिनसम्म पनि सहमतिको सरकार गठन नभएपछि बहुमतको सरकार गठन गर्न आहृवान गरेका हुन्।
राष्ट्रपतिले संविधानको धारा ३८ को उपधारा २ अनुसार बहुमतको सरकार गठनका लागि संसदलाई सोमबार साँझ पत्र पठाएका छन्।
राष्ट्रपति यादवले जुलाई १ तारिखका दिन एक साताको समय सीमाभित्र सहमतिको सरकार गठन गर्न दलहरुलाई आह्वान गरेका थिए। त्यस समयसीमाभित्र सहमतिको सरकार गठन नभएपछि पुनः पाँच दिनको म्याद थप गरेका थिए।
Popularity: 22%
July 12th, 2010
एमाले बेल्जियम कमिटी-
नेकपा एमाले बेल्जियम कमिटीको तेस्रो अधिबेशन यही ११ जुलाई २०१० मा ने.क.पा(एमाले) का महासचिब क. इश्वर पोख्रेलद्वारा समुउद्घघाटन गरि भब्य रुपमा बेल्जियमको एन्टेर्पेन शहरमा सम्पन्न भएको छ।
अधिबेशनबाट शिवकुमार बरुवालको अध्यक्षतामा २३ सदस्यीय नेकपा एमालेको बेल्जियम कमिटी गठन गरिएको छ।
नेकपा एमाले बेल्जियम कमिटीका निबर्तमान अध्यक्ष तुलसीनाथ सुबेदीको सभापतित्वमा सम्पन्न उक्त अधिबेशनको उद्घाटन समरोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै ने.क.पा(एमाले ) का महासचिब क. इश्वर पोख्रेलले हाम्रो देश नेपाल अतिनै संकटग्रस्त अवस्थाबाट गुज्रिएको , निर्धारित समयभित्र संबिधान निर्माण गर्न नसकी फेरी एक बर्ष थप गर्दा पनि देश अझै संबिधान निर्माणको दिशामा अगाडि बढन नसकेकोमा चिन्ता ब्यक्त गर्नु भयो। देशमा जति सक्दो चाँडो संबिधान निर्माणको लागि सहमतिको राजनीतिको खाँचो भएको र नेकपा एमाले सहमतिको लागि सबै प्रकारका बिकल्प खुला गरेर देशका सम्पुर्ण राजनैतीक पार्टीहरुको अगाडि स्पष्ट अबधारण अघि सारेता पनि एनेकपा माओवादीको कारण देश सहमतिको बाटोमा अगाडि बढन नसकेको स्पष्ट पार्नु भयो।
त्यस्तै, उक्त अधिबेशनमा बिशेष अथिति रुपमा नेकपा एमालेका बैकल्पिक पोलिटब्यूरो सदस्य तथा युरोप इन्चार्ज क. अरुण नेपालले अधिबेशनको शुभकामना ब्यक्त गर्दै तपाईंहरु यस प्रबासको भूमिमा बसेरर पनि यसरी नेकपा एमाले प्रतिको यस प्रकारको माया र समर्पण देख्दा आफू अतिनै खुशी भएको र यहाँहरुको पार्टीमा पुर्यानउनु भएको योगदानको नेकपा एमालेले उच्च मुल्याङ्कन गर्ने छ भन्नु भयो। त्यस्तै उक्त अधिबेशनमा नेकपा एमाले स्पेन कमिटीका अध्यक्ष पुष्पराज तिमिल्सिना , जर्मनीका सचिब नबराज रोस्यारा , विश्व प्रजातान्त्रिक युबा संघका उपाध्यक्ष योगेन्द्र शाहीले पनि शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो।
अधिबेशनको बन्द शत्रबाट निबर्तमान पार्टी कमिटी बेल्जियमका सदस्य तथा एनडीएफ बेल्जियमका निबर्तमान महासचिब शिवकुमार बरुवालको अध्यक्षतामा निम्न पदाधिकारी रहेको पार्टी कमिटी बेल्जियम सर्बसम्मतीबाट निर्बाचित भएको छ। अध्यक्ष शिवकुमार बरुवाल , उपाध्यक्ष प्रकाशकुमार कार्की , सचिब नारायण अधिकारी , उपसचिब बुद्धि बराल, सदस्यहरुमा - ईन्द्र ओली , पुष्पराज अधिकारी , बोधराज पौडेल, टिकाराम गुरुङ, पुरुशोत्तम सुबेदी, अर्जुन दाहाल, जितेन्द्र अधिकारी, शलिग्राम थपलिया, इशा गुरुङ , मुना केसी, सरस्वती चापागाई, तुङ्गा निरौला, कुलबहादुर खत्री, रमेशराज पौडेल, बिनोद न्यौपाने, कृष्ण न्यौपाने, सुर्यनारायण श्रेष्ठ र ईन्द्रलाल चापागाइ रहेका छन्।
Popularity: 9%
July 12th, 2010
एचकेनेपाल डट कम संवाददाता-
लमजुङ भोर्लेटारका स्थानीय युवाहरूले प्रहरी निरीक्षक तुलाबहादुर कार्कीलाई कुटपिट गरी घाइते बनाएका छन्।
विश्व कपको फाइनल खेल हेर्ने क्रममा आइतबार राति स्थानीय युवाहरू आपसमा झगडा गरेपछि विवाद मिलाउन त्यहाँ पुगेका कार्कीमाथि युवाहरूले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।
कुटपिटबाट घाइते भएका कार्कीको स्थानीय पोलिक्लिनिकमा उपचार भैरहेको छ। घटना संलग्न १३ जना युवाहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
Popularity: 9%
July 12th, 2010
एचकेनेपाल डट कम संवाददाता-
कामचलाउ सरकारले सोमबार व्यवस्थापिका संसदमा १ खर्ब, १० अर्ब २१ करोड रुपैयाँको बजेट आंशिक बजेट प्रस्तुत गरेको छ। अर्थमन्त्री सुरेन्द्र पाण्डेले सञ्चित कोषबाट रकम झिकेर खर्च गर्ने गरी यो बजेट ल्याएका हुन्।
अन्तरिम संविधानको धारा ९६ अनुसार चालु बजेटको व्ययको एक तिहाई नबढ्ने गरी यो बजेट प्रस्तुत गरिएको हो।
मन्त्री पाण्डेले नयाँ सरकार बन्न नसकेकोले पूर्ण बजेट ल्याउन नसकेको बताए।
यसअघि, प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो राजीनामापछि पनि राजनीतिक अवस्थामा सुधार हुन आउन नसकेकोमा चिन्ता व्यक्त गरेका थिए।
बजेट भाषणको पूर्ण विवरणः
Popularity: 9%
July 12th, 2010
एचकेनेपाल डट कम संवाददाता-
पनौती काठमाडौँ चल्ने बा १ ख ७६९६ नम्बरको मिनिबस चालक सूर्यनारायण नापितलाई गोली हानी हत्या गरिएको छ। चालक नापित सोमबार बिहान धुलिखेल नगरपालिका-७ अठाइस किलोमा मृत अवस्थामा फेला परेका छन्।
उनको शरीरमा गोली लागेको प्रहरीले जनाएको छ।
अज्ञात व्यक्तिले फोन गरेर बोलाएपछि राति १० बजे घरबाट निस्केका नापित सोमवार बिहान मृत फेला परेका हुन्। हत्याराको पहिचान हुन सकेको छैन। प्रहरीले त्यसबारे अनुसन्धान गरिरहेको जनाएको छ।
सवारी मजदुरहरूले हत्याको विरोध गर्दै सोमवार अरनिको राजमार्गमा सवारी ठप्प पारेका छन्। दोषीको पहिचान गरी कारवाही गर्न माग गर्दै यातायात ठप्प पारेपछि रामेछाप, दोलखा, सिन्धुली, सिन्धुपाल्चोक लगायतका क्षेत्रका सवारी प्रभावित छन्।
Popularity: 9%
July 12th, 2010
एचकेनेपाल डट कम संवाददाता-
विराटनगर- कथाकार समेत रहेका संचारकर्मी प्रदीप मेन्याङ्बोलाई विराटनगरको भानुकला केन्द्र, भानु मोरङ्ग सांस्कृतिक समिति र नेपाल प्रज्ञा प्रतिष्ठानले शनिबार संयुक्तरुपमा दोसल्ला आढाएर सम्मान गरेको छ। धरानमा रहेर पनि पूर्वाञ्चलको पत्रकारिता साहित्यमा लगातार दिएको योगदानको कदर गर्दै संचारकर्मी मेन्याङ्बोलाई सम्मान गरिएको हो।
नेपाली साहित्यमा पछिल्लो समयमा आधुनिक कथा लेखन तर्फआकषिर्त मेन्याङ्बोलाई भानुभक्त आचार्यको १९७ औं जन्म जयन्तीको अवसरमा आयोजित सम्मान समारोहमा प्राज्ञ कृष्णभुषण बलले दोसल्ला र भानु मोरङ्ग सांस्कृतिक समितिका अध्यक्ष माया पौडेलले सम्मान पत्र प्रदान गरेका थिए।
प्राज्ञ कृष्णभूषण बलले नेपाली साहित्य र संस्कृतिको विस्तार गर्न कलाकार, संचारकर्मी र नाट्यकर्मीले महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै सम्मानको भागिदान बनाइएको बताए।
विराटनगरका सांस्कृतिक कलाकारहरुले विभिन्न आकर्षक नृत्य र गीत समेत प्रस्तुत गरेको उक्त अवसरमा भाषा बैज्ञानिक समेत रहेका साहित्यिक समालोचक डा.टंक न्यौपाने, विराटनगरका नाट्य कलाकारहरु राम थापा र प्रमिला उप्रेतीलाई पनि सम्मान गरिएको थियो । सम्मान समारोहपछि विराटनगरका कलाकारहरुले वीरेन्द्र सभागृहभित्र नेपाली सांस्कृतिक प्रदर्शन गरेका थिए भने चर्चित गायक प्रमोद पोखरेलले आफ्ना नया गीतहरु गाएका थिए।
भानुकला केन्द्र र भानु मोरङ्ग साँस्कृतिक समिति पूर्वाञ्चलको सबैभन्दा पुरानो सांस्कृतिक संस्थासमेत रहेको उक्त संस्थाद्धारा आयोजित कविता प्रतियोगितामा विजयी पुनम अधिकारी, दिपक सन्चु, रोमा निरौला र गोविन्द पल्लवीलाई क्रमश प्रथम, द्वितीय, तृतीय र सान्तवना पुरस्कार प्रदान गरिएको थियो।

सम्मानः विराटनगरको भानुकला केन्द्र, भानु मोरङ्ग सांस्कृतिक समिति र नेपाल प्रज्ञा प्रतिष्ठानले शनिबार संयुक्तरुपमा सम्मान गरे पछि वायाबाट प्राज्ञ कृष्ण भूषण बल, डा टंक न्यौपाने, अध्यक्ष माया पौडेल, प्रदीप मेन्याङ्बो, नाट्यकर्मी राम थापा र प्रमिला उप्रेती । तस्वीर सौजन्यः रमला सिंगक
Popularity: 7%
July 12th, 2010