Archive for July 13th, 2010
एचकेनेपाल डट कम संवाददाता-
कपिलवस्तुको बलरामपुरमा घरायसी विवादका कारण देवर र देउरानीको कुटाइबाट एक महिलाको मृत्यु भएको छ।
कुटपिटपछि घाइते भएकी चनमती कोरीको महराजगन्ज उपस्वास्थ्य चौकीमा उपचारका क्रममा ज्यान गएको हो।
बलरामपुर गाविस–१ निवासी उदयराज कोरीकी ३५ वर्षीया श्रीमती कोरीको उनकै भाइ, देवर वृजमोहन कोरी र उनकै श्रीमती शान्ति कोरीले कुटपिट गरेका थिए।
Popularity: 10%
July 13th, 2010
एचकेनेपाल डट कम संवाददाता-
राष्ट्रपति डा. रामवरण यादवले मन्त्रिपरिषद्को गठन गर्नका लागि नेपालको अन्तरिम संविधान २०६३ को धारा ३८ को उपधारा (२) बमोजिमका प्रक्रिया प्रारम्भ गर्न संविधानसभालाई सन्देश पठाउनु भएको छ।
उक्त कुरा राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
विज्ञप्ति अनुसार राष्ट्रपती डा. यादवले यही असार १७ गते नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (१) बमोजिम यही असार २८ गते सोमबारसम्ममा प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गर्नका लागि संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई आह्वान गर्नुभएकोमा सो अवधि भित्र प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुन नसकेकाले राष्ट्रपतिले उक्त सन्देश पठाउनु भएको हो ।
Popularity: 9%
July 13th, 2010
एचकेनेपाल डट कम संवाददाता-
गत वैशाख १८ गतेदेखि चीनको सङ्घाईमा सञ्चालन भइरहेको एक्स्पो २०१० मा नेपालको तर्फबाट नेपाल मण्डप प्रर्दशन भइरहेको छ।
इम्प्लीमेन्टिङ एक्पोर्ट ग्रुपले आज वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफल कार्यक्रमको आयोजना गरी सो मण्डपको हालसम्म २६ लाख ३० हजार दर्शकले अवलोकन गरिरहेको र करिब एक करोड ३० लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिएको समेत जानकारी दिइयो।
छ महिनासम्म चल्ले सो एक्स्पोमा नेपालले आगामी भदौ १८ गते राष्ट्रिय दिवस मनाउने भएको छ।
इम्प्लीमेन्टिङ एक्पोर्ट ग्रुपका निर्देशक विनायक शाहले सो दिवसका दिन बुद्धको जन्मस्थल लुम्बिनीमा प्रज्वलन भईरहेको शान्तिदीपबाटै अर्काे दीप प्रज्वलन गरी प्रर्दशनीस्थलमा लैजाने तयारी भईरहेको जानकारी दिनुभयो।
सो दिवसका दिन राष्ट्रप्रमुखका हैसियतले राष्ट्रपति डा.रामवरण यादवलाई सहभागी गराउने उहाँले चाहना व्यक्त गर्नुभयो।
नेपाल सरकारको प्रतिनिधित्व गर्दै सो ग्रुपले काठमाडौँ उपत्यकामा रहेका १०० भन्दा बढी कलात्मक काठका झ्याल, ढोका, गजुर, छाना तथा गारोमा प्रयोग हुने काष्ठकलाका उत्कृष्ठ नमुनाहरू काठमाडौँमा तयार पारी सङ्घाइमा पुर्याइएको छ।
सङ्घाइमा नेपालले विगत दुई हजार वर्षदेखि हुँदै आएको नेपालको शहरी विकासको झलक प्रस्तुत गरेको छ।
मन्त्रालयका सचिव पुरुषोत्तम ओझाले सो प्रदर्शनीमा नेपालले प्रदर्शन गरेको नेपाल मण्डप उत्कृण्ट १० मा पुगेको र धेरै भन्दा धेरै दर्शकहरूले अवलोकन गरिरहेको जानकारी आफूले पाएको बताउनुभयो।
Popularity: 9%
July 13th, 2010
एचकेनेपाल डट कम संवाददाता-
अर्थमन्त्री सुरेन्द्र पाण्डेले व्यवस्थापिका–संसदमा हिजो प्रस्तुत गर्नुभएको पेश्की बजेटमा सञ्चित कोषबाट खर्च हुने सेवा र कार्यहरूका लागि चालू वर्षको यथार्थ खर्चको एक तृतीयांशसम्म खर्च गर्न पाउने गरी रू. ७८ अर्ब ८१ करोड ३६ लाख ६७ हजार रकम व्यवस्था गरिएको छ।
सञ्चित कोषबाट खर्च हुने शीर्षकहरूका लागि चालू आर्थिक वर्षको संशोधित अनुमानको एक तृतीयांश बराबरको रकमअनुसार आर्थिक वर्ष ०६७/६८ का लागि राष्ट्रपति शीर्षकमा रू. पाँच करोड १७ लाख ३४ हजार, उपराष्ट्रपतिमा रू. ६१ लाख ९७ हजार र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लागि रू. एक अर्ब एक करोड ९५ लाख ६९ हजार रकम छुट्टयाइएको छ।
संविधानसभा/व्यवस्थापिका–संसद शीर्षकमा रू. २५ करोड ५५ लाख ८२ हजार, अदालतमा ४३ करोड १२ लाख ७० हजार, अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा रू.५६ लाख ३४ हजार र राष्ट्रिय सर्तकता केन्द्र शीर्षकमा रू. एक करोड २६ लाख ५२ हजार विनियोजन गरिएको छ।
विभिन्न मन्त्रालयअन्तर्गत छुट्टयाइएको रकमअनुसार अर्थ मन्त्रालयका लागि रू. एक अर्ब ४९ करोड ६२ लाख ८८ हजार, कृषि तथा सहकारी मन्त्रालयका लागि रू. दुई अर्ब ६६ करोड चार लाख २९ हजार, गृह मन्त्रालयका लागि रू. छ अर्ब ४६ करोड ८८ लाख ३० हजार र परराष्ट्र मन्त्रालयका लागि रू. ५७ करोड ६३ लाख ८० हजार रकम व्यवस्था गरिएको छ।
रक्षा मन्त्रालयका लागि रू. पाँच अर्ब ८५ करोड ५१ लाख ८३ हजार, शान्ति तथा पुनःनिर्माण मन्त्रालयका लागि रू. दुई अर्ब ६९ करोड ७१ लाख ५६ हजार, सूचना तथा सञ्चार मन्त्रालयका लागि रू. ७५ करोड ५० लाख ८५ हजार, स्थानीय विकास मन्त्रालयका लागि रू. १० अर्ब २१ करोड ५६ लाख २४ हजार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि रु पाँच अर्ब ५१ करोड १६ लाख पाँच हजार रकम राखिएको छ।
यसैगरी सबैभन्दा बढी शिक्षा मन्त्रालयका लागि रू. १५ अर्ब २५ करोड तीन लाख ८३ हजार छुट्टयाइएको छ।
अर्थमन्त्री पाण्डेले आर्थिक वर्षको अन्त्य नभइसकेको अवस्थामा यथार्थ खर्चको विवरण उपलव्ध हुन नसक्ने भएकाले एक तृतीयांश रकमको गणना संशोधित व्यय अनुमानको आधारमा सो रकम विनियोजन गरिएको वक्तव्यमा स्पष्ट गर्नुभएको छ।
Popularity: 10%
July 13th, 2010
एचकेनेपाल डट कम संवाददाता-
पूर्वी नेपालको सीमाक्षेत्रमा राखिएका भारतीय सीमासुरक्षा बलका जवानको ज्यादती बढेको पाँचथर प्राङ्बुङका देवीप्रसाद नेपालले बताउनुभएको छ।
एसएसबीको ज्यादती बढेपछि एक साताअघि सीमा क्षेत्रको निरीक्षणमा गएका इलाम, पाँचथर र ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी समक्ष स्थानीबासीले सुरक्षाको माग गरेका छन्।
सीमासुरक्षा बलका जवान हतियारसहित नेपाली गाउँ पसेर स्थानीयबासीलाई धम्की दिने गरेको पाँचथर च्याङ्गथापुका रत्न बानियाँले बताउनुभयो।
इलाम, पाँचथर र ताप्लेजुङका सीमाक्षेत्रका गोठ सञ्चालक भारतीय सीमासुरक्षा बलको ज्यादती सहन बाध्य भएको बताउँछन्।
गोठमा उत्पादित घिउ, छुर्पी, चीज भारतका व्यापारिक केन्द्रमा लैजाँदा सीमासुरक्षा बलका जवानलाई नदिए खोसेर खाने गरेको गोठ सञ्चालक योगेश राईले बताउनुभयो।
Popularity: 9%
July 13th, 2010
एचकेनेपाल डट कम संवाददाता-
पोखराको लालीगुराँस टोल अर्थात् एलजी ग्रुपका डन मानिएका ललित गुरुङलाई ज्यान पार्ने उद्योगलगायत विभिन्न मुद्दामा जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेकामा उनी सामान्य तारेखमा रिहा भएका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार विभिन्न मुद्दामा १० देखि १२ वर्षसम्मको सजायका लागि मुद्दा दर्ता गरेकोमा अदालतले छाडेको हो।
एलजी ग्रुपको नाममा पोखरा र आसपासमा आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ परेका गुरुङलाई प्रहरीले गत जेठ १९ गते पोखरामा सार्वजनिक गरेको थियो।
उनीसहित विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेकालाई पनि प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो।
Popularity: 9%
July 13th, 2010
१२ जुलाई, वासिङ्टन डी सी, अमेरिका-
डायस्पोरामा नेपाली भाषा साहित्यमा महत्वपूर्ण कार्य गर्दै आएको साहित्यकारहरुको सबै भन्दा पुरानो संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समिति (२०१०–२०१२) को निर्वाचनको परिणाम प्रकाशित गरिएको छ।
प्राप्त परिणाम अनुसार अध्यक्ष पदमा ज्ञानेन्द्र गदाल (अमेरीका) निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्ष पदमा कृष्ण बजगाईं (बेल्जियम), क्षेत्रिय उपाध्यक्ष यूरोपका लागि जयालक्ष्मी राई (बेलायत) र ओसेनिया तथा अफ्रिकाका लागि रञ्जना उदास (अफ्रिका) निर्वाचित भएकाछन् । त्यस्तै महासचिव पदमा गीता खत्री (अमेरीका) निर्वाचित भएकिछिन्।
क्षेत्रिय उपाध्यक्ष एसियाको लागि पुनम क्षेत्री (जापान), क्षेत्रिय उपाध्यक्ष उत्तर अमेरीकाको लागि अनन्त रिसाल (अमेरीका), सचिव हरि मानन्धर (इजरायल) र कोषाध्यक्षमा कृसु क्षेत्री (म्यान्मार) भने निर्बिरोध निर्वाचित भएका हुन्।
अनेसासको ईतिहासमा पहिलो पटक ईलेक्ट्रोनिक मतदान प्रक्रियाद्धारा उक्त चुनाव सम्पन्न गरिएको थियो । संसारभर रहेका अनेसासका आजिवन सदस्य तथा ट्रष्टीहरुले मत खसालेर आआफ्ना प्रतिनिधिहरु छानेका हुन्।
सो निर्वाचन सम्पन्न गर्न डा. श्याम कार्कीको संयोजकत्वमा पुरुषोत्तम सुवेदी, भीम रेग्मी, टीका पुन, निलमकार्की निहारीका सदस्य रहेको निर्वाचन समिति र डा. दीपक खड्का तथा एच. बि. भण्डारी ‘प्रभात’ रहेको निर्वाचन पर्यवेक्षण समिति बनाईएको थियो।
Popularity: 8%
July 13th, 2010