धनकुटाका सचिवद्वारा सामुहिक राजीनामा
मणिकुमार श्रेष्ठ, धनकुटा / एचकेनेपाल डट कम-
संयूक्त जातीय मूक्ति मोर्चाले राजीनामा दिन धम्की दिएको भन्दै धनकुटा ३५ वटै गाउँ विकास समितिका सचिवहरुले सामुहिक राजीनामा दिएका छन्।
गाविस सचिवहरुले जिल्ला विकास समितिको कार्यालय धनकुटाका स्थानीय विकास अधिकारी बाबुराम गौतम समक्ष शुक्रबारबाट लागु हुने गरी विहीबार सामुहिक राजीनामा दिएका हुन्। मोर्चाले गएको जेठ २२ गते गाविस सचिवहरुलाई सामुहिक वा ब्यक्तिगत रुपमा राजीनामा दिन पत्र पठाएको थियो।
राजीनामा नदिए जे पनि हुन सक्ने चेतावानीका कारण आफूहरुले सामुहिक राजीनामा दिन बाध्य भएको जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ। आफूहरुको राजीनामापछि गाविसको कुनैपनि कार्य नगर्ने गाविस सचिवहरुले जनाएका छन।
आफूहरुले गाविस अध्यक्षको समेत कार्य गर्दै आएकोले दोहोरो दुःख भइरहेको भन्दै आफूहरुको दुःख र मर्मलाई बुझि दिन पनि सबैसँग अनुरोध गरेका छन् । यसबाट उत्पन्न समस्याको निदानका लागि सबै क्षेत्रबाट सकरात्मक सहयोग मिल्ने पनि अपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
Popularity: 5%
Add comment July 15th, 2010
