Archive for July 20th, 2010

माओवादीमा खाम प्रवृत्ति हावी-गुरागाई

मणिकुमार श्रेष्ठ,धनकुटा/ एचकेनेपाल डट कम-
नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषदका सदस्य गोपाल गुरागाईले कालीबहादुर खाम जस्ता व्यक्तिहरु पार्टीमा रहिरहेसम्म एकीकृत नेकपा माओवादी नागरिक पार्टीको रुपमा रुपान्तरण हुनै नसक्ने वताएका छन।

सल्लाहकार परिषदका सदस्य गुरागाईले माओवादीद्वारा ओखलढुंगामा हत्या गरिएका एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य छवीलाल कार्कीको १३ औं पूण्य तिथिमा मंगलबार आयोजित श्रद्धाञ्जली सभामा पूर्व सांसद समेत रहनु भएका गुरागाईले यस्तो वताएका हुन । नेकपा एमाले धनकुटाद्वारा धनकुटाको मदनचौकमा आयोजित सभामा गुरागाईले खाम प्रवृत्तिका सबैलाई कानूनका दायरामा ल्याई सरकारले कानूनी कारबाही गर्नु पर्ने वताए । गुरागाईले खाम प्रवृत्तिका सबैलाई प्रशासन समक्ष बुझाएर प्रशासनलाई सहयोग गर्न माओवादीलाई आग्रह गर्दै खाम प्रवृत्तिका मानिसहरु माओवादीको हेडक्वार्टरदेखि गाउँसम्म रहेको पनि वताएका छन्।

श्रद्धाञ्जलि सभामा धनकुटास्थित राजनीतिक दलहरुको तर्फबाट बोल्दै नेपाली कांग्रेस धनकुटाका सभापति मनोहरनारायण श्रेष्ठले अहिले पनि माओवादीले हत्या हिंसाको राजनीति नछोडेको वताए । त्यस्तै सामाजिक संघसंस्थाहरुका तर्फबाट नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष बिजयसन्तोषी राईले नागरिक पार्टीको रुपमा आफुलाई जिम्मेवार ढंगले राजनीतिक ब्यवहारमा उत्रिन माओवादीलाई आग्रह गरे।

नेकपा एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राईको अध्यक्षतामा सम्पन्न भएको सभामा स्वर्गीय कार्कीको तस्विरमा माल्यार्पण पनि गरिएको थियो । त्यस्तै श्रद्धाञ्जलि सभा अघि धनकुटाको मदन चोकदेखि विरोध र्‍याली निकालिएको थियो । टुँडिखेल, तल्लो कोप्चे, बिहिबारे, माथिल्लो कोप्चे, भिमनारायण चौक, बीच बजार हुँदै पुनः मदन चौकमा आई सभामा परिणत भएको थियो । एमालेका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको बिरोध र्‍यालीमा हत्यारालाई कारवाही र मृतकलाई सहिद घोषणा गरिनु पर्ने माग गरेका थिए।

Popularity: 8%

Add comment July 20th, 2010

एमालेबाट झलनाथ खनाल प्रधानमन्त्रीको उम्मेदवार

एचकेनेपाल डट कम संवाददाता-
नेकपा एमालेले अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ।

एमाले केन्द्रीय कमिटीको मंगलवार बसेको बैठकले खनाललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो। दुई तिहाई बहुमत नजुट्ने स्थिति भएमा एमालेले निर्वाचन प्रक्रियामा सहभागी नजनाउने निर्णयसमेत गरेको छ।

Popularity: 11%

Add comment July 20th, 2010

तमु प्ये ल्हु संघ बेलायतको समर भेटघाट सम्पन्न

भेग च्हाक्ली तमु , बेलायत /एचकेनेपाल डट कम-
ओक फार्म कम्युनिटी हल, फार्नबरोको खुल्ला प्राङ्गणमा तमु प्ये ल्हु संघ युकेले यस बर्षको “समर बि.बि.क्यु. तथा भेटघाट कार्यक्रम २०१०” भव्य रुपमा सम्पन्न गरेकोछ।

विभिन्न संघ-संस्था तथा व्यक्तित्वहरुलाई आमन्त्रित गरिएको उक्त कार्यक्रममा तमु परम्परागत धार्मिक पूजालगायत विभिन्न रमाईलो कार्यक्रमहरु समेत समावेश गरिएको थियो।


तस्वीरः मिलन तमु, बेलायत /एचकेनेपाल डट कम

कार्यक्रममा आमन्त्रित गरिएको पाहुनाहरुमध्ये क्याम्ब्रिज युनिभर्सिटीका पुरातत्वविद क्रिर्सर् इभान्, प्रोफेसर अलान म्याकफर्लेन र श्रीमती सारह हृयारिसन, अक्स्फोर्ड युनिभर्सिटीका प्रोफेसर डा सान्द्र हाउस्नर र डा. फ्लोरेन्स् गुरुङ्ग लगायत गोर्खा जिल्ला तमु समाज युकेका अध्यक्ष पन्च तमु, बि.एफ.बि.एस. गोर्खा रेडियोका जेनेरल म्यानेजर खेम तमु र योगराज राई, गोर्खा समाज सेवा समिति युकेका अध्यक्ष खुशीमान कोन तमु, एन.आर.एन. युकेका अध्यक्ष सूर्य तमु, मगर संघ युकेका अध्यक्ष मे. कुल बहादुर थापा मगर र लण्डन बरो अफ मेर्र्टोनका काउन्सिलर गम बहादुर तमु र तमु धीँ युकेका अध्यक्ष सुवासिङ्ग लेम तमु उपस्थित हुनुहुन्थ्यो भने आमान्त्रित अन्य केही पाहुनाहरुले उपस्थित हुन असमर्थ रहेको कारण सहित कार्यक्रम सफलताको कामना सन्देश पठाउनु भएको थियो।


तमु प्ये ल्हु संघ युकेले हरेक बर्ष गृष्मकालिन समयको अवसर पारेर विभिन्न किसिमका धार्मिक पूजाहरु पनि गर्दै आएकोमा यस पटक क्होइडुलुमरा/प्हृयाडुलु तर्क्या पूजा -साउने सक्रान्ति पूजा) गरेको थियो । संघले साउने सक्रान्ति पूजा गरेको यो दोस्रो पटक हो । तमु जातिले परम्परागत रुपमा मान्दै आएको प्रकृतीसँग सम्बन्धित यो क्होइडुलुमरा/प्हृयाडुलु तर्क्या पूजा साउने सक्रान्तिको दिनमा गरिने हुनाले यसलाई साउने सक्रान्ति पूजा पनि भन्ने गर्दछन् । पूजामा तमु धर्मगुरुहरु पच्यु पैंडी चिवा यारजङ्ग क्रोम्छे तमु, पच्यु चिवार्,र् इन्द्र बहादुर ल्हेँगे तमु, पच्यु चिवा देव गरब्ज तमु, पच्यु चिवा जीत क्रोम्छे तमु, पच्यु मन प्रसाद क्रोम्छे तमु, पच्यु बुद्धीमान कुप्छे तमु, क्ल्हेप्री चिवा मीन टु तमु, क्ल्हेप्री चिवा दान म्होब्छे तमु र क्ल्हेप्री हिरा म्होब्छे तमु सरिक हुनुहुन्थ्यो भने भक्तालु आमा, दिदी-बहिनीहरुले फूल तथा फलफुलहरु चढाएर धर्मगुरुहरुको धार्मिक प्रवचन सुन्नको लागि पूजा हल टनाटन भरिएको थियो । पूजाको सम्पूर्ण विधि सकिएपछि अन्तमा मुलीले चारै दिशातीर अगुल्ठो फालेर दुषित वातावरण तथा नराम्रो रोगव्याधीबाट रोकथाम गर्ने गर्दछन् जुन यस कार्यक्रममा संघको अध्यक्षबाट गरिएको थियो । यी कुराहरुलाई गहिरिएर नियाल्दा तमु जातिको प्येमा एउटा यस्तो अद्भूत शक्ति छ भन्ने विश्वास गरिन्छ।

तमु प्ये ल्हु संघ युकेले हरेक बर्ष विभिन्न क्षेत्रमा सफलता हासिल गर्ने तमु व्यक्तित्व तथा तमु समाजमा उल्लेखनीय योगदान पुर्‍याउने महानुभावहरुलाई तमु संस्कार अनुसार सम्मान तथा अभिनन्दन गर्दै आएकोछ भने यस पालीको समर भेटघाट कार्यक्रममा तमु जातिको पैतृक स्थल क्होलाको स्थलगत भ्रमण, उत्खनन् तथा अनुसन्धान गरी करिब सत्र बर्षलामो अध्ययन पछि तमु जातिको ऐतिहासिक तथ्य तथा अनुसन्धानका रिपोर्टहरु समेटेर तयार पारिएको ग्राउण्डिङ्ग क्नलेज/वाल्किङ्ग ल्याण्डका प्रकाशक समूह क्याम्ब्रिज युनिभर्सिटीका पुरातत्वविद क्रिर्सर् इभान्, प्रोफेर अलान म्याकफर्लेन र पच्यु पैडी चिवा यारजङ्ग क्रोम्छे तमुलाई क्रेँगी ओढाई सम्मान गरेको थियो भने सो समूहको डा. मार्क तुरिन र डा. जुडिथ पिटीग्यु्रको अनुपस्थिति रहेको थियो । त्यसैगरी सम्मान गर्ने क्रममा लण्डन बरो अफ मेर्र्टोनका नव चिर्वाचित काउन्सिलर गमबहादुर तमु, गोर्खा जिल्ला तमु समाज युकेका नव नियुक्त अध्यक्ष पन्च तमु र गोर्खा जिल्ला सेवा समाज युकेका नव नियुक्त अध्यक्ष खुशीमान कोन तमुलाई पनि क्रेँगी ओढाई अभिनन्दन गरिएको थियो । उहाँहरुलाई संघको अध्यक्ष जगत प्हच्यु तमु, उपाध्यक्ष सोम त्होर्जे तमु र प्रमुख सल्लाहकार ले. यामबहादुर तेल तमुले क्रमशः क्रेँगी ओर्ढाई दिएको थियो भने पच्यु चिवार् इन्द्र बहादुर ल्हेँगे तमु र क्ल्हेप्री चिवा मिन टु तमुले सफलताको शुभाआषिश दिनु भएको थियो । कार्यक्रममा बोल्दै पुरातत्वबिद क्रिर्सर् इभान्ले क्होलामा पुगेर स्थलगत उत्खनन् गर्दाको कठिन क्षणको सम्झना गराउदै क्याम्ब्रिज युनिभर्सिटीबाट प्रकाशन गरिएको उक्त किताबको प्रकाशन समूहलाई यति ठूलो कार्यक्रममा सम्मान गरेकोमा अति खुशी रहेको कुरा बताउनु भयो भने पच्यु पैँडी चिवा यारजङ्ग क्रोम्छे तमुले क्होलाको भ्रमण, उत्खनन् तथा अनुसन्धानको क्रममा सहयोग पुर्‍याउनु हुने सबैको पसिनाको फल हो यो किताब भन्दै संघले दिएको भव्य सम्मानप्रति आफु अति नै खुशी रहेको जानकारी गराउदै आफ्नो समूहको तर्फाट संघप्रति आभार व्यक्त गर्नु भयो।

त्यसैगरी, मन्तव्य दिने क्रममा काउन्सिलर गमबहादुर तमुले असम्भव भन्ने कुरा केही छैन भन्दै मिहेनत गरे सबै कुरा सम्भव छ भन्ने आफू स्वयंको उदाहरण दिँदै नव पिँढीहरुलाई लगनशिल हुन आग्रह गर्दै तमु प्ये ल्हु संघले गरेको सम्मानको लागि धन्यवाद तथा आभार सहित आफू खुशी रहेको बताउदै एक बोत्तल स्याम्पियन संघको अध्यक्षलाई प्रदान गर्नु भएको थियो । संघले गर्दै आएको अभिनन्दन कार्यक्रम तथा संघको विभिन्न उद्धेश्यहरुको संक्षिप्त जानकारी गराउदै अध्यक्ष जगत प्हच्यु तमुले सम्मानित हुनु भएका सबै व्यक्तित्वहरुलाई सफल कार्यकाल तथा अझ प्रज्वल प्रगतिको कामना गर्नु भयो।

कार्यक्रममा तमु प्ये ल्हु संघको तत्वावधानमा शुरु भएको “प्ये संकलन, लेखन तथा प्रकाशन योजना २०१०” को सहयोगार्थ आर्थिक संकलन पनि गरिएको थियो जसमा संघको सल्लाहकार नरबहादुर टु तमुले रु १,११,१११/-, अध्यक्ष जगत प्हच्यु तमुले रु १,००,१०१/-, सदस्य धर्म कुप्छे तमुले रु ५०,००१/-, उपाध्यक्ष सोम त्होर्जे तमुले रु १,५०,१११/- सदस्य अमर त्होर्जे तमुले रु ५१,०००/- सदस्य रामकाजी त्होर्जे तमुले ५०,१०१/- र सल्लाहकार क्या. देवराज ङोप्छे तमुले १,००० पाउण्ड आर्थिक सहयोग प्रदान गर्नु भएकोछ।

रमाईलो कार्यक्रममा संघको युवा समितिको सक्रियतामा राफल ड्र पनि खेलाईएको थियो जसको पुरस्कार संघ र सल्लाहकार क्या. बुद्धिकुमार पर्जु तमुले स्पोन्सर गरेको थियो भने प्रथम, द्धितीय, तृतीय र सान्तवना पुरस्कार क्रमशः भाग्यशाली टिकट नं. १०, २७१, ८५ र ३९ लाई परेको थियो।

व्यवस्थित रुपमा कार्यक्रम सम्पन्न गराउने अभिप्रायले टिकट बिक्रीतर्फ सदस्य गीरबहादुर लइ तमुको समूह, धार्मिक पूजातर्फ सदस्य डम्बर टु तमुको समूह, मनोरन्जनतर्फ सल्लाहकार नरबहादुर टु तमुको समूह, पाहुना सत्कारतर्फ सल्लाहकार क्या. डेमबहादुर योज तमुको समूह, खाना तथा विविध व्यवस्थातर्फ उपाध्यक्ष सोम त्होर्जे तमुको समूह बनाई कार्य विभाजन गरिएको थियो।


थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्

कार्यक्रममा विभिन्न मनोरन्जनका खेलहरु सवमावेश गरिएको थियो। मनोरन्जनात्मक खेलहरुले खेलमा भाग लिने सहभागीहरुलाई निक्कै रमाईलो गराएको थियो भने दर्शकहरुलाई असाध्यै हँसाएको थियो जसको सञ्चालन सदस्य बिकास ल्हेँगे तमुले गरेको थियो भने खेलको पुरस्कार योगेन्द्र क्षेत्रीले स्पोन्सर गर्नु भएको थियो। अभिनन्दन कार्यक्रमपछि रमाईलो खेल शुरु हुनुभन्दा अगाडी सुश्री सिता तमु र सम्पूर्ण थापाको आकर्षक नृत्यले कार्यक्रमलाई थप रोचक बनाउनुका साथै दर्शकहरुलाई हेराहेर बनाएको थियो भने नन्स्टप म्यूजिकको नन्स्टप खुल्ला नृत्यले सबैलाई छमछम नचाएको थियो।

Popularity: 10%

Add comment July 20th, 2010

स्रष्टाहरूको स्वागतमा कोरियाका नेपालीहरू एक जुट हुने

रघु त्रिपाठी, दक्षिण कोरिया / एचकेनेपाल डट कम-
आगामी हप्ता दक्षिण कोरियामा नेपालबाट साहित्यिक समारोहमा आउन लाग्नु भएका साहित्यकारहरुको टोलीको स्वागतमा दक्षिण कोरियाका प्राय सम्पूर्ण संघसंस्था तथा समाजसेबीहरु एक जुट हुने भएका छन्।

खगेन्द्र गुरुङ ,रुद्र शर्मा , के.पी. सिटौला, टेकबहादुर घिमिरे, गणेश रिजाल , मोहन कार्की, पास्टर यज्ञराज सुवेदी, डा. देवी बस्नेत , डि.वी.थापा, दीपक रावल, अक्कल लामालगायत अन्य थुप्रै समाजसेवी ब्यक्तिहरुले नेपाली स्रस्टाहरुलाई स्वागत गर्न एकजुट हुने भएका छन्।

उत्साहित युवाहरुको संगठन आपतकालीन नेपाली सेवा समिति होस् वा विद्ययार्थीहरुको साझा सस्था सोनसिक, नेपालीहरुको दरो संस्था एनआरएन अनि नेपालीहरुको साझा संस्था एनसिसि सञ्चार माध्यमको साझा सस्था पत्रकार महासंघ तथा बिभिन्न जातजातिहरुको साझा सस्था आदिवासी जनजाती महासंघ त्यसै गरी नेपालको कला सस्कृतिको प्रचार प्रसारमा सकृय रहेको नेपाल कोरिया साँस्कृतिक मञ्च सबै नै राष्ट्रका स्रष्टाहरु प्रवासीमाझ देशको सिर्जनाहरु कोसेलीको ल्याइ दिने स्रष्टाहरूलाई खुशीसाथ स्वागत गर्ने जनाएका छन्।

शनिबार बिहान कोरिया प्रवेश गर्ने उक्त टोली कोरियामा वौद्ध टेम्पल स्टेको भ्रमण गरी आइतबार अपरान्ह १२ बजे कोरियाको छावी जीव संस्थाको सहयोग तथा कोरियामा रहेका बिभिन्न कृयाशिल संघ सस्थाहरुको आयोजनामा हुन लागेको नेपाली साहित्यिक समारोहमा सहभागी हुँदैछ। त्यस पछि, अन्य नेपाली संघसंस्थाहरुसँग अन्तरकृया र सउलको सांस्कृतिक भ्रमण गर्ने कार्यक्रम छ। छावी जीवको व्यवस्थापनमा हुन लागेको उक्त कार्यक्रमलाई संयोजन गर्न सहआयोजकका रुपमा नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखा सकृयरुपमा लागी परेको छ भने विद्यार्थीहरुको साझा संस्था सोनसिकले कार्यक्रमलाई ब्यवस्थितरुपमा सञ्चालन गर्ने जिम्मा लिएको छ। सहआयोजक भनी प्रचार प्रसार गरिएको संस्था बौद्ध परिवारले हात झिके पनि दक्षिण कोरियाका अन्य कृयाशिल संघ सस्थाहरुले कोरियाकै इतिहासमा पहिलो पटक यस्तो महत्वपूर्ण कार्यक्रम हुन लागेकोमा ऐक्यवद्धता जनाई कार्यक्रम सफल पार्ने प्रतिवद्धता जनाएका छन्।

कार्यक्रमलाई सफल पार्न नेपाली दूतावास, कोरियाली कवि सहित्यकार तथा अन्य समुदायले समेत देखाएको उत्साहले उक्त कार्यक्रमले विशेष चर्चा पाएको छ।

कार्यक्रम स्थलको हलमा जाने सहज यातायात भने सउल सववेको लाइन नं १को जोङगाक यगमा ओर्ली १नं वा २ नं. गेटबाट बाहिर निस्किएपछि कार्यक्रम स्थलमा पुग्न सकिने छ।

Popularity: 10%

Add comment July 20th, 2010

कावेली विकास वैक नाफामा

मणिकुमार श्रेष्ठ, धनकुटा / एचकेनेपाल डट कम-
स्थानीय स्तरमा सञ्चालित कावेली विकास वैब धनकुटाले आर्थिक वर्ष२०६६/०६७ मा साढे ३८ लाख वरावरको मुनाफा आर्जन गरेको जनाएको छ।

१ करोड ४० लाख चुक्ता पुजी रहेको कावेली विकास वैक धनकुटाले यस आर्थिक वर्षा ३८ लाख ४९ हजार ८ सय ५४ रुपैया मुनाफा भएको वैकले लेखा प्रमुख राजेश सापकोटाले वताउनु भयो । जुन अघिल्लो आर्थिक बर्षको तुलनामा २१८ प्रतिशतले बढि हो । लेखा प्रमुखका अनुसार कावेली विकास वैकको ५ हजार ५ सय ग्राहक रहेका छन । १३ करोड ४६ लाख ४० हजार ५ सय ६५ रुपैया वचत रहेकोमा कावेली विकास वैकको यस वर्ष१ करोड ९३ लाख ८ हजार ५ सय ३४ रुपैया आय रहेको छ।

यसै गरी, कावेली विकास वैकले यस वर्ष१ करोड ५४ लाख ५८ हजार ६ सय ८० रुपैया खर्च भएको वताएको छ । यस्तै ७ करोड ९४ लाख ८७ हजार ९ सय ८६ रुपैया कर्जा लगानी गरेको कावेली विकास वैकले जनाएको छ । धनकुटा जिल्ला सदरमुकाममा केन्द्रीय कार्यालय रहेको कावेली विकास बैकले हिले, राजारानी र छ नं. वुधबारेमा शाखा कार्यलयहरु रहेका छन्।

कावेली विकास वैकले आफ्ना शाखा कार्यालय तथा केन्द्रीय कार्यालयमा खोलिएको खाताहरुबाट प्रति खाता ५ रुपैया र प्रत्येक कर्जा लगानीबाट ५० रुपैया सामाजिक कार्यको लागनी गरेको छ । सामाजिक कार्य अन्तरगत विश्रान्ती वृद्धा आश्रम अक्षयकोष मुलघाटको लागि १२ हजार ५० रुपैया जम्मा गरेको कावेली विकास वैकले जनाएको छ।

साथै कावेली विकास वैंकले सर्वसाधारणको लागि छुट्याएको ६० हजार शेयर कित्ताको शेयर निस्काशन गर्न घितोपत्र विकास वोर्डले स्वीकृत गरिसकेको विकास वैकले जनाएको छ।

हालसम्म प्रधान कार्यालयसहित ४ शाखा रहेको यस बैंकले निकट भविष्यमा नै धनकुटा जिल्ला विभिन्न स्थानका साथै बाहिरी जिल्लामा समेत आफ्नो शाखा विस्तार गर्दै लैजाने कार्ययोजना बनाएको छ।

Popularity: 9%

Add comment July 20th, 2010

दिपक बिष्ट अमेरिकामा सम्मानित

पुरु जोशी, न्यू योर्क/ एचकेनेपाल डट कम-
दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा लगातार ४ वटा स्वर्ण पदक जितेर दक्षिण एसियामै किर्तिमानी कायम गर्न सफल तेक्वान्डो खेलाडी दीपक बिष्टलाई न्यूयोर्कका नेपालीहरुले सम्मान गरेका छन्।

नेपालको राष्ट्रिय खेल प्रतियोगितामा कहिल्यै हार नभोगेका नेपालका अपराजित खेलाडी दीपक बिष्टको सम्मानमा शनिबार दिउँसो न्यू योर्कको कुइन्सस्थित साँग्रिला रेस्टुरेन्टमा आयोजना गरिएको उक्त सम्मान समारोहमा खेलाडी बिष्टलाई संयुक्त राष्ट्र संघका लागि नेपाली स्थाई नियोग प्रमुख महामहिम राजदूत ज्ञानचन्द्र आचार्यले न्यू योर्कबासी नेपालीहरुको तर्फबाट दोसल्ला ओढाइ सम्मान गर्नु भएको थियो।

महामहिम आचार्यले खेलाडी बिष्टलाई दोसल्लाकासाथ अभिनन्दन पत्र पनि प्रदान गर्नु भयो। कार्यक्रममा न्यू योर्कका नेपाली काँग्रेसका युबा नेता आनन्द बिष्टले आयोजकहरुका तर्फबाट पुष्प गुच्छाले स्वागत गर्नु भएको थियो भने उहाँले न्यू योर्कका नेपालीहरुद्वारा प्रदान गरिएको नगद सहयोग रकम दुई हजार पाँच सय एक डलरको चेकपनि खेलाडी बिष्टलाई हस्तान्तरण गर्नु भएको थियो। नेपाली समाजका अगुवा डा. तारा निरौलाको सभापतित्व र कलाकार तथा सामाजिक अधिकारकर्मी शैलेश श्रेष्ठको उद्घोषणमा संचालित उक्त समारोहमा सभापति डा. निरौला र प्रमुख अतिथी महामहिम आचार्यका अलावा नेपाली समाजका बिभिन्न प्रतिनिधिहरुले आ-आफ्नो शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो। जसमा ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष अर्जुन मैनाली, नेपाली जन संपर्क समिती न्यू योर्क संयोजक कृष्ण पोख्रेल, नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) का महासचिब आदित्य महर्जन, रिज्वूड नेपालीज सोसाइटीका अध्यक्ष श्री पराजुली, डा. अंगराज तिमल्सिना र यो पंक्तिकार थियो।समारोहमा आयोजककातर्फबाट आनन्द बिष्टले खेलाडी बिष्टको बारेमा प्रकाश पार्नु भएको थियो भने अन्य बक्ताहरुले खेलाडी बिष्टको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै नेपालीको गौरब खेलाडी बिष्टलाई यसरी सम्मान गरिएकोमा खुशी ब्यक्त गरेका थिए।

उनीहरुले खेलाडी बिष्टको उपलब्धिबाट गौरब गर्न र प्रेरणा लिन सकिने उल्लेख गर्दै नेपालमा खेलकुदको बिकासमा सरकारकोतर्फबाट यथेस्ट लगानी र प्रोत्साहन नभएकोमा गुनासो ब्यक्त गर्दै खेलाडी बिष्टले अझ बढी भूमिका खेल्नु पर्ने दायित्व थपिएको उल्लेख गरेका थिए।

समारोहमा तेक्वान्डो खेलमा पाँचौं डान उपाधि हाँसिल गरेका खेलाडी बिष्टले आफूलाई अमेरिकामा यसरी सम्मान गरिएकोमा आयोजकहरुलाई धन्यवाद दिदै अमेरिकी नेपालीहरुप्रति आभार ब्यक्त गर्नु भएको थियो।

Popularity: 9%

Add comment July 20th, 2010

साउदी अरेवियामा भानु जयन्ती

सागर श्रेष्ठ, साउदी अरेविया /एचकेनेपाल डट कम -
नेपालका साहित्यिक क्षेत्रका एक पथ प्रदर्शक एक चम्किलो तारा आदिकवि भानुभक्तको १९७ औ भानु जयन्ती साउदी अरेवियामा पनि भब्यताको साथ मनाएको छ।

साउदी अरेवियाको पूर्वीय प्रान्त दमामस्थित एक नेपाली होटलमा प्रवासी लुम्बीनी सम्पर्क मञ्चको आयोजनामा सम्पन्न भएको छ। मञ्चका अध्यक्ष नारायण खनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मञ्चका केन्द्रीय सदस्य, सल्लाहकार, साधारण सदस्यहरु, साहित्यिक श्रष्टाहरु, पत्रकार लेखक आदिको उपस्थिति रहेको थियो।

मञ्चका महासचिव प्रेम भण्डारीद्वारा सञ्चालित उक्त कार्यक्रमको दिप प्रज्वलन तथा भानुभक्तको तस्वीरमा पुष्प गुच्छा अर्पण अध्यक्ष खनालले गर्नु भएको थियो। उक्त अबसरमा मनोज विष्ट, विरेन्द्र चौधरीलगायत अन्य ब्यक्तिहरुले भानुभक्तले साहित्य क्षेत्रमा दिनु भएको योगदानको बारेमा चर्चा गर्नु भएको थियो। कार्यक्रममा वक्ताहरूले हरेक समुदायमा नेपाली भाषा साहित्य कला र संस्कृतिको जर्गेना गर्न सबै लागी पर्नुपर्ने बताएका थिए।

कार्यक्रम दिनको ३ बजेबाट सुरु भई बेलुकी साढे ६ बजे समापन भएको थियो। कार्यक्रमको अन्तमा रात्रि भोजको पनि आयोजना गरिएको थियो।

Popularity: 8%

Add comment July 20th, 2010


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Become a fan-

Subscribe to our videos!


Calendar

July 2010
M T W T F S S
« Jun   Aug »
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Posts by Month

Posts by Category

More news....