Archive for July 25th, 2010

अपहारित बालक एक महिनासम्म पनि बेपत्ता

भिम गुरुङ, देवदह रुपन्देही/ एचकेनेपाल डट कम-
नवलपरासीको सदरमुकाम परासी बजारबाट गत असार ६ गतेदेखि अपहरण परेका ११ वर्षीय बालक आशिष बाँनियाको अवस्था अझै अज्ञात रहेको छ।

नवलपरासीको रामग्राम ६ पोखरापाली आफ्नै घर नजीकबाट अपहरणमा परेका बालक आशिषको अवस्था एक महिना बितिसक्दा पनि अझै अज्ञात रहेको हो। अपहरणमा परेका आशिष सदरमुकाम परासीस्थित लिटिल एन्जलमा कक्षा ५ मा अध्ययनरत थिए।

बालक आशिष अपहरणमा परेको एक महिना बितिसक्दा पनि अझै अबस्था अज्ञात रहेको भन्दै उनका परिवारमा झनै चिन्ता छाएको छ। आशिष नवलपरासीको रामग्राम ६ मा रहेको राजेश चिउरा तथा चामल उद्योगका ब्यापारी हरिनारायण बाँनियाका छोरा हुन्। आशिषको सकुशल रिहाईका लागि सहयोग गर्न उनका परिवारले सबै जिल्लाका सञ्चारकर्मी, राजनैतिक दल, समाजसेवी, मानवअधिकारवादी, प्रहरी प्रशासनसहित सबै सरोकारवालाहरु समक्ष आग्रह गरेको छ।

बालक अपहरणमा परेको एक महिना बितीसक्दा पनि बालकको खोजिका लागि प्रहरी प्रशासन सकृय नभएको भन्दै नवलपरासीमा रहेका नागरिक समाज, बिद्यार्थी, उद्योगी ब्यापारी, मानवअधिकारीवादी लगायतले सकुशल रिहाईको माग गर्दै घोर बिरोध गदै आएका छन्।

Popularity: 7%

Add comment July 25th, 2010

पोखरामा सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु

पोखरामा सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु,
उद्घाटन खेलमा जमुना आर्दश क्लब बिजयी

सुदर्शन रञ्जित, पोखरा / एचकेनेपाल डट कम-
पोखराको बगरस्थित भिमकाली युवा क्लवको आयोजनामा शनिबारदेखि अन्तर क्लव खुल्ला सेभेन ए साइड फुटवल प्रतियोगिता सुरु भएको छ।

उद्घाटन खेलमा तनहुँको जमुना आर्दश क्लब बिजयी भएको छ । रविन्द्र मल्लको एक मात्र निर्णायक गोलको मद्दतले जमुना आर्दश क्लबले सिमपानी फुटबल क्लबलाई शून्यको बिरुद्ध एक गोलको झिनो अन्तरले पाखा लगाउदै बिजयी भएको हो।


फुटबल उद्घाटनमा चर्चित गीत ‘वाका वाका’, पोखरामा शनिबारदेखि शुरु भएको भीमकाली युवा कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उदघाटन समारोहमा ‘वाका वाका’ गीतमा गरिएको नृत्यले उपस्थित सर्वसाधारण मुग्ध बनेका थिए। स्कुल अफ डान्सका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए। तस्वीरः सुदर्शन रञ्जित, पोखरा / एचकेनेपाल डट कम

दोश्रो खेलमा वाटुलेचौर फुटबल क्लबले पिटिगाईज फुटबल क्लबलाई ट्राईबेकरमा शून्यको बिरुद्ध २ गोल अन्तरले पराजित गर्दै दोश्रो चरणमा स्थान बनाएको हो । २०/२० मिनेटको निर्धारित समयमा दुबै तर्फगोलरहित बराबरीमा पुगेपनि निर्णयको लागि खेल ट्राइवेकरमा धकेदिएको हो। पिटिगाईज फुटबल क्लबको तर्फबाट जीबन गुरुङ र प्रेमजङ गुरुङले गोल गर्न नसक्दा पहिलो चरणबाट यात्रा टुङगाउनु प-यो। वाटुलेचौरको तर्फबाट ट्राइबेकरमा इश्वर थापामगर र दिपक परियारले गोल गरेका हुन।

कास्की, तनहुँ र स्याङजाका गरी प्रतियोगितामा ५७ टोलीहरुको सहभागिता रहेको छ। सिम्पानीस्थित पुरानो टुँखिडेलमा आगामी साउन १७ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन पश्चिमाञ्चल सशस्त्र प्रहरी प्रमुख (डीआईजी) दुर्जकुमार राई र राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले रेफ्रीद्वय विजय गुरुङ्ग र सुशिल केसीलाई बल हस्तान्तरण गरी गर्नुभएको हो।

प्रतियोगिता प्रथम हुने समूहलाई ५५ हजार ५ सय ५५, उपविजेतालाई ३० हजार ३ सय ३३ रुपैयाँ सहित साथमा कप मेडल प्रमाणपत्र प्रदान गरिने छ।

यस्तै सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही नगद ३ हजार रुपैयाँसहित मोवाइल सेट र मायाको चिनो प्रदान गरिने प्रतियोगिता संयोजक युसुफ श्रेष्ठले बताउनु भयो । कास्कीमा सर्वाधिक पुरस्कार राशि भएको सेभेन ए साईड फुटबल प्रतियोगिता आयोजना भएको आयोजकका सदस्य चन्द्र गुरुङले दाबी गर्नु भयो।

क्लबका पूर्वअध्यक्ष रमेश श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रतियोगिता संयोजक युसुफ श्रेष्ठ, क्लब सदस्य दीपक अधिकारी लगायतले बोल्नुभएको थियो।

Popularity: 7%

2 comments July 25th, 2010

चर्चित लोक तथा दोहोरी गायक खडग गर्बुजा बेल्जियम आउँदै

चर्चित लोक तथा दोहोरी गायक खडग गर्बुजा बेल्जियम आउँदै

आदर्णीय बेल्जियम बासी नेपाली दाजु भाई तथा दिदी बहिनीहरु ,
बेल्जियममा नै पहिलो पटक तपाईंहरुको नै शहरमा नेपाल चर्चित लोक तथा दोहोरी गायक खडग गर्बुजा आफ्ना मनमोहक सांस्कृतिक कोसेली लिएर आउँदै हुनु हुन्छ।

दुबै हात गुमाउनु भएका अपांग सुदर्शन गौतमको साहसिक यात्रा सगरमाथा आरोहण २०१२ को सहयोगार्थ नेपालका चर्चित लोक गायक खड्ग गर्बुजा साथमा यही जुलाई ३१ मा एन्टेर्पेन शहरमा र यही ७ अगस्ट २०१० मा लुभेन सहरमा भब्य सगरमाथा सांस्कृतिक साँझ नामक साँस्कृतिक कार्यक्रम हुन गइ रहेको कुरा यहाँहरुलाई सहर्ष जानकारी गराउदै उक्त कार्यक्रममा उपस्थित भइ प्राकृतिक रुपले ठगिएका ती महान ब्यक्तिहरुको साहसिक कार्यमा हौसला प्रदान गरि दिनु हुन र यस कार्यक्रमलाई सफल बनाउन आबश्यक सामाजिक, आर्थिक र भौतिक सहयोग गरि दिनु हुन बिनम्र अनुरोध गर्दछौ।

कार्यक्रमको रुपरेखा
मिति : ३१ जुलाई २०१०
समय : दिनको ठीक ३ बजेदेखि
स्थान : Zegelstraat 13,
2140 Borgerhout, Antwerpen

मिति : ७ अगस्ट २०१०
समय : दिनको ठीक ४ बजेदेखि
स्थान : Ons huis
Goudenbloemenstraat 28
3000 Leuven

यस कार्यक्रमलाई भब्य रुपमा सफल बनाउन बेल्जियमस्थित बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु रहेको निम्न सगरमाथा सांस्कृतिक साँझ आयोजक समिति गठन गरिएको छ।

संयोजक : साइमन आले मगर
सदस्य : शिब बरुवाल
सदस्य : इन्द्र प्रसाद ओली
सदस्य : योगेन्द्र श्रेष्ठ -एकेन्द्र)
सदस्य : किसन के सी
सदस्य : अर्जुन गुरुङ
सदस्य : अनन्त गुरुङ्ग
सदस्य : रजनी प्रधान
सदस्य : घनश्याम शाही
सदस्य : सूर्यलाल भट्टचन
सदस्य : तुङ्ग निरौला
सदस्य : भरत तामाङ्ग
सदस्य : गोपाल सिंखडा
सदस्य : दिपक ज्योति पौडेल
सदस्य : आलोक शर्मा
सदस्य : पुरुषोत्तम सुबेदी
सदस्य : बुद्धि बराल
सदस्य : मुना ताम्राकार
सदस्य : देबी कार्की
सदस्य : यसोदा थापा
सदस्य : हरी शाही

Popularity: 6%

Add comment July 25th, 2010


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Become a fan-

Subscribe to our videos!


Calendar

July 2010
M T W T F S S
« Jun   Aug »
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Posts by Month

Posts by Category

More news....