Archive for July 27th, 2010
मणिकुमार श्रेष्ठ, धनकुटा/ एचकेनेपाल डट कम-
धनकुटाको तेलिया गाउँ विकास समिति वडा नम्वर २, ३, ५, ६ र ७ वडाका किसानहरुले लगाएको अन्न तथा तरकारी वाली जंगली जनावरले खान थालेपछि किसानहरु वसाई सर्न थालेका छन्।
किसानहरुले सयौं रोपनीमा लगाएको मकैवाली तथा नगदे वाली जंगली जनावरले खाएर दुःख दिन थालेपछि किसानहरु वसाई सर्न थालेका हुन्।
जंगली जनावरले दुःख दिएपछि तेलिया वडा नम्वर ६ का खड्गप्रसाद घिमिरे, केशव सुवेदी, ऋतुवर्ण ओझालागयतले गाउँ छाडेको तेलियाका स्थानीयबासी शैकर ओझाले जानकारी दिनु भएको छ।
जंगली जनावर वदेल, दुम्सी, वादर जस्ता जनावरहरुले नगदे वाली तथा अन्न वाली खाने गरेको छ। तेलिया वडा नम्वर ६ का लेखनाथ ओझाको ५ हजार वरावरको टमाटर तथा अन्य वाली जंगली जनावरले खाएको ओझाले वताए । जंगली जनावरले अन्य वडामा समेत अन्नाबाली तथा नगदे वाली खाएर किसानहरुलाई दुःख दिने गरेको छ।
यसरी किसानहरुलाई जंगली जनावरले दुःख दिदा समेत सम्वन्धित निकायबाट कुनै प्रकारको सहयोग नभएको किसानहरुले वताएका छन्। उनीहरुले जंगली जनावरबाट अन्न वाली तथा नगदे वाली वचाउन पहल गरी दिन सरकार समक्ष अनुरोधसमेत गरेका छन्।
Popularity: 8%
July 27th, 2010
हुम तमु, पोखरा/ एचकेनेपाल डट कम-
नेपाल आदिवासी जनजाति महासंघले शान्ति र संविधान निर्माणका निम्ति संचालन गरेको एक महिने शान्तिपूर्ण आन्दोलनको कार्यक्रमको क्रममा सोमबार आदिवासी जनजातिका अगुवाहरुलाई गिरफ्तार गरिएको घटनाप्रति नेपाल आदिवासी जनजाति समन्वय परिषद कास्कीले भर्त्सना गरेको छ।
समन्वय परिषद कास्कीका सचिव पुर्ण हृयोल्मोद्धारा मंगलबार जारी विज्ञप्तिमा काठमाण्डौंको रत्नपार्कमा कोणसभा सम्पन्न गरी न्युरोड तर्फजादै गरेका महासंघका उपाध्यक्ष इन्दिरा जिमी याक्खा, महासचिव आङकाजी शेर्पा, सचिव यशोकान्ति भट्टचनलाई प्रहरीले दुर्व्यवहार गर्दै गिरफ्तार गरेको उल्लेख छ।
शान्तिपूर्ण भेला भई स्वतन्त्रता पूर्वक कार्यक्रम गर्न पाउने लोकतान्त्रिक मूल्य मान्यतालाई अपमान गर्दै स्थानीय प्रशासनले आदिवासी अगुवाहरु माथि गरिएको दुर्व्यवहार र गिरफ्तारप्रति घोर आपत्ति जनाउदै आगामी दिनमा आदिवासी जनजातिका अधिकारमुखी आन्दोलनलाई कतै अपमानित गरिए कडा आन्दोलनमा उत्रन बाध्य हुने सचिव हृयोल्मोद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Popularity: 7%
July 27th, 2010
हुम तमु,पोखरा/ एचकेनेपाल डट कम-
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ कास्कीको आज पोखरामा सम्पन्न दोश्रो साधारण सभाले अर्को एक कार्यकालका लागि ज्योति भट्टचनको अध्यक्षतामा रहेको कार्यसमितिलाई कार्यवधि थप गरेको छ।
आगामी दुइ वर्षका लागि कार्यसमितिको सचिवमा राजकुमारी भुजेल, सदस्यहरुमा सुकलक्ष्मी तमु, प्रेमकुमारी छन्त्याल, अञ्जु तामाङ र छेञ्जोङ गुरुङलाई निरन्तरता दिएको छ भने कोषाध्यक्षमा रमा राईलाई चयन गरेको छ।
साधारणसभामा सचिव राजकुमारी भुजेलले संस्थाको प्रतिवेदन र कोषाध्यक्ष निलकुमारी राईले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो।
महासंघका अध्यक्ष ज्योति भट्टचनको अध्यक्षता र विष्णुकुमारी थापा भुजेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा तमु प्ये ल्हु संघ महिला समितिका केन्द्रीय अध्यक्ष सुकलक्ष्मी तमु, थकाली महिला समितिकी सतकुमारी शेरचन, मगर महिला संघकी तारा मगर र तामाङ महिला घेदुङकी अञ्जु तामाङले मन्तव्य व्यक्त गर्नुभएको थियो।
Popularity: 7%
July 27th, 2010
मणिकुमार श्रेष्ठ, धनकुटा/ एचकेनेपाल डट कम-
नेपाली कांग्रेसका नेता प्रदिप गिरीले १२ औ महाधिवेशनले नेपाली कांग्रेसमा आमुल परिर्वतन गर्ने वताएका छन्।
मंगलबार नेपाली कांग्रेस धनकुटाद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता गिरीले यस्तो वताएका हुन । उनले अव नेपाली कांग्रेस जनता र कार्यकर्ताको भावना र चाहना अनुसार चल्ने वताए।
नेपाली कांग्रेस धनकुटाका सभापति मनोहरनारायण श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेसका नेतृ चित्रलेखा यादव लगायतले मुलुकको समस्या समाधान गर्न सहमति र सहकार्यबाट मात्र समाधान गर्न सकिने वताए।
यस्तै, नेपाली कांग्रेस धनकुटाले जिल्ला अधिवेशन साउन १७ मानै गर्ने निर्णय गर्दै केन्द्रमा सिफारिस गरेको छ । नेपाली कांग्रेस केन्द्रीय समितिले साउन १७ गते प्रधानमंत्रीका लागि निर्वाचन हुने भएकाले साउन १७ देखि २७ गतेसम्म जिल्लालाई अनुकूल हुने समयमा गर्नु पर्ने निर्देशन भए अनुरुप नेपाली कांग्रेस धनकुटाको आज सम्पन्न भेलाले जिल्ला अधिबेशन यही साउन १७ गतेनै गर्ने निर्णय गरी सहमतिका लागि केन्द्रीय कार्यालयमा अनुरोध पत्र पठाएको छ।
दुवै क्षेत्रको क्षेत्रीय अधिवेशन भने साउन १५ गते जिल्ला सदरमुकाम धनकुटामा नै गर्ने नेपाली कांग्रेस धनकुटाका सभपाति मनोहरनारायण श्रेष्ठले वताए । मंगलबार सम्पन्न कार्यकर्ता भेलाले जिल्ला अधिवेशनलाई सम्मेलन सफल बनाउन गठिन विभिन्न ९ वटा समितिका संयोजकहरुले प्रतिवेदन प्रस्तुत गर्नु भएको र सम्मेलनलाई सफल बनाउन सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय भएको नेपाली कांग्रेस प्रचार प्रसार समितिका संयोजक विजय सन्तोषी राईले वताए।
Popularity: 6%
July 27th, 2010
बिनोद पौडेल सउल, दक्षिण कोरिया/एचकेनेपाल डट कम -
नेपाली साहित्य, कला, संगीतलाई विश्व परिवेशमा पुर्र्याउने उद्धेश्यले नेपालबाट हङकङ हुँदै दक्षिण कोरिया आइपुगेका नेपाली श्रष्टाहरुले आइतबार आफ्नो तेस्रो कार्यक्रम दक्षिण कोरियामा प्रस्तुत गर्र्यो।
नेपाली साहित्य-संगीत सुन्न र कलाकृति हेर्न करीब चार घण्टा एकचित्त भएर बसेका नेपाली तथा कोरियाली पाहुनाहरुले कार्यक्रमको बारेमा खुलेरै प्रसंशा गरे।

तस्वीरः बिनोद पौडेल सउल, दक्षिण कोरिया/एचकेनेपाल डट कम
संगीत र कलासँगै कला काव्य प्रस्तुती कार्यक्रममा उनीहरुले महाकवि देवकोटाको कविता वाचनदेखि लिएर नेपाली गीत गाएर नृत्यसमेत प्रस्तुत गरे। नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले आइतबार साउलको छोगेसा गुम्बामा आयोजित उक्त महोत्सवको कोरियाका लागि नेपाली राजदूतावासका उपनियोग प्रमुख यादव खनालले उदघाटन गर्नुभयो।

प्रसिद्ध कलाकार शशी शाह, किरण मानन्धर, कृष्ण मानन्धर, विजय थापा, बुद्धि गुरुङ्, के.के.कर्माचार्य, रबिन कोइराला, धनु याक्खा, र एरिना ताम्राकारका सुन्दर कलाकृति पृष्ठभूमिमा राखेर कवि सरुभक्त, उषा शेरचन, कृष्ण प्रसाई, मोमिला जोशी, राजेश्वर कार्की, अरुणा वैद्य, र महेन्द्र गुरुङ्ले कविता पाठ गर्नुभएको थियो। उहाँहरुको कवितालाई क्रमशः पार्क वान्हो, किम मारिया, ली चए मीन, स्यो दोङ् इ, चाल ब्यून जुङ् काङ् योंगेन र पार्क ब्याङ् सूले कोरियाली भाषामा प्रस्तुत गर्नुभयो।

कार्यक्रममा प्रसिद्ध सांगीतिक समूह सुकर्मले आफ्नो सांगीतिक प्रस्तुतिसँगै वाचन गरिएका कवितासँगै सांगीतक धून प्रस्तुत गरेको थियो।
समारोहमा प्रमुख उपनियोग प्रमुख यादव खनालले आउँदा दिनमा यस्ता कार्यक्रम अझ व्यापक रुपले गर्न सकिने बताउँदै कला, साहित्य र संगीतको संयुक्त प्रस्तुती प्रभावकारी भएको विचार व्यक्त गर्नुभयो।

कार्यक्रम आयोजक प्रतिष्ठानका अध्यक्ष एवं श्रष्टा मोमिला र नेपाल पत्रकार महासंघ कोरियाका अध्यक्ष रघु त्रिपाठीको संयुक्त सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा महाकवि देवकोटाको इन्द्रेणी कविता कोरियाली कवि एवं चिकित्सक डा लीले प्रस्तुत गर्दै नेपाल प्राकृतिक दृष्टिले मात्र सुन्दर नभई संस्कृतिमा पनि त्यत्तिकै सम्पन्न भएको विचार व्यक्त गर्नुभयो।
आयोजकका तर्फबाट अध्यक्ष मोमिलाले साहित्य, कला, संगीतको यो सहयात्रा नेपालमा पहिलो पटक त हुँदै हो भन्दै विश्वमा पनि पहिलो यात्रा हुनुपर्छ भन्ने धारणा व्यक्त गर्नुभयो । सह आयोजक महासंघका अध्यक्ष रघु त्रिपाठीले नेपाली श्रष्टाहरुलाई स्वागत गर्न र कोरियाको इतिहाँसमै अविस्मरणिय रहने अत्यन्तै शुन्दर कार्यक्रमलाई सफल पार्न आउँनुभएका कोरियन तथा नेपाली पाहुनाहरुलाई धन्यवाद ब्यक्त गर्नु भयो। त्यसै गरी सहआयोजक छावी चिवकी नेपाली आमा खुम हृयूनले नेपाली श्रष्टाहरु त्था सुकर्म समूहको प्रस्तुती हेरेपछि नेपाली कविहरु फूल मात्र नभै सृष्टिकै सुन्दर फूल भएको बताउँनु भयो।

छावी चिप, कोरिया र नेपाल पत्रकार महासंघ कोरिया शाखा सहआयोजक रहेको उक्त कार्यक्रममा छावी चिपकी नेपाली आमा ली खुम हृयून महासंघका अध्यक्ष रघु त्रिपाठीलगायत सहभागी कवि तथा कवयित्रीहरुलाई सम्मान गरिएको थियो।
कार्यक्रममा वरिष्ठ समालोचक एवं आख्यानकार प्रा.डा. गोविन्दराज भट्टराईले नेपाली साहित्यको विस्तारबारे कार्यपत्र प्रस्तुत गर्दै विश्व कलासाहित्य यात्राको शभारम्भ पूर्वबाट थालिएको र यसले अन्य मुलुकतर्फ पनि पाइला बढाउने बताउनुभयो।

नेपाली राजदूतावासका प्रतिनिधि, कोरियाली कवि, साहित्यकार, पत्रकार, चिकित्सक, समाजसेवी लगायत विविध क्षेत्रका कोरियालीहरुको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा कोरियामा रहेका नेपाली कविहरु तथा कोरियाली कवयित्रीले नेपालीमा कविता प्रस्तुत गरेका थिए।
यसअघि साउन पहिलो सातामा काठमाडौँमा पहिलो प्रस्तुतीको रुपमा काव्य महोत्सव आयोजना गरेको प्रतिष्ठानले दोस्रो कार्यक्रम हङकङमा प्रस्तुत गरिसकेको छ।

दक्षिण कोरियामा आयोजित तेस्रो काव्य महोत्वसवमा नेपाल पर्यटन बोर्डका कोरियाली प्रतिनिधि केपी सिटौला एनआरएनआइ सिसि प्रतिनिधी डा. देवीबहादुर बस्नेत र अनुवादक एवं लेखक महेश पौड्यालले संयूक्तरुपमा कवि महोत्सवलाई सञ्चालन गर्दै कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो। कार्यक्रमलाई सफल पार्नको लागि एनआरएन एनसिसि नेपाल पर्यटन वोर्ड कोरिया शाखा सोनसिक आपतकालीन नेपाली सेवा समिति लगायतका संघ सस्थाहरुले विशेष सहयोग गरेका थिए भने ब्यबसायी तथा समाजसेवी खगेन्द्र गुरुङ स्वतन्त्र पत्रकार तथा अनुवादक मोहन कार्की पत्रकार तथा समाजसेवी गिरिराज कुवँर तथा डा. देवीबहादूर बस्नेतले कार्यक्रमलाई ब्यवस्थापन गर्नको लागि महत्वपूर्ण भूमिका निर्भाह गर्नु भएको थियो।
Popularity: 7%
July 27th, 2010
अनिल पाण्डे, ओकल्याण्ड /एचकेनेपाल डट कम-
क्यालिफोर्निया राज्यस्थित ओकल्याण्डमा आयोजित दुई दिने नेपाल महोत्सव- २०१० नेपाल र नेपालीको पहिचान तथा दक्षता प्रस्तुत गर्दै आइतबार सम्पन्न भयो।
क्यालिफोर्नियास्थित नेपालीहरुको संस्था न्यान्सी किरएटिभ नेपाल युथ क्लब मदरल्याण्ड नेपाल नाफका हाम्रो समाज एनएजिसी लायन्स इन्टरनेसनल र द ह्वाइटजोनको संयुक्त आयोजनामा सम्पन्न यस महोत्सवमा हजारौं नेपाली तथा विदेशी पाहुनाहरुले आनन्द उठाएको संयोजक मणि नेपाली पनेरुले जानकारी गराउनु भयो।
ओकल्याण्डको लेनी कलेज-भवनमा सम्पन्न सो महोत्सवमा खाद्यपरिकार सांस्कृतिक झाँकी संगीत तथा विभिन्न मनोराजनात्मक कार्यक्रमका स्टल तथा प्रदर्शनीको आयोजना गरिएको थियो।
समापन समारोहमा समाजसेवीद्वय अनिल पाण्डे अध्यक्ष मदरल्याण्ड नेपाल र अशोक गौतमलाई प्रेसिडेन्ट अवार्ड प्रदान गरियो। पाण्डेलाई डेमोक्रेटिक पार्टी क्यालिफोर्नियाका निर्देशक पेगी मोरेले सो पुरस्कार प्रदान गर्नुभएको थियो । महोत्सवको समापन कार्यक्रममा राष्ट्रपति रामवरण यादवको शुभकामना सन्देश पढिएको थियो । सो कार्यक्रममा अमेरिकास्थित नेपाली राजदूतावासका प्रतिनिधि प्रथम सचिव आनन्दप्रसाद शर्माको प्रमुख आतिथ्य तथा सम्बोधन रहेको थियो। शुभकामना सन्देश डा. जिम हुगेसले पढ्नुभएको थियो।
यस महोत्सवको आयोजना गर्नुको पहिलो उद्धेश्य आगामी वर्ष २०११ लाई नेपाल सरकारले पर्यटन वर्ष घोषणा गरेको छ त्यसलाई सफल पार्न मनोराजनपूर्ण कार्यक्रमको आयोजना गर्नु नै हो दोस्रो उद्धेश्य स्थानीय अमेरिकीहरुमा मित्रताको अभिवृद्धि सूचनाको आदान-प्रदान र दक्षताको प्रदर्शन गर्नु नै हो संयोजक पनेरुले जानकारी गराउनु भयो। उहाँले खाद्यपरिकार र संस्कृतिको प्रस्तुति गर्दै नेपालीले आफ्नो दक्षता देखाएको खुलासा गर्नुभयो।
महोत्सवमा आयोजक सबै संस्थाका प्रतिनिधिलाई सम्झनाको चिनो पनि प्रदान गर्दै नेपाल र नेपालीको प्रतिष्ठा बढाउने यस्ता कार्यक्रमलाई सबै नेपालीले एकजुट भएर सघाउनुपर्ने धारणा राखेका थिए।
Popularity: 7%
July 27th, 2010
एचकेनेपाल डट कम संवाददाता-
नेपाल आदिवासी जनजाति महासंघले महासंघका उपाध्यक्ष, महासचिव, सचिव र कर्मचारीहरुलाई प्रहरीले गिरफ्तार गरेकोमा आपत्ति जनाउंदै भत्सर्ना गरेको छ।
नेपाल आदिवासी जनजाति महासंघले प्रेस विज्ञप्ति जारी गर्दै महासंघका पदाधिकारी तथा कर्मचारी गिरफ्तारको विरोध गरेको हो।
श्रावण १० गते विश्व आदिवासी दिवस २०६७ को प्रचारात्मक कोण सभाका लागि रत्नपार्क जाने क्रममा न्यूरोड गेटमा ड्युटीमा खटिएका प्रहरीले माथिको आदेश भन्दै महासंघका उपाध्यक्ष इन्दीरा जिमी याक्खा, महासचिव आङ काजी शेर्पा किसान, सचिव यशोकान्ती भट्टचन महासंघका २ कर्मचारी र माइकिङमा भाडामा लिएको मिनी ट्रकका चालक र सहायकलाई गिरफ्तार गरी न्यूरोड जनसेवा प्रहरी कार्यालयमा लगि र्दुव्यवहार गरेका थिए।
प्रहरीको खेदजनक व्यवहारको नेपाल आदिवासी जनजाति महासंघले घोर भत्सर्ना गरेकोछ। महासंघ अध्यक्ष राजकुमार नेतृत्वमा प्रहरी कार्यालयमा पुगेका प्रतिनिधी मण्डलले कार्यालय इन्चार्ज प्रहरी इन्स्पेकटरलाई प्रहरीको अर्मयादित कार्यप्रति माफी माग्न वाध्य गराएको थियो।
नागरिकले स्वतन्त्र हिडन पाउने र स्वतन्त्र बोल्न पाउने अधिकारमाथि प्रहरीको बर्बरतापूर्ण दमनको र शान्तिपूर्ण प्रचरात्मक कार्यक्रममा हिडेका महासंघका पदाधिकारीहरुमाथि भएको र्दुव्यवहारको विरोधमा महासंघले भोलि विहान ११ बजे पिपलबोट न्यूरोडमा विरोध सभाको आयोजना गर्ने भएकोछ।
विभिन्न वक्ताहरुले संम्बोधन गर्ने विरोध सभामा उपस्थितिका लागि सम्पूर्ण आदिवासी जनजाति न्यायप्रेमी जनसमुदाय पत्रकार तथा साचारकर्मीलाई महासंघले हार्दिक अनुरोध गरेको छ।
Popularity: 7%
July 27th, 2010
एचकेनेपाल डट कम संवाददाता-
नेपाल पत्रकार महासङ्घले भक्तपुरको चित्तपोलमा आयोजना भएको महायज्ञ समापन कार्यक्रममा सहभागी पूर्वराजा ज्ञानेन्द्रको समाचार सङ्कलन गर्न गएका पत्रकारलाई दुर्व्यवहार गर्दै कुटपिट गर्नेलाई कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
महासङ्घका महासचिव पोषण केसीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा ती पत्रकारलाई पूर्वराजाको सुरक्षामा खटिएका सुरक्षाकर्मी र यज्ञ व्यवस्थापन समितिका व्यत्तिले कुटपिट गरेको दाबी गरिएको छ।
कुटपिटबाट महासङ्घकाभ्रेका अध्यक्ष भोला थापा र कान्तिपुर दैनिकका पत्रकार मनोज बस्नेत घाइते भएको जनाइएको छ।
कुटपिटका क्रममा उनीहरूले कान्तिपुर दैनिकका अर्का पत्रकार मकर श्रेष्ठको क्यामेरा र सगरमाथा टेलिभिजनको क्यामेरा समेत फुटाइदिएको जनाइएको छ।
कर्तव्य पुरा गर्नका लागि पुगेका पत्रकारमाथि सुरक्षाकर्मी र व्यवस्थापन समितिका व्यक्तिबाट दुर्व्यवहार र कुटपिट हुनु आफैंँमा निन्दनीय हो भन्दै विज्ञप्तिमा सञ्चारकर्मीको सुरक्षामा ध्यान दिन सम्बन्धित निकायसँग माग गरिएको छ।
Popularity: 7%
July 27th, 2010
एचकेनेपाल डट कम संवाददाता-
नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले शान्ति र संविधानका लागि राष्ट्रि्र्र्र्रय सरकारको आवश्यकता रहेको भन्दै प्रधानमन्त्रीका लागि यही साउन १७ गते हुने निर्वाचनमा पनि आपनो पार्टी तटस्थ रहने बताउनुभएको छ।
नेपाल बुद्धिजीवी परिषद्द्वारा आयोजित ‘वर्तमान राजनीतिक जटिलता र यसको निकास’ विषयक विचार गोष्ठीमा उहाँले राष्ट्रिय सरकारका लागि आपनो पार्टीले सो निर्णय गरेको बताउनुभयो।
अध्यक्ष खनालले राष्ट्रिय सहमतिको विकल्प नभएको भन्दै त्यसका लागि प्रधानमन्त्रीका दुवै उम्मेदवारले उम्मेदवारी फिर्ता लिनुपर्ने सुझाव दिनुभयो। उहाँले एमाओवादीलाई एक्लो बनाएर शान्ति र संविधानलाई पूर्णता दिन नसकिने धारणा राख्नुभयो। उहाँले सो पार्टीसँग एकता, सङ्घर्ष र रूपान्तरणको नीति लिइने पनि उल्लेख गर्नुभयो।
उहाँले प्रधानमन्त्रीमा उम्मेदवारी फिर्ताले आफूलाई कुनै पछुतो नभएको पनि बताउनुभयो।
कार्यक्रममा एमालेका महासचिव ईश्वर पोखरेलले शान्ति र संविधानका लागि राष्ट्रिय सरकार अनिवार्य भएको भन्दै बहुमतीय सरकारलाई सहयोग गर्ने जो कोहीलाई पनि नाङ्गेझार पार्ने चेतावनी दिनुभयो।
महासचिव पोखरेलले नेपाली कांँग्रेसमा यथास्थितिवाद हावी भएको र एनेकपा (माओवादी)मा जङ्गलीपन देखापरेको आरोप लगाउनुभयो।
Popularity: 7%
July 27th, 2010
एचकेनेपाल डट कम संवाददाता-
आन्दोलनरत ११ विद्यार्थी सङ्गठनले शिक्षा मन्त्रालय र तीन विद्यार्थी सङगठनबीच भएका सहमति तत्काल पुरा हुन नसक्ने भन्दै प्रवीणता प्रमाणपत्र तहको भर्ना प्रक्रिया तत्काल सुरू गर्न माग गरेका छन्।
विद्यार्थी सङ्गठनले संयुक्तरूपमा विरोध कार्यक्रम गरी यही साउन ७ गते भएको द्विपक्षीय सहमति साउन २० गतेसम्म पनि सम्बोधन नभए सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।
कार्यक्रममा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) पाँचौका अध्यक्ष भाष्कर काफ्लेले मन्त्रालयसँग भएको सहमति तत्काल पुरा हुन सम्भव नभएको भन्दै सोही अवधिसम्म प्रवीणता प्रमाणपत्र तहको पढाइ यथावत् सञ्चालन गर्नुपर्ने माग गर्नुभयो।
मधेसी विद्यार्थी फोरम नेपालका अध्यक्ष अशोक यादवले सो तहको भर्ना सञ्चालन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिनुभयो।
Popularity: 7%
July 27th, 2010
एचकेनेपाल डट कम संवाददाता-
योङ कम्युनिस्ट लिग (वाइसिएल)का जिल्ला उपाध्यक्ष तथा कोचिला राज्यसमिति सदस्य विष्णुकुमार मगर ‘मुक्ती’का विरुद्ध प्रहरीले मानव अपहरण ऐनअन्तर्गत मुद्दा चलाएको छ।
मोरङको शनिश्चरे–४ शुक्रबारेका अनिल राईलाई अपहरण गरेको अभियोगमा पक्राउ परेका मगर विरुद्ध आज जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चक्र बस्नेतले बताउनुभयो।
मगरसहित चारजनाले आफूलाई अपहरण गरी हत्या प्रयास गरेको अभियोग लगाउँदै राईले शुक्रबार इलाका प्रहरी कार्यालय उर्लाबारीमा लिखित उजुरी दिएका थिए।
राईको उजुरीको आधारमा प्रहरीले शनिबार अपरान्ह ३ बजे मोरङको कर्सियाबाट मगरलाई पक्राउ गरेको थियो।
गत बिहीबार पथरीबाट खुट्टाको घाउको उपचार गरी श्रीमती फुुलमायासँग साइकलमा घर फर्कदै गर्दा मगरसहित चारजनाले ‘केही कुरा गर्नुछ’ भन्दै मोटरसाइकलमा राखेर बेलबारी उत्तरतर्फको चारकोशे जङ्गलमा लगेर हत्या प्रयास गरेको पीडित राईले बताए।
Popularity: 6%
July 27th, 2010
एचकेनेपाल डट कम संवाददाता-
लिटिल बुद्ध भनेर चर्चित तपस्वी रामबहादुर बम्जनले वनमा साग खोज्न गएका मनहर्वाका १७ जनालाई कुटपिट गरेको विषयमा प्रहरीले अनुसन्धान आरम्भ गरेको छ।
बम्जन बाराको हलखोरिया दहमा पाँच वर्षदेखि तपस्यारत् छन्।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक रुद्रकान्त झाको नेतृत्वमा रतनपुरीको जङ्गलमा पुगे पनि बम्जनका सहयोगीले तपस्या भङ्ग हुने जनाउँदै भेटका निम्ति आलटाल गरेको प्रहरीले जनाएको छ।
प्रहरीले २४ सै घण्टा ध्यानमा तपस्यारत् भनिएका बम्जनलाई तपस्यास्थल नजिकमा बनाइएको दुईकोठे पक्कीघरमा विश्राम गरिरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो।
Popularity: 6%
July 27th, 2010
एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी) का पोलिटब्युरो सदस्य अग्नीप्रसाद सापकोटाले प्रधानमन्त्रीको निर्वाचन राष्ट्रियता, जनतन्त्र र अग्रगमनका लागि अर्को लडाईं भएको बताउनुभएको छ।
जनसञ्चार अभियानद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उहाँले भन्नुभयो–’यो सामान्य चुनाव मात्र नभएर राष्ट्रिय स्वाधीनताका लागि भएको नयाँ लडाईं हो।’
नेपाली काँग्रेस र नेकपा (एमाले)जस्ता शक्तिसँगको प्रतिस्पर्धामा पटकपटक हार्न तयार रहे पनि वैदेशिक शक्तिसँग कहिल्यै नझुक्ने बताउँदै नेता सापकोटाले थप्नुभयो– ‘पुरै ब्रह्माण्ड उल्टिए पनि वैदेशिक प्रतिक्रियावादसँग झुक्ने छैनौं।’
आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पदलोलुप भएर नभई मातृभूमिको रक्षाका लागि प्रधानमन्त्रीमा उम्मेदवारी दिएको उहाँको दाबी थियो।
एमाले र मधेसवादी दलले सही निर्णय गरे राष्ट्रियताको रक्षा हुनसक्छ भन्दै नेता सापकोटाले ती दललाई आफ्नो पार्टीका पक्षमा उभिन आग्रह गर्नुभयो।
नेकपा (एमााले) का केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठले १७ गते पनि प्रधानमन्त्री चयन हुने अवस्था नआए संविधान संशोधन गरेर सबैभन्दा ठूलो दलले सरकार बनाउने विश्वव्यापी मान्यताका आधारमा सरकार बनाइनुपर्ने विचार राख्नुभयो।
आफ्नो पार्टी १७ गते पनि तटस्थ बस्ने स्पष्ट पार्दै उहाँले दुई तिहाई बहुमत ल्याउने माओवादी या अन्य जुनसुकै दललाई समर्थन गर्न सकिन्छ भन्नुभयो।
Popularity: 6%
July 27th, 2010