Archive for August, 2010

बेलायतमा ‘नेपाली मेला २०१०’

पुष्पा गुरुङ, यूके / एचकेनेपाल डट कम-
तमुधीं यूकेद्वारा आयोजित ‘नेपाली मेला २०१०’ शनिबार सरेस्थित रिचमोन्ड एथलेटिक्स एसोसिएशनको मैदानमा भव्यतासाथ सम्पन्न भएको छ। बहुजाति, भाषा, धर्म, कला संस्कृति र परम्पराको धनी देश नेपालको सांस्कृतिक सम्पदाको संरक्षण, बेलायतमा रहेका विभिन्न नेपाली तथा स्थानीय संघ संस्थाहरुबीच मैत्री र सदभाव अभिवृद्धि तथा नेपाली समुदायलाई बेलायती समाजमा समायोजित गर्ने उद्धेश्यले दोस्रो पटक मेला सञ्चालन गरिएको हो।

तस्वीरः मिलन तमु, युके / एचकेनेपाल डट कम

Video: Nepali Mela 2010, UK

Video: The World’s Smallest Man Dancing

मेलामा अन्तर्समाज झाँकी, नेपाली कला र संस्कृति झल्किने लोक नृत्य, रनिङ कप प्रतियोगिता, ओपन युथ कन्सर्ट, जातिय भेषभूषा प्रदर्शन, तेक्वान्दो खेल प्रदर्शन, क्विज कम्पिटिशन लागयतका विविध कार्यक्रम समावेश थिए।

तमुधीं यूकेका महासचिव सूर्य गुरुङको स्वागत मन्तबव्यपछि संस्थाका अध्यक्ष सुबसिङ गुरुङ (बि.ई.एम.) ले कलात्मक पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. सुरेश चन्द्र चालिसे प्रमुख अतिथि, लण्डनका डेपुटी मेयर काउन्सिलर रिचर्ड बार्नस, रिचमोन्डका मेयर काउन्सिलर डेविड मार्लो तथा अन्य संघ संस्थाका प्रमुखहरु अतिथिका रूपमा उपस्थित थिए।

थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्

बिहान करीब साढे एघार बजे शुरु भएको कार्यक्रम पुष्पा गुरुङ, खगेन्द्र नेपाली (भूतपूर्व बीबीसी नेपाली सेवाका प्रमुख तथा वर्तमान एन टि.भी.का “चासोको बिषय”का सञ्चालक) र योगेश गुरुङले संयुक्त रूपमा सञ्चालन गरेका थिए।

कार्यक्रममा किराँत याक्थुङ चुम्लुङ यूके, पुन समाज यूके, पासा पुचा गुठी यूके, सुनुवार समाज यूके, मगर समाज यूके, तमु प्ये ल्हु संघ यूके, तमाङ समाज यूके, तमुधी यूके प्लमस्टेड शाखा, लामा एसोसिएशन, गेसो युके, ठाँटी नेपलीज कम्युनिटी, तमुधीं यूके रेडिङ ब्रान्च, एन. जे. टे-क्वन्डो, गोर्खा जिल्ला समाज, रुम्जाटार सेवा समिती, सगरमाथा दोजाङ, मनोक्रान्ति समूह र तमु धीं लण्डन शाखा सहभागी मेलामा झाँकी तथा जातिय भेषभूषा प्रदर्शन गरिएको थियो।

‘बनेको छ पहराले यो छाती मेरो…’ बोलको राष्ट्रिय गीतसहित मन्तब्य सुरू गरेका तमु धीका अध्यक्ष सुबसिङ गुरुङले नेपाली मेलाको उद्धेश्य र महत्वमाथि प्रकाश पार्दै यसले नेपाली समुदायलाई बेलायती समाजमा समाहित गर्न सहयोग तथा नेपाल पर्यटन वर्ष २०११ लाई पनि टेवा पुग्ने बताए। लण्डनका डेपुटी मेयर रिचर्ड बार्नले नेपालीहरुबाट धेरै आत्मियता पाएको बताउंदै मेलाबाट नेपालको परम्परा र संस्कृतिबारे विस्तृत रूपमा बुझ्ने अवसर पाएको बताए। विविध नेपाली संस्कृति अमूल्य गहनाको रूपमा यूकेले पाएको बताउदै उनले खुशी ब्यक्त गरेका थिए। यसै गरी, रिच्मोन्डका मेयर डेविड मार्लोले नेपालीहरुको परम्परा र संस्कृति प्रदर्शन गर्ने थलोको रूपमा रिच्मोन्डलाई रोजेकोमा गर्व लागेको बताउदै नेपाली समुदाय रिचामोन्डको महत्वपूर्ण अंग हुने बताए।

प्रमुख अतिथि राजदूत डा. सुरेशचन्द्र चालिसेले नेपाल र नेपाली कला संस्कृतिको महत्वमाथि प्रकाश पार्दै नेपाल र बेलायतको द्विपक्षीय सम्बन्ध गोर्खाजले गर्दा विशिष्ट भएको बताउंदै बेलायतमा रहेका नेपाली संघ संस्थाहरु र तिनले सञ्चालन गर्ने कार्यक्रमहरुको आफ्नै महत्व रहेको बताए। उनले आप्रवासी नेपालीहरुलाई समेट्ने खालका यस्ता महत्वपूर्ण कार्यक्रमहरु आयोजना गर्न तमुधी यूके सक्षम भएको समेत बताए।

लोक नृत्य प्रतियोगितामा तमुधी यूके रेडिङ एकाइ प्रथम, प्ये ल्हु संघ यूके द्वितीय र पुन समाज यूके र तमुधी यूके लण्डन एकाइ तृतीय भए। प्रथम, द्वितीय र तृतीय हुने संस्थाले क्रमशः ५०० पाउन्ड नगदसहित एम्बेसेडर्स रनिङ कप तथा ने. रू. ५०,००० (संबन्धित संस्थाको नेपालको कुनै बिकास परियोजनाका लागि) , ३०० पाउन्ड नगद तथा प्रमाणपत्र र तेश्रो हुनेले १०० पाउन्ड तथा प्रमाणपत्र प्राप्त गरे। बिजयी संस्थाहरुलाई प्रमुख अतिथि चालिसेले रनिङ कप, पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए।

थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्

यसै गरी, विश्वका सर्वोच्च शिखर सगरमाथाको देश नेपाललाई नयाँ चिनारी दिन जन्मेका विश्वकै सबै भन्दा होचा मानिएका खगेन्द्र थापा मगरले नृत्य प्रस्तुत गरेर सबैलाई आश्चर्य चकित पारेका थिए। क्विज कमिपिटिशनका विजयी अल्डरशोट बस्ने इन्टेक ०७ का बिशाल गुरुङलाई खगेन्द्र थापा मगरको हातबाट उदघोषकहरुको तर्फबाट राखिएको पुरस्कार प्रदान गरिएको थियो। त्यसैगरी, खगेन्द्र प्रतिष्ठानका अध्यक्ष मिनबहादुर राना मगर र उनका बाबु रूपबहादुर थापा मगरलाई तमुधी यू केका अध्यक्ष सुबसिङ गुरुङले खादा ओढाइ अभिनन्दन गरेका थिए।

नेपालका असहाय बालबालिकाहरुको सहयोगार्थ युवाहरूले ओपन युथ कन्सर्ट सञ्चालन गरेका थिए। कार्यक्रम तमुधी यूकेका युथ समूह टिवाइटीका प्रमुख प्रतिम गुरुङको संयोजन रहेको थियो। कार्यक्रममा बेलायतमा पहिलो पटक हुन लागेको सौन्दर्य प्रतियोगिता मिस यूके नेपाल २०६७ का प्रतियोगीहरुको परिचयात्मक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो।

Recent Videos:

Popularity: 7%

2 comments August 31st, 2010

अग्नी एयरको ब्ल्याक बक्स भेटियो

एचकेनेपाल डट कम संवाददाता-
मकवानपुरको शिखरपुर-२ बस्तीपुरमा गत मंगलवार दुर्घटनामा परेको अग्नी एयर विमानको ब्ल्याक बक्स भेटिएको जनाइएको छ।

विमान दुर्घटना हुंदा बनेको खाल्डोमा एक्साभेटरले खोतल्दा करिब १५ फिट गहिराइमा ब्ल्याक बक्स भेटिएको खबर प्राप्त भएको दुर्घटना जाँचबुझ आयोगका प्रवक्ता सुरेश आचार्यले बताएका छन्।

दुर्घटनास्थलमा भेटिएको ब्ल्याक बक्स नै हो वा अरू कुनै उपकरण हुन् जाँच गर्न प्राविधिक र इन्जिनियर टोली त्यसतर्फ पठाउने तयारी भैरहेको आचार्यले बताए।

आयोगले हराइ रहेको ककपिट भ्वाइस रेकर्डर (सिभिआर) र फ्लाइट डाटा रेकर्डर (एफडिआर/ ब्ल्याक बक्स) फेला पार्नेलाई २५/२५ हजार गरी ५० हजार नगद पुरस्कार दिने घोषणा गरेको थियो। विमान दुर्घटनाको कारण थाहा पाउन ककपिट भ्वाइस रेकर्डर र फ्लाइट डाटा रेकर्डरको सहायता लिने गरिन्छ।

Recent Videos:

Popularity: 7%

Add comment August 31st, 2010

तमु बचत तथा ऋण सहकारी संस्था कतारको साधारण सभा सम्पन्न

बुधबल गुरुङ, दोहा /एचकेनेपाल डट कम -
तमु बचत तथा ऋण सहकारी संस्था लि. कतारको प्रथम साधारण सभा अगष्ट २७ का दिन टपर्फम रेष्टुरेण्टको सभाहलमा सम्पन्न भएको छ। संस्थाको विनियम २०६६ अनुसार तदर्थ समिति गठन भएको ३ महिनाभित्र साधारण सभा गर्नु पर्ने प्रावधान भए अनुसार यो प्रथम साधारण सभा गरिएको जनाईएको छ।

तदर्थ संचालक समितिका अध्यक्ष बुधबल तमूको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत हेम तमूले संचालन गर्नु भएको थियो। संस्थाको प्रथम साधारण सभाले अमृत तमूको अध्यक्षतामा १३ सदस्यीय नयाँ संचालक समिति गठन गरेको छ । जसमा उपाध्यक्ष कृष्ण तमू, सचिवमा बुधबल तमू, कोषध्यक्षमा बुद्ध तमू, सदस्यहरुमा क्रमशः जगन तमू, खेम तमू, जीवन तमू, अमृत घले, नन्दु घले, राम तमू, महादेव तमू, हेम तमू र कल्पना तमू रहेका छन् । सभाले विलबहादुर तमूको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति पनि गठन गरेको छ । जसमा सदस्यहरु राजन तमू र केशर सिंह तमू रहेका छन्।

साधारण सभामा गत मार्च ११ मा गठित तदर्थ संचालक समितिका अध्यक्ष बुधबल तमूको तर्फबाट उपाध्यक्ष राम तमूले पेश गर्नुभएको संस्थागत प्रतिवेदन अनुमोदन गरिएको थियो । साथै विनियम केही दफालाई आबश्यक संशोधन गरियोस भनि गरिएको प्रस्तावलाई सभाले सर्वसम्मतले पारित गरेको छ।

सभामा तमू बौद्ध सेवा समिति कतारका अध्यक्ष जगन तमूले कतारमा सहकारी स्थापनाको उद्वेश्यमाथि प्रकाश पार्नु भएको थियो । सोही सभामा नव निर्वाचित अध्यक्ष अमृत तमुले कतारमा रहेका धेरै तमूहरुलाई सहकारीमा समाबेश गराउने कुरामा आफ्नो संचालक समितिले आवश्यक योजनासहित अगाडि बढ्ने दृद्धता व्यक्त गर्नु भएको थियो। साथै यो नयाँ सञ्चालक समितिलाई निर्विरोध रुपमा निर्वाचित गराउनु भएकोमा सम्पूर्ण शेयर धनि सदस्यहरुलाई धन्यवाद समेत व्यक्त गर्नु भएको थियो।

वैदेशिक रोजगारीको शिलशिलामा कतारमा कार्यरत तमुहरुले संचालनमा ल्याएको दुइ लाख कतारी रियालको जारी पुजी रहेको यस सहकारी संस्था तमूहरुको आर्थिक, सामाजिक विकासका लागि नियमित बचत गर्ने बानीको विकाश गर्दै व्यक्तिगत एवं सामूहिक क्षमता अभिबृद्धि गरी स्वरोजगारको वातावरण सिर्जना गरी आत्मनिर्भर बनाउने उद्धेश्यले स्थापना गरिएको हो। संस्थाले कतारमा कार्यरत तमूहरुलाई बचत गराउन तर्फ अभिप्रेरित गर्दै आफ्ना सदस्यहरुलाई आबश्यक पर्दा विभिन्न शिर्षहरुमा सुलभ ब्याजदरमा कर्जा वितरण पनि गर्दै आई रहेको छ।

Recent Videos:

Popularity: 7%

Add comment August 31st, 2010

बोस्टनमा तीजको लहर आयो बरी लै

कृष्णराज खनाल, बोस्टन, अमेरिका/ एचकेनेपाल डट कम-
अमेरिकाको बोस्टन र वरपरका क्षेत्रमा बसोबास गरेका नेपाली समुदायले नेपाली सँस्कृतिभित्र महिलाहरूको विशेष र महान् चाडको रूपमा रहेको तीज सामूहिक रूपमा मनाउने निर्णय गरेका छन्।

यस क्षेत्रका मूलतः नेपालीहरू समावेश रहेको हिमालयन लाइन्स क्लबको प्रायोजन तथा नेपाली महिला दिदीबहिनीहरूको संयोजनमा हुने तीज समारोहमा बृहद उत्साहसाथ सहभागी भै दिन क्लवले हार्दिक आह्वान पनि गरेको छ।

केही समय अघि मात्र गठन भएको हिमालयन लाइन्स क्लबले स्थापना कालदेखि नै स्कूल फर्क कार्यक्रम, गरीब तथा जेहेन्दार विद्यार्थी सहयोग कार्यक्रम संचालन गरेको छ। यसरी नै, नेपाली संस्कृति र परम्परालारइ सम्वर्धन र प्रवर्धन गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपाली महिला दिदीबहिनीहरूको पहिचान गराउन सहयोग पुर्याउने उद्धेश्यले महिला विषेश यो लालित्य चाढ तीजलाइ क्लबले वार्षिक कार्यक्रमको रूपमा संयोजन गरि नेपाली महिलाहरूको अगुवाइमा अयोजना गर्ने कुरा क्लबका द्वितीय उपाध्यक्ष विष्णु कार्कीले बताएका छन्।

कार्यक्रममा हरितालिका तीजको महिमा, तीज सम्बन्धी विभिन्न मनोरन्जनात्मक प्रस्तुती, तीजका गीत, नृत्य तथा प्रहशन प्रस्तुत गरिने क्लबका कार्यक्रम निर्देशक राम थापाले बताएका छन्।

कार्यक्रम September 10th Friday, American Leigon, 163 Glen Street, Somerville मा साँझ 6.00 PM शुरू हुनेछ।

Popularity: 7%

Add comment August 31st, 2010

लिम्बु विद्यार्थीद्वारा पुस्तक लेखकलाई कारबाहीको माग

एचकेनेपाल डट कम संवाददाता-
लिम्बु जातिको ऐतिहासिक पहिचानलाई मेट्ने प्रयत्न गरेको भन्दै लेखकहरु सुदर्शन सिलवाल, बिपी घिमिरे, एसबी कार्की र सागर खड्कालाई लिम्बु विद्यार्थी मञ्चले तत्काल कारबाहीको माग गरेको छ।

मञ्चद्वारा आयोजित पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष टङ्क फोम्बोले लेखक सिलवालले त्रिभुवन विश्वविद्यालय अन्तर्गत प्रवीणता प्रमाणपत्र तह शिक्षाशास्त्र संकाय दोस्रो वर्षको आर्थिक विकास र योजनाको परिचयमा ‘भूमिमाथिको विविधता’ शीर्षकमा समावेश गरिएको सामाग्री गलत भएको दाबी गर्नुभयो।

यस्तै लेखक घिमिरे, कार्की र खड्काद्वारा संयुक्तरुपमा लिखित स्नातक तह व्यवस्थापन संकाय तेस्रो वर्षको ग्रामीण विकास र सहकारी व्यवस्थापनको ‘किपट’ शीर्षकमा लिम्बु जातिका बारेमा स्रोतविहीन, कपोलकल्पित र भ्रामक सन्देश दिएको बताइयो।

कार्यक्रममा किराँत राई यायोख्खाका महासचिव चन्द्रबिक्रम राईले उल्लेखित लेखकले जातीय र सामाजिक सद्भावमा खलल पुर्‍याउने र राज्यमा द्वन्द्वको सिर्जना गरेको आरोप लगाउँदै दुबै पुस्तकका लेखक र प्रकाशकलाई तत्काल कारबाही गर्नुपर्ने माग गर्नुभयो।

Popularity: 7%

4 comments August 31st, 2010

काम नभई सभासदले तलब खानु पनि भ्रष्टाचार

एचकेनेपाल डट कम संवाददाता-
देशमा राजनीतिक भ्रष्टाचार बढेकाले देश सङ्कटमा परेको भन्दै देशलाई सङ्कटमुक्त बनाउन नेतालाई राजनीतिक सदाचारी बन्न जनताले सुझाव पठाएका छन्।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले आयोजना गरेको ‘राजनीतिक सदाचारिता’ विषयक छलफल कार्यक्रममा विभिन्न भ्रष्टाचार नियन्त्रण गर्ने निकाय, वकिल, क्लब, राजनीतिक दलका प्रतिनिधिले दलका नेताहरू नै सबै किसिमका भ्रष्टाचारमा संलग्न भएको आरोप लगाउँदै नेताले सदाचारी बने देशमा आधा भ्रष्टाचार नियन्त्रण हुनेमा जोड दिए।

कार्यक्रममा सहभागीले कामबिना नै ६०१ संसदले भत्ता खानु पनि भ्रष्टाचार भएको भन्दै तिनीहरूलाई भ्रष्टाचारको मुद्दा दायर गर्न सुझाव दिए।

कार्यक्रममा संविधानसभा संवैधानिक समितिका सभापति नीलाम्बर आचार्यले नेतालाई गाली गरेर मात्र समस्या समाधान नहुने बताउँदै भ्रष्टाचार चिरफार गर्ने इच्छाशक्ति भएका नेतालाई साथ दिन आग्रह गर्नुभयो।

सभासद् अग्नी खरेलले नेताहरू अहिलेकै अवस्थामा रहे संविधान बन्न नसक्ने खतरा रहेको हुँदा आशावादी हुँदै नेताको निगरानीमा जनता रहन आग्रह गर्नुभयो।

Popularity: 7%

Add comment August 31st, 2010

सेनालाई अनमिनबाट अलग्याउनु पर्छ– रक्षामन्त्री

एचकेनेपाल डट कम संवाददाता-
रक्षामन्त्री विद्यादेवी भण्डारीले संयुक्त राष्ट्रसङ्घीय राजनीतिक मिसन (अनमिन) लाई सीमित अधिकार दिएर तीन महिनाको म्याद थप गर्न सकिने बताउनुभएको छ।

उहाँले नेपाली सेनालाई कुनै पनि हालतमा अनमिनको मातहतमा राख्न नमिल्ने उल्लेख गर्दै शान्ति सम्झौतालाई दृष्टिगत गरी नेपाली सेनालाई अनमिनबाट अलग्याउनुपर्नेमा जोड दिनुभयो।

एकीकृत नेकपा (माओवादी) ले सैन्य भर्ना र उपकरण खरिदको विषयलाई लिएर नियोजित रुपमा सेनालाई ‘प्यारालाइज’ गराउन खोजिरहेको आरोप लगाउँदै रक्षामन्त्री भण्डारीले माओवादी लडाकूलाई नेपाली सैनिकमा भर्ना गर्ने कतै पनि उल्लेख नभएको दाबी गर्नुभयो।

उहाँले सेना समायोजन भन्ने बुँदामा कतै पनि नेपाली सेनामै भर्ना गर्नुपर्छ भन्ने स्पष्ट नभएकाले लडाकू समायोजनका लागि एक हतियार एक लडाकू भर्ना गर्न सकिने धारणा व्यक्त गर्नुभयो।

उहाँले पाँचौ पटकको निर्वाचनपछि पनि मुलुकले नयाँ प्रधानमन्त्री पाउन नसक्नुले दुखित तुल्याएको बताउँदै प्रधानमन्त्रीको आगामी निर्वाचनमा बाम–प्रजातान्त्रिक गठबन्धनको पक्षमा मतदान गर्नुपर्ने बताउनुभयो।

Popularity: 7%

Add comment August 31st, 2010

‘अध्ययन भिसा’ का नाममा ठगी गर्नेलाई पक्राउ पूर्जी

एचकेनेपाल डट कम संवाददाता-
‘अध्ययन भिसा’ बाट बेलायत पठाउने नाममा रकम उठाई फरार रहेका पुतलीसडकस्थित आइबिएन शैक्षिक प्रालिका सञ्चालकद्वय सुशीलबाबु स्याङ्गतान र दीपक शर्मालाई प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ।

सिन्धुलीका स्याङ्गतान र ललितपुरका शर्माको कन्सल्टेन्सीले प्रतिव्यक्ति तीनदेखि पाँच लाख रुपैयाँसम्म रकम लिएको र हाल कार्यालयमा बन्द गरी सञ्चालक सम्पर्कविहीन भएको पीडितको उजुरीका आधारमा प्रहरीले पक्राउ पूर्जी जारी गरेको हो।

महानगरीय प्रहरी परिसर, हनुमानढोकाको यही भदौ ३ गतेको पत्र र पीडितको उजुरीका आधारमा ललितपुर प्रहरीले फरार व्यक्तिको नाममा पक्राउ पूर्जी जारी गरी खोजी गरिरहेको छ।

पछिल्लो समयमा अध्ययन भिसाका नाममा बेलायत जानेको सङ्ख्या बढेपछि शैक्षिक परामर्श केन्द्रको ठगी बढेको छ।

स्याङ्गतान नेकपा (एकीकृत) का सभासद् राधादेवी तिमल्सिनाका छोरा हुन् भने शर्मा एकीकृत नेकपा (माओवादी) ललितपुरका सहइन्चार्ज ठक्कर शर्माका छोरा हुन्।

स्याङ्गतान र शर्मा क्रेजी ट्राभल्स एण्ड टुर्स प्रालि पुतलीसडकका पनि सञ्चालक हुन्।

Popularity: 7%

1 comment August 31st, 2010

मन्त्रीले दिए गृहयुद्धको चेतावनी

एचकेनेपाल डट कम संवाददाता-
शान्ति तथा पुनःनिर्माणमन्त्री रकम चेम्जोङ्गले राष्ट्रिय सहमति नभए मुलुकमा गृह युद्ध हुनसक्ने चेतावनी दिनुभएको छ।

शान्ति तथा पुनःनिर्माण मन्त्रालयद्वारा आयोजित पूर्वाञ्चलस्तरीय महिला, शान्ति र सुरक्षा र महिला तथा बालिकामाथि हुने यौन हिंसाविरुद्धको पूर्वाञ्चलस्तरीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उहाँले मुलुकमा गृहयुद्ध भएमा त्यसले नेपाललाई ठूलो सङ्कटमा पार्ने चेतावनी दिनुभयो।

मन्त्री चेम्जोङ्गले राष्ट्रिय सहमतिका लागि प्रमुख राजनैतिक दलका नेताहरूले व्यक्तिगत स्वार्थ र महत्वाकाङ्क्षा त्याग्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीका दुवै उम्मेदवारले उम्मेदवारी फिर्ता दिई राष्ट्रिय सहमति कायम गर्नु एकमात्र विकल्प रहेको स्पष्ट पार्नुभयो।

मन्त्री चेम्जोङ्गले प्रमुख राजनैतिक दलहरूले पटकपटक प्रधानमन्त्रीको निर्वाचन गरेर संविधानसभाकै धज्जी उडाइरहेको आरोप लगाउँदै यस प्रकारका क्रियाकलापबाट जनतामा संसदीय व्यवस्थाप्रति नै वितृष्णा जाग्नसक्ने विचार व्यक्त गर्नुभयो।

Popularity: 7%

Add comment August 31st, 2010

कोमल ओलीको तीज गीतमा प्रतिबन्ध

एचकेनेपाल डट कम संवाददाता-
तीजलाई लक्षित गरी विज्ञापन गरिएको कोमल ओलीको नयाँ गीति एल्बम ‘बदमास’को प्रोमोलाई नेपाल टेलिभिजनले प्रसारणमा रोक लगाएको छ।

प्रोमो बन्द गरेपछि आफ्नो गीतको विक्री वितरणमा असर पर्ने कोमल ओलीले बताएकी छिन्। नेपाल टेलिभिजनमा प्रोमो बज्दा अचानक बन्द गरेर टेलिभिजनको लोगो प्रसारित भएको उनले बताएकी छिन्। कुरा बुझ्दा नेपाल टेलिभिजनले तीज गीतको प्रोमो प्रसारणमा रोक लगाएको थाहा पाएको ओलीले बताएकी छिन्।

नेपाल टेलिभिजनका कामु नायबमहाप्रबन्धक प्रकाशजंग कार्कीले धर्ममा चोट पुर्‍याउने खालको देखेर गीतमा रोक लगाएको बताएका छन्।

यस्तो छ प्रतिबन्ध गरिएको गीतः
‘भोकै बसी जागाराम बत्तिमा तेल थपेर
धेरैगरें पूजा आजा तिम्रै नाउँ जपेर
आखिरमा बनायौ निरास
धत्तेरीका शिवजी रैछौ बदमास…’

Popularity: 7%

6 comments August 30th, 2010

वक्तव्यबाजीबारे सुजाताले भारतीय राजदूतसंग कुरा गर्ने

एचकेनेपाल डट कम संवाददाता-
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुजाता कोइरालाले स्वतन्त्र सञ्चारमाध्यममाथि हस्तक्षेप हुने गरी भारतीय राजदूतले गरेको वक्तव्यबाजीका बारे राजदूतसंग कुरा गर्ने बताएकी छिन्।

विराटनगरमा रहेकी कोइरालाले राजधानी फर्केपछि भारतीय राजदूत राकेश सुदसंग भेटेर समस्याका बारेमा कुराकानी गर्ने बताएकी छिन्।

नेपाल प्रेस यूनियन मोरङद्वारा उनको निवासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सञ्चारमाध्यक्षमाथि कसैले हस्तक्षेप गर्न नहुने बताइन्। त्यसैगरी, सञ्चारमाध्यमले पनि गलत समाचार सम्प्रेशन गर्न नहुने उनले बताएकी छिन्।

Popularity: 7%

Add comment August 30th, 2010

बस दुर्घटनामा दुईको मृत्यु/ ४ घाइते

एचकेनेपाल डट कम संवाददाता-
काठमाण्डौबाट दाङ्ग सल्यान हुदै रुकुमतर्फ जाँदै गरेको बस सोमवार विहान शिबरथ १ खौला बजार नजिकै दुर्घटना हुंदा दुई जनाको मृत्यु भएको छ। घटनामा चार जना घाइते भएका छन्।

मृत्यु हुनेहरूमा रुकुम २ बाफिकोटका नन्दराम पुन र बसका कन्डक्टर दाङ्ग ७ नारायणपुर घर भएका पम्पु पठान रहेका छन्। घाइते हुनेहरूमा बसचालक जीबन चौधरी, सहचालक प्रकाश केसि , यात्रु गिता पुन र बीरबहादुर पुन रहेका छन्। उनीहरूको झुल्नेटास्थित मेडिकलमा उपचार भैरहेको प्रहरीले जनाएको छ।

ना ३ ख १४९१ नम्बरको यात्रु बस पानी परेकोले उकालो सडकबाट चिप्लिएर ५ सय मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ।

Popularity: 7%

Add comment August 30th, 2010

ढुङ्गाना, पोखरेल, शर्मा र भट्टराईलाई त्रिमूर्ति पुरस्कार

एचकेनेपाल डट कम संवाददाता-
त्रिमूर्ति निकेतनले २०६६ सालको लेखनाथ काव्य पुरस्कार श्रीमती प्रभा भट्टराईलाई, बालकृष्ण सम पुरस्कार संयुक्त रुपमा श्री सुनील पोखरेल तथा श्रीमती निशा शर्मालाई र देवकोटा काव्य पुरस्कार श्रीमती भुवन ढुङ्गानालाई प्रदान गर्ने निर्णय गरेको छ।

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको निकेतनको साधरणसभाले सो निर्णय गरेको त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाई जनाउनु भएको छ। जनही दस हजार रूपियाँ राशिका यी पुरस्कार आगामी त्रिमूर्ति दिवसका अवसरमा प्रदान गरिने छन्।

नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि चार दशकअघिदेखि काव्यसाधनामा निरन्तर समर्पित रही नेपाली कविताको विकासमा विशिष्ट योगदान पुर्याएवापत श्रीमती भुवन ढुङ्गानालाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गर्न लागिएको हो।

त्यसै गरी, नाट्यक्षेत्रको रङ्गमञ्चमा समर्पित भई नेपालमा नाटकको महिमा र गरिमालाई उत्कृष्ठताको शिखरमा पुर्याउँदै नाट्यसम्राट् बालकृष्ण समको व्यक्तित्वलाई समेत जनमनमा पुर्याउन उद्धत भएबापत श्री सुनील पोखरेल तथा श्रीमती निशा शर्मालाई ‘बालकृष्ण सम पुरस्कार’ प्रदान गर्न लागिएको हो।

साथै नेपाली भाषासाहित्यमा समर्पित भई शास्त्रीय छन्दको कविता रचनाका साथै सो माध्यमबाट छन्दकाव्य प्रचार अभियानमा समेत विशिष्ट योगदान पुर्याएबापत श्रीमती प्रभा भट्टराईलाई ‘लेखनाथ काव्य पुरस्कार’ प्रदान गर्न लागिएको हो।

त्रिमूर्ति निकेतनको साधरण सभाको निर्णय अनुसार लेखनाथ पौड्याल काव्यसभाको संयोजकमा श्री खनुपरुदे ‘रामबाबू’, बालकृष्ण सम फाउन्डेशनको संयोजकमा प्रा.डा.गार्गी शर्मा, लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानको संयोजकमा प्रा.ठाकुर पराजुली, त्रिनारीरत्न स्मारकको संयोजकमा डा.मोदनाथ प्रश्रित, अन्तर्राष्ट्रिय सम्पर्क समितिको संयोजकमा श्री सत्यमोहन जोशी, त्रिमूर्ति पुस्तकालयको संयोजकमा श्रीमती सलोमी लेप्चा र त्रिमूर्ति निकेतनको कोषाध्यक्षमा श्रीमती उषा शेरचन रहनु भएको छ।

Popularity: 7%

Add comment August 30th, 2010

‘अकल्पनीय’ र ‘पानीको घाम’लाई पद्मश्री साहित्य सम्मान

एचकेनेपाल डट कम संवाददाता-
खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्वारा प्रदान गरिने पद्मश्री साहित्य सम्मान २०६६ संयुक्तरुपमा श्री ध्रुव सापकोटाको अकल्पनीय उपन्यास तथा श्री अमर न्यौपानेको आख्यान पानीको घामलाई प्रदान गर्ने निर्णय गरिएको छ। पुरस्कारको राशी रु १५०,००० रहेकोछ।

कथा र उपन्यास विधामा आफ्नो विशिष्ट शैली भएका ध्रुव सापकोटा नेपाली आख्यान साहित्यमा लामो इतिहास बोकेका स्थापित लेखक हुनुहुन्छ। सिक्किम, तिब्बत र नेपालको फराकिलो भूगोलमा फैलिँदै शरणार्थी समस्यामा जागरुक रहेर मानवीय अस्तित्वगत पीडालाई उहाँको अकल्पनीय उपन्यासले सुन्दर शैली र परिष्कृत भाषामा उजागर गरेको छ।

त्यसैगरी, अमर न्यौपानेको पानीको घाम नेपालगञ्जको साहित्यिक अध्ययन हो। नेपालगञ्जमा आधारित रहेर बृहत्तर राष्ट्रिय आकाङ्क्षामा प्रतिवद्ध हुँदै आख्यानले समसामयिक सार्थकता पाएकोछ। ताजा आञ्चलिक निरीक्षणको सहायता लिएर सृजना गरिएको यो कृति लेखनको प्रविधीमा प्रभावकारी हुनुका साथै अग्रगमनको मागलाई समेत पुरा गर्ने किसिमको छ । प्राय: निमुखा समुदायमा केन्द्रित रहेर लेखिएको पानीको घाम नितान्त नौलो र मार्मिक छ।

लेखकद्वयका दुवै कृति जीवन्त छन्, जीवनका उज्याला र अँध्यारा पक्ष समेटिएका छन्, सहित्यको सिर्जनात्मकतामा सचेत तथा सिर्जनाको स्वगत स्वच्छ स्वरुप स्थापित गर्न सफल छन्।

वि सं २०६३ मा स्थापित पद्मश्री साहित्य सम्मान यसअघि दश गजामा उभिएर कृतिका लागि श्री गणेश रसिकलाई (२०६३), हिमवतखण्डका लागि श्री भानुभक्त पोखरेललाई (२०६४) तथा समय हराएको बेलाका लागि श्री कृष्ण बराललाई (२०६५) प्रदान गरिएको थियो । यस अघि, मोफसलमा रही साहित्य साधन गर्ने स्रष्टालाई मात्र दिइने गरिएको पद्मश्री साहित्य सम्मानलाई यो वर्ष देखि मुलुकव्यापी गरिएको छ।

Popularity: 7%

Add comment August 30th, 2010

कोलोराडोमा ‘तीतो सत्य तथा सांगीतिक साँझ’ सम्पन्न

आचार्य प्रभा, डेन्भर कोलोराडो / एचकेनेपाल डट कम-
अमेरिकामा नेपाली भूमिको झझल्को दिलाउने कोलोराडो राज्यका नेपाली समुदायलाई फेरि एकपटक नेपालबाट आएका सांस्कृतिक टोलीले साँगीतिक रमझममा डुबाए। हिन्दू सनातन मन्दिर, ब्राइटनको सहयोगार्थ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडोको आयोजनामा शनिबार साँझ कोलोराडोको डेनभर शहरमा “तीतो सत्य तथा सांगीतिक साँझ” कार्यक्रम सफलताको साथ सम्पन्न भयो।

विश्वभर नेपालीहरुका लागि सर्बाधिक लोकप्रीय टेलिसिरियल “तितो सत्य” का कलाकारहरु दीपकराज गिरि, दीपाश्री निरौला र ट्वाकेन्द्र (गोपाल अधिकारी) सहित प्रसिद्ध युवा गायक/ गायिका यम बराल र नलिना चित्रकारको ” कल्चरल जोर्नी फर पिस २०१० युएसए” नामक सांगीतिक टोलीले अमेरिकामा प्रस्तुत गरेको यो प्रथम प्रस्तुती रहेको थियो।

स्थानीय कोलोराडोवासी गायिका सीमा पोख्रेलको “गणेश-गुरु स्तोत्र:” बाट शुभारम्भ गरिएको कार्यक्रममा आयोजकका तर्फबाट अनेसासका अध्यक्ष ज्ञानेन्द्र गदालले नेपाली कला संस्कृति र हामी प्रवासी नेपाली बिचको सम्बन्ध र महत्वलाई प्रष्ट पार्दै दर्शक तथा कलाकारहरुलाई स्वागत अभिवादन व्यक्त गर्नु भएको थियो। त्यसपछि शुरु भएको साँगीतिक कार्यक्रमको शुरुमा स्व. गोपाल योञ्जनको “बनेको छ पहराले यो छाति मेरो” बोल रहेको अति जोशिलो राष्ट्रिय गीत गाएर यम बरालले सारा दर्शकहरुलाई भावबिह्वल बनाए भने स्थानीय कलाकार साहारा कार्कीको बेजोड नृत्य-प्रस्तुतिमा दर्शकहरु झुमेका थिए। त्यसपछि आइन् आफ्नो सुन्दरता र गायन कलाको अनुपम सुवास छर्दै स्टेजमा नलिना चित्रकार, गायत्री-मंत्रोच्चारण गर्दै शालिनताका साथ प्रस्तुत भएकी नलिनाले आफ्ना लोकप्रिय पप तथा आधुनिक गीतहरु गाएर दर्शकहरुलाई समेत संगसंगै नचाइन्। नलिना जानासाथ ठेट नेपाली चेलीको पहिरनमा नेपालको पश्चिमे लोकगीत “ड्राइभर दाइ मन पर्यो मलाई…” मा नृत्य लिएर स्टेजमा झुल्किएकी दीपालाई दर्शकदीर्घाबाट तालीको गडगडाहटले स्वागत गरियो। उनको नृत्य साँच्चै नै मनमोहक थियो। उक्त नृत्यको स्वाद सकिनासाथ व्यंगात्मक एकल प्रहशन लिएर लोकप्रिय एबं चर्चित कलाकार दीपकराज गिरी मञ्चमा प्रस्तुत हुँदा दर्शकहरु रोमान्चित भै जोडका साथ तालिले उनलाई स्वागत गरे। उनको व्यंगात्मक प्रस्तुतीमा दर्शकहरु पेट मिचिमिची हाँसेका थिए।

त्यसपछि, दर्शकहरुको प्रतीक्षालाई तोड्दै हँसिला गायक यम बराल झुल्किए स्टेजमा। नयाँ पुराना आफ्ना केही मीठा-मीठा गीतहरुद्वारा गायक बरालले दर्शकहरुलाई भरपूर मनोरंजन दिलाए। अर्को प्रस्तुतीको रूपमा नक्कली र चंखे बनेर आए दीपक र दीपा अनि युगल नृत्य प्रस्तुत गरेर मक्ख पारे दर्शकलाई। एकल गायन प्रस्तुतीका साथ फेरी देखा परिन् नलिना दोश्रोपटक मंचमा र आफ्ना कर्णप्रिय गीतहरुमा आफूसंगै नचाइन दर्शकहरुलाई पनि। “तितो सत्य” समूह (दीपा, दीपक र गोपाल) द्वारा प्रदर्शित कार्यक्रमको मुख्य आकर्षण “देशको सिमाना” नामक व्यंग्य नाटकले सारा दर्शकहरुलाई राष्ट्रियताको सोंचमा भाबुक बनाएको थियो। गुम्दै गएको नेपालको राष्ट्रियता र स्वाभिमानमा आधारित उक्त छोटो नाटकले दर्शकहरुको आँखा समेत रसाएको देखिन्थ्यो।

अन्त्यमा, दोश्रोपटक आफ्नो प्रस्तुती लिएर स्टेजमा आएका यम बरालले केही भाबुक, केही दर्शक उफार्ने गीतहरु गाएर कार्यक्रमको अन्तिम मनोरंजन दिए। कार्यक्रम संचालन गरेका थिए कलाकार निर्मल प्याकुरेल र कृष्ण मुरारी ढुङ्गेलले।

अन्तमा: कोलोराडोमा प्रदर्शित यस पटकको सांगीतिक एबं सांस्कृतिक कार्यक्रम हेर्न आएका दर्शकहरुले विभिन्न खाले कार्यक्रमको स्वाद पक्कै लिए तापनि कार्यक्रममा केही त्रुटी र कमजोरीहरु भने अवश्य नै देखिए। कार्यक्रम निर्धारित समयभन्दा ठिक एक घण्टा ढिलो शुरु भएको थियो यसको कारण प्रष्टै देखिन्थ्यो कि दर्शकहरु नै ढिलो गरि कार्यक्रम स्थलमा आएका थिए। कार्यक्रमको उद्घोषण पक्ष अलि भद्दा जस्तो देखिन्थ्यो। नेपालका कलाकारहरुको प्रस्तुती हेर्न आएका उत्साहित दर्शकहरु मध्ये कोहि भन्दै थिए: “उद्घोषकज्यूहरु पट्यारलाग्दो गरि यति सारो नचिच्याई दिए हुन्थ्यो” अर्थात उनीहरुले थप मनोरंजन गराउने नाममा दर्शकहरुलाई अलि बोर गराइरहेका भान हुन्थ्यो। साथै समय पनि बेमतलब खर्च भैरहेथ्यो उहाँहरुकै कारण।| कोहीकोही त भन्दै पनि थिए “रमा सिंह, साबु गदाल, फणिन्द्र कार्की, प्रिती आचार्य जस्ता एकसे-एक व्यवसायिक र राम्रा उद्घोषकहरु भएको कोलोराडोमा के यस्तो चिच्याहट सुन्नुपरेको उद्घोषणको नाममा!”

र, पटक पटक गरी दुई पल्ट निस्किएका गायक / गायिका यम र नलिनाले निर्धारित भन्दा बढी गीतहरु गाइदिनाले र उद्घोषकहरुले आवश्यकता भन्दा बढी समय खर्चिदिनाले अन्तमा प्रस्तुत गर्न भनी पूरा तयारीका साथ पर्खिरहेका स्थानीय Band Group (Pawan Bishwakarma, Sushan Tripathee आदि) ले समय अभावका कारण निराश भै फर्किनु परेको दृश्य पनि कम दर्दनाक थिएन। यी सब स-साना त्रुटिहरूको बाबजुत पनि उत्साहका साथ आएका दर्शकहरुले कार्यक्रमबाट अधिकतम मनोरंजन लिएको चाहिँ पक्का हो। छोटो समयमा गरिएको यो उत्कृष्ठ कार्यक्रम आयोजनाका लागि अनेसासलाई धन्यबाद चाहिं दिनै पर्छ। अस्तू !!

Popularity: 7%

Add comment August 30th, 2010

‘ट्यालेन्ट हण्ट’को दुबै शीर्ष उपाधि फिलिपिनोलाई

एस हङकङ/ एचकेनेपाल डट कम-
विगत पाँच वर्षदेखि सञ्चालन हुदै आएको ट्यालेन्ट हण्ट प्रतियोगिताको दुबै शीर्ष उपाधि फिलिपिनोको पोल्टामा पुगेको छ। हङकङको नेपाली समुदायबीच अत्यन्त चर्चित प्रतियोगिता यस वर्षदेखि अन्तर्राष्ट्रिय स्तरमा रूपान्तरण भएपछि नेपाली युवक युवतीहरू पछाडि परेका हुन्। (more…)

Popularity: 7%

Add comment August 30th, 2010

इजरायलमा १४५ औं मोति जयन्तीको तयारी

एचकेनेपाल डट कम संवाददाता-
सेप्टेम्बर ४ तारिख शनिबारको दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज इजरायल च्याप्टरले मोतीराम भट्टको जन्मजयन्तीको अवसर पारेर साहित्यिक तथा परिचयात्मक वनभोज कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ।

कार्यक्रममा अनेसास इजरायलकी कार्यकारी सदस्य तथा मेरोनेपाल द्वैमासिक पत्रिकाकी सहसम्पादक कवयित्री दिप्स शाहद्वारा रचित कविता संग्रह आगोको विमोचन पनि गरिनुका साथै इजरायलमा रहेर साहित्य साधना गर्दै आउनु भएका साहित्यकर्मी तथा साहित्यप्रेमिहरुका बीच परिचय र अन्तर्क्रिया गरिने कुरा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज इजरायलले जनाएको छ।

साहित्यिक रचना सुन्न/सुनाउन सकिने सो कार्यक्रममा सहभागी इच्छुक महानुभावहरुले अनेसास इजरायलका सदस्यहरुसंग सम्पर्क गर्न संस्थाले हार्दिक अनुरोध गरेको छ।

Popularity: 7%

Add comment August 30th, 2010

नेपाल लोकतान्त्रिक मञ्च दोहा कतारद्वारा इप्तार कार्यक्रम सम्पन्न

नेपाल लोकतान्त्रिक मञ्च दोहा कतारद्वारा-
“अनेकतामा एकता नेपालीको विषेशता” भन्ने मुल उद्घोषका साथ गत हप्ता नेपाल लोतान्त्रिक मञ्च दोहा कतारको आयोजनामा इस्लाम धर्मालम्विको पवित्र पर्व रमजानको अवसरमा “ईप्तार” कार्यक्रम सम्पन्न गरेको छ।

नेपाल लोकतान्त्रिक मञ्चका केन्द्रीय अध्यक्ष रामहरी गैहे्रको सभापतित्वमा सम्पन्न उtm कार्यक्रमा प्रमुख अतिथि नेपाली दुतावासका प्रथम सचिव रामकाजी खड्का, विषेश अतिथिहरुमा लोकतान्त्रिक मञ्चका संगठन सचिव छविलाल वि.क, त्यसै गरी रमजानको अवसमा कतार गेष्ट सेन्टर तथा शेख इद च्यारिटी फाउन्डेशनको निमन्त्रणमा कतार आउनु भएका इलामिक गुरु अव्दुल्लाहा अव्दुल तव्वाब अल मदनी लगायत अन्य वरीष्ठ धर्मगुरुहरुको विषेश अतिथ्य, नेपाल लोकतान्त्रिकका संस्थापक अध्यक्ष कमलमणि गुरागाईँ, संगठन उप-सचिव चाणक पोखे्रल, गैह्र आवसीय नेपाली संघका निवर्तमान सदस्य तथा कतार प्रतिनिधि टेकवहादुर कार्की, प्रवासी मुस्लिम समाज कतारका अध्यक्ष मकसुद आलम ,समाजसेवी तथा अरवी साहित्यकार रमजान अलि मियाँ, कपिलवस्तु मुस्लिम समाजका अध्यक्ष मोहम्द मुकिम मुसलमान लगायत विभिन्न जिल्लाका मुस्लिम समुदायको उपस्थित रहेको थियो।

नेपाल लोकतान्त्रिक मञ्चका सदस्य जीयावावु खानले स्वागत मन्त्ाव्यको क्रममा नेपाल लोकतान्त्रिक मञ्च दोहा कतारले प्रवासमा रहेका प्रवासी नेपाली वीच एकताको सन्देश फैलाउँदै भावनाले होइन व्यवहारले प्रवासी नेपालीको मुद्दासँग सहकार्य गर्दै आएकोमा जनआन्दोलन -२ वाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको मुलधारमा रही मञ्चले खेलेको भुमिकको उच्च मुल्याङ्गन गर्दै उपस्थित सवैलाई स्वागत गर्नु भएको थियो । कार्यक्रममा गैह्र आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष अजिजुर रहिमान शेषले मुस्लिम समुदायमा रहेको व्याप्त दाइजो प्रथालाई राज्यको तर्फाट अविलम्व हटाउनका लागि अव वन्ने लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान मार्फत हटाउनु पर्ने तर्क राख्नु भएको थियो । समाजसेवी तथा अरवी साहित्यकार रमजान अलि मियाँले नेपाल लोकतान्त्रिक मञ्च कतारले आयोजना गरेको कार्यक्रम वास्तवमा नै एक ऐतिहासिक दस्तावेजको रुपमा रहेको आभाष व्यtm गर्नु भएको थियो । कतारमा विगत वर्षरुदेखि इस्लामिक पर्वका अवसरमा मात्र इस्लाम धर्मालम्विहरुले मात्र पर्वहरु मनाउँदै आइरहेको र यस वर्षनेपाल लोकतान्त्रिक मञ्च कतारले यो कार्यक्रमको आयोजना गरि कतारमा कार्यरत नेपालीहरु विच मात्र होइन विश्वभर छरिएर रहेका नेपालीहरुमा एकताको सन्देश फैलाउने सन्देश दिएकोमा आभार समेत व्यtm गर्नु भएको थियो । गैह्र आवसीय नेपाली संघ अन्ताराष्ट्रिय समन्वय परिषदका निवर्तमान सदस्य टेकवहादुर कार्कीले मुलुकको व्यवस्था परिवर्तनको साथ-साथै विशेषत जन-आन्दोलन २ को मर्म र व्यवस्थापिका संसदको पहिलो वैठकको घोषणा अनुसार नेपाल धर्म निरपेक्ष राष्ट्रको रुपमा रुपान्तरण भैसकेको त्यसैको आधारमा लोकतान्त्रिक मञ्च कतारले विगतका वर्षरुमा नेपाली पर्वहरु दशै, तिहार जस्ता पर्वहरुलाई भुमधामका साथ मनाउँदै आएको र यस वर्षेखि यस मञ्चले सवै धर्मावलम्विहरुको महत्वलाई आत्मवोध गर्दै अगाडि वढाएको यस प्रकारका विविध पक्षहरुसँग संवद्व रहेको चार्डपर्वलाई महत्व दिने क्रममा लोकतान्त्रिक मञ्च दोहा कतार सदैव तत्पर रहने विषयमा आशावादी रहेको उहाँको भनाई थियो । मन्त्ाव्यको क्रममा लोकतान्त्रिक मञ्चका संस्थापक अध्यक्ष कमलमणि गुरागाईले परापर्ुवकालदेखि नेपाली समाजमा रहेको धार्मिक विभेदलाई अन्त्य गरी नेपाल लोकतान्त्रिक मञ्च दोहा कतारले विविधतामा एकताको वास्तविक सन्देश छरेको उल्लेख गर्नु भयो । आफ्नो मन्तब्यको क्रममा प्रवासी नेपाली मुस्लिम समाजका अध्यक्ष मक्सुद आलमले गैह्र मुुस्लिम संगठनले समेत यस्तो किसिमको कार्यक्रमको आयोजना गरी विविधतामा एकताको सन्देश दिने अभियानको शुरुवात भएकोमा खुशी व्यक्त गर्नुभयो । मुस्लिम धर्मका प्रकाण्ड धर्मगुरु अव्दुल्लाह अव्दुल तव्वाब अल मदनीले सम्पूर्ण विदेशिएका नेपालीहरुवीच यस्तै एकता कायम गरी अधिबढ्न सुझाउनका साथै नेपाली दुतावासले देखाएको सदाशयताप्रति आभार व्यक्त गर्नुभएको थियो।

कार्यक्रमका विषेश अतिथि तथा संगठन विभागका सचिव छविलाल वि.क.ले नेपालमा राजनीतिक तवरबाट मुस्लिमहरुको हकहितका लागि ने.क. पा.एमाले मात्र मुस्लिमहरुको संगठन गठनगरी उनिहरुका हकहितका लागि लड्दै आईरहेको र त्यसको अनुसरण कतारमा स्थापित नेपाल लोकतान्त्रिक मञ्च दोहा कतारले यस कार्यक्रमको आयोजना गरी एउटा नयाँ इतिहास रच्न सफल भएकोमा आभार व्यक्त गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदुतावासका प्रथम सचिव रामकाजी खड्काले जनआन्दोलन २ को मर्म अनुरुप नेपाल धर्म निरपेक्ष भई सकेको र सबै जाताजाती, भाषाभाषी र धर्मावलम्बिहरुको सहअस्तित्व निर्माण गर्नुपर्ने कुरामा एकतावद्ध भई लागिपर्नुपर्ने आजको आवश्यकता रहेको औँल्याउनु भएको थियो । अन्त्यमा सभापति तथा नेपाल लोकतान्त्रिक मञ्च दोहा कतारका अध्यक्ष रामहरी गैह्रेले यस कार्यक्रमले विश्वभरी छरीएर रहेका नेपालीहरु विच एकताको सन्देश फैलाउन महत्वपर्ूण्ा उत्प्रेरकको रुपमा रहन सक्ने विश्वास राख्दै आगामि दिनहरुमा समेत भावनामा मात्र नभई व्यवहारिक रुपमा सबैले काम गर्न सके वास्तविक एकता हुने विश्वास दिलाउँदै कतारमा कार्यररत नेपाली मुस्लिम समुदायवीच हातेमालो गर्दै अगाडि बढ्ने विषयमा प्रष्ट पार्दै उक्त कार्यक्रमलाई सहयोग पुर्‍याउनु हुने दोहास्थित स्थापित नेपाल प्रवासी मुस्लिम समाज, कपिलवस्तु मुस्लिम समाजलाई विषेश धन्यवाद दिँदै कार्यक्रको समापन गर्नुभएको थियो।

Popularity: 7%

1 comment August 30th, 2010

स्वर्ण महोत्सवका अवसरमा पिएन क्याम्पसमा मैत्रिपूर्ण फुटबल

मोहन घले, पोखरा / एचकेनेपाल डट कम-
पोखराको शैक्षिक केन्द्रको रुपमा स्थापित देश कै ठूलो क्याम्पस पृथ्बीनारायण क्याम्पको स्वर्णमहोत्सवको पूर्व सध्यामा आइतवार कर्मचारी तथा पचास बर्षउमेर माथिका पूर्व बिद्यार्थीहरुबीच सम्पन्न मैत्रिपूर्ण फुटबल खेलमा कर्मचारी समूह बिजयी भएका छन्।

क्याम्पस प्रमुख गेहेन्द्रश्वर कोईरालाको प्रमुख आतिथ्यमा सम्पन्न खेलमा कर्मचारीको समूहले भैन्टान्स पूर्व बिद्यार्थीहरुको टोलिलाई एक बिरुद्ध दुइ गोलगरी बिजयी भएको हो। कर्मचारीका तर्फबाट चन्द्रबहादुर खडका तथा अनुप कार्कीले एक एक गोल गरेका थिए भने पूर्व बिद्यार्थीहरुलागि जयराम हमालले सान्तोना गोल गरेका थिए।

स्वर्णमहोत्सवको अवसरमा खेलकुद उपसमितिको आयोजनामा भएको फुटबल प्रतियोगितामा प्राध्यापकको दुइ कर्मचारीहरुको एक तथा पचास बर्षमाथि उमेर भएका पूर्व बिद्यार्थीहरुको एक टोलिगरी चार टिम सहभागी रहेका उपसमितिका संयोजक प्रा.डा अशोककुमार झाले जानकारी दिनुभयो। उहाँका अनुसार प्रथम हुने कर्मचारीको टोलिलाई पाँच हजार नगद तथा दोश्रो हुने टोलिलाई तिन हजार प्रदान गरिएको थियो।

Popularity: 7%

Add comment August 29th, 2010

विमान दुर्घटनाको जाँच सुरु

एचकेनेपाल डट कम संवाददाता-
अग्नि एयरको विमान दुर्घटनाका सम्बन्धमा छानबिन गर्न गठित दुर्घटना जाँच आयोगले काम थालेको छ। आयोगले दुर्घटनास्थलको भ्रमण गरी त्यहाँको अवस्थाबारे जानकारी लिनुका साथै विमानको ‘ककपिट भ्वाइस रेकर्डर’ र ‘डेटा रेकर्डर’ खोजी कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायसँग समन्वय एवम् सहयोग गर्न सबैसँग आग्रह गरेको छ।

विमानका ती उपकरण हालसम्म प्राप्त नभएकाले तीबारे जानकारी दिने व्यक्ति वा संस्थालाई ५० हजार नगद पुरस्कार दिने निर्णय पनि आयोगले गरेको छ।

आयोगका प्रवक्ता सुरेश आचार्यका अनुसार ककपिट भ्वाइस रेकर्डर वा डेटा रेकर्डर फेला पार्ने व्यक्तिलाई २५ हजार नगद पुरस्कार प्रदान गरिनेछ।

आयोगले दुर्घटनाग्रस्त विमानका पार्टपुर्जा तथा अन्य प्रमाण सङ्कलन गरी दुर्घटना जाँचलाई तदारुकताका साथ अगाडि बढाएको छ।

Popularity: 7%

Add comment August 29th, 2010

शान्ति प्रक्रिया खतरामाः वैद्य

एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष मोहन वैद्य किरणले नेपालको शान्तिप्रक्रिया तार्किक निष्कर्षमा पुग्ने हो या होइन भन्ने आशङ्कामा पुगेको बताउनुभएको छ।

साहित्यकार हरिहर खनालद्वारा लिखित बेलायती दैनिकको काठमाडौँमा विमोचन गर्दै नेता वैद्यले राजनीतिक स्थिति अझ जटिल बन्दै गएको, दुई ठूला राजनीतिक दलसहित सरकार र सेनाले अनमिनलाई फिर्ता पठाएर शान्ति प्रक्रिया बिथोल्ने गम्भीर षड्यन्त्र भइरहेको बताउनुभयो।

माओवादी स्थायी समिति सदस्यसमेत रहनुभएका वैद्यले जनआन्दोलनबाट प्राप्त उपलब्धिको जगमा टेकेर नयाँ संविधान लेख्न सबै दल एकजुट हुनुपर्ने वर्तमान स्थितिमा शान्तिप्रक्रिया निष्कर्षमा नपुग्दै अनमिनलाई फिर्ता पठाउने, माओवादीलाई पाखा लगाउने गतिविधि भइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो।

Popularity: 7%

Add comment August 29th, 2010

सात दिनदेखि काठमाडौँमा फोहर थुप्रियो

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौँमा सात दिनदेखि फोहर व्यवस्थापन हुन नसक्दा व्यवसायीहरू चिन्तित भएका छन्। लामो समयदेखि राजधानीमा सङ्कलन भएको फोहरबाट दुर्गन्ध निस्कन थालेपछि त्यसको असरले विभिन्न रोगको सङ्क्रमण हुन सक्ने खतरा बढेकाले व्यवसायीहरू चिन्तित भएका हुन्।


काठमाडौँ महानगरपालिकासँग ल्यान्डफिल्ड साइटका स्थानीयवासीले रोजगारी, स्थानीय विकासलगायतका १३ सूत्रीय माग राखी आइतबारदेखि फोहर व्यवस्थापन गर्न रोकेका थिए।

Popularity: 7%

Add comment August 29th, 2010

मर्स्याङदीमा तीन दिनदेखि ट्रक बेपत्ता

एचकेनेपाल डट कम संवाददाता-
तनहुँको बन्दीपुर–६ विमलनगरस्थित पहराबाट ४० मिटर तल मर्स्याङ्दी नदीमा खसेर हराएको ट्रक तीन दिनसम्म पनि फेला पर्न सकेको छैन। पोखराबाट मुग्लिङ जाँदै गरेको सो ट्रक बिहीबार नदीमा खसेको थियो।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले शुक्रबार बिहानैदेखि खोजी गरिरहे पनि ट्रक फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मर्स्याङ्दी जलविद्युत् परियोजनाको बाँधमा समेत खोज्ने काम भइरहेको छ।

वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीको बहाव बढ्दै गएकाले खोजी कार्यमा समस्या आएको प्रहरीले जनाएको छ।

Popularity: 7%

Add comment August 29th, 2010

भारतीय दूतावाससंग नेपाली सञ्चार संगठनहरू रूष्ट

एचकेनेपाल डट कम संवाददाता-
नेपाली सञ्चार माध्यममाथि भारतीय हस्तक्षेपको प्रयास भएको भन्दै नेपालका चार स्वतन्त्र सञ्चारमाध्यमका संगठनहरू काठमाडौंस्थित भारतीय दूतावाससंग रूष्ट बनेका छन्।

भारतीय दूतावासले शुक्रवार जारी गरेको प्रेस विज्ञप्तिप्रति आपत्ति जनाउंदै सञ्चार संगठनहरूले दूतावासलाई कुटनीतिक मर्यादा र बिश्वब्यापी प्रेस स्वतन्त्रताको मूल्य मान्यता परिपालना गर्न सचेत गराएका छन्।

नेपाल मिडिया सोसाइटी, टेलिभिजन व्रोडकास्टर्स नेपाल, व्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल र सामुदायिक रेडियो प्रसारक संघले शनिबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दूतावासको धारणाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सञ्चार संगठनहरूद्वारा जारी विज्ञप्तिमा ‘नेपाली सञ्चार माध्यममा प्रकासन प्रसारण हुने विषय निर्धारण गर्ने सार्वभौम अधिकार नेपाली सञ्चार माध्यमहरुमा रहेको र सो कुरा पूर्णरुपमा प्रयोग गरिरहेको तथ्य स्मरण गराउँदै दूतावासलाई कुटनीतिक मर्यादा र बिश्वब्यापी प्रेस स्वतन्त्रताको मूल्य मान्यता परिपालना गर्न हामी भारतीय दूतावासलाई सचेत गराउन चाहन्छौं’, भनेको छ।

सञ्चार संगठनहरूले दूतावासबाट भएको आपत्तिजनक हस्तक्षेपको घोर निन्दा एवं भर्त्सना गर्दै दूतावासलाई आफ्नो गल्ती महशुस गर्दै तत्काल क्षमायाचना गर्न र अव उप्रान्त यस्तो कार्य नगर्न सचेत गराएका छन्। त्यसैगरी, यस सम्बन्धमा नेपाल सरकारको तर्फबाट तत्काल प्रतिवाद गर्न समेत माग गरेको छ।

Popularity: 7%

Add comment August 28th, 2010

अपहरित बालकको सकुशल उद्धार

एचकेनेपाल डट कम संवाददाता-
सात दिनअघि राजधानीबाट अपहरणमा परेका १२ वर्षीय बालक महेश श्रेष्ठलाई प्रहरीले तनहूंबाट सकुशल उद्धार गरी शनिवार विहान राजधानी ल्याएको छ।

अपहरणकारीले फिरौती रकम लिएर तनहूंको डुम्रे बोलाएपछि महेशकी आमा कला श्रेष्ठले प्रहरीलाई खबर गरी त्यहाँ पुगेकी थिइन्। कलालाई पछ्याउंदै गएका प्रहरी टोलीले अपहरणकारी वसन्त गुरूङलाई पक्राउ गरेको छ।

अपहरणकारीले कलालाई दिएको सूचनाको आधारमा प्रहरीले डुम्रेको एक घरमा बन्धक बनाई राखेका बालक महेशको सकुशल उद्धार गरेको छ।

पक्राउ परेका वसन्त गुरूङ र कला श्रेष्ठ यार्सागुम्बा व्यापारका साझेदार भएका खुल्न आएको छ। व्यापारमा कुरा नमिलेपछि वसन्तले कलाका छोरा महेशको अपहरण गरेको वसन्तले बताएका छन्। उद्धार गरिएका महेशलाई शनिवार विहान राजधानी ल्याइएको छ।

Popularity: 7%

Add comment August 28th, 2010

Previous Posts


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

August 2010
M T W T F S S
« Jul   Sep »
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Posts by Month

Posts by Category

More news....