Archive for October 13th, 2010

सशस्त्र प्रहरीले दशैं अवधिभर एम्बुलेन्स संचालन गर्ने

भिम गुरुङ, देवदह रुपन्देही/ एचकेनेपाल डट कम-
बडा दशैको अवसरमा सशस्त्र सिमा सुरक्षा कार्यालय परासीले पूर्व पश्चिम राजमार्गमा चौबिसै घण्टा एम्बुलेन्स सेवा संचालन गर्ने भएको छ।

चाड पर्वको समयमा सवारी साधनमा यात्रुहरुको चाप बढि हुने र दुर्घटना हुन सक्ने संभावना बढि हुने हुदां एम्बुलेन्स सेवा संचालन गरिने सशस्त्र प्रहरीले जनाएको छ।

एक सय किमी लामो राजमार्गमा सबै भन्दा वढि दुर्घटना हुने हुँदा दुर्घटनामा परेका यात्रुहरुलाई तत्काल उपचार सेवा उपलव्ध गराउन सो सेवा संचालन गरिने सिमा सुरक्षा कार्यालयका प्रहरी उपरिक्षक मधुकृष्ण गड्तौलाले बताउनुभयो।

राजमार्गको सुनवलमा चौबिसै घण्टाका लागि एम्बुलेन्स राखेर सेवा प्रदान गर्ने र सो सेवा तिहारसम्म संचालन हुने उहांले बताउनु भयो।

दुर्घटनामा परेका मध्ये सामान्य उपचार गर्न सकिनेलाई सोही स्थानमा स्वास्थ्य सेवा संचालन गर्ने सोच बनाईएको पनि गड्तौलाले बताउनुभयो। फुलपातीदेखि उक्त सेवा संचालन हुने पनि उहांले बताउनुभयो।

यसैबिच, सर्वसाधरणको मनोरञ्जनका लागि सशस्त्र प्रहरीले कार्यालय नजिक पिङ निर्माण पनि गरेकोछ।

Recent Videos:

Popularity: 12%

Add comment October 13th, 2010

केटीसंग भेट्टिएको प्रमाण देखाउः थारू

केटीसंग भेट्टिएको प्रमाण देखाउः थारू
एचकेनेपाल डट कम संवाददाता-
यौनकर्मीसँग आपत्तिजनक अवस्थामा भेटिएको अभियोगमा पक्राउ परेका सङ्घीय लोकतान्त्रिक राष्ट्रिय पार्टीका अध्यक्ष लक्ष्मण थारुले केटीसंग भेट्टिएको प्रमाण देखाउन चुनौती दिएका छन्।

बुधवार रिपोटर्स क्लवमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थारूले यदी लक्ष्मण थारुले गल्ती गरेकै थियो भने जेल हालिनु पर्थ्यो किन हालिएन? उनले प्रतिप्रश्न गरे।

उनले साधारण मान्छेले गिरफ्तार गरी आफूलाई होटलमा पुर्र्याएको बताए। हतियार राखको छ भन्दै झोला खानतलासी गर्ने युवतीसंग बसेको भनेर प्रचारबाजी गरेर आफूलाई फसाउने षड्यन्त्र गरेको बताए।

उनले समाचारमा लेखिएको दोलखाकी राधिका थापा मगर नाम गरेकी केटीसंग रहेको प्रमाणित गरेर देखाउन चुनौती दिए। उनले केटीसंग पक्राउ परेको समाचार पत्रपत्रिकाले नसच्याए अदालत जाने चेतावनी दिए।

केटीसहित पक्राउ परेका थारु निलम्बनमा,
छानबिन दीपक मनाङेले गर्ने

एचकेनेपाल डट कम संवाददाता-
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय पार्टीले पार्टी अध्यक्ष लक्ष्मण थारु राजधानीस्थित एक होटलबाट युवतीसहित पक्राउ परेको भनी विभिन्न पत्रिकामा प्रकशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सो पार्टीले अध्यक्ष थारुसँग जोडिएको सो समाचार गलत भएको बताउँदै उक्त घटना हालसम्म पुष्टि नभएको दाबी गरेको छ।

पत्रकार सम्मेलनमा पार्टीको असोज २५ र २६ गते बसेको केन्द्रीय समितिको बैठकले थारुको गिरफ्तारी कानुनसम्मत भए नभएको बारे तथ्य पहिचान गरी ठोस निष्कर्षमा पुग्न पार्टीका उपाध्यक्ष राजीव गुरुङको संयोजकत्वमा छानबिन समिति गठन गरेको जनाएको छ।

राजीव गुरुङ डनका रुपमा चर्चित दीपक मनाङेको वास्तविक नाम हो। हालै उनी पार्टीमा प्रवेश गरेका हुन्।

साथै छानबिन समितिको प्रतिवेदन सार्वजनिक नभएसम्मका लागि अध्यक्ष थारुलाई केन्द्रीय कार्यसमितिको अध्यक्षबाट निलम्बन गर्ने निर्णय गरेको छ।

Recent Videos:

Popularity: 12%

Add comment October 13th, 2010

लिम्बुवान कार्यकर्ता पक्राउ

एचकेनेपाल डट कम संवाददाता-
सशस्त्र प्रहरी बल बाहुनी बेसक्याम्प मोरङले गएराति मोरङ जिल्लाको केरौन गाविसबाट चारजना लिम्बुवान कार्यकर्तालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा युवराज बस्नेत, सुजन राई, विजय लिम्बु र कृष्णबहादुर सुनार रहेका छन्।

उनीहरूबाट एकथान सिक्सर पेस्तोल र आठ राउन्ड गोलीसमेत बरामद गरेको सशस्त्र प्रहरी बल कङ्कालिनी गण टङ्किसिनवारी मोेरङका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र बस्नेतले बताउनुभयो।

उनीहरूले स्थानीय बासिन्दालाई डरधम्की देखाई आङ्तकित पारिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले दाबी गरेको छ।

Popularity: 12%

Add comment October 13th, 2010

लिगलिग दौडमा राई विजयी

एचकेनेपाल डट कम संवाददाता-
ऐतिहासिक र पर्यटकीय क्षेत्र गोरखा जिल्लाको लिगलिगकोटमा आज बिहान भएको दौड प्रतियोगितामा पाँचथरका भूमिराज राई प्रथम हुनु भएको छ।

नेपाल प्रहरीमा कार्यरत राईले चेपेघाटदेखि लिगलिगकोटसम्मको ११ किलोमिटर दूरी एकघण्टा एक मिनेट र १४ सेकेन्डमा पूरा गर्नुभएको थियो।

चेपेघाटबाट सुरु गरिएको दौड ठाँटी पोखरी, छापथोक, बड्डाँडा, साउनेपानी, बोहोरागाउँ, सभाचौतारो, नाईबारी, मैबल, दर्खेपानी, राईगाउँ, बिजुलेडाँडा, खोल्ली चौतारो, खाल्टेपानी, कालीका मन्दिरहुँदै लिगलिग दरबारमा पुगेर अन्त्य भएको थियो।

दौडमा रामेछाप घर भएका नेपाली सेनामा कार्यरत होमराज श्रेष्ठ द्वितीय हुनुभएको थियो।

प्रतियोगितामा ४७ जनाले भाग लिएका थिए। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयले क्रमशः रु ५० हजार, रु १० हजार र रु ५ हजार पुरस्कार पाएका छन्।

लिगलिगकोट विकास अभियान आँपपिपल–४ गोरखाको आयोजनामा भएको उक्त प्रतियोगिताको व्यवस्थापन कन्सेप्ट नेपाल काठमाडाँैले गरेको हो।

प्रतियोगितामा भाग लिनका लागि नेपालीलाई रु एक हजार, सार्क देशकालाई रु पाँच हजार र विदेशीलाई रु १० हजार शुल्क तोकिएको थियो।

ऐतिकासिक, पुरातात्विक र संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने, पर्यटन वर्ष २०११ लाई सफल पार्ने, आन्तरिक तथा बाह्य पर्यटनको विकास गर्ने, हालसम्म ओझेलमा परेको ऐतिहासिक सम्पदालाई देश तथा विदेशमा परिचित गराउने, पछि परेको लिगलिगकोट क्षेत्रलाई विकासको मूलधारमा ल्याउने उद्देश्यका साथ दौड प्रतियोगिता आयोजना गरिएको कन्सेप्ट नेपालका गेहेन्द्र रानाले बताउनुभयो।

विस. १६१६ मा द्रव्य शाहले लिगलिग दौडमा प्रथम भई लिगलिगकोट राज्यको राजा बनेका थिए।

Popularity: 12%

1 comment October 13th, 2010

अपाङ्गले सगरमाथा चढ्ने

एचकेनेपाल डट कम संवाददाता-
जन्मजात अपाङ्ग गोविन्दप्रसाद देवकोटाले पर्यटन वर्ष २०११ को अवसरमा आगामी चैतमा सगरमाथा आरोहण गर्ने भएका छन्।

युथ सेभ द वर्ल्डले आयोजना गरेको कार्यक्रममा देवकोटाले सरकारका तर्फबाट रोयल्टी मिनाहा गरेर सहयोग गर्न आग्रह गरे।

कार्यक्रममा उनले राष्ट्रिय अपाङ्ग महासङ्घले तीनवटा हिमाल चढेर आउँदा स्पष्टीकरण सोधेकोमा दुःख व्यक्त गरेका थिए।

काठमाडौँ जितपुरफेदीका २६ वर्षीय देवकोटाले लाङटाङ, लेरुङ, नयाँ फाङ र एलापी हिमालको सफल आरोहण गरिसकेका छन्।

Popularity: 12%

Add comment October 13th, 2010


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

October 2010
M T W T F S S
« Sep   Nov »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....