Archive for December, 2010

तमु धिंको हि ल्होछार कार्यक्रम सकियो

हुम तमु, पोखरा,/एचकेनेपाल डट कम -
तमुहरुको नयाँ वर्ष राष्ट्रिय चाड हि ल्होछारका अवसरमा तमु धिं नेपालले पुस १३ गतेवाट पोखरामा आयोजना गरेको कार्यक्रम आज समापन भएको छ।

तमु धिं नेपाल नयाँबजारमा आयोजित समापन समारोहमा विगत चौध वर्षेखि तमु धिं नेपालको भाषा संयोजकको जिम्मेवारी वहन गरिरहनु भएका लेफ्टेनेण्ट थमबहादुर तमुलाई १७ हजार पाँच सय नगदसहित सम्मानपत्र र फेटावाट कर्णेल तिर्थ कुमारी समाज सेवाबाट सम्मानित तमु धिंले सम्मान गर्‍यो।

यसैगरी अपाङ्ग विद्यार्थी पुष्पा तमु र खिलाङ तमु समाजका इन्द्रप्रसाद तमुलाई स्वर्गीय आकृति तमुकी आमा टीका तमुले पाँच पाँच हजार आकृति छात्रवृत्ति वितरण गर्नुभएको थियो भने यसवर्षएसएलसी परिक्षामा कास्कीबाट उत्कृष्ठ अंक सहित उतीर्ण हुनु भएका पार्दी तमु समाजका सुनिल तमु र चिउली पार्चे तमु समाजकी हुमादेवि तमुलाई दुइ दुइ हजारको दरले तमु धिं छात्रवृत्ति प्रदान गरिएको थियो।

यसैगरी तमु विद्यार्थी समितिबाट वितरण गरिदै आएको सुनिल छात्रवृत्ति देवान तमु, सन्तोष तमु र सुर्या तमुलाई स्वर्गीय सुनिल तमुका वुवा विष्णु तमुले वितरण गर्नुभयो।

यसरीनै ल्होछार समापन कार्यक्रममा यस वर्ष उच्च शिक्षा हासिल गरेका हिमाली गुरुङ परिवारका डा.रञ्जिता तमु, नयाँबजार तमु समाजका डा.अमृत तमु, पार्दी तमु समाजका इञ्जिनियर सन्दिप तमु, फूलवारी तमु समाजकी कम्प्युटर इञ्जिनियर निर्मला तमु, कोल्माबहाकोट तमु समाजकी बीएन उतीर्ण गरेकी निशा तमु, राष्ट्रिय महिला भविल खेलाडी ज्ञानुवावा आवाशीय उच्च माविकी परीक्षा तमु, कास्की जिल्ला खेलकुद समितिका अध्यक्ष खेमचन्द्र तमु, समाजसेवी महेश तमु, आँधीखोला फेन्सी स्टोर्सका सुरेन्द्रमान श्रेष्ठ तमु, आरडीआइएफ पोखरा प्रमुख अंशु तमु लगायतलाई तमु धिं नेपालका अध्यक्ष कर्म तमु, तमु धिंका संरक्षकहरु जयबहादुर तमु, क्याप्टेन रक्षेबहादुर तमु, दिलबहादुर तमुले सम्मान गर्नुभएको थियो।

तमु धिं नेपालका अध्यक्ष कर्म तमुको अध्यक्षतामा भएको हि ल्होछार समापन कार्यक्रममा धनबहादुर गुरुङ, शान्ति गुरुङ, कृष्ण गुरुङ, शंकर गुरुङ, सरस्वती लामिछाने, रामजी पौडेलसहित पोखरा लोक सांगीतिक समूहका कलाकारहरुले लोक दोहोरी र लोक गीतहरु प्रस्तुत गरेका थिए भने लोकनृत्य प्रतियोगितामा प्रथम भएको दुधपोखरी तमु समाजका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए।

Recent Videos:

Popularity: 6%

Add comment December 31st, 2010

माओवादीको कार्डमा फस्दिन–देउवा

एचकेनेपाल डट कम संवाददाता-
पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले माओवादीको कार्डमा आफू नफस्ने बताउनुभएको छ।

उहाँले प्रधानमन्त्रीको कार्ड फ्याकेर काँग्रेसभित्र खेल्ने अवसर कसैले नपाउने बताउनुभयो।

भरतपुरको तीनखोले गुम्बामा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले पार्टीको निर्णयका आधारमा प्रधानमन्त्रीको कुरा टुङ्गो लगाइने हुनाले त्यस विषयमा टिप्पणी नगर्न अन्य दललाई आग्रह गर्नुभयो।

नेता देउवाले शान्ति र संविधानका लागि यथाशिघ्र नयाँ सरकार बन्नुपर्ने बताउँदै दलहरूलाई गम्भीर हुन आग्रह गर्नुभयो।

कार्यक्रममा उहाँले ठूला दलहरू नमिलेसम्म शान्ति र संविधान बन्न सक्दैन भन्नुभयो। मेलमिलाप र सहकार्यबिना नयाँ संविधान जारी गर्न नसकिने उहाँको भनाइ थियो।

माओवादीप्रति लचक देखिनुभएका देउवाले उनीहरू अब जङ्गल फर्कदैनन् भन्नुभयो। उहाँको भनाइ थियो – हत्याहिंसा र आतङ्कको बाटो उनीहरूले बिस्तारै छाड्दैछन्।

Recent Videos:

Popularity: 7%

Add comment December 31st, 2010

दिल्लीमा सम्झौता गरेकोले काँग्रेस हारेकोः जोशी

एचकेनेपाल डट कम संवाददाता-
नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीले राष्ट्रिय महत्वका निर्णयहरू गर्दा विदेशी भूमिमा गर्ने परिपाटीको अन्त्य हुनुपर्ने बताउनुभएको छ। उहाँले विदेशी माटोमा गरिने निर्णयहरूले राष्ट्रलाई घाटा पुग्ने बताउनुभयो।

नेपाली काँग्रेस क्षेत्र नम्बर–२ चितवनले रत्ननगरमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो। १२ बुँदे सम्झौता दिल्लीमा भएकै कारण नेपाली काँग्रेसले संविधानसभा निर्वाचनमा हार बेहोर्नुपरेको उहाँको भनाइ थियो।

राष्ट्रिय मेलमिलाप दिवसका सन्दर्भमा आयोजित सो भेलामा बोल्दै उहाँले बिपीको मेलमिलापको नीति अहिले पनि उत्तिकै सार्न्दभिक रहेको बताउनुभयो।

Popularity: 7%

Add comment December 31st, 2010

भारतले तालिम दिएको भन्ने आरोप झूटो–माओवादी

एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा(माओवादी)का सचिव सिपी गजुरेलले जनयुद्धकालमा भारतले आफ्नो पार्टीलाई सैन्य तालिम दिएको भन्ने कुरा शतप्रतिशत झूटो भएको बताउनुभएको छ।पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सो कुराको पुष्टि गर्नसमेत चुनौति दिनुभयो।

‘हामीले भारतीय बिस्तारवादकै विरुद्ध सुरुङ्युद्धको घोषणा गरेका बेला भारतले तालिम दिएको भन्ने प्रचार कसैले पत्याउनै नसक्ने कुरा हो,’ सचिव गजुरेलले भन्नुभयो– ‘यो कुरा जसले बिनातथ्य बाहिर ल्याएको छ, यसको जिम्मेवार सोही व्यक्ति हुनेछ।’

सोही अवसरमा पार्टी प्रवक्ता दीनानाथ शर्माले पनि यस्तो प्रचार आफ्नो पार्टीलाई बद्नाम गर्न शृङ्खलाबद्धरूपमा आएको एउटा उदाहरण मात्र हो भनी टिप्पणी गर्नुभयो।

‘भारतले समेत यसको खण्डन गरिसकेको अवस्थामा यस्तो आरोपलाई प्रमाणित गरेर देखाउन सम्बन्धित पक्षलाई चुनौति दिन्छौं’, उहाँले थप्नुभयो।

Popularity: 7%

Add comment December 31st, 2010

विशेष समितिको मातहतमा लडाकू हस्तान्तरण गरिने

एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्री माधवकुमार नेपालले आगामी जनवरी १५ मा अन्मिनलाई विदा गर्नुपूर्व नै एनेकपा (माओवादी) ले औपचारिक समारोह गरी आफ्ना लडाकूलाई विशेष समितिको मातहतमा हस्तान्तरण गर्न चाहेको जानकारी दिनुभएको छ।

नर्वेका वातावरण तथा अन्तर्राष्ट्रिय विकासमन्त्री एरिक सोल्हेमले टेलिफोन गरी नेपालको शान्तिप्रक्रिया र संविधान निर्माणका विषयमा चासो राखेपछि प्रधानमन्त्री नेपालले यस्तो जानकारी दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले बताउनुभयो।

प्रधानमन्त्री नेपालले दलहरूबीचमा सहमतिको प्रयास भइरहेको बताउँदै छिटोभन्दा छिटो मुलुकले निकास पाओस् र शान्तिप्रक्रियाले पूर्णता प्राप्त गरोस् भनेर आफूले प्रयत्न गरिरहेको उल्लेख गर्नुभयो।

मन्त्री सोल्हेमको चिन्ता र जिज्ञाशाको जवाफमा प्रधानमन्त्री नेपालले भन्नुभयो– ‘एमाओवादी नेताहरूले यस्ता अभिव्यक्ति धैरैपटक दिएका छन्। सरकार त्यस्तो औपचारिक समारोह आयोजना गर्न तयार छ। तर, उनीहरूका अभिव्यक्तिमा विश्वास गर्न गाह्रो छ। माओवादीले भनेजस्तै गर्दै जाने हो भने चार महिनामा होइन, यो समस्या ४० वर्षमा पनि समाधान हुँदैन। पहिला आफैंले गरेको सहमति विपरित अन्मिनको म्याद थप्न खोज्ने उनीहरूको प्रयासले यही देखाउँछ।’

Popularity: 7%

Add comment December 31st, 2010

साना दलको फूर्ति बढ्यो

एचकेनेपाल डट कम संवाददाता-
वन तथा भू–संरक्षणमन्त्री दीपक बोहराले सरकार बनाउने जिम्मा साना दललाई दिए एक दिनमै नयाँ सरकार बन्ने बताउनुभएको छ।

जिल्ला सहकारी सङ्घ भक्तपुरको ४४ औं वार्षिकोत्सवको उदघाटन गर्दै मन्त्री बोहोराले ठूला तीन दलले आफूले पनि सरकार गठन गर्न नसकेको र साना दललाई पनि जिम्मेवारी नदिएको बताउनुभयो।

Popularity: 6%

Add comment December 31st, 2010

कुबेतको कुटनीतिक नियोग बिबादको भुँमरीमा

कुबेतको कुटनीतिक नियोग बिबादको भुँमरीमा, सचिबका कारण राजदूतको तीन दशक लामो छबिमा दाग, संघ सस्था वारपारको लडाईंको तयारीमा
आर.बि.बुढाथोकी “गाउले”कुबेत -
कुबेतमा एक बर्ष पहिले मात्र खुलेको नेपाली दूताबास फेरी दोस्रो पटक बिबादको भुमरीमा चुर्लुम्म डुबेको छ। दूताबास खुलेको सय दिन पुग्दा पनि कामकुरा सुचारु नभएपछि एक पटक बिबादमा झेलिएकोमा सबै संघ सस्थाको समन्वयनमा काम शुरु गरेकोमा फेरी एक पटक नराम्रो सँग बिबादमा फसेको छ।

बिबादको कारण सधै दूताबासका सचिब भएपछि राजदूतको छबिमा नराम्रो दाग लाग्नेमा सबैले अनुमान लागाइ सकेका छन। तारनतार बिभिन्न बिषयमा बिबादमा फस्दै आएका सचिब पुष्प राज भट्टराइको अब कुनै पनि कुरा गोप्य रहेन एकपछि अर्को गर्दै पर्दाफास हुँदै गर्दा दूताबासले कुनै कारबाही तर्फ नलागेपछि स्थानीय संघ सस्था अब वारपारको लडाईं लड्ने तयारी गर्दै छन।

दूताबासका सचिबलाई नहटाएसम्म कुनै पनि बिरोध कार्यक्रम नरोक्ने संघ सस्थाको अडान रहेपछि थप अन्योलमा अल्झिएको छ। अब के हुन्छ तत्काल भन्न सक्ने कुनै स्थिति नरहेको अवस्थामा संघ सस्थाका प्रतिनिधीहरु दूताबाससंग कुनै सम्झौता नगर्ने पक्षमा रहेका छन। सचिबको निस्काशन नै हाम्रो अन्तिम लडाईं हो सबैको एक मत छ। दूताबासको सम्पूर्ण गतिबिधी सचिबको सर्बेसर्बामा हुने छ भने राजदूतको के अर्थ रहन्छ सबैको प्रश्न नै यही छ। सम्पूर्ण निर्णय गर्ने अधिकार सचिबलाई कुन दूताबासमा दिइको छ यो नै यहाँ एउटा अचम्मको बुझ्न नसकेको कुरा छ।

कुबेत दूताबासको बिबाद लम्मिदै गर्दा अब छिमेकी देश दुबइ,कतार,साउदी अरेबियादेखी लिएर इजराइल हुँदै नेपालसम्म पुगेको छ। राष्ट्र हाक्ने प्रधानमन्त्रीको समेत दैनिक रुपमा सकारात्मक नकारात्मक तथा गतिबिधि समेत गरेर दिनमा दुई तीनवटा न्युज प्रकाशित हुने नेपाली समाजमा एउटा दूताबासको सामान्य सचिबको बारेमा दैनिक रुपमा पाँच पाँचवटा समाचार प्रकाशित हुनु त्यो पनि सबै नकारात्मक मात्र यो कहाँ सम्मको हद हो अनि त्यसमा पनि बिना प्रतिकृया कानमा तेल हालेर बस्नाले के अर्थ देखाउछ यो आँफैमा छर्र्लङग छ। आफूले गरेको मनोमानी सबैका सामु एकपछि अर्को गर्दै खुल्ला किताब हुँदै जादा अब उनको भोलिका दिनहरु निश्चित रुपमा अन्योलमा ओर्लिएको छ। शक्तिको दुरुपायोगका कारण नै उनलाई यो हालतमा पुर्याएको सरोकारवालाहरुले सजिलै अनुमान लगाएका छन। खाडीको अनुभबी काम गर्न सजिलो होला भनेर तानेर राजदूतले साउदीबाट कुबेत ल्याएका सचिबलाई अहिले उनैलाई निल्नु न ओकाल्नु घाँडो भएको छ। संसारका दर्जनौ देशहरुमा एक जिम्मेवार कर्मचारीको रुपमा कुटनैतीक कार्य गर्दै दशकौ बिताइ सकेका राजदूत पौडेल पहिलो आफ्नै सचिबका कारण यसरी बिबादमा फसेका छन। युरोप अमेरिकादेखि छिमेकी देश भारत बङगला देशमा लामो समयसम्मा कार्य दक्षता देखाइ सक्नु भएका राजदूत अहिले आँफै अन्योलमा हुनु हुन्छ। दैनिक रुपमा दुई देश बिच कुटनैतीक सम्बन्धका लागि दौड धुप गरी रहने पौडेल आफ्ना घर भित्रका सचिबले मझेरी खनेर आँगन पु्र्न लागेको उनलाई अत्तो पत्तो नै रहेन्छ। जेठी बुहारी भनी ताला साँचो दिनाले बुहारीले बनबास पुर्याउने षडयन्त्र रचेको पनि उनले पत्तै पाएनन्। दूताबासमा लगभग दर्जनको हाराहारीमा कर्मचारी छन् किन सचिब मात्र सधै यसरी बिबादमा आउछन् यसमा कुनै कालो पक्कै लुकेको छ। यदी उनलाई पारस जस्तै चर्चित नै हुन रहर छ भने त हामीले भन्नु केही छैन। गलत बाटो गन्तब्य भिरालै हुन्छ भन्ने कुरा सचिब महोदयले धेरै पहिले सोच्नु पर्थ्यो अब भने समयले नेटो काटेको पक्का पक्की देखिएको छ।

गल्ती कमीकमजोरी सबैबाट हुन्छ तर समय छदै ख्याल गरी आत्मा आलोचना गर्न सकेको भए सायद बच्ने बाटाहरु पहिल्याउने प्रयास हुन्थ्यो होला तर यहाँ त कुरा धेरै बिग्री सकेको छ। सबैबाट बहिष्कृत भईसक्दा पनि कुर्सी घुमाइ रहनुमा के अर्थ रह्यो र ? नैतिकताको आधारमा पनि अब ठाउँ छोड्नु पर्ने बेला भएन र ??

Popularity: 7%

Add comment December 31st, 2010

पोखरामा यसरी मनाइयो ल्होछार

हुम तमु, पोखरा/ एचकेनेपाल डट कम-
राष्ट्रिय चाड ल्होछारको अवसरमा आज तमु धिं नेपालले आयोजना गरेको तमु जातिको मौलिक खेल छेलो प्रतियोगितामा हिमाली गुरुङ परिवार माटेपानीका सन्दिप तमु प्रथम हुनुभएको छ।

तमु धिं नेपालका महासचिव देविराज तमुले पिता भिमबहादुर तमुको नाममा गतवर्षस्थापना गर्नुभएको खुल्ला छेलो प्रतियोगितामा प्रथम भएका सन्दिप तमु पाँच हजार रुपैया, फेटा र सम्मानपत्रबाट पुरस्कृत हुनुभयो भने बगालेटोल तमु समाजका मोहन तमु द्धितिय र याङ्गजाकोट तमु समाजका दुधमान तमु तेस्रो हुदै पुरस्कृत भए।

यसैगरी बाह्र वर्षमुनिका अन्तरसमाज बालबालिका तमु भाषा र पोशाकको प्रतियोगितामा मिरुवा तमु समाज प्रथम, तमु सेवा समिति नयाँबजार द्धितीय र ब्रेज मेश्रों घान्द्रुक तमु समाज तृतीय भएका छन्।

हि ल्होछार कै अवसरमा आयोजित लोकनृत्य प्रतियोगितामा दुधपोखरी तमु समाज प्रथम हुदै पाँच हजार रुपैयाबाट पुरस्कृत भयो भने कञ्चनजंगा साँस्कृतिक परिवार द्धितीय, हिमाली गुरुङ परिवार तृतीय र तमु विद्यार्थी समिति चौथो हुदै पुरस्कृत भए। प्रतियोगितामा उत्कृष्ठ नृत्य निर्देशक दुधपोखरी तमु समाजकी विपना गुरुङ घोषित हुनुभयो।

प्रतियोगिताका विजेताहरुलाई तमु धिं नेपालका अध्यक्ष कर्म तमुले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। कार्यक्रममा सरस्वती तमु, धर्मराज तमु, देउकाजी तमु, उषा तमु, माओत्से तमु लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

यसैगरी तमु धिं नेपालमा आजदेखि तमु कलाकारहरु बुद्धि गुरुङ, पदम घले, सञ्जय गुरुङ, लोकबहादुर गुरुङलगायत सात जनाले तमु कलासँस्कृतिसँग सम्वधित कला प्रदर्शनीमा राखेका छन। कला प्रदशनीको तमु धिं नेपालका अध्यक्ष कर्म तमुले उद्घाटन गर्नुभएको थियो।

यसरी नै बगालेटोल तमु समाजले हि ल्होछारको अवसरमा आयोजना गरेको ल्होछार कार्यक्रममा तमु धिं नेपालले आयोजना गरेको खुल्ला छेलो प्रतियोगितामा द्धितीय भएका समाजका सदस्य मोहन तमु, खुल्ला सडक दौडका सहभागीहरु, ल्होछार कार्यक्रमका सहयोगीहरुलाई सम्मान, नयाँ सदस्यलाई सम्मान, विविध साँस्कृतिक कार्यक्रम र स्यो र्कै सम्पन्न गरेको छ।
समाजका अध्यक्ष सुवेदार मेजर सुकबहादुर तमुको अध्यक्षतामा भएको ल्होछार कार्यक्रममा सल्लाहकार गोर्खा मेजर दिलबहादुर गुरुङ, सचिव नन्दकुमार तमु लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

त्यस्तैगरी रामघाटमा रहेको बौद्ध अर्र्घौ सदनमा लामा गुरुज्युहरुबाट आर्शिवाद लिने, पुजा, ग्रहशान्ति गरिएको थियो । कार्यक्रममा सहभागीहरुले शुभकामना साटासाट गरेका थिए भने कार्यक्रम सहभागीहरुलाई पुम्दीभुम्दी गाँउ भई हाल बेलायत निवासी नन्दराम तमुले भोजनदान गर्नुभएको थियो।

यसैरी नै तमु प्ये ल्हु संघ केन्दि्रय युवा समितीले ल्होछारको अवसरमा आयोजित तेश्रो खुल्ला तमु सामुहिक नृत्य प्रतियोगिता २०६७ मा स्टेप बाई स्टेप वोर्डिङ स्कुल प्रथम भएको छ।

हि ल्होछारको अवसरमा आज तमु प्ये ल्हु संघमा आयोजित १० टोलीले सहभागिता जनाएको नृत्य प्रतियोगितामा तरेली सांस्कृतिक परीवार द्धितीय, गण्डकी वोर्डिङ स्कुल तृतीय र ढोर फिरफिरे तनहूँ समाज सान्त्वना भएको छ भने उत्कृष्ट भेषभुषावाट क्र.अ सिङ्दी सेवा तमु समाज पुरस्कृत भएको छ भने गण्डकी वोर्डिङ स्कुलका केश वहादुर गुरुङ उत्कृष्ट नृत्य निर्देशक हुनु भएको छ।

प्रतियोगितामा प्रथम हुनेले नगद १० हजार, द्धितीय हुनेले नगद ८ हजार, तृतीय हुनेले नगद ६ हजार र सान्त्वना हुनेले नगद ४ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रथम पुरस्कार क्याप्टेन चन्द्र वहादुर गुरुङले, द्धितीय पुरस्कार स्वर्गिय छोरी आकृतिको स्मृतिमा आमा टिका गुरुङले, तृतीय पुरस्कारलाई लक्ष्मण गुरुङले प्रायोजन गर्नुभएको थियो भने सान्त्वना पुरस्कार युवा समितीका सदस्य राजेश गुरुङले प्रायोजन गर्नुभएको थियो।

यसैबीच, ल्होछारको अवसरमा गरिएको खुल्ला नृत्य प्रतियोगिता हेर्न आउने दर्शकहरुले कास्कीको पर्यटकीय गाँउ सिक्लेसका र हाल पोखरा चिसोपानीका चित्रकार दल वहादुर गुरुङले कुचीमा कोरिएका तमुहरुको ऐतिहासिक, साँस्कृतिक परम्परा झल्किने विभिन्न चित्रहरु पनि आकर्षणको रुपमा रहेको थियो। प्रदर्शनको रुपमा राखिएका करीव ३० चित्रहरुमध्ये केही मात्रमा बिक्रि भईसकेको चित्रकार दल वहादुर गुरुङले जानकारी दिनुभयो।

समितिका सांस्कृतिक संयोजक रुपा गुरुङको अध्यक्षता र तमु प्ये ल्हु संघका केन्दि्रय अध्यक्ष लेफ्नेन्ट इन्द्र वहादुर गुरुङको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा संयुक्त ल्होछार समितीका संयोजक इमान वहादुर गुरुङ, सहसंयोजक क्याप्टेन रुप वहादुर गुरुङ, तमु प्ये ल्हु संघको केन्द्रीय महासचिव पम वहादुर गुरुङ, युवा समितीका केन्दि्रय अध्यक्ष लोकेन गुरुङ, महासचिव शुक्रराज गुरुङ र निवर्तमान अध्यक्ष थमन गुरुङ लगायतले हि ल्होछारको शुभकामना व्यक्त गर्नुभएको थियो।

यसैगरी तमु प्ये ल्हु संघले विहानै प च्हूँ अर्थात पुरोहितहरुबाट छ्योप अर्थात पूजाअर्चना गरिनुका साथै थासो फाल्ने, रुप लगाउने कार्यक्रम गरिएको थियो।
त्यस्तै स्यो कै अर्थात पिकनिक खाने कार्यक्रम नि गरिएको थियो । कार्यक्रममा उपस्थित सबैले आपसमा ल्होछारको शुभकामना आदानप्रदान गरेका थिए ।

Popularity: 6%

Add comment December 30th, 2010

प्रवासी नेपाली संघ दक्षिण कोरिया अबबाट एनडीएफमा परिणत

पुष्पराज लामिछाने, दक्षिण कोरिया/ एचकेनेपाल डट कम-
गत आइतवारका दिन दक्षिण कोरियाको राजधानी सिओलस्थित तोङदेमुनको एक रेष्टुरामा प्रवासी नेपाली संघ केन्द्रिय कमिटिको बैठक सम्पन्न भएको छ।

संघका अध्यक्ष नरेन्द्र चेम्जोङको अध्यक्षतामा बसेको उक्त बैठकले कोरियालीहरुको नयाँबर्षतथा महत्वपूर्ण चाड सलनालको अवशर पारी फेब्रुवरी २ तारिख प्रवासी संघका सम्पूर्ण संचिकृत सदस्यहरुको बृहत भेला हुने बताइएको छ।

बैठकले सन् २००६मा नेकपा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालको उपस्थितिमा गठन गरिएको प्रवासी नेपाली संघको नाम परिवर्तन गरी एनडीएफ नेपाली लोकतान्त्रिक मञ्च नामाकरण गरिएको समाचार प्राप्त भएको छ।

गत महिना कोरिया भ्रमणमा आएका नेकपा एमाले स्थायी समिति सदस्य तथा विदेश विभाग प्रमुख समेत रहेका केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा नेता ओलीले विश्व भरी रहेका एमालेका भात्रृ संगठनहरुलाई एउटै संजालकोरुपमा गोलबद्ध गरी अगाडि बढाउँने नीतिअनुप कोरियास्थित प्रवासी संघलाई पनि नाम परिवर्तन गरी एनडीएफको संजालमा गोलबद्ध हुन सुझाव दिएको संघका एक पदाधिकारीले बताए। नेता ओलीको सुझावमा केन्द्रित रही गत आईतवार प्रवासी नेपाली संघ केन्द्रिय कमिटिको बैठकले पारित गरे अनुरुप अबबाट प्रवासी नेपाली संघलाई नेपाली लोकतान्त्रित मञ्चको नामबाट अगाडि बढाउँने अध्यक्ष चेम्जोङले जानकारी दिनुभयो।

Popularity: 6%

Add comment December 30th, 2010

बालुवा खानीमा पुरिएर बालिकासहित ५ को मृत्यु/ ३ घाइते

एचकेनेपाल डट कम संवाददाता-
बालुवा खानीमा पुरिएर बझाङ ब्यासी १ स्थित ढल्कनेडाँडामा एक बालिकासहित पाँच जना मजदुरको विहीवार दिउंसो मृत्यु भएको छ। घटनामा अरू तीन जना घाइते भएका छन्।

मृत्यु हुनेहरूमा काडेल -३ का ४५ वर्षीय चक्र सार्की, ३० वर्षीय दीपक सार्की, २५ वर्षीया कौशील्या सार्की, ३२ वर्षीया किट्टीदेवी केसी र १३ वर्षीया बालिका वसन्तीकुमारी केसी रहेका छन्।

घटनामा मञ्जु सार्की, जुनु सार्की र जसु सार्की गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। घाइतेहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

स्थानीय हरिचन्द्र पुजाराको घर निर्माणमा चाहिने बालुवा लिन जाँदा दिउंसो १२ बजे बालुवा खानीमा पुरिएर उनीहरूको मृत्यु भएको हो।

Popularity: 7%

Add comment December 30th, 2010

१२७ औं लेखनाथ जयन्ती सम्पन्न

एचकेनेपाल डट कम संवाददाता-
कविशिरोमणि लेखनाथ पौडयालको १२७ औँ जयन्ती राजधानीमा सम्पन्न भएको छ।

लेखनाथ पौड्याल काव्यसभाका संयोजक खनूपरुदे रामबाबूले पौडयालको १२६ औँ जयन्तीको उपलक्ष्यमा सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतनमा लेखनाथ पौडयालको पूर्णकदको सालीकमा माल्यार्पण गर्नुभयो।

त्रिमूर्ति निकेतनमा आयोजित सो समारोहमा त्रिमूर्ति निकेतनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईले लक्ष्मीप्रसाद देवकोटाका सालीकमा माल्यार्पण गर्नुभयो। सो अवसरमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष धर्मेन्द्र झाले नाटयसम्राट् बालकृष्ण समका सालीकमा माल्यार्पण गर्नुभयो। साथै त्रिमूर्ति निकेतनका संस्थापक नरेन्द्रराज प्रसाईले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाटयसम्राट् र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्तिप्रतिको सच्चा श्रद्धाञ्जलि हो भन्नुभयो।

लेखनाथ पौड्यालको जन्म १९४१ साल पुस १५ गते कास्कीको अर्र्घौअर्चलेमा भएको थियो।

२००८ साल असार २९ गते पौड्याललाई राजा त्रिभुवनले कविशिरोमणिको पद र मासिक दुई सय रुपियाँ आजीवन भत्ता प्रदान गरेका थिए।

लेखनाथ पौड्याल, बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटा २००९ सालमा दार्जीलिङ जाँदा सूर्यविक्रम ज्ञावाली, धरणीधर शर्मा र पारसमणि प्रधानले उनीहरुलाई त्रिमूर्तिको सम्बोधन गरेका थिए। २०२२ सालको शिवरात्री अर्थात् फागुन ७ गते कविशिरोमणि लेखनाथ पौड्याल दिवंगत भएका थिए।

२०६१ साल भदौ ११ गते त्रिमूर्ति निकेतनको स्थापना भएको थियो। (तस्वीर सौजन्यः नरेन्द्रराज प्रसाई, सदस्यसचिव त्रिमूर्ति निकेतन)

Popularity: 7%

Add comment December 30th, 2010

‘मर्स्याङ्गदी सांगीतिक सौगात भाग २’ को पूर्ण तयारी

सुरज गुरुङ, गणतन्त्र कोरिया/ एचकेनेपाल डट कम-
कोरियाको नयाँ वर्ष सलनाल २०११ तथा लमजुङ्ग परिवार गणतन्त्र कोरियाको बाह्रौ वाषिर्कोत्सबको उपलक्ष्यमा लमजुङ्ग परिवार गणतन्त्र कोरियाले “मर्स्याङ्गदी सांगीतिक सौगात भाग २” आयोजना गर्ने भएको छ।

नेपालका चर्चित कलाकारहरुको उपस्थितिमा हुन गईरहेको हुंदा सम्पूर्ण कोरिया बासी नेपाली दाजु भाई तथा दिदीबहिनीहरुमा जानकारी गराउंदै परिवारले कोरियन नयाँ वर्षसलनाल तथा परिवारको बाह्रौ वार्सिक उत्सबको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।

मानिस चेतनशील एवं सामाजिक प्राणी भएकोले जन्मिएर आफ्नो लागि मात्र नभएर अरुको लागि पनि केहि गर्नु पर्छ, सरकारको मात्र मुख ताक्नु हुदैन भन्ने भावनाले अभिप्रेरित भई लमजुङ्ग लिल्ला अस्पताल तथा एम्बुलेन्स सहयोगार्थ हुन गईरहेको मर्स्याङ्गदी सांगीतिक सौगात भाग २ कार्यक्रममा नेपालबाट कलाकारहरु हास्यकलाकार जितु नेपाल, संगीतकार, गीतकार तथा गायक भक्त राज आचार्यका सुपुत्र स्वरुप राज आचार्य, नृत्य निर्देशक एवं हास्या नृत्यकार जगत गुरुङ, नृत्याङ्गना जस्मीन गुरुङ, लोक गायिका देवी घर्ती मगर, नेपाली तारा दिपक लिम्बू र लोक गायक रामजी खाँड आउने भएका छन्।

युवा कलाकारहरुको अविस्मरणीय सांगीतिक जम्का भेटमा कोरियमा विभिन्न पेसामा संलग्न हुनु भएका नेपाली दाजु भाई तथा दिदीबहिनीहरुलाई उपस्थित भई कार्यक्रमको शोभा बढाई दिन लमजुङ परिवारले हार्दिक अनुरोध गरेको छ।

Popularity: 7%

Add comment December 30th, 2010

भोजपुर गजल महोत्सव ‘अभूतपूर्व’

निराजन बतास/ एचकेनेपाल डट कम-
‘भोजपुरको यो गजल अनुराग र यो उर्वर माटोलाई म प्रणाम गर्छु’ आफूले पहिलो चोटि गजलमा अभूतपूर्व जनसहभागिता देख्न पाएको बताउँदै आइतबार भोजपुरको टुँडिखेलमा भोजपुर गजल महोत्सवको पहिलो दिन प्राज्ञ बूँद रानाले पटक-पटक भनिरहे-’प्रणाम छ भोजपुरलाई।’ ५ हजार बढी दर्शकमाझ प्रमुख अतिथि प्राज्ञ रानाले नेपाली गजल कार्यक्रममा यति धेरै भब्य कार्यक्रम पहिलो चोटि भएको बताउँदै भोजपुरले नेपाली गजलमा नयाँ उचाईँको योगदान दिन लागिपरेकोमा आफू हर्षवभोर भएको बताए।

दुइ दिन चलेको महोत्सवमा रानाले दुइ दर्जन बढी गजल गाएर भोजपुरबासीलाई रोमाञ्चक बनाए। सुरेश सुवेदी, निराजन बतास, याम थुलुङ, शैलेन्द्र अधिकारी, हेमन यात्री, मेचीपुत्र, अशोक बस्नेत लगायतले कार्यक्रममा दुइ दिनसम्म गजलमात्र प्रस्तुत गरेनन् कार्यक्रम अविश्वसनीय भव्य भएको समेत बताए। टुँडिखेलमा एक दर्जन गीत गजलमा कलाकारले प्रस्तुत गरेको आकर्षक नृत्यमा दर्शक कार्यक्रमको अन्तिमसम्म झुमिरहे। महोत्सवमा पूर्वाञ्चल स्तरीय गजल प्रतियोगिता दुइ दिन चलेको थियो। महोत्सवको पछिल्लो दिन स्थानीय सामुदायिक भवनमा दर्शक अटेका थिएनन्। भवनमा नअटेका सयौंले बाहिरै बसेर कार्यक्रम सुनेका थिए। प्रत्येक साँझ गजल गायन र वाचन भएको महोत्सवको अन्तिम साँझ भने वाद्यवादन सहित प्राज्ञ रानाले समेत गजल गाए।

नेपाल गजल प्रतिष्ठान भोजपुरले आयोजना गरेको महोत्सवलाई भव्य बनाउन कुनै कसर बाँकी नराखिएको प्रतिष्ठानका अध्यक्ष राजन ‘समीप’ साम्पाङले बताए। ‘यसले भोजपुरको गजललाई बढोत्तरी गर्न योगदान दिनेमा विश्वस्त छौं’ उनले भने। प्रतिष्ठानका सचिव आशिष राईले भोजपुरमा चाँडै गजल पुस्तकालय स्थापना गर्न लागिएको बताए। विष्णु भुजेल, प्रशान्ता राई, सविता भुजेल, गंगा साम्पाङ लगायतको प्रतिष्ठानको समूहलाई अग्रज स्रष्टाहरु अम्रिका ताम्राकार र हरि दाहालले साथ दिएका थिए।

भोजपुरको आत्मीयता कहिल्यै बिर्सन नसकिने गजलकार सुरेश सुवेदीले उल्लेख गरे। अतिथिहरुलाई प्रतिष्ठानका गजलकार चेलीहरुले नै बुनेको मफलर तथा भोजपुरे खुकुरी उपहार दिइएको थियो। प्रतियोगितामा भने सीता तिवारी, आइन्द्र अङकुर राई, देव आवारा र कञ्चन जिम्बाले क्रमशः पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान हासिल गरे।
तस्वीरः निराजन बतास/ एचकेनेपाल डट कम


Popularity: 7%

1 comment December 30th, 2010

प्रमबाट तमु ल्होछारको शुभकामना

एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्री माधवकुमार नेपालले तमु ल्होछारका अवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण तमु(गुरुङ)समुदायका दिदीबहिनी तथा दाजुभाइको सुख, शान्ति र समृद्धिका निम्ति शुभकामना व्यक्त गर्नुभएको छ।

तमु ल्होछारका अवसरमा आज दिनुभएको सन्देशमा प्रधानमन्त्री नेपालले सम्पूर्ण नेपालीबीच आपसी सदभाव, भ्रातृत्व र मेलमिलाप अझ बढ्दै जाने विश्वास व्यक्त गर्दै मुलुकको शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन तथा संविधान निर्माण गर्न सम्पूर्ण राजनीतिक पार्टी, विभिन्न सङ्घसंस्था तथा सम्पूर्ण नेपाली जनतालाई ल्होछार पर्वले सहमतिका साथ अघि बढ्न उत्प्रेरित र प्रोत्साहित गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ।

उहाँले गुरुङ जातिको आफ्नो भाषा, संस्कृति र वेशभूषालाई अझ संरक्षण र प्रबर्द्धन गर्न यस पर्वले मद्दत गरोस् भन्ने कामना गर्नुभएको छ।

Popularity: 7%

Add comment December 30th, 2010

बम विष्फोटमा चार गम्भीर घाइते

एचकेनेपाल डट कम संवाददाता-
नेपालगन्जको पुष्पलालचोकस्थित गौरीशङ्कर हार्डवेयरमा हिजो साँझ बम विष्फोट हुँदा चारजना गम्भीर घाइते भएका छन्।

सो विस्फोटमा परी हार्डवेयेरका सञ्चालक कारकादो ५ का ४२ वर्षीय कौशल (दीर्घराज) आचार्य, कर्मचारी मनिकापुर ८ बाँकेका ४३ वर्षीय डिल्लीराज रेग्मी, अन्य दुईजना ग्राहक नुवाकोट(चारघरेका २६ वर्षीय रामप्रसाद चालिसे र काठमाडौँ विशालनगरका ४० वर्षीय शिवराज चालिसे गम्भीर घाइते हुनुभएको छ।

घाइते दुईजनाको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ भने गम्भीर घाइते रेग्मी र शिवराजलाई काठमाडौँ लगिएको बाँकेका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताउनुभयो।

पसल नजिकै राखिएको बम विष्फोटबाट पसलको काउन्टर टुक्राटुक्रा भएको छ भने भित्ता आसपासमा सामान्य क्षति भएको छ।

जनतान्त्रिक तराई मुक्ति पार्टीले विष्फोटको जिम्मा लिएको छ। पार्टीका केन्द्रीय अध्यक्ष भगत सिंहले स्थानीय सञ्चारकर्मीलाई टेलिफोन गरेर मधेसविरोधी काम गरेको भन्दै विष्फोट गराएको दाबी गरेका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेले नगरमा व्यापक प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा बनाउनाका साथै अनुसन्धान गरिरहेको जनाएको छ।

Popularity: 6%

Add comment December 30th, 2010

राष्ट्रपतिद्वारा ल्होछारको शुभकामना

एचकेनेपाल डट कम संवाददाता-
तमु ल्होछारको अवसरमा राष्ट्रपति डा.रामवरण यादवले देशविदेशमा रहनुभएका सम्पूर्ण तमु समुदायका दिदीबहिनी तथा दाजुभाइको सुख, शान्ति र समृद्धिका निम्ति शुभकामना व्यक्त गर्नुभएको छ।

हिमाल, पहाड र तराईमधेसका सबै ठाउँ, सबै जातजाति, सबै भाषाभाषी र सबै धर्मका नेपाली आफ्नो सुखद् भविष्यको खाका कोर्नका लागि हामी सबै नेपाली हौँ भन्ने भावनाका साथ सदियौँदेखिको क्षेत्रीय जातीय र सामाजिक मेलमिलाप र सहअस्तित्वको संस्कृतिलाई खण्डित हुन नदिई आपसी भाइचारा र सद्भावको जगेर्ना र अभिवृद्ध गर्न जरुरी रहेकामा जोड दिनुभएको छ।

संस्कृति र अतिथि सत्कारमा ख्याति कमाएको तमु समुदायले यस पर्वलाई नेपालका सबै समुदायको साझा पर्वको रूपमा विकास गर्नसकेमा सबै नेपालीबीच बन्धुत्व र एकताको भावना बढाउने कार्यमा सहयोग पुग्ने आशा राख्दै तमु समुदायका दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना व्यक्त गर्नुभएको छ।

यसै अवसरमा उपराष्ट्रपति परमानन्द झाले देशविदेशमा बस्नुहुने गुरुङ जातिलगायत सम्पूर्ण देशप्रेमी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै यस पर्वलाई चाडका रूपमा मात्र नमनाई यसले ऐतिहासिक महत्व झल्किने गुरुङ समुदायका वेशभूषा, भाषालाई जीवन्त दिने कार्य गर्न अभिप्रेरित भइदिनुहुन सम्पूर्ण गुरुङवासीलाई अनुरोध गर्नुभएको छ।

नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले यो वर्ष बिरालो वर्गका रूपमा मनाइने तमु ल्होछारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण तमु समुदाय र अन्य जनजातिका जनतालाई नेकपा (एमाले) र आफ्नै तर्फबाट पनि शान्ति, लोकतन्त्र, अग्रगामी र समुन्नतिका निम्ति शुभकामना व्यक्त गर्नुभएको छ।

राष्ट्रिय धरोहर र सम्पदाका रूपमा नेपाली जनताले मनाउने सबै पर्वको संरक्षण र सम्बर्द्धन गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउने र मुलुकलाई समृद्ध बनाउने दिशातर्फ अघि बढ्नु आज सबैको कर्तव्य हो भन्दै उहाँले मुलुकको शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन तथा संविधान निर्माणका लागि सम्पूर्ण राजनीतिक पार्टी, विभिन्न सङ्घसंस्था तथा सम्पूर्ण नेपाली जनतालाई ल्होछार पर्वले सहमतिका साथ अघि बढ्न उत्प्रेरित र प्रोत्साहित गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ।

त्यसैगरी नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले शुभकामना सन्देश दिँदै यस पर्वले सम्पूर्ण नेपालीबीच आपसी सदभाव, भ्रातृत्व र मेलमिलाप अझ बढ्दै जाने विश्वास व्यक्त गर्नुभएको छ।

आफ्नो शुभकामना सन्देशमा नेता पौडेलले मुलुकमा मनाइने यसप्रकारका चाडपर्वले आपसी सद्भाव वृद्धि गरी जारी शान्ति प्रक्रिया, संविधान निर्माण र लोकतन्त्रलाई संस्थागत गर्ने कार्यमा समेत नयाँ ऊर्जा र प्रेरणा मिल्नेछ भन्दै गुरुङ जातिको आफ्नो भाषा, संस्कृति र वेशभूषालाई अझ जीवन्तता दिने कार्यमा मदत पुगोस् भन्ने कामना गर्नुभएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले तमु ल्होछारको अवसरमा सम्पूर्ण गुरुङ दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ।

Popularity: 7%

Add comment December 30th, 2010

आज तमु ल्होछार मनाइँदै

एचकेनेपाल डट कम संवाददाता-
अन्नपूर्ण तथा धौलागिरि हिमालका फेदतिरका निवासी गुरुङले आज पुस १५ लाई नयाँ वर्षका रूपमा तमु ल्होछार पर्व मनाउँदैछन्।

यसपर्वमा बुद्धमूर्ति स्थापना गरी लामा बोलाएर परम्परागत संस्कृतिअनुसार भोजभतेर नाचगान गरी भव्यरूपमा मनाउने प्रचलन छ।

यस अवसरमा आज नेपाल सरकारले सरकारी कार्यालयमा सार्वजनिक बिदा दिएको छ।

Popularity: 7%

Add comment December 30th, 2010

प्रहरीको २४ सै घण्टा अनुगमन गर्न मार्सल टोली

एचकेनेपाल डट कम संवाददाता-
महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले आफ्नो मातहतमा रहेका प्रहरी कार्यालय र त्यहाँ कार्यरत प्रहरीले गरेका कार्यको अनुगमन गर्न प्रहरी नायब उपरीक्षकको नेतृत्वमा पाँच सदस्यीय मार्सल टोली गठन गरेको छ।

आयुक्तको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ प्रहरी उपरीक्षक माधवप्रसाद नेपालले सो टोलीको गठनबाट प्रहरी सेवा थप चुस्त दुरुस्त र परिणाममुखी बन्ने विश्वास व्यक्त गर्र्नुभयो।

सो टोली चौविसै घण्टा आफ्ना कर्मचारीको कार्यावलोकन गर्न खटिने जानकारी दिँदै नेपालले टोलीले आफ्नो काम थालेको समेत बताउनुभयो।

Popularity: 7%

Add comment December 30th, 2010

हतियार र लडाकु छिटो टुंगो लगाऊः कोइराला

एचकेनेपाल डट कम संवाददाता-
नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले एमाओवादी लडाकूलाई निर्धक्कपूर्वक विशेष समितिअन्तर्गत ल्याएर शान्ति प्रक्रियालाई छिटो निष्कर्षमा पुर्‍याउनु पर्ने धारणा प्रकट गर्नुभएको छ।

नेपाल विद्युत प्राधिकरण कर्मचारी सङ्घको नवौँ महाधिवेशनको उद्घाटन गर्दै सभापति कोइरालाले हतियार र लडाकूको समस्या समाधान भएपछि आफूलाई कुनै समस्या पर्छ कि भनेर चिन्ता नलिन माओवादीलाई आग्रह गर्नुभयो र भन्नुभयो- सहमति, सहकार्य र एकताको बाटोबाटै अघि बढेर मुलुकका समस्या हल गर्नुपर्छ।

“हतियार र लडाकूकै कारण विगतमा चुनाव पनि प्रभावित भयो, यो तरवार दलहरूमाथि झुण्डिरहेको छ, त्यसैले हतियार र लडाकूको टुङ्गो छिटो लगाउनुपर्छ,” सभापति कोइरालाले भन्नुभयो।

Popularity: 7%

Add comment December 30th, 2010

हिमपातले कोरियाको जनजीवन अस्तब्यस्त

रघु त्रिपाठी, दक्षिण कोरिया / एचकेनेपाल डट कम-
दक्षिण कोरियाको विभिन्न ठाँउमा हिजो बिहानैबाट सुरुभएको हिमपातका कारण आज दिनभरी सवारी साधनलगायत अन्य क्षेत्रमा समेत प्रभाव परेको छ।

ह्वासाङ सि नामम्याङ आसपासका एरियामा परेको हिमपातका कारण सवारी साधन आवत जावत तथा कलकारखाना समेत प्रभावित हुनपुगेपछि हिँउ पन्छाउँदै नेपाली लगायतका प्रवासी मजदूरहरु।

फोटोः रघु त्रिपाठी / एचकेनेपाल डट कम


Popularity: 7%

Add comment December 29th, 2010

शीर्ष नेताहरु मोटरसाइकल र्‍याली गर्दै नगरकोट जाने

एचकेनेपाल डट कम संवाददाता-
नेपाल भ्रमण वर्ष–२०११ को पूर्वसन्ध्यामा यही पुस १५ गते काठमाडौँदेखि नगरकोटसम्म शीर्षनेता सम्मिलित बृहत् माटरसाइकल र्‍याली आयोजना हुने भएको छ।

प्रजातान्त्रिक युवा समाज, पर्यटन बोर्डलगायतका संस्थाद्वारा आयोजित पत्रकार सम्मेलनमा शीर्ष नेताहरूको उपस्थितिमा बिहान थानकोट, कलङ्की, बानेश्वर, कोटेश्वर, जावलाखेल र भक्तपुरबाट नगरकोटका लागि निस्कने सो र्‍यालीमा करिब तीन हजार मोटरसाइकल हुने जानकारी दिइयो।

थानकोटमा सभाध्यक्ष सुवास नेम्बाङ र एकीकृत नेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहाल, कलङ्कीमा नेपाली काँग्रेसका सभापति सुशील कोइराला, बानेश्वरमा नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल, कोटेश्वरमा मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव, भक्तपुरमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे र जावलाखेलमा नागरिक समाजका प्रतिनिधिको उपस्थितिमा र्‍याली सुरु हुने समाजका अध्यक्ष रवीन्द्रपुरुष ढकालले जानकारी दिनुभयो।

सोही दिन दिउँसो कलङ्कीमा मुलुकका प्रतिष्ठित कलाकर्मीको सहभागितामा वृहत् सांस्कृतिक कार्यक्रमसमेत आयोजना हुनेछ।

राष्ट्रिय सहमतिका आधारमा दिगो शान्ति स्थापना गर्ने र संविधान लेखनलाई टुङ्गोमा पुर्‍याउन दबाब दिने तथा पर्यटन प्रबर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले यस किसिमको वृहत् र्‍याली आयोजना गर्न लागिएको समाजका अध्यक्ष ढकालले स्पष्ट पार्नुभयो।

Popularity: 7%

1 comment December 29th, 2010

तमु ल्होछार सुरु

एचकेनेपाल डट कम संवाददाता-
तमु गुरुङहरूको नयाँ वर्ष ल्होछारका अवसरमा हिजोदेखि तीन दिनसम्म काठमाडौँको टुँडिखेलमा विभिन्न कार्यक्रम सुरु गरिएका छन्।

तमु (गुरुङ) ल्होछार मूल आयोजक समिति २०६७ द्वारा आयोजना गरिएको शान्तिका लागि कामना, लोकदोहोरी, धनुषकाँड लगायतका सांस्कृतिक कार्यक्रम सुरु भएको छ।

प्रत्येक १२ वर्षसम्म विभिन्न जनावरको नाममा वर्ष परिवर्तन गरिने ल्होछार पर्व पुस १५ गतेबाट यसपटक बाघ वर्गबाट बिरालो वर्गमा परिवर्तन हुने आयोजक सस्थाका कोषाध्यक्ष इन्द्र गुरुङले बताउनुभयो।

टुँडिखेलमा आउने मानिसको सहजताका लागि एकसय १५ वटा विभिन्न व्यावसायिक स्टलहरू राखिएका छन्।

Popularity: 7%

Add comment December 29th, 2010

बलात्कारको पीडा सहन नसकी आत्महत्या

एचकेनेपाल डट कम संवाददाता-
बाँकेको बनकटवा पेडारीकी १५ वर्षीया किशोरी रामजानकी थारुले बलात्कारको पीडा सहन नसकेर आत्महत्या गरेको रहस्य तीन महिनापछि खुलेको छ।

पन्ध्र वर्षीया ती किशोरीले बलात्कारको पीडा सहन नसकेर आत्महत्या गर्नुअघि आफ्नो पीडासहित मोबाइलमा बलात्कारीको नाम रेकर्ड गराएको प्रमाण फेला परेपछि गाउँकै दुई युवाले बलात्कार गरेको रहस्य खुलेको हो।

स्थानीय विद्यालयमा आठ कक्षामा अध्ययनरत थारुलाई राति दिसा गर्न घरबाट निस्केको बेला जबर्जस्ती करणी गरिएको पीडितका हजुरबुबा जलामु थारुले बताउनुभयो।

किशोरीले गत असोज ६ गते गोठमा सलले झुन्डेर आत्महत्या गरेकी थिइन्। मोबाइलमा रेकर्ड गरिएको आवाजमा गाउँकै हंशराज थारु र रामकपुर थारुले बलात्कार गरेको उल्लेख छ।

बलात्कार गरेको रहस्य मोबाइलमार्फत थाहा पाएपछि जाहेरी दिन इलाका प्रहरी कार्यालय कोहलपुरमा जाँदा प्रहरीले बेवास्ता गरेको आरोप पीडित परिवारले लगाएको छ।

मृतक पार्वतीका हजुरबुबा जलामु थारुले भने– “जाहेरी दिन र हाम्रो कुरा सुनिदिनोस् भन्दै कति पटक आएँ। तर वास्ता भएन। प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि जिल्ला प्रशासन कार्यालयमा गएर तोक लगाएँ।’

त्यसपछि हुलाक कार्यालयबाट पठाएको जाहेरीलाई इलाका प्रहरी कार्यालयले बाध्य भएर दर्ता गरेको पीडितले बताएका छन्।

इलाका प्रहरी कार्यालय कोहलपुरका इञ्चार्ज प्रहरी निरीक्षक रूपेश रावलले जाहेरी नमिलेको हुँदा पुनः ल्याउन आग्रह गर्दा पछि उनीहरू नआएको बताउनुभयो। त्यतिबेला मोबाइलमा रेकर्ड भएको कुरा पीडितले नबताएको प्रहरीको भनाइ छ। तर, पीडित परिवारले भने पीडक व्यक्तिहरूसँग प्रहरी मिलेको आरोप लगाएका छन्।

Popularity: 7%

2 comments December 29th, 2010

अझै प्रम चयन हुनेमा आशङ्का

एचकेनेपाल डट कम संवाददाता-
उपप्रधानमन्त्री विजयकुमार गच्छदारले यही पुस २५ गतेदेखि सुरु हुने संसदको नियमित अधिवेशनबाट पनि प्रधानमन्त्री चयन हुनेमा आशङ्का व्यक्त गर्नुभएको छ।

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) केन्द्रीय प्रशिक्षण समितिद्वारा सप्तरीको कल्याणपुरमा सुरु भएको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले ठूला तीन दलका नेताहरु आ–आफ्नै अडानमा रहेकाले नियमित अधिवेशनबाट पनि प्रधानमन्त्री चयन हुनेमा आशङ्का व्यक्त गर्नुभएको हो।

उहाँले एमाओवादी, काँग्रेस र एमालेका नेताहरु प्रधानमन्त्री बन्न केन्द्रित रहेकाले गतिरोध बढेको बताउँदै सत्ता सञ्चालन गर्न ठूला तीन दल असफल भइसकेकाले मधेसकेन्द्रित दललाई सत्ता सञ्चालनको जिम्मा दिनुपर्ने बताउनुभयो।

सोही सभामा फोरम (लोकतान्त्रिक)का वरिष्ठ नेता तथा मन्त्री शरत्सिंह भण्डारीले ठूला तीन दलका कारण गतिरोध बढेको आँैल्याउँदै अब राज्य सञ्चालनको जिम्मा आफूहरुलाई दिनुपर्ने बताउनुभयो।

Popularity: 7%

Add comment December 29th, 2010

निक्कै अभागी र अति राष्ट्रवादी चिन्तक पूर्णप्रसाद ब्राह्मण

नरेन्द्रराज प्रसाई / एचकेनेपाल डट कम-
नेपाली समालोचनाका शङ्कराचार्य ईश्वर बरालले लेखेका थिए ‘’एकदर्जन जति लालाबालाका लालनपालनका समस्याले अनिवार्यतः पिरोलिनुपर्दा पूर्णप्रसाद ब्रह्ममणको अधिकांश समय नाना व्यवहारिक प्रपञ्चले नै व्यथ्ति भयो ।'’ वास्तवमा ब्रह्ममणको गतिशील बुद्धि आर्थिक कारणले नै तहसनहस भएको थियो । त्यसपछि न त यिनले आर्थिक अवस्था सुधार्न सके, न त आफ्नो बौद्धिकता प्रदर्शन गर्न सके । तर पनि नेपाली समाजमा उनी इमानमा नै बाँचे । आफ्नो इमानको प्रदर्शन गरेर नै उनी एक पटक प्रमुख निर्वाचन आयुक्त पनि भए । अनि राजाका धुपौरेका षड्यन्त्रले यी चाँडै बर्खास्तीमा पनि परे । यतिहुँदाहुदै पनि यी भोकै बसे तर ओहोदा र पदका लागि यिनले आफ्नो शिर कहिले भाँचेनन्।

ब्राह्ममण घरमा फिका चिया खाएर राजनीतिका ठुलाठूला कुरा गर्थे । खास गरेर राजतन्त्रका बारे वकालत गरेर उनी आफ्नो दिनचर्या धान्थे। राजा महेन्द्र विनाको नेपालमा भने उनी सारै हेला भए । त्यसैले उनको अटल राजभक्तिको धारा कसैले राजाका सामु पुर्याउँदैन थिए । बरु उनका विरोधमा उल्टै राजालाई पोल लगाई दिन्थे ‘’सरकार ! ब्राहृमणले राजंस्थाको बद्खुवाइँ गर्छ ।'’ त्यसैले यी मर्ने बेलासम्म पनि यिनलाई हेर्न राजदरबारका कुनै कर्मचारी पुगेनन् । मृत्युशैयाबाट एक दिन उनले नरेन्द्रराज प्रसाईलाई बौलाए र भने ‘’मेरो हारगुहार कसैले सुनेन र म भोकै मर्न बाध्य भएँ । आपत विपत परेको बेला मलाई कसैले एक पैसाको सहयोग गरेनन् । म औषधी गर्न नपाई मर्दैछु ।'’ शिक्षण अस्पतालमा सुतेर उनले केही दिन गनगन गरेर आँखा भिजाए । अन्ततः उनको भौतिकचोला त्यहीं उठ्यो । अर्थात उनी २०४६ साल जेठ ३० गते उनी स्वर्गीय भए।

ब्रह्ममणले आफ्नो जीवनमा परिवारजनका लागि पनि धेरै गरे । उनले दुईटी स्वास्नीबाट जन्माएका चौध सन्तानलाई पालनपेषण गरे । तर चौध सन्तानले चाहिं एउटा बाबु पाल्न सकेनन्।

ब्रह्ममणको जन्म १९७९ सालमा गोरखा जिल्लाको काफल डाँडा गाउँमा भएको थियो। उनले बनारसबाट दर्शनमा आचार्य उत्तीर्ण गरेका थिए।

ब्रह्ममण आफ्नो देशमा विदेशको राजनीतिक दलाली, साम्प्रदायिक क्षुद्रभावना संस्कृति र संस्कृत भाषाको निन्दा भएको मन पराउदैन थिए । उनी नेपाली राष्ट्रियताका कट्टर हिमायती थिए। ब्रह्ममण अन्याय, अत्याचार र भ्रष्ट्राचारका विरोधी थिए । उनी क्रान्तिकारी पनि थिए । उनी २००४ सालमा ‘जयतु संस्कृतम्’को नारा दिई एकतन्त्री राणाहरूको विरोधमा उभिएका थिए । उनी निडर, निर्भीक र खुलस्त पनि थिए । उनी आफ्नो अनुभव केलाएर भन्थे ‘’नेपाली राष्ट्रियताका लागि राजा महेन्द्रको दर्शन नै सर्वस्व हो । पृथ्वीनारायण शाह, राजा महेन्द्र र महात्मा गान्धीलाई आफ्नो प्रेरणाको स्रोत मान्ने ब्रह्ममणले नेपालका लागि आफ्नो सम्प जीवन समर्पित गरे।

ब्रह्ममणका विभिन्न लेख, रचनाका साथै सात वटा पुस्तक प्रकाशित थिए । उनी राजनीति र साहित्य दुबै क्षेत्रमा बराबरी कलम चोप्थे । साथै संस्कृतका यी धुरन्धर विद्वान थिए । त्यसैले यिनलाई संस्कृत साहित्यका महाकविको दर्जा पनि दिइएको थियो।

ब्रह्ममणले प्रजातन्त्र हुनुभन्दा ३-४ वर्षघिदेखि नेपाली जनताका बीचमा भित्रभित्र राणाशासन विरुद्ध व्रि्रोही कथा, कविता प्रकाशित गरी प्रचार गरे । प्रजातन्त्र आएपछि उनले सर्वोदय भावनाको प्रचार गरे । त्यतिमात्र होइन राणाकालमा संस्कृत शिक्षाका लागि क्रान्तिकारी आवाज उठाउने उनी एउटा दरो मान्छे थिए।

राणाशासनको समयमा बाहुनले हलो जोत्नु हुँदैनथ्यो । त्यति बेलै ब्राहृमणले त्यो पुरानो अन्धो परम्परा तोडे । त्यस बेला उनले गरीब बाहुनहरूको कल्याणका लागि हलो जोतिदिएर ब्रह्ममण समुदायलाई हलो जोत्ने प्रेरणा दिए।

ब्राहृमण राणाकालीन संसदका सदस्य थिए । त्यस पदमा रहेका बेला पनि उनले शासन प्रक्रियामा सुधारल्याउन जोड गरेका थिए । उनी राणाहरूका कैयौं कुण्ठा खपेर संर्घष्ामा नै होमिए । जनताप्रतिको आवाज सुनेर सांसद ब्रह्ममणलाई राणाले एउटा ठूलो फलामे पिंजडामा कोचिदिए । राणाकै संसद सदस्य पिंजडामा कैदी भएको त्यो एउटा ज्वलन्त प्रसङ्ग थियो
२००८मा ब्रह्ममण प्रजापरिषद्का सदस्य बने । त्यही समय उनी पुनः जेल परे । जेलबाट छुटकारा पाएपछि प्रजापरिषद् छाडेर उनी राष्ट्रिय महासभाको सदस्य भए । उनी थोरै समयमै त्यस संस्थाको महामन्त्री पनि भए।

ब्रह्ममणको आफ्नै संस्थाको मुक्ति सेना व्रि्रोही भयो । त्यति बेला धेरै मरे, धेरै जेल परे, तर उनीचाहिं भागेर भारत गए । त्यस बखत विद्रोह असफल भयो तर जेल तोडियो । अनि अरु सबै बन्दी पनि छाडिएकाले डा.के.आई. सिंह पनि छाडिए । तर यस व्रि्रोहबारे के.आई.सिंहलाई केही थाहा थिएन र पनि उनी चीनमा शरण लिन पुगे । यस काण्डको नाम चाहिं के.आई.सिंह काण्ड भन्ने रहृयो।

ब्रह्ममण ले त्यस बेला म गान्धीवादी हुँ भनी माफ मागेर नेपाल आए । केही वर्षछि अर्थात् २०१२ सालमा उनले सर्वोदयवादी राष्ट्रिय जनराज्य परिषद्नामक राजनीतिक संस्था खोलेर आफ्नो गान्धीवादी राजनीतिको प्रचारकार्य प्रारम्भ गरेका थिए।

ब्रह्ममणले विभिन्न सङ्गठनहरूमा केही समय कार्यहरू गरे । २०१७ को काण्ड भएपछि सबै पार्टी र सङ्गठनहरू निलम्बन भए । अनि औपचारिक रुपमा उनी पनि निस्कृय देखिए तापनि भित्रभित्रै उनले राजा महेन्द्रलाई सहयोग गरिरहेका थिए । २०२० सालमा गठित राष्ट्रिय निर्देशन परिषद्का अध्यक्ष राजा महेन्द्रले उनलाई त्यस परिषद्को सदस्यसचिवमा नियुक्त गरे । त्यहाँ रहेर उनले आफ्नो गच्छे जनमाझ देखाउन पाए । त्यसपछि उनी निर्वाचन आयोगका सदस्य भए र केही समयपछि प्रमुख निर्वाचन आयुक्तमा बढुवा पनि भए।

पण्डित देवीदत्त र रुक्मिणीदेवीका सुपुत्र ब्रह्ममणको पारिवारिक जीवन त्यसरी नै चलेको थियो जसरी श्रमिक वर्गका मानवचोलामा चलरिहन्छ । भनौ त्यहाँ न खानको टन्टा न सुत्नको पीर थियो । उनी जे छ त्यही खान्थे र आनन्दले सुत्थे । तर गफैगफमा उनी फुरुङ्गै हुन्थे । त्यसैले उनी राजनीतिमा दिन फ्याँक्थे । उनको सिद्धान्तको मूल मन्त्र एउटै थियो ‘नेपालको स्वतन्त्र अस्थित्व सधै्र अटल रहोस।'’
naiprasai@gmail.com

Popularity: 7%

Add comment December 29th, 2010

Previous Posts


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

December 2010
M T W T F S S
« Dec   Jan »
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Posts by Month

Posts by Category

More news....