Archive for December 10th, 2010

पोखरामा सहयोगी हातहरु साँस्कृतिक कार्यक्रम हुने

हुम तमु, पोखरा / एचकेनेपाल डट कम-
अपाङ्गता भएका व्यक्तिहरुका लागि कम्युटर प्रशिक्षण केन्द्र स्थापनाका लागि पुस १० गते पोखरा सभागृहमा सहयोगी हातहरु साँस्कृतिक कार्यक्रम हुने भएको छ।

अपाङ्गहरुलाई स्वावलम्वन तथा आत्मनिर्भर बनाउने उद्धेश्यले स्वालम्वन जीवन पद्धति केन्द्र पोखराको आयोजनामा हुने साँस्कृतिक कार्यक्रममा राजेशपायल राई, रेश्मा सुनुवार, राजु गुरुङ, शर्मिला गुरुङ, पुष्पा गुरुङलगायतको प्रस्तुति रहने कार्यक्रम संयोजक नरबहादुर गुरुङ जानकारी दिनुभयो।

Recent Videos:

Popularity: 12%

Add comment December 10th, 2010

स्व. हर्कमान स्मृति छात्रवृत्ति वितरण

विना तमु, पोखरा / पोखरा एचकेनेपाल डट कम-
उच्च शिक्षा हाम्रो लक्ष्यका साथ स्थापना भएको तमु साँस्कृतिक प्रतिष्ठान नेपालले आज एक कार्यक्रमका विच कास्की अर्मला गाविसको जुम्लेटीस्थित शान्ति उच्चमाविमा कक्षा ९ मा अध्ययनरत अनिल तमुलाई स्वर्गीय हर्कमान तमु स्मृति छात्रवृत्ति प्रदान गरेको छ।

ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययरत तमु विद्यार्थीलाई शिक्षा प्रति प्रोत्साहन गर्न वितरण गर्दै आएको छात्रवृत्ति अर्न्तगत अनिल तमुलाई प्रतिष्ठानका अध्यक्ष झम तमु, सदस्यहरु भेष तमु, ओम तमु सहितको टोलीले ६ हजार रुपैया र स्वर्गीय हर्कमान तमु स्मृति छात्रवृत्तिपत्र प्रदान गरेको हो।

Recent Videos:

Popularity: 12%

Add comment December 10th, 2010

असान्जको गिरफ्तारीप्रति अनलाईन पत्रकार संघको गम्भीर चासो

एचकेनेपाल डट कम संवाददाता-
विकिलिक्स डट ओआरजीका संस्थापक जुलियन असान्जको गिरफ्तारीप्रति अनलाईन पत्रकार संघले गम्भीर चासो ब्यक्त गरेको छ।

संघका अध्यक्ष केपी ढुङ्गानाले शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै असान्जको गिरफ्तारीप्रति गम्भीर चासो व्यक्त गरेको हो।

प्रेस विज्ञप्तिमा भनेको छ- ‘कुनैपनि बहानामा इन्टरनेटको माध्यमवाट निर्वाध रुपमा सूचना सम्प्रेषण गर्न पाउने विश्वव्यापी लोकतान्त्रिक मान्यता यस घटनावाट प्रभावित हुनहुन्न भन्ने संघको ठहर छ।’

‘तसर्थ, संघ सम्बन्धित पक्षहरुलाई अभिब्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताको कदर गर्न आब्हान गर्दै असान्जमाथिको कारवाही राजनीतिक पूर्वाग्रहवाट प्रेरित नहोस भन्ने आग्रह गर्दछ। यसै सर्न्दभमा विभिन्न साइटहरुमाथि भएका जुनसुकै पक्षका आक्रमणको संघ निन्दा गर्दछ’, विज्ञप्तिमा जनाएको छ।

Popularity: 12%

Add comment December 10th, 2010

कतारमा एनआरएन सांस्कृतिक साँझ कार्यक्रमको तयारी

बिल गुरूङ दोहा, कतार/ एचकेनेपाल डट कम-
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको आयोजनामा यहि डिसेम्वर ३१ तारिख शुक्रवारका दिन हुन गई रहेको “एनआरएन सांस्कृतिक साँझ” कार्यक्रमको तयारी जोडतोडले भई रहेको आयोजकले जनाएका छन्।

प्रवासमा रहेर पनि नेपाली कला र संस्कृतिको संरक्षण सर्म्बर्धन गर्न अंग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा यो सांस्कृतिक कार्यक्रमको आयोजना हुदै छ।

विशेषतः नयाँ वर्ष २०११ लाई स्वागत गर्न र नेपाली कला र संस्कृतिको माध्यमबाट कतारवासी नेपालीहरु विच शुभकामना आदनप्रदानको राम्रो अवसर श्रृजना गर्न पनि यस कार्यक्रमको आयोजना गरिएको हो। साथै नेपाल सरकारले घोषणा गरेको “नेपाल पर्यटन वर्ष२०११” लाई सफल पार्नको लागि आवश्यक पृष्ठभूमि तयार पार्न पनि यस कार्यक्रम सहयोगी सिद्ध हुने विश्वास आयोजकहरुले लिएका छन्।

स्मरण रहोस् गत हप्ता मात्रै यस कार्यक्रमका लागि नेपालबाट कतार आउने कलाकारहरुको छनौट भएको छ। एनआरएनए-एनसीसी कतारका अध्यक्ष नरेन्द्र भाटले बताउनु भए अनुसार नेपालको हरेक क्षेत्रको कला र संस्कृतिलाई समेट्ने प्रयास यस कार्यक्रममा गरिएको छ। नेपालबाट कतारमा विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरुलाई भरपूर मनोरञ्जन दिलाउने उद्धेश्य यस कार्यक्रमको रहेको छ। के पूर्व, के पश्चिम, के हिमाल/पहाड र के तराई/मधेश नेपालको सबै भूभागबाट प्रतिनिधित्व गर्ने सफल कलाकारहरुको प्रस्तुती रहने गरि एउटा राम्रो सांस्कृतिक प्याकेज प्रस्तुत गर्ने योजना अनुसार नै कलाकारहरुको चयन गरिएको छ। वास्तविक नेपाली सांस्कृतिक कार्यक्रमको रुपमा यस कार्यक्रमलाई आम कतारवासी नेपाली दर्शक सामु पस्कने अध्यक्ष भाटले बताए।

सांस्कृतिक कार्यक्रम विहान १०:३० बजे, दिउसो २:३० बजे र साँझ ६:३० बजे गरि जम्मा तीन सो हुने छन् भने कार्यक्रमको लागि कतारी रियल ४० र ६० दरका टिकटको व्यवस्था गरिएको आयोजकले जनाएका छन्।

कतारवासी नेपालीहरुले हरेक नेपाली सांस्कृतिक कार्यक्रमहरुलाई संधै माया र साथ दिदै आई रहेका छन्। यहाँ स्थित नेपाली उद्योग व्यवसायीदेखि रोजगारको लागि आएका आम नेपाली मज्दुरहरुको साथ र सहयोग पाउने विश्वासका साथ यस कार्यक्रमको आयोजना गर्न लागिएको अध्यक्ष भाटले बताए। कतारमा कार्यरत समाजसेवी तथा व्यवसायीहरुले यस कार्यक्रमको लागि प्रायोजन गर्ने वचन दिनु भएको छ। हालसम्म क्रमशः सागर नेपालः क.रि.दश हजार, हिमाल गिरीः क.रि.५ हजार ५ सय, नरेन्द्र भाटः क.रि.५ हजार, उमेश अधिकारीः क.रि.५ हजार, टि.बि.कार्कीः क.रि.५ हजार, पुर्ण के.सी.ः क.रि.२ हजार र लक्षमण खतिवडाः क.रि.१ हजार ५ सय आर्थिक सहयोग गरि कार्यक्रमलाई प्रायोजन गर्ने बचनबद्धता जनाई सक्नु भएको छ। त्यसै गरि अन्य नेपाली तथा विदेशी व्यवसायीहरुसंग पनि छलफल चलिरहेको कुरा आयोजकले जनाएका छन्।

कतारमा नेपाली कला र संस्कृतिलाई माया गर्ने नेपालीहरुका विभिन्न संघ/संस्थाहरु स्थापना भएका छन्। ति संघ/संस्थाहरुबाट पनि सक्दो सहयोग पाउने आश्वसन प्राप्त भएको छ। विशेषतः यो कार्यक्रमले नेपाली कला र संस्कृतिको र सिंगो नेपालको चिनारी दिलाउने भएकोले नेपाल पर्यटन वर्ष२०११ लाई टेवा पुग्ने विश्वास आयोजकको रहेको छ। साथै सोही कार्यक्रमका दिन नेपालका सर्वाधिक सफल तेक्वान्दो खेलाडी दिपक विष्टलाई पनि एनआरएनए-एनसीसी कतारद्वारा सम्मान गरिने छ।

Popularity: 11%

Add comment December 10th, 2010

अपहरणमा प्रहरी नै संलग्न

एचकेनेपाल डट कम संवाददाता-
दुई व्यक्ति अपहरण तथा भारतीय सवारी साधन लुट्नेमा प्रहरी नै संलग्न रहेको खुलासा भएको छ।

अपहरणमा संलग्न एक प्रहरीसहित पाँच जनालाई प्रहरीले शुक्रवार सार्वजनिक गरेको छ।

प्रकाउ पर्नेहरूमा मेची अञ्चल प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान झापा सुरुङ्गा-९ का विनोद कार्की, झापाको अर्जुनधारा घर भएका लभकुमार श्रेष्ठ, झापा शान्तिनगर-३ का महेन्द्र कार्की, भारत पानीटयाङ्कीका बब्लु राजवंशी, र अर्जुनधारा-३ का नारायण हाडा छन्।

भारतको दार्जिलिङबाट डब्ल्यु बी ७३द्य३४८३ नंको पिकअप अपहरणपछि उनीहरू इलामको किटेनीबाट प्रकाउ परेको प्रहरीले जनाएको छ। भारतीय गाडीको नम्बर परिवर्तन गरी बा५प ६३५५ नंको बनाई नारायण हाडा श्रेष्ठलाई बिक्री गरिएको अवस्थामा फेला पारेको इलामका प्रहरी नायब उपरीक्षक विक्रमबहादुर चन्दले बताएका छन्।

प्रहरीले उनीहरूबाट एकथान पेस्तोल र चाइनिज छुरी बरामद गरिएको बताएको छ।

Popularity: 11%

Add comment December 10th, 2010

भुटानकी मुमा बडामहारानी बुद्धको जन्मस्थलमा

शेर्पा वर्ल्ड/ एचकेनेपाल डट कम-
भुटानकी मुमा बडामहारानी अशी केसङ छोडेन शान्तिका महानायक भगवान शाक्यमुनी बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा पुग्नु भएको छ।

शेछेन गुम्बा (फ्रान्स) द्वारा नवनिर्मित चैत्यको उद्घाटन गर्न बुद्ध एयरको विशेष विमानबाट भुटानकी मुमा बडामहारानी छोडेन नेपालका संस्कृति मन्त्री डा. मिनेन्द्र रिजालको साथ लुम्बिनी पुग्नु भएको हो।

मुमावडामहारानीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष आचार्य कर्मा साङबो शेर्पालगायत नेपाल सरकारका प्रतिनिधीहरुले गौतमबुद्ध विमानस्थल भैरहवामा भव्य स्वागत गर्नुभएको थियो। उहाँको साथमा उहाँकी छोरीलगायत भुटानका उच्चअधिकारीहरु तथा फ्रान्सका महामहिम राजदूतको समेत उपस्थित रहेको थियो।

मुमा वडामहारानीले भगवान बुद्धको जन्मस्मारक शिला, अशोक पिलर, पवित्र पोखरीलगायत पुरातात्विक महात्वका भग्नावशेषहरुको दर्शन अवलोकन गर्नुभएको थियो।

दर्शन अवलोकनको क्रममा कोषका उपाध्यक्ष आचार्य कर्मा साङवो शेर्पाले लुम्बिनीको महत्वको विषयमा जानकारी गराउनु भएको थियो।

Popularity: 11%

Add comment December 10th, 2010

साढे २२ किलोको लौका. साढे १८ किलोको फर्सी

एचकेनेपाल डट कम संवाददाता-
कैलालीका एक किसानले बारीमा २२.५ किलो तौलको लौका फलाएर सबैलाई आश्चर्यमा पारेका छन्। जिल्लाको पूर्वी क्षेत्रको पथरैया गाविस–२ का कृषक विस्राम चौधरीको बारीमा उक्त लौका फलेको हो। स्थानीय जातको सो लौका जैविक मल प्रयोग गरेर फलेको चौधरीले बताएका छन्।

नमुना कृषक समूह पथरैयाका सदस्य समेत रहेका कृषक चौधरीको बारीमा फलेको सो लौका सुदूरपश्चिम महोत्सवमा प्रदर्शनका लागि राखिएको छ।

यसैगरेर प्रदर्शनीमा १८.५ किलो ग्रामको फर्सीसमेत राखिएको छ। मसुरीया कृषक समूहकी सीता चौधरीको बारीमा यति ठूलो फर्सी फलेको प्रदर्शनी स्थलमा बस्नुभएकी बिन्दाकुमार लिङ्खाले बताउनुभयो।

Popularity: 12%

Add comment December 10th, 2010

अधिवेशन चाँडो बोलाऊः एमाले अध्यक्ष

एचकेनेपाल डट कम संवाददाता-
(एमाले) का अध्यक्ष झलनाथ खनालले व्यवस्थापिका– संसद्को नियमित अधिवेशन यथाशक्य चाँडो आह्वान गर्नुपर्ने बताउनुभएको छ।

दक्षिण अफ्रिकाको जोहानसवर्गमा सम्पन्न अन्तर्राष्ट्रिय कम्युनिस्ट र मजदुर पार्टीको बैठकमा भाग लिएर स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष खनालले संसद्को अधिवेशन बोलाउन राजनीतिक दलहरूबीच सहमति हुनुपर्ने उल्लेख गर्नुभयो।

उहाँले एनेकपा (माओवादी) ले विशेष अधिवेशनका लागि पहल गरेको सम्बन्धमा त्यसको औचित्यका आधारमा दलहरू बसेर छलफल गर्न सकिने बताउनुभयो।

अध्यक्ष खनालले भन्नुभयो, ‘विशेष अधिवेशन बोलाउन पाउनु सभासद्हरूको अधिकार हो। २५ प्रतिशत सभासद् पुगेमा जुनसुकै बेला बोलाउन सकिन्छ। तर विद्यमान गतिरोधका मुद्दालाई कसरी सहमति र समाधान गर्ने भन्ने विषय प्रमुख हो।’

उहाँले नयाँ संविधान जारी गर्ने समय छ महिनामात्रै बाँकी रहेकाले दलहरूका बीचमा कटुता बढाउने कुनै पनि कदम चाल्न नहुने भन्दै सहमति गरेर जानुको विकल्प नभएको बताउनुभयो।

Popularity: 11%

Add comment December 10th, 2010

असहमतिका विषयलाई असंशोधनीय सूचीका रुपमा राख्न नहुने

एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी)ले सबै दलहरूबीच पूर्ण सहमति भएकाबाहेक असहमति कायम रहेका विषयलाई नयाँ संविधानमा असंशोधनीय सूचीका रूपमा राख्न नहुने अडान लिएको छ।

नयाँ संविधानका विषयवस्तुबारे विवादित विषयलाई टुङ्गो लगाउन गठित उच्चस्तरीय कार्यदलको बैठकमा एमाओवादीले यस्तो अडान राखेको जानकारी दिँदै कार्यदलका सहयोगी देवप्रसाद गुरुङले भन्नुभयो– “धेरै विषयलाई ‘असंशोधनीय’ सूचीका रूपमा राख्दा संविधान कठोर हुन गइ जनताको इच्छाअनुसारको संविधान नबन्ने भएकाले पुनः विद्रोह हुने सम्भावना रहन्छ।”

दलहरूबीच सहमति रहेका गणतन्त्र, सार्वभौमसत्ता, धर्मनिरपेक्षताजस्ता विषयलाई मात्र संविधानमा अपरिवर्तनीय मौलिक हकका रूपमा राख्न सकिने बताउँदै उहाँले भन्नुभयो– “आजको विश्वमा बहुलवाद, मानवअधिकार, प्रेस स्वतन्त्रताजस्ता विषयको परिभाषा पुरानै अवस्थामा लगाउन नसकिने भएकाले यी विषयलाई अपरिवर्तनीय भनेर उल्लेख गर्दा नयाँ संविधान पनि ‘कठोर’ हुनजान्छ।”

एमाओवादीले नयाँ संविधानमा संसदलाई छलेर जनमतसङ्ग्रहमा जाने व्यवस्था राख्न नहुने स्पष्ट पारेको छ।

Popularity: 11%

Add comment December 10th, 2010

आज विवाह महोत्सव मनाइँदै

एचकेनेपाल डट कम संवाददाता-
मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान सीताराम विवाह महोत्सव शुक्रबार पौराणिक प्रचलनअनुसार मनाइँदैछ।

जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले गोस्वामी तुलसीदासद्वारा रचित रामायणमा भएको वर्णनअनुसार यसलाई विशेष महोत्सवका रुपमा मनाउने गरेका छन्।

त्रेतायुगमा मिथिला नरेश जनकले आफ्नी छोरी सीताको स्वयम्बरका लागि राखेका शिवधनुषलाई अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र रामले तीन टुक्रा पारेपछि मङ्सिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो।

Popularity: 11%

Add comment December 10th, 2010


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

December 2010
M T W T F S S
« Dec   Jan »
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Posts by Month

Posts by Category

More news....