Archive for January, 2011

सरकार बनाउन नदिन षडयन्त्र सुरु भइसक्यो– अध्यक्ष प्रचण्ड

एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अरु राजनीतिक दलहरूले भने जसरी माघ २३ गते पनि नयाँ सरकार नबन्ने आशङ्का व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभयो, ‘हिजैदेखि त्यस्तो षडयन्त्र भइरहेको आफूले पाएकाले अझै सरकार बन्ने सङ्केत मैले देखेको छैन।’

एनेकपा निकट सहिद प्रतिष्ठान नेपालद्वारा स्थापित सहिद स्मृति विद्यालय हाँसपोसाको उद्घाटन गर्दै अध्यक्ष दाहालले माओवादीको नेतृत्व नमान्ने शक्तिहरूबीच षडयन्त्र र चलखेल सुरु भइसकेकाले देशले त्यसदिन पनि सरकार पाउने परिस्थिति नरहेको स्पष्ट गर्नुभयो।

देशलाई अघि बढाउनेभन्दा पनि कसरी अस्थिरतामा राख्ने भन्ने प्रतिक्रियावादी शक्तिहरूको चलखेल तीव्ररूपमा भइरहेको औंल्याउँदै अध्यक्ष दाहालले यो गम्भीर अवस्थामा देशलाई बचाइ जनताको चाहनाअनुसारको स्थितिमा सुधार ल्याउन सबै नेपालीले पुनः एकचोटी खबरदारी गर्नैपर्ने स्थिति आइरहेको बताउनुभयो।

सर्वोच्च अदालतको आदेश तथा संसद नियमावलीमा गरिएको संशोधनले प्रधानमन्त्रीको निर्वाचनमा सांसदहरूले अनिवार्य मतदान गर्नुपर्ने व्यवस्था गरिए पनि नियतवश संसदमा नआउने वा आए पनि मतदान गर्दा वैधानिक नहुनेगरी मतदान गर्न सक्ने सङ्केतहरू आफूले पाएको पनि अध्यक्ष दाहालले दाबी गर्नुभयो।

अर्को प्रसङ्गमा २०१६ सालमा प्रधानमन्त्री हुनुभएका बिपी कोइरालालाई पनि पहिला चीन भ्रमणमा जाँदा २०१७ सालको षडयन्त्र गरिएको स्मरण गर्दै अध्यक्ष दाहालले आफूमाथि पनि त्यही षडयन्त्र भइरहेको बताउनुभयो।

शान्तिप्रक्रियामा आएर संविधानसभा निर्वाचनपछि आफूले सरकारको नेतृत्व गरी पहिला चीन गएकैले सरकारबाट बाहिरिनु परेको चर्चा गर्दै उहाँले अहिले पनि त्यही स्थिति दोहोरिने वातावरण बनिरहेको र यो चलखेल अहिले पनि भइरहेको बताउनुभयो।

भोलि पनि दलहरूसँग सहमतीय वा बहुमतीय प्रणालीबाट सरकार बनाउने विषयमा विस्तृत छलफल छ, त्यो छलफलले पनि निकास दिन नसक्ने देखिएको छ भन्दै अध्यक्ष दाहालले दलहरूसँगको छलफल ज्यादै दिक्दारलाग्दो बन्दै गएको बताउनुभयो।

धेरैपटक दलहरूसँग सहमतीय वा बहुमतीय सरकार बनाउने छलफलमा बसियो तर ती सबै बैठक र छलफल व्यर्थ बन्दै गइरहेको भन्दै अध्यक्ष दाहालले निराशा प्रकट गर्नुभएको थियो।

सो कार्यक्रममा अध्यक्ष दाहालले सहिद स्मृति विद्यालय निर्माणमा सहयोग पुर्‍याउने समाजसेवीलाई र अन्य दाताहरूलाई सम्मान समेत गर्नुभयो।

Recent Videos:

Popularity: 8%

5 comments January 31st, 2011

२३ गतेसम्म पनि सरकार बन्दैन : बिजुक्छे

एचकेनेपाल डट कम संवाददाता-
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले माघ २३ गतेसम्म पनि सरकार नबन्ने दाबी गर्नु भएको छ।

नेपाल मजदुर किसान पार्टीको ३७ औं स्थापना दिवसको अवसरमा नेपाल क्रान्तिकारी युवा सङ्घले आयोजना गरेको विविध कार्यक्रमका विजेतालाई पुरस्कार वितरण गर्दै उहाँले यस्तो दाबी गर्नु भएको हो।

अध्यक्ष बिजुक्छेले सहमतिको सरकार पनि नबन्ने र बहुमतीय सरकार पनि नबन्ने बताउनुभयो। सरकारको नेतृत्व दाबी गर्ने तीनवटै दल आ–आफ्नै अडानमा रहेकाले सहमतीय सरकार नबन्ने र निर्वाचनको दिनमा पनि सभासद् उपस्थित नहुने र मतदान नगर्ने दाबी गर्नुभयो।

उहाँले अहिलेकै सरकार रहँदा पनि ठूला तीनवटै दललाई फाइदा भइरहेकाले अहिलेको समस्या समाधान गर्न गम्भीर नभएको आरोप लगाउनुभयो।

काँग्रेस, एमाले सरकारमा बसेर फाइदा लुटिरहेका र माओवादी विपक्षमै बसेर सरकार सरहको फाइदा लुटिरहेकाले समस्या समाधानमा गम्भीर नभएको उहाँको भनाइ छ।

Recent Videos:

Popularity: 8%

Add comment January 31st, 2011

काँग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ–मन्त्री डा रिजाल

एचकेनेपाल डट कम संवाददाता-
संस्कृतिमन्त्री तथा नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजालले काँग्रेसको नेतृत्वमा सरकार निर्माण भएमात्र शान्तिप्रक्रिया र संविधान लेखनको कार्य पूरा हुने बताउनुभएको छ।

उहाँले लोकतान्त्रिक गठबन्धनलाई कायम राखी काँग्रेसको नेतृत्वमा सरकार निर्माण गर्न नेकपा (एमाले) र एनेकपा (माओवादी)ले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो।

एमाओवादीको नेतृत्वको सरकारलाई पार्टीले सहयोग नगर्ने आधिकारिक निर्णय गरेको उल्लेख गर्दै उहाँले शान्तिप्रक्रिया र संविधान लेखनका लागि एमाओवादी नेतृत्वको सरकारले पूरा गर्न नसक्ने विचार राख्नुभयो।

विशेष समिति मातहातमा रहेका एमाओवादी लडाकूको समायोजन र पुनःस्थापन, हतियार व्यवस्थापन र नागरिक पार्टीको रूपमा एमाओवादी नआएसम्म माओवादी नेतृत्व मान्य नहुने बताउनुभयो।

Popularity: 7%

1 comment January 31st, 2011

बाधक एमाले र काँग्रेस— महासचिव थापा

एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी)का महासचिव रामबहादुर थापाले शान्ति र संविधान निर्माण अहिलेको मुख्य विषय भएको बताउनुभएको छ। उहाँले एमाले र काँग्रेस नयाँ संविधान निर्माण र शान्तिप्रक्रिया निष्कर्षमा पुर्‍याउनतर्फ गम्भीर नभएको आरोपसमेत लगाउनुभएको छ।

सहिद दिवसको अवसरमा चितवनको सप्तगण्डकी कलेजमा आज आयोजित एक कार्यक्रममा उहाँले माओवादीले हदैसम्म लचकता प्रदर्शन गरेको भए पनि सत्ताधारी दुई दलले माओवादीलाई दबाउने रणनीति अपनाएको गुनासो गर्नुभयो।

माओवादीले लडाकूहरूलाई विशेष समितिमा ल्याइसकेको अवस्थामा नयाँ कुरा अघि सारेर नेपाली काँग्रेस र नेकपा (एमाले)ले बखेडा निकालेको उहाँको भनाइ थियो।

महासचिव थापाले माओवादीको नेतृत्वमा नयाँ सरकार निर्माण नै अहिलेको आवश्यकता भएको बताउनुभयो।

सहमतीय सरकार निर्माण गरी राज्यका समस्याको निकास दिनुपर्ने भनाइ राख्दै उहाँले अन्य दललाई सहमतिमा आउनसमेत आग्रह गर्नुभयो

Popularity: 7%

2 comments January 31st, 2011

पहिलो तमु भाषा विद्यालय मदर टङ्गसको अभिभावक दिवसको शुरु

भिम गुरुङ, देवदह रुपन्देही/ एचकेनेपाल डट कम-
तमु भाषा पठन पाठन गर्ने अधिराज्य भरिमा पहिलो र एकमात्र विद्यालय देवदह मदर टङ्गस एकेडेमी देवदह रुपन्देहीले आफ्नो १२ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको शुरु गरेको छ।

वार्षिक उत्सव तथा अभिभावक दिवसको पूर्व सन्ध्यामा आज अभिभावक केन्द्रित महिला तथा पुरुष अभिभावक खेलकुदहरु कार्यक्रमहरु सम्पन्न भएका छन्।

महिला अभिभावकहरु वीच भएको सियोमा धागो छिराउने खेलमा कृष्णकुमारी गुरुङ प्रथम, खिमकुमारी गुरुङ द्धितीय र वर्षा ज्ञवाली तृतीय भए। त्यसै गरी, कुर्ची दौडमा नन्दाकुमारी गुरुङ प्रथम, हिममाया गुरुङ द्धितीय र देउकला अधिकारी तृतीय भएका छन् भने घैटो फुटाउने खेलमा मधु पुनले जित हासिल गरेकी छिन्।

पुरुष अभिभावक भलिवलतर्फ नारायण ठाडाली, सोम गुरुङ, नारायण राना, भिमबहादुर गुरुङ, भिम राना, रवि घलेको टिम प्रथम भएको छ। त्यस्तै, रसी तान्ने खेलमा दिलबहादुर राना, खेमन सिंह राना, कुरेन्द्र गौतम, विर बहादुर राना, पूर्ण कामु, युवराज गुरुङको समूह विजय भएको छ।

भोलिदेखि विद्यार्थी केन्द्रित विभिन्न खेलकुद कार्यक्रमहरु सदन स्तरीय प्रतिस्पर्धा हुने प्रिन्सिपल रामबहादुर गुरुङले जानकारी गराउनु भएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टौबहादुर गुरुङको अध्यक्षतामा भएको प्रतियोगिता प्राधानाध्यापक रामबहादुर गुरुङले स्वागत, प्रवन्ध निर्देशक भिम गुरुङले कार्यक्रम औचित्यको बारेमा प्रकाश पार्नु भएको थियो। कार्यक्रम शिक्षक यमलाल शर्माको संचालनमा सम्पन्न भएको हो।

Popularity: 7%

Add comment January 30th, 2011

बेलायतका नेपाली राजदूत डा. चालिसेको एक बर्ष

धर्मराज अधिकारी, बेलायत/ एचकेनेपाल डट कम-
बेलायतस्थित नेपाली राजदूतावासले बर्ष २०१० उपलब्धिमूलक रहेको ठहर गरेका छन्। बर्ष २०१०का गतिविधिहरुको बारेमा जानकारी दिन शनिबार सांझ आयोजित कार्यक्रममा दूतावासले यस्तो जिकिर गरेका हुन्।

लण्डनस्थित दूतावासमा आयोजित कार्यक्रममा राजदूत चालिसेले गएको बर्ष दूतावासका लागि उपलब्धिमूलक रहेको बताएका हुन्। उहांले विश्वव्याकीकरणसंगै नेपाली दूतावासहरुमा परिवर्तन आवश्यक रहेको औंल्याउंदै आफ्नो कार्यकालमा केहि नयां उपलब्धिहरु भएको बताए। विगतका बर्षहरुमा भन्दा आफ्नो एक बर्षको कार्यकालमा दूतावास सफल भएको र केही उल्लेखनीय कामहरु गरेको टिप्पणी गरे।

राजदूत नियुक्त हुनुअघि संसदीय सुनुवाई समितिमा आफूले प्रस्तुत गरेका एजेण्डा सफलताका नजिक पुगेको उनको भनाई थियो। संसदीय सुनुवाई समितिमा बेलायती प्रधानमन्त्रीको नेपाल भ्रमण, पर्यटन तथा व्यापारमा विकास, गोर्खाहरुको समस्याका बारेमा आवाज उठाउने, पुननिर्माण तथा पुनस्थापनाका सवालमा थप सहयोग, सामाजिक सहभागिता तथा सांस्कृतिक विकासमा जोड दिने, नेपालको शान्ति प्रकृया र राजनीतिक अवस्थाका बारेमा सबैलाई जनाकारी गराउने लगायतका विषयमा जोड दिएको बताउंदै उहांले आफू त्यसको नजिक पुगेको दावी गरे।

बेलायती प्रधानमन्त्रीको नेपाल भ्रमणका सर्न्दर्भमा १५ जना बेलायती सांसदहरुदेखि महारानी एलिजाबेथसंग समेत छलफल चलाएको उनको भनाई थियो। चालिसेले यस विषयमा बेलायती महारानी र आफूले भेटेका सांसदहरु सकारात्मक भएको जानकारी दिए। केही सांसदहरुले प्रधानमन्त्रीलाई पत्र मार्फत नै नेपाल भ्रमण गर्न सुझाएको उनले बताए।

त्यसैगरी, दूतावासले नेपाल पर्यटन बर्षलाई सफल बनाउन विभिन्न स्थानमा कार्यक्रमहरु गरेको जानकारी दिए। पर्यटन प्रबर्द्धन सम्बन्धि त्यस्ता कार्यक्रमबाट नेपाली संस्कृति र नेपालको सुन्दरतासंग बेलायती नागरीकहरु परिचित भएको राजदूतले बताए।

गोर्खाहरुको समस्याका बारेमा आफू चिन्तित रहेका बताउंदै चालिसेले यस विषयमा बेलायतको रक्षा मन्त्रालयमा ब्रिफिङ गरेको जानकारी दिए। बेलायती महारानी संगको भेटमा समेत गोर्खाहरुको समस्याका बरेमा जानकारी गराएको उनले बताए। गोर्खाहरु नै नेपाल बेलायत सम्बन्धको मुल आधार भएकोले यसलाई आफूले गम्भिरताका साथ हेरेको उको भनाई थियो।

२०१० मा भएको नेपाली मेलामा सहभागिता जनाई त्यसलाई रिन्तराता दिने निर्णय गर्नु, एनआरएन र दूतावासबीचको सम्बन्धमा नयां आयाम थप्नु, नेपालको शान्ति प्रकृया र संविधान लेखनका सवालमा विभिन्न निकायमा जानकारी गराउनु, जस्ता उपलब्धिपूर्ण काम गरेको उनले बताए। दूतावास भवन तथा दूतावासको वेबसाइट, फोन लगायतमा सुधार गरिएको समेत चालिसेले बताए।

सो अवसरमा दूतावासका मिनिष्टर काउन्सीलर झपेन्द्र अर्याल तथा एट्याची खिमानन्द भुषालले नेपाल सरकारले ल्याएको मेशिन रिडएबल पासपोर्टका बारेमा जानकारी गराए। कार्यक्रममा मेशिन रिडएबल पासपोर्ट प्राप्त गर्नका लागि कम्तीमा तीन महिना समय लाग्ने जानकारी दिए।

दूतावासका अनुसार नयां पासपोर्ट बनाउनका लागि दूतावासमा फर्म प्राप्त गर्न सकिन्छ। राहदानीको म्याद छ महिना भन्दा कम भएको अवस्थामा मात्रै एम आर पी (मेशिन रिडएबल पासपोर्ट) का लागि आवेदन दिन सकिने दूतावासले जनाएको छ। नयां पासपोर्ट सम्बन्धि जानकारीका लागि दूतावासको वेबसाइट डब्लु डब्लु डब्लु डट नेपाल एमबेसी डट अर्ग तथा डब्लु डब्लु डब्लु डट सी पी ओ डट जी ओ भी डट एन पी मा हेर्न दूतावासले आग्रह गरेको छ।

दुतावासका एटेची गणेश अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा एनआरएनका अध्यक्ष सुर्य गुरुङ, समाजसेवी रिटायर्ड मेजर डमर घले, डा रागब धिताललगायत बेलायतस्थित नेपालीहरुको विशेष उपस्थिति रहेको थियो।

Popularity: 7%

Add comment January 30th, 2011

विश्वकै होचो मान्छे खगेन्द्र थापा कोरिया आउने

विश्वकै अग्लो हिमाल हेर्न नेपाल जानु,
विश्वकै होचो मान्छे फेब्रुवरी २ मा तपाइँ हाम्रै सामु

रघु त्रिपाठी, दक्षिण कोरिया/ एचकेनेपाल डट कम-
प्रकृतिले भरिपूर्ण हाम्रो देश अनेकौ बिबिधताले पनि उत्तिकै सम्पन्न छ। त्यसैमाथि विभिन्न जातजाति भाषाभाषी रहन सहनले हाम्रो पहिचान बिदेशी मुलुकमा छुट्टै छ। बिश्वकै अग्लो शिखर सगरमाथाको देश हाम्रो नेपाल बिश्वकै सबैभन्दा होचा व्यक्ति खगेन्द्र थापामगर भएको देश हाम्रो नेपाल त्यसैले त हामी गौरवान्वित छौ, आफूलाई नेपाली भनेर चिनाउन।

कहिले विश्वकै नजर सबै भन्दा अग्लो शिखरको रुपमा नेपाल रह्यो भने कहिले बिश्वकै सबै भन्दा होचा व्यक्तिको रुपमा नेपाल रह्यो। तिनै हाम्रो नेपालीहरुका गौरबशाली चिजहरुलाई प्रचार प्रसारमा ल्याएर हाम्रो देशलाइ अझै उच्च शिखरमा पुर्याउनु हाम्रो जिम्मेवारी हो। यहि जिम्मेवारीलाई अनुबोध गर्दै म्याग्दी समाज समिति दक्षिण कोरियाले यही फेब्रुवरी २ तारिखमा गर्न लागेको म्याग्देली सांगीतिक सौगातमा बिश्वकै होचा व्यक्ति हामी नेपालीहरुलो गौरब खगेन्द्र थापामगरलाइ ल्याउने जमर्को गरेको छ। यस कार्यक्रमबाट संकलित रकम म्याग्दी जिल्ला अस्पतालमा आकस्मिक कक्ष निर्माणमा खर्च गरिने छ।

अहिले हाम्रो देश पर्यटन बर्ष २०११ मनाइरहेको छ यसको अर्थ देशभित्र रहेका नेपालीले मात्र पर्यटन बर्ष मनाउनु भन्ने भने पक्कैपनि होइन। यसमा सम्पूर्ण देश बिदेशमा रहेका नेपालीहरुले आफ्नो देशका पर्यटकीय महत्व बोकेका चिजहरुलाई प्रचार प्रसारमा ल्याएर बढी से बढी पर्यटकहरु नेपाल भित्र्याएर मुलुकको आर्थिक स्तर र नेपालको सानलाई विश्व सामु चिनाउनु हो। यसै पर्यटन बर्षलाई मध्यनजर राख्दै हामीले बिश्वकै होचा व्यक्ति खगेन्द्र थापा मगरलाई म्याग्देली सास्कृतिक सौगातको प्रमुख आकर्षकको रुपमा लिएका छौ।

“एउटा उखान छ-काठको मानो ढुंगाको छानो, सोझा मान्छे नपाए बागलुंग जानू। जसरी न्याय नपाए गोर्खा जानू भन्ने उखानले एकचोटि बजार पिटेको थियो उसरी नै काठको मानू ढुंगाको छानू सोझा मान्छे नपाए बागलुंग जानू भन्ने भनाईले पनि सेरोफेरोमा निकै धमाका मच्चाएकै हो। अहिले यसलाई बदल्नु पर्ने भएको छ:काठको मानो, ढुंगाको छानू, विश्वकै होचा मानिस कहिं नपाए बागलुंग जानू!” पक्कै पनि हामीले हाम्रा देशका गौरबहरुलाई सहि सदुपयोग गर्न सक्यौ भने सधैभरी बिदेशी भूमिमा पसिनाका थोपाहरु चुहाउनु भने पक्कै पर्ने छैन. विश्व प्रशिद्ध गिनिज बूक अफ वोर्ल्ड रिकर्डसमा संसारकै होचा मानिसको रुपमा आफ्नो नाम लेखाउन सफल खगेन्द्र थापा मगरको जन्म October 14, 1992 [1]) नेपाली पन्चांग अनुसार उहां असोज १८,२०४९ मा सामन्ती शासनको बेला प्राचिन नेपालमा उक्त उखानको उद्भव थलो यही सोझा मानिसहरु पाईने जिल्लाको बागलुंगको धुल्लु बांसकोट गाविसमा भएको थियो।

रुपबहादुर थापा मगर र माया थापा मगरका सुपुत्र खगेन्द्रको उचाई जम्मा दुई फूट साढे दुई इन्च छ। यिनै व्यक्तित्व फरवरी १ मा हामीकहां कोरियामा आउंदै छन्। म्याग्देली समाजले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा भाग लिन आउने विश्वकै होचा यी व्यक्ति धाराप्रवाह बोल्दै चुट्का भन्न नि खप्पिस छन्।

म्याग्देली सास्कृतिक सौगातमा खगेन्द्र थापा मगरसहित हास्य कलाकार दिपा श्री निरौला, नायिका ताथा नृत्यकार गरिमा पन्त, आधुनिक तथा पप गायक शिब परियार तथा अन्जना गुरुङ र कृष्ण परियार लोक दोहोरीको बेजोड प्रस्तुती रहनेछ।

Popularity: 7%

1 comment January 30th, 2011

कवि हरि मानन्धर ‘विवश’को असूचित विम्ब –ध्वनि विमोचित

एचकेनेपाल डट कम संवाददाता-
इजरायलमा रहनु भएका कवि हरि मानन्धर ‘विवश’को “असूचित विम्ब-ध्वनि” कबितासङ्ग्रह शनिबार काठमाडौंको कमलादीमा अवस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा विमोचन गरिएको छ। विमोचनमा वरिष्ठ कवि तुलसी दिवसद्धारा पुस्तक विमोचित गरि सार्वजनिक गरिएको थियो।

विमोचन कार्यक्रममा प्रा.राजेन्द्र सुवेदी डा.बेन्जु शर्मा र बिष्णुबहादुर सिंहले समीक्षात्मक टिप्पणी गर्नु भएको थियो भने आफ्नो भौतिक शरीर मात्र इजरायल र मन नेपालमा पुर्याएका कवि हरि मानन्धर ‘विवश’का कृतिभित्रका कविता कविहरु मंजुल बाबा बस्नेत, सन्ध्या पहाडी र मणि लोहनीले वाचन गर्नु भएको थियो। कार्यक्रमको समारोह चलिरहेकै बेलामा कवि हरि मानन्धरले फोनबाटै कृति भित्रकै कविता सुनाउँदा अतिथिहरूसमेतले कविलाई बधाई दिएका थिए।

अनेसास नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न सो विमोचन कार्यक्रममा नेपाली साहित्यका थुप्रै पारखीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

Popularity: 7%

Add comment January 30th, 2011

आज सहिद दिवस मनाइँदै

एचकेनेपाल डट कम संवाददाता-
राष्ट्रपति डा रामवरण यादवले राष्ट्रको सुखद् भविष्यका लागि जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ।

सहिद दिवस–२०६७ को अवसरमा सन्देश दिँदै राष्ट्रपति डा यादवले …हामी सबैको दयित्व यतिखेर आदरणीय सहिदको सपना प्रतिविम्बित हुने नयाँ संविधान निर्माण गर्नु रहेको र यसका लागि समृद्ध र न्यायपूर्ण समाज निर्माणको परिकल्पनासहित लोकतन्त्रका लागि आफ्नो जीवन बलिदान गर्ने वीर सहिदले देखाएको बाटो अनुशरण गर्नु आवश्यक रहेको’मा जोड दिनुभएको छ।

सहिद दिवसको यस अवसरलाई हामी सबै मिलेर आपसी सहकार्य र सहमतिमा सम्पूर्ण नेपालीको भविष्यको आधारशीलाका रुपमा रहने संविधान निर्माण तथा शान्तिप्रतिको प्रतिबद्धता देखाउने अवसरको रुपमा लिन उपयुक्त हुने उहाँले बताउनुभएको छ।

त्यसैगरी उपराष्ट्रपति परमानन्द झाले सहिदहरुको बलिदानी जुन उद्देश्यका निम्ति भएको थियो त्यसको प्राप्तीका लागि सम्पूर्ण सम्बन्धित पक्षहरु सबै एक भएर लाग्न सबैको ध्यानाकर्षण गराउनुभएको छ

Popularity: 7%

Add comment January 30th, 2011

शर्त नमाने माओवादी नेतृत्व स्वीकार्दैनौँ: महत

एचकेनेपाल डट कम संवाददाता-
उर्जामन्त्री डा प्रकाशशरण महतले सेना समायोजन र पुनःस्थापनाका लागि काँग्रेस र एमालेद्वारा प्रस्तुत खाकामा सहमति नजनाएसम्म माओवादीको नेतृत्व स्वीकार्य नहुने बताउनुभएको छ।

नुवाकोटको ककनी गाविसस्थित रानीपौवामा नेपाल विद्युत् प्राधिकरणको प्रशाखा कार्यालयको उद्घाटन गर्दै ऊर्जामन्त्री डा महतले अर्धसैन्य संरचना अन्त्य गरी समायोजनको प्रक्रिया र विधिमा सहमति भए माओवादी नेतृत्व स्वीकार्य हुने तर, ठूलो पार्टी हुँदैमा नेतृत्व स्वीकार गर्न नसकिने बताउनुभयो।

कार्यक्रममा मन्त्री महतले माओवादी लडाकूहरूमध्ये केहीको निश्चित मापदण्डअनुसार सुरक्षा अङ्गमा समायोजन र अन्यलाई पुनःस्थापना गर्ने विषयमा माओवादी लचक हुनुपर्ने धारणासमेत व्यक्त गर्नुभयो।

माओवादी सेना विशेष समिति माताहत आइसकेकाले पार्टीको सेनाको रुपमा रहन नसक्ने मन्त्री डा महतको भनाइ थियो।

सरकारको नेतृत्वका लागि माओवादी र एमाले असफल भइसकेकाले अबको नेेतृत्वको दाबी काँग्रेसले गरेको बताउँदै उहाँले बहुलवादमा आधारित लोकतान्त्रिक संविधानको निर्माण काँग्रेसको नेतृत्वमा मात्र सम्भव हुने धारणा व्यक्त गर्नुभयो।

Popularity: 7%

Add comment January 30th, 2011

छतबाट लडेर बृद्धाको मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
घरको छतमा घाम ताप्दै बसेकी एक वृद्धाको छतबाट लडेर मृत्यु भएको छ।

दशरथचन्द नगरपालिका–१, गोठालापानी बस्ने ८० वर्षीया जसु भट्टको छतबाट खसेर मृत्यु भएको स्थानीय बासिन्दाले बताएका छन्।

दिउँसो आफ्नै घरको छतमा घाम ताप्दै गरेकी बृद्धा एक्कासी उठ्न खोज्दा एक तला माथिबाट खसेर मृत्यु भएको बताइएको छ।

Popularity: 7%

Add comment January 30th, 2011

कोसी बाँधका ढोका बन्द हुँदा नेपाली भू–भाग डुबानमा

एचकेनेपाल डट कम संवाददाता-
भारतको निर्देशनमा हिजोदेखि कोसी ब्यारेजको सम्पूर्ण ढोकाहरू बन्द गरिंदा सप्तरी र सुनसरीको कोसी व्यारेजस्थित नेपाली भू–भाग डुबानमा परेको छ। व्यारेजको ढोका बन्द हुँदा पानी बग्न नसकेपछि कोसी व्यारेजको पूर्वपट्टीको भू–भाग डुबानमा परेको स्थानीयवासीले बताएका छन्।

पानी नियमित रुपले बग्न नसकेपछि कोसीको पूर्व–उत्तरको जमिनमा लगाएको सयौँ बिगाहाको गहुँबाली डुबानमा परेको त्यहाँका किसानले बताएका छन्।

भारत सरकारले निर्माण गरिरहेको राष्ट्रिय राजमार्गअन्तर्गत बिहारको भटिनियामा कोसी नदीमा निर्माण भइरहेको पुल ढलानका लागि सम्पूर्ण ढोका बन्द गरिएको हो।

आजसम्म ढोकाहरू बन्द गरिने कोसी व्यारेज नियन्त्रण कक्षका कर्मचारीले बताएका छन्। बाँध नेपालमा परे पनि त्यसको सञ्चालन र सुरक्षाको सबै जिम्मा भारतीयहरुले लिएका छन्।

Popularity: 7%

Add comment January 30th, 2011

राप्रपा नेपाल हिन्दु सापेक्ष राष्ट्रको पक्षमा

एचकेनेपाल डट कम संवाददाता-
राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल सर्वधर्म, सहअस्तित्व, र पूर्ण धार्मिक स्वतन्त्रताको बौद्धिक सनातन हिन्दु सापेक्ष राष्ट्रको पक्षमा आफ्नो पार्टी रहेको बताउनुभएको छ।

भक्तपुरमा आयोजित मुस्लिम सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष थापाले कुनै एकमात्र धर्मलाई मुलुकले विशेष संरक्षण र सुविधा दिनुपर्दछ भन्ने पक्षमा आफ्नो पार्टी नरहेको स्पष्ट पार्नुभयो।

उहाँले विगतमा भारतबाट मुस्लिमहरु लखेटिँदा नेपालको राजसंस्थाले संरक्षण दिएको र नारायणहिटी दरबार नजिकै मस्जिद निर्माणमा सहयोग गरेको पनि उहाँले उल्लेख गर्नुभयो।

राप्रपा नेपालका सहमहामन्त्री राजाराम श्रेष्ठले नेपालका मुस्लिम समुदायको हक हीतका पक्षमा संविधानमा व्यवस्था हुनुपर्नेमा जोड दिंदै निकट भविष्यमा मुस्लिमको राष्ट्रिय सम्मेलन गरिन लागेको जानकारी दिनुभयो।

Popularity: 7%

Add comment January 30th, 2011

आहा गोल्ड कपको उपाधि थ्रीस्टारलाई

दीनानाथ बराल, पोखरा/ एचकेनेपाल डट कम-
बृटिस कपको उपाधि बिजेता नविल थ्री स्टारले एक महिना बित्न नपाउदै पुनः लक्ष्मी हुण्र्डाई मनाङ मर्स्याङदीमाथि लगातार जित हासिल गर्दै नवौं संस्करणको आहा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि पनि जित्न सफल भएको छ।

थ्रिस्टारका वुद्ध चेमजोङले खेलको २४ औ मिनेटमा गरेको निर्णायक एक गोलको मद्धतले पोखरा रङगशालाको फुटबल खेल मैदानमा शनिवार सम्पन्न भएको फाईनल खेलमा थ्री स्टारले मनाङलाई पराजित गर्दै उपाधिसहित नगद २ लाख पुरस्कार जितेको हो।

AAHA Gold Cup 2011 Final (1).jpg

तस्वीरः सुदर्शन रञ्जित, पोखरा / एचकेनेपाल डट कम

खेलको २४ औ मिनेटमा थ्री स्टारका बिजय धिमाललाई लागेर धुलमुलमा रहेको बललाई बुद्ध चेम्जोङले बललाई पोष्ट तर्फदिशा दिदा बलले जाली चुमेको थियो। बिजय धिमाललाई छुनु भन्दा अगाडि उक्त बल अनिल ओझाले प्रहार गरेको फ्रिकिक बिपक्षी गोलरक्षकबाट फर्किएको थियो।

बृटिस कपमा पनि थ्री स्टारसंग फाईनल खेलमा पराजित हुदै उपबिजेता भएको मनाङले नगद एक लाख पाएको छ। खेलको सुरुवातबाटै निकै आक्रमक रणनीतिमा प्रस्तुत भएका दुबै टोलीलाई पोखरा रङगशालामा खचाखच भरिएका दर्शकहरुले दुबै टोलीलाई उतिकै जसो समर्थन गरेका थिए। दुबै टोलीको जर्सको साथमा झण्डा लिएर उपस्थित दर्शकहरु मध्य फाईनल खेलको समाप्तिसंगै केही दर्शकमा खुसि छाएको थियो त केहि दर्शकहरुमा निरासपन देखिन्थ्यो। अघिल्ला खेलमा पोखरोली दर्शकहरुको मनग्य हुटिङ पाएको मनाङले आजको खेलमा राम्रो तालमेल मिलाउन नसक्दा सिमित पोखरेली दर्शकहरुको मात्र हुटिङ पाएको थियो।

AAHA Gold Cup 2011 Final (12).jpg

खेलको २१ औ मिनेटमा मनाङका बिजय गुरुङले प्रहार गरेको कर्नर बललाई सुजल श्रेष्ठले पेनाल्टी एरिया नजिकैबाट पोष्टचार्ज गर्दा बिपक्षी गोलरक्षक किरण जेमजोङले पञ्च गरी उत्कृष्ट बचाउ गरे। उक्त बल क्रसवारमाथिबाट बाहिरिएको थियो।

खेलको ४४ औ मिनेटमा मनाङका गणेश खड्काले निकालेको क्रस बललाई पेनाल्टी एरिया नजिकै रहेका शिव श्रेष्ठले बललाई पोष्ट चार्ज गर्दा बल गोलपोष्टबाट बाहिरिएको थियो। खेलको अन्तिम समयमा सन्तोष साहुखलले डी एरिया नजिकै पाएको बललाई पोष्ट चर्जा गर्दा बल क्रसवार हुदै बाहिरिएको थियो।

यता थ्री स्टारले पनि पाएका केहि खवसरा खेर जादा १-० को नतिजामै खेल टुङगियो। खेलको ४२ औ मिनेटमा थ्री स्टारका अनिल ओझाले पेनाल्टी एरिया नजिकेको बललाई हेड गर्ने प्रयास गर्दा बल हेडबाट फुत्किएको थियो। खेलको ८२ औ मिनेटमा थ्री स्टारका बुद्ध चेमजोङले पेनाल्टी एरिया नजिकै पाएको बल पोष्टतर्फ बललाई दिशा दिदा बिपक्षी गोलरक्षकलाई सिधै लागेर बल फर्किएको थियो।

आजको जितसंगै थ्रिस्टारले आहाको इतिहासमा दुइ पटक उपाधि रक्षा गर्न सफल भएको छ। पुलिसपछि आहाको इतिहासमा मनाङ र थ्री स्टारले दुइ/दुइ पटक उपाधिमाथि कब्जा जमाउन सफल दोश्रो स्थानमा रहन सफल भएका छन्। पुलिसले भने क्याराभान गोल्ड कपसहित ५ पटक बिजेता टोली हो। २०६३ मा मनाङ र थ्री स्टार बिच भएको फाईनल खेलको अवसरमा करीब १५ हजार दर्शकहरुले टिकट काटेका थिए। आजको फाइनल खेलमा पनि उतिकै दर्शकहरुको उपस्थिति रहेको प्रतियोगिता संयोजक बिरभद्र आचार्यले बताउनु भयो।

नवौं संस्करणको आहा गोल्ड कपको फाईनलमा एक मात्र गोल गर्ने थ्रिस्टारका वुद्ध चेमजोङलाई खेलप्रेमीले “हिरो अफ दि फाइनल गेम एण्ड गोल” भनेर वधाई पनि दिएका छन्। उनले प्रतियोगितामा उत्कृष्ट फरवार्ड खेलाडीको उपाधि सहित १० हजार पाए। आजको खेलमा थ्री स्टारका बिराज मर्हजन म्यान अफ दी म्याच घोषित भए।

मनाङका प्रशिक्षक वालगोपाल महर्जनले पहिलो हापमा आफ्ना खेलाडीहरुमा राम्रो तालमेन हुन नसक्दा गोल खाएर दबाबमा परेकोले हार ब्यहोर्न परेको बताउनु भयो।

यता थ्री स्टारका प्रशिक्षक मेघराज केसीले आफूहरुसंग नेपालकै राम्रा खेलाडीहरु भएको दाबी गर्दै आफूले ५ महिनादेखि समालेको क्लबले २१ खेलमा १९ जित हासिल गरेको बताउनु भयो।

AAHA Gold Cup 2011 Final (11).jpg

प्रतियोगितामा थ्री स्टारका क्याप्टेन संजीप बुढाथोकी उत्कृष्ट खेलाडी घोषित भए। उनले उपाधि सहित यामाहाको मोटरसाईकल समेत पाए। प्रतियोगितामा ३/३ गोल गरेका मनाङका सुजल श्रेष्ठ र सन्तोष साहुखलले सर्वाधिक गोल कर्ताको उपाधिसहित १५ हजार बाँडेका छन्। प्रतियागितामा उत्कृष्ट गोलरक्षकमा उच्च कदका गोलरक्षक किरण चेमजोङ, उत्कृष्ट डिफेन्समा मनाङका दिपक भुषाल, उत्कृष्ट मिड फिल्डमा थ्री स्टारका अनिल ओझा, प्रतियोगितामा उत्कृष्ट प्रशिक्षकमा थ्री स्टारका मेघराज केसी घोषित भए। उनीहरुलाई जनहि १०/१० हजारसहित ट्रफि प्रदान गरिएको छ। माघ ४ गते देखि संचालन भएको उक्त प्रतियोगितमा १२ टोलीको सहभागिता रहेको थियो भने प्रतियागिताको अनुशासित टोली हिमालय शेर्पा घोषित भयो।

बिजयी खेलाडीहरुलाई प्रतियागिता समापन समारोहका प्रमुख अतिथि सभासद तथा उद्योगपति सूर्यबहादुर केसी, सभासद रविन्द्र अधिकारी, क्लबका अध्यक्ष बिक्रम थकालीलगायतले पुरस्कार वितरण गर्नुभयो। सभासद केसीले सहारा एकेडेमि भवन निर्माणको लागि ५ लाख रुपैया दिने घोषणा गर्नु भएको छ। फाईनल कार्यक्रमको नेपाल टेलिभिजन प्लसले पोखराबाट प्रत्यक्ष प्रशारण गरेको थियो।

Popularity: 7%

1 comment January 29th, 2011

खनाल माओवादीका पुच्छर हुन्: प्रधानमन्त्री

एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नै पार्टीका अध्यक्ष झलनाथ खनाललाई माओवादीका पुच्छर बनेको आरोप लगाएका छन्।

राजधानीमा शनिबार आयोजित एमाले रौतहट-काठमाडौं सम्पर्क मञ्चको नवौं सम्मेलनमा बोल्दै प्रधानमन्त्री नेपालले खनालको चर्को आलोचना गरेका हुन्।

खनालले आफू प्रधानमन्त्री बन्न पार्टीको नीति मिचेर माओवादीका पुच्छर बनेको नेपालले आरोप लगाए। खनालले आफूलाई नसुधारे उनको राजनीतिक जीवन नै समाप्त हुन सक्ने नेपालले चेतावनी दिए।

Popularity: 7%

8 comments January 29th, 2011

अभियान प्रोडक्सनले तमू चलचित्रकर्मीलाई अवार्ड वितरण गर्ने

हुम तमु, पोखरा/ एचकेनेपाल डट कम-
अभियान फिल्मस् प्रोडक्सनले आफनो स्थापनाको दश वर्ष पूराको अवसरमा माघ २१ गते पोखरामा प्रथम अभियान तमू चलचित्र अवार्ड २०६७ को आयोजना गरी ४२ जना चलचित्रकर्मीलाई अवार्ड वितरण गर्नेभएको छ।

तमू चलचित्र र गीत संगीतको माध्यमबाट तमू भाषा, कला र संस्कृतिको संरक्षण सर्म्बद्धन गर्ने उद्देश्यले २०५७ सालमा पोखरामा स्थापना भएको अभियान फिल्म प्रोडक्सनले पोखरा उद्योग वाणिज्य संघमा एक समारोहका विच अभियान फिल्मस् प्रोडक्सनद्धारा निर्मित चलचित्रहरुमा अभिनय गरेका नायक नायिका, चरित्र अभिनेता, नृत्य निर्देशक, गायक गायिका, संगीतकार, प्राविधीकहरुलाई अवार्डबाट सम्मान गर्ने अभियान फिल्मस्का निर्देशक एवं निर्माता लोकबहादुर तमूले आज पोखरामा पत्रकार सम्मेलन गरी जानाकारी दिनुभयो।

२०५७ सालमा ङ्योए नास ट्हो (हाम्रो गाउँघर), २०५९ सालमा हेबै ट (लेकाली फुल), २०६१ सालमा चोँ (भाउजु/बुहारी), २०६३ सालमा क्रमु (पछयौरी) र २०६६ सालमा प्ह्रेस्यो (दुलही) पाँच वटा तमू चलचित्रहरु निर्माण गरिसकेका अभियान फिल्मस् प्रोडक्सनले चलचित्रकर्मीहरुलाई प्रोत्साहन गर्न अवार्ड वितरण कार्यक्रम आयोजना गरेको प्रोडक्सनका अर्का निर्माता निर्देशक बेदबहादुर तमु (श्याम)ले जानकारी दिनुभयो।

अवार्ड वितरण कार्यक्रममा तमू चलचित्रकर्मीहरु, तमू संघ संस्थाका प्रमुखहरु, राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा स्थापित तमू व्यक्तित्वहरुको सहभागीता रहने आयोजकले दावी छ। अवार्ड वितरण समारोहामा सहभागि हुनकै निम्ति अभियान फिल्म प्रा.लि.का निर्माताहरु विजय तमू, सत्य घले, दिलिप सिहं तमू, एकेन्द्र तमू, ओमप्रकाश तमू हङकङ र बेलायतबाट पोखरा आउनु भएको छ भने प्रवासी तमू धिं साउदी अरबका अध्यक्ष ओम घले, प्रवक्ता राजपति तमू, गायक तिलक तमू लगायत पदाधिकारीहरु तथा विदेशमा रहेका अभियान फिल्मस् प्रोडक्सनका कलाकारहरु साथै तमू बौद्ध सेवा समिति कतारका अध्यक्ष जगन तमू, तमू धिं यु.के.का अध्यक्ष मुक्षेत्र तमूको पनि कार्यक्रममा सहभागिता रहने निर्माता निर्देशक लोकबहादुर तमुले जानाकारी दिनुभयो।

Popularity: 7%

Add comment January 29th, 2011

नेपाली गीतसङ्गीतलाई सात समुद्र फैलाउने साधक पुष्प नेपाली

नरेन्द्रराज प्रसाई/ एचकेनेपाल डट कम-
एकताका पुष्प नेपालीको आवाजले नेपाल राष्ट्र नै घन्केको थियो। उनको स्वर र सङ्गीतका तालमा शब्दहरूले मयूरनाच गर्थे। शब्दरचनामा पुष्प नेपालीको प्रतिभाले जनमानसको आकषर्ण बटुलेको थियो, सङ्गीतसिर्जनामा उनको व्यक्तित्वले सिङ्गो नेपालबाट सम्मान सङ्ग्रह गरेको थियो भने स्वरबाट उनले मुगलानमा बसेका नेपालीहरूबाट समेत कृतज्ञता पाएका थिए। वास्तवमा मीठो स्वरलहरीमा मीठा शब्द कुँदेर मीठा सङ्गीतको तालमा गीत प्रस्तुत गर्ने नेपाली साँच्चैका तपस्वी कलाकार थिए। उनको कलासाधनाले नेपाली जातिको गौरव र स्वाभिमान सात समुद्र फैलिएको थियो।


नेपालीले जसरी प्रेमगीत, प्रकृतिगीत, जीवनगीत गाए त्यसरी नै राष्ट्रिय गीत गाएर नेपाल र नेपालीको सग्लो परिचय जताततै पुर्याए । उनका गीतका प्रत्येक दफामा जागृतिका लहरहरूले इन्द्रेणी बटुलेका हुन्थे । खास गरेर राष्ट्रिय गीतमा चाहिँ उनी एउटा सशक्त नमुना नै मानिन्थे । कुनै बेला नेपालीको राष्ट्रिय गीत रेडियोमा बज्दा त्यही गीत सारा नेपालीको देशप्रेमको गीता बन्न पुग्थ्यो । प्रत्येक स्कुल, कलेज र सामाजिक सङ्घसंस्थाले त्यही गीतलाई प्रस्तुत गर्थे । गाउँठाउँका सांस्कृतिक कार्यक्रम र मेलाबजारहरूमा त्यही गीत बज्ने गथ्र्यो । प्रवासमा पुगेका कैयौँ नेपालीहरू त्यही गीत सुनेर रुन्थे किनभने त्यो गीत समयको आहृवान थियो, जागरणको बिगुल थियो र राष्ट्रियताको नर्सिङ्गा थियोः

फर्क है र्फक नेपाली तिमीलाई डाक्छ हिमाल
आमाको माया बराबर सबै ले मिलेर उचाल।

पुष्प नेपाली संवत् १९८८ साल पुस १९ गते काठमाडौँमा जन्मे । उनलाई जन्माउने बाबुआमा पृथ्वीलाल जोशी र कृष्णकुमारी जोशी थिए । पृथ्वीलाल जोशी पनि नेवारी धिमे बाजा बजाउने शिल्पी थिए । पृथ्वीलाल जोशीका तीन छोरा र चार छोरीमध्ये जेठा विष्णुलाल जोशी, माइला हरिलाल जोशी र कान्छा पुष्प नेपाली सङ्गीतमा लागे । आफ्ना जेठा दाजु उस्ताद विष्णुलाल जोशीका प्रेरणाले पुष्प नेपालीले चाँडै आफ्नो कलात्मक व्यक्तित्वलाई जनजनमा पुर्याउन सके।

नेपालीले सानैदेखि गीतमा आफूलाई सरिक गराए । यिनले नाटकहरूमा खुबै खेले । कुनै मा यिनले नायकको पाठ खेले, कहिले नायिकाको पाठ खेले । गायन, सङ्गीत र रचनामा झैँ नाटकमा अभिनय गरेर पनि यिनले नाउँ चलाएका थिए।

नेपाली सङ्गीतकलामा मात्र समर्पित थिएनन् । राष्ट्रको सेवार्थ पनि उनी त्यत्तिकै जागरुक थिए । सत्र वर्षलागेपछि यी मुगलान पसी मुक्तिसेनामा भर्ती भए । बन्दुक बोकेर यी त्यस बेला राणाका विरोधमा सडकमा ओर्लेका थिए । देशमा प्रजातन्त्र आएपछि यिनी गणेशमान सिंहको सिफारिसमा रेडियो नेपाल पुगे । २००८ सालमा रेडियो नेपालमा सरिक हुँदा यिनले मासिक पचास रुपियाँ तलब पाउँथे । आठ वर्षजति रेडियोमा सेवा गरेपछि यिनको स्वाभिमानले त्यहाँ बस्न रुचाएन । यिनी रेडियो नेपालबाट उछिट्टिए । त्यसपछि यिनी बाहिरबाहिर गीत गाएर हिँड्न थाले । यिनले रेडियो छाडेको बेहोरा २०२० सालतिर राजा महेन्द्रका कानमा पनि पर्यो।

राजा महेन्द्रको इच्छाबमोजिम नेपाली पुनः रेडियो नेपालमा भर्ना भए । रेडियो नेपाल पुगेर यिनले आफ्नो कार्यको थालनी गरे । त्यहाँ यिनले आफ्नो सशक्त स्वर पुनः रिकर्डिङ गर्न थाले । यिनको स्वरको झनै प्रशंसा हुन थाल्यो । गीत गाएर नै यिनले आफ्नो परिचयलाई डाँडावारि र डाँडापारि पुर्याउन थालेः
तितिरी पङ् खी बादलुमाथि सुनौ लो साँझमा
बगेको खेला कलकल गरी जुनेली रातमा।

रेडियो नेपालमा पुनः भर्ना भएकै वर्षराजा महेन्द्रसँगै नेपाली इलाम पुगे । त्यहाँ गोपालप्रसाद रिमालको ‘मसान’ नाटक चलिरहेको थियो । त्यस नाटककी नायिका मीना देवान थिइन् । त्यस नाटकका सर्न्दर्भमा पुष्प नेपालीले पनि गीत गाए । नायिकाले गायकलाई र गायकले नायिकालाई देखेको त्यो पहिलोचोटि थियो । त्यसपछि यी दर्ुइका बीच चिठी आदानप्रदान हुन थाल्यो । त्यतिखेर काठमाडौँ इलाम र इलाम काठमाडौँ आउने जाने बाटाघाटाको राम्रो व्यवस्था पनि थिएन । यति हुँदाहुँदै पनि विभिन्न बहानामा इलामकी मीना देवानको काठमाडौँमा नेपालीसँग भेट हुन थाल्यो । आखिर उनीहरूले एकअर्काको मुटुबाट नछुटि्टने वाचा गरे । अन्ततः परम्परागत कुरीतिलाई तोडेर एउटा ३२ वर्षो नेवार केटाले १८ वर्षीय र्राई केटीसँग बिहे गरे । यो तत्कालीन नेपाली समाजमा एउटा कठिन निर्णय थियो । तर पनि सजिलै सँग यिनीहरूले समाजका होचाअग्ला पर्खाल नाघेका थिए । यी दम्पतिले एउटा छोरा पुकार र दुइटी छोरी पुनम र पूजा जन्माए।

नेपालीका पालामा पनि रेडियो नेपालको एउटा स्वणिर्म युग थियो । रेडियो नेपालमा हरेक वर्षअखिल नेपाल सङ्गीत सम्मेलन हुन्थ्यो । ती सम्मेलनमा पुष्प नेपाली तीनपल्टसम्म प्रथम भए । ती प्रतियोगितात्मक सम्मेलनमा प्रथम भएबापत यिनले स्वर्ण पदक पनि पाए । विभूषण, सम्मान र जागिरभन्दा चाहीं नेपालीको उचाई ठूलो थियो।

नेपाली जसरी आधुनिक गीतको संरचना गर्थे, लोकभाकामा सङ्गीत प्रदान गर्नमा पनि यिनी त्यति नै सिपालु थिए । वास्तवमा यिनका सङ्गीत सिर्जनामा नेपालीत्व भेटिन्थ्यो । यिनले जेजति गीत गाए धेरै जसो विशुद्ध नेपाली पाराका गीत गाए । त्यसैले यिनका गीतहरू मान्छेहरूमाझ मनपर्ने हुन गएः
सितलुमाथि नि सितलु भयो नि लौ लौ लौ बरै को छायाँले
घुम्दै छ मौ री नि रसै का लागि नि लौ लौ लौ म घुम्छु मायाले ।

सरल जीवनका अनुयायी नेपाली इमानमा पनि त्यत्तिकै अग्ला देखिन्थे । झवाँक्की स्वभावका नेपाली नरममा पनि त्यत्तिकै परिचित थिए । यिनका लागि स्वदेश नै सबै भन्दा ठूलो तर्ीथ स्थल थियो । सौम्य प्रकृतिका धनी पुष्प नेपाली कसैको चित्त दुख्ला भनेर कुनै कुनै व्यवहारमा आफैँलाई तल पनि पार्न तम्सन्थे । यिनमा अन्तर्नि हित मानवीय प्रवृत्तिको समकालीन पुस्ताले प्रशस्तै वर्णन गर्ने गरेको पाइन्छ।

रेडियो नेपालमा खुट्टा हालेपछि २०३६ सालसम्ममा पुष्प नेपालीले ५०० वटा गीत गाए । साथै यिनका पच्चीसवटा जति गीतिरचना र त्यति नै सङ्गीतरचना पनि रेडियो नेपालमा सुरक्षित भए । नातिकाजीद्वारा गाइएको ‘पहाड बसी बनमा खेली’ बोलको प्रसिद्ध गीत पुष्प नेपालीले नै रचेका थिए।

नेपालीको स्वर त्यति बेला एउटा प्रतिनिधि स्वरका रूपमा स्थापित थियो । यिनले रेडियो नेपालमा पच्चीस वर्ष सेवा गरेर चार दोब्बर वर्षाई राम्ररी पुग्ने नाउँ राखे । समयसापेक्ष प्रविधिका कारण नेपाली भाषा रहेसम्म पुष्प नेपालीको स्वरले पनि नेपालभित्र जरा गाडिरहनेछ, किनभने यिनका प्रत्येक गीतले प्रायः त्यस बेलाको नेपालको एउटा न एउटा विषयलाई अँगालेको पाइन्छ।

हिन्दी गीतहरूलाई क्रमशः बिर्साएर नेपालीलाई नेपाली गीतमा मुग्ध पार्ने नेपालीजस्ता गायकहरूको आगमन नेपाली सङ्गीतको समृद्धिको श्रृङखलाको ऐतिहासिक कडी मानिन्थ्यो । वास्तवमा नेपाली गीतको मिठासलाई नेपालीहरूले नेपालीका कानमा निरन्तर भरेर नेपाली भाषाको श्रीवृद्धि गर्नमा अविस्मरणीय योगदान पुर्याए । मीठो स्वरमा गीत गाउने नेपाली नेपाली सङ्गीतभूमिमा सधैँ हराभरा हुने नाउँ भयो । आफ्नो नाउँ पृथ्वीमा छोडेर २०५८ सालको कात्तिक २७ गते यिनले देहत्याग गरे । पुष्प नेपालीको भौतिक चोला हामीमाझ नभए तापनि उनको अमर स्वर हाम्रा हृदय र मस्तिस्कमा सधैँ गुन्जिरहन्छः

पिरतीको विषालु काँडा, बिज्यो मेरो कलिलो छातीमा ।
लामोलामो गाजलु आँखा हेरिदिए बेहोसै बनाउने
कालोकालो घटाझैँ केश फुकाइदिए संसारै लुकाउने।

naiprasai@gmail.com

Popularity: 7%

Add comment January 29th, 2011

मोना बेल्जियमको नृत्य प्रतियोगिता अप्रिलमा

शिव कुमार बरुवाल/ एचकेनेपाल डट कम-
म्याग्दीमा बिकास र स्थायित्व सम्पूर्ण म्याग्देलीको दायित्व भन्ने उद्धेश्यसाथ बेल्जियममा स्थापित म्याग्देली प्रबासी नेपाली संघ(मोना-बेल्जियम)ले संस्थाको चौथो वार्षिक उत्सव तथा नेपाली नयाँ बर्षको अवसर पारेर बिगत बर्ष झै यस बर्ष पनि अप्रिल १६, २०११ का दिनमा बेल्जियमको एन्टेर्पेन सहरमा नृत्य प्रतियोगिताको आयोजना गरिने भएको छ।

आफ्नो स्थापना कालदेखि नै बेल्जियममा बिभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै त्यसबाट संकलित रकमलाई नेपाल र बिशेष गरेर म्याग्दी जिल्लाको सामाजिक बिकासका कामहरुमा सहयोग गर्दै आइरहेको यस संस्थाले यस बर्षको नृत्य्र प्रतियोगिताबाट संकलित रकम पनि म्याग्दी जिल्लाका अपाङ्गहरुको जीवन स्तर उठाउने कार्यक्रमहरुमा लगानी गर्ने घोषणा गरेको छ। यस सस्थाले बेल्जियममा नै प्रथम पटक बेल्जियम रहेका सबै नेपाली संघ संस्थाहरुको सम्बन्धलाई अझ गाढा बनाउदै केही बर्ष यता बेल्जियममा आफ्नो परिवारसंग आउने क्रममा भित्रिएका धेरै नेपाली कलाकारहरुलाई आफ्नो प्रतिभा देखाउने प्लेट फर्म उपलब्ध गराउने उद्धेश्यका साथ २००८ देखि बार्षिकोत्सबको उपलक्ष्यमा नृत्य प्रतियोगिता गर्न सुरु गरेको थियो। त्यसैको निरन्तरता स्वरुप यस बर्षको नृत्य प्रतियोगिता यही अप्रिल १६ मा एन्तेर्पेन बर्खे को रुबेन्स हलमा (Statiestraat 175 2600 Berchem ) गर्न गैरहेको छ।

स्मरणीय छ, केही बर्ष पहिला बेल्जियमस्थित विभिन्न संस्थाहरुसंग मैत्रिपूर्ण हातेमालो गर्दै बेल्जियमवासी प्रबासी म्याग्देली तथा सम्पूर्ण प्रबासी नेपालीहरुलाई आईपर्ने हरेक किसिमका समस्याहरुसंग जुध्दै प्रबासमा सिकेका सिप,ज्ञान र पुंजीलाई नेपालको म्याग्दी जिल्ला र समग्र नेपालको बिकासमा सहयोग पुर्‍यौने उद्धेश्यले यस संस्थाको स्थापना भएको थियो।

यस् संस्थाले आफ्नो स्थापना कालदेखि नै बेल्जियममा बिभिन्न रचनात्मक कामहरु गर्दै बेल्जियममा निकै छोटो समयम नै यहाँको अग्रज संस्थाको रुपमामा आफूलाई स्थापित गरिसकेको छ। यस संस्थाले स्थापना कालदेखि नै आफूलाई केबल बेल्जियममा मनोरञ्जनात्मक तथा साँस्कृतिक कार्यक्रम मात्र गर्ने कुरामा सिमित नराखेर नेपालमा परेका हरेक समस्यामा पनि आफूलाई सहभागी गराएको छ। म्याग्दी जिल्लामा हस्पिटल ब्लड बैंक बिधालय भबन निर्माण जस्ता भौतिक बिकासका काम देखि बिभिन्न सामाजिक चेतना बिकाशका कार्यक्रमहरुमा पनि आफूलाई सहभागी गराएको छ।

Popularity: 7%

Add comment January 28th, 2011

एसएलसीका सर्वोत्कृष्ठ चार तमु विद्यार्थीहरु पुरस्कृत

हुम तमु पोखरा/ एचकेनेपाल डट कम-
तमु साँस्कृतिक प्रतिष्ठान नेपालले शुक्रवार पोखरामा २०६६ सालको एसएलसी सर्वोत्कृष्ठ अंकसहित उतीर्ण भएका चार जना तमु विद्यार्थीलाई पुरस्कृत र तमु धिं नेपालका अध्यक्ष कर्म तमुलाई अभिनन्दन गरेको छ।

उच्च शिक्षा हाम्रो लक्ष्य नाराका साथ जापानमा स्थापित तमु साँस्कृतिक प्रतिष्ठानद्धारा आयोजित दशौं विद्यार्थी सम्मान एवं अभिनन्दन कार्यक्रममा सामुदायिक विद्यालयतर्फबाट भद्रकाली उच्च मावि पोखराबाट ८७ दशमलव ६३ प्रतिशत अंक प्राप्त गरेकी शान्ती तमु, शिवपुरी उच्चमावि महाराजगञ्ज काठमाण्डौंबाट ८३ दशमलव ७५ प्रतिशत अंक प्राप्त गरेका विवेक तमु र निजी विद्यालयतर्फ दी एक्सेलसियर आवाशीय मावि कमलादी काठमाण्डौंबाट ९० दशमलव ३७ प्रतिशत प्राप्त गरेकी छिरीङ्ग डोल्मा तमु र ग्राण्डी इंग्लिस बोर्डिङ स्कुल चितवनबाट ८९ दशमलव ८७ अर्जुन गुरुङलाई नगद दश हजार, मेडल र सम्मानपत्रबाट कार्यक्रमका प्रमुख अतिथि शिक्षाविद गणेशबहादुर तमुले पुरस्कृत गर्नु भएको हो।

slc toper

कार्यक्रममा विगत तीन दशकदेखि तमु समुदायको एकता, अधिकार र विकासका लागि तमु धिं नेपालको अध्यक्ष भई समाजसेवा गरिरहनु भएकी तमु धिं नेपालका अध्यक्ष कर्म तमुलाई स्वर्गीय पार्वता तमु स्मृति पुरस्कारद्धारा सम्मान गरेको छ। प्रतिष्ठानका उपाध्यक्ष गिरीप्रसाद तमुले स्वर्गीय आमाको नाममा स्थापित अक्षयकोषबाट तमुलाई नगद दशहजार रुपैया, सम्मानपत्र र दोसल्लाबाट सम्मान गरिएको हो।

सम्मानित तमु धिं नेपालका अध्यक्ष कर्म तमुले आफुले प्राप्त गरेको दशहजारमा नब्बे हजार रुपैया थप गरी गरिब तथा जेहेन्दार तमु विद्यार्थीलाई छात्रवृत्ति प्रदानका लागि एक लाख रुपैयाको अध्यक्ष तमु धिं नेपाल अक्षयकोष स्थापनाका लागि प्रतिष्ठानका अध्यक्ष झम तमुलाई रकम हस्तान्तरण गर्नुभयो । उहाँले तमु धिं स्थापना बेला बैठक बस्दा पनि तारेख धाउनु परेपनि समुदायको अधिकारका लागि निरन्तर जुटेको बताउनु भयो।

tamu sanskritik

पुरस्कृत भएपछि मन्तव्य व्यक्त गर्नुहुदै शान्ति तमुले सम्मानले समाज र देशको प्रतिष्ठा उचो राख्ने प्रतिवद्धता जनाउनु भयो भने अर्का पुरस्कृत छिरिङ डोल्मा तमुले तमु समाज र राष्ट्रका लागि दायित्वबोध गराएको बताउनु भयो।

कार्यक्रममा प्रतिष्ठानलाई स्थापना कालदेखि अतुलनिय योगदान पुर्‍याएको भन्दै प्राध्यापक डाक्टर गणेशमान तमु, प्राध्यापक डाक्टर विरेन्द्र सिंह तमु र पत्रकार हुमबहादुर तमुलाई मानार्थ सदस्यता प्रदान गर्दै सम्मान गरिएको थियो।

कार्यक्रममा उत्कृष्ठ विद्यार्थी उत्पादन गर्ने विद्यालयलाई सम्मान र नयाँ आजीवन सदस्यहरुलाई सदस्यता वितरण गरिएको थियो।

तमु साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष झम तमुको अध्यक्षतामा र शिक्षाविद गणेशबहादुर तमुको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रतिष्ठानका युके संयोजक मिनप्रसाद तमु, दी एक्सेलसियर आवाशीय माविका शिक्षक नारायण खतिवडा, प्रतिष्ठानका श्रीजङ्ग तमु, चित्रबहादुर तमु, चिजकाजी तमुलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो भने हिमाली साँस्कृतिक परिवारले साँस्कृति प्रस्तुति गरेको थियो।

प्रतिष्ठानले दशौ कार्यक्रम सम्ममा एसएलसीमा सर्वोत्कृष्ठ अंक प्राप्त गरेका ३९ जनालाई पुरस्कृत गरिसकेको छ भने नौ वटा अक्षयकोष स्थापना गरि ग्रामिण भेकका सामुदायिक विद्यालयमा कक्षा ८, ९ र १० मा अध्ययरत वाषिर्क २० जना तमु विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ भने कला, सँस्कृति, भाषा, समासेवा लगायतमा विशेष योगदान गरेका तमु श्रष्टाहरुलाई सम्मान गर्दै आएको छ।

झम तमुको नेतृत्वमा तमु साँस्कृतिक प्रतिष्ठानको नयाँ कार्यसमिति
तमु साँस्कृतिक प्रतिष्ठान नेपालको शुक्रवार पोखरामा सम्पन्न नवौ साधारणसभा तथा पाँचौ अधिवेशनले आगामी तीन वर्षको लागि पुनः झमबहादुर तमुको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरेको छ।

उच्च शिक्षा हाम्रो लक्ष्य नाराका साथ स्थापित प्रतिष्ठानको प्रथम उपाध्यक्षमा चिजकाजी तमु, उपाध्यक्षहरुमा गीरीप्रसाद तमु, हर्कबहादुर तमु, सदस्यसचिवमा चित्रबहादुर तमु, सचिवमा भेषबहादुर तमु, कोषाध्यक्षमा श्रीजङ्ग तमु, सहकोषाध्यक्षमा भिमकाजी तमु र सदस्यहरुमा ओम तमु, डम्वर तमु र रबिन तमु निर्विरोध निर्वाचित हुनु भएको छ।

tamu sanskritik pratisthan ko karyasamiti

नयाँ नेतृत्व चयनका लागि तेजबहादुर तमुको संयोजकत्वमा हुमबहादुर तम र बुद्धिमान तमु सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

नवनिर्वाचित अध्यक्ष झम तमुले नयाँ कार्यसमिति अझ सक्रियतापूर्वक सेवामा जुट्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक तेजबहादुर तमुले बधाई व्यक्त गर्नुहुदै प्रमाणपत्र वितरण गर्नुभएको थियो।

यसअघि साधारणसभा तथा पाँचौ अधिवेशनको उद्घाटन गर्नुहुदै पोखरा इञ्जिनियरीङ कलेजका प्रमुख इञ्जिनियर लेखबहादुर तमुले अब तमुहरु शिक्षा र संयुक्त व्यवसायिकतामा लाग्नु पर्ने सुझाव दिनुभएको थियो।

साधारणसभा तथा अधिवेशनमा प्रतिष्ठानका सदस्य सचिव चिजकाजी तमुले वाषिर्क प्रतिवेदन र कोषाध्यक्ष गिरीप्रसाद तमुले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

झम तमुको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रतिष्ठानका सल्लाहकार तेजबहादुर तमु, प्रतिष्ठानका युके संयोजक मिनप्रसाद तमु, तमु धिं नागोया जापानका डम्बर तमु, चित्रबहादुर तमु, श्रीजङ्ग तमु लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

Popularity: 7%

Add comment January 28th, 2011

अपहरित युवतीको प्रहरीद्वारा उद्धार

एचकेनेपाल डट कम संवाददाता-
तनहुँ पुलीमराङ्ग गाविस–९ घर भएकी २४ वर्षीया कुमारी तामाङलाई प्रहरीले उद्धार गरेको छ।

यही माघ १० गते काभ्रे सुमलचौर गाविस–१ बस्ने विनोद तामाङले उनलाई काठमाडौँ महानगरपालिका–४ चण्डोलबाट अपहरण गरेका थिए।

अपहरणपश्चात काभ्रेको एक कोठामा बन्धक बनाई राखेको अवस्थामा महानगरीय प्रहरी वृत महाराजगन्जबाट अनुसन्धानका लागि खटिएको प्रहरी टोलीले उनलाई उद्धार गरेको हो।

उद्धारपछि अपहृत युवतीलाई आफन्तको जिम्मा लगाइएको र अपहरण गरी बन्धक बनाउने तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Popularity: 7%

Add comment January 28th, 2011

निजी विद्यालय दर्ता रोक्न सञ्चालकको चुनौति

एचकेनेपाल डट कम संवाददाता-
एमाओवादी निकट शैक्षिक सङ्गठनले आगामी शैक्षिक सत्रदेखि नयाँ निजी विद्यालय दर्ता नगराउने कार्यक्रम घोषणा गर्नु विद्यमान कानुनविपरीत हुने विद्यालय सञ्चालकले जनाएका छन्।

शिक्षा पत्रकार समूहले आयोजना गरेको ‘निजी शिक्षालयको व्यवस्थापन र शुल्क निर्धारण’ विषयक अन्तरक्रिया कार्यक्रममा सञ्चालकहरूले त्यस्ता कार्यक्रम प्रचारमुखी मात्रै हुने दाबी गरेका छन्।

उच्च माध्यामिक विद्यालय सङ्घ (हिसान) का अध्यक्ष उमेश श्रेष्ठले एमाओवादी निकटका सङ्गठनले घोषणा गरेका कार्यक्रम पूरा गरेर देखाउन चुनौति दिँदै आफूहरूले शिक्षामा लगानी गरेर कुनै अपराध नगरेको बताउनुभयो।

श्रेष्ठले भन्नुभयो, ‘बरु शिक्षामा सार्वजनिक–निजी साझेदारीको अवधारणा लागू गर्न बहस थाल्न सकिन्छ।’

अखिल नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष गुणराज लोहनीले आगामी बैशाखदेखि सुरु हुने शैक्षिक सत्रबाट नयाँ निजी विद्यालय दर्ता रोक्ने, पार्टी नेताका लगानी हटाउने र नेताका छोराछोरीलाई निजी विद्यालयबाट हटाउने आफूहरूको कार्यक्रम कडाइका साथ लागू गर्ने जनाउनुभयो।

अनेरास्ववियू (क्रान्तिकारी) का उपाध्यक्ष जागृत रायमाझीले पनि आफूहरू पार्टीभित्रै पनि सङ्घर्ष गर्दै दोहोरो शिक्षाको अवस्था अन्त्य गराउन लागिपर्ने बताउनुभयो।

Popularity: 7%

Add comment January 28th, 2011

परमानन्द झा कार्यवाहक राष्ट्रपति

एचकेनेपाल डट कम संवाददाता-
राष्ट्रपति रामवरण यादव भारत भ्रमणमा गएकाले १० दिनका लागि उपराष्ट्रपति परमानन्द झाले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी पाएका छन्।

राष्ट्रपति डा. रामवरण यादव मित्रराष्ट्र भारतको औपचारिक भ्रमणका सिलसिलामा हिजो भारतको कोलकातातर्फ प्रस्थान गर्नुभएकाले उहाँको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३६ (ख) को उपधारा (२०) बमोजिम राष्ट्रपतिले उपराष्ट्रपतिबाट सम्पादन गर्नेगरी तोक्नुभएको छ।

उक्त कुरा राष्ट्रपतिको कार्यालयले हिजो जनाएको हो।

Popularity: 7%

Add comment January 28th, 2011

युवती बेच्न खोज्ने फूलमाया प्रहरी खोरमा

एचकेनेपाल डट कम संवाददाता-
राम्रो नोकरी लगाइदिने प्रलोभनमा पारेर दुई युवतीलाई भारतमा बेच्नका लागि लैजाँदै गरेको आरोपमा फूलमाया तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

नुवाकोटको देउराली गाविस–८ बस्ने ३५ वर्षीया तामाङलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

फूलमायाले यही माघ २ गते नुवाकोट जिल्लाको कल्याणपुर–२ का २१ र २५ वर्षीया दुई युवतीलाई गोङ्गबु बसपार्कमा लुकाएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

Popularity: 7%

1 comment January 28th, 2011

मोनाले भेटिन् चन्द्रशेखरका परिवार

दीपक पौडेल, दोहा/ एचकेनेपाल डट कम-
मृत्युदण्डको सजायबाट जीवनरक्षा भएका नेपाली युवा चन्द्रशेखर यादवको प्रतिरक्षा गर्दै आएकी अधिवक्ता मोना अब्देल रहिमले नेपाल भ्रमणका क्रममा गत साता यादव परिवारलाई भेटेकी छिन्।

राजदूत डा. सूर्यनाथ मिश्रले जनाए अनुसार कतारमा मृत्युदण्डको सजायबाट जीवनदान पाएका चन्द्रशेखरकी पत्नी रामदुलारी यादव सिराहाबाट काठमाडौं आएकी थिइन्। सो भेटघाटको चाँजोपाँचो दोहास्थित नेपाली नियोगले नै मिलाएको हो।

सिराहाकी सभासदसमेत रहेकी नेपाली कांग्रेसकी नेतृ (कोषाध्यक्ष) चित्रलेखा यादवले रिपोर्टस क्लवमा अधिवक्ता मोनालाई सम्मानार्थ एक विशेष कार्यक्रमको आयोजना गरेकी थिइन्। सो कार्यक्रममा नेत्रृ यादवका साथै चन्द्रशेखरका परिवारले अधिवक्ता मोनालाई सम्मानका साथै कृतज्ञता जनाए। सो अवसरमा अधिवक्ता मोनाले चन्द्रशेखरले कुनै राष्ट्रिय पर्वका अवसरमा आममाफी पाउने आशा ब्यक्त गरिन्।

Popularity: 7%

Add comment January 27th, 2011

नेपाल भ्रमणमा गएको कतारी टोली फर्कियो

दीपक पौडेल, दोहा/ एचकेनेपाल डट कम-
नेपाल भ्रमणमा गएको कतारी पत्रकार र वकिलको टोली फर्किएको छ। गत जनवरी १४ मा नेपाल सरकारले आयोजना गरेको नेपाल भ्रमण बर्ष२०११ को औपचारिक उद्घाटन कार्यक्रममा भाग लिन गएको ६ सदस्यीय प्रतिनिधिमण्डल नेपालका विभिन्न पर्यटकीयस्थलको भ्रमण गरी २१ जनवरीमा कतार फर्किएको हो।

१३ जनवरीमा नेपाल प्रस्थान गरेको सो टोलीमा दुइ कानुन व्यवसायीहरु र चार पत्रकारहरु रहेका थिए। नेपाल जाने पत्रकारहरूमा कतार न्यूज एजेन्सीका विल्ड अहमद सलीम मोहमद, द पेनिनसुला दैनिकका क्रिस प्याङ्गनिवान, कतार टि्रब्युन दैनिकका राजेश मिश्र, गल्फ टाइम्स दैनिकका नुरिद्धिन हसन थिए भने कानुन व्यवसायीहरुमा विगत लामो समयदेखि नेपालीहरुको मुद्दा हेरिरहेकी अधिवक्ता मोना अब्देल रहिम र अर्का कानुन व्यवसायी अल सैयद अब्दुल्लाह मोहमद रहेका थिए।

अदालतमा नेपाली युवा चन्द्रशेखर यादवको प्रतिरक्षा गर्दै आएकी अधिवक्ता मोना अब्देल रहिमलाई नेपाल भ्रमणको अवसरबाट सम्मान गरिएको थियो। चन्द्रशेखरको जीवनरक्षामा सफल भएपछि उनी नेपालीमाझ कृतज्ञताको पात्र बनेकी हुन्। कार्यक्रममा भाग लिन जाने कतारी प्रतिनिधिमण्डलको लागि कतार एअरवेजले आतेजाते टिकटको व्यवस्था मिलाएको थियो।
सो प्रतिनिधिमण्डलका सदस्यले भ्रमणबारे खुशी व्यक्त गर्दै संसारकै उत्कृष्ट प्राकृतिक सौर्न्दर्य नेपालमा पाएको प्रतिकृया दिएका छन्। कतारस्थित नेपाली दूतावासको पहलमा नेपाल भ्रमणमा गएको सो प्रतिनिधिमण्डलका सदस्यहरू नेपाली नियोगमै उपस्थित भएर खुशी व्यक्त गरेको राजदूत डा. सूर्यनाथ मिश्रले बताए। देश भित्रका पर्यटकीयस्थलहरुबारे विदेशीहरुलाई जानकारी गराउने उद्देश्यले नेपाल पर्यटन बोर्डले १४ जनवरीमा सो कार्यक्रमको आयोजना गरेको थियो।

Popularity: 7%

Add comment January 27th, 2011

Previous Posts


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

January 2011
M T W T F S S
« Dec   Feb »
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

Posts by Month

Posts by Category

More news....