Archive for April 2nd, 2011

बेलायत नेपाली विद्यार्थीको लागि आकर्षक गन्तव्य रहेन

धर्मराज अधिकारी/एचकेनेपाल डट कम -
बेलायत, बेलायत सरकारले २१ अप्रिलदेखि बिद्यार्थी भिषामा कडाई गर्ने भएको छ। मार्च ३१ मा सार्वजनिक भएको नियम अनुसार अप्रिल २१ देखि विद्यार्थीहरुका लागि बेलायतले कडा नियम लागु गर्ने भएको हो। यसअघि, मार्च २२ मा बेलायती गृहमन्त्री टेरेसाले विद्यार्थी एवं नीजि कलेजहरुका लागि कडाई गर्ने निर्णय गरिएको बताएकी थिइन्।

३१ मार्चमा आएको नियमले विद्यार्थीहरुलाई अध्ययनपछि व्यवसाय गर्न पाउने अधिकार दिएको छ। विद्यार्थीहरुले पाउंदै आएको पोष्ट स्टडी वर्क हटाएपछि व्यवसाय गर्न पाउने नयां नियम सरकारले ल्याउन लागेको हो। तर, विद्यार्थीहरुले कस्तो व्यवसाय गर्न पाउने हुन् त्यो भने यकिन गरेको छैन।

बेलायत सरकारको यस नियमले लाखौं विद्यार्थी एवं सयौं नीजि क्षेत्रका कलेजहरु प्रभावित हुने भएका छन्। अध्ययनका लागि नेपालबाट बेलायत आएका करीब १५ हजार विद्यार्थी तथा तिनका १० हजार भन्दा बढि डिपेन्डेण्टहरुलाई यसबाट प्रत्यक्ष प्रभाव पर्नेछ।

बेलायतस्थित नेपाली कानुनबेत्ता सुनील अधिकारीले विशेष गरी एशिया तथा अफ्रिकी मुलुकबाट अध्ययनको लागि बेलायत आउने विद्यार्थीहरुलाई यसबाट प्रत्यक्ष असर पर्ने बताए।

अधिकारीका अनुसार अध्ययनपछि पाउने पोष्ट स्टडी वर्क कटौती गरेपनि विद्यार्थीहरुले आफ्नो अध्ययन सकेपछि सो अनुरुप व्यवसाय गर्न पाउने भएका छन्। यसबाट बेलायत सरकारले अध्ययन सकेपछि ‘काम हैन व्यवसाय गर, सरकारलाई कर तिर’ भन्न खोजेको छ, उनले भने। अध्ययनका अलवा अतिरिक्त रोजगारी पनि हुने बेलायत अब विद्यार्थीको आकर्षण रहेन। यसबाट नीजि क्षेत्रका कलेजहरुलाई ठूलो मार परेको उनको भनाई थियो। विदेशी भनेको जुन देशमा जाने हो त्यहि देशको नियम मान्नुपर्छ भन्दै अधिकारीले भने ‘बेलायतले पनि आफ्नो स्वार्थ अनुकूल निर्णय लिएको हो, यसले अविकसित मुलुबाट आएका विद्यार्थीहरुलाई ठूलो मार पर्छ।’ उनले भिषा समय सकिनै लागेका विद्यार्थीलाई २१ अप्रिल भन्दा अघि नै भिषा थपका लागि पठाउन पनि अनुरोध गरेका छन्।

बेलायतस्थित नीजि कलेज सञ्चालक व्यवसायी महेन्द्र कंडेलले बेलायत सरकारको विभेदकारी नीतिको विरोधमा प्राइभेट कलेजहरु अदालत जाने बताए। सरकारले ल्याएको नियमले बेलायतकै अर्थतन्त्रमा ठूलो असर पर्ने भएकोले अदालतबाट सहि निर्णय आउने विश्वास छ, कंडेलले भने। अध्ययनरत विद्यार्थीहरुलाई सकेसम्म अप्रिल २१ भन्दा अगावै भिषा थप गर्न पनि कंडेलले आग्रह गरेका छन्। उनले २१ अप्रिलपछि नयां नियम लागु हुने भएकोले नेपाल तथा बेलायतमा आर्थिक फण्ड देखाउन सक्ने विद्यार्थीले त्यस अगावै भिषा थप गर्नु राम्रो हुने बताए। कंडेलका अनुसार हाइली ट्रष्टिड हुन नसक्ने कलेजहरु २०१२ को अप्रिलबाट स्वत खारेज हुनेछन्। सरकारी कलेज तथा विश्वविद्यालयमा बाहेक नीजि कलेजमा अध्ययन गरेका विद्यार्थीहरु तथा तिनका डिपेण्डेन्टहरुले भने काम गर्न पाउने छैनन्।

Recent Videos:

Popularity: 7%

Add comment April 2nd, 2011

मलेसिया गएकाको भारत मै हत्या

एचकेनेपाल डट कम संवाददाता-
वैदेशिक रोजगारीको सिलसिलामा एक साताअघि माल्दिभ्स हिंडेका इलाम पञ्चकन्या–६ निवासी ४० वर्षीय चन्द्रबहादुर देवानको बाटोमै हत्या भएको छ।

गत शुक्रबार भारतको बाटो हुँदै माल्दिभ्स हिंडेका उनको बाटोमै हत्या भएको हो।

उनीसँग रहेको रु ७० हजार नगद पनि हत्यापछि लुटेराहरूले लगेको हुनसक्ने उनीसँगै गएका साथी अरूण राईले बताए।

रेलमा सवार रहेका उनी रेल रोकेको समयमा अपहरणमा परेका थिए। अपहरणकारीले उनीसँग भएको नगद लुटी हत्या गरेको हुनसक्ने बताइएको छ।

Recent Videos:

Popularity: 7%

Add comment April 2nd, 2011

छलछाम गरेर संक्षिप्त संविधान ल्याउन नहुने–अध्यक्ष थापा

एचकेनेपाल डट कम संवाददाता-
पूर्व प्रधानमन्त्री एवम् राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले छलछाम गरेर संक्षिप्त संविधान ल्याउनुभन्दा जनतासामु भ्याएनौँ भनेर म्याद थपका लागि जानु नै उचित हुने बताउनुभएको छ।

आफ्नो निवास मालिगाउँमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले हतारहतारमा संक्षिप्त संविधान ल्याउँदा राज्यलाई धोका हुने तर्क प्रस्तुत गर्नुभयो।

अध्यक्ष थापाले संविधानको मूल विषयमा नै प्रवेश नभइरहेको अहिलेको सन्दर्भमा बाँकी रहेको दुई महिनाको अवधिमा संविधान जारी हुनसक्छ भन्ने आफूलाई नलागेको बताउनुभयो।

जानेर वा नजानेर मुलुक वामपन्थी र गैरवामपन्थीबीच ध्रुवीकरणमा जाने प्रायः निश्चित भएको उल्लेख गर्दै अध्यक्ष थापाले वामपन्थी र प्रजातान्त्रिक शक्तिबीच सन्तुलन नहुने हो भने राजनीतिमा ज्यादती उत्पन्न हुने भएकाले प्रजातान्त्रिक शक्तिहरूबीच एकताको खाँचो औँल्याउनुभयो।

Recent Videos:

Popularity: 7%

Add comment April 2nd, 2011

हात्तिपाइले रोगविरुद्धको औषधिबारे अनुसन्धान गर्न माग

एचकेनेपाल डट कम संवाददाता-
नेपाल चिकित्सक सङ्घले हात्तिपाइले रोगविरुद्धको औषधि सेवनबाट मुलुकका विभिन्न स्थानमा २०० जना विरामी परेको र त्यसमध्ये केहीको मृत्यु भएकोमा तत्काल अनुसन्धान गर्न माग गरेको छ।

सङ्घले हात्तिपाइले रोगविरुद्धको औषधि सेवनबारे आम सर्वसाधारणलाई जानकारी गराउँदा गराउँदै पनि औषधि सेवनबाट परेको गम्भीर असरप्रति स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ध्यान जान जरुरी भएको जनाएको छ।

सङ्घका महासचिव डा भूपेन्द्रकुमार बस्नेतले हात्तिपाइले रोगविरुद्धको औषधि सेवनबाट जनमानसमा परेको त्रास र दुःखद घटनालाई सम्बोधन गर्न स्वास्थ्य मन्त्रालयले तत्काल अनुसन्धान सुरु गरी उचित छानबिन गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले सर्वसाधारणमा यो औषधिको सेवनपश्चात् केही लक्षणहरू देखापरेमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी स्वास्थ्य परीक्षण गराउनसमेत आग्रह गर्नुभयो।

सरकारले हात्तिपाइले रोग निर्मूल गर्ने उद्देश्यले गत साता दुई दिने अभियान सञ्चालन गरेको थियो।

Recent Videos:

Popularity: 7%

Add comment April 2nd, 2011

धार्मिक कलह उत्पन्न गराउने तत्व सक्रिय छ – सचिव ज्ञवाली

एचकेनेपाल डट कम संवाददाता-
स्थानीय विकास मन्त्रालयका सचिव कृष्ण ज्ञवालीले अहिले धार्मिक कलह उत्पन्न गराई मुलुकलाई विखण्डनतर्फ उन्मुख गराउन स्वदेशी तथा विदेशी तत्व सक्रिय रहेको बताउनुभएको छ।

बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिले आयोजना गरेको ३५ औं लामा अध्ययन भ्रमण समापन कार्यक्रममा सचिव ज्ञवालीले हिन्दु र बौद्ध धर्मबीच समन्वय नहुने हो भने यसको फाइदा अर्कैले लिने बताउनुभयो।

धर्म निरपेक्षतामा मुलुक गइसकेकाले कुनै पनि धर्मलाई ठूलो वा सानो भनेर व्यवहार गर्न नहुने भन्दै सचिव ज्ञवालीले हिन्दु र बौद्ध धर्मालम्बीलाई एकापसमा एकताबद्ध भएर अगाडि बढ्न आग्रह समेत गर्नुभयो।

Popularity: 7%

1 comment April 2nd, 2011

एमालेले मन्त्रीको नाम चयन गर्न सकेन

एचकेनेपाल डट कम संवाददाता-
नेकपा (एमाले) स्थायी समितिको हिजो पार्टी मुख्यालय बल्खुमा बसेको बैठकले सरकारमा पार्टीका तर्फबाट सहभागी हुने सदस्यहरूको नाम चयन गर्न सकेन।

बैठकपछि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष झलनाथ खनालले सञ्चारकर्मीहरूलाई सङ्क्षिप्त प्रतिक्रिया दिंदै पार्टीका तर्फबाट मन्त्री हुनेहरूको नाम यथाशीघ्र चयन गरिने बताउनुभयो। सञ्चारकर्मीहरुले यथाशीघ्र भनेको कहिले भनेर सोध्दा प्रमले भने- यथाशीघ्र भनेको छिटो !

यसैगरी, उपाध्याक्ष बामदेव गौतमले स्थायी समितिका सदस्य सरकारमा नजाने सैद्धान्तिक सहमति भएको जानकारी दिनुभयो।

एमालेले पार्टीका तर्फबाट सरकारमा सहभागी हुनेहरूको नाम सिफारिस गर्न हिजो स्थायी समितिको बैठक बसेको थियो।

Popularity: 7%

Add comment April 2nd, 2011

तीन ठूला दलको निर्णय साना दललाई मान्य नहुने

एचकेनेपाल डट कम संवाददाता-
नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय उपाध्यक्ष नागेन्द्र राजवंशीले तीन ठूला राजनीतिक दलले गरेको निर्णय अन्य साना दललाई मान्य नहुने बताउनु भएको छ।

महासङ्घको मोरङ जिल्ला समन्वय परिषद्को दोश्रो जिल्ला अधिवेशनको उद्घाटन गर्दै उहाँले उक्त धारणा व्यक्त गर्नुभएको हो।

नेपालका आदिवासी जनजातिहरू इतिहासको कालखण्डदेखि नै पछि पर्दै आएका छन् भर्न्दै उहाँले उनीहरूको अधिकार आगामी संविधानमा सुनिश्चित नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभयो।

महासङ्घका मोरङ अध्यक्ष देवराज चौधरीको सभापतित्वमा भएको सो उद्घाटन सत्रमा महासचिव आङकाजी शेर्पा, थारु कल्याणकारी समाजका केन्द्रीय सदस्य कनुलाल राजवंशी, बालकुमारी लामा, चन्द्रकला मगर, ज्ञानेश्वर राजवंशीलगायतले नेपाली सेना र माओवादी लडाकूको समायोजन गर्दैमा देशमा शान्ति बहाली नहुने भन्दै नेपाली काँग्रेस, नेकपा एमाले र एमाओवादीले विभिन्न नाममा डर त्रास देखाएर आदिवासी जनजातिको हकअधिकार खोस्ने प्रयास गरिरहेको आरोप लगाउनु भयो।

Popularity: 7%

2 comments April 2nd, 2011

नेवि सङ्घ विवाद टुङ्ग्याउन सकेन काँग्रेसले

एचकेनेपाल डट कम संवाददाता-
नेपाल विद्यार्थी सङ्घ विघटन गर्ने विषयमा सदस्यहरूबीच आपसी मत बाझिएपछि नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक निष्कर्षविहिन भएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा महामन्त्री प्रकाशमान सिंहले पेस गर्नुभएको नेवि सङ्घ विघटनसम्बन्धी प्रतिवेदनमाथि छलफल भएपनि दुई समूहका सदस्यहरूले सो प्रस्तावमा आ–आफ्नै अडान लिएपछि बैठक निष्कर्षविहिन बनेको हो।

बैठकमा पनि बोल्ने अधिकांश सदस्यहरूले अहिलेको कार्यसमितिलाई यथावत राखेर महाधिवेशनमा जानुपर्ने धारणा राखेको एक केन्द्रीय सदस्यले बताए।

बैठकमा धेरै सदस्यहरूले बोल्न बाँकी रहेकोले बैठक निष्कर्षमा पुग्न नसकेको र भोलि ११ बजे पुनः बस्ने बैठकले विवाद टुङ्गो लगाउने नेपाली काँग्रेसका मुख्यसचिव वसन्त गौतमले बताउनुभयो।

Popularity: 7%

Add comment April 2nd, 2011

दुई टाउको भएको बच्चा जन्मियो

एचकेनेपाल डट कम संवाददाता-
रुकुम अस्पतालमा सुत्केरी हुन आएकी सल्यान बाँमे गाविस–५ की १८ वर्षीय गीता बुढाले दुईवटा टाउको भएको बच्चा जन्माएकी छिन्।

बच्चाको मुख, आँखा, नाक भने एउटै टाउकोमा रहेको छ। अनुहारदेखि माथिल्लो भागबाट अर्को टाउको जोडिएको छ।

प्रसूति ब्यथाले च्यापेपछि गीतालाई पश्चिम रुकुमस्थित चौरजहारी मिसन अस्पतालमा विहिबार भर्ना गरिएको थियो।

बच्चा र आमाको स्वास्थ्य भने सामान्य भएको चौरजहारी अस्पतालले जनाएको छ।

बच्चाको दुईवटा टाउको हुनुमा फूलिक एसिडको कमी भएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्। शल्यक्रिया गरेर मात्र बच्चाको टाउको छुट्याउन सकिने बताइएको छ।

जिल्लामा दुईवटा टाउको भएको बच्चा जन्मिएको यो पहिलो घटना हो।

Popularity: 7%

Add comment April 2nd, 2011

अन्तर्राष्ट्रियस्तरको म्याराथनमा नेपाली प्रथम

एचकेनेपाल डट कम संवाददाता-
लेवनानको बेरुतस्थित इन्टर लेवनान रोड रनिङ एण्ड एथलेटिक्स क्लबद्वारा आयोजित अन्तर्राष्ट्रियस्तरको म्याराथन दौडमा नेपाली सेनाका धावक हवल्दार विकास शाही प्रथम भएका छन्।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेवनानमा तैनाथ युद्धभैरव गण (शान्तिसेना) ४९ औँ डफ्फाबाट सहभागी भएका हवल्दार शाहीले ४२.१९५ किमी दूरी दुई घण्टा ४० मिनेट ४० सेकेण्डमा पूरा गरेका थिए।

म्याराथुन दौडमा शान्ति स्थापनार्थ तैनाथ नेपाललगायत ईन्डोनेसिया, चीन, भारत, फ्रान्स, स्पेन गरी जम्मा ६ राष्ट्र तथा लेवनानबाट समेत गरी जम्मा १४० जनाको सहभागिता थियो।

उक्त दौडमा लेवनान र इन्डोनेसियाले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरेका थिए। सो दौडा यही चैत १३ गते भएको थियो।

दौडमा प्रथम शाहीले पुरस्कार स्वरुप एक हजार ५०० अमेरिकी डलर तथा ट्रफी प्राप्त गरेका छन् भने निकट भविष्यमा जर्मनीमा आयोजना हुने ग्रिन म्याराथुनमा उक्त क्लबको सम्पूर्ण प्रायोजनमा सहभागी हुने अवसर समेत पाउनु भएको नेपाली सेनाले जनाएको छ।

Popularity: 6%

1 comment April 2nd, 2011

तराईमा सुरक्षा व्यवस्था कडा

एचकेनेपाल डट कम संवाददाता-
विगत केही समययता तराईमा देखिएको अवाञ्छित गतिविधिलाई दृष्टिगत गरी मोरङ प्रहरी तथा स्थानीय प्रशासनले जिल्लामा शान्ति सुरक्षाको स्थितिलाई सुदृढ बनाउन सक्रियता बढाएको छ।

जिल्लाको सुरक्षा स्थितिलाई बलियो बनाउन विशेष गरी सर्वसाधारणको भीडभाड हुने हाटबजार, बसपार्क, सार्वजननिक स्थान, सरकारी कार्यालयलगायतका ठाउँमा चेकजाँच र छड्के कार्यलाई नियमित एवं निरन्तरता दिएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक दीपक थापाले बताउनुभयो।

सोक्रममा प्रहरीले सर्वसाधारण जनताको सुरक्षालाई दृष्टिगत गरी सर्वसाधारणको बढी आवतजावत हुने विराटनगर बसपार्क, रानी बसपार्क, विराटनगर नगरपालिका, हाटखोला बसपार्क आदि भीडभाड हुने क्षेत्रमा व्यक्ति एवं सवारी साधनहरूमा तालिम प्राप्त कुकुरबाट चेक जाँच गराइएको उहाँले जानकारी गराउनुभयो।

Popularity: 6%

Add comment April 2nd, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2011
M T W T F S S
« Mar   May »
 123
45678910
11121314151617
18192021222324
252627282930  

Posts by Month

Posts by Category

More news....