Archive for April 3rd, 2011

गृह मन्त्रालय बेवारिसे र टाउकोविहीन मुर्कट्टा

एचकेनेपाल डट कम संवाददाता-
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्सेर राणाले गृह मन्त्रालायलाई बेवारिसे र टाउको विहीनको मुर्कट्टा बनाएर राखेको आरोप लगाउनुभएको छ।

ठूला तीन दलबाट अब मुलुक चल्न नसक्ने उहाँले बताउनुभएको छ।

राप्रपा नगरकोट गाउँ इकाई समितिको पाचौं अधिवेशनको उद्घाटन गर्दै उहाँले एमाओवादी, नेकपा एमाले र नेपाली काँग्रेसले मुलुक चलाउन नसकेको बताउनुभयो।

संविधानसभामा दुई तिहाई भन्दा बढी मत लिएर बसेका ठूला तीन दलले जनताको परिवर्तनको चाहना, माग र आशालाई लत्याएको बताउँदै उहाँले अहिलेको सरकार पनि असफल भएको टिप्पणी गर्नुभयो।

Recent Videos:

Popularity: 7%

Add comment April 3rd, 2011

मूर्तिचोर पक्राउ

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौँको नयाँ बसपार्कबाट विभिन्न स्थानबाट पुराना मूर्ति चोरी तीनजनालाई प्रहरीले मूर्तिसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा बुद्धि लामा, रामबहादुर तामाङ र मानबहादुर लामा रहेको प्रहरीले जनाएको छ।

प्रहरीले हिजो बिहान नयाँ बसपार्कमा विभिन्न देवी देवताको मूर्तिको मोलमोलाई गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी वृत्तका प्रमुख दीपक थापाका अनुसार उनीहरूले ती मूर्तिहरू धेरै पैसा पाउने आशामा चोरी गरेको बयान प्रहरीसमामु दिएका छन्। मूर्तिहरू बेच्न लागिएको भन्ने विशेष सुराकीको आधारमा उनीहरूलाई पक्राउ गर्न सफल भएको थापाले बताउनुभयो।

प्रहरीका अनुसार उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ

Recent Videos:

Popularity: 7%

Add comment April 3rd, 2011

साहित्यिक पत्रकार सङ्घद्वारा डा शर्मा र साकार सम्मानित

एचकेनेपाल डट कम संवाददाता-
साहित्यिक पत्रकार सङ्घले वरिष्ठ कथाकार डा बेञ्जु शर्मा र साहित्यकार शैलेन्द्र साकारलाई सम्मान गरेको छ।

एकाइसौं कथा दिवसका अवसरमा सङ्घद्वारा आयोजित सम्मान कार्यक्रममा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइँलाले वरिष्ठ कथाकार डा शर्मालाई यसवर्षको मैनाली कथा सम्मान प्रदान गर्नुभयो।

त्यसैगरी प्रतिष्ठानका कुलपति काइँलाले नेपाली साहित्यका वरिष्ठ कवि हरिहर शास्त्रीद्वारा स्थापित रु १५ हजार नगदसहितको हरिहर शास्त्री–सावित्री देवी साहित्य पुरस्कार वरिष्ठ कवि साकारलाई प्रदान गर्नुभयो।

सो अवसरमा कुलपति काइँलाले प्रतिष्ठानले डायस्पोरा साहित्यका लागि प्रतिष्ठानमा एक इकाई गठन गरिने जानकारी दिँदै साहित्यका क्षेत्रमा कार्यरत सबै सङ्घसंस्थासँग हातेमालो गरेर अगाडि बढ्न आफू तयार रहेको बताउनुभयो।

वरिष्ठ समालोचक डा लक्ष्मणप्रसाद गौतमले सम्मानित व्यक्तित्वद्वय डा शर्मा र साकार नेपाली साहित्य क्षेत्रका अब्बल हस्ती भएको चर्चा गर्नुभयो।

सङ्घका पूर्वसभापति राधेश्याम लेकाली तथा सङ्घका सदस्य विश्वमोहन श्रेष्ठले नेपाली साहित्य क्षेत्रमा समर्पित स्रष्टालाई हौसलास्वरुप सङ्घले हरेक वर्ष सम्मान गर्दै आइरहेको बताउनुभयो।

Popularity: 7%

Add comment April 3rd, 2011

पार्टीमा विवाद बढेपछि नेविसङ्घ अध्यक्षद्वारा राजिनामा

एचकेनेपाल डट कम संवाददाता-
नेपाल विद्यार्थी सङ्घका अध्यक्ष प्रदीप पौडेलले पदबाट राजीनामा दिनुभएको छ।

नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा हिजो पत्रकार सम्मेलन गरी अध्यक्ष पौडेलले पदबाट राजिनामा दिने घोषणा गर्नुभएको हो।

पत्रकार सम्मेलनमा अध्यक्ष पौडेलले मुलुकको लोकतान्त्रिक आन्दोलनलाई हाँकेर हिड्नुपर्ने मुलुकको सबैभन्दा पुरानो र ठूलो लोकतान्त्रिक पार्टी काँग्रेसमा आफ्ना कारण विवाद नदेखियोस् भनी राजिनामा दिएको स्पष्ट पार्नुभयो।

लोकतन्त्रमाथि चौतर्फी आक्रमण भइरहेको विद्यमान अवस्थामा पार्टीको भातृ तथा शुभेच्छुक सङ्घ सङ्गठनभित्रको विवाद सतहमा आउनु राम्रो नभएको उल्लेख गर्दै उहाँले गुट–उपगुटबाट मुक्त भई जारी शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याएर तोकिएकै समयमा लोकतान्त्रिक संविधान जारी गर्ने कार्यमा नेतृत्व वर्गको ध्यान जानुपर्ने समय आएको बताउनुभयो।

नेपाली काँग्रेसको जारी केन्द्रीय समितिको बैठकमा समेत कार्यकाल सकिएको र सङ्घभित्र आन्तरिक विवाद पनि देखिएकोले नेविसङ्घ नेतृत्वले राजिनामा दिनुपर्ने भन्ने सन्दर्भमा सदस्यहरूबीच विवाद देखिएको थियो।

Recent Videos:

Popularity: 7%

Add comment April 3rd, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2011
M T W T F S S
« Mar   May »
 123
45678910
11121314151617
18192021222324
252627282930  

Posts by Month

Posts by Category

More news....