Archive for April 4th, 2011

कोरियामा झुण्डिएर मृत्यु भएका दर्लामीको शव नेपाल पठाइदै

रघु त्रिपाठी/ एचकेनेपाल डट कम-
दक्षिण कोरिया, पाल्पा जिल्ला नयाँर नामतलेस गाविस ७ निवासी अन्दाजी २१ वर्षीय मानबाहादुर दरलामीको पार्थिव शरिरलाई मंगलवार नेपाल पठाइने भएको छ।

नेपाल र कोरिया बीचको श्रम सम्झौता अनुसार नेपाल सरकारको खर्चमा उनको शव नेपाल पठाइने लागिएको हो। शव नेपाल पठाउने बेलामा साथीहरु फेरि एकपटक भावविव्हल बनेका छन्।

रोजगारीको शिलशिलामा १ महिना अगाडिमात्र इपिएसमार्फत कोरिया आएका दरलामी मार्च २९ तारिख मंगलवार विहान छनानस्थित सिएनसी कम्पनीको भान्छा कोठामा भित्रि टाउजर घाँटीमा बेरेर झुण्डिएको अवस्थामा फेलापरेका थिए।

दरलामीको मृत्यु बारे उनी कार्यरत कम्पनीका सहकर्मी लक्ष शर्माले दिएको जानकारी अनुसार २७ तारिख आइतवार राति टाउको दुखेको र सोमवार कोरियन कर्मचारीको सहयोगमा अस्पताल लगी उपचार गराएका थिए। अस्पतालबाट फर्किएपछि उनी काममा नगई कोठामा आराम गरेका थिए।

मृतक दरलामीसंग कार्यरत अन्य ५ जना नेपालीहरु बेलुका कामबाट फर्किएपछि उनको स्वास्थस्थितिबारे जानकारी लिएको र उनलाई दुध पाउरोटी खुवाएको बताए। राति अन्दाजी साढे ११ बजे उनी बाथरुम गएका थिए। काम गरेर थकाई लागेका कारण हामी निदाए छौँ बिहान प्रहरी आएर हामीलाई मानबाहादुर दर्लामीको मृत्यु सम्वन्धमा सोधपुछ गर्न आएको भन्दा हामी स्तब्ध भयौं शर्माले भने। उनी कोरिया आएको केही सातापछि नेपालमा आफ्नी आमासंग फोनमा कुरा गर्दै रुने गरेका र साथीहरुसंग पनि राति निद्रा लाग्दैन डर लागेको जस्तो हुन्छ भन्ने गरेको शर्माले बताए।

कम्पनीमा उनी सबैभन्दा कान्छो भएका कारण कोरियनहरुले पनि माया गर्थे। हामीहरुसंग पनि हाँसेरै कुरा गर्थे। तर केही दिनदेखि उनी निरास देखिन्थे, शर्माले बताए।

दर्लामीको मृत्युपछि उनका सामानहरु प्रहरीलाई बुझाउने क्रममा कपडाहरु झिक्दा मृतकले प्रयोग गर्ने टावेललाई काटेर डोरी जस्तो बनाँइ राखेको भेटेपछि आत्महत्या गर्ने पूर्व योजना हुन सक्ने बताँउछन्।

३ दिन अगाडी उनको शवको पोष्टमार्टम गरिएपनि प्रतिवेदन आउन अझै १ हप्ता लाग्ने सम्बन्धित निकायले जनाएको छ। स्थानीय प्रहरीको प्रारम्भिक प्रतिवेदनले मृतक दरलामीको शरीरमा कुनै चोटपटक नलागेको तथा कुनै किसिमको हात हतियार प्रयोग नभएको देखाएको छ।

Recent Videos:

Popularity: 7%

Add comment April 4th, 2011

सहारा एकेडेमीका लागि ३ लाख ६६ हजार संकलन

दिननाथ बराल / एचकेनेपाल डट कम-
पोखरा, १७ दोविल्लामा निमार्णाधिन अबस्थामा रेहेको सहारा एकेडेमी भवनको लागि आज एक समारोहबीच ३ लाख ६६ हजार हस्तान्तरण भएको छ।

सहारा क्लबका अध्यक्ष बिक्रम थकालीलाई हङकङकमा बसोबास गर्ने तथा अन्य पोखरेली सहयोगी ब्यक्तिहरुले एक समरोहकाबीच उक्त रकम हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा वेलायत निवासी सेरा गुरुङको तर्फबाट दाजु भूपालसी गुरुङले १ लाख १३ हजार पाँच सय पाँच रुपैयाँ, सहारा क्लवका पूर्व उपाध्यक्ष दीपक गुरुङको तर्फबाट आमा जयकुमारी गुरुङले १ लाख, पूर्व फुटबल खेलाडी विल तामाङको सक्रियतामा नमोवुद्ध आमा समूह जोर्डन हङकङबाट ५१ हजार पाँचसय सत्तरी, पोखराका समाजसेवी भानु सुवेदीले ५१ हजार एकसय एकाउन्न रुपैयाँ क्लबलाई सहयोग हस्तान्तरण गर्नु भएको हो।

वेलायतमा रहनु भएको सेरा गुरुङले २०६३ सालदेखि वार्षिक रुपमा सहारा एकेडेमी सञ्चालानार्थ ६० हजार सहयोग गर्दै आउनु भएको महासचिब केशवबहादुर थापाले बताउनु भयो।

त्यसै गरी, १० हजार भन्दा बढी सहयोग गर्नेहरुमा चित्र ब. गुरुङ/प्रमिला गुरुङ (बिबि गेष्ट हाउस) बुद्धचोक, अर्जुन गुरुङ रत्नचोक, विनोद गुरुङ औद्योगिक क्षेत्र, सन्तोष गुरुङ्ग पोखरा, स्वर्गिय रन ब. मल्लको स्मृतिमा छोरी नन्द मल्ल मुवा-३, म्याग्दी रहेका छन्।

पोखरा १७ दोविल्लामा गत असोजदेखि निर्माण शुरु भएको एकेडेमीको दुइतल्ला ढलाइ भइसकेको छ। हालसम्म ५९ लाख १६ हजार तीनसय पैसठ्ठी संकलन भएको छ। ७७ लाख ६८ हजार दुइसय वाइस रुपैया खर्च भएको क्लवका अध्यक्ष विक्रम थकालीले बताउनु भयो।

क्लवका अध्यक्ष विक्रम थकालीको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा सहयोगदाताहरु भानु सुवेदी, दीपक गुरुङ, क्लवका द्धितीय उपाध्यक्ष हरेराम गुरुङ, महासचिव केशवबहादुर थापा लगायतले सहारा एकेडेमिको भवन पूरा गर्न सवैको सहयोग आवश्यक भएको कुरामा जोड दिएका थिए।

सहारा एफ्सी युकेका अध्यक्ष नविन गुरुङको सक्रियतामा क्लबलाई तथा सहारा एकेडेमि संचालानार्थ करीब ५० हजार भन्दा बढी सहयोग प्राप्त भएको छ। क्लबले ६१ सालदेखि १८ जना वालकहरुलाई एकेडेमिमा समावेश गरी पालन पोषणा गर्दै आएको छ।

Recent Videos:

Popularity: 7%

Add comment April 4th, 2011

नेपालको सुदूर पश्चिममा शक्तिशाली भूकम्प

एचकेनेपाल डट कम संवाददाता-
बैतडी, नेपालको सुदूर पश्चिममा सोमवार साँझ शक्तिशाली भूकम्प गएको छ।

साँझ ५ बजेर १५ मिनेट जाँदा ५.७ रेकटर स्केलको भूकम्प गएको हो।

भूकम्पबाट मानवीय क्षति नभएपनि केही ठाउंहरूमा पहिरो गएको तथा बैतडीको उत्तरी महादेवस्थान-५ एक घर भक्तिएको स्थानीय प्रशासनले बताएको छ।

भूकम्पबाट भएको क्षति तथा केन्द्रविन्दू यकिन हुन सकेको छैन। भारतीय सञ्चारमाध्यमले भने भूकम्पको केन्द्रविन्दू देहरादुन बताएको छ।

Recent Videos:

Popularity: 7%

1 comment April 4th, 2011

बुढासुब्बा गोल्डकपः मनाङको कब्जा

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, साविक विजेता रानि पोखरी कर्नर टिम काठमाडौ लाई पराजित गर्दै लक्ष्मी हुन्डाइ मनाङ मर्स्यादी कल्व काठमाडौले सुनसरीको धरानमा जारी १३ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा टुर्बोग गोल्डकप फुटवल प्रतियोगिको उपाधि कब्जा गरेको छ।

धरानस्थित प्रस्तावित रंगशालमा भएको फाइनल खेलमा ट्राइबेकरको आधारमा साविक विजेता आरसिटीलाई ७-८ गोल अन्तरले पछि पार्दै मनाङले उपाधिमा कब्जा जमाएको हो । ट्राइबेकर मा आरसटिका एथ्लेक्सले गरेको गोल प्रहार गोल रक्षक विमल श्रेष्ठले रेाके पछि मनाङका ले उपाधिमा कव्जा जमाएको हो । हार सगै आरसिटको दोस्रो पटक उपाधि जित्ने सपना चकना च’र भएको छ भने गोल्डकप मा मनाङले दोस्रो पटक आफ्नो पोल्टामा पाररेको छ । जित सगै मनाङले नगद २ लाख सगै ट्रफी पमाण पत्र तथा मेडेल हात पारेको छ भने उप विजेता आरसिटिले नगद १ लाख सगै ट्रफी पमाण पत्र तथा मेडेल पाएको छ। पेनाल्टीकिको शुरुवातमै दुवै टिम चुकेका थिए। मनाङले शुरुवात गरेको पेनाल्टी किक शिव श्रैष्ठलले गरेको प्रहार पोष्टको माथिल्लो भागमा ठोक्किएको थियो भने आरसिटीका तर्फाट पैनाल्टी गने ५ का कृष्ण सुनुवारको प्रहार पौष्टमाथिबाट बाहिरिएको थियो।

मनाङको लागी ट्राइबेकरमा टासी छिरिङ , सविन्द्र श्रेष्ठ , काल’ थापा , गणेश खड्का , स’लभ मास्के विमल श्रेष्ठ ,स’गम जंग राणा राम थाले गोल गरेको थिए भने आर सिटिका शेखर लिम्ब’ एन्टोलो एलेन ,प्रवेस कट’वाल दिलिप चौधरी निरज आर हेगर ,भिम दलार्मी , र अञ्जन केसी ले मात्र गोल गरेका थिए। खेलको म्यान अफ लि म्याच आर सिटिका एथ्लेक्स भए । उनले नगद १० हजार पाए।

प्रतिष्पर्धात्मक फाइनल खेलमा निर्धारित ९० तथा थप १० मीनेटमा पनि गोल ह’न नसके पछि ट्राइबेकरको सहारा लिनु परेको थियो । ४ ४ २ को रणनितीका साथ आक्रमक रुपमा मैदानमा देखा परेको मनाङ ले यो सगै यो बर्षआरसिटिलाई तीन पटक पराजित गरेको छ । यो वर्षमनाङ सग बेहोरेको हारको वदला लिने सोचका साथ आक्रमक रुपमा मैलानमा उत्रिएको आसिसटिले खेल अवधि भर गोल गर्न सकेन भने पेनाल्टीमाा भरपर्दा खेलाडी एथ्लेक्स ले पेनाल्टी मिस गरे पछि हारको वदला लिन सकेन । द’वै टिमको लागी धरान रंगशाला लक्कि मानिए पनि यो पटक आसिटीको लागी भने अन लक्की सावित भयो।

मनाङकालाई यहि वर्षदेखि सम्हालेका कोच देवेन्द्र जङ्ग शाहीका जितसगै निकै खुसी थिए ।तर उनले राम्रो फिनिसिङ गर्न नसको तथा डिफेन्स केही कमजोर भएको कारण खेल ट्राइबेकरमा पुगेको प्रतिक्रया दिए । साथे उनले आफ्नो टिमले मिडमा भने राम्रो प्रदर्शन गरेका वताए । उनले टिम सम्हाले याताको यो पहिलो यपाधि हो । यता दुइ विदेशी खेलाडीसहित ४ ४ २ को रणनित मा आक्रमक रुपमा प्रस्तुत साविक विजेता आर सि टि का कोच मधु कार्की भने आफ्नो ले राम्रो खेल प्रस्त’त गरेको भए पनि पनाल्टीमा आसा लाग्दा खेलाडी ले वान वाइ वान गोल मिस गरेको कारण हार वेहोनर्’ परेको प्रतिक्रिया दिए । निर्धारित समयमा गोल गर्न राम्रँ अवसर प्राप्त भए पनि फिनिसिङ राम्रँे गर्न नसक्ता उप विजेतामा चित्तब’झायन’ परको प्रतिक्रिया दिए।

गोल्डकपमा तेस्रो पटक सहभागी आर सि टि ले गत बर्षउपाधि हात पारेको थियो भने दुइ पटक सेमी फाइनलवाट पराजित भएको थियो।

गत वर्ष आरसिटिको लागि उपाधि हात पार्न महत्वपूर्ण भूमिका खेलेका गोल रक्षक दिपक क्षेत्रीको कप्तानिमा मैदानमा उत्रिएकको थियो।

गोल्डकपमा चार पटक सहभागी मनाङले एक पटक नेपाल प्रहरी कल्वलाई पराजित गरि ०६१ मा उपाधि हात पारेको थियो। टासी छिरिङको कप्तानीमा मैदानमा उत्रीएका मनाङ यो पटक शसक्त प्रतिद्धन्दी प्रहरीलाई सेमीमा पराजित गरेको थियो भने आर सिटीले ३ पटकको विजेता थ्री स्टारलाई पराजित गरेको थियो। खेलको उत्कृष्ट खेलाडी मनाङका मनाङका शिव श्रेष्ठलाई घौषित भए। उनले २५ हजार नगद हात पारे। प्रतियोगिताको सर्वाधिक गोलकर्ता मजदुर सहीद स्मृतिक्लब काठमाण्डोका निराजन रायमाझी घोषित भएका थिए। उनलै खेल अवधिभर ३ गोल गर्न सफल भएका थिए। उनलै १५ हजार नगद पाएका थिए।

विजेता, उपविजेता,हाइस्कोरर र म्यान अफ द म्याचलाई कार्यक्रमका प्रमुख अतिथि सुनसरीका स्थानीय विकास अधिकारी प्रैमप्रसाद भट्टराईलै पुरस्कार वितरण गरेका थिए।

Recent Videos:

Popularity: 7%

Add comment April 4th, 2011

तमु धि लण्डन इकाइको साधारण सभा सम्पन्न

धर्मराज अधिकारी/ एचकेनेपाल डट कम-
बेलायत, बेलायतमै नेपालीहरुको संस्था मध्ये सबल संस्थाको रुपमा रहेको तमुधि युके, लण्डन इकाइको निर्वाचन २२ अगस्तमा हुने भएको छ।

निर्वाचनले आगामी ३ बर्षे कार्यकालका लागि नयां नेतृत्व दिने अध्यक्ष चित्रबहादुर गुरुङले जानकारी दिननुभयो। अर्ल्पर्टनस्थित अर्ल्पर्टन हाउसमा आइतबार भएको वार्षिक साधारणसभाले आगमी निर्वाचनका अतिरिक्त विभिन्न कार्यक्रमहरुका बारेमा समेत जानकारी गराएको थियो।

लण्डन इकाइका अध्यक्ष चित्रबहादुर गुरुङको अध्यक्षतामा भएको सो साधारणसभाले आगामी जुन ४ मा बुद्ध पूर्णिमा तथा अन्तर्समुदाय लोकनाँच प्रतियोगिता गर्ने भएको छ।

त्यसैगरी, इकाईले ‘सिनियर सिटीजन’का लागि जुन २५मा विशेष कोच ट्रिपको व्यवस्था गरेको अध्यक्ष गुरुङले बताउनुभयो। इकाइको आयोजनामा बेलायतको बहुप्रतिक्षित रारा गोल्डकप प्रतियोगिता जुलाई ९ तारखिका दिन हुने भएको छ । रारा कप फुटवल प्रतियोगिताका सम्पन्न गर्नका लागि आवश्यक तयारी भइरहेको उहांले जानकारी दिनुभयो। त्यस्तै आगामी ल्होसार कार्यक्रम २०१२ को जनवरी ७ मा गरिने तय भएको छ।

लण्डन इकाइले आफ्ना सदस्यहरुलाई युरोपका पांच देशको भ्रमण गराउने समेत बताएको छ। उसले महिलाहरुका लागि २२ अगस्तमा तिजको अवसर पारी लेडिज नाईटको आयोजना गर्ने, २४ सेप्टेम्बरमा दशैं च्यारीटि डिनर, तिहारको अवसरमा अक्टोबर २८ देखि ३० सम्म देउसी भैलो कार्यक्रम आयोजना गर्ने निर्णयसमेत गरेको छ । युवापुस्तालाई समाजमा सक्रिय बनाउनका लागि इकाइले विभिन्न प्रतियोगितात्मक कार्यक्रहरुको आयोजना गर्ने निर्णयसमेत गरेको छ।

सभामा बिधान शंसोधन गर्दै आफ्ना सदस्यहरुलाई दैवि तथा प्राकृतिक विपत्तिका बेला विशेष राहात दिने निर्णय गरेको छ । जस अनुसार कुनै सदस्यको मृत्यु भएमा परिवारलाई संस्थाको तर्फबाट १००० पाउण्ड सहयोग स्वरुप प्रदान गरिने छ । त्यस्तै, पीडित परीवारलाई प्रति सदस्य २० पाउण्डका दरले उठाईएको एकमुस्ट रकम पनि सहयोग स्वरुप उपलब्ध गराइने विधानमा उल्लेख छ।

कार्यक्रममा अध्यक्ष चित्रबहादुर गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो क्रममा उहांले सबैको सहयोगले मात्र तमुधि अन्य संस्थाको तुलनामा अब्बल संस्थाको रुपमा दर्ज हुने बताउनुभयो।

सो अवसरमा इकाईका महासचिव अर्जुनकुमार गुरुङले संस्थाको वार्षिक प्रतिवेदन सुनाउनु भएको थियो । त्यस्तै कोषाध्यक्ष शिवकुमार गुरुङले संस्थाको वाषिर्क आयव्यय प्रस्तुत गर्नुभएको थियो।

साधारण सभामा संस्थाका सल्लाहकारहरु नारायणप्रसाद गुरुङ, प्रेम गुरुङ, खुशीमान गुरुङ, शिवशरण गुरुङ, रेनुमायां गुरुङ लगायत कार्यसमितिका सम्पूर्ण सदस्यहरुको उपस्थिति रहेको थियो। साधारण सभामा अध्याक्ष गुरुङले संस्थाका नयां आजीवन सदस्यहरु जीवन गुरुङ, बुद्धि गुरुङ, सनत गुरुङ, आश बहादुर गुरुङ, अमर बहादुर गुरुङ तथा बबिता गुरुङलाई दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो।

गोर्खाहरुको ठूलो जमात अर्थात गुरुङ समुदायको यस संस्थाले विभिन्न च्यारीटि कार्यक्रमहरु गर्दै आएको छ । तमुधिका अन्य शाखाहरुको तुलनामा लण्डन इकाइ अझ अग्र पंक्तिमा छ। यसमा आजीवन तथा साधारण सदस्य गरी करीब १६९ जना रहेका छन्।

हलको सट्टामा भोट मलाई
तमुधि लण्डन इकाइलाई कार्यक्रम गर्न हल उपलब्ध गराए बापत व्यवसायी महेन्द्र कंडेलले भोटको आश गरेका चर्चा पनि सुनियो। उनले भाडा नलिई हल दिए वापत आगामी एनआरएनको निर्वाचनमा भोटको आशा गरेका रहेछन्। इकाइ श्रोतले भन्यो, महेन्द्रजीले हल बापत भोट देउ भनेका छन, भोट र हल पृथक कुरा हुन्, भोट व्यक्तिगत अधिकार भएकोले संस्थामार्फत गर्न खोज्नु राम्रो होइन। एनआरएनको उपाध्यक्ष रहेका कंडेलले चुनावमूखि बनाएर आफूहरुबाट फाइदा लिन लागेको केहीको आरोप छ। सामाजिक संस्थाका लागि सहयोग गर्नु राम्रो हो। तर, त्यसमा अड्को थाप्नु जायज नभएको उनीहरुले बताए।

Popularity: 6%

Add comment April 4th, 2011

आदिवासी जनजाति महासंघ जापानको अध्यक्षमा शेर्पा

श्याम राना मगर / एचकेनेपाल डट कम-
जापान आईचि, नेपाली आदिवासी जनजाति महासंघ टोकाई जापानको आईतबार आईचिकेनको टोयाटा सीटीमा तेस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले जिग्मे शेर्पाको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ।

समितिको उपाध्यक्षहरुमा पासाङ्ग शेर्पा र उज्ज्वलधोज तुलाचन, महासचिवमा श्याम राना मगर, सचिवमा रमेश प्रधान, कोषाध्यक्षमा गोपाल शेरचन र सहकोषाध्यक्षमा अनिल तामाङ्ग चयन भएका छन् भने कार्यसमितिका सदस्यहरु चयन गर्ने काम भईरहेको छ।

कार्यक्रममा आदिवासी जनजाति महासंघ टोकाई जापानका अध्यक्ष राजु राना मगर, थकाली सेवा समिति टोकाई जापानका अध्यक्ष चन्द्र शेचन, शेर्पा संघ जापानका अध्यक्ष पासाङ्ग शेर्पा, नेपाल तामाङ्ग मैत्री समाज जापानका उपाध्यक्ष अमित लामा, लगायत टोकाई क्षेत्रमा क्रियाशिल विभिन्न एकलजातिय संघ संस्था का प्रतिनिधिहरुको आतिथ्य रहेको थियो भने प्रमुख अतिथिमा आदिवासी जनजाति महासंघ जापानका केन्द्रिय अध्यक्ष के.बि. मगरले आफ्नो धारणा राख्नु भएको थियो।

अधिवेशन सफल पार्न आएका सबैलाई समितिका कोषाध्यक्ष ज्ञान पुन मगरको स्वागत मन्तव्यपछि मञ्चमा आशिन अतिथिले अधिवेशनको पूर्ण सफलताको कामना गर्दै शुभकामना मन्तव्य दिनुभएको थियो। शुभकामना मन्तव्यको क्रममा प्रमुख अतिथि मगरले विभिन्न राजनैतिक दलबाट आएका आदिवासी जनजातिका सभासदहरुले आफूखुशि काम गर्न नसकेको मुख्य कारणहरुबारे प्रष्ट पार्नुभएको थियो।

शुभकामना मन्तव्यपछि खुला सत्रको समापन अध्यक्ष सूर्य तामाङले गर्नुभएको थियो भने संचालन महासचिव विरेन्द्र शेरचनले गर्नुभएको थियो। अधिवेशनको बन्दसत्रमा विभिन्न एकलजातिय संध संस्थाका प्रतिनिधिहरु रहेका थिए। आय व्यय विवरण कोषाध्यक्ष ज्ञान पुन मगर र वार्षिक प्रगति प्रतिवेदन महासचिव वीरेन्द्र शेरचनले प्रस्तुत गर्नु भएको थियो।

Popularity: 7%

Add comment April 4th, 2011

मलेसियामा नेपाली कामदारको ज्यान गयो

एचकेनेपाल डट कम संवाददाता-
वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका नवलपरासीको रुचा गाविस–७ लुकुरु निवासी धनबहादुर फाल मगरको ज्यान गएको छ।

आठ महिनाअघि मलेसियामा कामदारका रूपमा गएका ३१ वर्षीय फाल मगर गत शुक्रबार मृत अवस्थामा फेला परेको मृतकका काका खुमबहादुर फाल मगरले जानकारी दिनुभयो।
उनको मृत्युको कारण खुल्न सकेको छैन। मृतकको शव नेपाल ल्याउने तयारी भइरहेको छ।

धनबहादुर बिहीबार राति आफ्ना दाजु नौलाखीम फाल मगरसँगै सुतेको र शुक्रबार बिहान उठ्दा मृत अवस्थामा रहेको नौलाखीम फाल मगरलाई उद्दृत गर्दै मृतकका काका खुमबहादुरले बताउनुभयो।

Popularity: 7%

Add comment April 4th, 2011

राजीनामा गर्नु मेरो अधिकार हो– अर्थसचिव खनाल

एचकेनेपाल डट कम संवाददाता-
अर्थसचिव रामेश्वर खनालले आफूले कोही कसैको दबावमा परेर राजीनामा नदिएको स्पष्ट पार्नुभएको छ।

रिपोटर्स क्लवद्धारा आयोजना गरिएको साक्षात्कार कार्यक्रममा सचिव खनालले आफुलाई अर्थमन्त्रालयमा बसेर पनि अर्थमन्त्रीलाई सहयोग नगरेको जस्तो महसुस भएकोले राजीनामा दिएको बताउनुभयो।

जहाज चढ्दा क्याप्टेनलाई सहयोग नगरी धकेली रहँदा सो जहाज खस्न सक्छ, त्यसैले की चुप लागेर बस्नुपर्‍यो की त्यहाँबाट नै हिड्नुपर्‍यो, मैले हिड्नु बुद्धीमानी ठानेर राजीनामा दिएको हुँ, सचिव खनालले भन्नुभयो।

एक्कासी पूरक बजेटको लागि मस्यौदा तयार गरिएको रहेछ, मस्यौदा तयार हुँदा अर्थमन्त्रालयका कुनै पनि कर्मचारीलाई जानकारी थिएन, मलाई अर्थमन्त्रीले मस्यौदा ल्याएर कस्तो छ हेर्नु भनेपछि मैले मस्यौदामा वितरणमुखी बजेट रहेको पाएँ। उत्पादनमुखी बजेट ल्याउनुपर्नेमा जोड दिँदा केही असमति भएको हो, यही कारणले मात्र मैले राजीनामा दिएको भने होइन सचिव खनालले स्पष्ट गर्नुभयो।

उहाँले सरकारले नीति र कार्यक्रम भएमा जुनसुकै अवस्थामा पनि बजेट ल्याउन सक्ने तर अहिले ल्याउन लागेको पूरक बजेटको मस्यौदामा भने नीति तथा कार्यक्रम नभएको जानकारी दिँदै आफूले यस्ता कुराहरूमा पनि सहमति गर्नुपरेमा आफ्नो जन्म नै धिक्कार लाग्ने महसुस गरेर राजीनामा दिएको हुँ भन्नुभयो।

करिब आठ वर्ष अघिदेखि सो पदमा रही निक्कै बाधा, व्यवधानसँग झेल्दै आएको जानकारी गराउदै सचिव खनालले मट्टीतेलले सम्पूर्ण शरीर भिजेको बेलामा आगो लाग्नु संयोग मात्र भएको हो भन्नुभयो।

राजीनामा दिनु आफ्नो अधिकार भएको दावी गर्दै उहाँले आफ्नो राजीनामाका बारेमा कर्मचारी तथा राजनीतिक दलहरूले ठूलो विषय बनाउन नहुने धारणा राख्नुभयो।

उहाँले आफूलाई नक्कली भ्याट बिल र क्यासिनोको मुद्धामा कुनै प्रकारको दबाव नभएको स्पष्ट पार्दै भन्नुभयो–’मेरो राजीनामाले प्रशासनिक कर्मचारीहरूको भने मनोबल बढेको छ।’

Popularity: 7%

Add comment April 4th, 2011

माओवादीमा मन्त्री छान्ने जिम्मा हेडक्वार्टरलाई

एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी) को सिन्धुपाल्चोकको सुकुटेमा जारी स्थायी समितिको बैठकले पार्टीनिकट मजदुर सङ्गठनमा देखिएको विवाद र विस्तारित मन्त्रिपरिषदमा पठाउने सहभागीहरूको नाम छनोटको कामसमेत पार्टी हेडक्वार्टरलाई जिम्मा दिने निर्णय गरेको छ।

शनिबारदेखि बसेको उक्त बैठक पार्टी एकताबद्ध भएर अघि बढ्ने निर्णयका साथ सम्पन्न भएको हो।

बैठकपछि सञ्चारकर्मीहरूको प्रश्नको जवाफमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक दलहरूले बहाना नबनाएमा समयभित्रै संविधान बन्ने ठोकुवा गर्दै एकीकृत नेकपा (माओवादी) संविधानसभाको म्याद पुनः थप्ने पक्षमा नरहेको बताउनुभयो।

उपाध्यक्ष डा बाबुराम भट्टराईले आफूबारे बाहिर आएको जस्तो विवाद पार्टीभित्र नभएको प्रतिक्रिया दिनुभयो।

Popularity: 7%

Add comment April 4th, 2011

त्रिशुलीमा कार खस्दा तीनको मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
धादिङ जिल्लाको कृष्णभीरनजिक हिजो दिउँसो भएको कार दुर्घटनामा परी दुईजनाको घटनास्थलमा र एकजनाको उपचारार्थ काठमाडौँतर्फ ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको छ।

दुर्घटनामा अर्का एकजना घाइते भएका छन्। सशस्त्र प्रहरी बलको टोलीले घाइतेको उद्धार गरी उपचारार्थ काठमाडौँतर्फ पठाएको छ।

बुटवलबाट काठमाडौँतर्फ आउँदै गरेको बा८च २३४ नम्बरको कार सडकबाट करिब दुई सय मिटर तल त्रिशूली नदी किनारमा खसेर दुर्घटनाग्रस्त भएको थियो।

काठमाडौँ फर्किने क्रममा दुर्घटनाको केही बेरपछि त्यस ठाउँमा पुग्नुभएका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक कोषराज वन्त र उहाँको साथमा रहेका सशस्त्र प्रहरी कर्मचारीको सक्रियतामा उद्धार कार्य भएको सशस्त्र प्रहरी बलले जनाएको छ।

दुर्घटनामा परी रूपन्देहीको बुटवल बस्ने सन्तोष ज्ञवाली र इन्दिरा अधिकारीको घटनास्थलमा नै मृत्यु भएको थियो। घाइते सन्तोषराज पाण्डेको उपचारार्थ काठमाडौँतर्फ ल्याउँदै गर्दा धादिङको नौबिसेमा मृत्यु भएको थियो।

Popularity: 7%

Add comment April 4th, 2011

एमालेमा थप मन्त्री चयनको जिम्मा प्रधानमन्त्रीलाई

एचकेनेपाल डट कम संवाददाता-
नेकपा (एमाले) को स्थायी समितिको बैठकले पार्टीका तर्फबाट सरकारमा पठाउने थप मन्त्रीहरूका बारेमा आवश्यक परामर्शपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष झलनाथ खनालले टुङ्गो लगाउने निर्णय गरेको छ।

हिजो साँझ पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको केन्द्रीय समितिको बैठक आगामी २०६८ वैशाख १४, १५ र १६ गते राख्ने निर्णय गरेको बैठकमा सहभागी एमालेका सचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो।

पोखरेलले भन्नुभयो – ‘परामर्शमा मन्त्रीहरूको टुङ्गो लाग्न नसकेमा पुनः स्थायी समितिले निर्णय गर्नेछ।’

उहाँले आजको बैठकमा थप मन्त्री चयनका विषयमा छलफल भएपनि टुङ्गो लाग्न नसकेकाले प्रधानमन्त्री खनालले आवश्यक परामर्शमा नाम चयन गर्ने सहमति भएको बताउँदै गृह मन्त्रालयका सम्बन्धमा पार्टीको पुरानो अडान कायमै रहेका उल्लेख गर्नुभयो।

Popularity: 7%

Add comment April 4th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2011
M T W T F S S
« Mar   May »
 123
45678910
11121314151617
18192021222324
252627282930  

Posts by Month

Posts by Category

More news....