Archive for April 5th, 2011

बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुग्यो

बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुग्यो
एचकेनेपाल डट कम संवाददाता-
इनरुवा, दुईवटा यात्रुवाहक बस सोमवार एकआपसमा ठोक्किदा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ।

घटनामा गम्भीर घाइते भएकी सप्तरी धरमपुर ४ की २१ वर्षीया सुजना चौधरीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुई यात्रुबाहक बस ठोक्किदा १० जनाको मृत्यु
एचकेनेपाल डट कम संवाददाता-
इटहरी, दुईवटा यात्रुबाहक ठोक्किदा सोमवार दिउंसो १० जना यात्रुको मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा सप्तरी फत्तेपुर–४ की ६० बर्षीया अम्बिका बस्नेत र सुनसरी इनरुवा–३ का रामेश्वर चौधरीको मात्र सनाखत भएको प्रहरीले बताएको छ।

दुर्घटनामा पाँच महिला र पाँच पुरूषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

विराटनगरबाट सप्तरीको फत्तेपुरतर्फ जाँदै गरेको ना ३ ख २३७० बस र उदयपुरको भागलपुरबाट विराटनगरतर्फ आउँदै गरेको ना २ ख ३८३५ नम्बरको यात्रुबाहक बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरी नरसिंहमा एक–आपसमा ठोक्किदा उक्त दुर्घटना भएको प्रहरी प्रमुख एसपी भुपालकुमार भण्डारीले बताए।

घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। घाइतेमध्ये केहीको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको छ भने बाँकीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Recent Videos:

Popularity: 7%

Add comment April 5th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2011
M T W T F S S
« Mar   May »
 123
45678910
11121314151617
18192021222324
252627282930  

Posts by Month

Posts by Category

More news....