Archive for April 6th, 2011

काठमाडौंमा पनि ‘पूर्खा दिवस’

डम्बरकृष्ण श्रेष्ठ / एचकेनेपाल डट कम-
काठमाडौं, हङकङको गोर्खा सेमेट्रिज ट्रष्टको आयोजना तथा शब्द शताब्दी नेपालको संयोजनमा ५ अप्रिलका दिन मंगलबार काठमाडौंमा पनि ‘पूर्खा दिवस’ मनाईयो।

पहिलो र दोश्रो विश्व युद्धमा ज्यानको आहुति दिने बीर गोर्खाली पूर्खाहरुको सम्झनामा हङकङमा वर्षेनी मनाईने पूर्खा दिवस विगत ४ वर्षदेखि नेपालमा पनि मनाईदै आएको छ।

काठमाडौंमा आयोजित कार्यक्रमको उदघाटन नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा युवा कवि श्रवण मुकारुङले गरेका थिए। कार्यक्रममा बोल्दै अतिथि मुकारुङले बाध्यतावश पहिलो र दोश्रो विश्वयुद्धमा होमिएर ज्यानको आहुति दिने नेपालीहरुलाई राज्यले कहिले नसम्झिएको बताए। उनले राणा सरकारले अंग्रेजलाई खुशी पार्न गोर्खा भर्ती सुरु गरेको र विश्वयुद्धपछि बाँचेर फर्किएकाहरुलाई बेलायतले समेत बेवास्ता गरेको बताउँदै भने “राज्यको उपेक्षाकै कारण पनि बिश्वभर वीरको रुपमा परिचीत गोर्खालीहरु बिदेशतिरै पलायन हुनेक्रम बढ्दो छ।” कवि मुकारुङले ‘लाहुरे’हरुको कथा, ब्यथा र पीडा समेटेको कविता समेत सुनाएका थिए।

कार्यक्रममा फिल्म निर्देशक नविन सुब्बाले आजको नयाँ पुस्ता र नेपाली समाजले समेत आफ्नै पूर्खाहरुलाई विर्सदै गएको बताए। उनले नेपालीलाई बीर जातिका रुपमा बिश्वभर चिनाउँने गोर्खाली पूर्खाको सम्मानमा मनाइने ‘पूर्खा दिवस’ ले पूर्खाको योगदान सम्झाएको बताउँदे भने “हामीले हाम्रा पूर्खालाई विर्सदै जानु भनेको आफैलाई विर्सनु जस्तै हो ।” शब्द शताब्दी नेपालका अध्यक्ष शशि लुमुम्बुको सभापतित्वमा सम्पन्न कार्यक्रममा गायक/सङ्गीतकार धीरज राई र पत्रकार जसकुमार राईले समेत गोर्खाली पूर्खाको योगदानबारे बोलेका थिए।

पूर्खा दिवसका अवसरमा विजपुर मिडिया ग्रुपले धरानमा पनि विशेष कार्यक्रमको आयोजना गरेको थियो भने हङकङमा गोर्खा सेमट्रीज ट्रष्टले क्याशिनो लाइनस्थित गोर्खालीहरुको समाधिस्थलमै बृहत कार्यक्रम सम्पन्न गरेको छ। त्यसैगरी, ५ अप्रिलकै दिन मलेसिया, दक्षिण कोरिया, अष्ट्रेलिया र बेलायतमा समेत ‘पूर्खा दिव्रस’ मनाइएको ट्रष्टका अध्यक्ष एकराज राईले बताए।

तस्वीरहरू अपडेट हुन बाँकी…

Recent Videos:

Popularity: 7%

Add comment April 6th, 2011

भारतीय वैज्ञानिकहरू नेपाल भ्रमणमा आउने

एचकेनेपाल डट कम संवाददाता-
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को निमन्त्रणामा भारतीय राष्ट्रिय विज्ञान अकादमी (इन्सा) का अध्यक्ष प्राडा कृष्णलाल तथा उपाध्यक्षद्वय प्राडा एन. सत्यमूर्ती र प्राडा आलोक भट्टाचार्य यही चैत २४ गते नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ।

तीन दिने भ्रमणका अवसरमा उहाँहरूले भौतिकशास्त्र, जीवशास्त्र तथा विज्ञान शिक्षासम्बन्धी छवटा प्रवचन दिनुहुने कार्यक्रम रहेको छ।

उक्त प्रवचन कार्यक्रमहरू प्रविधि प्रज्ञा प्रतिष्ठान, खुमलटार, त्रिभुवन विश्वविद्यालयका सम्बन्धित केन्द्रीय विभाग, कीर्तिपुर तथा अमृत साइन्स क्याम्पस, लैनचौरमा चैत २४ र २५ गते दिउँसो हुनेछ।

नास्ट र इन्साबीच सन् १९८९ देखि द्विपक्षीय सम्झौता भई वैज्ञानिक तथा प्राविधिक आदानप्रदान तथा अध्ययन अनुसन्धान हुँदै आएको नास्टले जनाएको छ।

Recent Videos:

Popularity: 7%

Add comment April 6th, 2011

कैदी भगाउने पाँच प्रहरी धरौटीमा रिहा

एचकेनेपाल डट कम संवाददाता-
कैदीलाई भगाउन सहयोग गरेको आरोपमा पक्राउ परेका पाँच प्रहरी जनही रु.पाँच हजार धरौटीमा रिहा भएका छन्।

पाकिस्तानी नागरिक जमिन अहमत उपचारका क्रममा यही चैत १३ गते सहिद गङ्गालाल हृदयरोग केन्द्रबाट राति भागेका थिए।

अहमत उपचारमा रहँदा उनको निगरानीमा रहेका प्रहरी सहायक निरीक्षक यज्ञबहादुर केसी, प्रहरी जवानहरू चतुर्मान जोशी, तेजबहादुर दर्जी, सुवासकुमार थारु र लक्ष्मण कामीविरुद्ध हिजो जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको थियो।

सो मुद्दाको सुनुवाई गर्दै आज न्यायाधीश लेखनाथ घिमिरेले उनीहरूलाई कारागार ऐन २०२४ बमोजिम सजाय गर्न आदेश दिनुभएको हो।

आज लक्ष्मण कामीबाहेक अन्यले मागबमोजिम धरौटी राखी रिहा भएका जिल्ला अदालतका सूचना अधिकृत मनोज श्रेष्ठले जानकारी दिनुभयो।

Recent Videos:

Popularity: 7%

Add comment April 6th, 2011

जेलभित्र गोली हान्ने थुनामा

एचकेनेपाल डट कम संवाददाता-
सञ्चार उद्यमी युनुस अन्सारीलाई कारगारमै गोली प्रहार गर्ने भारतीय नागरिक मनमित सिंहलाई काठमाडौँका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद ढकालले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिनुभएको छ।

सिंहले केन्द्रीय कारागार सुन्धारामा रहेका सञ्चार उद्यमी युनुस अन्सारीमाथि गत फागुन २६ गते कारागार परिसरमै गोली प्रहार गरेका थिए।

हातहतियार तथा खरखजना मुद्दामा पुर्पक्षका लागि थुनामा परेका सिंहलाई ज्यान मार्ने मुद्दामा जिल्ला अदालत लान भने बाँकी रहेको प्रहरीले जनाएको छ।

ज्यान मार्ने उद्योगमा घटना भएको २५ दिनभित्र अनुसन्धान गरी सरकारी वकिलमार्फत मुद्दा हेर्ने अधिकारीसमक्ष पुर्‍याउनुपर्ने कानुनी व्यवस्था छ।

Recent Videos:

Popularity: 7%

Add comment April 6th, 2011

मुक्तिमोर्चाको नामबाट जबर्जस्ती चन्दा उठाउने चार पक्राउ

एचकेनेपाल डट कम संवाददाता-
संयुक्त जातीय मुक्तिमोर्चाका नामबाट जवरजस्ती चन्दा उठाउने चारजनालाई प्रहरीले काठमाडौँ बौद्धबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धादिङ कटुन्जे–२ का मनिषबहादुर तामाङ, काठमाडौँ चपली भद्रकाली गाविस–८ का काले तामाङ, सिन्धुपाल्चोक खाडीचौर गाविस–६ का दीपक लामा र नुवाकोट राउवेंसी गाविस–४ का मनोज लामा रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूले संयुक्त जातीय मुक्तिमोर्चाको प्याडमा विभिन्न सङ्घ संस्थाहरू, व्यापारीहरू र उद्योगपतिहरूबाट विभिन्न डरत्रास धाकधम्की देखाई जवरजस्ती चन्दा उठाउने कार्यमा संलग्न रहेको अनुसन्धानका क्रममा खुलेको छ।

उनीहरूले काठमाडौँ जिल्ला चप्पली भद्रकाली बस्ने कान्छीमाया तामाङ्गभन्ने हीरादेवी तामाङ्गबाट जवरजस्ती चन्दा रु १० हजार लिएको पत्ता लागेको छ। उनीहरूबाट प्रहरीले चन्दा, प्याडको अर्धकट्टीवाट निजहरूले रु एक लाख लिएको खुल्न आएको प्रहरीले जानकारी दिएको छ।

Popularity: 7%

Add comment April 6th, 2011

बिस्केट जात्रामा झगडा गर्नेलाई सार्वजनिक मुद्दा चलाइने

एचकेनेपाल डट कम संवाददाता-
भक्तपुरको प्रसिद्ध विस्केट जात्रामा ढुङगा हान्ने र झगडा गर्नेलाई सार्वजनिक मुद्दा लगाई कारबाही गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालयमा भएको पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले गत वर्षको भन्दा यस वर्ष सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिनुभयो।

जात्राको बेलामा प्रत्येक वर्ष झगडा हुन थालेपछि यस वर्ष जात्रा हुने स्थलमा झगडा गर्ने व्यक्तिको पहिचान गर्न सिसिटिभी जडान गरिने महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिनुभयो।

हरेक वर्ष रथ तान्नेक्रममा तल्लो र माथिल्लो टोलबीच झगडा हुने र ज्यानै जाने अवस्थासमेत आउने गरेकाले यसलाई रोक्न यस वर्ष सुरक्षा व्यवस्था कडा पार्न लागिएको उहाँले बताउनुभयो।

जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी नेपालको अध्यक्षतामा बसेको जात्रा सञ्चालन एवं सुरक्षा समितिको बैठकले चैत २७ गतेदेखि जात्रा नसकिएसम्म सुरक्षा व्यवस्था कडा पारिने निर्णय गरेको उहाँले बताउनुभयो।

Popularity: 7%

Add comment April 6th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2011
M T W T F S S
« Mar   May »
 123
45678910
11121314151617
18192021222324
252627282930  

Posts by Month

Posts by Category

More news....