Archive for April 7th, 2011

‘संकट पर्दा कांग्रेस रमिता हेरेर बस्ने, माओवादी रमाउने’

एचकेनेपाल डट कम संवाददाता-
नेकपा (एमाले) का सचिव शङ्कर पोखरेलले राष्ट्र सङ्कट परेको बेला काँग्रेस रमिता हेरेर बस्ने र एमाओवादी सङ्कटमा रमाउने गर्दा शान्तिप्रक्रिया र संविधान लेखन कार्यले गति लिन नसकेको बताउनुभएको छ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आयोजना गरेको ‘जेठ १४ मा संविधान बन्छ कसरी? बन्दैन किन?’ विषयक विचारगोष्ठीमा उहाँले संविधान जारी गर्नुभन्दा अघि नै शान्तिप्रक्रिया सम्पन्न गर्नुपर्ने अवस्थामा संविधान लेखन र शान्ति प्रक्रिया पूरा गर्ने दुवै काममा अवरोध भइरहेको बताउनुभयो।

शान्तिप्रक्रिया पूरा गर्नका लागि एमाओवादी र एमालेले गरेर मात्र सम्भव नहुने उल्लेख गर्दै उहाँले सम्पूर्ण राजनीतिक दलहरूबीच सहमति नभएसम्म लडाकू व्यवस्थापन हुन नसक्ने दाबी गर्नुभयो।

एकीकृत नेकपा (माओवादी) स्थायी कमिटी सदस्य एवम् प्रवक्ता दीननाथ शर्माले जेठ १४ भित्र संविधान जारी गर्नका लागि काँग्रेस पनि सरकारमा आउनुपर्ने बताउँदै एमाओवादी हतियार उठाउने पक्षमा नभएर शान्ति र संविधानको पक्षमा रहेको स्पष्ट पार्नुभयो।

नेपाली काँग्रेसका नेता डा रामशरण महतले एमाओवादी आफैँले लडाकू पुनःस्थापना र व्यवस्थापन गर्न नचाहेको बताउँदै एमाओवादीले वृहत् शान्ति सम्झौताको पालना गरेमा शान्तिप्रक्रिया र संविधान तोकिएकै समयमा जारी हुनेछ भन्नुभयो।

संवैधानिक समितिका सभापति नीलम्बर आचार्यले मुख्य तीन पार्टीहरू बसेर शासकीय स्वरूप, सङ्घीयता, राज्यको पुनःसंरचना र निर्वाचन प्रणालीको बारेमा विवाद मिलेमा जेठ १४ मा संविधान जारी हुने बताउनुभयो।

Recent Videos:

Popularity: 7%

Add comment April 7th, 2011

उपत्यकामा पाथिभरा मन्दिर निर्माण सुरु

एचकेनेपाल डट कम संवाददाता-
ताप्लेजुङमा रहेको पाथिभरा देवीलाई उपत्यकाका मानिसले पनि दर्शन गर्न पाउन भन्ने उद्देश्यले ललितपुरको नल्लुमा पाथिभरा मन्दिर निर्माण गरिएको छ।

विकट स्थानमा रहेको पाथिभरा देवीको मन्दिरमा पुग्न नसकेका र वर्षेनी पुग्ने इच्छा रहेका भक्तजनका लागि नल्लु–६ मा प्रतिकृति मूर्ति स्थापना गर्न लागेको मन्दिर निर्माण मूल समितिले जनाएको छ।

ताप्लेजुङमा अवस्थित देवी पाथिभराको भौगोलिक स्वरूपकै मिल्दोजुल्दो भौगोलिक स्थानमा रहेको नल्लुमा मन्दिरदेखि मूर्तिसम्म हुबहु रूपमा स्थापना गर्न लागिएको हो।

गुरु रमेशकुमार श्रेष्ठको अगुवाइमा मन्दिर निर्माण कार्य थालिएको भएपनि हाल आएर स्थानीय तथा विभिन्न सङ्घसंस्थाले निर्माण कार्य सहयोग गरिरहेको समितिले जानकारी दिएको छ।

गुरु श्रेष्ठले पाथिभरा मन्दिरको निर्माणपश्चात् यस क्षेत्रको धार्मिक तथा पर्यटकीय महत्व बढ्नुका साथै यस क्षेत्रको आर्थिक तथा सामाजिक विकास टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

Recent Videos:

Popularity: 7%

Add comment April 7th, 2011

एमाओवादीबाट विद्रोह गरी गएकाहरु हतियारसहित पक्राउ

एचकेनेपाल डट कम संवाददाता-
एनेकपा माओवादीबाट विद्रोह गरी छुटेर गएका विद्रोही समूहलाई हतियारसहित प्रहरीले पक्राउ गरेको छ। उपत्यकामा हिंसा फैलाउने उद्देश्यसहित बैठक बसेको भन्ने विशेष सुराकीको आधारमा महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले छापामारी अध्यक्षसहित पाँचजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार भक्तपुरको सूर्यविनायकमा बैठक बस्दै गर्दा जनविद्रोहीका अध्यक्ष निर्वाण, उपाध्यक्ष मुक्ति, सचिव रिजवान, कोषाध्यक्ष र सहसचिवसहित पाँचजनालाई पक्राउ गरेको हो।

उनीहरूबाट दुईथान पेस्तोल, विभिन्न साङ्गठनिक दस्तावेज र पर्चाहरूसमेत फेला परेको प्रहरीले जनाएको छ।

यसबारे अनुसन्धान गरी सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

Popularity: 7%

Add comment April 7th, 2011

घरपालुवा हात्तीले कुल्चिएर माउतेको मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
चितवनको बच्छौली गाविसअन्तर्गत पर्ने बाघमारा सामुदायिक वनमा हात्तीले कुल्चिएर एकजना माउतेको मृत्यु भएको छ।

सामुदायिक वनमा पर्यटक घुमाउन लैजाने गरेको हात्तीले आफ्नै माउते रौतहट निवासी कोसेमिया अन्सारीलाई कुल्चेर मारेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

ऋषि तिवारीको निजी हात्तीले कुल्चिएर गम्भीर घाइते भएका उनको उपचारार्थ भरतपुर अस्पताल ल्याउने क्रममा बीच बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ। उनको शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ।

Popularity: 7%

Add comment April 7th, 2011

बायोडिजल प्रशोधन उद्योग उत्पादन नै नभई बन्द

एचकेनेपाल डट कम संवाददाता-
बायोडिजल प्रशोधनको लागि पाल्पाको तानसेनमा स्थापना गरिएको नेपालकै एकमात्र उद्योग उत्पादन नै नभई बन्द भएको छ। रेसुङ्गा मदाने जडीबुटी तथा कृषि उत्पादन प्रशोधन प्रालि बायोडिजल प्रशोधन केन्द्रको नाममा पाल्पाको दोभान–५ झुम्सामा २०६६ भदौमा स्थापना गरिएको उद्योग सञ्चालन लगत्तै कच्चापदार्थको अभावका कारण बन्द हुन पुगेको छ।

दुई वर्षअघि सरकारले बायोडिजल प्रशोधन उद्योग सञ्चालन गर्न भनी रु ४५ लाख अनुदान दिएको थियो।

सजीवनको दानालाई पेलेर तेल निकाल्ने र शुद्ध बायोडिजल बनाउने उद्देश्य राखेर नेपालमै पहिलोपटक बायोडिजल प्रशोधन गर्ने उद्योग सञ्चालन गरिएको थियो।

सजीवनलगायत विभिन्न जडिबुटी प्रशोधन गरी तेल निकाल्ने उद्देश्यले उद्योग सञ्चालन गरिएको भए पनि कच्चा पदार्थ अभावको कारण उद्योग बन्द भएको केन्द्रका प्रबन्ध सञ्चालक मदन विष्टले बताउनुभयो।

सजीवनको तेलबाट पाल्पा जरेपिपलका किसान केशव कार्कीले गाडी गुडाएर सजीवनको तेलबाट गाडी गुड्छ भन्ने प्रयोग गरेर निकै चर्चा कमाएपछि सो ठाउँमा उद्योग सञ्चालन गर्न सरकारले झण्डै आधा करोड अनुदान दिएको हो।

अहिले पनि सजिवन खेतीको नाम भजाएर यहाँका १५/२० वटा गैरसरकारी सङ्घसंस्थाले दाताहरूबाट रकम उठाइरहेका छन्।

Popularity: 7%

Add comment April 7th, 2011

माओवादी मजदूर विवाद टुङ्ग्याउन समिति गठन

एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी)ले मजदुर सङ्गठनभित्र देखिएको विवाद समाधान गर्न पार्टी सचिव पोष्टबहादुर बोगटीको संयोजकत्वमा ९३ सदस्यीय समिति गठन गरेको छ। पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले सो निर्णय गरेको हो।

यस निर्णयले मजदूर सङ्गठनलाई एकताबद्ध गर्ने पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताउनुभयो।

बैठकले संविधान निर्माणका क्रममा देखिएका विवाद मिलाउन गठित संवैधानिक उपसमितिमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नै राख्ने निर्णय गरेको छ।

एमाओवादीले यसअघि अध्यक्ष प्रचण्डलाई फिर्ता बोलाई सो ठाउँमा उपाध्यक्ष श्रेष्ठलाई लैजाने प्रस्ताव गरेको थियो।

उपाध्यक्ष श्रेष्ठले भन्नुभयो – ‘शीर्ष नेतृत्वले नै पहल लिएर शान्ति–प्रक्रिया र संविधान लेखन कार्यलगायतका विषयमा छलफल चलाउनुपर्ने र अध्यक्ष प्रचण्ड व्यवहारिक कठिनाइका कारण उपसमितिको दैनिक बैठकमा उपस्थित हुन नसक्ने भएकाले अध्यक्ष सो उपसमितिमा नबस्ने प्रस्ताव गरिए पनि यसलाई गलत रूपमा प्रचार गरिएकाले सबै दलको आग्रहअनुसार अध्यक्षलाई नै राख्ने निर्णय गरिएको हो।’

यसैगरी बैठकले आगामी वैशाख २७ गते वामपन्थी नेता निर्मल लामाको स्मृति दिवस मनाउन नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको संयोजकत्वमा एक समिति गठन गरेको छ।

बैठकमा बिहीबार प्रधानमन्त्री झलनाथ खनाल र मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवसँग अन्तिम छलफल गरी शुक्रबार सरकारमा जाने नेताहरूको नाम सार्वजनिक गर्ने सहमति भएको उपाध्यक्ष श्रेष्ठले बताउनुभयो।

Popularity: 7%

Add comment April 7th, 2011

चार वर्षकी बालिका बलात्कार गर्ने पक्राउ

एचकेनेपाल डट कम संवाददाता-
नाबालिकालाई बलात्कार गर्ने सन्नी नकर्मीलाई प्रहरीले पक्राउ गरेको छ।

नकर्मीले यही चैत २२ गते बेलुका काठमाडौँ महानगरपालिका–१८ नरदेवीचोककी चार वर्षीया एक बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ।

Popularity: 7%

Add comment April 7th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2011
M T W T F S S
« Mar   May »
 123
45678910
11121314151617
18192021222324
252627282930  

Posts by Month

Posts by Category

More news....