Archive for April 8th, 2011

मुलुकभरी वैशाख १ मा शान्ति र्‍याली गरिने

एचकेनेपाल डट कम संवाददाता-
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नयाँ वर्षको अवसर पारेर वैशाख १ गते मुलुकभरी शान्ति र्‍यालीको आयोजना गर्ने भएको छ। इन्सेकले पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा ‘शान्ति, सम्मान र सुरक्षाको लागि नागरिक यात्रा–२०६८’, ‘ध्वंस र हिंसा विरुद्ध निर्माण र स्वतन्त्रताका लागि शान्ति’ र ‘निर्धक्क भन्न–सुनाउन, सुन्न र ग्रहण गर्न शान्ति, लोकतान्त्रिक, प्रगतिशिल संविधान बनाउन शान्ति’ भन्ने मुल नाराका साथ उक्त र्‍यालीको आयोजना गर्न लागिएको जानकारी दिइयो।

तीन मुल नाराका साथै स्थानीय अन्य समसामयिक नाराका साथ प्लेकार्डसहित ७० जिल्लाका सदरमुकाममा सो र्‍याली गरिन लागेको उक्त कार्यक्रमका संयोजक गणेश भण्डारीले बताउनुभयो।

सोही दिन बिहान ७ बजेदेखि ९ बजेसम्म काठमाडौंमा पनि वृहद् नागरिक यात्रा गरिनेछ। यात्राका लागि नागरिक समाज, राजनीतिक दल, विभिन्न सङ्घसंस्था, विभिन्न व्यवसायमा संलग्न व्यक्तिलाई सहभागी हुन संयोजक भण्डारीले आव्हान समेत गर्नुभयो।
र्‍यालीमा मुलुकभरका चार लाख मानिसलाई सहभागी गराउने लक्ष्य रहेको जनाइएको छ।

Recent Videos:

Popularity: 7%

Add comment April 8th, 2011

थुनामै रहेका चक्रेलाई फेरि थुनामा राख्न आदेश

एचकेनेपाल डट कम संवाददाता-
केन्द्रीय कारागारमा लागु औषध मुद्दामा थुनामा रहेका चक्रेमिनल गुरुङले थुना भित्रैबाट अपराध गरेको भन्दै जिल्ला अदालत काठमाडौँले थप दुईवटा मुद्दामा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।

दुई छुट्टाछुट्टै मुद्दामा न्यायाधीशहरू क्रमशः माधव पोखरेल र लेखनाथ घिमिरेको इजलाशले दुबै मुद्दामा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।

जेलमै रहे पनि चक्रे मिलनले २०६७ फागुन १७ गते यादव तिमिल्सिनालाई उनका सहयोगीमार्फत काठमाडौँको धापासीमा डोजरमा राखेर आगो लगाउने प्रयास गरेका थिए भने २०६७ फागुन १० गते विष्णु श्रेष्ठ र निराजन पौडेललाई सञ्जीव ओलीमार्फत खुकुरी प्रहार गराएकाले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो।

Recent Videos:

Popularity: 7%

Add comment April 8th, 2011

सरकारका नाममा परमादेश जारी

एचकेनेपाल डट कम संवाददाता-
जेष्ठ नागरिक ऐन प्रभावकारीरूपमा कार्यान्वयन नभएको भन्दै सर्वोच्च अदालतले प्रभावकारी कार्यान्वयन गर्न सरकारका नाममा परमादेश जारी गरेको छ।

न्यायाधीश बलराम केसी र भरतराज उप्रेतीको संयुक्त इजलासले सो परमादेश जारी गरेको हो।

सार्वजनिक सवारीसाधनमा ५० प्रतिशत भाडा छुट र हरेक सवारीसाधनमा छुटमा दुई सिट आरक्षण राखिनुपर्ने आदेशमा उल्लेख छ।

वि.सं. २०६७ साउन २८ गते अधिवक्ता राजाराम श्रेष्ठले दायर गर्नुभएको रिटमा सो सुनुवाई भएको हो।

Recent Videos:

Popularity: 7%

Add comment April 8th, 2011

वर्तमान सरकार माओवादीको चाहना नभएको : डा. भट्टराई

एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष डा. बावुराम भट्टराईले डा.भट्टराईले वर्तमान सरकार माओवादीको चाहनामा नबनेर बाध्यात्मक अवस्थामा बनेको हो भन्नुभयो।

एकीकृत नेकपा माओवादी सुर्खेतले जेठ १४ को अवसरमा आयोजना गरेको जनसभालाई वीरेन्द्रनगरमा सम्बोधन गर्दै उपाध्यक्ष डा. भट्टराईले सो कुरा बताउनुभएको हो।

उहाँले संविधानको असली आमा माओवादी भएको भन्दै संविधानको माया पनि माओवादीलाई अरूको भन्दा बढी भएको बताउनुभयो।

उहाँले अरू दलहरूले संविधानसभाको नामै सुन्न नचाहने बेला माओवादीले संविधानसभाको विषयमा वकालत गरेको स्पष्ट पार्नुभयो।

माओवादीले संविधान चाहेको छैन भन्ने आरोपको खण्डन गर्दै डा. भट्टराईले भन्नुभयो–आमालाई आफ्नो छोराको माया हुन्दैन र?’

जेठ १४ मा संविधान जारी नभए देशमा ठूलो उथलपुथल हुने बताउँदै उहाँले जेठ १४ पछिको अवस्थाका लागि तयार रहन सबैलाई आग्रह गर्नुभयो।

माओवादी संविधान जारी हुनुपर्छ भन्ने पक्षमा छ यदि नभए आन्दोलन गर्ने छ –उहाँले भन्नुभयो।

Recent Videos:

Popularity: 7%

1 comment April 8th, 2011

श्रीपेच नभएका छोटे राजाको षड्यन्त्र जारी छः शान्तिमन्त्री पुन

एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी) का नेता तथा शान्ति तथा पुनःनिर्माणमन्त्री वर्षमान पुनले जनआन्दोलनको उपलब्धिको रक्षाका लागि आफ्नो दल जुनसुकै मूल्य चुकाउन पछि नपर्ने बताउनुभएको छ।

ऐतिहासिक जनआन्दोलन दिवसका अवसरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले सो बताउनुभएको हो।

उहाँले भन्नुभयो—’जनआन्दोलनले राजतन्त्र इतिहास बनाई सकेको अवस्थामा समेत श्रीपेच नभएका मुठ्ठीभर छोटे राजाहरू जनताको उपलब्धिलाई खोस्ने षडयन्त्रमा अझै लागिपरेका छन्।’

जनताको अधिकारमाथि षडयन्त्र गर्ने जो कोहीलाई जनताको बिद्रोहको सामना गर्नु पर्ने चेतावनी दिँदै नेता पुनले नेपाली जनताको दुहाई दिने तर विदेशी शक्तिको आर्शिवाद थाप्ने केही दलका नेताहरूलाई कालान्तरमा जनताले कठोर सजाय दिने निश्चित छ भन्नुभयो।

Popularity: 7%

Add comment April 8th, 2011

बसको ठक्करबाट मामाघर आएकी बालिका ठहरै

एचकेनेपाल डट कम संवाददाता-
पृथ्वीराजमार्गअन्तर्गत धादिङको नौविसे गाविस–१ सडकवोर्डको ढाँट नजिकै बिहिबार साँझ यात्रुबहाक बसले ठक्कर दिँदा सडकमा हिँडिरहेकी एक बालिकाको घटनास्थलमा मृत्यु भएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा झापा घर भई नौविसे मामाघर आएकी छ वर्षीया इसिका राई रहेकी छिन्।

काठमाडौँबाट धरानतर्फ जाँदै गरेको ना ३ ख २०७१ नम्बरको बसले ठक्कर दिएर दुर्घटना भएको हो।

ठक्कर दिने बस र चालकालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Popularity: 7%

Add comment April 8th, 2011

मन्त्रिपरिषद्लाई पूर्णता दिन तीन दलबीच आज पुनः छलफल

एचकेनेपाल डट कम संवाददाता-
मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा तीन दलका शीर्ष नेताबीच आज पुनः छलफल हुने भएको छ। हिजो साँझ पनि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो।

प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र अन्य नेतासहित तीन दलबीच भएको छलफलमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा आज पुनः छलफल गरी अघि बढ्ने सहमति भएको मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो।

Popularity: 7%

Add comment April 8th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2011
M T W T F S S
« Mar   May »
 123
45678910
11121314151617
18192021222324
252627282930  

Posts by Month

Posts by Category

More news....