Archive for April 9th, 2011

उत्तर कोरियासँग नेपाल पराजित

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, दशरथ रंगशालामा शनिवार भएको एएफसी च्यालेन्ज कप फुटबल खेलमा नेपाल उत्तर कोरियासंग एक गोलले पराजित भएको छ।

उत्तर कोरियाका जिल ज्वानले मध्यान्तरअघि ३२ औं मिनेटमा गरेको गोल नै निर्णायक गोल सावित भयो।

नेपाललाई पराजित गरेपछि उत्तर कोरियाको समूह ‘डी’ को शीर्ष दुईमा रहेर फाइनल चरणमा प्रवेश गर्ने सम्भावना बढेको छ।

यसअघि, विहीवार भएको खेलमा उत्तर कोरियाले श्रीलंकालाई ४-० ले हराएको थियो।

Recent Videos:

Popularity: 7%

Add comment April 9th, 2011

परिषदका कार्यकर्ताद्वारा ट्रकमा आगजनी

एचकेनेपाल डट कम संवाददाता-
इटहरी, बन्दको अवज्ञा गरेको भन्दै थरुहट स्वायत्त राज्यपरिषदका कार्यकर्ताले शनिवार सुनसरीमा मालवाहक ट्रकमा आगजनी गरेका छन्।

आगजनीबाट ना ३ ख २६७१ नम्बरको ट्रक पूर्ण रूपले क्षति भएको छ।

राज्यपरिषदका कार्यकर्ताले पूर्वपश्चिम राजमार्गको झुम्कामा उक्त ट्रक जलाएका हुन्।

सडक मर्मतका लागि आवश्यक अलकत्र बोकेर गइरहेको बेला पेट्रोल खनाएर आगजनी गरेको प्रहरीले जनाएको छ।

Recent Videos:

Popularity: 6%

Add comment April 9th, 2011

बस दुर्घटनामा २४ घाइते

एचकेनेपाल डट कम संवाददाता-
विराटनगर, झापाको लखनपुर १ मा शनिवार दिउंसो यात्रुवाहक बस दुर्घटना हुंदा २४ जना घाइते भएका छन्।

घाइते हुनेहरूमा मोरङको सलकपुरका खेमराज राई, झापाको लखनपुरकी कृष्णमाया श्रेष्ठ, भारतीय नागरिकहरु प्रतिमा बर्मा, मधु मियाँलगायत छन्।

घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको पूर्वक्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ।

पूर्वबाट पश्चिमतर्फ गैरहेको १ ख २०६० नम्बरको यात्रुवाहक बस अनियन्त्रित भइ सडकबाट १७ फिट तल खस्दा सो दुर्घटना भएको बताइएको छ।

घाइतेहरूको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भैरहेको प्रहरीले बताएको छ।

Recent Videos:

Popularity: 6%

Add comment April 9th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2011
M T W T F S S
« Mar   May »
 123
45678910
11121314151617
18192021222324
252627282930  

Posts by Month

Posts by Category

More news....