Archive for April 10th, 2011

मस्यौदा संविधान भए पनि ल्याउने पर्छ–मन्त्री पुन

एचकेनेपाल डट कम संवाददाता-
शान्ति तथा पुनःनिर्माणमन्त्री वर्षमान पुनले जेठ १४ मा पूर्ण संविधान बन्न नसके पनि देशलाई अस्थिरता, अराजकता र द्वन्द्वबाट जोगाउन मस्यौदाको रुपमा भएपनि संविधान जारी गर्नुपर्ने बताउनुभएको छ।

नेपाल मगर सङ्घले निर्माण गरेको मगर घाटको बुटवलमा उद्घाटन गर्दै उहाँले जेठ १४ मा संविधान जारी गर्न नसके देश अस्थिरता, अराजकता र द्वन्द्वतिर जाने भएकाले पहिलो मस्यौदा जारी गरेर भए पनि दुर्घटना टार्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

‘सकेसम्म जेठ १४ मै संविधान बनाउन हरसम्भव प्रयास गर्नुपर्छ, यदि सकिएन भने सहमति गरेर निकास निकाल्नुपर्छ’–मन्त्री पुनले भन्नुभयो–…सबैभन्दा उपयुक्त विकल्प पहिलो मस्यौदा जारी गरेर विवादित विषयमा छलफल गरेर समाधान निकाल्नुपर्छ।’

उहाँले सेना समायोजनमा पनि मतभेद रहेको तर साझा धारणा बनाउने प्रयास सकारात्मकरुपले अघि बढेकाले शान्ति प्रक्रिया पूरा हुने विश्वास व्यक्त गर्नुभयो।
उहाँले नयाँ संविधानमा जातीय पहिचानसहितको सङ्घीयता र स्वशासनको मुद्दामा कुनै सम्झौता हुन नसक्ने भन्दै त्यो स्वीकार नभए सबै जनजातिले आ–आफ्नो पार्टीबाट विद्रोह गरेर अधिकारका लागि एक ठाउँमा उभिनुपर्ने बताउनुभयो।

Recent Videos:

Popularity: 7%

Add comment April 10th, 2011

थरुहटको बन्द फिर्ता, माग पूरा नभए फेरि हड्ताल

एचकेनेपाल डट कम संवाददाता-
थरुहट स्वायत्त राज्यपरिषद्ले आब्हान गरेको अनिश्चितकालीन तराई बन्द हिजो बेलुकादेखि फिर्ता भएको छ।

बन्द आव्हानकर्ताले दिएको जानकारीअनुसार नजिकिएको चैते दसैँ र नयाँ वर्षलाई मध्यनजर गर्दै बन्द फिर्ता लिएको बताइएको छ।

थरुहट स्वायत्त परिषद्का जिल्ला नेता नन्दकुमार चौधरीले सरकारले माग पूरा नगरेको खण्डमा आगामी बैशाख ३ गतेदेखि पुनः बन्द आब्हान गरिने बताए।

हिजोदेखि जारी बन्दका कारण दाङलगायत पश्चिम तराईको जनजीवन प्रभावित भएको थियो।

बन्द खुलेको जानकारी पाए लगत्तैदेखि बजार खुल्ने क्रम सुरुभएको छ भने सवारी साधनहरु सञ्चालन हुन थालेका छन्।

थरुहट स्वायत्त राज्य परिषद्ले एकीकृत नेकपा (माओवादी), एमाले र मधेसी जनअधिकार फोरमबीच यही चैत ९ गते भएको चारबुँदे सम्झौतामा मधेस शब्द प्रयोग भएको विरोधमा थरुहट स्वायत्त राज्यपरिषद्ले हिजोदेखि तराई बन्दको आब्हान गरेकोे हो।

यसअघि बन्दमा परेर रोकिएका ४० भन्दा बढी गाडीलाई भालुबाङबाट प्रहरीले कोहलपुरका लागि स्कटिङ गरेर पठाएको छ।

Recent Videos:

Popularity: 7%

2 comments April 10th, 2011

सबै मिले चौबिस घण्टाभित्र संविधान लेख्न सकिन्छ

एचकेनेपाल डट कम संवाददाता-
कांग्रेस नेतृ सुजाता कोइरालाले सबै मिल्ने हो भने २४ घण्टाभित्र संविधान लेख्न सकिने दावी गर्नुभएको छ।

नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाको २८ औँ साधारणसभाको आज दमौलीमा उद्घाटन गर्दै काँग्रेस नेतृ कोइरालाले सो दावी गर्नुभएको हो।

तोकिएकै समयमा संविधान निर्माण गर्न नसके मुलुक गम्भीर दुर्घटनामा फस्ने चेतावनी पनि उहाँले दिनुभयो।

संविधानसभाको म्याद एक वर्ष थपिए पनि कुनै उपलब्धि हुन नसकेकाले अब म्याद थप भन्दा पनि संविधान निर्माणको प्रक्रिया टुङ्ग्याउन सबै जुट्नुपर्छ उहाँले भन्नुभयो।

Recent Videos:

Popularity: 7%

Add comment April 10th, 2011

गोसाइँकुण्ड जाने बाटोमा लागेको डढेलो नियन्त्रणमा

एचकेनेपाल डट कम संवाददाता-
रसुवाको गोसाइँकुण्ड धार्मिक मार्गमा लागेको डढेलो गएराति नियन्त्रणमा आएको छ।

चार दिन अघिदेखि लागेको डढेलो वर्षाले गर्दा निभेको हो।

खन्ती, देउराली, ताङचेन र आसपासका जङ्गलमा रहेका थुप्रै वनस्पति डढेलोले नष्ट भएको थियो।

लाङटाङ निकुञ्जका अनुसार बढी हावाहुरी र भिरपाखो भएकाले नियन्त्रणमा लिन गाह्रो पारेको अवस्थामा गएरातिको वर्षाले डढेलो नियन्त्रणमा आएको हो। आगलागीबाट कति क्षति भएको छ भन्ने यकिन भएको छैन।

Recent Videos:

Popularity: 7%

Add comment April 10th, 2011

बिस्केटजात्रा आजदेखि सुरु

एचकेनेपाल डट कम संवाददाता-
नेपालको प्राचीन सहर भक्तपुरमा प्रत्येक नयाँ वर्षमा परम्परागतरूपमा तान्त्रिक विधिअनुसार आठ रात नौ दिनसम्म मनाइने प्रसिद्ध बिस्केटजात्रा आजदेखि सुरू भएको छ।

लिच्छविकालदेखि सुरु भएको सो जात्रा भक्तपुरवासीले नौ दिनसम्म मनाउने गर्छन्।

आज बिहान गुठी संस्थानले सरकारका तर्फबाट तौमढीस्थित पाँचतले मन्दिर नजिकको भैरवमन्दिरमा पूजा गरेपछि विधिवत्रुपमा यसवर्षको बिस्केट जात्रा सुरु भएको गुठी संस्थानका प्रमुख अच्युतानन्द पोखरेलले बताउनुभयो। रासस

Popularity: 6%

Add comment April 10th, 2011

ट्रकको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती घाइते

एचकेनेपाल डट कम संवाददाता-
वीरगन्जबाट पथलैयातर्फ गइरहेको एक मालवाहक ट्रकले हिजो अपराह्न वीरगन्ज पथलैया सडकखण्डको लिपनिविर्तामा मोटरसाइकललाई ठक्कर दिँदा मोरसाइकल चालक श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छन्।

वीरगन्जबाट पथलैयातर्फ जाँदै गरेको ना २ ख ६९५३ नम्बरको मालवाहक ट्रकले बाराको लिपनिविर्ता–६ मा बा ६ प ७४०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

मोटरसाइकलमा सवार काठमाडौँ क्षेत्रपाटी बस्ने नादीप खानको मृत्यु भएको हो भने उनकी श्रीमती नुरुप साह गम्भीर घाइते भएकी छन्।

घाइते साहको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

घटनापछि ट्रक र चालकलाई पथलैया प्रहरीले भागिरहेको अवस्थामा पथलैया डाटबाट पक्राउ गरी कारबाही सुरु गरेको जनाएको छ।

Popularity: 6%

Add comment April 10th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2011
M T W T F S S
« Mar   May »
 123
45678910
11121314151617
18192021222324
252627282930  

Posts by Month

Posts by Category

More news....