Archive for April 11th, 2011

पाँचौ अन्नपूर्ण म्यूजिक अवार्ड

सुदर्शन रञ्जित / एचकेनेपाल डट कम -
पोखरा, रेडियो अन्नपूर्ण ९३.४ ले आफ्नो ११ औं वार्षिकोत्सवको अवसरमा आयोजना गर्न लागेको पाँचौ अन्नपूर्ण म्यूजिक अवार्ड “आमा” २०६७ मा २४ विधाका मनोनयनमा परेका कलाकारहरुलाई मनोनयनको प्रमाण पत्र वितरण गरिएको छ।

गायन, शब्द र संगितको त्रिबेणीमा यस बर्षको सर्वोत्कृष्टमा मनोनयमा पर्न सफल भएका स्रष्टाहरुलाई प्रमाणपत्र पोखरा र काठमान्डौमा एकै पटक प्रमाण पत्र बितरण गरिएको हो। पोखरामा आयोजक रेडियोको स्टुडियोमा आयोजन गरिएको थियो भने काठमान्डौमा पनि सोही समयमा आयोजना गरिएको थियो।

बानका अध्यक्ष बिष्णुहरी ढकाललको प्रमुख आतिथ्यमा काठमान्डौमा सम्पन्न भएको पत्रकार सम्मेलन तथा प्रमाणपत्र बितरणमा नेपालको लोकप्रिय गायक तथा सस्टाले खुसिको अनुभव साटसाट गरेका थिए। रेडियो अन्नपूर्णले सही गीत र संगीतको सम्मान भएको धारण ब्यक्त गरेका छन्। रेडियो अन्नपूर्णका संस्थापक अध्यक्ष विश्वशंखर पालिखेको सभापतित्व भएको कार्यक्रममा साहित्यकार तथा संस्थापक स्टेशन म्यानेजर प्रकाश सायमी, गीतकार राजेन्द्र थापा, सभासद रबिन्द्र अधिकारी, शिक्षसेवी रबि बराल लगायतले शुभाकामना ब्यक्त गरेका थिए।

कार्यक्रममा चर्चित गायक सत्यस्वरुप आर्चया, रेखा शाह, सुरैश अधिकारी, राजेशपायल राई प्रमोद खरेल, महेश खडका, रामजी खाँड, देबी घर्ति, कुन्ति मोक्क्तान, रामकृष्ट ढकाल लगायतका नेपाली गीत संगीतका चार दर्जन कलाकारहरुको सहभागिता रहेको थियो।

स्टेसन म्यानेजर दीपेन्द्र श्रेष्ठले म्यूजिक अवार्डको बारेमा प्रकाश पार्नुभएको थियो। प्रमाणपत्र ग्रहण गर्दै कलाकारहरुले, काठमाडौंबाहिर पोखरामा रहेरपनि म्यूजिक अवार्ड आयोजना गरी गीत/संगीत क्षेत्रमा लागेका कलाकारहरुलाई उत्साह भर्न रेडियो अन्नपूर्ण सफल भएको भन्दै धन्यवाद दिएका थिए । उनीहरुले बैशाख १० गते पोखरा सभागृहमा आयोजना हुने अवार्ड बितरण कार्यक्रममा सहभागी हुने बाचासमेत गरेका छन्।

त्यस्तै म्यूजिक अवार्डको विभिन्न विधामा मनोनयनमा परेका पोखरेली कलाकारहरुलाई समेत प्रमाण पत्र वितरण गरिएको छ । रेडियो अन्नपूर्णमा आयोजित प्रमाणपत्र वितरण कार्यक्रममा रेडियोका समाचार प्रमुख आरजु बिष्ट सल्यानी र मार्केटिङ्ग म्यानेजर भोला श्रेष्ठले कलाकारहरुलाई प्रमाण पत्र बितरण गर्नुभयो। कार्यक्रममा सहभागी कलाकारले आफूहरु मनोनयनमा पर्नु नै ठूलो उपलव्धि र जितको जस्तै भएको भन्दखै खुसि व्यक्त गरे।

प्रमाण पत्र ग्रहण गर्दै पोखरेली कलाकारहरुले रेडियो अन्नपूर्णले म्यूजिक अवार्ड वितरण गरेर गीत र संगीतको लागि मरिमेट्ने कलाकारहरुलाई थप उत्साह थपेको भन्दै रेडियोको प्रशंसा गरेका थिए । रेडियो अन्नपूर्णले गीत/संगीत क्षेत्रमा लागेका कलाकारहरुलाई सम्मान र प्रोत्साहन प्रदान गरेको भन्दै अन्य संचारमाध्यमले पनि पाठ सिक्नुपर्नेमा जोड दिए।

Recent Videos:

Popularity: 7%

Add comment April 11th, 2011

बेलायतमा नेपाली नर्सहरुको नयां बर्ष

धर्मराज अधिकारी / एचकेनेपाल डट कम-
अर्ल्पर्टन, बेलायतमा सेवा गर्दै आएका नेपाली नर्सहरुले नयां वर्षविभिन्न कार्यक्रमका साथ मनाएका छन्।

शनिबार अर्ल्पर्टनस्थित कम्युनीटि स्कुलमा भएको नयां बर्ष शुभकामना कार्यक्रममा सांस्कृतिक मनोरञ्जनसमेत लिए सधैं विरामीहरुको सेवामा क्रियाशिल रहने नर्सहरु नयां बर्षको पूर्वसन्ध्यामा बेलायतस्थित विभिन्न संस्थाका व्यक्तित्वहरुको साथमा उपस्थित भएका थिए । अहिलेको अवस्थामा नर्सहरुले आफ्नो पेशा स्वदेश तथा विदेशमा मर्यादित बन्दै गएको बताए। उनीहरुले नर्सिङ पेशामा रहेकाहरुलाई हेर्ने दृष्टिकोणमा आमुल परिवर्तन आएको समेत टिप्पणी गरे।

नेपलिज नर्सिङ एशोसियसन युकेकी अध्यक्ष शान्ता संग्रौलाको अध्यक्षतामा भएको कार्यक्रम नेपाली राजदूत डा. सुरेशचन्द्र चालीसेले उद्घाटन गरेका थिए। राजदूत चालीसेले नर्स पेशा अत्यन्त पवित्र पेशा भएको बताउंदै यस्तो पेशा नेपाल जस्तो देशका लागि अत्याबश्यक भएको बताए। बेलायतमा रहेका नर्सहरुलाई आफ्नो ज्ञान, सिप तथा प्रविधि नेपालको विकासमा लगाउन उनले आग्रह गरे। नेपाली समाजमा रहेका पूर्वाग्रह तथा आग्रहहरु नयां प्रविधि र ज्ञानको विकासले मात्र मेटिन सक्ने उनले दावी गरे।
सो अवसरमा एन आर एन का अध्यक्ष सूर्य गुरुङले नेपाली नयां बर्षको शुभकामना दिए । उनले नर्सहरुले बेलायतमा पुर्‍याएको योगदानको चर्चा गर्दै नेपालमा समेत विस्तार गर्न आग्रह गरे । नर्सहरु बौद्धिक जमात भएको उल्लेख गर्दै गुरुङले उनीहरुसंगै हातेमालो गर्न एन आर एन तयार रहेको बताए।

इन्दिरा बस्यालले सञ्चालन गरेको कार्यक्रममा सुशीला कार्कीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्। कार्यक्रममा नसिंङ पेशामा आफ्नो ४२ बर्षको सेवा अबधि पार गरेका नर्स राज क्षत्रीलाई राजदूत चालीसेले कदर पत्रसहित सम्मान गरेका थिए।

खचाखच भरीएको हलमा एन आर एनका उपाध्यक्षद्वय कुल आचार्य तथा महेन्द्र कंडेल, सञ्चरकर्मीहरु खगेन्द्र नेपाली तथा सुमन खरेल लगायत विभिन्न संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

राजदुतको दिलमा आगो लाग्दा
नेपाली नेता तथा सर्वसाधारण मात्र होइन डिप्लोम्याट्सहरु पनि अत्यान्त रसीक हुंदा रहेछन, अनि मायां प्रीतिको रसमा आफूलाई समर्पित गराउंदा रहेछन्। नेपलिज नर्सिङ एशोसीयसन बेलायतले गरेको सांस्कृतिक कार्यक्रममा यस्तै देखियो। नेपालकी चर्चित गायीका शर्मिला बार्देवाले गाएको आगो लाग्यो दिलैमा दमकल बोलाई देउ बोलको गीतमा राजदूत चालीसेले कम्मर मर्काइ मर्काई नाचे। उनले गीत तथा संगीतको तालमा आफूलाई समर्पित गरेको देखेर एन आर एन युकेकमा अध्यक्ष सूर्य गुरुङले मन थाम्नै सकेनन। उनले प्रतिस्पर्धाको भावमा राजदूत चालीसेलाई सघाए । त्यो दृश्यले एन आर एन का उपाध्यक्ष कुल आचार्य कुल भई बस्न सकेनन । उनी आशन ग्रहणमा राजदूत चालीसे तथा अध्यक्ष गुरुङसंगै बसेका थिए। समाजका प्रतिष्ठित व्यक्तित्वहरुले साथ दिएपछि झनै तातिएकी बर्देवाले तिमीले मलाई दिएको मायां लगायतका गीतहरु गाएकी थिइन्। सो अवसरमा उनलाई स्थानीय कलाकार तथा नर्सहरुले साथ दिएका थिए।

Recent Videos:

Popularity: 7%

Add comment April 11th, 2011

नेपाल भूतपूर्व सैनिक संघ बेलायतमा गुरुङ सर्वसम्मत

धर्मराज अधिकारी/ एचकेनेपाल डट कम-
बेलायत, नेपाल भूतपूर्व सैनिक संघ (नेसा) बेलायत शाखामा केशबहादुर गुरुङ सर्वसम्मत अध्यक्षमा चुनिएका छन्।

शनिबार भएको प्रथम अबिधेशनले गुरुङलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो। अबिधेशनले आगामी २ बर्षका लागि गुरुङको अध्यक्षतामा १४ सदस्यीय समिति गठन गरेको छ।

नव गठित समितिको उपाध्यक्षमा भोज गुरुङ तथा भिम राई, महासचिवमा दील बहादुर जीसी, सचिवमा तेज राई, कोषाध्यक्षमा डमर गुरुङ, सह कोषाध्यक्षमा लोकप्रसाद गुरुङ र मनोरञ्जन विभागमा विसन थापा रहेका छन्।

त्यस्तै सदस्यहरुमा श्रीमती नन्द मायां गुरुङ, श्रीमती लक्ष्मी गुरुङ, मनप्रसाद गुरुङ, बेद लिम्बु, चन्द्र लावती, पशुपती राई र खुम गुरुङ रहेका छन्। केश गुरुङ यसअघि पनि अध्यक्ष थिए।

यसअघि नेसाका अध्यक्ष केशबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका पूर्वमन्त्री प्रकाश गुरुङ प्रमुख अतिथि थिए। उनले नेपालको हरेक आन्दोलनमा पूर्व सैनिकहरुको ठूलो सहयोग रहेको बताए। गुरुङले २००७ सालको क्रान्तिदेखि अहिलेसम्म पूर्व सैनिकहरुको साथ रहेको बताए। नेपालको एकमात्र प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसले संविधानमा आफ्नो प्रष्ट अडान राख्ने उनले जानकारी दिए। प्रजातन्त्रको भावना र मर्मलाई अक्षुण्ण राख्न कांग्रेसले कसैसंग सम्झौता नगर्ने उनको भनाई थियो।

अबिधेशनमा भाग लिन आएका नेसाका केन्द्रिय सदस्य पूर्णबहादुर गुरुङले नेपालको ४ तारे झण्डामा भूपू सैनिकहरुको रगत लागेकोले त्यसको रक्षा गर्न आग्रह गरे। उनले प्रजातान्त्रिक परिपाटीमा मात्र सैनिकको भविष्य रहने जिकिर गर्दै प्रजातन्त्रको जननी कांग्रेस भएको बताए। उनले नेपाली कांग्रेस र भूपू सैनिकहरुको मुटु जोडिएको समेत उल्लेख गरे।

सो अवसरमा एनआरएन युकेका अध्यक्ष सू्र्य गुरुङले अबिधेशन सफलताको शुभकामना दिए। अहिले नेपाल संविधान निर्माणको प्रकृयामा रहेको बताउंदै उनले दोहोरो नागरिकता संविधानमा नै किटान गरिनुपर्नेमा जोड दिए।

कार्यक्रममा एनपी सी सी युकेका अध्यक्ष लोक गुरुङले नेपालको राष्ट्रिय आन्दोलनमा गोर्खाहरुको महत्वपूर्ण भूमिका रहेको बताए। उनले गोर्खा भर्तिकेन्द्रका सवालमा नेपाली कांग्रेसको स्पष्ट अडान र दृष्टिकोण रहेको जानकारी दिए।

कार्यक्रममा नेपाली जनसम्पर्क समितिका सल्लाहकार विश्व आदर्श पण्डितले २००७ साल देखिनै भूपूहरुको इतिहास अमर रहेको बताए। उनले गेसो भन्दा पनि नेसाले समाजका लागि निस्वार्थ सेवा गरीरहेकोमा शुभकामना दिए। नेसा नै गोर्खाहरुको वास्तविक संस्था भएको उनले जिकिर गरे। गोर्खाहरुको पैसाका भरमा गेसोभित्र चरम आर्थिक हिनामिना भएको उनको भनाई थियो।

कार्यक्रममा नेसाका कोषध्यक्ष डम्मर गुरुङले संस्थाको आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए। अधिशेशनमा आएका विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई नेसाका उपाध्यक्ष भिम राइले स्वागत मन्तव्य दिएका थिए।

सो अवसरमा नेपाली समाजका लक्ष्य गुरुङ, नेसाका कार्यक्रम कोअर्डिनेटर भोज गुरुङ, साउथ इष्ट कांग्रेसका उपसभापति राज सिटौला लगायतले कार्यक्रमको शुभकामना व्यक्त गरेका थिए।

Recent Videos:

Popularity: 7%

Add comment April 11th, 2011

अनेसास नवोदित साहित्यिक वाचन श्रृंखला सुभारम्भ

तीर्थ संगम राई/एचकेनेपाल डट कम -
कतार, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कतार च्याप्टर र नवोदित साहित्यिक मोबाईल पुस्तकालय, कतारको संयुक्त आयोजनामा संचालन भएको साहित्यिक वाचन श्रृंखलाको पहिलो श्रृंखला यहि ०८ अप्रिल २०११ नेशनलस्थित टपफम रेष्टुरेण्टमा भब्यताका साथ सम्पन्न भएको छ।

साहित्यलाई जसरी सम्मान गरिन्छ त्यसरी नै सम्मानपूर्वक श्रवण पनि गरिनु पर्छ भन्ने उद्धेश्यका साथ यो श्रृंखलात्मक वाचन सुरु गरिएको हो।

दोहामा छरिएर रहेका सिर्जनाधर्मीहरुको निश्चित मिलनबिन्दु र हरेक श्रृंखलामा वाचन गरिएका उत्कृष्ट रचनाहरुलाई रचनाकारको स्वरमा रेकर्ड गर्दै, एक अर्कामा सिर्जना आदान प्रदान गर्ने अर्को उद्धेश्य रहेको छ। हरेक महिनाको दोस्रो शुक्रबार पारेर थालनी गरिएको यो पहिलो श्रृंखलाका संयोजक दीपक भेट्वाल रहनुभएको थियो। हरेक महिना फरक-फरक संयोजक रहने यस श्रृंखलामा आगामी महिना र श्रृंखलाका लागी संयोजक चर्चित ढुंगेल चयन भएकाछन्। यस श्रृंखलाको अर्को आकर्षण पक्ष रहेकोछ नौलो प्रस्तुती र साहित्यिक बातावरण। रचना वाचन, साहित्यिक वहस र अन्तरक्रिया अनि परिचायत्मक क्रमसँगै हरेक श्रृंखलामा बिभिन्न पेशा र क्षेत्रका बिशेष ब्यक्तित्वहरुलाई बोलाएर रचना श्रवण गर्राईनेछ। यो पहिलो श्रृंखलामा बिशेष व्यक्तित्वको रुपमा राजधानी अन्तर्राष्ट्रिय साप्ताहिकका सह-सम्पादक दीपक पौडेल र प्रवास साप्ताहिक कान्तिपुरका अरव संयोजक दीनेश रेग्मी रहनु भएको थियो। ४९ जना साहित्य अनुरागीहरुको उपस्थीत यस श्रृंखलामा बिभिन्न बिधाका २५ जना र्सजक र स्रष्टाहरुले आफ्ना साहित्यिक रचना बाचन गरेका थिए । मनग्ये रुपमा महिलाहरु पनि उपस्थीत रहेको उक्त श्रृंखलामा गजलकार दुःखी दीपक राजबंशी पर्राईको गजल संग्रह “भावना” पनि दोहाका स्रष्टाहरु हेमन्त परदेसी, सेलीङ केसी, भानु सुनुवार र दीपक पौडेलको हातबाट लोकार्पण गरियो । संग्रहका बारेमा हेमन्त परदेसीले बोल्नु भएको थियो।

कार्यक्रमको दोस्रो चरणमा मोवाईल पुस्तकालयका निवर्तमान सचिव र हालका संयोजकर् इश्वर दाहाल कविजीलाई संस्थागत औपचारीक बिदाई गरिएको थियो । संस्थाका प्रथम उपाध्यक्ष कृष्ण क्षितिज राईले कदरपत्र, र संस्थाका पदाधिकारीहरुले संयुक्तरुपमा मायाँको चिनो प्रदान गरेका थिए। इश्वर दाहाल कविजी कतार नआउँने गरि नचाँडै नेपाल फिर्दै हुनुहुन्छ। कविजी सँगको पहिलो भेट देखि हालसम्म गरेको साहित्य संर्घषको लामो कथा भनि रहदा रेगिस्तानी कवि तीर्थ संगमको आँखा आँशुले न्रि्रुक्क भिजेको थियो । यो दृश्य र कविजीको साहित्यिक योगदान सुनेर उपस्थित सबैको मुहारमा पीडाको झल्को हेर्न लायक थियो । संस्थाको तर्फबाट कवितात्मक बिदाई राजेश्वर ढकालले गरेका थिए। बिदाईको पछि बोल्ने क्रममा कविजीले समस्त सहयात्रीहरुलाई र दोहालाई कहिले पनि बिर्सन नसक्ने बताए। दोहामा सुरुवात गरेको साहित्यिक क्रान्तिलाई नरोक्न आग्रह गर्नुभयो । यो वाचन श्रृंखलाको सुरुमा जति उत्साहित थिए मेरो बिदाईले त्यतिनै भावुक बनाएको कुरा गर्दै आफ्नो अन्तिम रचना दोहालाई वाचन गरेर समर्पित गनुभयो । यो वाचन श्रृखला नवोदित साहित्यिक मोवाईल पुस्तकालयका महासचिव तीर्थ संगम राईले संचालन र समापन गरेका थिए।

१. तीर्थ संगम राई
२.इश्वर दाहाल कविजी
३. हेमन्त परदेसी
४. भानु सुनुवार
५. सेलीङ केसी
६. दीपक पौडेल
७. दीनेश रेग्मी
८. निराजन लुइटेल
९. सन्तोष निरौला
१०. अतृप्त कमल
११. दीपक राजबंशी
१२. प्रकाश गुरुङ
१३. श्रीकृष्ण भट्टराई
१४. महेन्द्र गुरुङ
१५. कृष्ण क्षितिज राई
१६. महेश्वर नेपाल
१७. पूर्ण बेघा
१८. चर्चित ढुङ्गेल
१९. इन्द्रमणी नेपाल
२०. मुनाल भट्टराई
२१. अब्दुल रजाक
२२. अनिल लामा
२३. बिजय तामाङ
२४. अम्बर बहादुर गुरुङ
२५. भक्त बहादुर लामा
२६. जानेन्द्र प्रसाद अम्गाई
२७. भोजराज दाहाल क्याक्टस
२८. धीरज चाम्लिङ
२९. युगयोगी राई
३०. उद्धव राई
३१. रेखा राई
३२. राम कुमार राई
३३. आकाश पराजुली
३४. दल बहादुर मगर
३५. राजन सिंखडा
३६. प्रेम लामा
३७. शक्ति बहादुरक्षेत्री
३८. दीपक आचार्य
३९. दीलिप रेग्मी
४०. भीम बहादुर मगर
४१. दीपक परियार
४२. शोभाकर बिक
४३. केदार प्रसाद गैरे
४४. सैनिदिन मियाँ
४५. बिष्णु प्रसाद गैरे
४६. बीर बहादुर पाईजा
४७. सूर्य काफ्ले
४८. राजेश्वर ढकाल
४९. लक्ष्मण संकल्प

स्मरण रहोस यो श्रृंखला हरेक महिनाको दोस्रो शुक्रबार नेशनल स्थीत टपफम रेष्टुरेण्टमा दिनको ३ बजेबाट सुरु हुनेछ । पहिलो श्रृंखलामा आउँनुहुने समस्त साहित्यप्रेमी अनुरागीहरु, सर्जकहरु र स्रष्टाहरुमा अनेसास कतार र नवोदित साहित्यिक मोवाईल पुस्तकालय, कतार हार्दिक कृतज्ञता ज्ञापन गर्दछ । साथै आउने श्रृंखलामा नयाँ तथा पुराना सबैलाई उपस्थित हुन बिनम्र अनुरोध गर्दछ।

Recent Videos:

Popularity: 7%

Add comment April 11th, 2011

राजधानीमा गोली हानी व्यापारीको हत्या

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौँस्थित खिचापोखरीमा अज्ञात व्यक्तिले चलाएको बन्दुकको गोली लागेर एक व्यापारीको निधन भएको छ।

राती ९ वजे चलाएको बन्दुकले अन्जनीकुमार चाचन घाइते भएपछि उनलाई तत्काल वीर अस्पताल उपचारार्थ लगिएको थियो। उनको हात र पेटमा गोली लागेको बताइएको छ।

एभी इन्टरपाइजेजका सञ्चालक चाचनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Popularity: 7%

Add comment April 11th, 2011

संविधान बन्नुअघि सेना समायोजन गरिनुपर्छ—उपाध्यक्ष गौतम

एचकेनेपाल डट कम संवाददाता-
नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले संविधान बन्नुअघि नै सेना समायोजन गर्नु अपरिहार्य भएको बताउनुभएको छ।

नेकपा (एमाले) कविलास गाउँ कमिटी अधिवेशनको उदघाटन गर्दै उहाँले सेना समायोजन अगावै शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्‍याउन नसकिने ठोकुवा गर्नुभयो।

विगतमा पनि संविधानसभाको म्याद थपिंदै आएकाले आगामी जेठ १४ पछि पनि म्याद थप्न सकिने उहाँको तर्क थियो।

एमालेका पोलिटब्युरो सदस्य काशिनाथ अधिकारीले कुनै पनि दललाई बाहिर राखेर शान्तिप्रक्रिया पूरा हुन सक्दैन भन्दै काँग्रेसलाई पनि मूलधारमा ल्याउनुपर्ने बताउनुभयो।

Popularity: 7%

Add comment April 11th, 2011

‘भ्याट छली गर्नेलाई कारबाही हुनैपर्छ’–अध्यक्ष बस्नेत

एचकेनेपाल डट कम संवाददाता-
नेपाल चेम्बर अफ कमर्शका नवनिर्वाचित अध्यक्ष सुरेशकुमार बस्नेतले मूल्य अभिवृद्धि कर (भ्याट) को नक्कली बिल बनाएर राजस्व सङ्कलनमा प्रतिकूल अवस्था सृजना गर्नेहरूउपर कडा कारबाही हुनुपर्नेमा जोड दिनुभएको छ।

नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको छलफल कार्यक्रममा उहाँले गैरकानूनीरुपमा मुनाफा आर्जन गर्नेहरूको सदयता खारेज गर्न पनि चेम्बर पछि नपर्ने दृढता व्यक्त गर्नुभयो।

‘प्रचलित ऐन विपरीत गर्नेहरूलाई कानुनको कठघरामा उभ्याउन चेम्बर तत्पर छ तर निर्दोषहरूको हकहितको रक्षा गर्नु पनि यसको दायित्व हो’ केही उद्यमी व्यापारीले नाजायज काम गरे भन्दैमा सबैलाई एकै किसिमको दृष्टिले नहेर्न आग्रह गर्दै अध्यक्ष बस्नेतले भन्नुभयो।

विषयको गम्भीर्यलाई दृष्टिगत गरी आन्तरिक राजस्व विभागले अघि बढाएको अनुसन्धानको कार्यमा संसदीय समितिले हस्तक्षेप गर्नु उपयुक्त नहुने धारणा पनि उहाँले व्यक्त गर्नुभयो।

Popularity: 7%

Add comment April 11th, 2011

तीन दलबीच बेपत्ता आयोगसम्बन्धी विधेयकमा सहमति

एचकेनेपाल डट कम संवाददाता-
शान्ति तथा पुनःनिर्माणमन्त्री वर्षमान पुनले एक वर्षदेखि संविधानसभाको विधायन समितिमा अड्किएको बेपत्ता आयोगसम्बन्धी विधेयकलाई पारित गराउन प्रमुख तीन दलबीच सैद्धान्तिक सहमति भएको जानकारी गराउनुभएको छ।

राज्यद्वारा बेपत्तायोद्धा परिवार समाज, नेपाल र राष्ट्रिय महिला आयोगले आज यहाँ आयोजना गरेको बेपत्ता नागरिकसम्बन्धी एक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो जानकारी गराउनुभएको हो।

बेपत्ता नागरिकसम्बन्धी कानुन तर्जूमा भएपश्चात् त्यससम्बन्धी आयोगको गठन गरी द्वन्द्व कालमा बेपत्ता पारिएका नागरिकहरूको अवस्था सार्वजनिक हुने र दोषीमाथि कारबाही हुने विश्वास उहाँले व्यक्त गर्नुभयो।

मन्त्री पुनले मन्त्रालयले बेपत्तासम्बन्धी विधेयक र सत्य निरुपण तथा मेलमिलाप विधेयकलाई प्राथमिकताका साथ उठाएकाले यसबारे आशङ्का नगर्न सबैसँग आग्रह गर्नुभयो।

Popularity: 7%

Add comment April 11th, 2011

माले र संयुक्तले सहकार्य गर्ने

एचकेनेपाल डट कम संवाददाता-
नेकपा (माले) र नेकपा (संयुक्त)ले तात्कालिक राजनीतिक विषयहरूमा संसदभित्र र बाहिर सहकार्य गर्दै अगाडि बढ्ने सहमति गरेका छन्।

नेकपा (माले)को उच्चस्तरीय वार्ता कमिटीले नेकपा (संयुक्त)का अध्यक्ष चन्द्रदेव जोशीलगायतको नेतृत्वसँग मुलुकको सङ्क्रमणकालीन राजनीतिक स्थितिमा सहकार्य गर्नेसम्बन्धमा गरेको छलफलमा सो सहमति गरेको जनाइएको छ।

छलफलबाट दुइ पार्टीबीच संयुक्त कार्यक्रमहरूको पहिचान गर्दै साझारुपमा अघि बढ्ने, तात्कालिक कार्यनीतिमा थप सहमति खोज्दै जाने, सैद्धान्तिक पक्ष र कार्यक्रमका सम्बन्धमा रहेका भिन्नताहरूमा निदान खोज्ने सहमति भएको नेकपा मालेका पोलिटब्यूरो सदस्य कुमार बेलवासेले जानकारी दिनुभयो।

उहाँले दुई दलबीच मुलुकको सङक्रमणकालीन अवस्थालाई मध्यनजर गरी आपसी सम्बादलाई निरन्तरता दिने सहमति भएको पनि बताउनुभयो।

Popularity: 7%

Add comment April 11th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2011
M T W T F S S
« Mar   May »
 123
45678910
11121314151617
18192021222324
252627282930  

Posts by Month

Posts by Category

More news....