Archive for April 12th, 2011

मेरो ५६ वर्ष - नरेन्द्रराज प्रसाई

नरेन्द्रराज प्रसाई/ एचकेनेपाल डट कम-
म छक्क परेको छु, आजै मैले छपन्न वर्ष पार गरिसके छु। बाह्र वर्षसम्म मेरै जन्म थलो ताप्लेजुङको हाङ्पाङमा मैले मेरो आँसु र हाँसो ओछ्याएर विताएँ । अनि पन्ध्र बर्षसम्म झापाको शनिश्चरेमा साइकल र घोडा कुदाएर मैले केही सुखद् समय पनि कटाएँ । त्यही समयमा म मेरी ठूलीमाका छोरा शिवप्रसाद शिवाकोटीको नेतृत्वमा माओ त्सेतुङ जिन्दावाद भन्दै हिंड्न थालें । तर मैले मेरा दाजु नन्दकुमार प्रसाईका प्रेरणाले बाह्र वर्षको उमेरअघि नै माओ त्सेतुङको बिल्ला लगाएर हाङपाङको सरस्वती हाइस्कुल जाने गरेको थिएँ।

२०२७ सालको मङ्सिर महिनामा झापाको सालबारीमा शिवप्रसाद शिवाकोटीका साला खड्ग दाहाल र म प्रहरीसँगको लाठी मुङ्ग्रीमा परेपछि मलाई त्यहाँ बसेर पढ्न कठीन भयो । अनि मेरी दिदी नीरा सिटौला र भिनाजू नीलकृष्ण सिटौलाको सदविचारले म सोह्र वर्षको उमेरमा काठमाडौं छिरें । त्यति खेरको मेरो आपतविपतले म राजसंस्थामा लागेछु।दुर्योधनसँगको वचनमा बाँधिंएका कारण कर्ण दुर्योधनकै दलमा समर्पित भए जस्तै म पनि त्यस्तै भएको छु भन्दा मलाई फिटिक्कै ग्लानी छैन ।
सोह्रदेखि छपन्न वर्षासम्मको समय मेरो आँसु र हाँसोमा वितेको मैले महसुस गरेको छु । त्यही बेला मलाई गीतकार हुने पनि मौका जुर्यो । अरुणा लामाको स्वरमा “हाँसीहाँसी जलीरहें” पनि मेरो त्यही कष्टकर भाकाको उपज थियो, तापनि मैले सुकमित गुरुङको स्वरमा आबद्ध “मिर्मिरेमा तिमीलाई हेर्न मन लाग्छ” जस्तो सुखद गीत पनि लेखें । यही क्रममा मेरा पौने दुई सय वटाजति दुखान्त भाकाका गीत तयार भए भने करीव दुई दर्जनजति रोमान्टिक गीत पनि लेख्न भ्याएछु । वास्तवमा गीत त्यस बेलाको मेरो जीवनलाई गितशील बनाउँने एउटा बुटी थियो । यथार्तमा कसैलाई भन्न नसक्ने मेरो हृदयको व्यथा नै गीतिभाकामा प्रस्तुत हुन थाल्यो । मलाई लाग्छ शायद त्यसरी गीतमा मैले मेरा भावना पोख्तै नहिंडेको भए म आजको यो अवस्थामा आइपुग्ने थिइँन होला।

मेरो विगत सुक्खमा वितेन । त्यति बेला कहिले म आर्थिक हाहाकारमा चिरिएँ, कहिले म पारिवारिक पहिरोमा बगें र कहिले साहित्यिक यात्रामा पनि अनायसैको चट्याङमा परें । अनि यी प्राय : घटना मेरा जीवनमा टाँस्सिएको राजनीति कै कारणले पनि भएको थियो । औसरवादी हुन नचाएको पुरस्कार अझै पनि मैले परोक्ष र प्रत्यक्ष जताबाट भए पनि भोग्नु परिरहेको छ । तर जेजस्तो स्थितिको धारमा रेटिनु परे तापनि मैले आफूलाई पिपलपाते कलामा बदल्नै सकिन । त्यसो त मैले मेरो साहित्यलाई राजनीतिमुक्त कित्तामा सुरक्षित राखेको हुँदा मलाई अरुका राजनीतिक नारा र जुलुसले कुनै पनि प्रकारको प्रभाव दिन सकेन ।यहीक्रमले म हिंडिरहें, हिडिरहें र फेरि पनि हिंडिरहें।

अब त मैले लेखेका केही किताव पनि कक्षा छदेखि एम्एसम्मका पाठ्यक्रममा लाग्न थाले । नेपालभित्र मात्र होइन भारतका विभिन्न शिक्षणसंस्थाहरुमा पनि मेरा किताव भाइबैनाले पढने गर्छन् । झन्नै पाँच दर्जनजति लेखन र सम्पादनका मेरा कृतिहरु साहित्यको मन्दिरमा चढिसकेका छन्।अझै मेरा एक दर्जन कितावका पाण्डुलिपीहरु मुद्रणमा जाने बाटो खोज्दै मसँग सुरक्षित छँदैछन् । मबाट अरु पनि लेखन जारी छँदै छ । दैनिक अन्नपूर्ण पोष्टको साप्ताहिक स्तम्भकारका रुपमा पनि म आबद्ध छु । साथै त्रिमूर्ति निकेतन र नइ प्रकाशनप्रति पूर्ण बफादार हुनुचाहिं मेरो नैतिक कर्तव्य नै हो।

मेरो मनमा कसैप्रतिको रिस छैन । किनभने म अफ्नो काममा नै रुचि राख्छु।म कसैलाई झुटो आश्वासन पनि दिन्न किनभने मलाई ज्यूदै मर्न डर लाग्छ । म केही बढी परिश्रम पनि गर्छु किनभने मैले गर्नु धेरै छ । त्यसैले म बिहान छ बजे उठिसक्छु र राति बाह्र वजेअघि नै सुतिसक्छु । अनि त मेरो छोरो कञ्चनजङ्घाले बराबर लेख्ने र भाषण गर्ने गर्छ “मलाई मेरा बुबाको परिश्रम र लगन मन पर्छ ।” तर सधैं उ मलाई भन्ने गर्छ “बुबा धेर नघोटिनु नि !” मेरी कान्छी छोरी अनुकृतिकालाई तिम्रो बुबाको नराम्रो बानी के छ भनेर कसैले प्रश्न गर्दा उस्ले भन्दिरैछे “बुबाको जोतिएर काम गर्ने बानी मलाई पटक्कै मन पर्दैन ।” आज बिहानै मेरो छोराले आएर मलाई भन्यो “बुबा आजदेखि काम आधा घटाउनु ल !” मैले ल भनिदिंदा इन्दिरा, प्रिया, अनुकृतिका, सुमित्राराज्यलक्ष्मी चौधरी र अनूप थापाले वेस्सरी ताली बजाएका थिए । अनि सबैको लहलहैमा लागेर मेरी ९३ वर्षीय आमाले पनि ताली बजाउनु भएको थियो।

मेरी आमा भागीरथा प्रसाई मेरै साथमा हुनुहुन्छ ।उहाँ पढ्न सक्नु हुन्न तर मैले लेखेका कुरा कहिलेकाहीं म उहाँलाई सुनाउने गर्ने गर्छु ।केही दिन म त्यस कामबाट चिप्लेर हिंडें भने उहाँ भन्नु हुन्छ “छोरा तैंले लेखेको मलाई पनि सुना न !” त्यसैले उहाँले बुझे पनि र नबुझे पनि म उहाँलाई मेरा लेख सुनाउने गर्छु । मेरी आमा उहाँको हरेक पलमा मेरो अस्तित्व गाँस्न चाहानुहुन्छ । शायद त्यसैले नै मलाई बचाएको हुनुपर्छ । मैले मेरी आमाको अहोरात्र आशिरवाद पाएर नै म यत्तिको भएको छु जस्तो मलाई लाग्छ। भोल्टेयरले भनेको एउटा कुरा मलाई सारै चित्त बुझेको छ र मैले मेरी आमाको फोटो मुनी त्यही कुरा लेखेर मेरा कोठामा राखेको छु “संसारमा सबैभन्दा राम्रो पुस्तक पढें भने मैले मेरी आमालाई पढें ।” किनभने मैले मेरी आमाको सम्पूर्ण दुक्ख देखेको छु र नदेखेको जति सुनेको पनि छु । अनि त म कुनै पनि क्षणमा आमा छाड्न सक्तिन । अनि मैले जति नै सुसेली बजाए तापनि मेरी आमाको सम्पूर्ण कार्यकर्ताका रुपमा चाहिं इन्दिरा नै देखा परेकी छिन्।

मेरी पुरोधिका इन्दिरा मेरो जीवनमा घाम भएर झुल्किन् । क्रमश : हामी माझको प्रेम पनि विशिष्ट भएर प्रस्तुत हुन थाल्यो । यो जुनीमा मैले इन्दिराको गुन तिर्न नसक्ने अवस्थाको उनले मेरो टाउकामा ऋणको भारी बोकाई सकेकी पनि छिन्।

जुनदिनदेखि इन्दिराको पाइलो मेरा घरमा पस्यो, त्यसदिनदेखि उनले मेरी आमाको सम्पूर्ण जीवनरक्षा गर्ने काम गरिन् ।त्यतिमात्र होइन उनले कञ्चनजङ्घाको संरक्षकत्व ग्रहण गरिन् ।त्यसैले अहिले मेरो संसार झलमल्ल छ । आर्थिक रुपमा पनि सम्पूर्ण ब्यबहार मेरा छोरा कञ्चनजङ्घा, बुहारी प्रिया र इन्दिराबाटै धानिन्छ । उनीहरु तीनैजना क्याम्पसमा पढाउँछन् । अमेरिकामा गीताञ्जली छे, बेलायतमा निकेतिका छे । उनीहरुबाट पनि मलाई विविध सहयोग र सद्भावना बराबर भैरहेको छ । मेरी कान्छी छोरी अनुकृतिका त मेरो सेक्रेटरी नै भै हाली।

मेरो जीवन आज सुखद दिनमा रुपान्तर भएको छ । वास्तवमा यस्तो दिन कुनै बेला मेरो कल्पनाको पहुँचभन्दा बाहिरको कुरा थियो । त्यसैले आजको यो मेरो सानो संसार मेरा लागि सपना नै जस्तो पनि भएको छ । सपनाकै कुरा गर्ने हो भने पनि इन्दिरा र मेरो माया, विश्वास र समर्पणको प्रतीकका रुपमा स्थापित नइ प्रकाशन पनि विपनामा नै फक्रने क्रममा छ।

Recent Videos:

Popularity: 8%

1 comment April 12th, 2011

कोरियामा नेपाली महिलाहरुको लागि वुमन फर वुमन संस्था

मञ्जु थापा / एचचेकनेपाल डट कम-
दक्षिण कोरिया सदेमुन, प्रवासी मजदुर केन्द्रको कार्यालयमा विभिन्न पेशामा कार्यरत नेपाली महिलाहरुको बैठक बस्यो। उक्त बैठकमा इपिएसबाट आएका प्रवासी महिला, कृषि क्षेत्रमा काम गर्दै आएका महिला, विजिनेश भिषा भएका महिलाहरु तथा कोरियनसंग विवाह गरेर आएका महिलाहरुको सकृय सहभागिता रहेको थियो।

कोरियामा विभिन्न क्षेत्रमा काम गर्दा, महिलाहरुलाई समस्या पर्दा सहयोगी संस्थाहरु नभएको र कारखाना छोड्नु पर्दा बस्ने सुरक्षित बासस्थानको अभाव भएकोले महिलाहरुद्धारा महिलाहरुलाई नै सहयोग गर्ने उद्धेश्यका साथ यो वुमन फर वुमन संस्थाको स्थापना भएको हो।

यो संस्था गैरराजनीतिक संस्था भएकोले यहाँ विभिन्न वर्ग र क्षेत्रका महिलाहरुलाई समेटेर नयाँ कार्य समिति गठन गरिएको कोरियामा भएका सम्पूर्ण सामाजिक संघ संस्थाहरुमा समेत जानकारी गराइन्छ।

नया कार्य समितिका पदाधिकारीहरु
संयोजकः मञ्जु थापा
अध्यक्षः कोपिला राई
उपाध्यक्ष्यः जुनु गुरुङ्ग
सचिवः विमला श्रेष्ठ
सहसचिवः हिमानी गुरुङ्ग
कोषाध्यक्षः पुनम तामाङ्ग
सदस्यहरु
· सृजना नेपाली
· ज्योति थापा
· विर्सना श्रेष्ठ
· किरण र्राई
सल्लाहाकार
· टिका माया गुरुङ्ग
· गंगा श्रेष्ठ
· पदमा श्रेष्ठ
· डेविट राई
· डम्बर सुब्बा

Recent Videos:

Popularity: 8%

1 comment April 12th, 2011

कोरियामा देवयानीको ऐतिहासिक सफलता

रघु त्रिपाठी / एचकेनेपाल डट कम-
दक्षिण कोरिया, नयाँ वर्ष २०६८ सालको अवसर पारेर दक्षिण कोरियामा रहेका सकृय नेपाली यूवाहरुले साँस्कृतिक कार्यक्रम तथा देवयानी चलचित्र प्रिमियर सो भब्यरुपमा सम्पन्न गरेका छन्।

कार्यक्रमको आयोजना दक्षिण कोरियामा नव स्थापति सस्था योङ्ग स्टार ग्रुप तथा काभ्रे सम्पर्क समितिले सयूक्तरुपमा गरेको हो।

पहिलो चरणमा विभिन्न सिलसिलामा कोरिया आएका नेपाली कलाकारहरुले गीत नृत्य तथा हाँस्य प्रहसनहरु प्रस्तुत गरी दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन गराएका थिए। दोश्रो चरणमा नयाँ वर्षको शुभकामना आदान प्रदानसहित चलचित्र देबयानी प्रदर्शन गरिएको थियो।

नेपाली कला सस्कृतिलाई अन्तर्राष्ट्रियकरण गर्ने सोच अनुरुप नेपाली कथानक चलचित्र देवयानीको पहिलो प्रिमियर सो कोरियामा गरिएको आयोजक कमिटिले जानकारी दिए।

कामको ब्यस्तताका बावजुद पनि दर्शकहरुको ठूलो भिड लागेको चलचित्र प्रिमियर सो कार्यक्रमलाई कोरियाका लागि नेपाली राजदूत कमलप्रसाद कोइराला चलचित्र निर्देशक तथा निर्माता बिजय बस्नेत नेपाली सम्पर्क समितिका अध्यक्ष डेविड राई ,छाविए चिवकी आमा आयोजक कमिटिका अध्यक्ष यम श्रेष्ठलगायतले पानसमा दीप प्रज्वलन गरि उद्धघाटन गरेका थिए।

दर्शकहरुले खचाखच भरिएको हलको भिडमा पनि शान्त बातावरणमा चलचित्र हेरिरहेका नेपाली राजदूत ,विभिन्न संघ सस्थाका प्रतिनिधी लगायत उपस्थित दर्शकहरु निकै भावुक र खुशी देखिएका थिए।

दक्षिण कोरियामा रहेका यूवाहरुको सकृयतामा नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्ने यो एउँटा कोरियामा देवयानीको ऐतिहासि र सफल
कार्यको शुरुवात हो भन्दै प्रमुख अतिथिका रुपमा आमन्त्रित राजदूत कोइरालाले भन्नुभयो नेपाली समाजलाई परिवर्तन गर्ने कार्यमा देवयानी चलचित्रले अत्यन्तै महत्वपूर्ण भूमिका खेल्ने छ।

यो चलचित्र नेपालमा बस्ने नेपालीले मात्र होइन विश्वभरी छरिएर बसेका नेपालीहरुले हेर्नु पर्ने बताँउदै यस्ले वास्तविक नेपाली समाजको चित्रण गरेको छ। यस्ता चलचित्रलाई नेपाल सरकारले पनि प्रोत्साहन गर्नु पर्छ चलचित्र हेरेपछि हेनेकोलाई जानकारी दिए।

चलचित्र समापन लगतै दर्शकहरुसंग प्रतिक्रिया माग्दा अधिकां दर्शकहरुको आवाज एउटै थियो मौलिक नेपाली कथामा आधारित सन्देशमूलक चलचित्र नेपालमा बनेकोमा हामीलाई गर्व लागेको छ। हामी खुशी छौँ नेपाली चलचित्र पनि यति राम्रो स्तरीय बन्न थालेकोमा।

नेपाली सम्पर्क समितिका अध्यक्ष डेविड राईले नेपाली चलचित्र राम्रो हुँदैन भन्ने सोचलाई यस चलचित्रले गलत सावित गरिदिएको बताँउदै यस्ता चलचित्र बनाउने निर्देशकहरुलाई प्रोत्साहन गर्न सके आउने दिनहरुमा नेपाली चलचित्र प्रेमीहरुले संदेशमूलक मोलिक नेपाली चलचित्रहरु हेर्न पाउँने बताँउछन्।

पहिलो प्रिमियर सो हेर्न आएका दर्शकहरुले चलचित्र मनपराएपछि दर्शकहरुको रुचीलाई मध्यनजर गर्दै अप्रिल १७ तारिख आन्सानमा र २४ तारिख किमेमा पनि प्रदर्शन गर्ने निर्देशक बस्नेतले जानकारी दिए।

Popularity: 8%

Add comment April 12th, 2011

एमालेको मन्त्री थपेर मन्त्रिमण्डल विस्तार

एचकेनेपाल डट कम संवाददाता-
गृहमन्त्रीमा कुरा नमिलेर माओवादीले मन्त्री नपठाएपछि प्रधानमन्त्री झलनाथ खनालले एमालेका मात्र मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका छन्।

मंगलबार रामनवमीको सार्वजनिक बिदा परेकाले बुधवार मात्र नवनियुक्त मन्त्रीहरुले शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ।

एमालेका मन्त्रीहरु निम्न अनुसार छन्-
१. भरतमोहन अधिकारी उपप्रधानमन्त्री अर्थ र वाणिज्य तथा आपूर्ति।
२. विष्णुप्रसाद पौडेल मन्त्री रक्षा र वातावरण।
३. श्रीमती उर्मिला अर्याल मन्त्री स्थानीय विकास।
४ गङ्गालाल तुलाधर मन्त्री शिक्षा, सङ्घीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति र विज्ञान तथा प्रविधि।
५. रघुवीर महासेठ मन्त्री सिँचाइ ।
६. गोकर्ण बिष्ट मन्त्री ऊर्जा।
७. भानुभक्त जोशी मन्त्री वन तथा भू–संरक्षण।
८. युवराज कार्की मन्त्री सामान्य प्रशासन
९. श्रीमती राधा ज्ञवाली राज्यमन्त्री शिक्षा।
१०. शत्रूघन महतो राज्यमन्त्री स्थानीय विकास।
११. दलबहादुर सुनार राज्यमन्त्ती सिँचाइ।
१२. रामजी शर्मा राज्यमन्त्री ऊर्जा।
१३. डम्बर साम्बाहाम्फे राज्यमन्त्री सामान्य प्रशासन।
१४. श्रीमती भगवती चौधरी राज्यमन्त्री वन तथा भू–संरक्षण।
१५. डा ल्हारक्याल लामा राज्यमन्त्री अर्थ।

Recent Videos:

Popularity: 7%

Add comment April 12th, 2011

दुई विधेयक पारित

एचकेनेपाल डट कम संवाददाता-
व्यवस्थापिका–संसदको बैठकले दुईवटा विधेयकलाई सर्वसम्मतिले पारित गरेको छ। ती दुई विधेयकमा “सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) विधेयक २०६७ र मेलमिलापसम्बन्धी विधेयक २०६७” रहेका छन्।

उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री कृष्णबहादुर महराले ती विधेयक पारित गरियोस् भनी बैठकमा प्रस्तुत गर्नुभएको थियो।

व्यवस्थापिका–संसदको अर्को बैठक २०६८ बैशाख ४ गते आइतबार दिनको ३ बजे बस्नेछ।

Popularity: 7%

Add comment April 12th, 2011

दुई न्यायाधीश पदमुक्त र चारलाई सचेत

एचकेनेपाल डट कम संवाददाता-
न्यायपरिषद्को बैठकले पुनरावेदन अदालतका दुईजना न्यायाधीशलाई पदमुक्त गर्ने र चार जिल्ला न्यायाधीशलाई सचेत गर्ने निर्णय गरेको छ।

पुनरावेदन अदालत पोखराका न्यायाधीश ओमप्रकाश सुवेदी र पुनरावेदन अदालत हेटौँडाका न्यायाधीश तेजबहादुर कार्कीलाई पदमुक्त गर्ने परिषद्ले सर्वसम्मत निर्णय गरेको हो।

पुनरावेदन अदालत हेटौँडाका न्यायाधीश तेजबहादुर कार्कीको हकमा निजको कार्य क्षमताको अभाव र इमान्दारितापूर्वक कर्तव्य पालना नगरेकाले न्यायपरिषद् ऐन २०४८ को दफा ४ (ग) को २ र ३ अनुसार पदमुक्त गर्ने निर्णय गरेको परिषद्को निर्णयमा उल्लेख छ ।

कार्कीले गत वर्ष साउनमा डा भक्तमान श्रेष्ठको अपहरणमा संलग्न चारजना अपहरणकारीलाई पुर्पक्षका लागि थुनामा राख्नुपर्नेमा धरौटीमा रिहा गरेका थिए।

यही काण्डमा गलत आचरणले सो कार्य गरेको भनी न्यायपरिषद्मा उजुरी परेको आधारमा कार्की एक वर्षदेखि छानबिनको दायरामा थिए।

पुनरावेदन अदालत पोखराका न्यायाधीश ओमप्रकास सुवेदीको हकमा न्यायपरिषद् ऐन २०४८ को दफा ४ (क) को उपदफा ३ र ४ वमोजिम निजले पदीय कर्तव्य इमान्दारिताका साथ पालना नगरेको र खराव आचरण देखिएको न्यायाधीश तपबहादुर मगरको प्रतिवेदनमा उल्लेख छ।

न्यायाधीश मगरको प्रतिवेदनअनुसार नै कारबाही अगाडि बढाइएको न्यायापरिषद् सचिव जीवनहरि अधिकारीले जानकारी दिनुभयो।

उनले पुनरावेदन अदालत तुलसीपुर र पुनरावेदन अदालत पोखरामा रहँदा बिदा नलिई हिँड्ने र नगएको समयको पनि हाजिर गर्ने आरोपमा उनीविरुद्ध निवेदन परेको थियो।

सो विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउन न्यायधीश तपबहादुर मगरलाई जिम्मा दिइएको थियो। मगरको प्रतिवेदनको आधारमा सुवेदीले आचरणविपरित कार्य गरेको ठहर गर्दै परिषद्ले आज निजलाई बर्खास्त गर्ने निर्णय गरेको हो।

परिषदले न्यायाधीशद्वयको पदमुक्त गर्नका लागि अन्तरिम संविधान २०६३ को धारा १०९ को उपधारा १० को खण्ड ग बमोजिम प्रधान न्यायाधीशसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

विसं २०६१ पछि गरेको परिषद्को यो ठूलो निर्णय हो। यसअधि परिषद्ले न्यायाधीशहरू केदारप्रसाद प्याकुरेल, गणेश पञ्जीयार, ध्रुवलालराज श्रेष्ठ, रामेश्वरमान श्रेष्ठ, चित्रदेव जोशी र गोपाल गुरागार्इँलाई पदमुक्त गरेको थियो।

त्यस्तैगरी परिषद्को आजैको बैठकले सर्लाहीका जिल्ला न्यायाधीश विनोदप्रकाश शर्मा, अर्धाखाँचीका जिल्ला न्यायाधीश अच्युत बिष्ट, पर्साका जिल्ला न्यायाधीश पशुपति आचार्य र जाजरकोटका जिल्ला न्यायाधीश सीताप्रसाद पोखरेललाई अब आइन्दा यस्तो कार्य नदोहोर्‍याउन सचेत गरेको छ।

‘यो कारबाहीको पहिलो चरण हो, निजहरूले फेरि यस्तो काम दोहोर्‍याए पदमुक्त गर्नेसम्मको कारबाही हुनसक्छ’ परिषद् सचिव अधिकारीले भन्नुभयो।

उहाँका अनुसार परिषद्मा परेका अन्य सातवटा निवेदन भने आधारहीन भएको भन्दै तामेलीमा राखिएको छ।

Recent Videos:

Popularity: 7%

Add comment April 12th, 2011

जेठ १४ मा संविधान जारी हुने संभावना समाप्त

एचकेनेपाल डट कम संवाददाता-
नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरीले आगामी जेठ १४ गते नयाँ संविधान जारी हुने सम्भावना समाप्त हुँदै गएको बताउनुभएको छ।

प्रेस युनियन मोरङद्वारा आयोजित पत्रकारसम्मेलनमा उहाँले नयाँ संविधानका प्रमुख मुद्दाहरूमा स्पष्ट रणनीति नआएकाले संविधान जारी हुने सम्भावना नरहेको बताउनुभयो।

केन्द्रीय सदस्य गिरीले मुलुकको शासकीयस्वरूप, राज्यको पुनःसंरचनाजस्ता विषयमा राजनीतिक पार्टीहरूले आपसमा छलफल गरी टुङ्गो लगाउनुपर्ने बताउँदै एकीकृत नेकपा (माओवादी) सँग भएको लडाकू र हतियारको टुङ्गो नलागेसम्म मुलुकमा शान्ति र स्थायित्व हुन सक्दैन भन्नुभयो।

उहाँले लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बाहेक अन्य कुनै संविधान स्वीकार्य नहुने भन्दै एकीकृत नेकपा (माओवादी)का नेतालाई लोकतान्त्रिक संविधान बनाउनेतर्फ ध्यानु दिन आग्रह गर्नुभयो।

Popularity: 7%

Add comment April 12th, 2011

नेपाल च्यालेन्ज कपको दोस्रो चरणमा छनौट

एचकेनेपाल डट कम संवाददाता-
एसियन फुटवल कन्फेडरेसन (एएफसी) च्यालेन्ज कप फुटबल प्रतियोगिताअन्तर्गत समूह डीबाट नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ।

नेपाल, उत्तर कोरिया, अफगानिस्तान र श्रीलङ्का सम्मिलित सो समूहमा नेपाल दोस्रो भई छनौट भएको हो।

हलचोकस्थित खेलमैदानमा हिजो भएको खेलमा उत्तर कोरियाद्वारा अफगानिस्तान २–० ले पराजित भएपछि र स्थानीय दशरथ रङ्गशालामा नेपालले श्रीलङ्कासँग भएको रोमाञ्चपूर्ण खेलमा गोलरहित बराबरीमा टुङ्ग्याएपछि नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो।

यस समूहमा उत्तर कोरिया समूहमा सबै खेलमा विजेता भई समूह प्रथम भएको छ।

यसअघि समान दुई खेल खेलेको नेपाल र अफगानिस्तानको समान तीन अङ्क थियो।

Popularity: 7%

Add comment April 12th, 2011

सुकुम्बासी संघद्वारा जग्गा कब्जाको चेतावनी

एचकेनेपाल डट कम संवाददाता-
क्रान्तिकारी सुकुम्वासी सङ्घले ऐलानी जग्गा कब्जा गरेर बस्दै आएको भन्दै ती जग्गाहरू कब्जामा लिएर वास्तविक सुकुम्वासीलाई वितरण गर्ने तयारी भैरहेको बताएको छ।

सङ्घको केन्द्रीय समितिको इटहरीमा बसेको भेलाले त्यस्तो निर्णय गरेको सङ्घका अध्यक्ष राजकुमारले जानकारी दिनुभयो।

अनावश्यक जग्गा जमिन ओगटेर बसेका धनाढ्यहरूले कब्जामा राखेको ऐलानी जग्गाहरू वास्ताविक सुकुम्वासीलाई वितरण गर्ने तयारी अन्तिम चरणमा पुगेको सङ्घद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

देशभरका धनाढ्यहरूले ओगटेको ऐलानी जग्गाहरूको लगत सङ्कलन भइसकेको बताउँदै सङ्घले ती सबै जमिन कब्जामा लिएर सुकुम्वासीलाई बाड्ने कार्य सङ्घ गर्नु अघि त्यस्ता जमिन सुकुम्वासीलाई वितरण गरिदिए आफूहरूले कब्जा नगर्ने जानकारी दिएको छ।

Popularity: 7%

Add comment April 12th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2011
M T W T F S S
« Mar   May »
 123
45678910
11121314151617
18192021222324
252627282930  

Posts by Month

Posts by Category

More news....