Archive for April 13th, 2011

बसमा बम पड्काउनेहरू पक्राउ

एचकेनेपाल डट कम संवाददाता-
बुटवल, यात्रुवाहक बसमा बम पड्काउने तीन जनालाई प्रहरीले पक्राउ गरी बुधवार बुटवलमा सार्वजनिक गरेको छ।

पक्राउ पर्नेहरूमा एक भारतीय र दुई रुपन्देहीबासी रहेका छन्।

प्रहरीका अनुसार प्रकाउ पर्नेहरूमा नौतुनवा स्थायी घर भएका ४० वर्षीय इस्लाम मुसलवान, रुपन्देहीको बोगडीका २६ वर्षीय प्रशान्त पाण्डे र रुपन्देहीको सक्रौन पकडीका १९ वर्षीय राजकुमार चौहान हुन्।

घटनामा संलग्न रहेको भन्दै लुम्बिनी अञ्चल प्रहरी प्रमुख प्रकाश अर्यालको संयोजकत्वमा गठित अनुसन्धान समितिले उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो। सोही घटनामा संलग्न अरू दुई जना घनश्याम यादव र मक्सुद मुसलवान फरार छन्। उनीहरूको खोजी भैरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनीहरु तीनै जना अखिल तराई मुक्ति मोर्चा भगत सिंह समूहमा आवद्ध रहेको प्रहरीले जनाएको छ।

चैत १३ गते लु १ ख ३६६६ नम्वरको माइक्रोबसमा बम विस्फोट हुंदा दुई जनाको मृत्यु र झण्डै दुई दर्जन यात्रुहरू घाइते भएका थिए।

Recent Videos:

Popularity: 7%

2 comments April 13th, 2011

गृह पाए सरकारमा, नभए ४ मन्त्री फिर्ताः सीपी गजुरेल

एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले माओवादीले गृह नपाए सरकारबाट हट्न सक्ने चेतावनी दिएका छन्।

गजुरेलले गृह पाए माओवादी सरकार सहभागी हुने नभए चार मन्त्री फिर्ता गराएर बाहिरबाटै सहयोग गर्ने बताएका छन्। गृह नपाएसम्म सरकारमा सहभागी नहुने माओवादीको निर्णय यथावत रहेको बताउंदै यस्तो चेतावनी दिएका हुन्।

राजधानीमा बुधवार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अबको मन्त्रीपरिषद विस्तार हुंदा गृहसहित सरकारमा सहभागी हुने उनले बताए। तर, गृह नपाए सरकारमा माओवादीतर्फबाट सहभागी चार मन्त्रीलाई समेत फिर्ता बोलाउन सक्ने उनको धारणा थियो।

उनले एमाले र माओवादीबीच भएको सहमति पालना हुन नसकेकोमा असन्तुष्टी पोख्दै एमालेले सात बुंदें सहमति कुल्चिएको आरोप लगाए। उनले सहमति विपरित सरकारमा अहिलेसम्म माओवादीको चार र एमालेको ११ मन्त्रालय पुगिसकेको बताए।

Recent Videos:

Popularity: 7%

2 comments April 13th, 2011

एमालेका नवनियुक्त मन्त्रीहरूद्वारा सपथ ग्रहण

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, एमालेका नवनियुक्त मन्त्रीहरूले वुधवार दिउंसो पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।

मन्त्रीहरूले राष्ट्रपति भवन शीतल निवास र राज्यमन्त्रीहरूले सिंहदरवारस्थित योजना आयोगको सभाहलमा सपथ लिएका हुन्।

मन्त्रीहरूले राष्ट्रपति रामवरण यादवको उपस्थिति सपथ ग्रहण गरेका थिए।

प्रधानमन्त्री खनालले सोमवार आफ्ना पार्टीबाट पाँच मन्त्री र सात राज्यमन्त्री नियुक्त गरेर तेस्रो पटक मन्त्रिपरिपद विस्तार गरेका हुन्। मंगलवार रामनवमीको सार्वजनिक विदा परेकोले बुधवार सपथ ग्रहण गराइएको हो।

अज्ञात समूहको आक्रमणबाट घाइते भएका उर्जामन्त्री गोकर्ण विष्टले पछि सपथ लिने बताइएको छ।

यसैबीच, नवनियुक्त राज्यमत्रन्त्री राधा ज्ञवालीले बुधवार पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम वहिष्कार गरेकी छिन्। आफूभन्दा कनिष्ठलाई मन्त्री र आफूलाई राज्यमन्त्री बनाइएको भन्दै सपथ लिन इन्कार गरिएको स्रोतले बताएको छ। यसअघि पनि माओवादी-एमाले गठबन्धन सरकारमा आफूलाई मन्त्री नबनाइएको पत्रकार सम्मेलन गरेर असन्तुष्टी पोखाएकी थिइन्।

Recent Videos:

Popularity: 7%

1 comment April 13th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2011
M T W T F S S
« Mar   May »
 123
45678910
11121314151617
18192021222324
252627282930  

Posts by Month

Posts by Category

More news....