Archive for April 14th, 2011

इटहरीमा राई इज किङको बजोड प्रस्तुती

इटहरीबासीले रातभरी नाचेर विदाई गरे २०६७ साललाई
सौरभ श्रेष्ठ /एचकेनेपाल डट कम-
धरान, साँझको ७ बजि सकेको थियो। बुधवार जनता प्रावि इटहरीको प्राङगनमा हजारौ दर्शकहरु नयाँ वर्ष २०६८ को स्वागतसंगै राई इज किङ अर्थात चर्चित गायक राजेश पायल राइको फर्काइमा थिए।

आयोजक जनजागरण क्लव इटहरीले १५ दिने पूर्वाञ्चल पर्यटन, व्यापारीक, खेलकुद साँस्कृतिक महोत्सवको समापन संगै २०६७ सालको विदाइ र नव वर्षको स्वागतमा राजेशको एकल कर्न्सट बन्दोवस्त मिलाएको थियो। दर्शकहरु पनि राजेश पायलको गीतमा रमाउनलाई छट्पटाइ रहेका थिए। आयोजकले ८ बजे अगावै राजेशको प्रस्तुती रहने उद्घोष गरिसकेको थियो। समयमा राजेश कार्यक्रम स्थलमा उपस्थित नभएका कारण दर्शकहरु आयोजकसंग रुष्ट देखिन्थे। तयै पनि नव वर्षको आगमनको पूर्व सन्ध्यामा दर्शकहरुले राजेलाई पर्खिरहेका थिए।

घडिमा रातको १० वजि सकेको थियो। सञ्चालक भुवन सुवेदीले जव गायक राजेशलाई मञ्चमा निम्ताएका मात्र के थिए र राजेश पनि हृ्यापी न्यु इअर दर्शन नमस्ते गर्दै मञ्चमा देखिए दर्शकहरुले पनि सेम टु यु राइ इज किङ भन्दै गडगडाहक तालीले स्वागत गरे। दर्शकको ताली पाएलगत्तै राजेशको वेजोड प्रस्तुती सुरु भयो।

दर्शकको तालीमा मख्खै परेका राजेशले विचार चोगे बोलको गीतबाट गाउन सुरु गरेका राजेशले २ घण्टासम्म लगातार गीत गाइरहे । कार्यक्रममा उपस्थित दर्शकहरु पनि राजेशको गीतमा कम्मर मर्काइ मर्काइ नाच्न थाले। दुइ घण्टाको प्रस्तुतिमा राजेशको माया गरि सबले भन्छन राई इज किङ, विचार चोगे, दर्शन नमस्ते दर्शकहरुका लागि प्रस्तुति भरको उत्कृष्ट खुराक भयो। हजारौ दर्शकको साथ पाएका राजेश पनि दर्शकको साथले मख्खै देखिन्थे। राजेश दर्शकसंग चुम्बन गरिरहेका हुन्थे त कसैसंग हात मिलाई रहेका हुन्थै। राजेशको प्रस्तुति भर उपस्थित युवा युवति र बुढाबुढीहरुलाई कम्मर मर्काइ मर्काइ नाचिरहेका थिए। राजेशको वेजोड प्रस्तुतिमा उर्लिएको भिडलाई नियन्त्रण गर्न आयोजक र कार्यक्रम स्थलमा खटिएका सुरक्षाकर्मीहरुलाई हम्मे हम्मे परेको थियो।

उनले दर्शकको रोजाइमा नै १४ वटा गीत प्रस्तुत गरेका थिए । माया गरी सवले भन्छन राई इज किङ…., मोहनी लाग्ला है….., दर्शन नमस्ते…., शिरै फुल्यो…, नौ जाले मायाले…., बल्ल भेट भो आदाङबे, सङ सङै बाच्न पाउ…, घुम्न जाउ धरान…, तीन तारा तीन तिर.., क्या मज्जा भो … लगायतका गीतभन्दा बढि गीत प्रस्तुत गरेका थिए।

दर्शकको आग्रहमा दर्शन नमस्ते, राई इज किङ, विचार चोगे र मोहोनी लाग्ला है तीन पटकसम्म गाउन बाध्य बनाएका थिए।

Recent Videos:

Popularity: 7%

Add comment April 14th, 2011

पाकिस्तानी दूतावासका कर्मचारीलाई गोली प्रहार

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौँ, अज्ञात समूहले नेपालस्थित पाकिस्तानी दूतावासका एक कर्मचारीलाई विहीवार विहान काठमाडौँमा गोली प्रहार गरेको छ।

गोली प्रहारबाट दूतावासका कर्मचारी मोहम्मद आसिफ घाइते भएका छन्।

उनको पेटमा र हातमा दुई गोली लागेको प्रहरीले जनाएको छ। उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।

उनी विहान मोटरसाइकलमा महाराजगञ्ज चोकनजिकै कार्यालय जाँदै गर्दा पैदलमा आएका भारतीय मूलका दुई जनाले रोकेर गोली प्रहार गरेका थिए।

आसिफ घाइते भएपछि उनी सवार बा.१६.प नम्बरको मोटरसाइकल चढेर आक्रमणकारी भागेका थिए। आक्रमणकारीले छोडेको मोटरसाइकल पछि कान्ति अस्पताल नजिक छाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

यसैबीच, प्रहरीले शंकास्पद ८० जनाभदा बढीलाई नियन्त्रणमा लिइ अनुसन्धान थालिएको काठमाडौँ परिसरका डीएसपी केदार ढकालले बताएका छन्।

Recent Videos:

Popularity: 7%

1 comment April 14th, 2011

बस दुर्घटनामा ३ को मृत्यु, ४ दर्जन घाइते

एचकेनेपाल डट कम संवाददाता-
डडेलधुरा, यात्रुवाहक बस मंगलवार राति दुर्घटना हुंदा ३ जनाको मृत्यु भएको छ भने ४ दर्जनजति यात्रुहरू घाइते भएका छन्।

अछामबाट नेपालगंजका लागि हिंडेको भे १ ख ५६७ नम्बरको यात्रुवाहक बस डडेलधुरा सदरमुकामदेखि १० किलोमीटर टाढा रडुवा खोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मृत्यु हुनेहरूमा अछाम नन्देगढाकी ५६ वर्षीय नन्दादेबि साउद, अछाम नवखांडाका ८ महिने बालक खगेन्द्र बोहरा रहेका छन्। मृत्यु हुने एक जनाको सनाखत हुन नसकेको जनाइएको छ।

घाइतेहरुको टीम अस्पताल डडेलधुरामा उपचार भईरहेको छ भने केहीलाई नेपालगंज मेडिकल कलेजमा रिफर गरिएको प्रहरीले जनाएको छ।

Recent Videos:

Popularity: 7%

Add comment April 14th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2011
M T W T F S S
« Mar   May »
 123
45678910
11121314151617
18192021222324
252627282930  

Posts by Month

Posts by Category

More news....