Archive for April 15th, 2011

म्यूजिक भिडियोमा संविधान गीत

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
काठमाडौं, ‘नयाँ संविधान’ तयार हुनुपर्ने अन्तिम म्याद नजिकिँदै गएको अवस्थामा ‘संविधान’ छिटो तयार गर्न सुझाव दिँदै तयार पारिएको गीत ‘नबने संविधान…..’ को म्यूजिक भिडियो तयार भएको छ।


हालै राजधानीमा एक कार्यक्रमका बीच संवैधानिक समितिका सभापति निलाम्बर आचार्यले ‘प्ले’ बटन थिचेर सो गीतको भिडियो प्रिमियर गरेका थिए। राजनीतिक सहमति जूट्न सकेमा जेठ १४ भित्र संबिधानको मस्यौदा जनता सामू पुर्‍याउन सकिने बताउँदै सिर्जनाको माध्यमबाट संबिधान निर्माण गर्न राजनीतिक दलका नेताहरुलाई दबाब दिने कार्यको आर्चायले सह्राहना गर्नुभयो।


४० जना गायक-गायिकाको स्वर रहेको गीतमा संगीत शान्तिराम राई र शब्द श्रवण मुकारुङको छ। ह्वाइट प्लस प्रोडक्सनले निर्माण गरेको म्यूजिक भिडियोको निर्देशन, सम्पादन सुरज श्रेष्ठले गरेका छन्।

निर्धारित समयमा संबिधान जारी गराउन राजनीतिक दलका नेता तथा सभासदलाई दबाब दिने उद्धेश्यले तयार भएको संबिधान गीतको भिडीयो कलाकार, पत्रकार, राजनीतिज्ञ, कानूनविद् तथा सर्वसाधारण विभिन्न ३०० भन्दा बढी पेशाकर्मीहरुमाथि छायांकन गरिएको गराइएको छ।


कार्यक्रमको अन्य विशिष्ट अतिथिहरुमा माओबादीका पोलिटब्यूरो सदस्य एवंसभासद अग्नी सापकोटा , नेपाली कांग्रेसका पूर्व मूख्य सचेतक एवं सभासद शोभाकर पराजुली, एमालेका स्थायी समिती सदस्य एवं सभासद प्रदिप ज्ञवाली र टेलिभिजन ब्रोडकार्स्र्टस एशोसिइसनका अध्यक्ष आर के मानन्धर हुनुहुन्थ्यो। कार्यक्रम आदिवासी जनजाति चलचित्रकर्मी संघका अध्यक्ष युवराज लामाको सभापत्तित्वमा सम्पन्न भएको थियो।

Recent Videos:

Popularity: 7%

1 comment April 15th, 2011

मन्त्री छान्न माओवादी बैठक आज फेरि बस्ने

एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी) ले हिजो पनि सरकारमा पठाउने थप मन्त्रीको नाम सार्वजनिक गर्न सकेन।

सो पार्टीको केन्द्रीय कार्यालय, कोटेश्वर पेरिसडाँडामा अपरान्ह साढे ३ बजे सुरु भएको स्थायी समिति बैठकले सरकारमा पठाउने थप मन्त्रीहरूको टुङ्गो लगाउने बताइएको थियो।

छलफल जारी रहेकाले आज पुनः बैठक बसी थप निर्णय गर्ने पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो।

बैठक शुक्रबार दिउँसो ३ बजे बस्ने बताइएको छ।

Recent Videos:

Popularity: 7%

Add comment April 15th, 2011

नयाँ वर्षको दिन पौडी खेलिरहेकालाई खोलाले बगायो

एचकेनेपाल डट कम संवाददाता-
त्रिशूली नदीमा पौडी खेल्ने क्रममा चितवनको कुरिनटारबाट एक युवा बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा काठमाडौँ अनामनगर बस्ने २० वर्षीय प्रशान्त दाहाल रहेको प्रहरीले जनाएको छ।

दिउँसो सवा २ बजे मनकामना केबुलकारनजिकै त्रिशूली नदीमा पौडी खेल्ने क्रममा दाहाल डुबेर बेपत्ता भएका हुन्। बेपत्ता दाहालको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Recent Videos:

Popularity: 7%

Add comment April 15th, 2011

नेपालीसँग पैसा असुल्दा सीमामा तनाव

एचकेनेपाल डट कम संवाददाता-
नेपालीसँग अवैधरूपमा पैसा असुल गरेको विरोधमा कैलालीको धनगढी नाकास्थित भारतीय सीमावर्ती क्षेत्र गौरीफण्टा बजारमा चक्काजाम गरिएको छ।

हिजो बिहान ११ बजेतिर भारतबाट सो नाका हुँदै नेपाल फर्किरहेका नेपालीहरूसँग भारतीय भन्सारका एक अधिकारीले पैसा असुली गरेपछि सोको विरोधमा भारतीयहरूद्वारा नै चक्काजाम गरिएको हो।

नेपालीहरूसँग जबर्जस्ती पैसा असुलिरहेको बेला भारतीय समाचारपत्र अमर उजालाका गौरीफण्टास्थित संवाददाता राजीव गुप्ताले फोटो खिचेपछि भन्सारको टोलीले पत्रकार गुप्ताको क्यामेरा तोडफोड गर्दै उनीमाथि हातपातसमेत गरेका थिए।

पत्रकार गुप्तालाई कुटपिट गरेपछि तनावग्रस्त बनेको गौरीफण्टा नाकामा स्थानीय भारतीय व्यापारीहरूले भन्सार अधिकारीका विरुद्ध नारा लगाउँदै चक्काजाम गरेका थिए।

नेपालीहरूलाई लुट्न पाइँदैन, कस्टम ज्यादती मुर्दावादजस्ता नारा लगाएका चक्काजामकारीहरूलाई केही नेपाली र रिक्साचालकहरूले समेत साथ दिएका थिए।

Recent Videos:

Popularity: 7%

Add comment April 15th, 2011

पाल्पाको पर्यटकीय क्षेत्रमा आगलागी

एचकेनेपाल डट कम संवाददाता-
पाल्पाको पर्यटकीय स्थल श्रीनगरको पारिलेक वनमा हिजो दिउँसोबाट डढेलो लागेको छ। वनमा एक्कासी आगलागी भएपछि नयाँ वर्ष मनाउन यहाँ आएका आन्तरिक पर्यटकहरू प्रभावित भएका छन्।

हजारौंको सङ्ख्यामा नयाँ वर्ष मनाउन यहाँ आएका आन्तरिक तथा बाह्य पर्यटकहरू आगलागीका कारण रमाइलो गर्न नपाई दिउँसै फर्किन बाध्य भएका थिए। आगो निभाउन स्थानीयवासीले प्रयास गरेपनि सल्लाघारीमा लागेको बाक्लो आगो निभाउन नसकेपछि पर्यटकहरूको वनभोज कार्यक्रम बिथोलिएको थियो।

सो क्षेत्रमा सुरक्षाको लागि प्रहरी टोलीले गस्ती गरिरहेकै बेला एक्कासि वनमा आगो सल्किएको श्रीनगर घुम्न गएका एक स्थानीयवासीले बताए।

Popularity: 7%

Add comment April 15th, 2011

संविधान सभा विघटन गरी नयाँ चुनावमा गए दुर्घटनाः यादव

एचकेनेपाल डट कम संवाददाता-
मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल शान्ति र संविधानको पक्षमा रहेको हुँदा त्यसलाई सार्थक बनाउन सरकारमा जान लागेको बताउनुभएको छ।

उहाँले सरकारले छिटै पूर्णता पाउने विश्वास व्यक्त गर्दै पछिल्ला दिनमा विभिन्न क्षेत्रबाट संविधानसभाको विघटन गरी नयाँ चुनावमा जानुपर्ने बहस चलेको भए पनि त्यस्तो सोचले मुलुकलाई दुर्घटनामा पुर्‍याउने बताउनुभयो।

अध्यक्ष यादवले निर्धारित समयभित्र संविधान निर्माण हुन नसकेमा मुलुकमा अराजकताको स्थिति सिर्जना हुने र त्यसको दूरगामी असर सम्पूर्ण जनतालाई पर्ने भएकाले संविधानसभाले सविधानको प्रारम्भिक दस्तावेज जनतालाई दिनपर्नेमा जोड दिनुभयो।

उहाँले राजनीतिक दलहरूबीच समझदारी कायम नभएकाले राज्यको पुनःसंरचना हुन नसकेको उल्लेख गर्दै अब बाँकी रहेको थोरै समयमा दलहरू जनताप्रति जिम्मेवार भएर एक आपसमा सहकार्य गरी अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो।

उहाँले दलहरूको सहकार्यबाट नै १२ बुँदे समझदारीअनुसार सेना समायोजन हुनसक्ने उल्लेख गर्नुभयो।

Popularity: 7%

Add comment April 15th, 2011

नयाँ संविधान जारी गर्नुको विकल्प छैनः सभामुख

एचकेनेपाल डट कम संवाददाता-
संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले संविधानसभाबाट नयाँ संविधान जारी गर्नुको विकल्प नभएको बताउनुभएको छ।

प्रधानमन्त्री झलनाथ खनालले आयोजना गर्नुभएको चियापान कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै उहाँले शान्ति र संविधानका लागि सहमति र एकताको आधारका रूपमा नयाँ वर्ष सफल हुने शुभेच्छा व्यक्त गर्नुभयो।

आगामी जेठ १४ मै संविधान जारी हुन्छ त भन्ने जिज्ञाशामा उहाँले हालसम्म संविधानसभाको अवधि थप्ने बारेमा कुनै दलबाट औपचारिकरूपमा कुरा नआएको पनि उल्लेख गर्नुभयो।

उहाँले चियापनकै अवसरमा पनि प्रधानमन्त्री खनाल र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग संविधान निर्माणका विवादित विषयको टुङ्गो लगाउन उपसमितिलाई सक्रिय बनाउने सम्बन्धमा कुरा भएको जानकारी दिनुभयो।

Popularity: 7%

Add comment April 15th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2011
M T W T F S S
« Mar   May »
 123
45678910
11121314151617
18192021222324
252627282930  

Posts by Month

Posts by Category

More news....