Archive for April 17th, 2011

कलाकारलाई दर्शकहरुबाट नगदको वर्षा

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
तेह्रथुम (वसन्तपुर), प्राय कलाकारले कार्यक्रम वा कर्न्र्सटमा स्रोता दर्शकवाट ताली र माया हुटिङ अनि साथको आशा गरेका हुन्छन्। अनि गायक गायिका हरुले साथ संगै नृत्य पनि चाहन्छन् र हुन्छ पनि त्यही। तर नयाँ बर्ष गुराँसको राजधानीमा भन्ने मुल नाराका साथ सुरु भएको तेह्रथुम महोत्सव अर्न्तगत तेह्रथुमको मूख्य वजार वसन्तपुरमा आयोजित कार्यक्रममा भने कलाकारहरुले उनीहरुको आशा अनुरुप ताली माया साथ हुटिङ सगै अनिहरुको कल्पना भन्दा काहिर रहेको नगद अपहारको वर्षा नै गरि दिए स्थानीय दर्शक, स्रोताहरुले।



तितो सत्यका दिपकराज गिरी र दिपाश्री निरौला। तस्वीरः सन्तोष काफ्ले / एचकेनेपाल डट कम

निर्धारित समय भन्दा २ घण्टा ढिलो सुरु भएको कार्यक्रममा सुरु हुन लाग्दा पानी परेपछि तितरवितर भएका दर्शक जव तितो सत्यका दिपकराज गिरी र दिपाश्री निरौला गायक हेमन्त शर्मा, उत्तमजंग लिम्बु, लोकगायक कमलीकान्त भेटवालदेखि नर्तकी सम्झना बुढाथोकी देखा परे उनीहरु एकीकृत भए पानीको पर्वाह नगरी साथ दिए उनीहरुलाई।

निरन्तर पानी परिहे पनि पानीको पर्वाह नगरी कलाकारलाई साग मात्र दिएनन् कलकारको लागी उर्जासंगै नगद पुरस्कार दिने होडबाजी चलेको थियो। दर्शक मध्ये १४ हजारसम्म पनि नगद उपहार दिने भेटिए। पहिलो पटक तेह्रथुमको वसन्पुर आइपुगेका तितो सत्यका दिपकराज गिरी दर्शकको साथसंगै सोंचे भन्दा बढी माया अनि नगद उपहार पाएपछि झन हौसिएका थिए। उनले तेह्रथुमको प्राकृतिक सौन्दर्यसंगै दर्शकको साथ पनि आफूले सोचे भन्दा बढि पाएको प्रतिक्रिया दिए। उनले भने - मैले जे सोचेको थिए त्यो भन्दा फरक पाए। यता तेह्रथुम दोस्रो पटक १८ बर्षपछि अनि कार्यक्रममा सहभागी हुन पहिलो पटक आएकी दिपाश्री निरौला पनि निकै खुसी थिइन्। अन्य ठाउंभन्दा तेह्रथुमका दर्शक भिन्न कला कालाकारलाई बुझ्ने खालका रहेको उनको भनाई थियो। उनीहरुले कार्यक्रममा सबैभन्दा बढी नगद पुरस्कार पाएका थिए। भन्सार र एयरपोर्ट नामक हास्य व्यङ्ग प्रहर्सन प्रस्तुत गरेका उनीहरुले दर्शक,स्रोताहरुबाट पाएको नगद उपहार संक्रमित बालबालिकाहरुको लागि एमएसपिएन नामक संस्थालाई दिने घोषणा गरे। सो कार्यक्रममा उनीहरुले १४ हजार नगद उपहार पाएका थिए दर्शकबाट। उनीहरुले करीब डेढ बर्षदेखि यो संस्थालाई आफ्नो पारिश्रमिकको १० प्रतिशत रकम सहयोग गदै आइरहेका छन्। नगद उपहार पाएपछि दिपक र दिपाको भनाई थियो - हाम्रो लागि यो सानो रकम होला, तर दर्शकहरुले मनले दिनुभएको ज्यादै ठूलो उपहार हो। हामी कलाकारप्रति देखाउनुभएको प्रेम र सम्मान हो। दर्शकले नगद उपहारंसगै लगातारको बर्षामा पनि करीब ५ घण्टाको कार्यक्रमअवधिभर कार्यक्रमस्थल नछाडेको दर्शक, स्रोताहरुको माया र प्रेमले भावुक बनेका दिपक र दिपाले वसन्तपुरबासीहरुको झैं साँचो माया कतै नपाएको प्रतिक्रिया दिए।


गायक हेमन्त शर्मा

पहिलो पटक तेह्रथुम पुगेका गायक हेमन्त शर्माले पनि दर्शकको साथसंगै ३५ सय नगद उपहार पाए। उनले तेह्रथुमवासीले कलाकारहरुप्रति साँचो माया दर्शाएको तथा धनसँगै उदार मन पाएको प्रतिक्रया दिए। उनले भने नगद उपहार दिएर तेह्रथुमवासीले कला र कलाकारलाई माया गरेको पुष्टि गरेको बताए। त्यसै गरि, कार्यक्रमम उत्तमजंग लिम्बु, लोकगायक कमलीकान्त भेटवालदेखि नर्तकी सम्झना बुढाथोकी र हुर्केली नृत्य प्रस्तुत गर्ने खस क्षेत्री कलाकार समाजका कलाकारहरुले समेत हजारौं नगद पुरस्कार पाए।


संखुवासभाका गायक कमलीकान्त भेटवाल

भर्खरै क्लोजअप हिट्स एफएम म्युजिक अवार्डमा उत्कृष्ट लोकगायकको अवार्ड थापेका संखुवासभाका गायक कमलीकान्त भेटवालले कला, सृजनाप्रेमी दर्शकहरुबाट ज्यादै हौसला मिलेको उनले बताउदै दर्शकवाट पाएको उपहार रकम नयाँ गीत रेकर्ड गर्ने वताए। उहिले पूर्वमा वालकदेखि वृद्धहरु सबैको ओठमा झुण्डिएको झम्के गुलेली नामक गीतवाट एकाएक चर्चामा आएका उनले झम्के गुलेली नामक एल्वम निकाल्ने तयारी रहेका र सो रकम त्यही खर्चने जानकारी दिए।

कार्यक्रममा खस क्षेत्रिको सास्कृतिक हुर्केली नृत्य प्रस्तुत गर्ने खसक्षेत्री कलाकारहरुले १० हजार बढी रकम दर्शकहरुबाट उपहार पाए भने लोकगीत नृत्यांगना सम्झना बुढाथोकी, खोजी प्रतिभाका गायनतर्फ फष्ट रनरअप एवं नवोदित कलाकार उत्तमजंग लिम्बुले पनि दर्शकहरुबाट नगद पाउदा अत्यन्तै हर्षित देखिएको थिए। बर्षाको पर्वाह नगरि तेह्रथुम जिल्लाका गाउँ गाऊबाट सहभागी दर्शकहरुले रुझ्दै कलाकारहरुलाई साथ दिएका थिए। कार्यक्रममा हेमन्त शर्माले आफ्ना चर्चित गीतहरु माया साह्रै महंगो…, थाप न थाप हातैमा.., फूल हौ भने रसाईदेउ..लगायत आधा दर्जन बढी गीत गाएका थिए भने कमलीकान्त भेटवालले आफ्नो चर्चित गीत झम्के गुलेली…,मग न मग बासना चल्यो फूलबारी बगानमा.. .लोकभाका प्रस्तुत गरे। दुइवटा मात्र गीत प्रस्तुत गरेर स्टेजवाट बाहिरन लागेका उनलाई झम्के गुलेली..बोलको गीत पुनः प्रस्तुत गर्न दर्शक दिर्घबाट वान्स मोरको आवाज वुलन्द भएपछि उनले पुन झम्के गुलेली..बोलको गीत प्रस्तुत नगरी धरै पाएनन्।


यस्तै, उत्तमजंग लिम्बुले एकतर्फी माया लाएछु.., लगायतका गीत प्रस्तुत गरेका थिए भने नृत्यंगना सम्झना बुढाथोकीले दर्जनबढी लोकदोहोरी गीतमामा नृत्य प्रस्तुत गरि दर्शकलाई भरपूर मनोरञ्जना दिएकी थिइन्। बैशाख १ गतेवाट सुरु भएको महोत्सवमा अनीहरुले वसन्तपुरंसगै म्याङलुङ वजारमा समेत कार्यक्रम प्रस्तुत गरेका थिए।

Recent Videos:

Popularity: 7%

1 comment April 17th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2011
M T W T F S S
« Mar   May »
 123
45678910
11121314151617
18192021222324
252627282930  

Posts by Month

Posts by Category

More news....