Archive for April 18th, 2011

मगर सेवा समिति टोकाई जापानद्वारा विमारीलाई सहयोग प्रदान

एसबि रानामगर / एचकेनेपाल डट कम-
जापान, मगर सेवा समिति टोकाई जापानले म्याग्दी जिल्ला, लुलाङ्ग गा.बि.स. वडा नं. ३ निवासी दलबहादुर पुर्जा मगरलाई आर्थिक सहयोग प्रदान गरेको छ।

रोजगारीको क्रममा अचनाक भएको अपनडीसाईटिस विमारीको कारण आईचिकेनस्थित टोयोटा कासे अस्पतालमा उपचार गर्ने क्रममा जापानी येन ६ लाख ५० हजार लागेकोले समितिले रकम संकलन गरि सहयोग प्रदान गरेको हो।

समितिले ३ वैशाख २०११ को दिन आईचिकेनस्थित मोटोसीरो चोमा एक समारोहका विच सहयोग संकलन संयोजक तथा समितिका स्वास्थ्य तथा उद्धार विभाग प्रमुख भिजेन्द्रमान पुन मगर र समितिका अध्यक्ष राजु राना मगरले संयुक्तरुपमा जापानी येन ३ लाख १२ हजार १५० प्रदान गर्नु भएको छ।

विमारीको स्वास्थ्य लाभको कामना गर्दै अध्यक्ष राजु राना मगर र स्वास्थ्य तथा उद्धार विभाग प्रमुख भिजेन्द्रमान पुन मगरले छोटो मन्तव्य राख्नुको थियो।

Recent Videos:

Popularity: 6%

1 comment April 18th, 2011

तेह्रथुममा नेपाली माइकल ज्याक्सनको प्रस्तुति

तेह्रथुममा नेपाली माइकल ज्याक्सनको प्रस्तुति
छमछमी नाचे तेह्रथुमवासीहरु

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
तेह्रथुम, लालि गुराँसको राजधानी त्यसै पनि पर्यटकहरुको भिड। त्यसमाथि नयाँ वर्षको उपलक्षमा आयोजना गरिएको तेह्रथुम महोत्सव दर्शकहरुको भिड नहुने त कुरै भएन।


तेह्रथुमको म्याङलुङमा सोमवार गीत प्रस्तुत गर्दै गायक धिरज राई र उपस्थित दर्शकहरु।

मञ्चमा कलाकारहरु धिरज राई, रेश्मा सुनुवार र तुलसी पराजुली उपस्थित मात्र भएका त के थिए उपस्थित दर्शकहरुले जोडदार तालिले स्वागत गरे। तिनै जनाले आइतवार र सोमवार तेह्रथुमको जिरीखिम्ती र म्याङलुङ वजारमा तेह्रथुमवासीहरुलाई छमछमी नचाए।

सुरुमा कार्यक्रम सञ्चालक आसा लिम्बुले गायक तुलसी पराजुलीलाई मञ्चमा निम्ताइन् । तुलसीले लगातार आधा दर्जन गीत प्रस्तुत गरे। उनले कान्छीको छाता….., तमोर खोला बाढी आयो…, आकासैको कालो बादल, कान्छीको छाता ढल्कादै यता….लगागतका गीत प्रस्तुत गरेका थिए । दोस्रो पटक गायक रेश्मा सुनुवारले दर्शकको मन जित्न सफल भएकी छन् । उनले झिल्काइदेउ परेली….., आकासैको झिलमिल तारा…, एउटा फूल …, लगायतका गीत प्रस्तुत गरेकी थिइन्।

नेपाली माइकल ज्याक्सन उपनामले चिनिएका चर्चित गायक जव तेस्रो पटक मञ्चमा देखिए । दर्शकहरुले ढिलै भएपनि हेयाप्पी न्यु इएर धिरज भन्दै गड्गडाहक तालिले स्वागत गरेका धिरज दर्शकको स्वागतमा मख्खै देखिन्थे। दर्शकको तालीसंगै गीत गाउन सुरु गरेका धिरजको प्रस्तुति कार्यक्रम अवधिभर उत्कृष्ट बन्यो। उनले लुकि लुकि.., मुसुमुसु हास्दा…, सै ढोले…, तिमी रुदा….., लगायतका आधा दर्जन गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा रेश्मा र तुलसिको प्रस्तुति भन्दा धिरजको प्रस्तुतिमा दर्शकहरु कम्मर मर्काइ मर्काइ नाचेका थिए। खुब रमाइलो भयो होटल एसोसिएसन धरानका अध्यक्ष प्रमेश श्रेष्ठले भने।

महोत्सवमा आयोजना गरिएको सास्कृतिक कार्यक्रम हेर्न तेह्रथुममा धनकुटा, भोजपुर, सुनसरी, मोरङ, क्ष्लाम, पाँचथरलगायतका जिल्लावाट दर्शकहरुको उल्लेखनिय उपस्थिति रहेको थियो। नयाँ वर्ष गुराँसको राजधानी तेह्रथुममा भन्ने मूल नाराका साथ बैशाख १ गतेदेखि सुरु भएको तेह्रथुम महोत्सव जिल्लाको म्याङलुङ, जिरीखिम्ती, बसन्तपुर र लसुनेमा भव्य रुपमा सञ्चालन भैरहेको छ।

महोत्सवमा हास्य व्याङय कलाकारहरु दिपकराज गिरी , दिपाश्री निरौला, लोक गायक कमलिकान्त भेट्वाल, मञ्जु महतलगायत स्थानीय कलाकारहरुले दर्शक सामु वेजोड प्रस्तुति गरेका थिए। जिल्लाको दिगो विकास र जिल्लावासीहरुमा एकताको सन्देश दिने उद्धेश्यले महोत्सवको आयोजना गरेको तेह्रथुम महोत्सव मुल आयोजक समितिका महासचिव लक्ष्मण तिवारीले बताएका छन्।

Recent Videos:

Popularity: 7%

1 comment April 18th, 2011

कोलोराडोमा ‘नेपाल डे परेड’

नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
अमेरीकाको कोलोराडो निवासी नेपालीहरुले शनिबार नयाँ बर्ष २०६८ को उपलक्ष्यमा “नेपाल डे परेड “आयोजना गरि बिशेष कार्यक्रमका साथ सम्पन्न गरेका छन्।

भौगोलिक हिसावले नेपालसंग मिल्दो जुल्दो शुन्दर बोल्डर नगरमा आयोजित परेड कार्यक्रममा नेपालीहरुले नेपाल र अमरिकाको झण्डा, प्लेकार्ड ब्यानर बोकी , नेवारी धिमेबाजाको तालमा नेपाली गीत गाउंदै हर्र्सोउल्लासका साथ नगर परिक्रमा गरेका थिए।

स्थानीय खुल्ला मञ्चबाट सुरु भएको कार्यक्रममा सहभागी कतिपय नेपालीहरु दैारा सुरुवाल, ढाकाको टोपी, गन्यू चोलो लगाएर आएका थिए भने केही आफ्नो जातिय भेषभूषा झल्कने पहिरहन लगाएर आएका थिए।

झण्डै ३ सय नेपालीको उपस्थिती रहेको उक्त कार्यक्रममा नेपाल र नेपाली संस्कृतिप्रति माया र सद्भाव राख्ने अमेरीकी नागरिकहरुको पनि सहभागिता रहको थियो। बाटाका छेउछाउका दर्शकहरुले भने हेप्पी न्यु एयर, नमस्ते भन्दै ताली पिटेर स्वागत गरेका थिए।

कोलोराडोस्थित बोल्डर सिटी एण्ड काउन्ट्रको कार्यालयले सन् २००४ देखि हरेक बर्ष अप्रिल महिनाको तेश्रो साता नेपाल डे हुनेछ भन्ने औपचारिक घोषणा गरेपछि नेपाल डे परेड कार्यक्रम आयाजना गर्न थालिएको हो।

अमरिकामा रहेका पचास स्टेटमध्ये कोलोराडोमा मात्र यस्तो किसिमको कार्यक्रकम गर्ने गरिएको छ। नेपालीहरुका दिवश भनेर अमेरिकी सरकारबाट स्वीकृत यो पहिलो र एक मात्र कार्यक्रम हो।

बोल्डर नगरमा नेपालीहरुको संख्या बढ्दै गएपछि नेपालीपन र नेपालको पहिचाहन गराउने उद्धेश्य लिई तीन दशक भन्दा अघिदेखि यहाँ बस्दै आएका हेल्पीङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठको सकृयतामा यो कार्यक्रम सुरु गरिएको हो।

कार्यक्रममा पूर्व सभामुख तारानाथ रानाभाट, रकीमाउन्टेन फ्रेन्डसिप नेपालकी अध्यक्ष नीलम श्रेष्ठलगायतका गन्यमान्य माहानुभाबहरुको उपस्थिती रहेको थियो। सोही अबसरमा शनिबार साँझ एक संस्कृत कार्यक्रमसमेत आयोजना गरिएको थियो।

Recent Videos:

Popularity: 6%

Add comment April 18th, 2011

कुवेतमा जलेका हिरामणि चौधरी र शेखर श्रेष्ठले राहत पाउने

राजन रिमाल / एचकेनेपाल डट कम-
कुवेत, गत हप्ता कुवेतको सुवियास्थित काम गर्दा गर्दै आफैले चलाएको सवारी अचानक ठोकिएर जल्दा ज्यान गुमाउन पुगेका चितावन मेघौलीका हिरामणी चौधरी र खोटाङ लामी टारका शेखर श्रेष्ठको परिवारलाई राहात उपलब्ध गराइने मौखिक सहमति भएको छ।

नेपाली दूतावास कुवेत र जुनुव जहारास्थित कम्पनी प्रतिनिधि, उनीहरुलाई कुवेतसम्म ल्याउने मेन एजेन्ट रामचन्द्र सुवेदी र कामको सिलसिलामा कुवेत आई हाल कुवेतको सुवियास्थित रिजनल गेट कम्पनिमा घटनापछि काम छोडेर बसेका कामदार विच हिजो नेपाली दूताबास कुवेतका सचिव पुष्पराज भट्टराईको रोहवरमा मौखिक मध्यस्थता भएको छ।

पीडित पक्षहरुले हिरामणी र सेखरको मृत्युपछि काम गर्नका लागि भिषा लाग्नु पर्ने लाईसेन्स बन्नु पर्ने र उनीहरुको परिवारले क्षतिपूर्ति पाउनु पर्ने माग राख्दै केही दिनदेखि काम बन्द गरेका थिए। लामो समयदेखि कम्पनीले काम लगाएपनि ति नेपालीहरुको भिषा भने लागेको थिएन। पीडित पक्षका प्रतिनिधिहरुले जानकारी गराए अनुसार हिरामणी चौधरी र शेखर श्रेष्ठका परिवारका लागी हाल दुईलाख पचासहजार नगद रुपैया एक दुई दिन भित्र पठाई दिने र पछि विमा वापत कुवेतको लेवर कानुन अनुसार कम्तीमा पनि कुवेती दशहजार दिनार प्रतिव्याक्ति दिने मौखिक सहमति भएको कुरा बताएका छन भने उनीहरुको लाशको बारेमा ससना टुक्राहरु जम्मा गरेको र कुन कस्को भन्ने थाहा नभएको हुँदा अस्पतालमा डिएनए परिक्षण गरि सकेपछि पठाउने भने सहमति भएको छ।

अन्य मागहरुमा उनीहरुलाई मासिक १९० डिनार दिने, हप्तादिनभित्र भिषा र लाईसेन्स दिने मौखिक सहमति भएको पीडित पक्षले वताए। स्मरण रहोस शेखर श्रेष्ठ नेपालबाट पश्चिम नेपाल मेनपावर कम्पनिबाट आएका हुन भने हिरामणी चौधरी एजेन्ट रामचन्द्र सुवेदीबाटै सिधै आएका हुन्। कुवेतमा भने जति तलव नदिएको र आफूहरु सुरक्षित नरहेको भन्दै विगत सात महिनादेखि हड्ताल गरि बसेका ५९ जना नेपालीहरु कम्पनिको टिकटबाट र दस्तावासको पहलबाट सकुशल नेपाल फर्केको कुरा पनि कुराकानीकै अवसरमा एजेन्टले बताए। बाँकी रहेका एक जना पनि तुरुन्तै घर जाने छन् भन्दै पीडितहरुले पाउने सुबिधाको बारेमा म मेरो तर्फबाट सके जति प्रयास गर्नेछु किनकी ति मान्छेलाई मैले नै कुवेत ल्याएको हुँ मैले सबै काम नसकी भागेर हिड्दिन भनेका छन् बाँकी त के हुन्छ हेर्नै छ। यता दूतावास सचिव पुष्पराज भट्टराईलाई सम्पर्क गर्दा लाश पठाउनका लागि केहि ढिलाई हुन सक्ने र बाँकी विमाका लागि पनि करिव एक महिना लाग्ने बताउदै पीडित पक्षलाई राहात दिने कुरामा आफू विश्वस्त रहेको कुरा बताउनु भयो।

Recent Videos:

Popularity: 6%

Add comment April 18th, 2011

बेलायतमा नेपालीहरुको नयां बर्ष

धर्मराज अधिकारी / एचकेनेपाल डट कम-
बेलायत रिडिङ, बेलायतवासी नेपालीहरुले नयां बर्ष बृहत सांस्कृतिक कार्यक्रमका साथ मनाएका छन्।

ग्रेटर रिडिङ नेपलीज कम्युनीटी एशोसीयसनले आइतबार आयोजनामा गरेको कार्यक्रममा स्थानीय कलाकारहरुले गीत संगीतमार्फत नयां बर्षको स्वागत गरे।

ग्रेटर रिडिङ नेपलीज कम्युनीटी एशोसीयसनका अध्यक्ष महेश गुरुङको अध्यक्षतामा भएको कार्यक्रम संस्थाका महासचिव नारद भण्डारीले संचालन गरेका थिए। विशुद्ध फरक ढंगले संचालन गरीएको सो कार्यक्रम नयां बर्षको सांस्कृतिक मनोरञ्जनका लागि मात्र आयोजना गरीएको थियो।

कार्यक्रममा संस्थाका अध्यक्ष महेश गुरुङले नेपाली कला र संस्कृतिको जर्गेर्ना गर्न यस्तो कार्यक्रम आयोजान गरीएको बताए। उनले वालवालिकाहरुलाई नेपाली संस्कृतिको ज्ञान दिन यस कार्यक्रमले सहयोग पुग्ने विश्वास गरे। बेलायतको व्यस्त जीवनमा पनि अमूल्य समय दिई कार्यक्रममा सहभागी भएका दर्शकहरुलाई अध्यक्ष गुरुङले धन्यबाद दिए। बेलायती जिवन शैलीमा हुर्किएका बालवालिकाहरुलाई नेपाली कला र संस्कृतिको ज्ञान दिन यस्ता कार्यक्रमले टेवा दिने उनले बताए।

कार्यक्रमका संयोजक तथा संस्थाका उपाध्यक्ष रमेश वास्तोलाले स्वागत मन्तव्य राखेका थिए। नेपाली संस्कृतिको रक्षा गर्न सयौ दर्शकहरु उपस्थित भएकामा वास्तोलाले खुशी व्यक्त गरे। उपाध्यक्ष बास्तोलाले नेपालीहरु संसारको जुनसुकै कुनामा रहेपनि आफ्नो कला र संस्कृतिको जगेर्ना गर्न लागि पर्नुपर्ने बताए।

नेपाली राष्ट्रिय गानबाट शुरु गरिएको सो कार्यक्रममा स्थानीय बलाकारका साथै चौतारी रोधी घरका कलाकारहरुले मनोरञ्जन दिएका थिए । कार्यक्रममा उपस्थित भएका सयौ दर्शकहरुले नेपाली तथा हिन्दी गितमा आफूलाई भुलाए । उनीहरुले कम्मर मर्काइ मर्काइ नाचेर कलाकारहरलाई थप हौसला प्रदान गरेका थिए । सांस्कृतिक कार्यक्रम संस्थाका कोषाध्यक्ष भिमसेन खड्काले सञ्चालन गरेका थिए । कार्यक्रमको सांस्कृतिक फांट भने संस्थाका सचिव प्रेम गुरुङले गरेका थिए।

मै मोरीलाई लिन परदेशी आउंछ रे बोलको गीतमा स्थानीय वालिका एलीजा उप्रेतीले राम्रो नृत्य गरिन्। त्यस्तै गैरी खेतको शिरै हान्यो गीतमा वालिका छायां रिमाल नाचेकी थिइन्। स्थानीय नेपाली ब्याण्डले केटाकेटीहरुलाई नयां जोश भरेको थियो। कार्यक्रममा चौतारी रोधी घरका कलाकारहरुले माहौलमा रौनकता थपेका थिए। अतिथिसंगै दोहोरी गाएर होस या युवा जमातमा नाचेर उनीहरुले दर्शकहरुलाई मनोरञ्जन दिए।

नानी कमला सुन्तला की अमला, झलझली आंखामा, वारी जमुना पारी जमुना लगायतका दर्जनौ गीतहरु गाए। उनीहरुले चर्चित भारतीय गीतहरुसमेत गाएर मनोरञ्जन दिए। सो अवसरमा संस्थाका सल्लाहकारहरु डा. चन्द्र गुरुङ, विश्व आदर्श पण्डित, अर्जुन बस्नेत, कृष्ण रेग्मी, ढक गुरुङ, पूर्व क्षेत्रिय शिक्षा निर्देशनालयका निर्देशक योगेन्द्र बहादुर बस्नेत लगायत विभिन्न संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । स्थापनाकालदेखि समाजसेवामा हात हाल्दै आएको यस संस्थाले नेपाली संस्कृतिको जगेर्ना गर्न विभिन्न समयमा यस्ता मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको छ । संस्थाले केही समयअघि बेलायतस्थित रिडिङ बरो काउन्सीलबाट करीब ५० लाख नेपाली रुपैंया हात पारेको थियो।

Popularity: 6%

Add comment April 18th, 2011

कोरियाको आन्सानमा देबयानीको प्रदर्शन सम्पन्न

कृष्ण बस्याल/ एचकेनेपाल डट कम-
आन्सान, अप्रिल १० तारिख सोलको जोएसा मन्दिरबाट शुरु भएको देबयानी प्रिमिएर शो आन्सानमा आईतवार दर्शकको बाक्लो उपस्थितिका बीच सम्पन्न भएको छ।

आन्सानको प्रिमिएर शो मा दर्शकको बाक्लो सहभागिता देखेर हौसिएका निर्देशक र प्रिमिएर शो आयोजकले आगामी अप्रिल २४ तारिखका दिन कोरियाको अर्को ठूलो शहर किमेमा पनि प्रिमिएर शो आयोजना गर्ने भएका छ्न्।

नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्ने यात्राको पहिलो खुड्किलो भएको बताउने निर्देशक बिजय बस्नेत दर्शकको तारिफको भारी बोक्न भ्याई -नभ्याई छ्न्।

आफ्नो १५ बर्षको महत्वपूर्ण जीवन नेपाली सिने जगतमा समर्पण गरेको बताउने बस्नेतले देबयानी चलचित्रले बर्तमान संकुचित नेपाली चलचित्रको घेरा फराकिलो बनाएको दाबी पनि गरेका छ्न्। सोलको जोएसा, आन्सान हुंदै किमेमा समापन हुने देबयानीको नेपालमा भने आगामी श्रावण २३ गते देशै भर एकै साथ प्रदर्शन गर्ने निर्माता तथा निर्देशक बिजय बस्नेतले बताउनु भएको छ।

Popularity: 6%

Add comment April 18th, 2011

जिरे खुर्सानीका साथमा इजरायलका नेपालीले नयाँ बर्ष मनाए

कृष्ण थापा / एचकेनेपाल डट कम-
नेपाली नयाँ बर्ष २०६८को उपलक्ष्यमा इजरायलको तेल अभिभमा नेपाल टेलिभिजनका चर्चीत हास्य टेलिशृंखला जिरे खुर्सानीका कलाकार शिवहरी पौडेल र किरण कुमार केसी तथा नवोदित गायक अन्जान डल्लाकोटीका साथमा एक भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरियो।

मेरोसंदेश डट कमद्वारा आयोजित हास्य व्यंग्य, गीत सङ्गीत नृत्यलगायत विविध मनोरन्जनात्मक सांस्कृतिक प्रस्तुति रहेको सो कार्यक्रममा स्थानीय कलाकारहरुको पनि उत्तिकै सहभागिता रहेको थियो।

नयाँ बर्षको शुभकामना आदान प्रदानसंगै अत्यन्त हर्षोल्लास पूर्ण वातावरणमा सम्पन्न सो कार्यक्रममा नेपाली दूतावास इजरायलका महामहिम राजदूत, इजरायलस्थित नेपाली तथा विदेशी संघ संस्थाका प्रतिनिधि तथा विभिन्न क्षेत्रका समाजसेवीहरुको उपस्थिति रहेको थियो, यद्यपि कार्यक्रम भने नितान्त अनौपचारिक ढंगबाट संचालन गरियो।

शिवहरी पौडेल र किरण केसीको जीवन्त र समसामयिक हास्यव्यंग्य प्रस्तुतिले दर्शकलाई पेट मिची मिची हसाएको थियो भने कलाकार किरण केसीले भने आफ्नो सुमधुर स्वरमा गीत पनि उत्तिकै बेजोड गएर दर्शकहरुलाई नचाए।

भर्खर नेपाली सांगीतिक क्षेत्रमा आफ्नो पहिलो कोशेली ” नजलाउ ” लिएर नेपालदेखि आएका नवोदित गायक अन्जान डल्लाकोटी तथा हेम उप्रेती, कविता क्षेत्री, स्यानु खड्गी र ओम प्रसाई लगायतका स्थानीय कलाकारहरुको प्रस्तुति पनि कार्यक्रमको आकर्षक पक्ष रह्यो।

कार्यक्रमको दोश्रो चरणमा इजरायलको कृषि क्षेत्रमा कार्य गरि स्वदेश फिर्दै गरेका सहृदयी मित्र नर्बु शेर्पाको बिदाई पनि गरिएको थियो। यस पटकको जिरे खुर्सानी साँझमा सामुदायिक सेवाका नाउमा खुलेका अनेकौं संघ संस्थाका प्रतिनिधिहरुलाई मन्चमा आमन्त्रित नगरी, त्यस्ता व्यक्तिहरु जसले निस्वार्थ भावले बिभिन्न क्षेत्रबाट सामाजिक कार्य गर्दै आए, र जसले विशेष गरी कार्यक्रम सफल बनाउन उल्लेख्य योगदान दिए, साथ् र सहयोग गरे, उनीहरुलाई प्रशंसापत्र वितरण गरियो। नाउमात्रको संस्था खोलेर मञ्चमा आसिन हुने प्रवृत्तिको बिरोध स्वरूप यसो गरिएको कुरा मेरोसंदेशका संचालक कृष्णपक्षले बताए।

राति नौ बजेदेखि बाह्र बजेसम्म संचालित सो कार्यक्रम रुपा घिमिरे र कृष्ण अधिकारीले संचालन गर्नु भएको थियो।

Popularity: 6%

Add comment April 18th, 2011

रेणु-उपेन्द्रलाई वीरगंज प्रवेश निषेध

प्रताप शाह / एचकेनेपाल डट कम-
वीरगन्ज, मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव, सभासद् आत्मराम प्रसाद साह र कोषाध्यक्ष रेणु यादवलाई वीरगन्जबाट फोरमका कार्यकर्ताहरूले ढुंगामुढा गर्दै लखेटिएका छन्।

जिल्ला कार्य समिति पर्सामा देखिएका विवाद समाधान गर्न कोषाध्यक्ष रेणु यादवको संयोजकत्वमा महासचिव रामसहाय प्रसाद यादव र सभासद् आत्मराम प्रसाद साहसहितको समिति बनाईएको थियो। उनीहरू प्रहरीको स्कटीङ्गबाट एयरपोर्टसम्म पुगी काठमाडौं उडेका छन्। मधेशी जनअधिकार फोरम नेपालकै कार्यकर्ताहरूले आफ्ना विधान जलाएका छन्।

आज साँझ अध्यक्ष यादव, महासचिव, कोषाध्यक्षहरूको पुत्ला दहन गर्दैछन्। स्थानीय नेता तथा कार्यकताहरूले उनीहरूको पुत्ला दहन गर्न लागेका हुन्। जातिवादका कारण केन्द्रीय पदाधिकारीले जननिर्वाचित वीरगन्जका अध्यक्ष शशीकपुर मियाँलाई हटाएर उपाध्यक्ष प्रदीप यादवलाई अध्यक्ष बनाउन लागेको विरोधमा स्थानीय कार्यकर्ताहरूले उनीहरूलाई वीरगञ्जबाट लखेटेका हुन्।

स्थानीय कार्यकर्ताहरूको ढुंगामुढाका कारण रेणुयादव चढेको गाडीको सीसा फुटेको छ भने भिडलाई नियन्त्रणमा लिन स्थानीय प्रहरीलाई हम्मे-हम्मे परेको थियो। रेणु यादवले आफ्ना भाई प्रदीप यादवलाई षड्यन्त्रपूर्ण तरिकाले अध्यक्ष बनाउन लागेको विरोधमा फोरमका कार्यकर्ताहरू सडकमा उत्रेका हुन्।

फोरमका वीरगन्ज अध्यक्ष शशीकपुर मियाँका अनुसार कार्यकर्ताहरू पार्टीका केन्द्रीय पदाधिकारीको विरुद्ध विरोधका कार्यक्रमहरू गर्नुको साथै केन्द्रीय पदाधिकारीहरूले जिल्ला स्तरमा जातिवाद लाद्न खोजेको कारण पार्टीमा विद्रोह हुने सञ्चारकर्मीहरूलाई बताएका छन्। कसैको इशारामा रेणु यादवले पार्टीलाई टुक्राउन खोजेको हुन सक्ने दावी मियाँले गरेका छन्। मियाँले उपेन्द्र र रेणु यादवलाई वीरगञ्ज प्रवेश गर्न नदिने घोषणा गरेका छन्।

Popularity: 6%

Add comment April 18th, 2011

वेलायतको फोक्स्टोनमा नयाँ वर्ष कार्यक्रम

योगराज राई / एचकेनेपाल डट कम-
बेलायत, फोक्स्टोन नेपलिज कम्युनिटी वेलायतले गत अप्रिल १३ तारिख बुधवारका दिन हार्भी ग्रामर स्कूलमा २०६८ सालको नयाँ वर्ष धुमधामसंग मनायो।

कार्यक्रममा फोक्स्टोन वरपरका दाजुभाई तथा दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो। फोक्स्टोन नेपलिज कम्युनिटीका अध्यक्ष हर्कराज राईले उपस्थित सबै महानुभावहरुलाई नयाँ वर्षको शुभकामना ब्यक्त गर्दै कार्यक्रमको शुरुवात गरेका थिए।

अध्यक्ष हर्कराज राईले वानआरजीआरको गोर्खा मेजर ध्यानप्रसाद राई एम्भीओलाई कम्युनिटीको विशेष सल्लाहकारको रुपमा अनुरोध गर्दै खादा ओडाएर स्वागत गरेका थिए। कम्युनिटीलाई उल्लेख्निय योग्दान दिएबापत प्रत्येक वर्ष एक जनालाई चेयरम्यान् एप्रिसिएसन् अवार्डअफ दि इयरले सम्मान गर्ने जानकारी गराउँदै अध्यक्ष राईले यो वर्ष कम्युनिटीलाई तनमनले सहयोग गर्नुहुने रिटायर्ड क्याप्टेन रामबहादुर पुनलाई सम्मान गरेका थिए।

कार्यक्रमको श्रीगणेश छबिन्द्र लिम्बु र साथीहरुले सामूहिक रुपमा नयाँ वर्षको गीत गाएर गरेका थिए। नयाँ वर्षालाई थप मनोरन्जनात्मक बनाउन ससाना नानी र भान्जाभान्जीहरुले बिभिन्न आकर्षक नृत्यहरु प्रस्तुत गरेका थिएभने भान्जीहरुले बिभिन्न पहिरनमा फेसन सो पनि देखाएका थिए। नृत्य र फेसन सोको अलवा छबिन्द्र लिम्बु, फियोना राई, रोस्दीप र सोनिया आलेको सांगितीक प्रस्तुतिले थप रौनकता थपेको थियो।

सोही दिन दमिला देवन र सृष्टि लामाले भर्खरै जापानमा गएको भूकम्प र सुनामी पीडितहरुको सहयोगार्थ घरमै तयार पारिएको गेक विक्री गरि केहि रकम संकलन गरेका थिए। यहि अवसरमा फोक्स्टोनमा निर्माण गर्न लागिएको गोर्खा स्ट्याच्युको लागि दुरा समाज युकेले संकलन गरेको दुइसय पाउण्ड रकम सुकबहादुर दुराले फोक्स्टोन नेपलीज कम्युनिटीका पूर्व अध्यक्ष गोपाल गिरीलाई हस्तान्तरण गरेका थिए।

कार्यक्रममा बिभिन्न ब्यक्ति ब्यवसायी र एजेन्सीहरुद्वारा प्राप्त उपहारहरु राफल ड्र मार्फत भाग्यमानी दर्शकहरुलाई प्रदान गरिएको थियो। मध्यरात बाह्र बजे नयाँ वर्ष २०६८ सालको स्वागत पश्चात एक आपसमा सुख, समृद्धि र उत्तरोक्तर प्रगतिको कामना गर्दै कार्यक्रमको समापन गरिएको थियो।

Popularity: 6%

Add comment April 18th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2011
M T W T F S S
« Mar   May »
 123
45678910
11121314151617
18192021222324
252627282930  

Posts by Month

Posts by Category

More news....