Archive for April 19th, 2011

राज्यमन्त्री राधा ज्ञवाली हटाइए

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौँ, प्रधानमन्त्री झलनाथ खनालले राज्यमन्त्रीको रूपमा नियुक्त भएकी राधा ज्ञवालीलाई मंगलवार पदबाट हटाएका छन्।

ज्ञवालीले आफूभन्दा कनिष्ठलाई मन्त्री र आफूलाई राज्यमन्त्रीमा नियुक्त गरिएको भन्दै पद तथा गोपनियताको सपथ लिन वहिष्कार गरेकी थिइन्।

प्रधानमन्त्री खनालले ज्ञवालीलाई नेपालको अन्तरिम संविधान २०६३ को धारा ३८ को उपधारा (८) को खण्ड ‘ग’ बमोजिम पदमुक्त गरेका हुन्।

एमालेभित्र लामो समयदेखि राजनीतिमा लागेकी ज्ञवाली रूपन्देहीबाट समानुपातिक सभासद् हुन्।

Recent Videos:

Popularity: 6%

Add comment April 19th, 2011

सेनाको गाडीको ठक्करले युवकको ज्यान लियो

एचकेनेपाल डट कम संवाददाता-
ललितपुर, वैशाख ६ - ग्वार्कोमा आज भएको दुर्घटनामा परी इमाडोल बस्ने २१ वर्षीय घनश्याम राईको मृत्यु भएको छ।

नेपाली सेनाको गाडीले ठक्कर दिँदा ग्वार्कोबाट कोटेश्वर गइरहेको बा३२प ८३५९ नं. को मोटरसाइकलमा सवार राईको उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

ललित शिक्षा क्याम्पसमा अध्ययनरत राईलाई ठक्कर दिने सेनाको गाडी नं. भने पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।

घटनापश्चात विद्यार्थी तथा पीडित पक्षले विरोधसहित केही समय सडक अवरुद्ध पारेका थिए। (रासस)

Recent Videos:

Popularity: 6%

Add comment April 19th, 2011

३ राष्ट्रको पासपोर्ट बोक्ने राज्यमन्त्रीबारे प्रधानमन्त्रीसंग जवाफ माग

एचकेनेपाल डट कम संवाददाता-
नेपाल, भारत र तिब्बत तीन राष्ट्रको पासपोर्ट बोक्ने नेपालका नवनियुक्त अर्थ राज्यमन्त्री ल्हारक्याल लामाबारे प्रधानमन्त्रीसंग जवाफ माग गरिएको छ।

व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिले प्रधानमन्त्री झलनाथ खनालसंग उनका बारेमा लिखित जवाफ माग गरेको हो।

तीन राष्ट्रको नागरिकता प्रयोग गर्दै आएका लामाका बारेमा स्वतन्त्र तिब्बत आन्दोलनमा समेत नाम जोडिएकाले झन उनी विवादमा परेका हुन्।

लामाका विषयमा धैरै विवादित विषयहरू सार्वजनिक भएपछि समितिले प्रधानमन्त्रीसंग लिखित जवाफ माग गरेको छ।

यसअघि, समितिले अख्तियारका अधिकारीसँग सुझाव लिएपछि प्रधानमन्त्रीलाई लिखित जवाफसहित तीन-चार दिनभित्र उपस्थित हुन निर्देशन दिइएको हो।

Recent Videos:

Popularity: 6%

1 comment April 19th, 2011

कुवेत पुगेका २ नेपालीको मृत्यु, सयभन्दा धेरैको बिचल्ली

सुजन के सि अभागि / एचकेनेपाल डट कम-
कुवेत, दलालको छलकपट र श्रमको गैरजिम्मेबार कामका कारण करिब सात महिनादेखि कुवेतमा अलपत्र परेका १५७ जना सवारी चालक मध्ये दुई जनाले ज्यान गुमाएका छन्।

उनीहरुलाई सेटिङ दोवारा टुरिष्ट भिषामा हेबी ड्राइभरको कामका लागि नेपालमा सक्रिय डिलक्स म्यानपावर, फ्युचर स्टार म्यानपावर, युथ म्यानपावर, केएसए म्यानपावर भिक्टोर ओभरसिजमार्फत एक लाख पाचास हजारदेखि दुई लाखसम्म असुली कुवेत पुर्याएका हुन्। उनीहरुलाई नेपालमा सेटिङ् मिलाएर कुवेत पुर्याउने गिरोहका नाईके नेपाली एजेन्ट राम चन्द्र सुबेदी हुन्।

कुवेतको कुनै पनि कम्पनीले नेपाली कामदार झिकाउदा कामदारहरुको डिमाण्ड लेटर नेपाली दूताबासबाट प्रमाणित गर्नु पर्ने र टुरिष्ट भिषामा नेपाली कामदार कुवेत भित्राउन नपाउने प्रावधान छ। तर एजेन्टहरुले दूताबासको आँखामा छारोहाली दूताबासलाई थाहा नै नहुने गरी सेटिङ मिलाई टुरिष्ट भिषामा १५७ जना गल्फमा काम गरेको अनुभवी सवारी चालकलाई कुवेत पुर्र्याई बिचल्ली पारेका हुन्।

उनीहरुसँग भएको टुरिष्ट भिषामा, श्रम मन्त्रालयले सवारी चालकहरुलाई क्लिनर कामको लागि श्रम स्वीकृति दिएको छ। टुरिष्ट भिषामा नेपाली कामदारहरु कुवेतजान निषेध हुँदा हुँदै एअरपोर्ट ईम्रिगेशनले कुनै रोकतोक नगरि जान दियो। यसै सन्दर्भमा कुवेतका लागि नेपाली राजदूत मधुवन पौडेलले भने नेपालबाट सबै सेटिङ्को काम हुन्छ। दूताबासले भनेको श्रम र एअरपोर्टका कर्मचारीले सुन्दैन्न। ड्राइभरहरुलाई टुरिष्ट भिषामा क्लिनरको श्रम गरेर कुवेत पठाएका छन्। नेपालबाट यसरी सेटिङमा कामदार पठाउन नरोकिदासम्म खाडीमा नेपाली कामदारको बिकृति र बिचल्ली भई राख्छ। दूताबासले केही गर्न सक्ने स्थिति रहदैन मैले आज फेरि सेटिङ रोक्नको लागि कडारुप अपनाई नेपलमा पत्रचार गरेको छु, राजदूतले भने।

फरक फरक मेनपावर कम्पनी र एजेन्ट मार्फत सेटिङमा कुवेत पुराइका १५७ जना सवारी चालकलाई कुवेतस्थित रिजनलगेट कम्पनिमा सवारी चालकको पदमा नियुक्त गरिएको थियो। तर कम्पनिले लामो समयसम्म पनि कुवेतको वर्क प्रर्मिट भिषा (१८ नं भिसा) र ड्राभिङ लाइसेन्स उपलब्ध नगराई जबर्जस्ती गैरकानुनी रुपमा काममा लगाएको थियो । आफूहरुलाई कुवेतको भिसा र ड्राइभिङ लाइसेन्स उपलब्ध गराउन माग गर्दै ६० जना चालकहरु आन्दोलनमा उत्रिएका थिए।

नेपालबाट उनीहरुलाई ल्याउने नेपाली एजेन्ट सुबेदी र कम्पनीको मिलेमोतोमा कम्पनिको साइड अफिस मरुभूमिभित्र पर्ने मिनअब्दुल्ला भन्ने ठाउँमा राखि अलपत्र पारिएको थियो। जहाँ खाने बस्ने र पानीको सुबिधा थिएन। नेपाली दूताबास कुवेतको सकृयातामा ७२ जना नेपाल फर्केका छन्।

दुई जना चालकको गत हप्ता कुवेतको सुवियास्थित काम गर्दा गर्दै आफैले चलाएको सवारी अचानक ठोकिएर जल्दा ज्यान गुमाएका छन्। ज्यान गुमाउने चितवन मेघौलीका हिरामणी चौधरी र खोटाङ लामी टारका शेखर श्रेष्ठ हुन्। कुवेतमा उडेको धुलोका कारण धेरै कम्पनिमा सरकारी विदा भए पनि रिज्नल गेट कम्पनिमा विहान चार बजेदेखि काम शुरु भएको थियो उनीहरु डिउटी गरिराखेको थिए। धुलोले गर्दा अचानक दुई डम्परहरु ठोकिन पुगे ठोकिना साथ आगोको मुस्लो निस्कियो। उनीहरु वेहोस भए हेर्दा हेर्दै आँखाका अगाडि जलेर खाक भए। रमेशराज पाठक र सागर लामा प्रत्यक्षदर्शीले भने। यसरी मृत्यु हुने दुबै चालकको भिषा कम्पनीले लगाएको थिएन र उनीहरुसँग ड्राइभर लाइसन पनि थिएन अर्थात उनीहरु गैर कानुनी बनी अबैध रुपमा काम गर्न वाध्य बनाइएको रहेछ। बाँकी बचेँका ९० भन्दा धेरै ड्राइभरको स्थिति पनि चिन्ता जनक छ।

Recent Videos:

Popularity: 6%

Add comment April 19th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2011
M T W T F S S
« Mar   May »
 123
45678910
11121314151617
18192021222324
252627282930  

Posts by Month

Posts by Category

More news....