Archive for April 22nd, 2011

दोषी ठहरिए लामालाई कारबाही हुन्छ : प्रमका सल्लाहकार

एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार प्रकाश ज्वालाले अर्थराज्यमन्त्री ल्यारक्याल लामाको नागरिकताको विषयमा उठेका विभिन्न टीकाटिप्पणीका बारेमा छानबिन हुने बताउनुभएको छ।

सल्लाहकार ज्वालाले पार्टीले पनि उहाँबारे उठेका विवादहरूको छानबिन गरिरहेको बताउनु भयो। ‘बाहिर आएजस्तो लामाको गल्ती भएमा उहाँलाई पार्टीले कारबाही गर्छ, तर गल्ती साबित हुनुपर्‍यो’–उहाँले भन्नुभयो।

लामामाथि लगोको आरोप गम्भीर प्रकृतिको भएको उल्लेख गर्दै सरकारले यस विवादलाई गम्भीर रूपमा लिएकाले बताउनुभयो। यसअघि लामाले तीनवटा नागरिकता बोकेर हिँड्ने गरेका समाचारहरू छापामा आएका थिए।

विवादपछि लामाले हिजै राजीनामा दिइसकेका छन्।

Recent Videos:

Popularity: 7%

Add comment April 22nd, 2011

निजी विद्यालयसँग सात दिनभित्र लिखित जवाफ माग

एचकेनेपाल डट कम संवाददाता-
सर्वोच्च अदालतले आज निजी विद्यालय र निजी विद्यालयहरूसँग सम्बन्धित सबै निकायलाई सात दिनभित्र लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश दिएको छ।

निजी विद्यालयहरूविरुद्ध परेको रिटमा सर्वोच्च अदालतका न्यायाधीश भरतराज उप्रेतीको इजलाशले सो आदेश गरेको हो।

निजी विद्यालयहरूले शिक्षा ऐन, नियमावली र प्रचलित कानुन विपरीत मनपरी ढङ्गले शैक्षिक शुल्क निर्धारण गर्ने र विद्यालयबाटै पुस्तकहरू बिक्री वितरण गर्ने गरेको भन्दै सो कार्य तत्काल रोक्न आदेशको माग गरी रिट दायर भएको थियो।

अधिवक्ताहरू श्रीकृष्ण सुवेदी, कपिलचन्द्र पोखरेल र रविन सुवेदीले दायर गर्नुभएको सो रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा मन्त्रालय, शिक्षा विभाग, पाठ्यक्रम विकास केन्द्र, प्याव्सन र एनप्याव्सनलाई विपक्षी बनाइएको छ।

नेपालको शिक्षा ऐन २०२८ को दफा ४ र ८ मा विद्यालय सञ्चालन नेपाल सरकारले तोकिएबमोजिम हुने र विद्यालयको पाठ्यक्रम सरकारबाट स्वीकृति प्राप्त हुनुपर्ने उल्लेख गरिएपनि निजी विद्यालयहरूले आ–आफ्नो ढङ्गले पाठ्यपुस्तक बिक्री वितरण र पठनपाठन गर्दै आएको रिटमा उल्लेख छ।

Recent Videos:

Popularity: 7%

Add comment April 22nd, 2011

धोबीखोलाको विवादित जग्गा सरकारको नाममा

एचकेनेपाल डट कम संवाददाता-
मालपोत कार्यालय डिल्लीबजारले धोबीखोलाको स्वामित्वसम्बन्धी विवाद रहेको ३० रोपनी जग्गा नेपाल सरकारका नाममा दर्ता गर्ने निर्णय गरेको छ।

काठमाडौँ महानगरपालिका–९ बत्तीसपुतली बस्ने रामप्रसाद भट्टराईसमेतले काठमाडौँ महानगरपालिका–२५ क किनं. १९० लगायत ३० रोपनी जग्गा सर्वोच्च अदालतको फैसला कार्यान्वयन गरी जग्गा धनी प्रमाणपूर्जा पाउन र ललितपुर उपमहानगरपालिका–१५ बस्ने विणा शाहसमेतले छुट जग्गा दर्ता हाल साविक नामसारी गरिदिन भनी मालपोत कार्यालय डिल्लीबजारमा निवेदन दिएका थिए।

ती जग्गा मालपोत कार्यालय डिल्लीबजारबाट २०४४ साल अगावै तत्कालीन श्री ५ को सरकारका नाउँमा दर्ता गर्ने गरी निर्णय भएको थियो तर सर्वोच्च अदालतले २०६३ असार १३ गतेको उत्प्रेषण आदेशबाट मालपोत कार्यालय डिल्लीबजारको निर्णय बदर गरिदिएको थियो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हालसम्म दर्ता भइसकेको अवस्था नदेखिंदा भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिवलगायतका पदाधिकारीहरूलाई आयोगमा बोलाई मालपोत कार्यालयलाई उक्त जग्गा अविलम्ब नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गर्न गराउन निर्देशन दिएको हो।

Popularity: 7%

Add comment April 22nd, 2011

अहिलेसम्मकै महँगो मुद्दाको फैसला/ १ अर्ब ३७ करोडको जरिवाना

एचकेनेपाल डट कम संवाददाता-
विशेष अदालतले राष्ट्रिय वाणिज्य बैंक रानीशाखा विराटनगरबाट कर्जा लिई रकम फिर्ता नगर्ने मङ्गतुराम समूहका चारजना दाजुभाइलाई एक–एक वर्ष जेल सजायसहित उनीहरूबाट एक अर्ब ३७ करोड ७१ लाख रूपैयाँबराबरको रकम असुल गर्ने फैसला गरेको छ।

सजाय पाउने मङ्गतुराम समूहका चार दाजुभाइमा सुरेशकुमार अग्रवाल, कृष्णकुमार अग्रवाल, नारायण अग्रवाल, दामोदर अग्रवाल र मङ्गतुराम अग्रवाल रहेका छन्।

साथै तिनीहरूको मतियार भएको भन्दै सोही बैंकका कर्मचारीहरू तत्कालीन प्रबन्धकहरू राधाप्रसाद साह, शिवचरण मण्डल, चन्द्रलाल अमात्य, र भैरवप्रसाद पोखरेललाई भने अदालतले ६–६ महिनाको जेल सजाय सुनाएको छ। उनीहरूले स्वीकृत कर्जाभन्दा बढी रकम दिएका थिए।

विशेष अदालत काठमाडौँका रजिस्टार धीरबहादुर चन्दका अनुसार रकमका हिसाबले यो फैसला आजसम्मकै सबैभन्दा ठूलो फैसला हो। विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यहरू ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले आज सो निर्णय गरेको हो।

अनुसन्धानकै दायरामा रहेका बैंकका सहायक कर्मचारीहरू श्यामकुमार श्रेष्ठ र वीरेन्द्रलाल छोटेलाई भने बैंकको रकम हिनामिना गर्नमा कुनै भूमिका नरहेको भन्दै सफाइ दिइएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तर्फबाट अनुसन्धान अधिकृत बेगेन्द्रराज शर्मा पौड्यालले २०६२ असार ३ गते उनीहरविरुद्ध मुद्दा दायर गर्नुभएको थियो

Recent Videos:

Popularity: 7%

1 comment April 22nd, 2011

विद्यार्थीको परीक्षाफल प्रकाशन गर्न अदालतको आदेश

एचकेनेपाल डट कम संवाददाता-
पुनरावेदन अदालत उदयपुरले सुन्दरपुर गाविस—२ सिबाई माध्यमिक विद्यालयले परीक्षा शुल्क नबुझाएको आरोपमा एक सय २६ जनाको परीक्षाको परीक्षाफल रोकेको घटनाको विषयलाई लिएर विद्यालयको नाममा तत्काल परीक्षाफल सार्वजनिक गर्न आदेश गरेको छ।

जिल्लाका विभिन्न १४ वटा संस्थाले दायर गरेको रिटमा सुनुवाई गर्दै आज पुनरावेदन अदालत राजविराजले सो आदेश गरेको हो।

उनीहरूले गत चैत २७ गते बालबालिकाको शिक्षाको अधिकार हनन् भएको भन्दै अन्तरिम संविधान र मौलिकम हकविपरीत विद्यालयले कार्य गरेको भन्दै अदालतमा रिट दायर गरेका थिए।

परीक्षाफल प्रकाशन नगरेको घटना सार्वजनिक भएपछि गत चैत २२ गते जिल्लाका मानवअधिकारकर्मीहरूले सरोकारबालासँग भेट गरी विद्यालय पुगेर स्थलगत अनुगमन गरेको जनाएका छन्।

विद्यालगले गत चैत १७ गते कक्षा एकदेखि नौसम्मको परीक्षाफल प्रकाशित गरेपनि परीक्षा शुल्क नबुझाएकै कारण ८१ जना दलित र ३५ जना गैरदलित विद्यार्थीको नतिजा रोकेको थियो।

Popularity: 7%

Add comment April 22nd, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2011
M T W T F S S
« Mar   May »
 123
45678910
11121314151617
18192021222324
252627282930  

Posts by Month

Posts by Category

More news....