Archive for April 23rd, 2011

२० औं गजल साहित्य कार्यक्रम सम्पन्न

आर.सि.एन / एचकेनेपाल डट कम-
बीरगञ्ज,गजल साहित्य मञ्च नेपाल पर्साले कन्य उच्च मा.बि.को प्राङ्गनमा शनिवार २० औं गजल साहित्य कार्यक्रम सम्पन्न भएको छ।

साहित्य मञ्च पर्साकी सभापति लक्ष्मी शाक्यको सभापतित्वमा सम्पन्न कार्यक्रमको बिशेष अतिथिहरूमा रिपोर्टस क्लब नेपाल पर्सा शाखाका अध्यक्ष कन्हैया गुप्त , समासेवी गगांबहादुर थापा र नेपाल आम सञ्चार मञ्चका केन्द्रिय उपाध्यक्ष शुदर्शन राज पाण्डे रहनु भएको थियो।

कार्यक्रममा नेपाल भोजपुरी प्रतिष्ठान पर्सका अध्यक्ष मास्टर तारा सिहं, प्रभात काब्य यात्रा पर्सा संयोजक अरुण बिक्रम शाह, भूपेन्द्र पौडेल, समिर पाख्रिन, गंगाबहादुर कार्की, बिधा कुमारी, लक्ष्मी कुमारी बि.क., पुष्पा नेपाल, किरण देवी, बिराज साह, कमल चौलागाई, राज कुमार बिश्वकर्मा, बालदेव उपाध्याय, जिवन लाल श्रेष्ठ, प्रणय कुमार, उत्तम खड्गी, रामचन्द्र गुप्ता, राम बिनय साह, बिरेन्द्र साह, र ममता अधिकारीले आ-आफ्नो श्रृजनाहरु बाचन गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन कबि दिलिप कार्कीले गर्नु भयो।

Recent Videos:

Popularity: 7%

Add comment April 23rd, 2011

खम्बुवान कार्यकर्ताद्वारा प्रहरी चौकीमा आक्रमण

एचकेनेपाल डट कम संवाददाता-
मोरङ, खम्बुवान कार्यकर्ताहरूले मोरङको बेलबारी प्रहरी चौकीमा शनिवार आक्रमण गरेका छन्।

खम्बुवान कार्यकर्ताको आक्रमणबाट तीन प्रहरी घाइते भएका छन्। घाइते हुनेहरूमा प्रहरी निरीक्षक रुद्र चुँडाल, हवल्दार ज्ञानबहादुर राई र सशस्त्र प्रहरी सुजन राई छन्।

उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

पक्राउ परेका आफ्ना कार्यकर्ता वयनवनका सुमन लिम्बू, केरौनका अर्जुन धिमाल र सुमन धिमाललाई छुटाउन झण्डै २ सय कार्यकर्ताहरूले प्रहरी चौकीमा आक्रमण गरेका हुन्।

स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाइ फायर, दुई राउण्ड अश्रुग्यास प्रहार तथा लाठी चार्ज गर्नु परेको थियो। प्रहरीसंगको झडपमा कम्तीमा २ दर्जनजति प्रदर्शनीकारी घाइते भएका छन्।

अहिले त्यहाँको स्थिति सामान्य रहेको छ।

Recent Videos:

Popularity: 7%

1 comment April 23rd, 2011

ल्हारक्याल लामाबारे छानविन समिति गठन

एचकेनेपाल डट कम संवाददाता-
विभिन्न विवादपछि रानजीनामा दिएका अर्थराज्यमन्त्री ल्हारक्याल लामाबारे सत्य तथ्य कुरा ल्याउन सरकारले एक छानविन समिति गठन गरेको छ।

शुक्रवार राति अबेरसम्म बसेको मन्त्रिपरिषदको बैठकले तीन सदस्यीय छानविन समिति गठन गरेको हो।

समितिमा पुनरावेदन अदालतका पूर्वन्यायाधीश भोलाप्रसाद खरेलको नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक पशुपति उपाध्याय र सहन्यायाधिवक्ता रमेश शर्मा पौडेल सदस्य रहेका छन्।

सरकारले बढीमा एक महिनाभित्र लामाबारे सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन बुझाउन समितिलाई जिम्मेवारी दिएको छ।

Recent Videos:

Popularity: 6%

Add comment April 23rd, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2011
M T W T F S S
« Mar   May »
 123
45678910
11121314151617
18192021222324
252627282930  

Posts by Month

Posts by Category

More news....