Archive for April 24th, 2011

दुई बालक सुनकोसी नदीमा बेपत्ता

एचकेनेपाल डट कम संवाददाता-
सिन्धुपाल्चोक, दुई बालकहरू आइतबार दिउंसो सुनकोसी नदीमा मा बेपत्ता भएका छन्।

बेपत्ता हुनेहरूमा यमुनाडाँडा-८ का शिवराम श्रेष्ठ र उमेश श्रेष्ठ रहेका छन्। प्रहरीका अनुसार दुबै सात वर्षीय बालकहरू हुन्।

पौडी खेल्न जाँदा उनीहरू नदीमा हराएको जिल्ला प्रहरी प्रमुख डिएसपी स्थानेश्वर रेग्मीले बताएका छन्।

नदीमा बेपत्ता भएपछि स्थानीय र प्रहरी टोलीले खोजी कार्य जारी गरेपनि साँझसम्म फेला पर्न सकेको छैन।

Recent Videos:

Popularity: 6%

Add comment April 24th, 2011

भारतीय धर्मगुरु साई बाबाको निधन

एचकेनेपाल डट कम संवाददाता-
भारतीय धर्मगुरु साई बाबाको आइतवार विहान ८५ वर्षको उमेरमा निधन भएको छ।

मुटु र श्वासप्रश्वासमा समस्या देखिएपछि चैत्र १४ गते बाबालाई अस्पताल भर्ना गरिएको थियो। उनको उपचार सत्य साई बाबा सुपर स्पेसियालिटी अस्पतालमा भइरहेको थियो।

स्थानीय समयानुसार विहान ७:४० बजे बंगलोरको पट्टुपर्तीमा उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

साई बाबाको मृत्युले भारत र भारतबाहिरका लाखौं भक्तजनहरू दुःखित भएका छन्।

बाबाको पार्थिव शरीरलाई कुलवन्त सभाहलमा अन्तिम श्रद्धाञ्जलिको दुई दिन राखिने छ।

१४ वर्षको उमेरमा आफूलाई शिरडी बाबाको अवतारको घोषणा गरेका बाबाको जन्म सन् १९२६ को नोभेम्बर २४ तारिखका दिन पट्टुपर्तीमा सत्यनारायण राजुका रूपमा भएको थियो।

Recent Videos:

Popularity: 6%

4 comments April 24th, 2011

पत्रकारहरु दलीय राजनीतिकवाट टाढा रहनुपर्छ- फिलिपिनी पत्रकार

रेडियो बाराही/ एचकेनेपाल डट कम-
पोखरा, द्वन्द्ध सम्वन्धि पत्रकारिताको लामो अनुभव वटुल्नुभएकी फिलिपीन्सका पत्रकार पौल्यान पैडेस सिकामले पत्रकारहरु दलीय राजनीतिकवाट टाढा रहनुपर्ने वताउनुभएको छ।

पोखराका पत्रकारहरुसंगको भेटमा उहाँले दलहरुले पत्रकारहरुलाई जहिलेपनि आफ्नों निकटमा राख्न चाहने वताउनु भयो।

उनीहरुले पत्रकारहरुलाई कठपुतलि वनाउन चाहान्छन- उहाँले भन्नुभयो तर यसवाट पत्रकार स्वयं नै सचेत हुनुपर्दछ।

उहाँले युद्धका समाचार हतारमा होइन वरु केही समय पर्खिएर भएपनि विश्लेषण गरेर मात्रै लेख्नुपर्ने औल्याउनु भयो । रिपोर्टको प्रभाव कता गएको छ, यो पनि रिपोर्टरले वुझ्न आवश्यक रहने उहाँको भनाई थियो।

शान्तिका पक्षमा रिपोटिङ्ग गर्ने पत्रकारले घटनाको पृष्टभूमि वुझेर सन्तुलित तवरले लेख्नुपर्ने वताउनु भयो। समाचार एक पक्षीय भए यसले खतरा निम्त्याउने उहाँको अनुभव छ।

नेपालको सन्दर्भमा १० वर्ष जनयुद्ध र राजतन्त्रको अन्त्य पछिको वर्तमान अवस्थामा पत्रकारहरुको भूमिका महत्वपूर्ण भएको उहाँले वताउनु भयो।

सेन्टर फर प्रोफेशनल जर्नालिष्ट स्टडिज नामक संस्थाले उहाँसंगको अनुभव साटासाट गर्ने तारताम्य मिलाएको हो। छलफल कार्यक्रममा पोखराका पत्रकारहरुले उहाँलाई आफ्नों अनुभव सुनाएका थिए। सो अवसरमा नागरिक दैनिकका स्वरुप आचार्यले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो।

Recent Videos:

Popularity: 7%

Add comment April 24th, 2011

कुवैतमा एनआरएनएका सचिबमाथि आक्रमण

तोयानाथ उपेक्षित/एचकेनेपाल डट कम -
अप्रिल २१ को साँझ एनआरएनए कुवैतका सचिब सुजन केसीमाथि कुवेतस्थित घरेलु कामदार उपलव्ध गराउने एजेन्सीका एजेन्ट रामचन्द्र सुवेदीले भौतिक आक्रमण गरेका छन्।

नेपाली चेलीवेटी ओसार पसारमा विगत झण्डै एक दशक यता सक्रिय एजेन्ट रामचन्द्र सुवेदीले अप्रिल १३ का दिन कुवैतका एनआरएनए सदस्य तथा नयाँ नेपाल क्लबका अध्यक्ष दिल पुनमाथि समेत काम विशेषले नेपाली दूतावास पुगेको बेला दूतावासका कर्मचारीको कार्यकक्षमा नै आक्रमण गरी घाईते बनाएका थिए।

दिल पुनमाथि गरिएको आक्रमणको घोर निन्दा र भत्र्सना भईरहेको र नेपाली दूतावासलाई कारवाहीको लागि दबाव परिरहेको अवस्थामा आठ दिन वित्न नपाउदै तीनै एजेन्टले एनआरएनए कुवैतका सचिब सुजनलाई आक्रमण गरेका हुन्। जसको कारण नेपाली समाज कुवैत अस्तव्यस्त बनेको छ सुबेदीले पत्रकारहरुलाई पटक पटक धम्कि दिई राखेका छन्।

कुवैतमा भिजिट भिषामा ल्याएर अलपत्र पारि राखिएका १५७ नेपाली कामदारहरुका सम्बन्धमा मिडियाले बारम्बार आवाज उठाईरहेको बिषयलाई लिएर सुवेदी मिडियाकर्मीमाथि आक्रमक हुदै आएका थिए। केसी सो सम्बन्धमा समाचार लेखेको विषयमा रिजनल गेट काण्डमा दलाल सुवेदीको हात रहेको खुलासा गरिएको थियो। रिजनल गेट काण्डमा फसेका मध्ये ७२ जना नेपाली दूतावास र सँघ सँस्थाको दबाब र पहलमा नेपाल पुगिसकेका छन् भने बाँकीले ८३ काम रोकेर आफ्ना माग पुरा गराउन दबाब दिईरहेका छन्।

दुई जना सवारी चालकको सवारी दुर्घटनामा मृत्यु भएको छ । उनीहरुलाई विना लाईसेन्स काम लगाईरहेको र कुवैतको दम्पनिले भिषा समेत उपलब्ध नगराएको अवस्थामा उनीहरुले क्षतिपूर्ति पाउने सम्भावना पनि न्युन देखिएको छ। यिनै घटनाका विषयमा समाचारहरु लेख्दा वा आवज उठाउदा केसीमाथि गरिएको भौतिक आक्रमण अहिले सर्वत्र निन्दा र अपराधीलाइ कडा कारवाही गरिनु पर्ने माग उठेको छ।

कुवैतस्थित एनआरएनएका अध्यक्ष राजेन्द्र तामाङले प्रेस विज्ञप्ति जारी घटनाको घोर निन्दा एवं भत्र्सना गरेका छन्। विज्ञप्तिमा भनिएको छ एनआरएनए कुवैत शाखाका सचिब सुजन केसीमाथि मेनपावर व्यवशायी रामचन्द्र सुवेदीद्धार भएको भौतिक आक्रमण खेद जनक एवं निन्दनिय छ। निज सुवेदीद्धारा गत साता मात्र एनआरएनए कुवैतका सदस्य तथा नयाँ नेपाल तथा मगर सँघ कुवैतका अध्यक्षलाई दिल पुनलाई समेत दूतावासमा साँघातिक हमला गरेको र दूतावासले कारवाही गर्ने आश्वासन दिएको अवस्थामा तिनै व्यक्तिले एनआरएनए कुवैत शाखाका सचिब सुजन केसीलाई अर्को आक्रमण गरेर सिंङ्गो एनआरएनएलाई चुनौती दिएका छन्।

समाचारमा आएककै विषयलाई लिएर आक्रमण गर्ने सुवेदीमाथि कडा भन्दा कडा कारवाही गरोस भन्ने हामी जोडदार माग गर्दै यसरी नै गैरअवासिय सघ केन्द्र र मिडलिष्टका शाखाहरुले समेत घटनाप्रति दुःख एवं खेद व्यक्त गर्दै दोषीलाई कडा कारवाही गर्न माग गरेको कुरा एनआरएनए कुवैतका अध्यक्षले बताए। उक्त घटानालाई लिएर कुवैतस्थित करिब एक दर्जन सँघ सस्थाले पनि निन्दा एवं विरोध गर्दै दोषीलाई कारवाहीको माग गरेका छन्।

ती एजेन्टलाई कुवैतबाट नेपाल फिर्ता पठाउने गरीको कारवाही गर्न पर्ने माग एवं दबाब राजदूत मधुवन पौडेलमाथि परेको छ। यसै सन्दर्भमा कुवैतका राजदूत मधुवन पौडेल भन्नु हुन्छ नेपाली समुदायबाट आएका आपत्ति र उजुरीमा दूतावास गंभिर रहेको र सुवेदीले दूतावासमा दिल पुनमाथि समेत गरेको आक्रमणलाई नेपालस्थित परराष्ट्र मन्त्रालयमा लिखित जानकारी गराउने बताउनु भयो।

Recent Videos:

Popularity: 6%

Add comment April 24th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2011
M T W T F S S
« Mar   May »
 123
45678910
11121314151617
18192021222324
252627282930  

Posts by Month

Posts by Category

More news....