Archive for April 25th, 2011

पोखराको लेकसाइडमा डरेन रेष्ट्रो एण्ड ककटेल सुरु

रेडियो बाराही/ एचकेनेपाल डट कम-
पोखरा, डरेन रेष्ट्रो एण्ड ककटेल बार पोखरा लेकसाइड-६ मा सोमवारदेखि सुरू भएको छ।

सेन्ट्रल लेकसाइडमा अवस्थित सो रेष्टुरेण्ट पर्यटन वर्ष सन् २०११ लाई मध्यनजर गर्दै सञ्चालनमा ल्याइएको सञ्चालक बुद्धि गुरुङले जानकारी दिनुभयो।

करीव ५५ लाख रुपैयाको लगानी रहेको रेष्टुरेण्टमा ककटेल र मकटेल विशेष आकर्षणको रुपमा रहेको सञ्चालक गुरुङले बताउनुभयो।

नेपाली, चाइनिज, इन्डियन, थाइ लगायतका देशहरुका परिकारहरु रेष्टुरेण्टमा उपलब्ध छन्। ल्याटिन अमेरिका र युरोपका पानी जहाजहरुमा हुने रेष्टुरेण्टको झल्को दिने तरिकाले रेष्टुरेण्टको डिजाइन गरिएको छ।

रेष्टुरेण्टले आगामी दिनमा मिडल इष्ट र टर्किज खानाहरुको व्यवस्थासमेत गर्ने जनाएको छ।

Recent Videos:

Popularity: 6%

Add comment April 25th, 2011

राहदानी दुरूपयोग गर्ने दुई सभासदहरू सात दिन थुनामा

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, जिल्ला अदालत काठमाडौंले कुटनीतिक राहदानी दुरूपयोग गर्ने सभासदद्वय गायत्री शाह र विश्वनाथप्रसाद यादवलाई थप सात दिन थुनामा राख्न आदेश दिएको छ।

यसअघि, अनुसन्धानका लागि उनीहरूलाई चार दिन थुनामा राखिएको थियो। अदालतले अनुसन्धानको लागि थप सात दिन थुनामा राख्न सोमवार आदेश दिएको हो।

कुटनीतिक राहदानी दुरपयोग गरेको आरोपमा उनीहरू गत मंगलवार दिउंसो संविधानसभा भवन नयाँ बानेश्वरबाट पक्राउ परेका थिए।

गायत्री शाह जनता दल र विश्वनाथप्रसाद यादव मधेसी जनअधिकार फोरमका तर्फबाट सभासद बनेका हुन्।

Recent Videos:

Popularity: 6%

Add comment April 25th, 2011

मगर भाषा सिक्दै पोखराका मगरहरू

रूद्र श्रीस मगर/ एचकेनेपाल डट कम -
पोखरा, आफ्नो जातीय पहिचानका रूपमा रहेको मातृभाषा पछिल्लो क्रममा लोप हुँदै जान थालेपछि पोखराका मगरहरू संरक्षण गर्ने अभियानमा जुट्न थालेका छन्।

मगर भाषाको बारेमा औपचारिक होस् या अनौपचारिक कार्यक्रम जहाँपनि कुराकानी र बहस हुने गरेको पाइन्छ।

विशेषगरी, पोखराका मगरहरूमा पनि स्याङ्जा, तनहूँ, पाल्पा, रोल्पा, रूकुमतिरबाट झरेका मगरहरूले आफ्नो मातृभाषा जानेको भएपनि बागलुङ, म्याग्दीतिरका मगरहरूले बोल्दैनन्।

राज्यको दमनका कारण पुर्खाहरूले भाषा बोल्न छोडेकाले आफूहरू मगर भाषा नबोलेको नेपाल मगर सङ्घ माटेपानी एकाई समिति पोखराका निवर्तमान अध्यक्ष दलबहादुर श्रीस मगरको भनाइ छ। अधिकांश बागलुङबाट झरेका मगरहरूको बाहुल्यता रहेको माटेपानी क्षेत्रमा नेपाल मगर सङ्घ माटेपानी एकाई समितिको आयोजनामा तीन महिने मगर भाषा कक्षाको सञ्चालन गरिएपछि मगरहरू आफ्नो हराउँदै गएको मातृभाषा सिक्न कम्मर कसेका हुन्।

एक हप्ताअघिदेखि सञ्चालित मगर भाषा कक्षामा माटेपानी क्षेत्रमा बसोबास गर्ने मगर भाषा नजान्ने मगरहरूको सहभागिता रहेको छ। सो भाषा कक्षामा अधिकांश मगर महिलाहरूको सहभागिता रहेको मगर भाषाका युवा प्रशिक्षक एवम् नेपाल मगर लेखक सङ्घ कास्कीका जिल्ला सचिव गोविन्द पुन मगरले बताउनुभयो।

निकै चाख दिएर प्रशिक्षार्थीहरूले भाषा कक्षा लिइरहेको प्रशिक्षक मगरको भनाइ छ। भाषा कक्षामा सहभागी प्रशिक्षार्थी एवम् नेपाल मगर महिला सङ्घ माटेपानी एकाई समितिका अध्यक्ष देऊरूपा श्रीस मगरले मगर भाषाको जगेर्ना र युवा पिंढीलाई भाषा संस्कृतिप्रतिको मोह भंग हुन नदिन आफूहरूले सो भाषा कक्षा सञ्चालन गरेको बताउनुभयो।

मगर भाषा सिक्नुपर्ने आवश्यकता यतिखेर अधिकांशले देख्न थालेका छन्। पोखराका सक्रिय युवा पत्रकार मनोज घर्ती मगरले समेत आफूले मगर भाषा सिक्न समय निकाल्न नसकेकोमा दुःख व्यक्त गर्नुभयो। मगर भाषा सिकेर आफ्नो जातीय पहिचानप्रति गर्व गर्नसक्ने हुनुपर्ने पत्रकार घर्ती मगरको भनाइ छ।

त्यस्तै, अर्का सञ्चारकर्मी गीता राना मगरलाई पनि मगर भाषा बोल्न नजानेकोप्रति दुःख लागेको छ।

मगर भाषाप्रति आजभोलि युवा पुस्ताले निकै चासो दिन थालेको पाइन्छ। मगर विद्यार्थीहरूलाई मगर भाषाप्रति मोह जगाउन नेपाल मगर विद्यार्थी सङ्घ कास्कीले पनि छिट्टै रामबजारमा मगर भाषा कक्षा सञ्चालन गर्न लागेको सङ्घका निवर्तमान जिल्ला अध्यक्ष एवम् मगर भाषा कक्षा सञ्चालन कार्यक्रमका संयोजक दिनेश काउचा मगरले बताउनुभयो।

सङ्घको गण्डकी अञ्चल समितिको संयोजनमा सो कक्षा सञ्चालन गर्न लागिएको अध्यक्ष विनोद रखाली मगरले जानकारी दिनुभयो।

Recent Videos:

Popularity: 6%

1 comment April 25th, 2011

ग्लास्गोमा धुमधामले मनाइयो नयाँ वर्ष

प्रकाश अर्याल / एचकेनेपाल डट कम-
ग्लास्गो, स्कटल्याण्ड। नयाँ वर्ष २०६८ को उपलक्ष्यमा ग्लास्गोस्थित ग्लास्गो नेपाली एशोसियसनले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

भिक्टोरिया हलमा आयोजित सो कार्यक्रममा एशोसिएसनका अध्यक्ष मोहनकुमार कार्कीले सबैजनामा शुभकामना ब्यक्त गर्दै आउँदा दिनहरुमा अझ उत्साहजनक कार्यक्रमहरु आयोजना गरिने प्रतिबद्धता ब्यक्त गर्नुभयो।

कार्यक्रममा ग्लास्गो आइपुग्नुभएका विश्व साइकल यात्री ढाकेश्वर बुढाथोकीलाई प्रमुख अतिथिको रुपमा स्वागत गरिएको थियो। सोही अवसरमा साइकलयात्री बुढाथोकीलाई एशोसियसनले आर्थिक सहयोग पनि प्रदान गरेको थियो।

एशोसियसनका सचिव माधव भण्डारीले कार्यक्रम संचालन गर्नुभएको थियो। कार्यक्रममा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुति रहेको थियो भने कार्यक्रम थप मनोरंजक बनाउन म्युजिकल चेयर र अक्सनको पनि आयोजना गरिएको थियो। कार्यक्रममा विजयीहरुलाई अध्यक्ष कार्कीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो।

Recent Videos:

Popularity: 6%

Add comment April 25th, 2011

बारामा मसाल जुलुस र बन्दको कार्यक्रम

आर.सि.एन / एचकेनेपाल डट कम-
बीरगञ्ज, दलित जनजाति पार्टी जिल्ला कार्य समिति बाराले जेठ १४ गतेभित्र संविधान जारी गर्न दबाब स्वरूप एक दिन जिल्ला बन्द र साँझ मसाल जुलुस निकाल्ने भएको छ।

अध्यक्ष गणेश पासवानले एक प्रेस विज्ञप्ति जारी गर्दै जेठ १४ गतेभित्र संबिधान निर्माण गरी जारी गर्नको लागि दबाब स्वरुप सो कार्यक्रम आयोजना गरिने जनाएका छन्।

प्रेस विज्ञप्तिमा संबिधानमा जनजाति, मुस्लिम, महिला, आदिबासी, पिछडाबर्गलगायत सबैको अधिकार सुनिश्चित हुने गरी संबिधान निर्माण गर्न आग्रह गरिएको छ।

बारा जिल्लाको सदरमुकाम कलैयामा बैशाख १३ गते बेलुकी ७ बजे मसाल जुलुस निकाल्ने र १४ गते बारा जिल्लामा रहेका सम्पूर्ण कलकारखाना, बजार र सवारी साधनहरुसमेत ठप्प पार्ने बिज्ञप्तिमा उल्लेख गरेको छ।

अध्यक्ष पासवानले उद्योगी, ब्यापारी, बुद्धिजिवी, नागरिक समाज, बिद्यार्थी र मजदुर लगायत सम्पूर्ण महानुभावहरुलाई सहयोग पुर्‍याई दिन अपिल समेत गरेका छन्।

Popularity: 6%

Add comment April 25th, 2011

प्रवासी नेपाली यूवा संघद्धारा शुभकामना आदानप्रदान

खेमनाथ पौडेल / एचकेनेपाल डट कम-
यूएइ, प्रवासी नेपाली यूवासंघले नयाँ बर्ष२०६८ सालको पावन अवसर पारेर गत अप्रिल २२ तारिख शुक्रवारका दिन अबुधावीस्थित एरलाईन्स रेष्टुरेण्टको एक हलमा शुभकामना आदान प्रदान तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।

नेपाली दूतावास यूएइका महामहिम राजदूत अर्जुनबहादुर थापाको प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व यूवासंघका केन्द्रिय अध्यक्ष महेश गिरीले गरेका थिए। यूएइमा स्थापना भएका विभिन्न संघसंस्था तथा प्रवासी नेपालीहरुको बृहत जमघट रहेको उक्त कार्यक्रममा एनआरएन आईसीसीका कोषाध्यक्ष रामेश्वर शाह, एनसीसीका अध्यक्ष चुणामणी ढकाल, नेपाली समाजका महासचिव प्रकाश कोईराला, प्रवासी नेपाली संघ यूएइका अध्यक्ष यमलाल शर्मा पगेनी, लुम्बीनी वेलफेयरका अध्यक्ष डिएल शर्मा, समाजेवी तथा पत्रकार लोकनाथ सुवेदी, सर्वदाबाङ्गमय प्रतिष्ठानका अध्यक्ष लक्ष्मण सापकोटा, नेपाली समाज अबुधावी क्षेत्रिय समितीका अध्यक्ष सूर्य गिरी आदि अथितिहरुको उपस्थित रहेको थियो। अथितिहरुले नयाँ बर्षो उपलक्ष्यमा सम्पूर्ण प्रवासी नेपालीहरु तथा प्रवासी नेपाली यूवा संघलाई शुभकामना दिएका थिए भने एक आपसमा शुभकामना आदान प्रदान पनि गरेका थिए। उक्त कार्यक्रममा उपस्थित अथितिहरुलाई युवासंघका उपाध्यक्ष रवि भुजेलले स्वागत गरेका थिए भने यूवा संघको छोटकरीमा जानकारी पनि गराएका थिए।

यूवा संघले प्रवासमा विभिन्न क्षेत्र खेलकुद, साहित्य, सामाजिक तथा पत्रकारितामा योगदान दिएका ब्यक्तिहरुलाई सम्मान गरेको थियो। अभिनारायण अधिकारी, लालबहादुर तामाङ्ग, विरमान तामाङ्ग, उक्तम लामा, तेज गिरी, राजेन्द्र ठकु महत, दिपेन्द्र केसीलाई प्रशंसापत्र तथा खादाले सम्मान गरेको थियो। उनीहरुले यूएइमा हुने विभिन्न खेलकुदमा स्वर्ण रजत, तथा कास्य पदक प्राप्त गरी नेपालीको लागि प्रशंसनीय कार्य गरेका थिए।

प्रवासमा साहित्यतर्फ विशेष योगदान दिने सर्वदा वाङ्गमय प्रतिष्ठान यूएइका अध्यक्ष लक्ष्मण सापकोटा तथा विभिन्न सामाजिक क्षेत्रमा योगदान पुराउने समाजसेवी डिएल शर्मा साथै प्रवासबाट पत्रकारिता क्षेत्रमा योगदान पुराउने पत्रकार खेमनाथ पौडेललाई पनि प्रशंसापत्र तथा खादाले सम्मान गरिएको थियो।

दोश्रो चरणको कार्यक्रम विशुद्ध साँस्कृतिक कार्यक्रम भएको थियो। निर्मल तामाङ्ग, कमल रेग्मी, ज्ञान लामा, सुनिता श्रेष्ठ, निस्चल श्री, कृष्ण बुढाथोकी, धन राज, सुजन लामा, प्रभुराम भुजेल, सन्तोस खाँड, आदी स्थानीय कलाकारहरुले विभिन्न गित तथा नृत्य प्रस्तुत गरेका थिए भने धनमान तामाङ्ग र सुनिता श्रेष्ठको युगल नृत्य खुवै जमेको थियो। बालकलाकारद्वय नाईल ढकाल र प्रिसेन्स कोईरालाको नृत्य सबैको आकर्षक भएको थियो। पहिलो चरणको कार्यक्रम बुद्धि सुवेदी तथा दोश्रो चरणको कार्यक्रम राजु भुजेलले सञ्चालन गरेका थिए।

Popularity: 6%

Add comment April 25th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2011
M T W T F S S
« Mar   May »
 123
45678910
11121314151617
18192021222324
252627282930  

Posts by Month

Posts by Category

More news....