Archive for May 1st, 2011

पत्रकारहरुको आन्दोलन राजधानीकेन्द्रीत

पत्रकारहरुको आन्दोलन राजधानीकेन्द्रीत
आन्दोलनलाई सशक्त बनाउन आमरण अनसन

प्रदीप पौडेल / एचकेनेपाल डट कम-
पोखरा, नेपाल पत्रकार महासंघ कास्की शाखामा तत्काल अधिवेसन बोलाउनुपर्ने मागसहित दश दिनदेखि अनसनमा बसेका क्रियाशील पत्रकारहरुको मागप्रति महासंघ केन्द्रीय समितिले बेवास्ता गरेको भन्दै आन्दोलित पत्रकारहरुले राजधानीकेन्द्रीत आन्दोलन थालेका छन्।

महासंघको केन्द्रीय अधिवेशनको मिति नजिकिदै गर्दा संर्घष समितिअर्न्तर्गतका ३५ जना सदस्यहरु शनिबार मध्याहृ संयोजक कृष्णप्रसाद बाँस्तोलाको नेतृत्वमा राजधानी प्रस्थान गरेका छन्।

उनीहरुले माग पूरा गराउन दबाव दिदै महासंघको केन्द्रीय कार्यालय परिसरमा आमरण अनसन थाल्नेछन्। पोखरामा १० दिनसम्म भएको रिले अनसन स्थगित गर्दै आमरण अनसनलगायतका थप आन्दोलनका लागि पत्रकारहरु राजधानीकेन्द्रीत भएका हुन्।

आन्दोलनलाई थप सशक्त बनाउन पत्रकार सम्मेलन, महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी, सर्वोच्च अदालतमा रिट दायरलगायतका कार्यक्रम पनि गरिने संयोजक बाँस्तोलाले बताउनुभयो।

विधिसम्मत् ढंगले महासंघको जिल्ला अधिवेसन बोलाउने आन्दोलित पत्रकारको जायज मागलाई कसैले पनि कुनै पनि बहानामा बेवास्ता गर्न नपाइनेे उहाँले जोड दिनुभयो ।
अधिवेसन नै नगरी ७ बैशाखमा दलीय आधारमा महासंघको जिल्ला कार्यसमिति र पार्ष्मा चौतारी, यूनियन र क्रान्तिकारीले भागवण्डा लगाएपछि क्रियाशील पत्रकारहरु आन्दोलनमा उत्रिएका हुन्।

आन्दोलित पत्रकारहरुले महासंघ कास्कीको कार्यालयमा १० दिनदेखि तालाबन्दीसमेत गर्दैआएका छन् । महासंघको निर्माणाधीन भवन पार्दीमा शनिबार बिहानसम्म जारी रिले अनसनमा ५९ जना पत्रकार सहभागी भए । आन्दोलनलाई शाखाका कुल दर्ुइ सय ६० सदस्यमध्ये १ सय ५५ बढी सदस्यले ऐक्यबद्धता जनाएका छन् । साथै नागरिकसमाज, मानवअधिकारवादी एवं विभिन्न संघसंस्था तथा जिल्लाका विभिन्न दलहरुले पनि ऐक्यबद्धता जनाएका छन्।

आन्दोलित पत्रकारहरुले बिरोधमा पुनरावेदन अदालत पोखरामा दायर गरेको रिटमा न्यायाधीश किशोर सिलवालको एकल इजलासले विपक्षीको नाममा १५ दिनभित्र कारण देखाउ आदेशसमेत जारी गरेको छ । संर्घष्ा समितिका संयोजक बाँस्तोला र प्रेस स्वतन्त्रताका सेनानी केशवराज पराजुलीले दायर गर्नुभएको रिटमा अभिवक्ताद्धय तिलक पराजुली र रोहितराज बाँस्तोलाले बहस गर्नुभएको थियो । मुद्दामा पत्रकार महासंघ कास्कीका अध्यक्ष नारायण कार्की र अवैधानिक तवरले अध्यक्षमा चयन भएका बद्रीविनोद प्रतीकलाई विपक्षी बनाइएको छ।

महासंघ केन्द्रीय समितिले शुक्रबारमात्रै आन्दोलित पत्रकारहरुको मागप्रति बेवास्ता गर्दै दलीय भागवण्डामा भएको कार्यसमितिलाई अनुमोदन गरेको बताइएपछि पत्रकारहरु थप आक्रोशित भएका हुन्। महासंघको महाधिवेशन यही २० र २१ गते काठमाडौमा हुँदैछ।

Recent Videos:

Popularity: 6%

Add comment May 1st, 2011

संविधान निर्माणमा जिम्मेवार बन–राष्ट्रपति डा यादव

एचकेनेपाल डट कम संवाददाता-
राष्ट्रपति डा रामवरण यादवले शान्ति र संविधान निर्माणमा परिणाम देखिने गरी काम गर्न जिम्मेवार राजनीतिक दलको ध्यानाकर्षण गर्नुभएको छ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटघाटबारे सञ्चारकर्मीहरूलाई जानकारी दिंदै सभाध्यक्ष सुवास नेम्वाङले संविधानसभाको म्याद एक वर्ष थपिए पनि यसबीचमा शान्ति प्रक्रिया र संविधान निर्माण कार्यले गति लिन नसकेकोमा राष्ट्रपति चिन्तित देखिनुभएको बताउनुभयो।

राष्ट्रपति डा यादवले जिम्मेवारीबोधका साथ राष्ट्र र जनतालाई केन्द्रमा राखेर शान्ति र संविधान प्रक्रियामा अघि बढ्न दलहरूसँग आग्रह गर्नुभएको पनि उहाँले बताउनुभयो।

भेटका अवसरमा शान्ति र संविधान लेखन प्रक्रियासहित यही वैशाख १९ गतेदेखि सुरु हुने बजेट अधिवेशनसम्बन्धी आफूले राष्ट्रपतिलाई जानकारी गराएको उहाँले स्पष्ट पार्नुभयो।

Recent Videos:

Popularity: 7%

Add comment May 1st, 2011

पत्रकार महासङ्घको महाधिवेशनका लागि १०८ जनाको उम्मेदवारी

एचकेनेपाल डट कम संवाददाता-
नेपाल पत्रकार महासङ्घको २३ औँ महाधिवेशनका लागि उम्मेदवारी दर्ता गर्ने कार्य सम्पन्न भएको छ।

महासङ्घको यही वैशाख २० र २१ गते काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुन गइरहेको २३ औँ महाधिवेशनका लागि अध्यक्षसहित ३१ पदका लागि १०८ जनाको उम्मेदवारी दर्ता भएको छ।

केन्द्रीय निर्वाचन समितिद्वारा जारी गरिएको निर्वाचन कार्यविधि निर्देशिका, २०६७ वमोजिम निर्वाचन समितिले आज मनोनयन दर्ता गर्ने कार्य सम्पन्न गरेको हो।

महासङ्घको अध्यक्ष पदका लागि पोषण केसी, शिव गाउँले, केदार कोइराला, डम्बर गिरी र चन्द्रदेव कामतीले आ–आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ भने उपाध्यक्षमा यशोदा तिम्सिना, रमेश विष्ट र विजयकुमार बर्माले उम्मेदवारी दिनुभएको छ।

महासचिवमा ओम शर्मा, दीपक पाठक र रामजी दाहाल, सचिवमा चन्द्रमान श्रेष्ठ, जगत नेपाल, तिलक कोइराला, दिनेश्वरप्रसाद गुप्ता र रामप्रसाद दाहाल, कोषाध्यक्षमा उजिर मगर, गजेन्द्र बुढाथोकी, नारायण अमृत, वीरमान शेर्पा, बृजकुमार यादव र शीतल साहले उम्मेदवारी दर्ता गराउनुभएको छ।

त्यस्तै, पूर्वाञ्चल सदस्यमा कुमार ओझा, जनकऋषि राई, डम्बरसिंह(हम्रुङ) राई, दीपककुमार दाहाल, भरत जर्घामगरलगायत १२ जना, मध्यमाञ्चल (उपत्यकाबाहेक) सदस्यमा गुरुप्रसाद गातम, प्रताप विष्ट, भोला थापा, महेश दास र राकेशकुमार चौधरी, उपत्यका सदस्यमा कमल गुरुङ, दामोदर तिमल्सिना, दीपक पाण्डे, नवराज चालिसे, फणिन्द्र दाहाल र युवराज विद्रोहीले उम्मेदवारी दर्ता गराउनुभएको छ।

पश्चिमाञ्चल सदस्यमा किशोरजङ्ग थापा, जगदीश भट्टराई, मोहन चापागाईँ, रुद्रप्रसाद भट्ट, सन्जय पन्थी, मध्यपश्चिम सदस्यमा श्रीराम सिग्देल, अर्जुन गिरी, केबी मसाल, मेघराज भट्ट, मोतिलाल पौडेललगायत १० जना, सुदूरपश्चिम सदस्यमा कर्ण शाह, दिलबहादुर छन्त्याल, राजेन्द्र नाथ, लक्ष्मीदत्त पाण्डेले उम्मेदवारी दर्ता गराउनुभएको छ।

कर्णाली क्षेत्रको सदस्यका लागि जयबहादुर रोकाया, नवराज महतारा, नरेन्द्रनाथ योगी, भीम कसिङ्गरमीम सिंह नेपाली, महिला सदस्यमा गौरी कठायत, तृष्णा कुवँर, दुर्गा भण्डारी, भावना विद्रोही (प्रसाईँ), रीता गुरुङ, रेणु झा, लीला शाह, सङ्गीता खड्का र शान्ता बस्नेतले उम्मेदवारी दिनुभएको छ।

दलित सदस्यमा हीरालाल विश्वकर्मा, प्रकाशचन्द्र परियार, गोविन्द परियार, निशा विश्वकर्मा र मणिलाल विश्वकर्मा, तथा आदिवासी/जनजाति कोटामा खिम घले, दिपेन्द्र वान्तवा, दिलिप थापामगर र राजु लामाले उम्मेदवारी दर्ता गराउनुभएको छ।

त्यस्तै, मधेसी कोटाका लागि अजयकुमार झा, कुमार विवेकानन्द मिश्र, दिनेश देव, धर्मेन्द्र कर्ण, प्रभातकुमार झा, मनोज झा मुक्ती, मुरलीप्रसाद यादव, राजेश मिश्र, हेमशङ्कर सिंह, प्रतिष्ठान सदस्यका लागि किरण चापागाइँ, खिला कार्की, बालकृष्ण बस्नेत, मधुसुदन पन्थी, माधव दुलाल, मात्रिका पौडेल, राजन कुइँकेल र बासुदेव तिमिल्सिनाले उम्मदेवारी दर्ता गराउनुभएको छ।

एसोसिएट सदस्यका लागि उज्ज्वल आचार्य (कृष्णप्रसाद), ध्रुव लम्साल र प्रकाश थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ। यही वैशाख १८ गते उम्मेदवारीमा दाबीविरोधपछि अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ।

Recent Videos:

Popularity: 7%

Add comment May 1st, 2011

मोर्चाद्वारा सशस्त्र सङ्घर्ष र हतियार परित्यागको घोषणा

एचकेनेपाल डट कम संवाददाता-
तराईमा सशस्त्र सङ्घर्ष गर्दै आएको जनतान्त्रिक तराई मुक्ति मोर्चाले सशस्त्र सङ्घर्ष र हतियार परित्याग गरेको घोषणा गरेको छ।

मोर्चाका अध्यक्ष राजीव झा ‘उत्कर्षमुक्ति’ ले राजविराजमा एक पत्रकारसम्मेलन आयोजना गरी सो घोषणा गरेका हुन्।

पत्रकारसम्मेलनमा अध्यक्ष झाले भन्नुभयो – ‘मधेसी जनताको आग्रहलाई आत्मसात गर्दै आजैदेखि हामी सशस्त्र सङ्घर्षको बाटो र हतियार दुवै परित्याग गरी शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेका छौं र मधेस मुक्तिको आन्दोलनलाई अझ उचाइमा पुर्‍याउने घोषणा र प्रतिबद्धता व्यक्त गर्दछौं।’

Recent Videos:

Popularity: 7%

Add comment May 1st, 2011

जेठ १४ भित्र संविधान बन्दैन–मन्त्री अनन्त

एचकेनेपाल डट कम संवाददाता-
शान्ति तथा पुनःनिर्माणमन्त्री वर्षमान पुन अनन्तले तोकिएको समय आगामी जेठ १४ भित्र संविधान बन्न नसक्ने बताउनुभएको छ।

सदरमुकाम खलङ्गामा गरिएको पत्रकार भेटघाट कार्यक्रममा उहाँले अहिलेको राजनीतिक अवस्था पेचिलो र कठिन रहेको उल्लेख गर्दै उच्चस्तरीय राजनीतिक सहमतिबिना सहज निकास संभव नरहेको बताउनुभयो।

विसं. २०४६ को संविधान तत्कालीन राजा, प्रजातान्त्रिक शक्ति र वामशक्तिहरू मिलेर बनाइएको हो भन्दै मन्त्री पुनले अबको संविधान प्रगतिशील वामपन्थी र लोकतन्त्रवादीहरूको साझा दस्तावेजका रुपमा आउने बताउनुभयो।

तोकिएको समयमा संविधान जारी हुनै नसक्ने र अहिलेसम्म सहमति जुटेका विषवस्तुलाई क्षमायाचनासहित जनतासामु लगेर मात्रै अरु ६ महिना समय थप्न सकिने मन्त्री पुनको भनाइ थियो।

तोकिएको समयमा संविधान जारी नभए मुलुकमा अस्थिरता र अराजकताको अवस्था सिर्जना हुनसक्ने बताउँदै उहाँले त्यसो भए देश फेरि द्वन्द्वमा जानसक्छ भन्नुभयो।

राजनीतिक दलहरूबीच संविधान निर्माणका विवादित विषयमा सहमति जुट्न नसके मस्यौदाका रुपमा संविधानको खाकालाई जनतामाझ लैजानुपर्ने र साझा धारणा बनाउनुपर्ने मन्त्री पुनको कथन थियो।

Popularity: 7%

Add comment May 1st, 2011

जेठ १४ अघि सहमति बन्छः प्रचण्ड

एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेठ १४ अघि नै दलहरूबीच उच्चस्तरको सहमति बन्ने बताउनुभएको छ।

दलहरूबीच उच्चस्तरमा छलफल गरी निकास निकाल्ने सहमति भइसकेको पनि उहाँले खुलासा गर्नुभएको छ।

एमाओवादी निकट नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनको प्रथम ताम्सालिङ भेलालाई कृषि क्याम्पस रामपुरमा सम्बोधन गर्दै अध्यक्ष दाहालले तुरुन्तै महत्वपूर्ण छलफल सुरु गर्ने बताउनुभयो। उच्चस्तरको छलफलले जेठ १४ अघि नै निकास निकाल्ने उहाँको भनाइ थियो।

जेठ १४ भित्र संविधानको एकीकृत मस्यौदामात्र बन्ने बताउँदै उहाँले पूर्ण संविधान बन्नका लागि थप समय आवश्यक हुने बताउनुभयो। जनताले हासिल गरेको उपलब्धिलाई विघटन नभई संस्थागत गर्नु आफूहरूको जिम्मेवारी भएको उहाँले बताउनुभयो।

सङ्क्रमणकालीन अवस्थाबाट देशलाई निकास दिन एमाओवादी प्रतिबद्ध रहेको बताउँदै उहाँले वर्तमान सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयत्न भइरहेको बताउनुभयो।

उहाँले सोमबारदेखि संविधान निर्माण र शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउनका लागि एमाओवादीले विविध कार्यक्रम सुरु गर्न लागेको पनि खुलासा गर्नुभयो। उहाँले भन्नुभयो–’पर्सिदेखि जेठ १४ गतेसम्म हामी विभिन्न कार्यक्रम गर्दैछौँ।’

Popularity: 7%

Add comment May 1st, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2011
M T W T F S S
« Apr   Jun »
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Posts by Month

Posts by Category

More news....