Archive for May 2nd, 2011

आन्दोलित पत्रकारहरुको जीत, सहमतिपछि अनसन तोडियो

आन्दोलित पत्रकारहरुको जीत, सहमतिपछि अनसन तोडियो
कास्की शाखाको अधिवेशन जेठ १४ गतेभित्र बोलाइने

प्रदीप पौडेल एचकेनेपाल डट कम -
काठमाडौ, पत्रकार महासंघ कास्की शाखाको विधिसम्मत् अधिवेशन हुने सहमति भएपछि आन्दोलित पत्रकारहरुले आमरण अनसन तोडेका छन्।

अधिवेशन नै नबोलाइकन भएको दलीय सहमतिबिरुद्ध आन्दोलित पत्रकारहरुले आइतबारदेखि महासंघको केन्द्रीय कार्यालय काठमाडौमा आमरण अनसन सुरु गरेका थिए।

महासंघको केन्द्रीय समिति र आन्दोलित पत्रकारको संर्घष समितिबीच सोमबार भएको सहमतिमा आगामी जेठ १४ भित्र महासंघ कास्की शाखाको विधिसम्मत् अधिवेसन बोलाइने छ। तर, दलीय आधारमा चुनिएका पार्षदहरुले महासंघको मंगलबारदेखि सुरु हुने केन्द्रीय महाधिवेसनमा भाग लिन पाउने छन्।

महासंघका केन्द्रीय सभापति धमेन्द्र झा, पूर्व अध्यक्ष तारानाथ दाहाल, संर्घष समितिका सदस्य कमल पौडेल अथकबीच सहमतिपत्रमा हस्ताक्षर भएको संर्घ समितिका संयोजक कृष्णप्रसाद बाँस्तोलाले जनाए। जिल्लाको अधिवेशन बोलाउँदा सभापतिमा नारायण कार्कीलाई मान्यता दिइनेछ भने हालै चुनिएका कार्यसमितिका पदाधिकारीहरुलाई मान्यता दिइने छैन।

अधिवेशन नै नबोलाइकिन रातारात होटेलको कोठामा दलीय आधारमा पत्रकारहरुले आफू र आफूनिकटका पत्रकारहरुलाई कार्यसमिति र पार्षदमा चयन गरेपछि स्वतन्त्र एवं क्रियाशील पत्रकारहरुले विधिसम्मत् अधिवेशनको माग गर्दै भोक हड्तालमा उत्रिएका थिए। उनीहरुले पोखरामा १० दिनसम्म भोकहड्ताल गरे पनि मागप्रति कुनै सुनुवाई नभएपछि दबाव दिन आइतबारदेखि आमरण अनसनसहित राजधानीकेन्द्रीत आन्दोलन थालेका थिए। महासंघको केन्द्रिय कार्यालयमा पत्रकारहरु नवीन सिग्देल, ओम हमाल, कमल पौडेल ‘अथक’ आमरण अनसनमा बसेका थिए। अनसन बसेको भोलिपल्टै अनसनकारीलाई महासंघका केन्द्रीय सभापति झा र पूर्वअध्यक्ष दाहालले सहमतिपछि जुस खुवाएर अनसन तोडाएका हुन्।

लोकतन्त्रमा चुन्ने र चुनिने अधिकार हनन् भएपछि बिरोध जनाएका पत्रकारहरुको मागप्रति वेवास्ता गर्दै दलनिकट संगठनले छानेका नामावलीलाई केन्द्रले मान्यता दिएपछि उनीहरु आमरण अनसन बस्न बाध्य भएका हुन्।

क्रियाशिल पत्रकारहरुले एमाले निकट प्रेस चौतारी, कांग्रेस निकट प्रेस यूनियन र माओबादी निकट क्रान्तिकारी संघले अबैधानिक ढंगले छानेका पार्सद र जिल्ला कार्यसमितिलाई अमान्य घोषणा नगरेसम्म आमरण अनसन फिर्ता नलिने उनीहरुको अडानप्रति नजरअन्दाज गरिएपछि आइतबार महासंघका केन्द्रीय सभापति झा नेतृत्वको टोलीले आन्दोलित पत्रकारहरुमाथि आक्रमण गरेको थियो।

आक्रमणमा परी घाइते पत्रकार कृपा भण्डारीलाई अस्पताल भर्ना गरिएको थियो भने अन्य पत्रकारहरु सामान्य घाइते भएका थिए। अधिबेशन नै नगरी स्वतन्त्र पत्रकारहरुको छाता संगठनमा दलीय भागवण्डाका आधारमा दलका कार्यकर्ता, ब्यापारी, ब्यबसायी, कर्मचारीको बाहुल्यता कायम गरिएको बिरोधमा कास्कीबाट तीन दर्जन पत्रकार महासंघको कार्यालयमा पुगेका थिए।

२ सय ६० सदस्य रहेको कास्की महासंघमा अधिबेशनको माग गर्दै बहुमत सदस्यहरुले महासंघको केन्द्रिय कार्यालयमा हस्ताक्षर समेत बुझाएका थिए। यता, पुनराबेदन अदालत पोखराले अबैधानिक कार्यसमिति र पार्सदको बिरुद्व कारण देखाउ आदेश जारी गरिसकेको छ।

Recent Videos:

Popularity: 7%

Add comment May 2nd, 2011

बिन लादेन मारिए

एचकेनेपाल डट कम संवाददाता-
अमेरिकाले आतंकवादी संस्था घोषणा गरेको अल कायदाका प्रमुख ओसामा बिन लादेनलाई गएराति अमेरिकी सेनाले पाकिस्तानको राजधानी इस्लामावाद नजिकैको घरमा आक्रमण गरी मारेका छन्।

उनको टाउकोमा गोली हानिएको सीएनएनले जनाएको छ।

अमेरिकी राष्ट्रपति बाराक ओबामा राष्ट्रका नाममा सम्बोधन गर्दै ओसामा बिन लादेनलाई आफ्नो निर्देशनमा गरिएको आक्रमणमा मारिएको घोषणा गरे।

घोषणासँगै राति अबेरसम्म पनि ह्वाइट हाउसअगाडि अमेरिकी झण्डा बोकेर खुसियाली मनाउनेहरुको भीड लागेको छ।

Recent Videos:

Popularity: 7%

Add comment May 2nd, 2011

क्षत्रीहरुले अनिश्चितकालीन काठमाडौँ बन्द गर्ने

एचकेनेपाल डट कम संवाददाता-
निर्धारित मितिमै संविधान जारी गर्न दबाब दिने उद्देश्यले क्षेत्री समाज नेपालले जनचेतना र दबाबमूलक कार्यक्रम गर्ने भएको छ।

आन्दोलनको पहिलो चरणमा प्रमुख जिल्ला अधिकारी र प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ। मागहरू सम्बोधन नभए जिल्ला, क्षेत्र हुँदै अनिश्चितकालीन काठमाडौँ बन्द गर्ने कार्यक्रम रहेको महासचिव खड्काले बताउनुभयो।

Recent Videos:

Popularity: 6%

2 comments May 2nd, 2011

च्याउ खाँदा चारजना बेहोश

एचकेनेपाल डट कम संवाददाता-
तनहुँमा च्याउ खाएर चारजना बेहोश भएका छन्। जिल्लाको क्यामिन गाविस–१ सिमलटार निवासी विष्णु बहादुरका छोरीहरू १८ वर्षीया सुनिता दरै, १६ वर्षीया गीता दरै, १५ वर्षीया आशा दरै र उनकी भान्जी जमुना दरै बेहोश भएका हुन्।

घरनजिकै भत्केको घरमा पलाएको च्याउ घरमा ल्याएर खाएपछि उनीहरू एकाएक बेहोश भएको बुबा विष्णुबहादुर दरैले बताउनुभयो।

बेहोश भएका चारैजना दमौली अस्पतालमा उपचार गराई घर फर्केका छन्। विषालु च्याउ खाएका कारण उनीहरू बेहोश भएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्। उनीहरूको अवस्था अहिले सामान्य भइसकेको बताइएको छ।

Recent Videos:

Popularity: 6%

Add comment May 2nd, 2011

परीक्षामा अनियमितता गर्नेलाई ६ महिना कैद १ लाख जरिवाना

एचकेनेपाल डट कम संवाददाता-
उच्चमाध्यमिक शिक्षा परिषद्ले आजदेखि सञ्चालन गर्ने कक्षा १२ को परीक्षामा नियमिततर्फ दुई लाख ६४ हजार ५०२ जना र आंशिकतर्फ एक लाख २३ हजार ३१० जना गरी कुल तीन लाख ८७ हजार ८१२ जना परीक्षार्थी सहभागी हुने छन्।

त्यसैगरी जेठ १ गते सुरु भएर जेठ १२ गते सम्पन्न हुने कक्षा ११ को परीक्षामा नियमिततर्फ तीन लाख पाँच हजार ३२९ जना र आंशिकतर्फ एक लाख ६३ हजार १६ जना गरी कुल चार लाख ६८ हजार ३४५ जना परीक्षार्थी सहभागी हुने छन्।

पत्रकारसम्मेलनमा शिक्षा मन्त्रालयका सचिव शंकर पाण्डेले परीक्षामा अमर्यादित काम गर्ने व्यक्तिलाई छ महिना कैद र एक लाखसम्म जरिवाना गरिने बताउनुभयो।

सो परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ।

Popularity: 6%

Add comment May 2nd, 2011

आजदेखि सुरु हुने व्यवस्थापिका–संसदको अधिवेशन चल्न नदिने

एचकेनेपाल डट कम संवाददाता-
प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित विभिन्न ११ दलले आजदेखि सुरु हुने व्यवस्थापिका–संसदको अधिवेशन चल्न नदिने निर्णय गरेका छन्।

मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष बिजयकुमार गच्छदारको अध्यक्षतामा सिंहदरवारमा बसेको ११ दलको बैठकले बजेट अधिवेशनका रूपमा परिचित वर्षे अधिवेशन अवरुद्ध गर्ने निर्णय गरेको हो।

बैठकपछि नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले हतारमा बजेट ल्याएर शान्ति र संविधान लेखनजस्तो मूल मुद्दालाई ओझेल पार्न लागेको भनी आपत्ती प्रकट गर्दै अधिवेशन चल्न नदिने निर्णय भएको जानकारी दिनुभयो।

काँग्रेस संसदीय दलको बस्ने बैठकले विस्तृत कार्यक्रम तय गर्ने बताउँदैै उहाँले अधिवेशन अवरुद्ध गरी बजेट छिटो ल्याउन नदिन विभिन्न ११ राजनीतिक दलबीच सहमति भएको बताउनुभयो।

फोरम लोकतान्त्रिक संसदीय दलका प्रमुख सचेतक रामजनम चौधरीले शान्ति र संविधान लेखनलाई ओझेलमा पार्ने उद्देश्यले सुरु हुनलागेको बजेट अधिवेशन चल्न नदिने विषयमा सर्वसम्मत निर्णय भएको जानकारी दिनुभयो।

बैठकमा नेपाली काँग्रेस, फोरम (लोकतान्त्रिक), तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनशक्ति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, दलित जनजाति पार्टी, नेपाः राष्ट्रिय पार्टीलगायत ११ पार्टीका नेताहरूको सहभागिता थियो।
बजेट अधिवेशनका रूपमा परिचित व्यवस्थापिका–संसदको वर्षे अधिवेशन आज दिउँसो ३ बजे संविधानसभा भवन नयाँ बानेश्वरमा सुरु हने कार्यक्रम छ।

Popularity: 6%

Add comment May 2nd, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2011
M T W T F S S
« Apr   Jun »
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Posts by Month

Posts by Category

More news....