Archive for May 3rd, 2011

आबुधाबीमा निर्देशक प्रकाश पौडेल

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
रुन्चे गायकका रुपमा परिचित गायक प्रकाश पौडेल निर्देशकको रुपमा समेत आफूलाई अगाडि ल्याउन प्रयासरत छन्।

उनले आमा, काले, हेलो, बाबाजी लगायतका आफ्नै गीतहरुको म्यूजिक भिडियो आफ्नै निर्देशनमा तयार गरिसकेका छन्।

उनले ‘आमा’ बोलको गीतको भिडियो नेपालमै पहिलोपल्ट वानटेक भिडियोको रुपमा तयार गरेका थिए। त्यस्तै भर्खरै मात्र उनले आफ्नो नयाँ एल्बम ‘सिक्स मच’ को ‘हेलो’ बोलको गीतको समेत वानटेक भिडियो तयार पारेका छन्।

त्यस्तै, उनले चर्चित गायक राजेश पायल राईको ‘कुकुचरी ‘ र ‘अल्छी लागे ‘ बोलका दुइ गीतको भिडियो समेत निर्देशन गरिसकेका छन्। ‘कुकुचरी’ को भिडियोबाट उनले राम्रै प्रशंसा पाएका थिए।

‘डाक्टर साप’ नामक टेलिसिरियलसमेत निर्देशन गरिसकेका प्रकाशले ‘मुस्कान’ नामक छोटो चलचित्र समेत निर्देशन गरिसकेका छन्।

गएको फागुनमा आफ्नी प्रेमिकासँग विहे गरेका प्रकाश हाल आबुधाबीमा एक फाइनान्स कम्पनीमा कार्यरत छन्। त्यहाँ आफ्नो कामसँगसँगै उनले डिजिटल फिल्म मेकिङ सम्बन्धी कोर्षसमेत गरिरहेका छन्। यसै सिलसिलामा प्रकाशले गीतकार बसन्त मोहनको रचना तथा गायक शिव परियारको स्वर रहेको ‘आगो सहेर पानी दिँदा’ बोलको गीतको म्यूजिक भिडियो निर्देशन गरेका छन्।

गएको शुक्रबार आबुधाबीको समुद्री तटमा सुटिङ गरिएको उक्त गीतमा विकास अधिकारी र सन्तोषी सिंहले अभिनय गरेका छन् भने जयराम लामा र सरोज शाक्यले क्यामेरा चलाएका छन्।

आफ्नो फिल्म मेकिङ कोर्षअर्न्तगत उनले उक्त भिडियो निर्देशन गरेका भएपनि चाँडै उक्त भिडियो नेपाली टिभी च्यानलहरुमा प्रदर्शनमा आउने निर्देशक पौडेलले बताए। एक वर्षपछि नेपाल आएर फिल्म तथा संगीत क्षेत्रमा लागि पर्ने समेत पौडेलले बताए।

Recent Videos:

Popularity: 6%

Add comment May 3rd, 2011

बस दुर्घटनामा १५ जनाको मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
सिन्धुली, सिन्धुलीको खुर्कोटबाट बनेपा आउँदै गरेको यात्रु वाहक बस मंगलवार दुर्घटना हुंदा १५ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा सिन्धुलीको श्रीजंग गणका अमल्दार शिवबहादुर कार्की, पुनारो झागाझोलीका श्याम बस्याल र रामेछाप भीरपानी- ७ का आइती माझी रहेका छन् भने अरूको सनाखत हुन सकेको छैन।

बा २ ख ३३७५ नम्बरको बस रिठ्ठे भन्ने ठाउंमा दुर्घटना भएको प्रहरीले जनाएको छ। रिठ्ठे भिरबाट करीव ३० मीटर तल खसेर अड्किएको बसमा यात्रुहरू च्यापिदा उनीहरूको मृत्यु भएको हो।

अधिकांश मातातीर्थ औंसीको दिन आमाको मुख हेर्न हिँडेका यात्रुहरू बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

स्थानीय र प्रहरीको सहयोगमा उद्धार कार्य भैरहेको छ भने घाइतेहरूको उपचारको लागि धुलिखेल अस्पताल ल्याइएको छ।

Recent Videos:

Popularity: 6%

Add comment May 3rd, 2011

धिरजको गीतमा रातभरी नाच्यो धरान

रत्नप्रसाद आचार्य / एचकेनेपाल डट कम-
धरान, दिनभरीको ३० डिग्रिको तापक्रमको थकानमा रहेका धरानवासि बेलुकाको सितल छाहारीमा मज्जा लिनलाइ पर्किरहेका।

शनिवार राति धरानको पब्लिक स्कृलको मैदानमा सयौं दर्शकहरु प्रतिक्षा गरिरहेका थिए उनै नेपाली माइकल ज्याक्सन उपनामका गायक धिरज राइलाई। धिरजको एकल प्रस्तुति वेलुका ८ बजेदेखि प्रस्तुत हुने आयोजक धरान दोजाङले एकहप्ता अगाडिदेखि चाजो मिलाइ सकेको थियो।

निर्धारित समयमा धिरज कार्यक्रम स्थलमा नदेखिएपछि धराने दर्शक आयोजकसंग रुष्ट देखिन्थे । कतिपय दर्शक त कार्यक्रम ढिलो भयो भन्दै आयोजकलाई गाली गर्दै घर फर्किन थालिसकेका थिए। आयोजक मुल ब्यवस्थापन समितिका सचिव गोपाल राई धिरजलाई फोन गरि कार्यक्रममा छिटो आइदिनु पर्यो दर्शकहरुको गाली सहिनसक्नु भयो भन्दैथिए। रातको साडे नौ बजिसकेको थियो गायक धिरजपनि सुटुक्क कार्यक्रम स्थलमा उपस्थित भए। कार्यक्रम सञ्चालक सुरेश राईले पनि गायक धिरजलाई मञ्चमा निम्ताइ हाले। नमस्ते धरान भन्दै मञ्चमा देखिएका धिरजलाई दर्शकले नमस्ते फर्काउदै गडगडाहक तालीले स्वागत गरे। दर्शकको तालीले मख्खैपरेका धिरज पनि लठ्ठै देखिन्थे।

कि बाच्न देउ कि मर्न देउ बोलको गीतबाट गाउन सुरु गरेका धिरजले एकदर्जन गीत प्रस्तुत गरेर उपस्थित दर्शकलाई कम्मर मर्काइ मर्काइ नचाएका थिए। उनले सै ढोले सै अर्को ढोले खै… गीतको बोलमा उपस्थित धराने दर्शकलाई साकेला नाच नचाएका थिए। उनले गीत प्रस्तुत गर्दै गर्दा धिरज राइलाई के चाहिन्छ भन्दै दर्शकहरुलाई प्रश्न तेर्साएका थिए । धराने दर्शक पनि के कम थिएर धिरजको प्रश्न भुइमा खस्न नपाउदै हल्ला चाहिन्छ भन्दै उफ्री उफ्री नाच्न थालेपछि त गायक धिरज पनि मख्खै परेका देखिन्थे।

हजारौ दर्शकको हल्लामा धिरजले शनिवार राति धरानने दर्शकलाई गीत गाएर मज्जाले नै तताइ दिएका थिए। दुई घण्टे आफनो प्रस्तुतिमा धिरजले सेकिड सेकिड…, लुकि लुकि.., मुसुमुसु हास्दा…, मिस्टेरियसगल…, तिमी रुंदा….., लगायतका एक दर्जन गीत प्रस्तुत गरेका थिए। धिरजको गितमा धराने दर्शकहरु कोही त बरफ, आइस्क्रिम खादै नाचिरहेका देखिन्थे। धरानमा जारी खेलकुद महोत्सवको अवसरमा आयोजक धरान तेक्वान्दो दोजाङले धिरजको एकल कर्न्सट साँस्कृतिक कार्यक्रमको बन्दोबस्त मिलाएको थियो।

Recent Videos:

Popularity: 6%

1 comment May 3rd, 2011

सन्तकुमार ल्याउँदैछन् रंगहरु

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम -
पाँचथर जिल्लाको सेराङ डाँडास्थित गाउँमा जन्मेर हाल ब्रुनाइमा बसोबास गर्दै आएका सन्तकुमार आङदेम्बे नेपाली सांगीतिक बजारमा गीतकारको रुपमा आउँदैछन् एल्बम रंगहरुमार्फत।

२०४४ सालदेखि साहित्य गतिविधिमा संलग्न गीतकार आङदेम्बेको एल्वम ‘रंगहरु’ पहिलो कृति भएपनि उनका थुप्रै फुटकर रचना विभिन्न पत्रपत्रिकामा प्रकाशित भईसकेका छन्।
आफ्नो जन्मथलो, आफ्नो देशप्रति अति नै बफदार गीतकार आङदेम्बेले आफ्नो पछिल्लो एल्बमका गीतहरुमा पनि त्यस्तै भावहरु समेटेका छन्।

राष्ट्रियताको भावमा ‘ हिमाल - तराई ‘ बोलको गीत छ भने आफ्नो जन्मथलो पाँचथरलाई सम्झदै ‘ लसुने’ बोलको गीत लेखेका छन्। त्यस्तै आफू विदेशिनुको पीडालाई ‘परदेशिनु’ बोलको गीतमार्फ तउजागर गरेका छन्। एल्बममा मायाप्रीतिका गीतहरु पनि उनले लेखेका छन्।

राजेशपायल राई, गणेश पराजुली, स्वरुप राज आचार्य, दिपक लिम्बू, जुनु रिजाल लगायतका गायक गायिकाहरुको स्वर रहेको एल्बममा आठवटा गीतहरु समेटीएका छन्। जसमध्ये चारवटा गीतको म्यूजिक भिडियो चर्चित निर्देशक मिलन चाम्सुको निर्देशनमा तयार भइसकेको छ।

एल्बमलाई आगामी साउन महिनाभित्र बजारमा ल्याइसक्ने गीतकार आङदेम्बेले जानकारी दिनुभयो। एल्बमले नेपाली सांगीतिक क्षेत्रमा नयाँ आयाम थप्ने कुरामा आफू विश्वस्त रहेको गीतकार आङदेम्बेले बताउनु भयो।

समाजसेवा पनि उतिकै सक्रियता राख्न रुचाउने गीतकार सन्त कुमार आङदेम्बेको एल्बम ‘रंगहरु’ ले नेपाली सांगीतिक बजारमा नयाँ रंग ल्याउन सकोस भन्ने हाम्रो पनि शुभकामना।

Recent Videos:

Popularity: 6%

Add comment May 3rd, 2011

आधुनिक गायक तथा संगीतकार दिप श्रेष्ठ दक्षिण कोरिया आउने

रघु त्रिपाठी/ एचकेनेपाल डट कम-
दक्षिण कोरिया, बिभिन्न पेशाको सिलसिलामा दक्षिण कोरिया आएका नेपाली खेलाडीहरुको संगठन भूतपूर्व खेलाडी संघ दक्षिण कोरियाको आयोजनामा आगमी जुन ५ तारिख आइतावारका दिन गायक तथा संगितकार दिप श्रेष्ठको एकल सांगीतिक कार्यक्रम हुने भएको छ।

१५ हजार कोरियन वन टिकट राखिएको श्रेष्ठको उक्त कार्यक्रम छोङगाकस्थित छोगेसाको बुद्धिष्ट हलमा आयोजना हुने तय भएको छ।

आधुनिक नेपाली गीतका चर्चित गायक दिप श्रेष्ठले उनका चर्चित गीतहरु वितेका कुराले, हु यात्री एउटा, कति कमजोर रहेछ भाग्य, भन्थिन् मेरी उनी, म त पहिरो भित्र छु लगायतका थुप्रै चर्चित गीतहरु उक्त कार्यक्रममा प्रस्तुत गर्ने छन्।

नेपाली आधुनिक गीतका नया तथा पुराना पुस्ताका कोरियामा रहेका थुप्रै नेपालीहरुको अनुरोधमा कार्यक्रमको आयोजना गरिन लागिएको हो।

दक्षिण कोरियामा आयोजना गर्न लागिएको उक्त कार्यक्रम कोरियामा रहेका संघ-संस्थाहरु वीच ऐक्यवद्धता कायम गर्न र कार्यक्रमबाट संकलित रकम नेपालमा रहेका खेलाडीहरुलाई सहयोग गर्न लागिएको आयोजक कमिटीले जनाएको छ।

सांगीतिक कार्यक्रमका लागि ब्यापार सघका अध्यक्ष मदन केसीको संयोजकत्वमा २५ सदस्य मुल आयोजक कमिटीसमेत गठन गरिएको छ।

उक्त कार्यक्रमलाई सफल बनाउन कोरियामा रहेका सवै नेपाली समुदायसँग भूतपूर्व खेलाडी संघ कोरियाले अनुरोध गरेको छ।

कार्यक्रममा राष्ट्रिय पुरस्कारबाट सम्मानित भैइसकेकी भलिवलका राष्ट्रिय खेलाडी मञ्जु गुरुङलाई पनि कोरिया आमन्त्रण गरी सम्मान गरिने कार्यक्रम रहेको आयोजक कमिटीका सह संयोजक रवी महर्जनले जानकारी दिएका छन्।

Popularity: 6%

Add comment May 3rd, 2011

वेलायतको रावाखोला सेरोफेरोबासीहरुको वार्षिक भेला

योगराज राई / एचकेनेपाल डट कम-
वेलायत, रावाखोला वरपरबाट वेलायतमा आई बसोबास गरिरहेका दाजुभाई तथा दिदीबहिनीहरुको वार्षिर्क भेटघाट कार्यक्रम गत अप्रिल ३० तारीख शनिवार मेड्स्टोनको एलिस्फोर्ड भिलेज कम्युनिटी सेन्टरमा सम्पन्न भयो।

प्रवासमा रहेरपनि आफ्नो भाषा, संस्कृति, र रहनसहनको जगेर्ना गर्ने साथै एकआपसमा भेट्घाट् र परिचय गर्ने उद्धेश्यका साथ यो कार्यक्रम प्रत्येक वर्षआयोजना गरिदै आएको छ।

रावाखोला सेरोफेरोको अध्यक्ष शिवप्रसाद राईले उपस्थित सबैलाई स्वागत गर्दै सहभागिताको लागि धन्यवाद ज्ञापन गरेका थिए। संबोधनको क्रममा राईले कसरी रावाखोलाको माछाले बाक्सिलाको कोदो सक्यो, यो चर्चित सन्दर्भलाई जोड्दै रावाखोलाको स्वादिलो माछाको तारीफ गरेका थिए।

कार्यक्रममा किरात राई यायोक्खाको अध्यक्ष रामधन राई लगायत करीब तीनसयको हाराहारीमा रावाखोलाबासीहरु उपस्थित थिए। अध्यक्ष शिवप्रसाद राईको संबोधन पश्चात कोषाध्यक्ष धर्मराज राईले, संस्थाको हालसम्मको आर्थिक प्रतिवेदन र रावाखोला सेरोफेरो वेबसाईटको प्रगति बारे अवगत गराएका थिए।

प्रेमध्वोज गुरुङ्गको संयोजनमा सम्पन्न उक्त भेट्घाट् कार्यक्रममा सबैले यस्तो आयोजनाले एकअर्कामा चिनजानको सुअवसर प्रदान गरेको बताए। यो वर्षको भेलामा समयको पावन्दीले सांस्कृतिक कार्यक्रमको आयोजन गर्न नसकिए पनि आउँदा वर्षरुमा आफ्नो पहिचान र संस्कृति झल्काउने खालको नाँचगानको आयोजना गरिने अध्यक्ष राईले बताए।

साथै उक्तदिनको कार्यक्रममा शहीद अनिता गुरुङको लागि स्थापना गरिएको शहीद अनिता गुरुङ मेमोरियल फाउण्डेशनको सदस्यहरुलाई कर्ज बहादुर गुरुङ्ग र तुलसा गुरुङ्गले प्रमाणपत्र र खादा ओडाई सम्मान गरेका थिए।

स्मरण रहोस्, रावाखोला सगरमाथा अंचल खोटाङ्ग जिल्लाको उक्तरी भेगमा बग्ने एउटा प्रसिद्ध खोलाको नाम हो। जुन खोला स्वादिष्ट माछाको लागि ज्यादै लोकप्रिय मानिन्छ।

Popularity: 6%

Add comment May 3rd, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2011
M T W T F S S
« Apr   Jun »
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Posts by Month

Posts by Category

More news....