Archive for May 4th, 2011

सरकारी कर्मचारी सगरमाथा आरोहणमा

एचकेनेपाल डट कम संवाददाता-
नेपाल निजामति कर्मचारी प्रथम सगरमाथा आरोहण अभियानका ११ सदस्यहरु सगरमाथा दोस्रो आधार शिविर छ हजार ४५० मिटरमा बसी सकुसल आधार शिविर फर्केका छन्।

सगमाथा आरोहणका लागि उच्च हिमाली क्षेत्रमा अनुकुलताको लागि दोस्रो शिविरमा कम्तीमा एकरात बस्नुपर्ने अनिवार्य मानिन्छ।

दोस्रो शिविरका लागि १२ जना आरोही र एकजना शेर्पा १८ गते हिडेका थिए।

एकजना आरोहीलाई थप तयारी आवश्यक परेकाले १८ गते प्रथम शिविरमा एकरात बिताई पुनः आधार शिविरतर्फ फकाइएको थियो भने पाँचजना आरोही १८ गते दोस्रो शिविरमा दुईरात बिताएका थिए।

छजना आरोही सोही दिन प्रथम शिविरमा र हिजो दोस्रो शिविरमा रात बिताई आधार शिविर फर्केका छन्।

दोस्रो शिविरमा बिना अक्सिजन रात बिताएका कारण ११ आरोहीको सगरमाथा आरोहण गर्न सक्ने सम्भावना उच्च देखिएको जनाइएको छ।

केही दिनको आधार शिविरमा पुनःताजगीपछि उनीहरु तेस्रो शिविरसम्मको अनुकूलनको लागि जानेछन् र मे महिनाको तेस्रो सातातिर सगरमाथा अरोहणकालागि प्रस्थान गर्ने योजना रहेको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।

Recent Videos:

Popularity: 6%

Add comment May 4th, 2011

लादेन मर्दा कोइराला खुसी

एचकेनेपाल डट कम संवाददाता-
नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले अन्तर्राष्ट्रिय आतङ्कवादी सङ्गठन अलकायदाका प्रमुख ओसामा विन लादेनको मृत्युको घटना अन्तर्राष्ट्रिय आतङ्कवादका विरद्धको लडाइँको प्रमुख उपलब्धिको रुपमा रहेको बताउनुभएको छ।

सभापति काइरालाले एक विज्ञप्ति प्रकाशित गरी लादनेको मृत्युको घटनाले जुनसुकै तह र प्रकृतिका आतङ्ककारी कार्य र गतिविधिमा संलग्नहरु पनि शान्ति र अहिंसाको मार्गतर्फ उन्मुख हुनेछन् भन्ने आफूले विश्वास लिएको बताउनुभएको छ।

Recent Videos:

Popularity: 6%

Add comment May 4th, 2011

बिहेको लागि पकाउन लागेको सेल मृत्युको कारण बन्यो

एचकेनेपाल डट कम संवाददाता-
पोखरा उपमहानगरपालिका–८ सभागृहस्थित एक घरमा गत आइतबार खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा जलेर गम्भीर घाइते भएका दिदीबहिनीको मृत्यु भएको छ।

दुवै दिदीबहिनीको स्थानीय चरक अस्पतालमा उपचार गर्दागर्दै हिजो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

कास्कीको धिताल गाविस–६ मा स्थायी घर भएका ४० वर्षीया लक्ष्मी ढुङ्गाना र ३५ वर्षीया इन्दिरा पहारीले विवाहका लागि सेलरोटी बनाउँदै गर्दा ग्यास चुहिएर आगलागी भएको थियो।

सो दुर्घटना स्थानीय भूषण श्रेष्ठको घरमा भएको थियो। डेरा गरी बसेका उनीहरू दुवैको हिजै सेती नदीको किनारमा दाहसंस्कार गरिएको छ।

Recent Videos:

Popularity: 6%

Add comment May 4th, 2011

दुई अर्बको सडक तयार

एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्री झलनाथ खनालले नवनिर्मित काठमाडौँ–भक्तपुर विस्तारित सडकको बुधवार काठमाडौँको तीनकुनेमा उदघाटन गर्नुभएको छ।

जापान सरकारको सहयोगमा विस्तार भएको अरनिको राजमार्गअन्तर्गत तिनकुनेदेखि सूर्यविनायकसम्मको सो सडकको लम्बाइ ९.१ किलोमिटर रहेको छ।

विसं २०६५ मङ्सिरबाट विस्तार कार्य प्रारम्भ गरिएको छ लेन चौडाइको सो सडक निर्माणमा जापान सरकारबाट रु. एक अर्ब ७७ करोड ४७ लाख ४० हजार अनुदान सहयोग र नेपाल सरकारबाट करिब रु. ४० करोड लागत रहेको छ।

कार्यक्रममा भौतिक योजना तथा निर्माणमन्त्री टोपबहादुर रायमाझीले नागढुङ्गा टनेल बनाएर पश्चिमको बाटो खोल्ने, दक्षिणकाली फास्टट्रयाक विस्तार गर्ने मन्त्रालयको योजना रहेको जानकारी दिनुभयो।

नेपालका लागि जापानी राजदूत तात्सुओ मिजुनोले यो सडक नेपाल र जापानबीचको जनस्तरको प्रगाढ सम्बन्धको चिह्नो हो भन्नुहुँदै भविष्यमा पनि जापानले असल मित्रको रुपमा नेपाललाई सहयोग गर्ने वचन दिनुभयो।

Recent Videos:

Popularity: 6%

1 comment May 4th, 2011

आज पनि बस दुर्घटना, १७ को मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
डोटी र अछामको सिमाना नजिकै बुधवार बिहान एक यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बस चालक कैलाली मालाखेतीका विरबहादुर विष्ट, सह चालक बझाङ देउराका विरु रावल, यात्रु अछाम मार्कुका डम्मर बोगटी रहेका छन् भने अन्यको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।

घाइतेहरूको डोटी अस्पतालमा उपचार भइरहेको छ। घटनास्थल भिरालो भएको कारण उद्धारमा कठिनाइ परेको प्रहरी निरीक्षक कृष्णराज ओझाले जानकारी दिए। बस सडकबाट झण्डै ३ सय मीटर तल खसेको जनाइएको छ।

डोटीको सिलगढीबाट अछामको मंगलसैन तर्फ गईरहेको ना ४ ख ४०१८ नम्वरको यात्रुवाहक बस दुर्घटना भएको हो।

७० जना रहेको बसका धेरै यात्रु घाइते भएका छन्।

Popularity: 6%

Add comment May 4th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2011
M T W T F S S
« Apr   Jun »
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Posts by Month

Posts by Category

More news....