Archive for May 5th, 2011

बमजनले ६ वर्षको तपस्या बुद्ध जयन्तीमा सम्पन्न गर्ने

रिपोटर्स नेपाल / एचकेनेपाल डट कम-
काठमाडौ, बाराका रामबहादुर बमजनले छ वर्षदेखि निरन्तर रुपमा अन्न र पानी त्यागी गरेको तपस्या आगामी जेठ ३ गते बुद्ध पूर्णिमाको दिन सम्पन्न गर्ने भएका छन्।

ज्ञान प्राप्त गरेको भनिएका तपस्वीले सो असवरमा विश्व शान्तिको लागि आफूले प्राप्त गरेको ज्ञान प्रसार गर्ने भएकोले अगामी जेठ ६ गतेदेखि १५ गतेसम्म नेपाल र अन्तर्राष्ट्रिय सर्वधर्म सभाको आयोजना हुने भएको छ।

सर्वधर्म सभाले विहीवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर सो विषयमा जानकारी दिएको हो।

कार्यक्रम अनुसार बाराको रतनपुरमा आगामी जेठ ६ गते अन्तर्राष्ट्रिय सर्वधर्म सभा, जेठ ८ गते नेपाल बौद्ध धर्मसभा, जेठ १० गते बोधी श्रवण धर्म सन्चय एवम प्रचार गोष्टी, जेठ १३ गते दाता गोष्ठी, १४ गते धर्म संघ फाउण्डेसन र १५ गते नेपाल अन्तर धर्मसभाको आयोजना गरिने छ। सो अवसरमा तपस्वी बमजनले पनि ज्ञान प्रवचन दिने कार्यक्रम रहेको छ। सो कार्यक्रमका लागि विश्वभरीका तीन सय बढी धर्मावलम्बि र विद्धानहरु आउने पनि पत्रकार सम्मेलनमा जानकारी दिईएको छ।

सभा अवधीमा अनुयायीहरुलाई सदस्यता समेत प्रदान गर्ने कार्यक्रम रहेको छ।

कार्यक्रममा बोधी श्रवण धर्म संघका अध्यक्ष मणि लामा, रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला, मुस्लिम समाजका महम्मद अली, क्रिश्चियन समाजका सीवी गहतराज, क्यानाडाबाट आएका डाक्टर किम मुन चुन सु, बुद्धिष्ट समूदायबाट भिक्षु चन्द्र कृति, गुरु पुरोहित सोनाम ध्यूरेमे लामा, हिन्दू धर्म समाजका दामोदर गौतमले तपस्वी बमजन नेपालको अद्वितीय शक्ति भए पनि त्यसको उचित सम्मान गर्न नसकिएको गुनासो गरेका थिए। उनीहरुले राज्यले केही गर्न नसके पनि जनस्तरबाटै उनको सम्मान हुनु पर्ने जिकिर गरेका थिए।

Recent Videos:

Popularity: 6%

Add comment May 5th, 2011

माओवादीलाई कुटनीतिक मर्यादा विपरित काम गर्न दिन्नः परराष्ट्रमन्त्री

रिपोटर्स नेपाल/ एचकेनेपाल डट कम-
काठमाडौ, नवनियूक्त उपप्रधान एवम् परराष्ट्रमन्त्री उपेन्द्र यादवले माओवादीलाई अब कुटनीतिक मर्यादा विपरित गतिविधि गर्न नदिने दृढता ब्यक्त गर्नु भएको छ।

रिपोर्टस क्लब नेपालले बिहीबार आयोजना गरेर साक्षात्कारमा यादवले भारतीय राजदूत राकेस सुदमाथि माओवादी कार्यकर्ताले गरेको दुर्ब्यवहारप्रति लक्षित गर्दै विगतमा भएका कुटनीतिक मर्यादा विपरितका क्रियाकलापलाई दोहोरिन दिन नहुने प्रतिबद्धता ब्यक्त गर्नुभएको हो। उहाँले भन्नुभयो- दुई मुलुकवीचको समस्या समाधान कुटनीतिक मर्यादा विपरित समाधान हुँदैन। यसतर्फ म सचेत छु। उहाँले कुटनीतिक मुल्य मान्यता अनुसार सबै चल्नु पर्ने भन्दै यसको पालनाको दिशामा आफू अगाडि बढ्ने बताउनुभयो।

क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा उहाँले भारतसँगको सम्बन्ध अरु भन्दा विशेष सम्बन्ध भएकोले त्यसलाई सजगता पूर्वक थप सुदृढ बनाउन पनि कुटनीतिक मर्यादा विपरितका गतिविधी रोक्नु पर्ने आवश्यकता औल्याउनुभयो।

यादवले नेपाल र भारतको सम्बन्ध अन्य मुलुकको भन्दा बहुआयामिक भएकोले त्यसलाई एकदमै सजगता पूर्वक सुदृढ बनाउँनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो-रोटीबेटी, सांस्कृतिक, आर्थिक, धार्मिक र जनता जनतावीचको सम्बन्ध भएकोले त्यसलाई अझै सुदृढ बनाएर मुलुकको समृद्धिको लागि उपयोग गर्नुपर्छ।

नेपालको भूमि छिमेकी मुलुकविरुद्ध कुनै पनि हालतमा प्रयोग गर्न नदिने प्रतिबद्धता ब्यक्त गर्दै यादवले यदि कसैविरुद्ध प्रयोग भएको भए त्यसमा सरकारले गम्भीर ध्यान दिने प्रतिबद्धता ब्यक्त गर्नुभयो।

छिमेकी सँगको सम्बन्ध सुदृढ बनाएर अन्तर्राष्ट्रिय समूदायलाई विश्वासमा लिएर अगाडि बढन सके राष्ट्र निर्माण,समृद्धि र स्थायीत्वकोलागी सहयोग बढाउन सकिने उहाँको विश्वास थियो। यद्यपि उहाँले राष्ट्रियतालाई उहाँले छिमेकी मुलुकहरुसँगको सम्बन्ध समानता र पारस्परिक सदभावको आधारमा अगाडि बढाउने समेत स्पष्ट पार्नुभयो।

यादवले प्रधानमन्त्रीको भारत भ्रमणको विषयलाई आफूले उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता ब्यक्त गर्दै राजदूत परिवर्तनको विषयमा सरकारको कुनै योजना नरहेको बताउनुभयो।

नेपालमा भएका सबै दलहरु लोकतान्त्रिक पद्धति अनुसारको निर्वाचनबाट आएकोले सर्वसत्ताबाद र सर्वहारा सत्ता आउँनै नसक्ने ठोकुवा गर्दै नेपालका कम्यूनिष्टहरु लोकतान्त्रिक बन्दै गएको बताउनुभयो।

नेपालको शान्ति, संविधान र समान अधिकार तीन मुख्य चुनौती रहेको भन्दै कुनै बहानाबाजी र दाउपेच नखेली शान्ति प्रक्रियालाई तत्काल टुङ्गयाउनु पर्नेमा उहाँले जोड दिनुभयो। उहाँले भन्नुभयो-अहिले सबैभन्दा बढी महत्व शान्ति प्रक्रियालाई दिनुपर्छ।

संविधानसभाबाटै संविधान निर्माण गर्नु पर्ने भन्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान निर्मण गर्नु पर्ने बताउनुभयो। यसका लागि सहमतिको विकल्प नभएको उहाँको ठम्याई थियो। उहाँले भन्नुभयो-कुनै दलले यि चुनौतिलाई एक्लै समाधान गर्छु भन्छ भने त्यो सम्भव छैन । यसकालागी सबै मिल्नुको विकल्प छैन।

जेठ १४ गते अगाडि नै कम्तिमा पनि संविधानको एकीकृत मस्यौदा निर्माण र सेना समायोजनको कार्यतालिका बनाएर शान्ति प्रक्रियाको कामलाई अगाडि बढाउनु पर्ने भन्दै शान्ति, संविधान र बर्तमान समस्या समाधानको लागि पनि अहिलेको सरकारलाई निरन्तरता दिनु पर्ने बताउनुभयो।

पछिल्लो समयमा देखिएको झण्झटिलो एमआरपी वितरण प्रक्रियालाई सहज बनाउन आफू लागेको जानकारी दिदै उहाँले एमआरपी वितरणकोलागी काउन्टर बढाउने, एमआरपी दिने समय घटाउने र परराष्ट्रको शाखा विभिन्न स्थानमा खोलेर वितरणलाई सहज बनाउने योजनामा आफूरहेको बताउनुभयो। उहाँले वीरगञ्ज, विराटनगर, नेपालगञ्ज, पोखरा र चितवनमा परराष्ट्रको शाखा खोलेर एमआरपी वितरणलाई सहज बनाउने विषयमा पनि अध्ययन भईरहेको सो अवसरमा जानकारी दिनुभएको थियो।

Recent Videos:

Popularity: 6%

Add comment May 5th, 2011

जेठ १४ गतेभित्र संविधान नबने थरुहटले छुट्टै सत्ता चलाउने

एचकेनेपाल डट कम सम्वाददाता-
काठमाडौ, लक्ष्मण थारुले नेतृत्व गरेको थरुहट स्वायत्त राज्य परिषदले जेठ १४ गतेभित्र संविधान जारी नभए जेठ १५ गतेबाट थरुहट प्रदेशमा छुट्टै राज्य सन्चालन गर्ने घोषणा गरेको छ।

परिषदले बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर कुनै पनि हालतमा जेठ १४ गते संविधान जारी गर्नु पर्ने स्पष्ट धारणा राख्दै संविधानसभाको म्याद थप आफूहरुलाई स्विकार्य नहुने चेतावनी दिएको हो।

एमाले र माओवादी र फोरमवीच भएको सहमतिलाई राष्ट्रघाती सहमतिको संज्ञा दिदै पत्रकार सम्मेलनमा परिषद अध्यक्ष लक्ष्मण थारुले आदी बासी थारुहरुलाई मधेसी बनाउने सो सम्झौता खारेज हुनु पर्ने माग गरे।

पत्रकार सम्मेलनमा परिषदले जेठ १४ गते अघिनै संविधान जारी गर्न दवाव सृजना गर्ने उद्देश्यले अगामि बैशाख २७ गतेबाट दुइ दिने थरुहट बन्द सहितको तीन साता लामो आन्दोलनको कार्यक्रम पनि सार्वजनिक गरेको छ।

घोषित आन्दोलनको कार्यक्रम अनुसार बैशाख २७ गते प्रचार प्रसार र वालपेन्टिङ्ग गर्ने, २८ गते मसाल जुलुस निकाल्ने, बैशाख २९ र ३० गते थरुहट बन्द गर्ने , जेठ ५ देखि १४ गतेसम्म कैलाली, कन्चनपुर, बर्दिया, बाँके, दाङ्ग, नवलपरासी, सिराहा, सप्तरी, उदयपुर, सुनसरी र चितवनामा थरुहट सेनालाई तालिम दिने, मजदुर, महिला, विद्यार्थी, किसान, ब्यापारी र कर्मचारको भेला गर्ने लगायतका छन्।

जेठ १४ गते कुनै पनि हालतमा संविधान जारी हुनै पर्ने भन्दै पत्रकार सम्मेलनमा अध्यक्ष थारुले त्यसो नभएर थरुहट प्रदेशमा छुट्टै राज्य सन्चालन गर्ने त्यसक्षेत्रबाट राज्यले उठाउने कर प्रदेशमै उठाई त्यसलाई परिचालन गर्ने स्पष्ट पारे।

राज्यले थरुसहित विभिन्न समूदायसँग विभिन्न समयमा गरेको सहमति कार्यान्वयन गर्न माग गर्दै त्यसो नगरिए उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी स्वयम राज्यले लिनु पर्ने चेतावनी पनि उनले दिए।

Recent Videos:

Popularity: 6%

Add comment May 5th, 2011

एनआरएनद्वारा सांघातिक हमलाको घोर भत्सर्ना

एचकेनेपाल डट कम सम्वाददाता-
गैरआवासीय नेपाली संघले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतका सचिव सुजन के.सिमाथि भएको सांघतिक हमलाको घोर भत्सर्ना गर्दै दोषीमाथि कारवाही गर्न सम्बन्धित निकायसंग माग गरेको छ।

संघले विहीवार एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ- ‘२१ अप्रिल २०११ विहिवारका दिन गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतका सचिव श्री सुजन के.सि माथि कुवेतको मालिया स्थित होटेलमा भएको संघातिक हमला प्रति गैरआवासीय नेपाल संघ यसको घोर भत्र्सना गर्दछ। यसका साथै छिटो भन्दा छिटो कानुनी प्रकृया अनुसार दोषीमाथि कारवाही गर्न सम्बन्धित निकायसंग जोडदार माग गर्दछ।’

‘अहिलेको लोकतान्त्रिक युगमा सत्य तथ्य खबर संप्रेषण गर्न पाउनु बतावरण तयार गर्नका साथै भविष्यमा कुनै पनि विदेशमा बसेका निर्देष नेपालीमाथि यस किसिमको घटना नदोहोरियोस भनेर सम्बन्धि निकायलाई गैरआवासीय नेपाली संघ ध्यानाकर्षण गराउन चाहन्छ।’

Recent Videos:

Popularity: 6%

Add comment May 5th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2011
M T W T F S S
« Apr   Jun »
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Posts by Month

Posts by Category

More news....