Archive for May 6th, 2011

अदालती विकृतिको अन्त्यका लागि थालेको गोरेटोले राजमार्ग बन्ने

एचकेनेपाल डट कम संवाददाता-
प्रधानन्यायाधीस रामप्रसाद श्रेष्ठले अदालती कारवाहीअन्तर्गतका विकृति र विसङ्गती अन्त्यका लागि आफूले रेखाङ्कन गरेको गोरेटोलाई भावी प्रधानन्यायाधीसले राजमार्ग बनाउन सक्ने विश्वास व्यक्त गर्नुभएको छ।

पदबाट निवृत्त हुन लाग्नुभएका प्रधानन्यायाधीस श्रेष्ठले हिजो आफ्नै कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा न्यायपालिकाको स्वतन्त्रताको रक्षा एवं न्यायिक विकृति र विसङ्गतीमा सुधार गरी न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि गर्ने दिशामा भाबी प्रधानन्यायाधीसलाई अग्रसर हुन समेत आग्रह गर्नुभयो।

उहाँले पछिल्लो समयमा संविधानसभाले निर्माण गर्ने भावी संविधानमा सर्वोच्च अदालतकै समानान्तरमा रहने गरी संबैधानिक अदालत स्थापनाको औचित्य र आवश्यकता तथा यसबाट संबैधानिक पद्दतीको विकास, नागरिक अधिकार र स्वतन्त्रता संरक्षणप्रतिको भूमिका वस्तुपरक हुन जरुरी रहेको बताउनुभयो।

प्रधानन्यायाधीस श्रेष्ठले भन्नुभयो– ‘जनताका हकअधिकारको संरक्षककारूपमा रहेको सर्वोच्च अदालतको मर्यादा घटाउने, अधिकार कटौति गर्ने वा अन्य कुनै तरहले न्यायिक दृष्टिकोणहरू विभाजित हुने अवस्था आउने परिस्थितिले अन्ततः लोकतन्त्रको सुदृढीकरणमा नै नकारात्मक असर पर्ने कुरा निर्विवाद छ।’

Popularity: 6%

Add comment May 6th, 2011

विद्युत् अवरोधले दुईहप्तादेखि दुई रेडियो बन्द

एचकेनेपाल डट कम संवाददाता-
दुई हप्तादेखि विद्युत् अवरोध हुँदा रुकुमका दुईवटा सामुदायिक रेडियोहरू बन्द भएका छन्।

रुकुमेली ऊर्जा विकास उपभोक्ता समितिद्वारा सञ्चालित जलविद्युत् बाफिकोटस्थित पावर हाउसमा एउटा टर्वाइनमा खराबी भएपछि बिजुली बन्द भएको थियो।

गत वैशाख ४ देखि टर्वाइन बिग्रिए पनि अहिलेसम्म सरोकारवाला निकायसमेत मौन रहेको छ। विद्युत् मर्मत नहुँदा सामुदायिक रेडियो सिस्ने एफएम र सानीभेरी रेडियो बन्द भएका छन्।

बिजुलीसँगै रेडियो बन्द हुँदा आम सर्वसाधारणहरू सूचनाको पहुँचबाट वञ्चित भएका छन् भने सार्वजनिक सूचनाहरूको प्रवाह पनि ठप्प भएका छन्। विद्युत् अवरोधसँगै बिजुली बन्द भएपछि रेडियो बन्द गर्नुपरेको सानीभेरी एफएमका स्टेसन म्यानेजर ध्रुव बुढाथोकीले बताउनुभयो।

दुई सय ५० किलोवाट क्षमताको बिजुली समयमै मर्मत नहुँदा अत्यावश्यक कामकाज ठप्प भएका छन् भने जिल्ला अस्पताल सल्लेमा आकस्मिककक्षमा उपचार गराइरहेका बिरामीहरूसमेत मर्कामा परेका छन्।

त्यतिमात्र होइन रुकुममा रहेका चारवटा साप्ताहिक पत्रिका पनि बन्द भएका छन्। बिजुली नहुँदा तीन दर्जनभन्दा बढी कलकारखाना बन्द भएको बताइन्छ।

Recent Videos:

Popularity: 6%

Add comment May 6th, 2011

काँग्रेसको नेतृत्वमा सरकार आवश्यक – नेता देउवा

एचकेनेपाल डट कम संवाददाता-
नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले नेपाली काँग्रेसको नेतृत्वमा मात्र नेपालमा शान्ति र संविधानको कार्यभार पूरा हुने बताउनुभएको छ।

नवलपरासीको कावासोतीमा सम्बोधन गर्दै नेता देउवाले नेपाली काँग्रेस एक ढिक्का भएर अघि बढे आगामी निर्वाचनमा मुलुकको सबैभन्दा ठूलो पार्टी हुने बताउनुभयो।

एक अर्को प्रसङ्गमा उहाँले पार्टी सभापतिले सबैका विचारहरू सुन्नुपर्ने र पार्टीका जिम्मेवार नेताहरूले पनि पार्टी सभापतिका कुरालाई कार्यान्वयन गर्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो।

सो कार्यक्रममा काँग्रेसका नेता विमलेन्द्र निधिले एमाले र एनेकपा (माओवादी) को गठबन्धन धेरै दिन नटिक्ने बताउँदै सत्ताधारी दलहरू शान्ति र संविधानमा नभइ आ–आफ्ना पार्टीको आन्तरिक कलहमा फसेको आरोप लगाउनुभयो।

Recent Videos:

Popularity: 6%

Add comment May 6th, 2011

दिदी र आमाको हत्या गर्ने दुईजना पक्राउ

एचकेनेपाल डट कम संवाददाता-
नवलपरासीमा आफ्नै दिदी र आमाको हत्या गर्ने मामाभाञ्जीलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीले पक्राउ गरेको छ।

नवलपरासीको माकर गाउँ विकास समिति–४ बाढी पीडित बस्ने ३८ वर्षीया शान्ता सुनारलाई गत फागुन २५ गते धारिलो हतियार प्रहार गरी हत्या गरेपश्चात फरार रहेका मृतककी १८ वर्षीया छोरी अस्मिता गहतराज र भाइ विनोद विकलाई प्रहरीले पक्राउ गरेको हो।

हत्या गरेपश्चात् शवलाई मृतककै पलङ्गभित्र लुकाएर फरार रहेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव निरीक्षक सुरेशराज भट्टको प्रहरी टोलीले मङ्गलबार राति म्याग्दीको राम्चे गाविस–२ स्थित नागिडाँडाबाट पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्णप्रसाद गौतमले बताउनुभयो।

आफूहरूबीच विगत चार वर्षदेखि प्रेमसम्बन्ध रहेको र दिदीसमक्ष विवाहको प्रस्ताव राख्दा अस्वीकार गरेकाले आवेगमा खुकुरी र बसिलाले टाउकामा प्रहार गरी हत्या गरेको अभियुक्त विकले प्रहरी समक्ष बयान दिएका छन्।

Recent Videos:

Popularity: 6%

Add comment May 6th, 2011

प्रधानमन्त्री आज टर्की प्रस्थान गर्ने

एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्री झलनाथ खनाल यही वैशाख २५ देखि ३० गतेसम्म टर्कीको इस्तानबुलमा हुने अल्पविकसित राष्ट्रहरूको राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ।

नेपाल हाल अल्पविकसित राष्ट्रहरूको अन्तर्राष्ट्रिय समन्वय ब्युरोको अध्यक्ष रहेको छ। प्रधानमन्त्री खनालले अध्यक्षको हैसियतले त्यस सम्मेलनमा सहभागिता जनाउनुका साथै सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री उपेन्द्र यादव, प्रधानमन्त्रीका परराष्ट्र तथा प्रेस सल्लाहकारहरू, राष्ट्रिय योजना आयोगका निमित्त उपाध्यक्ष डा दिनेशचन्द्र देवकोटा, मुख्यसचिव, परराष्ट्र सचिव, वाणिज्य सचिव तथा अन्य सरकारी अधिकारीहरू सामेल हुनुहुन्छ।

प्रधानमन्त्री खनालसँगै उहाँकी पत्नी रवीलक्ष्मी चित्रकार रहनुहुनेछ।

Recent Videos:

Popularity: 6%

Add comment May 6th, 2011

११८ वर्षीया राईले फोटो खिचिन्

एचकेनेपाल डट कम संवाददाता-
म्याग्दी जिल्लाको घतान गाविसस्थित तोरीपानी मतदान केन्द्रमा ११८ वर्षीया सरस्वती राईले मतदाता नामावलीमा नाम लेखाएकी छन्।

जिल्लाकै सबैभन्दा ज्येष्ठ मतदाता मानिएकी उनले अब हुने निर्वाचनमा मतदान गर्नका लागि भन्दै मतदाता नामावलीमा नाम लेखाउनुका साथै फोटो खिचाएको तोरीपानी मतदान केन्द्रकी कर्मचारी सकुन्तला सापकोटाले जानकारी दिनुभयो।

सापकोटाका अनुसार छोराको बुई चढेर आएकी राईले फोटो खिचाएर औंठाको छापसमेत दिएकी छन्।

वि.स. १९५० भदौ १० गते जन्मिएकी राईले २०६३ फागुन १३ गते नेपाली नागरिकताको प्रमाणपत्र लिएकी थिइन्। गाउँमै पुगेको नागरिकता वितरण टोलीबाट ११३ वर्षको उमेरमा उनले पहिलोपटक नेपाली नागरिकताको प्रमाणपत्र लिएकी थिइन्।

मतदाता नामावली सङ्कलन टोलीमा खटिएकी दर्ता कर्मचारी सापकोटाले आफूहरूले जिल्लामै ज्येष्ठ नागरिकको मतदाता नामावलीमा नाम दर्ता गर्न पाएकामा गर्व लागेको बताएकी छन्।

Popularity: 6%

1 comment May 6th, 2011

रेग्मी प्रधानन्यायाधीश नियुक्त

एचकेनेपाल डट कम संवाददाता-
राष्ट्रपति डा रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०३ को उपधारा (१) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतका न्यायाधीश खिलराज रेग्मीलाई वैशाख २३ गतेदेखि लागू हुनेगरी सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा नियुक्त गर्नुभएको छ।

साथै राष्ट्रपति डा यादवले निवर्तमान प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठलाई उहाँले आफ्नो कार्यकालमा सम्पादन गर्नुभएको कार्यका लागि हार्दिक धन्यवादसमेत दिनुभएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

Popularity: 6%

Add comment May 6th, 2011

तरुण दललाई अधिवेशन रोक्न निर्देशन

एचकेनेपाल डट कम संवाददाता-
नेपाली काँग्रेसका महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले नेपाल तरुण दलको जेठ १४ गते हुने दलको जिल्ला अधिवेशनका कार्यक्रम र विशेष अधिवेशनको सम्पूर्ण कार्य रोक्न निर्देशन दिनुभएको छ।

महामन्त्रीद्वयले आज पार्टीको कार्यालयमा तरुण दलका वर्तमान केन्द्रीय अध्यक्ष महेन्द्र यादव र निवर्तमान अध्यक्ष विनोद कायस्थलाई बोलाई उक्त निर्देशन दिनुभएको नेपाल तरुण दलको केन्द्रीय कार्यालयव्दारा जारी विज्ञप्तिमा जनाइएको छ।

महामन्त्रीद्वय र दलका वर्तमान एवम् निवर्तमान अध्यक्षबीच उक्त विषयमा गर्न गराउनपनि सहमति भएको दलले जनाएको छ।

Popularity: 6%

Add comment May 6th, 2011

कोरिया जान ५८ हजारको आवेदन

एचकेनेपाल डट कम संवाददाता-
नेपाल सरकार र दक्षिण कोरियाली सरकारबीच सम्पन्न समझदारीपत्र (एमओयू) अनुरूप नेपाली कामदारहरूलाई दक्षिण कोरिया पठाउने सम्बन्धमा यही वैशाख १९ देखि २२ गतेसम्म सञ्चालित ईपीएस–टोपिक आवेदन फारम वितरण तथा दर्ता कार्य सम्पन्न भएको छ।

उक्त आवेदन फारम वितरण तथा दर्ता गर्नका लागि काठमाडौँ उपत्यकाभित्रको कीर्तिपुर, च्यासल र गौशाला तथा उपत्यकाबाहिरको बुटवल गरी चारवटा केन्द्रबाट करिब ५८ हजार आवेदन दर्ता हुन आएको श्रम तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ।

फारम वितरण तथा दर्ता कार्यमा सघाउने विभिन्न सङ्घसंस्था, कर्मचारी, सुरक्षाकर्मी एचआडी कोरिया, बैंक, पत्रकार, स्वयम्सेवकलगायत सबै पक्षलाई मन्त्रालयले धन्यवाद प्रकट गरेको छ।

Popularity: 6%

2 comments May 6th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2011
M T W T F S S
« Apr   Jun »
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Posts by Month

Posts by Category

More news....