Archive for May 9th, 2011

कुटनीतिक राहदानी दुरुपयोगको आरोप मधेस विरुद्धको षडयन्त्र हो

एचकेनेपाल डट कम सम्वादाता-
काठमाडौ, कुटनीतिक राहदानी दुरुपयोग गरेको आरोपमा अख्तियारले अनुसन्धान गरिरहेका मध्ये दुइ सभासदहरुले आफ्नो राहदानी देखाउँदै आफूहरुमाथिको आरोप मधेस विरुद्धको षडयन्त्रको संज्ञा दिएका छन्।

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनीहरुले मधेसी नेताहरुलाई बदनाम गरेर मधेस आन्दोलन र त्यसको उपलब्धिलाई नष्ट गर्न योजनाबद्ध रुपमा दुष्प्रचार गरिएको दावी गरे।

क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा राहदान दुरुपयोग गरेको आरोप लागेका मधेश क्रान्ति फोरम पार्टीका संयोजक सन्जय साहले आफूले पासपोर्ट लिएदेखि कतै विदेश नगएको र पासपोर्टमा भिसा पनि नलागेको देखाउँदै भने मधेसी नेताको चरित्र हत्या गरेर मधेस आन्दोलनको उपलब्धिलाई नष्ट पार्ने योजना अनुसार अख्तियारले काम गरेको आरोप लगाए।

उनले अख्तियारलाई राज्यको मतियारको संज्ञा दिदै राज्यको इसारामा यस्तो षडयन्त्र बुनिएको दावी गरे । उनले यस्ता षडयन्त्रमूलक काम बन्द नगरे यो विषय मुलुक, अख्तियार र यस्तो समाचार प्रकाशित गर्ने सन्चारमाध्यमकोलागी दुर्भाग्यपूर्ण हुने चेतावनी दिए । केही राजनीतिक दलका नेताहरुले आफूलाई जेलमा सडाई दिने भनि लामो समयदेखि धम्की दिदै आएकोमा अख्तियारको छानविन त्यसैको उपज भएको भनि दावी गरे।

उनले आफूमाथि लागाईएको आरोप प्रमाणित गर्न चुनौती दिदै सरकारलाई उच्चस्तरीय छानविन आयोग गठन गरेर २४ घण्टाभित्र सत्यतथ्य बाहिर ल्याउन समेत अल्टिमेटम दिए।

राहदानी दुरुपयोगका आरोप लागेका मधेसी जनअधिकार फोरम नेपालका महासचिव राम सहाय यादवले सभासदलाई बदनाम गरेर संविधानसभा विघठन गराउने षडयन्त्र स्वरुप यस्तो षडयन्त्र बुनिएको दावी गरे। संयूक्त राष्ट्रसंघको महासभामा माग लिन जाँदा लागेको अमेरिकाको भिषा सहितको पासपोर्ट देखाउँदै यादवले विनाआधार मधेसी सभासद र नेताहरुलाई बदनाम गरेको दावी गर्दै दुरुपयोग गरेको देखाउँन अख्तियार र सरकारलाई चुनौति दिए। उनले भने- मधेसी नेतामाथिको षडयन्त्र जारी रहे हामी शासक वर्गलाई मधेस आन्दोलन जस्तै घुँडा टेकाई दिने छौ। यादवले अख्तियार प्रति आफूहरुको विश्वास नभएको भन्दै अख्तियारलाई षडयन्त्रको गोटी बनेको आरोप पनि लगाए।

उनले पनि सो विषयमा सरकारले तत्काल उच्चस्तरीय छानविन समिति गठन गरेर सत्यतथ्य बाहिर ल्याउन माग पनि गरे । दुबै दुरुपयोगका आरोपीहरुले अख्तियारको छानविनमा भने सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । यादवले अख्तियारको पत्र पाए पनि साहले भने अहिलेसम्म आफूले अख्तियारको पत्र नपाएको समेत स्पष्ट पारे।

फोरम नेपालका एक सभासद वीपी यादव अहिले सोही आरोपमा अख्तियारको नियन्त्रणमा रहेका छन् भने महासचिव यादवसहित सभासदहरु रंभादेवी, शिवपुजन राय यादव, सल्मा खातुनलाई पनि दुरुपयोगको आरोप लागेको छ।

साक्षात्कारमा फोरम नेपालका नेता राजकिशोर यादव र मधेस क्रान्ति फोरमका केशव झाले राष्ट्रसंघ पार्कको जग्गा अनियमित तरिकाले ब्यक्तिको नाममा दर्ता गर्ने अख्तियार आफै शंकाको घेरामा रहेको अवस्थामा सरकारले यो विषयलाई स्पष्ट पार्नु पर्ने माग गरे । उनीहरुले २४ घण्टाभित्र यसको सत्य तथ्य बाहिर नल्याईए सरकार र अख्तियार शंकटमा पर्ने चेतावनी पनि दिए।

Recent Videos:

Popularity: 9%

Add comment May 9th, 2011

खस क्षत्रीद्धारा पाँच बुँदे मागसहित आन्दोलनको घोषणा

एचकेनेपाल डट कम सम्वाददाता-
काठमाडौ, आफूहरु आदीवासी जनजाती भएको भन्दै लामो समयदेखि अभियान चलाईरहेका खस क्षेत्रीहरुले पाँच बुँदे माग सहित आन्दोलनको घोषणा गरेका छन्।

रिपोर्टर्स क्लब नेपालमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर खस क्षेत्रीहरुले आन्दोलनको घोषणा गरेका हुन। आन्दोलनको लागि उनीहरुले खस क्षत्री संयुक्त राष्ट्रिय आन्दोलन परिचालन समितिनै गठन गरेका छन्।

उनीहरुले जेठ १४ भित्रै संविधान निर्माण, खस क्षत्रीलाई आदीवासीको सूचिमा सूचिकृत गर्नु पर्ने , जातीय जनसंख्याको आधारमा समानुपतिक प्रतिनिधित्व सुनिश्चित गर्नु पर्ने, आरक्षणको ब्यवस्था , प्राकृतिका साधन र स्रोतमा अधिकार लगायतका मागहरु अगाडि सार्दै आन्दोलनको घोषणा गरेका हुन्।

घोषित आन्दोलनको कार्यक्रममा बैशाख ३० गते कलंकीमा कोणसभा, ३१ गते महाराजगन्जमा कोणसभा, जेठ १ गते जाउलाखेलमा कोणसभा, ३ गते गंगबुमा कोणसभा, ६ गते बानेश्वरमा कोणसभा, ७ गते संविधानसभा अगाडि विहान ११ बजेदेखि १२ बजेसम्म, ८ गते ११ बजेदेखि १ बजेसम्म र ९ गते ११ बजेदेखि २ बजेसम्म र जेठ १४ गते दिनभरी धर्ना दिने लगायतका रहेका छन्।

पत्रकार सम्मेलनमा समितिका अध्यक्ष दुर्गा बस्नेतले आफूहरुको माग पुरा नभएसम्म आन्दोलनलाई जारी राख्ने र अझै कडा पार्दै जाने चेतावनी दिएका छन्।

Recent Videos:

Popularity: 9%

Add comment May 9th, 2011

माओवादी आफ्नै हठका कारण पराजित हुने

एचकेनेपाल डट कम-
नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले आफ्नै हठका कारण माओवादीको पतन हुने बताएका छन्। लोकतन्त्रविरुद्ध जाने जस्तोसुकै शक्तिले अन्ततः पराजयलाई आत्मसात गर्नुपर्ने उहाँले बताउनुभयो।

सभापति कोइरालाले कैलालीको बौलियामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सो कुरा बताउनुभएको हो।

मानवअधिकार र कानुनी शासनविरुद्ध जाने जोकोहीलाई पनि काँग्रेसले नछाड्ने चेतानी दिनुभयो।

Recent Videos:

Popularity: 9%

Add comment May 9th, 2011

चीन सरकारले १० हिमाली जिल्लालाई खाद्यान्न सहयोग गर्ने

एचकेनेपाल डट कम-
नेपालका १० हिमाली जिल्लालाई चिनियाँ सरकारले सन् २००९ देखि गर्दै आएको कामका लागि खाद्यान्न सहयोग कार्यक्रम यस वर्ष पनि दिने भएको छ।

उक्त जिल्लामध्ये मुस्ताङलाई दिइने सहयोगका बारेमा शनिबार चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङवासेनमा वार्ता भएको छ।

वार्ता मुस्ताङका प्रमुख जिल्ला अधिकारी योगेन्द्रराज पाण्डे र ढोङवा सेनका प्रशासन प्रमुख चेङ झु सेन दाङसहितको टोलीसँग भएको छ।

चिनियाँ सरकारले सीमावर्ती मुस्ताङका जनतालाई चामल, चिनी, उवा, गहु, नूनलगायत करिब ३० लाखको दैनिक उपभोग्य सामाग्री उपलब्ध गराउने भएको छ।

करिब एक महिनाभित्र उक्त सामग्री मुस्ताङ जिल्लाका स्थानीय विकास अधिकारीलाई सीमावर्ती गाविसमा ल्याई हस्तान्तरण गरिनेछ।

चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले नेपालका १० हिमाली जिल्लालाई सन् २००९ देखि सन् २०१३ सम्म वार्षिक तीन लाख आरएमबी बराबरको खाद्यान्न सहयोग गर्नेे समझदारी काठमाडौँमा भएको थियो।

Popularity: 9%

Add comment May 9th, 2011

मूर्ति चोर पक्राउ

एचकेनेपाल डट कम-
उत्तरी रसुवाको ठूलोभार्कुस्थित टासीगुम्बाको मूर्ति चोर्ने चोरलाई स्थानीय बासिन्दाले रङ्गेहात पक्रेका छन्।

जिल्ला प्रहरी कार्यालय, रसुवाका अनुसार पक्राउ पर्ने गतलाङ–७ निवासी ३२ वर्षीय पेम्वा तामाङको साथबाट साढे चार केजी तौल र १३ इन्च उचाइ भएको मञ्जुश्रीको मूर्ति बरामद भएको हो।

स्याफ्रु गाविस–५ को टासीगुम्बाबाट गएराति मूर्ति चोरी गरी भाग्ने क्रममा स्थानीय सडकमा गाउँलेहरूले पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाउन प्रहरीको जिम्मा लगाएको हो।

चोरीमा संलग्न अन्य छजनाको प्रहरीद्वारा खोजी भइरहेको छ।

Popularity: 9%

Add comment May 9th, 2011

उठ्दै बस्दै नाराबाजी!

एचकेनेपाल डट कम-
व्यवस्थापिका–संसद्को हिजोको बैठकमा अचम्मको दृश्य देखियो। सदनमा प्रस्तुत भएको समावेशी विधेयक संशोधनको माग गर्दै सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी रुक्मिणी चौधरी, दलित जनजाति पार्टीका विश्वेन्द्र पासवान, नेपाः राष्ट्रिय पार्टीका बुद्धरत्न मानन्धर र स्वतन्त्र सभासद् सदरुलमिया हकले घन्टौँ नाराबाजी गरिरहनुभयो।

नाराबाजीका क्रममा ओठमुख सुकेर प्याकप्याक भएका नेपाः राष्ट्रिय पार्टीका मानन्धर सभामुख आशनअगाडिको वेल नजिकको भूइँमा बस्दै र उठ्दै गरिरहनुभयो।

सभासद् मानन्धर कञ्चटमा आएको चिटचिट पसिना पुछ्दै र नाक कोट्याउँदै गरेको देखिनुहुन्थ्यो। उभिएर चिच्याउँदा लखतरान पर्नुभएका उहाँ कहिले आफ्नो खुट्टा मालिस गर्नुहुन्थ्यो, कहिले मुख पुछ्नुहुन्थ्यो।

सभासद् पासवानले भने तिहारमा द्यौसी–भैलो खेलिने शैलीमा दुवै हात कहिले हावामा उठाउँदै र कहिले हातमा मोबाइल फोन लिएर नाराबाजी गरिरहनुभयो।

बैठकमा अत्यन्त न्यून सभासद्को उपस्थिति थियो।

समावेशी विधेयक ल्याइनुपर्ने मुख्य मागसहित उहाँहरूले करिब तीन घन्टा निरन्तर नारबाजी गर्नुभएको थियो।

निरन्तर नाराबाजीकै बीचमा अध्यक्ष नेम्वाङले दैनिक कार्यसूचीमा रहेका राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र संविधानसभा सदस्यहरूको पक्राउसम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो।

सभामुख नेम्वाङले संसद् अवरुद्ध हुँदा दलित, जनजातिलगायत सबै अधिकार अवरुद्ध हुने हुँदा बैठक अवरुद्ध नगर्न आग्रह गर्नुभएको थियो।

व्यवस्थापिका–संसद्को अर्को बैठक यही वैशाख २८ गते बुधबार दिनको ३ बजे बस्नेछ।

Popularity: 9%

Add comment May 9th, 2011

रातो पासपोर्ट काण्डः दुई सभासद्लाई फेरि १४ दिन हिरासत

एचकेनेपाल डट कम-
रातो पार्सपोर्ट दुरूपयोग अभियोगमा जिल्ला अदालत काठमाडौँमा तारेखमा रहेका सभासद्द्वय गायत्री साह र बिपी यादवलाई हिजो विशेष अदालत काठमाडौँले १४ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

जिल्ला अदालत काठमाडौँले १०/१० हजार रूपैयाँ धरौटीमा रिहा गरेकै दिन वैशाख २३ गते शुक्रबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको थियो।

नियन्त्रणपछि अनुसन्धानका लागि भन्दै अख्तियारले थप १४ दिन थुनामा राख्न विशेष अदालतसँग अनुमति मागेको थियो। अदालतले अख्तियारकै मागबमोजिम वैशाख २३ गतेदेखि लागू हुनेगरी १४ दिन हिरासतमा राख्न आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की र दुई सदस्यीय इजलासले सो आदेश गरेको हो।

अख्तियारले अवुधाबीबाट फर्काइएका नक्कली पार्सपोर्ट बोक्ने पृथ्वी छन्त्याललाई अध्यागमन विभागले पक्राउ गर्नुपर्नेमा नगरेको भन्दै अनुसन्धान थप जटिल भएको भन्दै विशेष अदालतमा अनुसन्धानका लागि म्याद मागेको थियो।

अध्यागमन शाखाका एक शाखा अधिकृत मुनीनन्द भण्डारीलाई अनुसन्धानमा राखिएको छ भने अन्य दुई फरार रहेको अख्तियारले जनाएको छ।

निजहरूलाई गत वैशाख ६ गते रातो पार्सपोर्ट दुरूपयोग गरेको अरोपमा संसद भवनबाट प्रहरीले पक्राउ गरी हिरासतामा राखेको थियो।

Popularity: 9%

Add comment May 9th, 2011

नरेन्द्रदेवको सम्झनामा रथयात्रा

एचकेनेपाल डट कम-
वर्षा, करुणा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ गाबहालबाट तानेर हिजो मङ्गलबजार पुर्‍याइएको छ। रथ तानेर हिजो सुन्धारा पुर्‍याउनुपर्ने भए पनि पानी परेका कारण मङ्गलबजारमा नै विश्राम गराइने मच्छिन्द्रनाथका ज्योतिषी दैवज्ञ कीर्तिमदन जोशीले बताउनुभयो।

गाबहालदेखि सुन्धारासम्मको रथयात्रालाई मच्छिन्द्रनाथको मर्त्यलोक भ्रमणका रूपमा लिइन्छ, जुन भक्तपुरका राजा नरेन्द्रदेवको सम्झनामा रथयात्रा गरिन्छ।

गाबहालदेखि सुन्धारासम्मको यात्रामा रथ भक्तपुरवासीले तान्नुपर्ने मान्यता रहे पनि आजभोलि भने पाटनको ज्यापु समाजले तान्ने गर्छन्।

यसरी गाबहालदेखि सुन्धारासम्म पुर्‍याउँदा रथ पूर्व दिशातिर लागिरहे पनि भक्तपुरवासीले भक्तपुरतिर लैजान सक्छन् भन्दै तत्कालै पश्चिमतिर फर्काइ रथ तान्ने परम्परा रहेको ज्योतिषी जोशीले बताउनुभयो।

यसरी रथलाई सुन्धारा पुर्‍याएपछि जात्रा हेर्न यक्षगण, भूतप्रेत आदि आउने मान्यता रहेका कारण बेलुकीपख उनीहरूलाई मासुको परिकार छोयलगुँ बाँड्ने गरिन्छ।

छोयलगुँलाई रथ आएको बाटोमा छर्ने गरिन्छ र बाँकी रहेको छोयलगुँलाई प्रसाद मानी जात्रा सहभागीलाई दिने गरिन्छ।

जात्रा सम्पन्न नहुञ्जेल विभिन्न स्थानमा छोयलगुँ गर्ने गरिन्छ। छोयलगुँलाई जात्राको सुरुआतको रूपमा लिइन्छ।

Popularity: 8%

Add comment May 9th, 2011

गृह माओवादीलाई दिएको निर्णय फिर्ता हुँदैन–मन्त्री कार्की

एचकेनेपाल डट कम-
सामान्य प्रशासनमन्त्री युवराज कार्कीले गृहमन्त्रालय एकीकृत नेकपा (माओवादी) लाई दिएको निर्णय फिर्ता नहुने बताउनुभएको छ।

पार्टी कामका सिलसिलामा चितवन आएका मन्त्री कार्कीले भरतपुरमा पत्रकारसँग कुरा गर्दै पार्टीको निर्णयअनुसार गृहमन्त्रालय माओवादीलाई दिइएको हो भन्नुभयो।

माओवादीको केन्द्रीय बैठकबाट शान्ति र संविधानको विषयलाई प्रमुख एजेन्डा बनाउने निर्णय भएपछि मात्र गृहमन्त्रालय माओवादीलाई दिइएको उहाँले बताउनुभयो।

Popularity: 8%

Add comment May 9th, 2011

मुस्ताङमा बृहत् कवि गोष्ठि हुने

भवानीप्रसाद शर्मा / एचकेनेपाल डट कम-
पर्वत, धौलागिरि क्षेत्रमा कलागत गतिविधि शुन्य प्रायः रहेको अवस्थामा नेपाली गद्यकविता धारका सर्वाधिक लोकप्रिय कवि स्व. भूपि शेरचनको २२ औं स्मृति दिवसको अवसर पारेर बृहत् कवि गोष्ठि तथा अंचलस्तरिय बालचित्रकला प्रदर्शनी हुने भएको छ।

ऋतुरंङ्ग फाउण्डेशन, नेपालको पर््रवर्द्धन तथा भूपि स्मृति थाक पुस्तकालय मुस्ताङको समन्वयमा संचालन गरिने उक्त प्रदर्शनीमा धौलागिरि अंचलका चारै जिल्लाका विद्यालयका वालवालिकाहरुले भाग लिने आयोजकले जनाएको छ।

जेठ १ मुस्ताङको कोवाङ र २ गते जोमजोममा संचालन गरिने उक्त प्रदर्शनीमा अंचल भरका दुइसय भन्दा बढी बिद्यालयको सहभागिता रहने फाउण्डेशनका आरके अदिप्त गिरिले वताउनुभयो।

प्रदर्शनी शान्ति र संविधान विषयमा भएको हुँदा अंचलभरका जुनसुकै विद्यालयले पनि सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ । चित्रकलाको लागि प्रत्येक सहभागीले कम्तीमा एफोर तथा बढीमा त्यसको डवल साईजमा जुनसुकै रङको प्रयोग गर्न सकिने गिरिले वताउनुभयो । प्रतियोगिताका लागि चित्र बुझाउनुपर्ने अन्तिम मिति पर्वतका लागि यहि बैशाख २८ गते, बागलुङ र म्याग्दीका लागि २९ गते र मुस्ताङका लागि ३० गते विहान ११ बजे सम्मका लागि कायम गरिएको जनाइएको छ।

Popularity: 8%

Add comment May 9th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2011
M T W T F S S
« Apr   Jun »
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Posts by Month

Posts by Category

More news....