Archive for May 10th, 2011

गोर्खा आन्दोलन न्यायको शक्ति होः गेसो अध्यक्ष गुरूङ

सर्बराज राई / एचकेनेपाल डट कम-
लण्डन, गोर्खा भूपू सैनिक संघ (गेसो) का केन्द्रीय सभापति पदमबहादुर गुरुङले गोर्खा आन्दोलन न्यायको शक्ति भएको बताएका छन्।

लण्डन कलेज अफ ईन्जिनियरिङ्ग हल वुलवुइच लण्डनमा आइतवार आयोजित कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमूख अतिथि गुरूङले गोर्खा आन्दोलन न्यायको लागि गरिएको बताए। मानवले मानवलाई कहिले पनि जानी जानी गल्ती गर्नु नहुने उनको भनाई थियो। गुरूङले भने- ‘जसले मान्छेको आत्मा रुवाउंछ, उसले एकदिन गल्तिको सजाय पाउछ, पाप धुरीबाट कराउछ, आज दुई सय वर्ष अगाडि ब्रिटिशले गरेको भेदभावको पाप कराउदै छ’।

‘अबको दुई वर्षपछि बेलायतले गोर्खाहरुलाई समान पेन्सनको समाधान पक्का गर्नेछ’, उनले भने। ‘यो सवाल यहाँमात्र मात्र होइन संसारको अगाडि गेसोले बोल्ने छ। गोरखा भूपू सैनिक संघ गेसो भनेको यमराजको मुखमा पुगेर आफ्नो बाटोमा फर्केको संस्था हो’ - गुरूङले भने। ‘कि गोर्खा भू पू सैनिक संघ गेसोले जे बोल्छ, त्यो गरेर छोड्छ। हाम्रा पितृहरुको रगतले यि पापीहरुलाई सधैं कुबुद्धि र कुविचार दिइरहेको छ भन्दै आगामी दिनहरुमा नयाँ ढंगले अगाडि तीन फिट र पछाडि बाह्र फिट नापेर सशक्त ढंगले अगाडि बढ्ने गुरूङले बताए।

त्यस्तै गरी, कार्यक्रमको अतिथि एबं केन्द्रिय महासचिव महेन्द्रलाल राईले कार्यक्रममा भने- ‘अधिकार मागेर होइन लडेर अनि खोसेर प्राप्त भएको हो। यो अधिकार आमजनसमुदाय, कानुनविद, पत्रकार, शुभचिन्त्तक एवम आमवेलायती नागरिकहरुको सल्लाह सहयोग र समर्थनको सफलता हो।’ गल्ती प्रचार गर्ने पापी षड्यन्त्रकारीहरुसंग होसियार रहन समेत उनले आग्रह गरे।

त्यस्तै गरी, केन्द्रीय प्रमुख सल्लाहकार एबम कार्यक्रमको अतिथि डा चन्द्रबहादुर गुरुङ्ले गोरखाहरुको अधिकारहरु प्राप्त भईसकेको र अधिकार लिन ढिलो नगर्न आह्वान गरे। ‘हातेमालो गरेर आफ्नो शक्तिलाई प्रयोग गर्नु अहिलेको आवश्यकता हो’ गुरूङले भने।

Recent Videos:

Popularity: 9%

4 comments May 10th, 2011

रुकुममा अर्को बस दुर्घटना, पाँचको मृत्यु, ६० घाइते

एचकेनेपाल डट कम संवाददाता-
रुकुमको मुरु गाविसस्थित डाँगिमोडमा ब्याक गर्ने क्रममा नियन्त्रण गुमाएर बस तल खोलामा खस्दा म्तिमा पाँच जनाको मृत्यु भएको छ।

घटनामा करिब ६० जना घाइते भएका छन्।

बस रुकुमको खलङ्गाबाट दाङको तुलसीपुरतर्फ गइरहेको थियो। बसमा ८० जना सवार भएको बताइएको छ।

दुर्घटना बसका चालक र कन्डक्टर भागेका छन्।

Recent Videos:

Popularity: 9%

Add comment May 10th, 2011

धादिङमा बस दुर्घटना, एकको मृत्यु, १२ घाइते

एचकेनेपाल डट कम संवाददाता-
बाग्लुङबाट काठमाडौँतर्फ जाँदै गरेको ना ३ ख ९६८१ नम्बरको बस आज बिहान सडकबाट ७० फिट तल खोलामा पल्टिएर दुर्घटना हुँदा एक जनाको घटनास्थल मै मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

बसको गति तिव्र रहेको चालक निदाएकोले दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।

मृत्यु हुनेमा भक्तपुर टेक्निकल कलेजका प्रिन्सिपल रहेका अन्दाजी ३५ वर्षीय सूर्यबहादुर मल्ल रहेका छन्।

Recent Videos:

Popularity: 9%

Add comment May 10th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2011
M T W T F S S
« Apr   Jun »
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Posts by Month

Posts by Category

More news....