Archive for May 11th, 2011

खनाल नेतृत्वको सरकारको विकल्प खोज्न हुदैनः बैद्य

एचकेनेपाल डट कम सम्वाददाता-
काठमाडौ, एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन बैद्य किरणले प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको सरकारको विकल्प खोज्न नहुने बताएका छन्।

केही दिन यता माओवादीकै अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराईले सरकारको नेतृत्व परिर्वतनको विषयमा एमाले र काग्रेसका नेताहरुसँग छलफल थालेकै बेलामा रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा बैद्यले यस्तो धारणा राखेका हुन्।

क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा बैद्यले खनाल नेतृत्वको विकल्प खोज्नुको साटो यसलाई नै पूर्णता दिएर शान्ति र संविधान निर्माणको जिम्मेवारीलाई पुरा गर्नु पर्ने धारणा राखेका छन्। बैद्यले भने- सरकारलाई पूर्णता दिएर निरन्तरता दिने पार्टीको निर्णय हो। त्यसबाट पार्टी पछाडी हट्दैन।

सरकारको विकल्पको विषयमा भईरहेको छलफललाई लक्षित गर्दै बैद्यले भने बाहिर कसले के भन्दै छ त्यो उनीहरुको ब्यक्तिगत कुरा हो। हामी सरकारलाई निरन्तरता दिने पक्षमा छौ। पार्टीको नीति र निर्णय विपरित बार्ता र सहमति गर्दै हिडे त्यो खारेज हुन्छ।

सरकारलाई पूर्णता दिएर निरन्तरता दिन आफूहरु तयार रहेको स्पष्ट पार्दै बैद्यले एमालेका नेताहरुलाई पनि सरकारलाई सहयोग गर्न आग्रह गरेका छन्।

Recent Videos:

Popularity: 8%

1 comment May 11th, 2011

पोखरामा किक बक्सिङ प्रतियोगिता शुरु

हुम तमु / एचकेनेपाल डट कम-
पोखरा, स्वतन्त्र विद्यार्थी युनियन पृथ्बीनारायण क्याम्पसको आयोजना र सितोरीयो कराँते संघ कास्कीको संयोजनमा बुधवारदेखि पोखरामा अन्तर क्याम्पस राष्ट्रिय सितोरीयो कराँते तथा किक बक्सिङ प्रतियोगिता शुरु भएको छ।

प्रतियोगिताको पुरुष एकल काताँमा आयोजक पृथ्वीनारायण क्याम्पसका कृष्णकुमार लामा प्रथम हुदै स्वर्ण पादक जितेकाछन भने मोर्गन इन्टरनेशनल कलेज काठमाण्डौंका सुमन लामा द्धितीय, पश्चिमाञ्चल इञ्जिनियरीङ क्याम्पसका बुद्धिबहादुर थापा र सरस्वती बहुमुखी क्याम्पस काठमाण्डौंका अनिल तामाङ तृतीय भएकाछन्।

महिला एकल काताँमा मोर्गन इन्टरनेशनल कलेज काठमाण्डौंका सिर्जना तामाङ प्रथम, पृथ्वीनारायण क्याम्पस पोखराकी संगीता लामा द्धितीय, महेन्द्ररत्न क्याम्पस इलामकी सुनिता श्रेष्ठ र सरस्वती क्याम्पस काठमाण्डौंकी मालिका थापा तृतीय भएका छन्।

महिला टीम कातामा मोर्गन इन्टरनेशनल कलेज काठमाण्डौं प्रथम, पृथ्वीनारायण क्याम्पस द्धितीय, महेन्द्र रत्न इलाम र आरआर क्याम्पस काठमाण्डौं तृतीय भएकाछन । यसैगरी पुरुष टीम कातामा पनि मोर्गन इन्टरनेशनल कलेज नै प्रथम हुदै तेश्रो स्वर्ण पदक प्राप्त गरेको छ भने पृथ्वीनारायण क्याम्पस द्धितीय र पश्चिमाञ्चल इञ्जिनियरीङ क्याम्पस लामाचौर र र्सलाहीको सिआइएल कलेज तृतीय भएको छ।

कुमुतेतर्फ ४५ केजी पुरुष तौल समूहमा पृथ्वीनारायण क्याम्पसका नरेश अधिकारी र मोर्गन इन्टरनेशनल कलेजका विजय लामा फाइनलमा प्रवेश गरेका छन। उक्त तौल समुहमा एनसीसीका रोजेश श्रेष्ठ र परासर क्याम्पस तनहूँका सुरज थापा तृतीय भएका छन्। यसैगरी ५० केजी तौल समुहमा नेपाल कर्मश क्याम्पसका अमर कुशवर र मोर्गनका सोनम लामा फाइनलमा प्रवेश गरेकाछन र ५५ केजी तौल समुहमा पृथ्वीनारायण क्याम्पसका कृष्णकुमार लामा र नेपाल कमर्श क्याम्पसका रविन्द्र कार्की फाइनलमा प्रवेश गरेका छन्।

पृथ्वीनारायण क्याम्पसमा प्रतियोगिता हुने भनिएता पनि क्षत्री समाजको बन्दका कारण पोखरा रंगशालामा प्रतियोगिता गरिएको बताइएको छ। कुल १२ इभेन्टम प्रतिस्पर्धा हुने प्रतियोगितामा १६ क्याम्पसका १५० खेलाडीको सहभागीता रहेको छ।

Popularity: 8%

Add comment May 11th, 2011

विश्व साइकलयात्री दाहाल फिलिपिन्समा

एचकेनेपाल डट कम सम्वाददाता-
विश्व साइकलयात्री सौरभ दाहाल फिलिपिन्स पुगेका छन्। ३४ औं देशको यात्राको क्रममा फिलीपिन्स पुगेका दाहाल प्रवासी नेपालीहरुलाई भेट्नमा व्यस्त छन्।

यसै सिलसिलामा उनलाई इन्टर नेशनल गा्रजुयेट स्कूल आफ लिडरशिप कलेजका नेपालीहरुले स्वागत तथा सत्कार गर्दै उनको यात्रामा सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त्त गरेका छन्।

सबैको लागि शिक्षा, विश्व शान्ति र नेपाललाई विश्वसामु चिनाउनका लागि दिनको घाम र रातको अधेरो नभनी अहिलेसम्म ६८ हजार कि. मी. यात्रा पार गरिसकेका छन्। सौरव फिलीपिन्सको यात्रापछि दक्षिण कोरिया जाने तर्खरमा छन्।

Recent Videos:

Popularity: 8%

2 comments May 11th, 2011

तराईलाई चार संघीय प्रदेश बनाउनु पर्ने माग गर्दै तराई बन्द

एचकेनेपाल डट कम सम्वादादाता-
काठमाडौ, थारु कल्याणकारिणी सभाले तराईमा चार संघीय प्रदेश निर्माण गर्नु पर्ने लगायतका १० बुँदे माग पुरा गराउन दवाव स्वरुप भोलि विहीवार एक दिने तराई बन्दको घोषणा गरेको छ।

थारु कल्याणकारिणी सभाले बुधवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी भोलि तराई बन्द र आज साँझ तराईका सबै जिल्लामा मसाल जुलुस प्रदशन गर्ने जानकारी दिएको हो।

नेपाल आदिवासी जनजाती महासंघको समर्थनमा आयोजित तराई बन्दको क्रममा एम्बुलेन्स, शबबाहन, पत्रकार , मानवअधिकारवादी, पर्यटक, कुटनीतिक नियोग र दुलाहा दुलहीको गाडीलाई भने अवरोध नगरिने पत्रकार सम्मेलनमा सभाका अध्यक्ष चन्द्र कुमार चौधरी थारुले जानकारी दिए।

सभाले समयमै संविधान जारी गर्नु पर्ने, संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नुपर्ने, संक्षिप्त र अपुरो संविधान जारी गर्न नपाई, नयाँ संविधानको प्रारम्भीक मस्यौदा तत्काल जारी गर्नुपर्ने, जल जंगल र जमिनमा आदीवासीको अधिकार सुनिश्चित गर्नु पर्ने, मुलुकमा मधेसीकरण र हिन्दूकरण गर्ने षडयन्त्रको अन्त्य गर्नु पर्ने, सरकारसँग भएको छ बुँदे सम्झौता कार्यान्वयन गर्नु पर्ने, जातीय समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नु पर्ने र कमैया, कमलरीको बास गास र कपासको ग्यारेन्टी गर्नु पर्ने माग अगाडि सारेको छ।

पत्रकार सम्मेलनमा अध्यक्ष थारुले संविधानसभा र सभासदहरुले भत्ता खाने कामबाहेक केही नगरेको आरोप लगाउँदै तोकिएकै समयमा संविधान जारी नगरे सभाले अझै कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।

Recent Videos:

Popularity: 8%

Add comment May 11th, 2011

आफ्नो रेकर्ड आफै तोडेर आपा २१ औँ पटक सगरमाथा पुगे

एचकेनेपाल डट कम संवाददाता-
प्रख्यात सगरमाथा आरोही आपा शेर्पाले आज बिहान अर्को विश्व कीर्तिमान राखेका छन्। २१ औँ पटक सगरमाथा आरोहण गरी उनले आफैले राखेको विश्व कीर्तिमान तोडेका हुन्।

यो क्रम उनले ११ औँ पटक सगरमाथा चढ्दादेखि जारी राखेका हुन्।

हिजो राति १० बजेदेखि सगरमाथाको अन्तिम आधार शिविरबाट उनले यात्रा थालेका थिए। यसअघि शनिबार मौसमको खराबी कारण उनले आफ्नो यात्रा स्थगित गरी क्याम्प २ फर्केका थिए।

Recent Videos:

Popularity: 8%

Add comment May 11th, 2011

कोरियामा नेपालीको मृत्यु

रघु त्रिपाठी / एचकेनेपाल डट कम-
दक्षिण कोरिया, कम्पनीमा काम गर्ने क्रममा दुर्घटनामा परी काभ्रे जिल्ला विर्ता देउराली गाविस वडा नं ९ निवासी अन्दाजी ३० वर्षीय श्रवणराज पन्तको मृत्यु भएको छ।

मंगलवार विहान आन्सानस्थित हान्दो अस्पतालमा उपचार गर्दा गर्दै उनको मृत्यु भएको नजिकका साथीहरूले बताएका छन्।

विहान करीव ११ बजे पन्तको मृत्युपछि कोरियाबासी नेपालीहरु स्तब्ध भएका छन्। रोजगारीको सिलसिलामा २१ महिना अगाडि मात्र इपिएसमार्फत कोरिया आएका पन्त आन्सानस्थित आलमुनियम कम्पनीमा कार्यरत थिए।

उपचारमा संलग्न चिकित्सकहरुले जनाए अनुसार टाउकोको पछाडिभागमा गहिरो चोट लागेको पन्तलाई साँझ ८ बजेतिर अस्पताल ल्याइएको थियो। राति ११ बजे अपरेसन गरेको र उनको होस नआएपछि आइसियूमा राखिएको थियो।

घटना कसरी भयो?
घटना स्थलमा पुगेका काभ्रे सम्पर्क समितिका अध्यक्ष यम श्रेष्ठका अनुसार सोमवार साँझ ७ ४० बजे काम सकिनअघि पन्त आफु कार्यरत स्थलमा सरसफाई गरिरहेका थिए। अन्दाजी १४ फिट माथिबाट क्रेनमा जडान गरिएको चेन खुस्किएर चेनले बाँधिएको ३० किलो वजन बराबरको हुक उनको टाउकोमा लागेको थियो। प्रत्यक्षदर्शी गोविन्द न्यौपाने र मोरङ्ग निवासी रमेश भट्र्राईका अनुसार टाउकोमा गम्भीर चोट लागेका पन्तलाई उनका नेपाली तथा कोरियन सहकर्मीहरूले एम्बुलेन्स बोलाएर अस्पताल पुर्र्याएका थिए।

विहान ८ बजे उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले पन्तको अवस्था अत्यन्तै चिन्ताजनक रहेकोले उनका आफन्तलाई बोलाउंन सुझाव दिएका थिए। उनको ११ बजे मृत्यु भएको थियो।

काभ्रे सम्पर्क समितिका सहसचिव समेत रहेका मृतक पन्त अत्यन्त मिलनसार तथा सहयोगी थिए। दिनभरी ५ टन भन्दा बढी सामान उठाएको उक्त क्रेनमा जडित हुक सुरक्षित तवरले जडान गरिएको हुन्छ।

रोकिराखेको ठूलो क्रेनमा सानो क्रेनले ठक्कर दिएपछि क्रेनमा जडान गरिएको डाइ खसेको हुन सक्ने अनुमान गरिएपनि वास्तविकता भने खुल्न सकेको छैन। घटनाको स्थलगत अनुसन्धान गरेपछि प्रहरीहरुले पनि अचम्म माने। दोभासेका लागि घटना स्थल पुगेका काभ्रे सर्म्पर्क समितिका सल्लाहकार राजेश लामाले भने।

अनुसन्धानका लागि घट्ना स्थल पुगेका प्रहरीहरुले कम्पनीमा कार्यरत नेपाली तथा कोरियनहरुलाई अनुसन्धानकालागि भन्दै प्रहरी कार्यालय पुर्र्याएको थियो। उनीहरुसंग घटनाबारे २ घण्टा सोधपुछ गरिएको थियो। घटनाको वास्तविक कारण अनुसन्धान पछिमात्र थाहा हुन्छ, अनुसन्धानमा संलग्न एकजना अधिकारीले बताए।

श्रवणराज पन्त मृत्यु भएको जानकारी पाएपछि उनका आफन्त साथीभाई तथा कोरियामा रहेका काभ्रेबासीहरुको घटना स्थलमा भिडलागेको थियो।

घटनाको बारेमा नेपाली दूतावासलाई जानकारी गराएपनि घटना स्थलमा कोही पुगेको पाइएन। राजदूत कमलप्रसाद कोइरालासंग टेलिफोन सम्पर्क गर्दा कोरियामा सार्वजनिक विदा भएकोले बुधवारमात्र पुग्न सक्ने बताए। पन्तको पार्थिव शरिरलाई नेपाल पठाउंने वा यही दाहसंस्कार गरिने भन्ने विषयमा निधो भएको छैन।

मृतक पन्तका नेपालस्थित घरमा आमा, श्रीमती तथा तीन वर्षीया छोरी छन् भने भाई रोजगारीको सिलसिलामा मलेसिया गएका छन्।

Popularity: 8%

Add comment May 11th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2011
M T W T F S S
« Apr   Jun »
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Posts by Month

Posts by Category

More news....