Archive for May 12th, 2011

‘राजसंस्थालाई निषेध गर्ने संविधान’ नमान्ने चेतावनी

एचकेनेपाल डट कम सम्वाददाता-
काठमाडौ, लिग नेपाल शान्ति एकता पार्टीले राजसंस्थालाई निषेध गरेर बनाईने संविधान नमान्ने चेतावनी दिएको छ।

रिपोर्टर्स क्लबद्वारा विहीवार आयोजित पत्रकार सम्मेलनमा राजसंस्थालाई निषेध गरेर संविधान जारी गरे त्यसले मुलुकमा ठूलो द्वन्द्धको सृजना गर्ने चेतावनी पनि दिएको छ।

अध्यक्ष धनेन्द्र बहादुर बस्नेतले नेपाली जनताको भावना विपरित संघीयताको नाममा मुलुक टुक्राउने, बहुसंख्यक नेपाली हिन्दूहरुको भावनामाथि कुल्चेर धर्म निरपेक्षता कायम गर्ने र राजसंस्थालाई निषेध गरेर गणतन्त्र स्थापना गर्ने उद्धेश्य रहेको संविधानसभाको म्याद कुनै पनि हालतमा थप्न नदिने बताए।

संविधानसभाको म्याद थप्ने षडयन्त्र विरुद्ध आफूहरुले आन्दोलन गर्ने चेतावनी दिदै संबैधानिक राजतन्त्र र हिन्दू राष्ट्र कायम गरि छाड्ने प्रतिबद्धता पनि ब्यक्त गरे।

नयाँ नेपाल निर्माण गर्नु पर्ने बेलामा दलहरुका कारण नेपाली जनता जात, भाषा, धर्म र भूगोलको विवादमा निर्रथक रुपमा अल्झिनु परेको आरोप लगाउँदै बस्नेतले दलहरुकै कारण नेपालको अवस्था दिनप्रतिदिन अस्तब्यस्त बन्दै गएको दावी गरे।

सो पार्टीले दलहरुलाई सचेत गराउँदै पार्टीको सात बुँदे माग पत्र समेत पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ। जसमा राजसंस्था र राजपरिवारलार्य निषेध गरेर संविधान निर्माण गर्न नहुने, धार्मिक स्वतन्त्रता सहित हिन्दू राष्ट्र कायम गरिनुपर्ने, जात, भाषा, धर्म र भूगोलको आधारमा नेपाली जनतालाई विभाजित गर्ने काम बन्द गर्नु पर्ने, लोकतन्त्रको नाममा दलिय अधिनायकबाट जनतामाथि थोर्पन नहुने, संविधानसभा भंग गरी राजसंस्था सहितको सर्वदलिय संयन्त्र निर्माण गरी संविधान बनाउनु पर्ने, निषेधको राजनीति बन्द गर्नुपर्ने लगायतका मागहरु समेटिएको छ।

Recent Videos:

Popularity: 8%

2 comments May 12th, 2011

आज टर्चलाइट र सिठ्ठी जुलुस

हुम तमु / एचकेनेपाल डट कम-
पोखरा, संविधानको मस्यौदा सार्वजनिक गर्नुपर्नेलगायत छ बुँदे माग राख्दै आदिवासी जनजाति आन्दोलन राष्ट्रिय मोर्चाले भोलि नेपाल बन्द गर्ने भएको छ।

बन्दलाई सफल बनाउन आदिवासी जनजाति आन्दोलन राष्ट्रिय मोर्चा कास्कीले आज साँझ साढे छ बजे आदिवासी जनजाति महासंघ कास्कीको कार्यलय सिर्जनाचोकबाट टर्चलाइट र सिठी जुलुस गर्ने भएकोछ।

जुलुस लखनचोक, सभागृहचोक, न्युरोड, विपीचोक चिप्लेढुंगा हुदै भिमसेनचोकमा पुगेर कोणसभामा परिणत हुने मोर्चा कास्कीका संयोजक देविराज तमुले जानकारी दिए।

भोलिको बन्दमा मोर्चाले परीक्षा दिने विद्यार्थीका सवारी साधनलाई प्रवेशपत्रको आधारमा, पर्यटकका सवारी साधन, एम्बुलेन्स, प्रेस, कुटनितीक नियोग, मानवअधिकारकर्मी, खानेपानी, दुध, विवाहका गाडीलाई छुट दिने मोर्चाले जनाएको छ। बन्दमा चोक चोकमा साँस्कृतिक झाँकीसहित सहभागी हुने बताइएकोछ।

मोर्चाले आदिवासी जनजातिको अधिकार सुनिश्चित भएको नयाँ संविधानको प्रारम्भिक मस्यौदा तालिका तत्काल जारी गर्नुपर्ने, संविधान निर्माणका सन्दर्भमा आदिवासी जनजाति प्रतिनिधी मण्डलसाग तत्काल वार्ता गर्नुपर्ने, राज्य पुनंर्सरचना आयोग गठनको षडयन्त्रको अन्त र राज्य पुनर्संरचना समितिको प्रतिवेदन संविधानको प्रारम्भिक मस्यौदामा समावेश गरिनुपर्ने, नेपाल सरकारले नेपाल आदिवासी जनजाति महासंघसँग विगतमा गरेको बीस वुँदे सहमति लगायत थारु कल्याणकारीणी सभा, लिम्बुवान, ताम्सालिङ तथा संयुक्त मुस्लिम संर्घष समितिसँग गरेको सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्ने र स्थानीय निकायहरुमा आदिवासी जनजाति, दलित, मुस्लिम, महिला, अपांग लगायतका समुदायहरुका लागि जाने बजेट समुदायका प्रतिनिधीमूलक संस्थामार्फत मात्रै वितरण गर्ने निर्देशिका जारी गर्नुपर्ने र जनगणना २०६८ को निष्पक्षता र आदिवासी जनजातिको सहभागीताको माग कुनै सुनुवाई नभएपछि बाध्यतावस नेपाल बन्द गर्नुपरेको आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष पानबहादुर घर्तीले जानकारी दिए।

Recent Videos:

Popularity: 7%

Add comment May 12th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2011
M T W T F S S
« Apr   Jun »
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Posts by Month

Posts by Category

More news....