Archive for May 15th, 2011

खर्च अभावमा बलात्कृत बालिकाको स्वास्थ्य नाजुक

एचकेनेपाल डट कम संवाददाता-
उपचार गर्ने खर्च नभएपछि आफ्नै काकाद्वारा बलात्कृत एक बालिकाको स्वास्थ्य अवस्था नाजुक बनेको छ।

पर्साको ठोरी गाविस वडा नम्बर ९ कि स्थानीय पाँच वर्षीया बालिका आफ्नै काका मुरारी पन्तद्वारा बलात्कृत भएपछि उपचारका लागि नारायणी अस्पतालमा भर्ना गरिएपनि पैसा अभावका कारण उपचारमा समस्या भएको पीडितकी आमा कुमारी पन्तले बताउनुभयो।

यही वैशाख १९ गते आफ्नै काकाको बलात्कारको शिकार बनेकी बालिकाकी आमा पन्तले आफ्ना देवर विरुद्ध इलाका प्रहरी कार्यालय ठोरीमा उजुर दिएपछि हिजो उक्त घटना सार्वजनिक भएको थियो। उपचार गर्ने पैसा नभएपछि चिकित्सकहरुले पनि छोरीको कुनै ध्यान नदिएको पन्तले बताइन्।

उनले बिस्कुट र पाउरोटीको भरमा छोरीलाई टार्न परेको पनि गुनासो गरिन्। घटनाका अभियुक्त भने हाल फरार रहेको प्रहरीले बताएको छ। घटनाबारे कसैलाई भनेमा ज्यान मार्ने धम्की देवरले दिएको पनि पन्तले बताएकी छन्।

Popularity: 9%

3 comments May 15th, 2011

कुनै नेतालाई जङ्गबहादुर बन्न दिइँदैन–नेता ओली

एचकेनेपाल डट कम संवाददाता-
नेकपा (एमाले)का नेता केपी शर्मा ओलीले अरुले जति भने पनि प्रधानमन्त्री झलनाथ खनाल पछिको प्रधानमन्त्री आफू नहुने बताउनुभएको छ।

“यहाँ मलाई प्रधानमन्त्री हुन लाग्यो भन्ने आरोप लगाइन्छ, सर्वदलीय सहमति गरेर जति भनेपनि झलनाथ खनालपछि म प्रधानमन्त्री हुन्न, सत्तामा जान्छु प्रधानमन्त्री हुन्छु भन्ने कुरा बेकार हो, म पद होइन विचार र निष्ठामा विश्वास गर्छु,” नेता ओलीले भन्नुभयो।

नेकपा (एमाले) झापा–काठमाडौं सम्पर्क मञ्च संयुक्त क्षेत्रीय मञ्चको आठौँ सम्मेलनका अवसरमा आयोजित कार्यक्रममा नेता ओलीले पार्टीमा छलफल नगरिकन संविधानसभाको म्याद बढाउने निर्णय किन भयो भन्ने प्रश्न गर्नुभयो।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री झलनाथ खनालले स्वेच्छाचारीढङ्गले मन्त्रीहरू नियुक्त गर्नुभएको प्रसङ्ग उल्लेख गर्दै प्रतिपक्षीसँग छलफल नगरिकन र पार्टीमा छलफल नगरिकन संविधानसभाको म्याद एकवर्ष थप्ने काम किन भयो भन्ने प्रश्न गर्नुभयो।

टेलिभिजनमा हेरेर मात्र एक वर्ष म्याद थप्ने प्रस्तावबारे आफूले थाहा पाएको नेता ओलीको भनाइ थियो।

नेपाली काँग्रेसमा २००८ सालताका मातृकाप्रसाद कोइरालाले अध्यक्ष हुँदा मनपरी ढङ्गले काम गर्दा पछि उनले बेहोरेको नियतिको प्रसङ्ग उल्लेख गर्दै नेता ओलीले पार्टीमा छलफल नगरी काम गर्दै जानेको हालत पनि मातृकाकै जस्तै हुने चेतावनी दिनुभयो।

उहाँले पार्टी सामूहिक र बहुपदीय प्रणालीबाट मात्र हैन, पार्टी नीति, निर्णय र छलफलबाट मात्रअघि बढ्नुपर्छ भन्नुभयो। “बल्खु पार्टी कार्यालय हो की ईंट्टाको थुप्रो हो, राजदूत नियुक्त हुँदा पार्टी विदेश विभागलाई थाहा हुँदैन,” नेता ओलीले भन्नुभयो।

नेता ओलीले एमाले पार्टीमा धेरैको योगदान, बलिदान र त्याग रहेकाले कुनै पनि नेतालाई पार्टीभित्र जङ्गबहादुर बन्न नदिइने बताउनुभयो। “अहिले एमालेभित्र कुनै छलफल नै हुँदैन, तर कुनै पनि नेतालाई जङ्बहादुर बन्न दिइँदैन,” नेता ओलीले भन्नुभयो।

Popularity: 8%

1 comment May 15th, 2011

शान्ति प्रक्रियाको बाँकी काम पूरा गरेपछि मात्र संविधान: नेता रावल

एचकेनेपाल डट कम संवाददाता-
पूर्व गृहमन्त्री एवम् नेकपा (एमाले) का नेता भीम रावलले शान्ति प्रक्रियाको बाँकी काम पूरा नगरिकन संविधानसभाको म्याद थप्न नहुने बताउनुभएको छ।

नेकपा (एमाले) ३ नम्बर निर्वाचन क्षेत्रीय कमिटी ललितपुरले आयोजना गरेको छलफल कार्यक्रममा उहाँले शान्ति प्रक्रियाको बाँकी कामको पूर्वाधार खडा नगरी म्याद थप्नु बेकार हुने टिप्पणी गर्नुभयो।

नेता रावलले भन्नुभयो– ‘संविधानसभाको म्याद थप्ने वा नथप्ने ठूलो कुरो होइन, शान्ति प्रक्रियाको बाँकी कामको पूर्वाधार खडा नगरी खाली म्याद बढाएर मात्र संविधानसभाको औचित्य पुष्टि हुँदैन।’

Popularity: 8%

Add comment May 15th, 2011

नेताहरूको गैरजिम्मेवारीले समयमा संविधान जारी हुन सकेन

एचकेनेपाल डट कम संवाददाता-
संविधानसभामा दलहरूको गैरजिम्मेवार प्रस्तुतिले समयमा संविधान जारी गर्न नसक्ने स्थितिमा पुगेकामा विभिन्न बुद्धिजीवीहरूले चिन्ता व्यक्त गरेका छन्।

नेपाल बौद्धिक मञ्चद्वारा ‘जेठ १४ : आश कि त्रास’ विषयक अन्तरक्रियामा उनीहरूले दल र तिनका नेताहरूलाई खबरदारी गर्दै संविधानसभा विघटन होइन, जारी गर्नसक्ने विश्वासिलो आधारमा म्याद थप्न सकिने बताएका छन्।

‘देश र जनताका लागि दल र नेताहरू जिम्मेवार हुन पर्‍यो’–नेपाल बौद्धिक मञ्चका संयोजक डा केबी रोकायाले भन्नुभयो – ‘दलहरूले तत्काल निर्वाचन प्रक्रिया र शासकीय स्वरूपमा सहमति कायम गरे मात्र पनि निर्धारित समयमा संविधान जारी गर्न सकिन्छ।’

नागरिक समाजका अगुवा श्याम श्रेष्ठले दलहरू सरकार निमार्णमा केन्द्रित भएकाले समयमै संविधान जारी हुनसक्ने सम्भावना न्यून रहेको बताउनुभयो।

त्यसैगरी, नेपाल वार एसोसिएसनका अध्यक्ष प्रेमबहादुर खड्काले जेठ १४ पछि राष्ट्रपति शासन वा सैनिक शासन लागू हुन नसक्ने धारणा राख्दै नयाँ संविधान बनाउन एसोसिएसनले मस्यौदा निर्माण गर्न सहयोग गर्ने जानकारी दिनुभयो।

Popularity: 8%

Add comment May 15th, 2011

सात देशका राजदूतको उपस्थितीमा बुद्ध जयन्ती

सुजन केसी सार्थक / एचकेनेपाल डट कम-
कुवेत, एक बर्षदेखि कुवेतमा क्रियाशील संगठन नेपाल तामाङ घेदुङ कुवेतले २५५५ औ बुद्ध जयन्ती भब्य रुपले मनाउने तयारी गरेको छ।

मे २७ शुक्रबारका दिन कुवेत सिटीको मालियास्थित एसिया एसिया होटेलमा आयोजना हुने उक्त कार्यक्रममा बुद्ध धर्मावलम्बीहरु रहेका सात देशका राजदूतहरुको उपस्थिती हुने संगठनका अध्यक्ष सुन बहादुरले बताए। प्रमुख अथिति नेपाली राजादूत मधुवन पौडेल रहने छन् भने श्रीलंका, थाइल्यान्ड, कम्बोडिया, बर्मा, लोवस र भुटानका राजदूतहरु अथिति रहने छन्।

बुद्ध जन्मेको देशमा जन्मेका नेपालीहरुले आयोजना गरेको बुद्ध जयन्तीको कार्यक्रममा उपस्थित हुनका लागि सातै देशका राजदूतहरु अति उत्साहित रहेको श्रोतले जनाएको छ। त्यस्तै कार्यक्रमलाई सफल बनाउन संगठनका सदस्यहरु अहोरात्र खटेर लागेका छन्।

नेपालमा प्रत्येक बर्ष बुद्ध जयन्ती शान्ति पदयात्रा, गुम्बामा पूजापाठ र अन्य बिभिन्न कार्यक्रमहरु गरी बुद्ध धर्मवलम्बीहरुले भब्य रुपमा मनाउने गर्दछन्। यसै बमोजिम नेपाल तामाङ घेदुङ, कुवेतले बुद्ध जयन्तीको अवसरमा पहिलो पटक नेपाली संस्कृति, सभ्यता र भेषभूषा झल्काउने सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने छ। कार्यक्रममा नेपालका चर्चित गायक अबिनाश घिसिङको उपस्थिती रहने छ। उनले आफ्ना एक दर्जन भन्दा बढी पप, र्याप अनी सेलो गीतहरुले दर्शकलाई मनोरन्जन दिने जनाएको छ।

कार्यक्रममा स्थानीय प्रख्यात कलाकारहरु सन्जु तामाङ, अशोक लामा, निशा स्याङ्बो, डोल्मा पाख्रिन, प्रीती लामा, बबिता तामाङ र अन्य मोफसल्का कलाकारहरुले आ-आफ्नो कला प्रस्तुत गर्ने छन्।

Recent Videos:

Popularity: 8%

Add comment May 15th, 2011

‘मेरो दिल छ पोखरामा…’

दीपक पौडेल / एचकेनेपाल डट कम -
दोहा, हाँस्य टेलिचलचित्र मेरी बास्सैका कलाकारहरू सिताराम कट्टेल (धुर्मुस) र केदार घिमिरे (माग्ने बुढा)का साथै चर्चित गजल गायक प्रमोद खरेलको साथमा स्थानीय कलाकारहरुका बेजोड प्रस्तुतिसंगै गत शुक्रवार कतारवासी नेपालीहरुले भरपूर मनोरञ्जन बटुले।

कतारवासी दर्शकलाई मनोरञ्जन दिन गोरखा सेवा समाजले गत शुक्रवार ‘द न्यु इअर इभेन्ट्स २०६८’ को आयोजना गर्‍यो।

याद गर्न पनि कोहि न कोहि त चाहिँदो रहेछ.. , कुनै मोडमा साथी पाइँदो रहेछ, कुनै मोडमा गुमाइँदो रहेछ…गीत प्रस्तुत गरेर आफ्नो घर परिवार र प्रेयसीहरुबाट टाढा रहेका नेपालीहरुलाई गायक प्रमोद खरेलले पुनः एक पटक सम्झन बाध्य बनाए। उनले देशभक्ति गीत ‘मेरो देश प्यारो देश’ गाउँदा दर्शकहरु उत्साहित भएर हात हल्लाउदै स्वरमा स्वर मिलाउदै उनलाई साथ दिए। उनले ‘लागि लागि मेरो जोवन तिम्रै लागि’, ‘लाग्छ तिमी सागर सरी’, ‘हे माया हे माया’, लगायतका गित गाए । खाता खोल्दा र विट मार्दा उनले दर्शकको मनलाई पोखरा शहर घुमाए।

‘म बिना कसै कसैलाई मुस्किल छ पोखरामा
म छु आज धेरै ठाढा, मेरो दिल छ पोखरामा…


मेरी बास्सै टिमका कलाकारद्वय केदार घिमिरे र सिताराम कट्टेलले दर्शकहरुलाई आफ्ना तिखा प्रस्तुतीहरुले निकै हँसाएका थिए। माग्ने बुढाले प्रहरी र धुर्मुसले चोरको भेषमा प्रहसनमार्फत देशको अराजक स्थिति र देशमा संबिधान बन्न नसकेकोमा कटाक्ष गर्दै दर्शकहरुलाई क्षणमै भाबुकतामा डुबाए भने क्षणमै हसाएका थिए।

नेपाली कलाकारहरुसहित भारतीय, फिलीपिनी तथा केन्याली लगायतका विदेशी कलाकारहरुले आफ्नो संस्कृतिको अनुसारको प्रस्तुती मार्फत दर्शकहरुलाई भरपुर मनोरन्जन त दिए नै, साथमा आपसी भाइचाराको गतिलो सन्देश पनि बाँडे। भारतीय कलाकार दिपानीता चक्रवर्ती र मोहिता वर्माको ‘डोला रे डोला रे…’बोलको हिन्दी गीतबाट दर्शकको प्रशंसा बटुले भने केन्याका कलाकारहरुले फेथ सी, आन, मारथाको अंग्रेजी गीतमा नृत्य, विट्स एण्ड वाइट्स फिलिपिन्स ब्याण्डका कलाकारहरुले गु्रप नृत्य, र वेली डान्सबाट दर्शकको मन जित्न सफल रहे।

कार्यक्रमको शुरुवात गर्दै झापाकी बर्षा थापाले ‘म राम्री हुन के गरौ भन्देऊ, आँखामा गाजल लाकी ओठमा लाली लाउँकी…’ बोलको गीतमा कम्मर मर्काइन्। स्थानीय कलाकार हरिश बैजुले ‘कोही छ, मलाई छोरी लिने कोही छ’ गीतको बोलमा कमेडी नृत्य गरे भने डेविड क्षेत्रीले ‘चुम्यो मेरो हृदयलाई…’ गीत प्रस्तुत गरेका थिए।

Recent Videos:

Popularity: 8%

Add comment May 15th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2011
M T W T F S S
« Apr   Jun »
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Posts by Month

Posts by Category

More news....