Archive for May 17th, 2011

बुद्ध जयन्तीको अवसरमा घाँटु

हुम तमु / एचकेनेपाल डट कम-
पोखरा, लमजुङको घनपोखरा र घले गाउँवाट पोखरा र लेखनाथ आई बसेका गुरुङहरुको संस्था पोँचोकोँ परीवारले २५५५ औँ वुद्ध जयन्तीको अवसरमा मंगलवारदेखि पोखरामा गुरुङहरुको लोपउन्मुख नाच घाँटु प्रदर्शन सुरु गरेको छ।

वाँझापाटन तमु समाज घरमा हुने घाँटु प्रदर्शनको परिवारका अध्यक्ष क्याप्टेन सुकछरी गुरुङले दीप प्रज्वलन गरी उद्घाटन गरेका हुन्।

घाँटु नाँचमा गुरुहरु शिर ध्वोज गुरुङ, सुवेदार टेकमान गुरुङ्ग, दुतमान गुरुङ्ग, डिलवहादुर गुरुङ्ग, गमवहादुर गुरुङ्ग र डम्मर घले लगायतले घाँटु डाठ गीत गाएका छन् भने चित्र काशी गुरुङ्ग, सपना गुरुङ्ग, जस्मिन गुरुङ्ग, कजनी गुरुङ्ग, चिन माया गुरुङ्ग, विन कुमारी गुरुङ्ग, डम्मर कुमारी गुरुङ्ग, मिलन देवी गुरुङ्ग, काशीपाते गुरुङ्ग लगायतले नृत्य गरेका छन्। नृत्य गर्नेहरुमध्ये सपना गुरुङ्ग र जस्मिन गुरुङ्गले यसैवर्षबाट घाँटु नाच नाचेको परिवारका सचिव तिलवहादुर गुरुङले जानकारी दिए।

गुरुङहरुको लोपउन्मुख नाच घाँटु सत्ती घाँटु र वाह्रमासे गरी दुइ किसिमको हुने भन्दै परीवारले विगतका वर्षदेखि वाह्रमासे घाँटु प्रस्तुत गर्दै आएको सचिव गुरुङले बताए।

वुद्ध जयन्तीको अवसरमा परिवारले विगत चार वर्षदेखि वुद्ध जयन्तीको दिन र भोलिपल्ट गरी परिवारले पोखरामा दुइ दिनसम्म लोपउन्मुख नाच घाँटु देखाउदै आएको छ।

Recent Videos:

Popularity: 9%

Add comment May 17th, 2011

पोखरामा किराँतहरुको उभौली पर्व

हुम तमु / एचकेनेपाल डट कम-
पोखरा, बैशाखे पूर्णिमा अथवा चण्डी पूर्णिमाको अवसरमा मंगलवार पोखराका किराँतहरुले शान्ति बनबाटिकामा उभौली पर्व धुमधामका साथ मनाए।

उभौली कार्यक्रमका प्रमुख अतिथि कास्कीका जिल्ला शिक्षा अधिकारी झुमप्रसाद राईले नयाँ बन्ने संविधानमा आदिवासी जनजातिका राजनितिक, आर्थिक, सामाजिक, साँस्कृतिक अधिकार सुनिश्चित हुनु पर्ने बताए। राईले आदिवासी जनजातिका मौलिक सँस्कृति नै नेपालको साँस्कृतिक मौलिकता भएको दावी गरे।

किराँत सेवा समाज कास्कीका अध्यक्ष गणेश देवानको अध्यक्षता भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष पानबहादुर घर्ती, पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष रिजन शेरचन, नेवा खलः कास्कीका अध्यक्ष प्रकाशमान पालिखे, नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगर, नरेन्द्रकुमार राई, अरुणकुमार लिम्बु, गजेन्द्र सुब्बालगायतले मन्तव्य व्यक्त गरे।

किराँतका पुर्खा सुम्नीमा र पारुहाङ एंव पकृति पूजा गरी शुरु भएको उभौली पर्वमा साकेला नृत्य, च्याब्रुङ नृत्य, टम्बोला खेल, रस्साकस्सी लगायत विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। कार्यक्रममा गत वर्षको भ्वाइस टीनका टप टेन प्रतिस्पर्धी नविन राईले गीतहरु प्रस्तुत गरेका थिए।

खेतीवालीको समय भएकाले बेलैमा पानी परोस, खेतीवाली राम्रोसँग लगाउन पाइयोस, पशुपंक्षी, बन्यजन्तुले दुख नदिओस, प्राकृतिक विपत्ति नओस भनेर उभौलीमा किराँतहरुले प्रकृतिसँग कामना गर्दछन्।

Recent Videos:

Popularity: 9%

Add comment May 17th, 2011

जनताको चाहनामाथि तुषारापात

एचकेनेपाल डट कम संवाददाता -
काठमाडौ, संविधानसभामा प्रतिनिधित्व गर्ने र बाहिर रहेका १७ दलहले सरकारले संविधानसभाको म्याद एक वर्ष थप्न ल्याएको प्रस्तावले नेपाली जनताको संविधान पाउने आशामा तुषारापात गरेको ठहर गरेको छ।

सत्र दलले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर जेठ १४ गते संविधान जारी गर्ने आधार हुँदा हुँदै सरकारले हतारमा म्याद थपको प्रस्ताव ल्याएको आरोप लगाए।

आन्दोलनकारी दलहरुले नै नेतृत्व गरिरहँदा पनि निर्धारित समयमा शान्ति र संविधानको जिम्मेवारी पुरा हुन नसक्नु विडम्बनाको स्थिति भएको उनीहरुको ठहर छ।

पत्रकार सम्मेलनमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बाँकी अवधीमा शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्र्याउन र संविधान लेख्न तिर ध्यान दिनु पर्ने ठाँउमा सरकारले प्रयासनै नगरी संविधानसभाको म्याद थपको प्रस्ताव ल्याउनु दुखद भएको बताए।

सत्र दलले २०६३ सालमा नागरिकता दिने क्रममा लाखौ गैरनेपालीले नागरिकता लिएको दावी गर्दै नागरिकताको विषयमा छानविन नभई जनगणना गर्दा गंभीर असर पर्ने भन्दै तत्काल उच्चस्तरीय नागरिकता छानविन आयोग गठन गर्न पनि माग गरेका छन्। उनीहरुले जनजीविका, मंहगी, पेट्रोलियम पदार्थको अभाव, भ्रष्टाचार नियन्त्रण गर्न सरकार असफल भएको ठहर पनि गरेका छन्।

उनीहरुले शान्ति, संविधान, जनतन्त्र, राष्ट्रियता र जनजीविकाको सवालमा सत्र दलहरुले संयूक्त आन्दोलन गर्ने सहमति गरेपनि आन्दोलनको स्वरुप भने छलफलपछि सार्वजनिक गर्ने जनाएका छन्।

सत्रदलमा नेकपा मसाल, राष्ट्रिय जनमोर्चा, नेकपा माले, जनमोर्चा नेपाल, नेकपा मार्क्सबादी, नेकपा एकीकृत क्रान्तिकारी, चुरेभावर राष्ट्रिय पार्टी संयूक्त जनमोर्चा नेपाल, नेकपा संयूक्त मार्क्सबादी, नेपाली जनता दल, राष्ट्रिय जनवादी मोर्चा, जनप्रजातान्त्रिक पार्टी स-शक्ति नेपाल, नेपाल सुकुम्बासी पार्टी लोकतान्त्रिक र नेपाली समाजवादी परिषद रहेका छन्।

Popularity: 9%

Add comment May 17th, 2011

प्रेस स्वतन्त्रताविना अरु स्वतन्त्रता हुदैनः सञ्चारमन्त्री

एचकेनेपाल डट कम संवाददाता -
काठमाडौ, सूचना तथा संचारमन्त्री अग्नी सापकोटाले सबै किसिमका स्वतन्त्रताको जननी प्रेस स्वतन्त्रता भएको बताएका छन्।

मन्त्री सापकोटाले प्रेस स्वतन्त्रता नभई अन्य स्वतन्त्रता प्राप्त गर्न नसकिने बताउदै सूचनाको हकलाई सम्मान गर्नुपर्ने बताए।

जागरण मिडिया सेन्टर, नेपाल आदीवासी जनजाति पत्रकार संघ, क्रियाशील पत्रकार महिला र मधेश मिडिया मिसनको संयुक्त आयोजनामा बधाई तथा शुभकामना कार्यक्रममा सापकोटाले सरकार शान्ति र नयाँ संबिधानमा केन्द्रित रहेको पनि बताए।

कार्यक्रममा नेपाल पत्रकार महाँसघका नवनिवार्चित पदाधिकारीलाई बधाई तथा शुभकामना दिईएको थियो । सोही अवसरमा बोल्दै नेपाल पत्रकार महाँसघका केन्द्रिय अध्यक्ष शिव गाँउलेले पत्रकार महाँसंघलाई पूर्ण समाबेशी बनाउने बताउदै श्रमजिवी पत्रकारहरुको पक्षमा संघर्ष गर्ने उनको भनाई थियो। गाउंलेले पत्रकारितामा कुनै जात, धर्म, र वर्ग नहुने बताए।

Popularity: 9%

Add comment May 17th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2011
M T W T F S S
« Apr   Jun »
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Posts by Month

Posts by Category

More news....