Archive for May 19th, 2011

प्रधानमन्त्रीले राजिनामा नदिए मुलुकमा अनिष्ट हुन्छः गुप्ता

एचकेनेपाल डट कम संवाददाता -
काठमाडौ, मधेसी जनअधिकार फोरम नेपालका सह अध्यक्ष जेपी गुप्ताले संविधानसभाको निरन्तरताको लागि प्रधानमन्त्री झलनाथ खनालले राजिनामा दिएर बाटो नखोले मुलुकमा अनिष्ट हुने चेतावनी दिएका छन्।

रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा गुप्ताले प्रधानमन्त्री खनालले भावी अनिष्ट रोक्न पनि पदबाट राजिनामा दिनु पर्ने सुझाव दिएका हुन्। उनले प्रधानमन्त्रीले राजिनामा दिएर सहमतिको सरकार निर्माणको बाटो नखोले संविधानसभाको म्याद समेत नथपिने बताए।

संविधानसभालाई भंग हुन नदिन नयाँ सर्वसहमतिको सरकारको लागि बाँकी रहेको दश दिनमा पहल गर्नु पर्छ, उनले भने। सरकार औचित्य पुष्टि गर्नतर्फ लागे मुलुकको लागि ठूलो दुर्भाग्य हुने उनको भनाई थियो।

शान्ति र संविधानको लागि सहमतिको सरकारको रट लगाउँदै आएका प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको सरकारको औचित्य समाप्त भईसकेको भन्दै बाँकी दिनमा पनि औचित्य पुष्टि गर्न नसक्ने उनले बताए।

Recent Videos:

Popularity: 10%

4 comments May 19th, 2011

संविधानसभाको म्याद थपिए सभासदहरु तलब भत्ता नलेउ

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, नेपाल कम्युनिष्ट पार्टीको (जनवादी क्रान्तिकारी) ले संविधानसभाको म्याद थपिए सो अवधिको तलब भत्ता नदिई सभासदहरुले संविधान लेख्नु पर्ने माग गरेको छ।

सो पार्टीले बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर त्यस्तो नगरे आन्दोलन गर्ने चेतावनी दिएको हो।

राज्यको पुर्नसंरचना गर्दै हिमाल, पहाड तराईको सन्तुलन मिलाएर कम्तीमा तीनदेखि पाँच राज्य बनाउनु पर्ने भन्दै सो पार्टीले प्रदेश निर्माणको आधार जातियता हुन नहुने समेत स्पष्ट पारेको छ।

Recent Videos:

Popularity: 10%

1 comment May 19th, 2011

विष खाएर एकै परिवारका तीनको मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
तनहुँको अरुणोदय गाविस–६ खहरे निवासी एकै परिवारका तीनजनाको मङ्गलबार राति विष खाएका कारण मृत्यु भएको छ।

मृत्यु हुनेमा ३१ वर्षीय दीर्घसिंह कुमाल, उनकी २२ वर्षीया कान्छी श्रीमती र जेठी श्रीमतीका १० वर्षीय छोरा सन्दीप रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ।

उनीहरू मृत अवस्थामा भेटिएको विस्तारामा बान्ताको थुप्रो नै देखिएकोे प्रहरी नायब निरीक्षक दिनेश पुनले बताउनुभयो।

घरयासी झगडाका कारण ती दम्पतीले विषसेवन गरी छोरालाई समेत रियल जुसमा विष हाली जुस खुवाएपछि तीनैजनाको मृत्यु भएको अनुमान प्रहरीको छ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

Recent Videos:

Popularity: 10%

Add comment May 19th, 2011

परीक्षाको उत्तर पुस्तिका हेर्न दिनुपर्ने सर्वोच्चको माग

एचकेनेपाल डट कम संवाददाता-
हिजो सर्वोच्च अदालतले विद्यार्थीले चाहेअनुसार आफूले लेखेको परीक्षाको उत्तरपुस्तिका हेर्न दिन सूचना आयोगले गरेको आदेश सदर गरेपछि विद्यार्थीहरूले आफ्नो उत्तरपुस्तिका हेर्न पाउने भएका हुन्।


यसअघि आफ्नो उत्तरपुस्तिका कसले, कसरी परीक्षण गर्ला विद्यार्थीहरू चिन्तामा रहन्थे। तर शङ्करदेव क्याम्पसमा बिबिएस प्रथम वर्षमा अध्ययनरत् विद्यार्थी विजय अर्यालले आफूले लेखेको परीक्षाको नतिजा चित्त नबुझेपछि त्रिभुवन विश्वविद्यालयका सूचना अधिकारी र परीक्षा नियन्त्रकसँग सो उत्तरपुस्तिका हेर्न माग गरेपछि यस विषयले चर्चा पाएको थियो।

आफ्नो उत्तरपुस्तिका हेर्न पाउँ भनी गरेको निवेदनमा त्रिवि नबोलेपछि उनी सूचना आयोग पुगेका थिए। उनको निवेदनमा बोल्दै आयोगले उत्तरपुस्तिका हेर्न दिन आदेश गरेको थियो।

तर त्रिविले त्रिवि ऐनअतर्गत छ महिनापछि धुलाउने प्रक्रियाअनुसार धुलाइसकिएकाले उनको उत्तरपुस्तिकाको प्रतिलिपी दिन नसकिने जवाफ दिएको थियो।

तर फेरि त्रिविकै अन्य चार विद्यार्थी केशवराज रेग्मी, शङ्कर पौडेल, सन्तोष न्यौपाने र सोम ढकालले आफ्नो परीक्षाको उत्तरपुस्तिका हेर्न पाउँ भन्दै आयोगमा पुनरावेदन गरेका थिए।

उनीहरूको पुनरावेदनको सुनुवाई गर्दै अयोगले त्रिविलाई उत्तरपुस्तिका हेर्न दिन आदेश गरेको थियो। तर आदेश मान्य नहुने भन्दै त्रिविले सर्वाेच्चमा रिट दायर गरेको थियो।

आयोग र विद्यार्थीलाई विपक्षी बनाई दायर गरेको रिटमा आयोगको निर्णय मान्न नसकिने भन्दै सूचना अयोगको आदेश बदर गर्न माग गरिएको थियो।

तर सर्वोच्च अदालतका न्यायाधीश बलराम केसी र अवधेशकुमार यादवको इजलासले हिजो सो रिट खारेज गर्दै आयोगको आदेशलाई पालना गर्न त्रिविलाई आदेश गरेको छ।

सूचनाको हकसम्बन्धी ऐन २०६४ ले तय गरेअनुसार विद्यार्थीले चाहेअनुसार उनीहरूले लेखेको परीक्षाको उत्तरपुस्तिका हेर्न दिन त्रिविलाई आदेश पनि गरेको छ।

साथै, आदेशमा सुरक्षालाई मध्यनजर राखी नाम गोप्य राखी उत्तरपुस्तिका दिनसमेत भनिएको छ।

सूचना आयोगका सूचना आयुक्त सविता भण्डारी बरालले सूचना आयोगले उठाएका विषयमा सर्वोच्चले आदेश गरेको यो पहिलो मुद्दा भएको बताउनुभयो।

सर्वोच्च अदालतको यो फैसला सूचनाको हकको प्रवर्द्धनमा ऐतिहासिक फैसला भएको भन्दै फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहालले एक विज्ञप्ति जारी गरी स्वागत गर्नुभएको छ।

यो फैसलाले सूचनाको हकको कार्यान्वयनमा सूचना हकसम्बन्धी ऐनको सर्वोच्चता कायम गरेको अध्यक्ष दाहालले बताउनुभएको छ।

उक्त फैसला नेपालभित्रका सबै विश्वविद्यालयका लागि बाध्यकारी हुने पनि अध्यक्ष दाहालले बताउनुभयो।

Popularity: 10%

Add comment May 19th, 2011

म मन्त्री हुन्न: दत्त

एचकेनेपाल डट कम संवाददाता-
पछिल्लो विस्तारित मन्त्रिपरिषदमा कृषि राज्यमन्त्रीमा नियुक्त हुनुभएका नन्दनकुमार दत्तले अहिलेकै अवस्थामा मन्त्रिपरिषदमा सामेल नहुने बताउनुभएको छ।

उहाँले साँझसम्ममा प्रधानमन्त्री झलनाथ खनाललाई भेटेर सरकारमा सामेल हुन नसक्नुको कारणसहितको राजीनामा पत्र बुझाउने जानकारी दिनुभयो।

“मधेसी जनअधिकार फोरम नेपालका तर्फबाट राज्यमन्त्रीमा नियुक्त हुनुभएका दत्तले मन्त्रिपरिषद्मा पार्टीभित्र आफूभन्दा कनिष्टलाई मन्त्री बनाइएको र आफूलाई राज्यमन्त्रीको मात्र जिम्मेवारी दिएकाले नैतिकताका आधारमा सरकारमा सामेल हुन अप्ठ्यारो महसुस गरी आफू राजीनामा दिने निर्णयमा पुगेको सञ्चारकर्मीलाई बताउनुभयो।

उहाँले पार्टीभित्र देखिएको बेमेल र राजीनामा दिनुपर्नाका कारण थप कारणबारे केही दिनभित्रै पत्रकारसम्मेलनको आयोजना गरी लिखित धारणा सार्वजनिक गर्ने बताउनुभयो।

Popularity: 10%

Add comment May 19th, 2011

लेकसाइडमा ध्वनि प्रदूषण कम गर्न अभियान सुरु

एचकेनेपाल डट कम संवाददाता-
पर्यटकीय क्षेत्र लेकसाइडमा विभिन्न माध्यमबाट हुँदै आएको ध्वनि प्रदूषणलाई न्यूनीकरण गर्न स्थानीय व्यवसायी र प्रहरी प्रशासन समन्वयात्मकरुपमा अगाडि बढ्ने भएका छन्।

पश्चिमाञ्चल होटल सङ्घ पोखराले आयोजना गरेको ध्वनि प्रदूषण न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूले त्यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।

ध्वनि निरोधक (साउन्ड प्रुफ) प्रविधि नअपनाइ सञ्चालित डान्स रेष्टुराँ, डिस्कोथेक र जेनेरेटरले राति अबेरसम्म हल्ला फैलाएको जनाउँदै व्यवसायीले त्यसलाई रोक्न प्रहरी प्रशासनको सहयोग मागेका थिए।

कास्कीका प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालाले सबैभन्दा ठूलो कुरा नागरिक चेतना भएको बताउँदै वरपर त्यस्तो समस्या भए प्रहरी प्रशासनमा उजुरी गर्न आग्रह गर्नुभयो।

प्रहरी उपरीक्षक यादवराज खनालले …मोडिफाइ’ गरिएका र अस्वभाविक हर्न भएका मोटरसाइकलले पनि ध्वनि प्रदूषण गराएको बताउँदै पाँच सयभन्दा बढी त्यस्ता सवारीसाधनलाई कारबाही गरिएको जानकारी गराउनुभयो।

पश्चिमाञ्चल होटल सङ्घ पोखराका अध्यक्ष विप्लव पौडेलले ध्वनी प्रदूषणबाट पर्यटन क्षेत्रलाई जोगाउन कार्यक्रम गरिएको जानकारी दिनुभयो। फेवातालको प्रदूषण न्यूनीकरण गर्न सङ्घले दुईवटा डुङ्गा र दुईजना कामदारको व्यवस्था गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।

लेकसाइडमा सिसिटिभी क्यामेरा राखी अपराध न्यूनीकरण गर्न होटल बाराहीका तर्फबाट आफूले रु २५ हजार दिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।

सङ्घका निवर्तमान अध्यक्ष गोविन्दराज पहारीले कतिपय काठमिलले समेत लेकसाइडमा ध्वनि प्रदूषण गराएको बताउँदै उद्योगहरू पर्यटकीय क्षेत्रमा नभई औद्योगिक क्षेत्रमा लगेर सञ्चालन गर्नुपर्ने बताउनुभयो।

जेनेरेटर सञ्चालन गर्दा कतिपय होटलहरूले पनि ध्वनि प्रदूषण फैलाएको आरोप स्वीकार गर्नुपर्ने उहाँले बताउनुभयो।

Popularity: 10%

Add comment May 19th, 2011

म्याद थप्ने प्रस्तावविरुद्ध विरोधको सूचना

एचकेनेपाल डट कम संवाददाता-
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले नेपालको अन्तरिम संविधान नवौँ संशोधन विधेयक २०६८ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावको कारणसहित विरोधको सूचना व्यवस्थापिका–संसद सचिवालयमा दर्ता गराएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, संसदीय दलका नेता चन्द्रबहादुर गुरुङले दर्ता गराउनुभएको विरोधको सूचनामा बिनाआधार संविधानसभाको म्याद एक वर्ष थप गर्नेगरी सरकारले दर्ता गरेको प्रस्तावको औचित्य सान्दर्भिकता र नैतिक आधार समाप्त भइसकेको उल्लेख गरिएको छ।

सूचनामा भनिएको छ—संवैधानिक र राजनीतिक दुवै वैधताको दृष्टिकोणबाट ताजा जनादेश लिएर आवधिक निर्वाचनमा सहभागी भई जनप्रतिनिधिमार्फत शान्ति र संविधान निर्माण गर्न पाउने नेपाली जनताको अधिकार सुनिश्चित गर्नका लागि नेपाल सरकारले प्रस्तुत गर्न खोजेको प्रस्ताव अवरोधक रहेकाले यसलाई सदनमा पेस गर्न उचित नहुने भई यो विरोधको सूचना दिएको छु।

Popularity: 9%

Add comment May 19th, 2011

पानी भर्न भएका दिदीबहिनीलाई बाघले झम्ट्यो, बहिनी मरिन्

एचकेनेपाल डट कम संवाददाता-
सिथौली गाविस–९ निवासी एक बालिकाको गएराति बाघको आक्रमणबाट मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय सोमबहादुर तामाङकी सात वर्षीया छोरी जानुका तमाङ रहेको स्थानीय शिक्षक आशाराम अधिकारीले बताउनुभयो।

उहाँका अनुसार गएराति पानी लिन दुई दिदिबहिनी गएको समयमा बाघले आक्रमण गरी जमुनालाई जङ्गलतर्फ लगेको थियो। बाघको आक्रमणबाट दिदी गङ्गा भने सकुशल भाग्न सफल भएकी छन्।

बाघले जङ्गल लगेकी जमुनालाई सोही वडाको लोशे जङ्गलमा हिजो स्थानीय बासिन्दाहरूले मृत फेला पारेको बताइको छ।

बाघले बालिकाको टाउको खाएर छाडेको अवस्थामा बालिका फेला परेको समेत अधिकारीले बताउनुभयो।

Popularity: 9%

Add comment May 19th, 2011

कांग्रेस पनि संविधानसभाको म्याद थप्ने पक्षमा

एचकेनेपाल डट कम संवाददाता-
नेपाली काँग्रेसले लडाकू समायोजनसम्बन्धी आफ्नो अवधारणाप्रति एकीकृत नेकपा (माओवादी) सहमत हुनसकेमा संविधानसभाको म्याद छ महिना थप्न सकिने सङ्केत गरेको छ।

शान्ति र संविधानका लागि देशव्यापी राष्ट्रिय अभियानअन्तर्गत यही जेठ ६ गते राजधानीमा आयोजना हुन लागेको आमसभामार्फत काँगे्रसले सार्वजनिक गर्ने अवधारणालाई हिजो अन्तिम रुप दिँदै काँगे्रसले त्यस्तो सङ्केत दिएको हो।

काँगे्रसले थपिएको तीन महिनाभित्र शान्ति प्रक्रिया टुङ्ग्याउने प्रस्ताव राख्दै संविधानसभाको म्याद थपअघि नै पहिलो चरणको काम सक्नुपर्ने शर्तसमेत अघि सारिएको छ भने बाँकी तीन महिनाभित्र संविधानलेखन कार्य सक्नुपर्ने जनाएको छ।

काँगे्रसले लडाकूको समायोजन सङ्ख्या, ढाँचा र मापदण्डमा सहमति हुनुपर्ने र लडाकूलाई समूह विभाजन गरी तिनको सुरक्षा व्यवस्था सम्बन्धित सुरक्षा निकायले नै गर्ने गरी शिविरका हतियार राज्यलाई बुझाउनुपर्ने प्रस्ताव अघि सारिएको छ।

वरिष्ठ नेता शेरबहादुर देउवाको संयोजकत्वमा शान्ति प्रक्रियाको खाका निर्माण गर्न गठित शान्ति समितिले तयार पारेको अवधारणालाई पार्टी सभापति सुशील कोइरालाको सहभागितामा हिजो देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकले अन्तिमरुप दिएको हो।

सो समितिले तयार पारेको अवधारणालाई अन्तिमरुप दिएर एनेकपा माओवादीलाई बुझाउन लडाकू समायोजन तथा पुनःस्थापना विशेष समितिका सदस्यद्वय डा रामशरण महत र डा मीनेन्द्र रिजाललाई जिम्मेवारी दिएको थियो।

पार्टीको भोलि बस्ने केन्द्रीय समितिको बैठकबाट अनुमोदन गराएर समायोजन र पुनःस्थापनासम्बन्धी कार्यतालिका सहमतिका लागि एमाओवादीसमक्ष प्रस्तुत गरिने समितिका सदस्य तथा केन्द्रीय सदस्य डा रिजालले जानकारी दिनुभयो।

काँग्रेसले तयार पारेको अवधारणामा बढीमा पाँचहजार लडाकू समायोजन गर्न सकिने छ। जसअन्तर्गत सेना र प्रहरीबाट भागेका भगौडाहरू, मानवअधिकारको उल्लङ्घनकर्ताहरू, आपराधिक क्रियाकलापमा संलग्नहरू र एमाओवादीको पालुङ्टार बैठकमा सहभागीहरूलाई समायोजन गर्न नसकिने तथा उनीहरूलाई पुनःस्थापनाका लागि प्याकेज रोज्न लगाइने अवधारणामा उल्लेख छ।

Popularity: 8%

Add comment May 19th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2011
M T W T F S S
« Apr   Jun »
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Posts by Month

Posts by Category

More news....