Archive for May 20th, 2011

पत्रकार धम्कीप्रति सञ्जालको भत्सर्ना

एचकेनेपाल डट कम संवाददाता-
पोखरा, नेपाली छापा माध्यम राष्ट्रिय सञ्जाल पश्चिमाञ्चल क्षेत्रिय समितीका सदस्य एबं सराङ्गकोट साप्ताहिकका सम्पादक यदुनाथ बञ्जारालाई समाचार लेखेकै आधारमा कास्की जिल्लाका तत्कालिन जिल्ला शिक्षा अधिकारी बैकुण्ठप्रसाद अर्यालले पोखराबाटै बिस्थापित गराउने धम्की दिइएको प्रति सञ्जालको क्षेत्रिय कार्यालयबाट प्रेस बिज्ञप्ति प्रकाशित गरि घोर भत्सर्ना गरेको छ।

सञ्जालले समाचारको खण्डन गर्ने वा कानुनी उपचार लगायतका बैधानिक बाटो छाडी राष्ट्रसेवक जस्तो जिम्मेवार ओहदामा रहेको ब्यक्तिबाटै यस किसिमको धम्की आउनु खेदजनक रहेको क्षेत्रिय अध्यक्ष राजबहादुर गुरुङले जनाएका छन्।

बिज्ञप्तिमा यस्ता गैरकानुनी कृयाकलाप गर्ने कार्यप्रति खेद ब्यक्त गर्दै दोषी उपर कडा कारबाही गर्न समेत सम्बन्धित पक्षसंग जोडदार माग गर्दछ भनिएको छ।

केही दिनअघि सराङ्गकोट साप्ताहिकका सम्पादक यदुनाथ बञ्जारालाई आफनोबिरुद्ध समाचार लेखेको भन्दै हाल चितवन सरुवा भई गएका जिल्ला शिक्षा अधिकारी बैकुण्ठ अर्यालले आफू स्वंय र सो समाचारका बिषय जोडदै पोखरामा एक अज्ञात ब्यक्तिले आफनो परिचय लुकाउंदै सभागृह चोकस्थित सार्बजनिक टेलिफोनबाट पोखराबाटै बिस्थापित गराउनुका साथै ज्यान मार्ने समेत धम्की दिएको पत्रकार बञ्जाराले बताएका थिए।

Recent Videos:

Popularity: 9%

Add comment May 20th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2011
M T W T F S S
« Apr   Jun »
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Posts by Month

Posts by Category

More news....