Archive for May 21st, 2011

लिम्बुवानको आमसभा तथा एलभी प्रदर्शन

डीबी आङ्बुङ / एचकेनेपाल डट कम-
मौवा, पान्थर। लिम्बुवान पान्थरको मौवा बजारमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको क्षेत्रीय लिम्बुवानी आमसभा तथा एलभी प्रदर्शनी सम्पन्न भएको छ।

मञ्चसम्बद्ध संघीय लिमबुवान राज्य परिषद आङना, हाङ्गुम, मौवा, ओलने र मिकलुक थुमको संयुक्त आयोजनामा मौवा बजारमा सम्पन्न उक्त आमसभालाई प्रमुख अतिथि मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’, महासचिवद्वय सूर्य माखिम र फक्ताङलुङ योङ्हाङलगायतका वक्ताहरुले सम्बोधन गरेका थिए।

कार्यक्रममा लिम्बुवान स्वयंसेवक एलभीहरुले शारीरिक कला कौशल प्रदर्शन र लिम्बुवानी साहित्यकारहरूद्वारा कविता साहित्यसमेत वाचन गरिएको थियो। वेदप्रसाद माङ्लाक र उदय माङलाकद्वारा संयुक्त रुपमा उद्घोषित उक्त कार्यक्रममा श्रीप्रसाद माङ्लाकले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने दलप्रसाद लावतीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

Recent Videos:

Popularity: 8%

Add comment May 21st, 2011

प्रधानमन्त्रीलाई ६ सय १ सेकेण्ड धर्ना

एचकेनेपाल डट कम संवाददाता-
नयाँ नेपाल अभियानले प्रधानमन्त्री झलनाथ खनालको सरकारी निवास वालुवाटारमा ६ सय १ सेकेण्ड धर्ना दिएको छ।

धर्ना ८:२० देखि ८:३० बजेर १ सेकेण्ड सम्म चलेको थियो। समुन्त नयाँ नेपाल निर्माणका लागि नागरिक अभियान अन्तर्गत नयाँ नेपाल अभियानले सो धर्ना दिएको हो।

बालुवाटारभित्र प्रधानमन्त्री झलनाथ खनाल र एनेकपा माओवादी अध्यक्षबीच शान्ति, सरकार र संविधान निर्माणको विषयमा छलफल भइरहेको अवस्थामा अब त अति भो, जनतालाई कहिलेसम्म भ्रमजालमा पार्ने ? म्यादमात्र कति थप्छौ, संविधान नबनाउने? राष्ट्रिय सहमतिको आधारमा मात्र संविधानसभाको म्याद थप भन्ने नारासहित धर्ना कार्यक्रम गरिएको थियो। धर्नामा ३२ जना विभिन्न क्षेत्रका युवाको सहभागिता रहेको थियो।

समय मै संविधान निर्माण गरियोस् भनि जेठ ४ गतेदेखि निरन्तर रुपमा प्रमुख दलका नेताहरुको निवासमा ६ सय १ सेकेण्ड धर्ना दिइरहेको अभियानका सहसंयोजक लोकराज अवस्थीले जानकारी दिए।

धर्नाको अन्त्यमा प्रधानमन्त्री निवासमा धर्ना दिनको औचित्य स्पष्ट पार्दै नयाँ नेपाल अभियानका संयोजक कबिन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले राष्ट्रिय सहमतिका लागि उपलब्धिपूर्ण र ठोस पहल नगरेको कारण जिम्मेवार बन्न आग्रह गर्दै दबाबका लागि धर्ना दिएको बताए। उनले नेता र पदमा बहाल भएकाले आफ्नो पार्टी र ब्यक्तिगत स्वार्थका लागि मात्र काम गर्ने, पक्षपोषण र गुटबन्दी गर्ने तर जनता र देशको विषयमा गम्भीर नहुने परिपाटीले मुलुकको यो दुर्दशा भएको आरोप लगाए। धर्ना स्वतःस्फूर्त शान्तिपूर्ण नागरिक अभियान भएको उनले बताए।

Recent Videos:

Popularity: 8%

Add comment May 21st, 2011

१५ दिनभित्र माओवादीको हतियार सरकारको नियन्त्रणमा

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, सरकारले सहमतिको लागि १२ हप्तामा शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्याउँदै ४६ हप्तामा संविधान जारी नगर्ने नयाँ कार्यतालिका तयार पारेको छ।

रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा नेकपा एमाले संसदीय दलका मुख्य सचेतक भीम आचार्यले सरकारी कार्यतालिका सार्वजनिक गरेका हुन्।

क्लबका अध्यक्ष ऋषि धमालाको सभापतित्वमा भएको साक्षात्कारमा आचार्यले सार्वजनिक गरेको नयाँ कार्यतालिका अनुसार जेठ १४ गतेपछिको चार हप्तामा सेनाको समायोजनको मोडालिटि तयार पार्ने, प्याकेज तयार पार्ने र रिगु्रपिङ सुरु गरिने छ भने संविधान निर्माणको सन्दर्भमा सो अवधीमा संविधानमा रहेका विवादित विषयमा संबैधानिक समिति र उपसमितिमा सहमति जुटाउने रहेको छ।

त्यसपछिको चार हप्तामा रिग्रुपिङको कार्य सम्पन्न गर्ने र संविधान निर्माणको सर्न्दर्भमा सबैधानिक समितिले गोप्य रुपमा सहमतिको आधारमा संविधानको पहिलो एकीकृत मस्यौदा तयार पार्ने छ।

त्यसपछि दुइ हप्तामा समायोजनमा जाने लडाकुलाई भिन्नै सिविरमा राख्ने र पुनर्स्थापनाको काम सम्पन्न गरिने छ भने सोही अवधि संबैधानिक समितिले तयार पार्ने संविधानको एकीकृत मस्यौदालाई संविधानसभाको पूर्ण बैठकमा छलफल गरिने छ। त्यहाँ दलिय आधारमा छलफल गरेर परिमार्जन भए पुनः संबैधानिक समितिमा पठाईने कुरा कार्यतालिकामा रहेको मुख्य सचेतक आचार्यले जानकारी दिएका छन्।

त्यसैगरी, त्यसपछिको दुइ हप्तामा सेना समायोजन र पुर्नस्थापना सम्बन्धी सम्पूर्ण कामलाई सम्पन्न गर्ने र संविधान निर्माणको सन्दर्भमा संविधानको पहिलो मस्यौदालाई जनतामा छलफल चलाउन राजपत्रमा प्रकाशित गर्ने कार्य सम्पन्न गरिने छ।

आचार्यका अनुसार त्यसपछिको १२ हप्तामा पहिलो मस्यौदामा सुनवाई र अर्न्तक्रिया गर्ने र सुझाव संकलन गरेर अभिलेख तयार पार्ने त्यसपछिको ३ हप्तामा जनताको राय सुझाव सम्बन्धी विस्तृत प्रतिवेदन तयार पारी संविधानसभामा प्रस्तुत गर्ने, त्यसपछिको एकसातामा जनताको सुझाव सम्बन्धी प्रतिवेदनमाथि पूर्ण बैठकमा छलफल गर्ने, त्यसपछिको २ दुइ हप्तामा पूर्ण बैठकको निर्देशन अनुसार मस्यौदा तयार पारी विधेयक सभामा पेश गर्ने र सबै सदस्यहरुलाई विधेयकको प्रति पेश गर्ने, त्यसपछिको २ हप्तामा सभासदहरुलाई विधेयकमा संसोधन पेश गर्न दिने र संविधानसभामा सैद्धान्तिक छलफल थाल्ने कार्यक्रम कार्ययोजनमा रहेको उनले जानकारी दिए।

Popularity: 8%

Add comment May 21st, 2011

सुरक्षित उडानका लागि अत्याधुनिक प्रणाली जडान गरिने

एचकेनेपाल डट कम संवाददाता-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जेट वायुयानको सुरक्षित उडान र अवतरणका लागि अत्याधुनिक प्रणाली जडान गरिने भएको छ।

आरएनपी–एआर अवतरण नीतिअन्तर्गतको अत्यधुनिक प्रणाली पूर्णरूपमा ककपिटमा रहेको उपकरण र भूउपग्रहमा आधारित हुने भएकाले यस किसिमको प्रणाली बढी सुरक्षित, भरपर्दो र सविधाजनक हुने नागरिक उड्डययन प्राधिकरणले आज विज्ञप्तिमार्फत स्पष्ट गरेको छ।

सो प्रणाली सुरु भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रातको समयमा उडान भर्न हिच्किचाउने अन्तर्राष्ट्रिय वायुसेवाहरू रात्रिकालीन उडानमा आकर्षित भई दिउँसोको ट्राफिक चाप कम हुने अपेक्षा प्राधिकरणले लिएको छ।

पर्यटन तथा नागरिक उड्डययनमन्त्री खड्गबहादुर विश्वकर्माले सोसम्बन्धी जानकारी दिँदै अन्तर्राष्ट्रिय नागरिक उड्डययन सङ्गठनले बनाएको योजनाअनुरूप जडान प्रक्रिया अघि बढाइने स्पष्ट पार्नुभयो।

फ्रान्सको एयरबस कम्पनीको सहायक कम्पनी कोभाडिसले निःशुल्करूपमा तयार गर्न लागेको सो प्रणाली आगामी सात महिनाभित्र लागु हुनेछ। यस किसिमको प्रणाली हाल थाइल्यान्ड, न्युजिल्यान्ड, चीनका विभिन्न विमानस्थलमा सफलतापूर्वक लागु गरिएको प्राधिकरणले जनाएको छ।

Popularity: 8%

1 comment May 21st, 2011

नेपाल टेलिकमको रिचार्ज पिन असुरक्षित

एचकेनेपाल डट कम संवाददाता-
कम्प्युटर विज्ञान विद्यार्थी समाज, कम्प्युटर विज्ञान तथा सूचना प्रविधि केन्द्रीय विभाग त्रिवि कीर्तिपुरले नेपाल टेलिकमका जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलका रिचार्ज पिनहरू रिचार्ज कार्ड स्कार्च नगरी पत्ता लगाउन सकिने भएको भन्दै टेलिकमको ध्यानाकर्षण गराएको छ।

समाजले आज यहाँ पत्रकारसम्मेलन गर्री टेलिकमका वर्तमानमा प्रचलित रिचार्ज कार्डको सिरियल नम्बरकै माध्यमबाट मोबाइल रिचार्ज गर्न सकिने भएको भन्दै विद्यमान प्रविधिप्रति सजग बन्न आवश्यक भएको जनाएको हो।

पत्रकारसम्मेलनमा कम्प्युटर विज्ञान केन्द्रीय विभागमा चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थी आ.के.दाहालले नमुनाका रूपमा जिएसएम तथा सिडिएमए प्रिपेड रिचार्ज पिन बिनास्कार्च नै मोबाइल रिचार्ज गरेर देखाउनुभएको थियो।

Popularity: 8%

Add comment May 21st, 2011

साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित

एचकेनेपाल डट कम संवाददाता-
साझा यातायातको आज बसेको विशेष साधारणसभाले नयाँ बोर्ड चयन गरेको छ। बोर्डको आजै बसेको बैठकले त्यसका अध्यक्षमा पत्रकार कनकमणि दीक्षित र सदस्यमा शङ्करराज जोशी, विनोदकुमार अधिकारी, वन्दना थापा र भूषण तुलाधरलाई चयन गरेको छ।

अन्य सदस्यमा यातायात व्यवस्था विभागका महानिर्देशक कृष्णप्रसाद दवाडी र सहरी विभागका रजिस्ट्रार सुदर्शनराज ढकाल रहनुभएको छ।

अध्यक्ष दीक्षितले काठमाडौँ उपत्यकामा सहरी परिवहन,अन्तर जिल्ला परिवहन र छिमेकी देशमा राष्ट्रिय ध्वजावाहक सेवा प्रदान गर्ने तीन लक्ष्य साझा यातायातको रहेको जानकारी दिनुभयो।

साझा यातायात नेपालको ५० वर्ष पुरानो सार्वजनिक यातायात हो। यो दुई दशकअघि देखि कमजोर भएको छ। दुई महिनाअघिको वार्षिक साधारणसभाले यसलाई सरकारी नियन्त्रणबाट मुक्त गरी ठोस सहकारीमा लाने निर्णय गरेको थियो।

Popularity: 8%

1 comment May 21st, 2011

राज्यको पुनःसंरचना समझदारीमा– विज्ञ

एचकेनेपाल डट कम संवाददाता-
राज्यको पुनःसरचना गर्दा भौगोलिक र प्राकृतिक स्रोतसाधनको न्यायोचित वितरणका साथै पारस्परिक समझदारीका आधारमा टुङ्गो लगाउनुपर्ने सम्बन्धित विज्ञहरूले बताउनुभएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठान, सामाजिक शास्त्र विभागद्वारा आयोजित कार्यक्रममा विज्ञहरूले विभिन्न प्रदेशको विभाजनले बहुपक्षीय प्रभाव पार्ने भएकाले राज्यको पुनःसरचनामा वैज्ञानिक पद्धतिका आधारमा समझदारी कायम गर्नुपर्ने बताउनुभयो।

सो अवसरमा प्रतिष्ठानका कुलपति बैरागी काइँलाले मुलुकको भावी स्वरूप कस्तो हुने भन्ने कुरा सम्बन्धित प्रदेशको भौगोलिक र प्राकृतिक स्रोतसाधनको विभाजनमा निर्भर हुने भएकाले त्यसलाई जनसङ्ख्याको अनुपातमा न्यायोचित वितरण गरिनुपर्नेमा जोड दिनुभयो।

सभासद् मङ्गलसिद्धि मानन्धरले राज्यको पुनःसरचना गर्दा पहिचानसहितको सङ्घीयता आवश्यक हुने, त्यसका निम्ति स्थानीय स्वायत्तता र स्वशासनको प्रत्याभूत हुनुपर्ने भन्दै सम्पन्न प्रदेशले विपन्न प्रदेशलाई विकास निर्माणमा सहयोग गर्नुपर्छ भन्नुभयो।

प्रा भीमप्रसाद सुवेदीले सामाजिक विविधतासहितको सामूहिक नेपाली पहिचान र क्षेत्रीय वा धार्मिक हिसाबको पहिचानलाई दिर्घकालीनरूपमा राज्यको पुनःसरचना गर्दा समेट्नुपर्ने बताउनुभयो।

प्रा कृष्ण खनालले राज्यको पुनःसरचना गर्दा सङ्घीयताको सवाल सम्पूर्ण दलको साझा विषय भएकाले विभेदरहित ढङ्गले मुलुकको समुन्नतिका लागि स्रोतसाधनको न्यायोचित वितरण गर्नुपर्ने उल्लेख गर्नुभयो।

प्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रतीले संविधान निर्माणका क्रममा राज्यको पुनःसरचनाको विषय महत्वपूर्ण भएकाले सो विषयमा प्राज्ञिक व्यक्तित्वलाई छलफल गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको प्रष्ट पार्नुभयो।

Popularity: 8%

Add comment May 21st, 2011

संविधानसभाको म्याद नथपे मुलुक गम्भीर दुर्घटनामा जाने

एचकेनेपाल डट कम संवाददाता-
नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले संविधानसभाको म्याद नथपे मुलुक गम्भीर दुर्घटनामा जाने बताउनुभएको छ।

अखिल नेपाल लेखक सङ्घ नेवाः राज्य समितिद्वारा आयोजित ‘जेठ १४ पछि नेपाली राजनीतिको गन्तव्य’ विषयक अन्तरसम्वाद कार्यक्रममा उहाँले संविधानसभाको म्याद थप्न हुन्न भन्नेहरूले संविधानसभालाई भङ्ग गर्न खोजेको आरोप पनि लगाउनुभयो।

उहाँले कुनै फरक तत्वले संविधानसभाको म्याद थप्न नदिए विद्रोहमा जाने र विद्रोहको नेतृत्व परिवर्तनकारी शक्तिले गर्नेछ भन्दै एक वर्ष संविधानसभाको म्याद थप्नुपर्ने र एक वर्षभित्रै संविधान लेखन कार्य सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो।

एकीकृत नेकपा (माओवादी)का स्थायी समिति सदस्य नेत्रविक्रम चन्दले संविधानसभाको म्याद थप्ने वा नथप्नेभन्दा संविधान नै नबन्ने चुनौती अहिले मुलुकका सामु रहेको चर्चा गर्नुभयो।

एकीकृत नेकपा (माओवादी)का केन्द्रीय सदस्य घनश्याम शर्मा, महेश्वर दाहाललगायतले संविधानसभाको म्याद थपेर समस्या समाधानसहितको संविधान ल्याउनुपर्नेमा जोड दिनुभएको थियो।

Popularity: 8%

4 comments May 21st, 2011

‘म विर्सु कसरी’ को सफलता

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
राष्ट्रिय स्तरका पूर्व वक्सिङ खेलाडी तथा हालका प्रशिक्षक एवं कलाकार किशोर साम्बाहाम्फेको निर्माणमा बनेको चलचित्र म विर्सु कसरीले निक्कै राम्रो व्यवसाय गरिरहेको छ।

गएको चैत्र २५ बाट मोफसलका हलहरुबाट रिलिज गरिएको म विर्सू कसरीले धेरै जसो हलमा दोस्रो हप्ता सम्मको राम्रो व्यापार गरेको छ। गत साताबाट काठमाण्डौका हलहरुमा समेत प्रदर्शनमा आएको चलचित्रले त्यहाँ पनि सोचे भन्दा राम्रो व्यापार गरेको कार्यकारी निर्माता किशोर साम्बाहाम्फेले वताए।

आयुष रिजाल, निता ढुंगाना, सुमन सिंह र संचिता केसीकोप्रमुख भूमिका रहेको म विर्सु कसरीको निर्देशन बासुदेव पोख्रेलले गरेका छन्।

चलचित्रको नाम अनुसार प्रेममय चलचित्र सँगै दर्शकहरुको मनोरञ्जनको साथीको रुपमा थुप्रै मसलाले भरिपूर्ण चलचित्र बनेको छ म विर्सु कसरी। हाँसो, रोदन, एक्सन, प्रेम, परिवार, समाज लगायतका सम्पूर्ण मसलालाई चलचत्रिमा समेट्ने प्रयास गरिएको र राम्रैसँग समेट्न सकेको चलचित्र बनेको दावी गर्दछ कार्यकारी निमाता साम्बाहाम्फे। चलचित्र चलेका हलहरुमा दोस्रो हप्ता मज्जैसँग पार गर्नुले उनको दावीमा सत्यता रहेको पाइन्छ। हाल उपत्यका लगायतका पश्चिमका हलहरुमा दोस्रो हप्तामा चलिरहेको म विर्सु कसरी विर्तामोडको कृष्ण टाकिजमा तेस्रो हप्तामा सफलताका साथ चलिरहेको छ भने मंगलबारबाट धरानका गणेश टाकिजमा प्रदर्शन भइरहेको छ।

धरानको सबैभन्दा पुरानो र स्तरीय हल गणेश टाकिजले आफनो डिजिटल साउण्ड सहितको नयाँ स्वरुपमा दर्शक माझ म विर्सु कसरी प्रदर्शनमा ल्याउँदैछ। डिजिटल साउण्डमा आरामदाही कुर्सी घरमै बसेजस्तो अनुभव हुने आरामदायी हल बनाएको हलका निर्देशक भोलामान श्रेष्ठले वताए। क्यूव सिस्टम जडान भएको हल संचालनमा आउने र हरेक दिन तीन सो संचालनमा आएने निर्देशक श्रेष्ठले वताए।

Popularity: 8%

Add comment May 21st, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2011
M T W T F S S
« Apr   Jun »
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Posts by Month

Posts by Category

More news....