Archive for May 23rd, 2011

संविधानसभाको म्याद नथपे मुलुक प्रत्यक्ष मुठभेडमाः उपराष्ट्रपति

एचकेनेपाल डट कम संवाददाता -
काठमाडौ, उपराष्ट्रपति परमानन्द झाले संविधानसभाको म्याद नथपे मुलुक प्रत्यक्ष मुठभेडमा जाने चेतावनी दिएका छन्।

सोमबार मातृभूमि महिला समाजले विभिन्न क्षेत्रमा योगदान दिएका ब्यक्तित्वहरुको सम्मान गर्न आयोजित कार्यक्रममा बोल्दै उपराष्ट्रपति झाले त्यस्तो मुठभेडको अवस्थाबाट मुलुकले ठूलो मुल्य चुकाउनु पर्ने चेतावनी दिएका छन्।

झाले दलहरुले सहमति गरेर मुलुकलाई मुठभेडबाट बचाउनु पर्ने भन्दै संविधानसभाको म्याद थपको विकल्प नरहेको बताए। अहिले दलहरुसँग म्याद थप्ने वा नथपेर मुलुकलाई भिडन्तमा लैजाने भन्ने बाहेक विकल्प नरहेको उनले बताए।

कार्यक्रममा उपराष्ट्रपति झाले पत्रकारितमा महत्वपूर्ण योगदान दिएबापत रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला, कलाकारहरु सुनिल थापा, श्रीकृष्ण श्रेष्ठ, समाजसेवी विन्दु पहाडी, शान्ता मानन्धर, पिताम्बर प्रसाद बास्कोटा, कविरत्न शाक्य, चिकित्सक चन्दबहादुर विष्ट, भोला रिजाललगायतकालाई सम्मान गरिएको थियो।

Recent Videos:

Popularity: 8%

1 comment May 23rd, 2011

सहारा र फोरब्रो क्लब युकेबिच मैत्रिपूर्ण खेल सम्पन्न

सुदर्शन रञ्जित/ एचकेनेपाल डट कम-
पोखरा, पोखराको सहारा क्लबलाई सहयोगका निम्ति युकेमा गठन भएको सहारा क्लब युकेले सम्बन्ध बिस्तार गर्नका लागि युकेको फोरनब्रो क्लबसंग खेलेको मैत्रिपूर्ण खेल एकएक गोल गदै बराबरीमा टुङ्गिएको छ।

सहारा क्लब युकेका अध्यक्ष नबिन गुरुङका अनुसार दुबै टोलीले मैत्रिपूर्ण खेलमा एक एक गोलगरी बराबरीमा खेल टुङ्गाएका थिए। मैत्रिपूर्ण खेलमा नेपाली खेलाडी लोकबन्धु गुरुङ,सन्तोस श्रेष्ठ, सौगात सुब्बा रमेश सिकेमान लगायतका नेपाली खेलाडीहरु सम्मिलित सहारा क्लब युकेको टोलीले उत्कृष्ट खेल प्रदर्शन गरेको क्लबले जानकारी दिएको छ। मैत्रिपूर्ण खेलपछि फोरनब्रो क्लबका अध्यक्ष साईमन होल्सले नेपाली खेलाडीहरुमा कला र सम्भावन भएको भन्दै प्रशंसा ब्यक्त गरे। नेपाली खेलाडीहरुलाई युकेमा ब्यबसायिक खेलाडी बनाउन फोरनब्रोले सहयोग गर्ने पनि उनले बताए।

नेपाल भ्रमणमा आउने योजना बनाएको फोरनब्रोले नेपली खेलाडीहरुलाई क्लबमा भित्राउने योजना रहेको जानकारी दिएको छ।

Recent Videos:

Popularity: 7%

Add comment May 23rd, 2011

वेलायतमा किरात राईहरुको उभौंली साकेला

योग राज राई / एचकेनेपाल डट कम-
वेलायत, वेलायतवासी किरात राईहरुले शनिवार अल्डरसट्स्थित कनट् लेजर सेन्टरमा यो वर्षको उभौली साकेला चाँड धुमधामसँग मनाए।

यो चाँडलाई बर्षमा दुइपटक उभौंली र उधौंली गरी ठूलो पर्वको रुपमा अनादिकालदेखि किरात राईहरुले मनाउँदै आएका छन्।

हावापानी तथा ऋतु परिवर्तनको सूचकको रुपमा मानिने यो पर्व विशेष गरी धेरै अन्नबाली उब्जनी होस् र आउँदो बर्ष अनिकाल र भोकमारी नलागोस् भनी पितृलाई गरिने पूजा हो।

उक्त दिनको कार्यक्रममा वेलायत वरपर बसोबास गर्दै आएका किरात राईहरु र अन्य बिभिन्न जातिहरुको बृहत सहभागिता थियो। यो कार्यक्रमको संचालन भर्खरै नेपालबाट आउनु भएकी वयोबृद्ध जसलक्षी राईको प्रमुख अतिथि र किरात राई यायोक्खाको अध्यक्ष रामधन राईको सभापतित्वमा भएको थियो। साथै, कार्यक्रममा बीएफ्बीएस् गोर्खा रेडियो युकेका महाप्रबन्धक खेम गुरुङ, याक्थुम चुम्लुङकी सल्लाहकार नरकुमारी लिम्बु, तमुधी युकेको अध्यक्ष मुछेत्र गुरुङ, मगर संघ वेलायतको अध्यक्ष मेजर रिटायर्ड कुलबहादुर थापा, एनआरएन वेलायतको अध्यक्ष सूर्य गुरुङ, नेपाल एम्बासीको तर्फबाट गणेश अधिकारी र नयाँ सन्देश साप्ताहिक पत्रिकाको प्रधान सम्पादक चण्डीराज राईलगायत आमन्त्रित अन्य संघ संस्थाका प्रतिनिधीहरु उपस्थित थिए।

किरात राई यायोक्खाको अध्यक्ष रामधन राईले साकेलाको उपलक्ष्यमा शुभकामना ब्यक्त गर्दै उपस्थितिको लागि सबैलाई धन्यवाद ज्ञापन गरेका थिए। त्यस्तै, एनआरएन वेलायतको अध्यक्ष गुरुङ र नेपाल एम्बासीको तर्फाट गणेश अधिकारीले शुभकामना ब्यक्त गर्दै प्रवासमा रहेरपनि किरात राईहरुले आफ्नो संस्कार र संस्कृतिको संरक्षण र सम्बर्द्धनमा खेलेको भूमिकाको प्रशंसा गरेका थिए । संस्थाको तर्फबाट उपाध्यक्ष कल्पना राईले स्वागत मन्तब्य दिएकी थिईन्।

Popularity: 7%

Add comment May 23rd, 2011

बेलायतमै पहिलो पटक नेपाली र गुरूङ भाषा कक्षा सञ्चालनमा

धर्मराज अधिकारी / एचकेनेपाल डट कम -
अर्ल्पर्टन, बेलायतमा पहिलो पटक नेपाली तथा गुरुङ भाषा कक्षा सञ्चालन हुने भएको छ। तमुधि लण्डन शाखाको आयोजनामा भाषा कक्षा सञ्चालन हुन लागेको हो।

आइतबार अर्ल्पर्टनस्थित अर्ल्पर्टन हाउसमा एक कार्यक्रमबीच भाषा कक्षाको उद्घाटन गरिएको हो। भाषा कक्षाको उद्घाटन गर्दै समाजका जेष्ठ नागरीक खड्गबहादुर गुरुङले नेपाली भाषा र संस्कृतिको संरक्षण गर्नु सम्पूर्ण नेपालीहरुको दायित्व भएको बताए। उनले नेपाली भाषाको अतिरिक्त आफ्नो जातीय भाषाको ज्ञान समेत केटाकेटीमा दिनुपर्ने भएकोले गुरुङ भाषा कक्षा पनि उत्तिकै महत्वपूर्ण रहेको बताए। बेलायतमा नै पहिलो पटक भाषा कक्षा सञ्चालन हुन लागेकोमा गुरुङले खुशी व्यक्त गरे।

तीन जना शिक्षक शिक्षिकाले बालबच्चाहरुलाई भाषाको ज्ञान दिनेछन्। आउंदो महिना जुनको पांचदेखि डिसेम्बर ११ सम्म करीब ६ महिना कक्षा सञ्चालनमा आउने तमुधि लण्डन शाखाले जनाएको छ। भाषा कक्षा अर्ल्पर्टनस्थित अलपर्टन हाउसको तेश्रो तल्लामा हुने छ। प्रत्येक आइतबार १ बजेदेखि सवा ४ बजेसम्म कक्षा सञ्चालन हुने छ भने बीचमा १५ मिनेट ब्रेक समय तोकिएको छ। नेपाली भाषाको कक्षा शिक्षक चकराज कार्की तथा गुरुङ भाषाको कक्षा श्रीमती बिसुनमती गुरुङ र बिजु गुरुङले दिनेछन्। उनीहरुले भोलिन्टियर रुपमा कक्षा लिने आयोजकले बताएका छन्। महासचिव अर्जुन कुमार गुरुङले भने पार्ट टाइम शिक्षकको काम गर्ने बताइएको छ। जुन सुकै उमेरका भएपनि भाषा कक्षामा सहभागी भई भाषाको ज्ञान लिन तमुधिले आग्रह गरेको छ। बिना शुल्क पुस्तक पनि किन्न नपर्ने गरी कक्षा लिन लागिएको बताउंदै अध्यक्ष चित्र गुरुङले सहभागिता जनाउन सबैलाई आग्रह गरे। कार्यक्रममा स्वागत गर्दै अध्यक्ष गुरुङले आफ्ना केटाकेटीहरुलाई नेपाली भाषाको ज्ञान दिई भाषा र संस्कृतिको जगेर्ना गर्न समेत सम्पूर्ण अभिभावकहरुलाई अनुरोध गरेका छन्।

तमुधि लण्डन शाखाका अध्यक्ष चित्रबहादुर गुरुङको सभापतित्वमा भएको कार्यक्रममा सल्लाहकार शिवशरण गुरुङले विश्वको जुनसुकै कुनामा भएपनि नेपालीहरुले नेपालीत्व दर्शाउनु पर्ने बताए। उनले नेपाली भाषा तथा संस्कृतिको विकासले नै नेपालीको विकास हुने तर्क गरे। विदेशमा बस्ने पछिल्लो जेनेरेशनमा नेपाली भाषा तथा जातीय भाषाप्रति लगाब घट्दै जाने भएकोले यस्तो भाषा कक्षा अत्याबश्यक भएको उनले बताए। नेपाली बाल बच्चाहरुलाई अंग्रेजीको अलावा आफ्नो देशको भाषा एवं जातीय भाषाको ज्ञानले नेपालप्रतिको मोह अझ बढ्ने विश्वास व्यक्त गरे।

महासचिव अर्जुन कुमार गुरुङद्धारा सञ्चालित कार्यक्रममा सल्लाहकार नारायणप्रसाद गुरुङले बेलायतमै हिलो पटक भाषा कक्षा सञ्चालनमा आउन लागेकोमा खुशी व्यक्त गरे। बालवच्चाहरुको पहिलो पाठशाला नै परिवार भएकोले परिवारबाटै भाषाको शिक्षा दिनुपर्ने बताए। भाषा अत्यान्त महत्वपूर्ण भएको बताउंदै गुरुङले भाषाकै माध्यमबाट मनका भावनाहरु साट्न सकिने बताए। नेपाली भाषा तथा संस्कृतिको जगेर्ना गर्न सबै मिलेर लाग्नुपर्ने भएकोले तमुधिको यस महान कार्यमा सहयोग गर्न सबैलाई आग्रह गरे।

भाषा कक्षा उद्घाटन कार्यक्रममा संस्थाका कोषाध्यक्ष शिबकुमार गुरुङ, सल्लाहकारहरु सुवाससिंह गुरुङ, प्रेमबहादुर गुरुङ, पञ्चबहादुर गुरुङलगायत करीब चार दर्जन भन्दा बढिको सहभागिता रहेको थियो। सो अवसरमा प्रमुख अतिथि एवं समाजका जेष्ठ नागरिक खड्गबहादुर गुरुङले भाषा कक्षा लिने शिक्षक शिक्षिकाहरुलाई सम्मान गरेका थिए।

यसैबीच तमुधि लण्डनले आउंदो जुन ४ शनिबार बुद्ध पूर्णिमा मनाउने तथा तेश्रो अन्तर समाज लोकनृत्य प्रतियोगिता गर्ने भएको छ। बिहान १० बजेदेखि धर्मगुरुहरुबाट बुद्ध भगवानको पूजा अर्चना गरिने छ भने सांझ लोकनृत्य प्रतियोगिता आयोजना हुने छ।

हृयारो लिजर सेन्टरमा हुने कार्यक्रमको उद्घाटन नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेले गर्ने छन्।

Popularity: 7%

Add comment May 23rd, 2011

दुई दिनभित्र प्रधानमन्त्रीको राजिनामा भएमात्रै संविधानसभाको म्याद

एचकेनेपाल डट कम संवाददाता -
काठमाडौ, नेपाली काग्रेसकी नेतृ सुजाता कोइरालाले आगमी दुइ दिनभित्र प्रधानमन्त्रीको राजिनामा र ४ दिनभित्र काग्रेसले अगाडि सारेको १० बुँदे माग पूरा नभए कुनै पनि हालतमा संविधानसभाको म्याद नथपिने स्पष्ट पारेकी छिन्।

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा कोइरालाले प्रधानमन्त्रीको राजिनामा र १० बुँदे माग संबोधनमा सत्तारुढ दलहरु तयार भए काग्रेस संविधानसभाको म्याद थप्न तयार रहेको बताएकी हुन्।

अघिल्लो पटक थपिएको संविधानसभाको एक वर्ष म्याद थपाई नै अबैध भएको दावी गर्दै कोइरालाले शान्ति र संविधान प्रक्रियालाई लम्ब्याएर जनताको रगत चुस्ने र माओवादीलाई पोस्ने काम काग्रेसको लागि स्वीकार्य हुँदै नहुने बताइन्।

सरकारले एकलौटी रुपमा संविधानसभाको म्याद थप्छु भन्नु दिवास्वप्न मात्रै भएको भन्दै कोइरालाले म्याद थपे माओवादीको लागि मात्र प्रजातन्त्र रहने बताइन्।

कोइरालाले संविधानसभा विघटन हुँदैमा मुलुकमा कुनै उत्पाद नहुने भन्दै संविधानसभा विघटन भएपछि सानो सर्वदलीय कमिटि गठन गरेर संविधान जारी गर्नु पर्ने बताइन्।

उनले संविधान सभा विघटन हुँदैमा मुलुकमा राष्ट्रपति शासन पनि नआउने स्पष्ट पारिन्। उनले भनिन्-संविधानमा राष्ट्रपतिको कुनै ब्यवस्था छैन।

Popularity: 7%

1 comment May 23rd, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2011
M T W T F S S
« Apr   Jun »
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Posts by Month

Posts by Category

More news....