Archive for May 24th, 2011

बेलायतका रातो बसमा नेपालको प्रचार

धर्मराज अधिकारी / एचकेनेपाल डट कम-
बेलायत, पर्यटकहरुका लागि विश्वका आकर्षक स्थानमध्येको एक बेलायतको राजधानी शहर लण्डनमा नेपाली दूतावासले पर्यटन प्रबर्द्धनको कार्य तिब्र बनाएको छ।
लण्डन दूतावासले पर्यटन वोर्डको सहयोगमा नेपाल पर्यटन वर्ष २०११ लाई सफल पार्न लण्डनका दुइ तले डबल डेकर बसमा नेचुरल्ली नेपाल अंकित विभिन्न ब्यानर टांसेको छ। ती ब्यानरहरुले नेपालको विभिन्न स्थानका प्राकृतिक सुन्दरता झल्काउने दृष्य दिएका छन्। हलीउड स्टार, बहुराष्ट्रिय कम्पनीका विज्ञापनले भरिने ती बसका भित्ताहरु अहिले नेपाल अंकित लोगोले भरिएका छन्।

बेलायतको लण्डन शहरभित्र चल्ने करीब १५ वटा वसका भित्ताहरुमा पर्यटन प्रबर्द्धनका लागि यस्तो नारा अंकित व्यानर टांगिएको नेपाली राज दूतावासले जनाएको छ। यूरोपका विभिन्न मुलुक मध्ये अत्याधिक पर्यटकहरु नेपाल भ्रमणमा जाने मुलुक हो वेलायत। बेलायतमा अपनाइएको यो प्रचार शैलीले नेपाल भ्रमणमा जाने पर्यटकहरुको संख्यामा उल्लेख्य वृद्धि हुने विश्वास दूतावासले लिएको छ। रातो कलरको डबल डेकर बस लण्डन शहरको एकमात्र पब्लिक सवारी साधन हो।

नेपाल भ्रमणका लागि बिशेष लोगो अंकित ति रातो रंगका वसहरु लण्डन मुल शहरको ट्राफलगर स्क्वायर, लिभरपुल, बोण्ड स्टि्रट, केन्जिङ्टन हाई स्टि्रट र अक्सफोर्ड स्ट्रिटमा चल्छन्। ती बसहरुमा चढ्ने हुन् या पैदल यात्रा गर्नेहरु सबैको नजर पहिला बसको भित्ताहरुमा नै पुग्छ। बेलायतमा आउटडोर प्रचारका लागि यो शैली अत्यन्त प्रभावकारी मानिन्छ। यसवाट वेलायती पर्यटक मात्र नभई लण्डन भ्रमणमा आउने विश्वभरीकै पर्यटकहरुले नेपालको प्राकृतिक सुन्दरता तथा पर्यटकीय गन्तव्यवारे जानकारी पाईरहेका छन्।

यस अगाडि राजदूतावासले लण्डनवाटै प्रकाशित हुने जियोग्राफिकल म्यागेजिनमा करीब छ सात पेज नेपाल सम्बन्धि जानकारीमूलक सामाग्रीहरु प्रकाशित गरेको थियो । उक्त पत्रिका रोयल जियोग्राफिकल सोसाइटिले प्रकाशित गर्ने बेलायतको अत्यन्त लोकप्रिय म्यागेजिन हो। यो म्यागेजिनमा प्रकाशित हुने सामाग्रीद्वारा संवन्धित देशका जनताको जीवन शैली, कला संस्कृति तथा पर्यटकीय आकर्षणका विभिन्न क्षेत्रवारे जानकारी दिने गरिन्छ।

Recent Videos:

Popularity: 8%

Add comment May 24th, 2011

एक हजार आठ त्रिशुलसहित संविधानसभा घेरिने

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, कसैले तोकिएकै समयमा संविधान निर्माण गर्नु पर्ने त कसैले संविधानसभाका विघठन गर्नु पर्ने माग राख्दै दिनहुँ जसो संविधानसभा भवन नयाँ बानेश्वर घेराउ र धर्ना दिईरहेको बेला नेपाल हिन्दू राष्ट्र कायम हुनु पर्ने माग गर्दै शिब सेना नेपालले अनौठौ तरिकाले संविधानसभा घेराउ गर्ने भएको छ।

शिब सेना नेपालले बुधवार भगवान शिबको हतियारको रुपमा रहेको एक हजार आठ त्रिशुल सहितको जुलुस निकालेर नयाँ बन्ने संविधानमा हिन्दू राष्ट्र बनाउनु पर्ने विषयमा दवाव दिन त्रिशुल जुलुससहित संविधान सभा घेराउ गर्न लागेको हो।

सेनाले विहान ११ बजे राजधानीको लैनचौरबाट एक हजार आठ त्रिशुलधारीहरुको जुलुस राजधानीका विभिन्न स्थान हुँदै संविधानसभा भवन नयाँ बानेश्वर पुगेर घेराउने गर्ने कार्यक्रम तय गरेको सेनाका कार्यबाहक अध्यक्ष अनिल बस्नेतले जानकारी दिए।

Recent Videos:

Popularity: 8%

Add comment May 24th, 2011

टिस्टुङ्गवासीले भने- वान्स मोर धिरज राई …. !

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम -
एकपछि अर्को गर्दै ‘हिट’ कर्न्र्सट गर्दै आइरहेका धिरजले पुनः एकपल्ट अर्को धमाल मच्चाए। मकवानपुर जिल्लाको टिस्टुङ्गमा आयोजित उनको एकल कार्यक्रममा के बच्चा, के बुढा सबैलाई उनले नचाइ छाडे।

“नेपाली माइकल ज्याक्सन”को कर्न्र्सट हेर्नको लागि हेटौंडा, दामन, कुलेखानी तथा काठमाडौंलगायतका स्थानहरुबाट उनका प्रशंसकहरु आएका थिए। आफ्नो साँगीतिक यात्रामा पहिलोपटक टिस्टुङ्ग आएका धिरजले यति सुन्दर ठाउँ देख्दा आफू ‘सरप्राइज्’ भएको बताए।

खचाखच भरिएको दर्शकहरुले अति नै ‘हुटिङ्ग’ गरेपछि उदघोषक जि.पि. तिमिल्सिनाले बाध्य भएर कार्यक्रमको मध्यतिर नै धिरजलाई बोलाउनुपर्‍यो। जब कि उनलाई कार्यक्रमको अन्त्यमा राखिने कुरा थियो। “तिमी रुँदा एक्लै हुँदा” बोलको पहिलो गीत गाएर उनले कार्यक्रम शुरु गरे। ‘साकेला उभौली’ चाडको शुभकामना टिस्टुङ्गवासीलाई दिंदै उनले ‘सोइ ढोले सोइ’ गीत गाए। जब उनले आफ्ना ‘फास्ट बीट’का गानाहरु शुरु गरे त्यसपछि भने मैदान नाच्नेहरुको घुइँचोले भरियो। ‘गर्ल फ्रेन्ड’, ‘मिस्टिरियस गर्ल,’ ‘मसुमुसु हाँस्दा’, ‘कि बाँच्न देउ’ लगायतका गीत गाउँदा दर्शकहरुले उनीसँगै लाइन बाई लाइन गीत गाए। धिरजले गाउन शुरु गरेपछि छेउछाउका सबै स्टलहरु बन्द भए। “आफ्नो त व्यापारै चौपट भयो…!”- रोटेपिङ सञ्चालन गर्दै आएका कृष्ण महर्जनले ठट्टा गर्दै भने।

“धिरज राईलाई हल्ला चाहिन्छ” भनेपछि दर्शकहरुले पनि बेजोडले ‘हल्ला’ गरेका थिए। कार्यक्रम सकिएपछि पनि दर्शकहरुको ‘वान्स मोर’ आएपछि बाध्य भएर उद्घोषकले पुनः उनलाई बोलाए। करिब डेढ घण्टा लामो ‘एकल कार्यक्रम’मा उनले आफ्ना लोकप्रिय १२ वटा गीतहरु सुनाए । कार्यक्रम ‘टिस्टुङ्ग बज्रबाराही नेवाः पुचः’ ले एम्बुलेन्स सेवा निरन्तर संचालनको सहयोगार्थ आयोजना गरेको थियो।

“के हो धिरज दाई यसपाली त भ्याइ नभ्याइ छ नि?-” एक पत्रकारले उनलाई सोधे । “हो यसपाली सूर्य मेरो दाहिने परेको छ”- हाँस्दै उनले भने।

Popularity: 8%

Add comment May 24th, 2011

अधिवेशनप्रति गम्भीर बन्न सरोकारवालालाई आग्रह

नबीन सिग्देल / एचकेनेपाल डट कम-
पोखरा, नेपाल पत्रकार महासंघ कास्कीका संयोजक कृष्णप्रसाद बाँस्तोलाले महासंघ कास्कीको अधिवेशनप्रति गम्भीर बन्न आग्रह गर्नुभएको छ।

संयोजक बाँस्तोलाले मंङगलबार विज्ञप्ति प्रकाशित गरी त्यस्तो आग्रह गर्नुभएको हो। अधिवेशनको माग गर्दै महासङघको केन्द्रीय कार्यालयमा गरिएको आमरण अनसन जेठ १५ गतेभित्र अधिवेशन गर्ने सम्झौतापछि टुगिएको जनाउँदै अधिवेशनका लागि राखिएको समय सकिन अव पाँच दिन मात्रै बाँकी रहदाँ त्यसप्रति गम्भीर बन्न सम्वन्धित सवैलाई आग्रह गर्नुभएको छ।

यदि अधिवेशन गराउनका लागि गम्भीर नभए बहुसंख्यक पत्रकार सदस्यहरुको उपस्थितिमा जेठ १५ पछि अधिवेशनको उद्घाटन हुने र खुल्ला निर्वाचन कार्यक्रमबाट कार्य समिति र पार्षदहरु चयन गरिने विज्ञप्तिमा उल्लेख छ।

उहाँले पाँच दिनभित्र प्रेस युनियन, प्रेस चौतारी र क्रान्तिकारी पत्रकार संघलाई निर्णय सच्याएर अधिवेशन गर्ने निर्णय गरी केन्द्रलाई सजिलो बनाइदिन पनि विज्ञप्तिमार्फत आग्रह गर्नुभएको छ।

अधिवेशन नै नगरी पदीय भागवण्डाका आधारमा गरिएको कार्यसमिति र पार्षदहरुको अधिकांश पत्रकारहरुले विरोध गरेपछि प्रेस युनियन, प्रेस चौतारी र क्रान्तिकारी पत्रकार संघका साथीहरुले आफ्नो गलत निर्णय सच्याएर खुल्ला रुपमा अधिवेशन आयोजना गरी मताधिकारको प्रयोग गर्न दिनेमा मलाई विश्वास थियो विज्ञप्तिमा भनिएको छ - तर मागको सुनुवाई नगरी उल्टै हामीलाई राज्यशक्तिको समेत दुरुपयोग गरेर कुटाउने पिटाउने कार्यमा अग्रसर हुनु दुःखद कुरा हो।

विज्ञप्तिमा आफ्नो अधिकारका लागि लडेका क्रियाशिल पत्रकारहरुलाई केटौले, मण्डले, खाते, गुण्डा र भिजिलान्तेसम्मका शव्द प्रयोग गरी प्रकाशन र प्रशारणसमेत गरेर अत्यन्त निकुष्ट कार्य गरिएको उल्लेख छ।

विज्ञप्तिमा म जुन राजनीतिक आस्थाका आधारमा शुभेच्छुक संस्थाको आड लागेको थिए, त्यहि संस्थाले मेरो गर्दनमा तरवार राख्छ भने मैले त्यो अत्याचार सहेर त्यस संस्थामा बस्नुपर्ने कुनै बाध्यता छैन विज्ञप्तिमा भनिएको छ - यो मेरो व्यक्तिगत कुरा हो, मेरा कुरा मान्नुपर्छ भनेर म मेरा साथीहरुलाई पनि भन्दिनँ।

Popularity: 8%

Add comment May 24th, 2011

कोरियामा नेपाली नेतालाई कालो झण्डाले स्वागत हुने

अशोक मैनाली / एचकेनेपाल डट कम-
सोल, शान्ति र संबिधानको एजेन्डा बिर्सिएर कोरियामा आउने नेपाली नेतालाई कालो झण्डा देखाईने कोरियाबासी नेपालीहरुले बताएका छन्।

संबिधान सभाको ३ बर्षे कार्यकाल बिर्सिएर देशलाई भिरको डिलमा पुर्याएका नेपाली नेताहरुलाई कोरियाबासी नेपालीहरुले यस्तो चेतावनी दिएका हुन्।

नेपालमा झलनाथ, झक्कुलगायत बिभिन्न पार्टीका नेता तथा सभासदले झापड खानु परेको घटना अझै सेलाएको छैन। कोरियाको सदेमुनमा आयोजित एक श्रदाञ्जलि सभामा बोल्दै कोरियामा बिभिन्न पेशामा आबद्द नेपालीहरुले प्रवासमा रहेका राजनितिक पार्टीका संगठनहरु पनि प्रवासमा रहेका नेपालीको दु:ख पीडामा मलम लगाउने भन्दा पनि आफ्नो पदको लागि झगडा र महाधिबेशन भन्दै नेपालका भष्ट र लाचार नेताहरुलाई बोलाउनमा नै ब्यस्त रहेको आरोप पनि लगाएका छ्न्।

उनीहरुले सञ्चारकर्मीहरुले पनि प्रवासमा बस्ने नेपालीहरुको दु:ख,पीडा भन्दा पनि तिनै संगठनका समाचारलाई प्राथमिकता दिएको भन्दै आक्रोस पोखेका थिए।

Popularity: 8%

Add comment May 24th, 2011

झ्याई कुटि झ्याईका कलाकार मलेसियामा कुटिए

सिनेश कार्की / एचकेनेपाल डट कम-
मलेसियामा २१ मईमा झ्याई कुटी झ्याइको शुटिङ्ग हुने भन्ने पत्रपत्रिकामा केही हप्ता अगाडी छापियो त्यसैले शुटिङ्ग हेर्नेको तांति पनि लामै थियो। लगभग बिहान ११ बजेदेखि छायांङ्गकन शुरु भयो, क्यामेरामेनले रोल अन भएको संकेत गर्‍यो।

कलाकार शेखर खनाल “भुइकटहर” एउटा सुटकेश डोर्‍याउदै सडक पार गरेर नेपाली रेष्टुरेण्ट खोज्दै आएको दृष्य क्यामेरामा कैद गर्छ, टेक ओके भएको संकेत भएपछि अर्को शट लिन नेपाली रेष्टुरेण्ट “लाली गुराँश” को भर्‍याङ्ग चढेको दृष्य देखिएको थियो। त्यस पछि होटल भित्रको दृष्य रहेछ। भित्र लाईट क्यमेराको तामझाम थियो। होटलभित्र ग्राहकहरु पनि खाना खादै थिए काउण्टर नजिकको टेबुलमा “भुइकटहर” कलाकार शेखर खनाल केही केटाहरुसंग गफ गाफ गर्दै थिए। कुरा सुन्दा यहांको पीडित कामदारहरुको समस्याको समाधान गर्ने उ एक मात्र ब्यक्ति रहेको जस्तो लग्थ्यो। त्यस्तै उ “भुइकटहर” संग सबै समस्याको हल गर्ने औषधी भए जस्तो चुटकी बजाउदै कुरा गर्दै थिए। बेला बेलामा अनुहार बाउठो पार्दै आखां मुख खुम्चाउदै आफ्नै टि, भी, सिरियल झया्इ कुटी झया्इको डायलग मार्दै थिए।

कुरो के रहेछ भने “भुइकटहर” ले पनि मलेसियामा केही कामदारहरु पठाएका रहेछन, भनौ दलाली काम पनि गर्दा रहेछन। त्यही उनले मलेसिया पठाएका कामदारहरु बिचल्लीमा परेर समस्या मिलाउन मलेसियामा आएका रहेछन। उनै पीडित कामदारहरुसंग ठूल्ठूला गफ दिदै नेपालदेखि मलेसिया सम्मका मन्त्रीहरु आफ्नै पकेटमा भएका जस्तै सबै मन्त्रीहरु मेरा आफ्नै मान्छे हुन् भनि शान दिदै कामदारहरुलाई भन्दै थिए। तिमीहरुको समस्या त केही हैन म चुटकीमा मिलाई हाल्छु बिहानदेखि मलेसियाको मन्त्रीहरुसंग मिटिङ्ग भएको स्वाङ्ग झार्दै भन्दै थिए नेपालमा पनि तिमीहरुको लागि मन्त्रीहरुसंगै मिटिङ्ग गरेर आएको… भन्ने गफ् दिदै थियो। जसोतसो पीडित नेपाली कामदारहरुलाई तिमीहरुको सबै कुरा म मिलाई दिन्छु भनि फकाई फुलाई गरी पीडितहरुबाट छुटकरा पायो।

त्यस पछि कसैको पर्खाइमा रहेको जस्तो देखिन्थ्यो। नभन्दै केहि बेरमै मिनी स्कट र सेतो टि शर्टमा सजिएकी एउटी गोरी फिलिपिन्स जस्तै देखिने सुदरी आइ हाई हेल्लो डार्लीङ्ग भनि सम्बोधन गर्न थालिन्। उनलाई देखेपछि “भुइकटहर” खुशीले चम्किलो हुदै दुबै बिच गफ गाफ हुन थाल्यो, “भुइकटहर”को चर्तिकला देखेर सबैजना तीन छक्क परे। किन कि यति चाँडो जता गयो उतै यस्तो गर्लफ्रेण्ड बनाउदै हिडने, त्यहि पनि बिदेशी गोरी सुन्दरी देखेर सबैले दातमा औंला टोक्न बाध्य भए। उनीहरुको केहीबेरको गफगाफपछि बाहिर जाने सल्लाह भएछ क्यारे…शेखर खनाल “भुइकटहर” आफ्नी बिदेशी गोरीलाई अंगालेमा च्याप्प च्याप्दै लेट्स गो सपिङ डार्लिङ, भन्दै ठुटे अंग्रेजी झार्दै बाहिर जान् कुर्सीबाट उठेर निस्कन के लागेका थिए। उता दुःख पाएर बिचल्ली परेको झोकमा रिसले मुरमुरिएका पीडित कामदारहरु “भुइकटहर”को खोजीमा आईपुगेछन त्यसै माथि “भुइकटहर” को सबै चर्तीकला थाहा पाएछन क्यारे…- ८ / १० जना पीडित नेपाली कामदारहरु आएर गाली गर्दै तलाई दलाल अब लेटस गो होईन गेटस मुडकी,,,,,, भन्दै रिसले चुर चुर भएका पीडितहरु सबैले शेखर खनाल “भुइकटहर” लाई समात्न थाले हेर्दा हेर्दै सबैले लछार पछार गर्दै जथाभावी गोदन (पिटन) थाले। त्यो दृष्य देखेर सबै अत्तालिएर यता उती हेर्न थाले पीडित कामदारहरुले लात्ती, मुडकी, हान्दै यहां सम्म कि त्यहा रहेको कुर्सीसमेत हान्न पुगे। अनि उसको गोरी अत्तालिएर रुदै कराउदै चिच्याउन थालिन, हेल्प हेल्प ओ माइ गड .. साह्रै भएको देखेर होटल म्यानेजरले छुटाउन् पुगे आखिर किन कुटेको रहेछ् भनि बुझ्न सबै जना अगाडी बढे। सबैले भने नेपाली नेपाली दाजुभाई भएर झगडा गर्न हुन्न बरु भएको कुरो के हो? बसेर कुरा गरौ भन्न के भ्याएको थियो। पछाडि स्टप स्टप भन्ने आवाज आयो फर्केर हेर्दा क्यामेरा म्यानका टिमले रिसाउदै हप्काए….अनि शेखर खनाल “भुइकटहर” खिस्स हाँस्दै हात जोडदै माफ गर्नु होला दाजुभाइ हो यो रियल होईन झ्याई कुटी झ्याईको रिल सिन हो। बल्ल बुझियो कि त्यहाँ त झ्याई कुटी झया्इको शुटिङ्ग पो भई रहेको रहेछ…..।
स्थलगत रिर्पोट मलेसिया
शुटिङ्ग, झ्याई कुटि झ्याई
खुमराना मगरको साथमा

Popularity: 8%

Add comment May 24th, 2011

शान्ति र संधिधानको लागि पत्रकार महासंघको र्‍याली

आर.सि.एन./ एचकेनेपाल डट कम-
बीरगञ्ज, नेपाल पत्रकार महासंघका कन्द्रिय कार्य समितिको निर्णयअनुसार राष्ट्रब्यापी कार्यक्रम अन्तर्गत नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अशोक तिवारीको नेतृत्वमा मंगलवार बीरगञ्जको घण्टाघरबाट निस्केको र्‍याली कार्यक्रम भब्यता पूर्वक सम्पन्न भयो।

र्‍यालीमा रिपोर्टस क्लब नेपाल पर्सा शाखाका अध्यक्ष कन्हैया गुप्ता, बीरगञ्ज उधोग बाणिज्य संघ पर्साका अध्यक्ष अशोक टेमानी, सदभावना पार्टी जिल्ला अध्यक्ष निजामुद्धिन समानी, नेपाली काँग्रेस पार्टीका दिना गुप्ता, मधेशी जनअधिकार फोरम नेपाल पर्साका शशि कपुर मिया, प्रभात काब्य यात्रा पर्साका संयोजक अरुणबिक्रम शाह, प्रतिक दैनिक पत्रिकाका सम्पादक एवं बरिष्ठ पत्रकार जगदिश शर्मा, होटल ब्यवसायी संघ पर्साका मोहन श्रेष्ठ, नेपाल प्रेस युनियन पर्साका अध्यक्ष पुरुषोत्तम भट्टराई, चलचित्र पत्रकार संघ पर्साका अध्यक्ष बिबेक खतिवडा, मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) पर्साका अध्यक्ष किशोरीप्रसाद यादब, चिन अध्यन केन्द्र पर्साका अध्यक्ष माधवप्रसाद सिलवाल, नेपाल पत्रकार महासंघ पर्साका सल्लाहकार के.सी.लामिछाने, नारायाणी एफ.एम.का निर्देशक गोबिन्द देवकोटा, रेडियो बीरगञ्जका समाचार संयोजक रामनारायाण प्रसाद कुर्मीलगायत उपस्थित थिए।

र्‍यालीपछि भएको कोण सभामा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य महेश दासलगायतका बक्ताहरुले मन्तब्य ब्यक्त गरेका थिए।

Popularity: 8%

Add comment May 24th, 2011

माओवादीले भोलि आमसभा नगर्ने

एचकेनेपाल डट कम संवाददाता-
माओवादीले भोलि खुलामञ्चमा गर्न लागेको आमसभा स्थगित गरेको छ।

आमसभामा अध्यक्ष प्रचण्ड लगायतका नेताहरुले सम्बोधन गर्ने भनिएको थियो। यसअघि जेठ १० गतेका लागि निर्धारित आमसभा सो दिन मातृका माओवादीको बन्दका कारण जेठ ११ गते सारिएको थियो।

फोरम फुटेर दुई तिहाइ बहुमतबाट संविधान संशोधनको प्रस्ताव पास हुन गाह्रो देखिएपछि माओवादी आगामी रणनीति तय गर्न व्यस्त हुने भएकोले आमसभा स्थगित गरिएको हो।

Popularity: 8%

Add comment May 24th, 2011

संविधान सभा वरपर जुलुस धर्ना निषेधित

एचकेनेपाल डट कम संवाददाता-
जिल्ला प्रशासन कार्यालय काठमाडौँले अर्को आदेश नभएसम्मका लागि संविधानसभा भवन नयाँबानेश्वर आसपास क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरी धर्ना, जुलुस, प्रदर्शन, आमसभाजस्ता कार्यक्रम गर्न
रोक लगाएको छ।

नयाँ बानेश्वर चोकस्थित संविधानसभा भवनको पश्चिम बाटो हुँदै पश्चिम पर्खालको अन्तिम विन्दुसम्मको सडकको दायाँबायाँ किनारा र अरनिको राजमार्ग हुँदै संविधानसभा भवनको
पर्खालको अन्तिम बिन्दुसम्मको राजमार्गको दायाँबायाँ दुवै किनारासम्मको
क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ।

यसैगरी नयाँ बानेश्वर चोकदेखि शङ्खमूल जाने सडकतर्फ ५० मिटरसम्मको
सम्पूर्ण क्षेत्र र माइतीघर मण्डलतर्फ अरनिको राजमार्गको ५० मिटरसम्मको
सम्पूर्ण क्षेत्रसहित संविधानसभा भवनको पश्चिम ढोका सिधा हनुमानथानतर्फको
सडकको ५० मिटरसम्मको सम्पूर्ण क्षेत्रलाई समेत निषेधित क्षेत्र घोषणा
गरेको छ।

Popularity: 8%

1 comment May 24th, 2011

संविधानसभाको भविष्यको निर्णय भोलि

एचकेनेपाल डट कम संवाददाता-
सर्वोच्च अदालतले संविधानसभाको म्याद थप्ने या नथप्ने भन्ने निर्णय यही जेठ ११ गते सुनाउने भएको छ।

संविधानसभाको म्याद थप्ने कार्य संवैधानिक नभएको र व्यवस्थापिका–संसदले मात्र गर्नसक्ने संविधान संशोधनको काम संविधानसभाले गत वर्ष जेठ १४ गते
गरेको भन्दै सोको विरुद्धमा सर्वोच्च अदालतमा रिट परेको थियो। सोही रिटमा भएको लामो बहसपछि अन्तिम फैसला यही जेठ ११ गते गरिने भएको छ।

अदालतको आज बसेको विशेष इजलासमा नायब महान्यायाधिवक्ता राजनारायण पाठकले संविधानको प्रस्तावनामा नै संविधान नबनेसम्म संविधानसभा रहनेछ भन्ने
लेखिएकाले अरु कुनै बुँदा हेरिरहन जरुरी नभएको बताउनुभयो।

रिटको पक्षमा रहनुभएका अधिवक्ता चन्द्रकान्त ज्ञवालीले संविधानसभाको दुई वर्षको अवधि सकिएकाले जनतामा जानाको विकल्प नभएको जिकिर गर्नुभयो।

रिटकै पक्षमा अधिवक्ता रामजी विष्टले अदालतले संविधानसभा अनन्तकालसम्म चल्छ भन्नु गलत हो भन्दै अब म्याद थप्न नयाँ जनादेशमा जानुपर्छ भन्नुभयो।

रिटको पक्षमा रहनुभएका अधिवक्ता बालकृष्ण न्यौपानेले २०६६ वैशाख २५देखि संविधानसभाको बैठक बस्न नसक्नु तर त्यसबीचमा संविधानसभाको म्याद संविधानसभाको बैठकले थप्ने निर्णय गर्नु आफैँमा भ्रमपूर्ण भएको उल्लेख गर्नुभयो।

तीन दिनदेखि लगातार चलेको बहसपछि आज प्रधानन्यायाधीश खिलराज रेग्मी तथा न्यायाधीश दामोदर शर्मा, रामकुमारप्रसाद साह, कल्याण श्रेष्ठ र ताहिरअलि अन्सारीको विशेष इजलासले यही जेठ ११ गते संविधानसभाको अन्योलबारे निर्णय सुनाउने दिन तोकेको हो।

रिट गत वर्ष २०६७ जेठमा दायर भएको थियो। अधिवक्ता भरत जङ्गमले दायर गर्नुभएको रिटमा नेपाल सरकार, संविधानसभा र गृह मन्त्रालयलाई विपक्षी बनाइएको छ।

Popularity: 7%

Add comment May 24th, 2011

लडेर इन्जिनियरको मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
बरगाछी (विराटनगर), ९ जेठ। सुनसरीमा निर्माणधीन पुल निरीक्षण
गर्ने क्रममा एक्कासी बेहोस भएका इन्जिनियरको मृत्यु भएको छ।

विराटनगर–१३ घर भएका ५० वर्षीय श्यामकान्त चौधरी बेहोस भई लडेको मोरङ
प्रहरीले जनाएको छ।

लडेर घाइते भएका चौधरीलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा
ल्याउनेक्रममा बाटैमा ज्यान गएको हो। चौधरी मोरङ सुनसरी सिँचाइ आयोजनामा
कार्यरत हुनुहुन्थ्यो।

Popularity: 7%

Add comment May 24th, 2011

बोक्सीको आरोपमा ससुरा र देवरबाट कुटपिट

एचकेनेपाल डट कम संवाददाता-
सल्यानको कजेरी गाविस–७ की पूर्णिमा कुमाईलाई ससुरा गोपीराम कुमाई र देवर नोखीराम कुमाईले बोक्सीको आरोप लगाई निर्घात कुटपिट गरेका छन्।

जेठ ७ गते शनिबार बोक्सी होस् भन्दै उनीमाथि एक्कासी कुटपिट गरिएको पीडितको भनाइ छ। सदरमुकामबाट गएको अनुगमन टोलीसँग कुरा गर्दै उहाँले आफ्नै परिवारबाट पीडित भएको भन्दै न्यायका लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो।

अनुगमन टोलीमा हरप्लेस सल्यानका संयोजक रामचन्द्र रेग्मी, युवा समाज सल्यानका निर्मला गोतामेलगायतको सहभागिता रहेको थियो। उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी र प्रशासनलाई जानकारी गराउने टोलीले जानकारी दिएको छ।

Popularity: 7%

Add comment May 24th, 2011

एमाले पोलिटब्युरो बैठकले के निर्णय गर्‍यो?

एचकेनेपाल डट कम संवाददाता-
नेकपा (एमाले) को पोलिटब्युरो बैठकले वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको सरकारको रुपमा अघि बढाउन अधिकतम् प्रयास गर्ने र सो सम्भव नभए राष्ट्रिय सहमति कायम गरी सरकार गठनका लागि अधिकतम लचिलो हुँदै आवश्यक विकल्पमा जानका लागि तयार हुने निर्णय गरेको छ।

समसामयिक राजनीतिक परिस्थिति, शान्ति र संविधान तथा राष्ट्रिय सहमतिका
लागि एमालेका महासचिव ईश्वर पोखरेलद्वारा बैठकमा प्रस्तुत गर्नुभएको
प्रस्ताव परिमार्जनसहित पारित गरिएको प्रचार विभाग प्रमुख प्रदीप
ज्ञवालीले बताउनुभयो।

बैठकमा शान्ति, संविधान तथा राष्ट्रिय सहमतिका लागि नेकपा (एमाले)
अधिकतम लचक बन्नसक्ने विषयमा निर्णय भएको श्री ज्ञवालीले बताउनुभयो।

बैठकमा केन्द्रीय सचिवालयद्वारा प्रस्तुत ‘शान्ति प्रक्रियालाई
सार्थक निस्कर्षमा पुर्‍याउने’ सम्बन्धी प्रस्ताव सुझावसहित पारित भएको
पार्टीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। बाँकी प्रस्ताव मङ्गलबारदेखि
सुरु हुने केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरी टुङ्गो लगाउने निर्णय
भएको छ।

राष्ट्रिय सहमतिको आधारमा संविधानसभाको म्याद थप र समय निर्धारण गर्ने
निर्णय आजको बैठकले सर्वसम्मतिको आधारमा गर्‍यो।

बैठकमा नेताहरू वामदेव गौतम, ईश्वर पोखरेल, केपी शर्मा ओली,
महेन्द्रबहादुर पाण्डे, रामचन्द्र झा, काशीनाथ अधिकारी, माधवकुमार नेपाल,
सुरेन्द्र पाण्डे, रघुजी पन्तले आ–आफ्नो धारणा व्यक्त गर्नुभयो। बैठक
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री झलनाथ खनालको अध्यक्षतामा बसेको
पार्टीले जनाएको छ।

Popularity: 7%

Add comment May 24th, 2011

राईलाई सिद्धिचरण पुरस्कार

एचकेनेपाल डट कम संवाददाता-
नेपाली भाषा र साहित्य क्षेत्रमा अतुलनीय योगदान दिँदै आउनुभएका वरिष्ठ साहित्यकार इन्द्रबहादुर राई युगकवि सिद्धिचरण पुरस्कार–२०६८ बाट पुरस्कृत हुनुभएको छ।

राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति
डा रामवरण यादवले पुरस्कृत व्यक्तित्व राईलाई उक्त पुरस्कार प्रदान
गर्नुभयो।

त्यस अवसरमा मन्तव्य राख्दै राष्ट्रपति डा यादवले हाम्रो प्यारो
नेपाललाई रुपान्तरण गर्ने दायित्य हाम्रै हो भन्नुभयो।

उहाँले युगकवि सिद्धिचरण श्रेष्ठले छ दशक लामो काव्य साधनामार्फत
क्रान्तिको सन्देश फैलाएको चर्चा गर्दै आफूले सिद्धिचरणका बारेमा
सानैदेखि सुनेको बताउनुभयो।

वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति
वैरागी काइँला, सिद्धिचरणका सुपुत्र रवीचरण, कविवर श्यामदास
वैष्णवलगायतका वक्ताले सिद्धिचरण श्रेष्ठको व्यक्तित्वमाथि चर्चा
गर्नुभएको थियो।

सो कार्यक्रमको सभापतित्व युगकवि सिद्धिचरण शतवार्षिकी समारोह समितिका
अध्यक्ष मोदनाथ प्रश्रितले गर्नुभएको थियो।

Popularity: 7%

Add comment May 24th, 2011

झलनाथले राजीनामा नदिए संविधान सभा भंग: सुजाता

एचकेनेपाल डट कम संवाददाता-
नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले नेपाली काँग्रेसको १० बूँदे अवधारणा कार्यान्वयनको सुनिश्चितता हुनुपर्ने बताउँदै प्रधानमन्त्री झलनाथ खनालले तत्काल राजिनामा दिएमा मात्र संविधानसभाको म्याद थप्न सकिने बताउनुभएको छ।

उहाँले भन्नुभयो, ‘अन्यथा संविधानसभा भङ्ग हुनसक्छ।’

नेत्री कोइरालाले संविधानसभा भङ्ग हुँदैमा देशमा कुनै अनिष्ट नहुने टिप्पणी गर्दै सबै दल मिलेर राष्ट्रिय सरकार स्थापना गरी एक सर्र्वदलीय कमिटीमार्फत संविधान निर्माण गर्न सकिने विचार व्यक्त गर्नुभयो।

Popularity: 7%

Add comment May 24th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2011
M T W T F S S
« Apr   Jun »
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Posts by Month

Posts by Category

More news....