Archive for July 6th, 2011

प्लस टु स्तरीय प्राविधिक प्रतियोगिता हुने

एचकेनेपाल डट कम संवाददाता- काठमाडौ, नेपालमै पहिलो पटक प्लसटु स्तरीय प्राविधिक प्रतियोगिता हुने भएको छ।
नेपालमा इन्जिनियरिङका विद्यार्थीहरुका लागि यस्तो प्राविधिक प्रतियोगिता हुँदै आएको भए पनि प्लस टुमा अध्ययनरत विद्यार्थीहरुवीच यस्तो प्रतियोगिता अहिलेसम्म भएको थिएन।

इन्जिनियरिङ क्याम्पस थापाथली अर्न्तगतको स्वतन्त्र विद्यार्थी यूनियन ०६५ र रोवोटिक्स एण्ड अटोमेसन सेन्टरको संयुक्त आयोजनामा टेक्नो च्यालेन्ज २०११ को नामबाट सो प्रतियोगिता आयोजना हुन लागेको हो।

नेपालकै पहिलो र शैक्षिक इतिहासमा सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा रहने दावी गरिएको सो प्रतियोगितामा तीन वटा विधामा प्रतिष्पर्धा गराईने छ। जसमा एग्रो-एआईडी, जीएलआईडीआर र सोलार कार रेस विद्यामा प्रतिष्पर्धा हुने छ।

प्रतियोगिताबाट नेपालको भौगोलिक बनावटलाई मध्यनजर गर्दै कृषिमा आधुनिक प्रविधि भित्राई उत्पादन बढाउन सकिने उपकरणको नक्साङकन हुने आयोजकको विश्वास छ।

त्यस्तै उर्जा संकटलाई कम गर्न शुन्य प्रर्दुषण हुने सवारी साधन निर्माणको खाँका तयार हुनु र न्यूटनको सिद्धान्तको आधारमा जीएलआईडीआर प्रतियोगिता विद्यार्थीहरुकोलागी लाभदायक हुने समेत मंगलबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा आयोजकहरुले बताएका हुन्।

असार २७ देखि २९ गतेसम्म राजधानीमा हुने प्रतियोगिताको वर्कसप भने असार २७ र २७ गते हुने छ । प्रतियोगितमा एग्रो एड, सोलार कार रेस र जीएलआईडीआर विधामा क्रमशः प्रथम, द्धितीय र तृतीय हुने प्लसटु क्यापसहरुले पचास, तीस र वीस हजार रुपैया पुरस्कार पाउने छ।

Recent Videos:

Popularity: 5%

Add comment July 6th, 2011

वेब साईटमा विज्ञापन हेर्दा पैसा कमाईने

एचकेनेपाल डट कम संवाददाता- काठमाडौ, नेपालमा पहिलो पटक इन्टरनेटका प्रयोगकर्ताहरुका लागि आम्दामी गराउने उद्देश्यका साथ एक वेब साईटको सुरुवात भएको छ।

पेड टु क्लिक नेपालको नारासहित सुरु भएको सो वेब साईट पीटीसी नेपाल डटकमको नामबाट सुरु गरिएको हो।

संसारमा यस्तो वेब साईटको सुरुवात पहिलानै भए पनि नेपालमा भने यो पहिलो प्रयास भएको सञ्चालकहरुको दावी छ।

हाल नेपालमा ३ लाख भन्दा बढि नेपालीहरु नियमित इन्टरनेटमा अभ्यस्त रहेको अवस्थामा पीटीसी नेपाल डट कम पनि विज्ञापनदाताले तिरेको सम्पूर्ण रकम सदस्यहरुलाई नै तिर्ने गरी अनलाईन पद्धतिको विकास गरेको हो।

जसका लागि सदस्यहरुले आफ्नो व्यक्तिगत विवरण साथै खाता रहेको बैंकको नाम र ठेगाना साथै पहिचान गर्न सहज होस् भनि बैंकखाताको अन्तिम ३ वटा अंक भर्नुपर्नेछ। विज्ञापन प्रसारण गर्न चाहने संस्थाले तोकिएको बैंकको खातामा पैसा जम्मा गरे पश्चात बैंकले उपलब्ध गराउने छ। सदस्यले कमाएको रकम बैंकले सम्बन्धित खातामा जम्मा गरिदिने छ।

सदस्य बनेका प्रयोगकर्ताहरुले विज्ञापनमा क्लिक गरेको आधारमा त्यसमा निश्चित गरिएको रकम पाउने छन्।

Recent Videos:

Popularity: 5%

Add comment July 6th, 2011

सञ्जालको पत्रकारिता तालिम छैठौ दिनमा

राज गुरुङ / एचकेनेपाल डट कम-
पोखरा, पोखरामा सञ्चालित ७ दिवसीय आधारभूत पत्रकारिता तालिमको व्यवसायिक पत्रकारिता सम्वन्धि जानकारी, सिप एवं अनुभवका बिषयमा अग्रज पत्रकार एबं आर्दश समाजका प्रधान संपादक कृष्ण प्रसाद बास्तोलाले प्रशिक्षण दिनुभएको छ।

नेपाली छापा माध्यम राष्ट्रिय सञ्जाल पोखराको आयोजना र सूचना बिभाग काठमाण्डौको सहकार्यमा गत बिहिबारदेखि शुरु भएको तालिममा छापा तथा बिद्युतिय संचारमाध्यमको आधारभूत अवधारणा, छापा तथा बिद्युतिय माध्यममा रिर्पोट लेखन अभ्यास, क्रियाकलाप, न्यूज लेखन, पत्रकार आचारसंहिता पालना सम्वन्धी ज्ञान, छापा तथा बिद्युतीय सामाग्रीको अवलोकन भ्रमण तथा अनुभव आदान-प्रदान, फोटो पत्रकारिता सम्वन्धी आधारभूत ज्ञानलगायतका बिषयमा केन्द्रित रही प्रशिक्षण सम्पन्न गरिसकेको सञ्जालका क्षेत्रिय अध्यक्ष राजबहादुर गुरुङ्गले जानकारी दिनुभएको छ। गण्डकी र धौलागिरी अञ्चलका साथै गुल्मीबाट गरि करिव ३६ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको तालिमबाट नयां पुस्तामा उत्साह थपिएको बताइन्छ।

प्रशिक्षणमा बोल्दै बास्तोलाले नेपाली पत्रकारितालाई समाप्त पार्नका लागी केही राजनीतिक दल लागेको बताउंदै जसले प्रेसलाई समाप्त पार्न खोज्छ ऊ नै समाप्त भएर जाने चेतावनी दिनुभयो।

Popularity: 5%

Add comment July 6th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

July 2011
M T W T F S S
« Jun   Aug »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....